Posted on

–हिसिला यमि

मेरो शान्ता श्रेष्ठसँगको पहिलो परिचय २०४५ सालमा उहाँकै बत्तिसपुतली घरमा भएको थियो । त्यतिबेला म र मेरो दिदी तिमिला यमि हामीले निकाल्न लागिएको “ धर्मरत्न यमि स्मृति ग्रन्थ २०४६” को लागि उहाँसँग भएको दुर्लभ फोटो २००४ सालमा भुमिगत रुपमा म्हेपीमा लिएको “नेपाली महिलाहरुको प्रथम भेला” लिन गएको थियौ । त्यो फोटोमा हाम्री आमा हिरादेवी यमि बच्चा बोकी रहेको अवस्थामा हुनुहुन्थ्यो । त्यस बेलामा उहाँलाई मेरो आमाको साथिको रुपमा मात्र चिनेको थिए तर पछि बुझ्दै जाँदा उहाँ त मेरो बुबा धर्मरत्न यमि भन्दा पनि बढी संघर्षशील, त्यागी र निरन्तर सत्यको पक्षमा उभिएको व्यत्तित्व हुनुहँुदोरहेछ ।

उहाँले लेख्नुभएका विभिन्न राजनितिक, सामाजिक, सांस्कृतिक, सरकार र समाजमा व्यक्त विकृति हरुको विरुद्ध लेख, संस्मरण, कविता, कथा साथै निबन्ध पढ्न मेरो ध्यानमा तब गयो जब मेरो आफ्नै राजनैतिक संस्मरण उभलनगष्ल उगदष्किजष्लन जयगकभ ले निकालेको ूज्ष्कष्बि स् ाचयm चभखयगितष्यलबचथ तय ाष्चकत बिमथू लेख्न पुगे । त्यही क्रममा मेरो हातमा शान्ता कुमारी बस्यालले लेखेको “स्नेहलता ः जिवन गाथाका पानाहरु ” पढ्न पाए । स्नेहलता र शान्ता श्रेष्ठ दुबैले मेरो बुबा आमालाई चिन्नुहुन्थ्यो । एकपटक ९२ बर्ष स्नेहलता मेरो घरमा आउँदा उहाँलाई ९१ बर्षिय शान्ता दिदीकोमा मैले लगीदिएको थिए । उहाँहरु बिचको आत्मीयता, स्नेह र संघर्षका संस्मरणहरु सुन्दा म कम्ति भावुक भईन । केही दिन पछि मलाई शान्ता श्रेष्ठ प्रतिष्ठान नेपालले पत्र पठायो । “ शान्ता श्रेष्ठ ः व्यत्तित्व र कृतित्व ” विषयमा लेख लेख्न पठाएको त्यो चिठिमा उहाँको व्यत्तिगत विवरण पढ्दा त झसङ्गै भए । सानै उमेरमा २००० साल तिरै उहाँले नेपाल र भारतका स्कुलबाट शिक्षादिक्षा पाएर त्रिभुवन विश्वविद्यालयबाट एम.कम सम्म पढ्न पाउनुभयो । ईजरायल, बेलायत जस्ता देशमा गई लिडरसिपको तालिम, रेडियो प्रोग्राम प्रोडक्सन कोर्ष तालिम गरी बि.बि.सि. नेपाली सेवामा समेत संलग्न भएको देखिन्छ । साथै ब्रिटिस काउन्सीलमा सहायक पुस्ताकालय अधिकृत सम्म हुन भ्याउनुभयो ।

मलाई अचम्म कहाँ लाग्छ भने राणा विरोधी आन्दोलनमा विवाह नगरी निरन्तर राजनितिक आन्दोलनमा समर्पित पुरुषहरु विरलै थिए । अझ त्यस्तो अवस्थामा एउटी विवाह नगरी निरन्तर संघर्षमा जुधिरहने एक्लो महिला हुनुहुन्थ्यो शान्ता श्रेष्ठ । ७ दशक लामो राजनितिक, सामाजिक, साहित्यिक, भ्रष्टाचार र कुशासनको विरुद्ध लड्ने व्यत्तित्व हुन शान्ता । त्यस अवधिमा उहाँ ६ पटक पक्राउ पर्नु भयो । घोषित अघोषित वारेन्ट देखि घोषित अघोषितरुपमा राज्यसत्ता, सरकार, पार्टीबाट पनि बेवास्तामा पर्दै आउनु भयो । जनयुद्धकालमा त बेपत्ता पारिएर भैरवनाथ गणको कठोर घेराभित्र बल्ल फेला पारियो । उहाँ पटक पटक सडक आन्दोलनमा घाईते हुनुभयो । उहाँको जुलुसमा संलग्नता, सत्याग्रहमा सहयोग, महिला आन्दोलनमा सरिक, राणा विरोधी भुमिगत पार्टीहरुलाई निस्वार्थ सहयोग, राजतन्त्र विरोधि आन्दोलनमा सहभागिता, जनमत संग्रह हुँदा प्रजातन्त्रको पक्षमा वकालत गर्नुभएको, २०४६ र ०६२÷०६३ सालको लोकतान्त्रिक आन्दोलनमा प्रत्यक्ष संलग्नता, जनयुद्धमा सहयोग गर्दै आउनु भएकोे । कुशासन र भ्रष्टाचारको विरुद्धको आन्दोलनमा अग्रपंत्तिमा उभिएर आँैला ठडाउने र गरिब बगर्, उत्पीडित महिला, जनजाती, दलित, ज्यालादारी कर्मचारी, कलाकारको पक्षमा बोल्ने र परिहाले निस्वार्थ सहयोग गर्ने आदिलाई हेर्दा उनि एउटी शत्तिशाली दुर्गाको प्रतिक देखिन्छ । जसको अनगिन्ति हातमा अनेकौ संघर्षका औजार बोकेकी छिन् ।

लेखन क्षेत्रमा उहाँ कवियत्री, कथाकार, उपन्यासकार, निबन्धकार, नाटककार र संस्मरणकार गरी करिब २५ विविध विधाका किताबहरु उहाँले लेखेको देखिन्छ । ३५ बर्ष रेडियो नेपालमा करार सेवागर्ने क्रममा र ७ दशकको अवधि भित्र उहाँको निरन्तर राजनितिक सामाजिक, सांस्कृतिक र समाजमा व्याप्त विकृति विरुद्ध संघर्षले उहाँले नेपालका सबै राजनितिक नेता, सामाजिक व्यत्तित्व, अधिकारकर्मी बौद्धिककर्मी, कलाकार र लैङ्गीक विज्ञहरुसँग चिरपरिचित भएको उहाँको संस्मरणको किताबबाट झल्किन्छ । वर्गिय, लैङ्गीक, दलित, भाषिक, जातिय, शोषणलाई मज्जाले उजागर गरेको देखिन्छ । उहाँको निरन्तर सञ्चार क्षेत्रमा रुचि÷चासोले गर्दा हरेक राजनितिक घट्ना सम्बन्धि लेखहरु लेखिराख्ने बानी छ । अनि ती संस्मरणबाट आएको आक्रोशबाट कविता लेख्न प्रेरित हुने गर्दछ । त्यही कविताको आगोबाट आएको रापतापलाई रचनात्मक रुपमा कथामा रुपान्तरण गर्नुहुन्छ । यसरी प्रत्येक घट्नालाई एकैपटक संस्मरण, कविता, कथा र नाटकमा रुपान्तरण गर्ने विरलै क्षमता उहाँमा देखिन्छ । मानौँ कि उहाँको लागि लेख्ने भनेको सास फेर्नु जस्तै हो ।

सबल पक्ष सँगसँगै दुर्बल पक्ष पनि आउनु स्वभाविक हो । उनका लेखनमा विशेष गरि राजनितिक संस्मरणमा महत्वपूर्ण दिनाकहरु छुटेको देखिन्छ । महत्वपूर्ण घट्नाहरुको पुष्टिको लागी कुनै रिफरेन्स दिएको देखिन्न । लेखहरु संश्लेषणात्मक भन्दा बढि धाराबाही विवरण देखिन्छ । आलोचना गर्दा सबैलाई एकै डालोमा राख्न खोजेको देखिन्छ ।

त्यस्तै देख्ने बित्तिकै प्याच्च भनिहाल्ने, लेखिहाल्ने उहाँको व्यवहारले गर्दा उहाँ सबैको भएर पनि कोहीको नभएको जस्तो देखिन्छ । उहाँ महिला भएर पनि महिलाको दुर्गुण उजागर गर्न नछोड्ने महिला हुनुहुन्छ । एउटै किताब भित्रको लेखनहरुमा एउटा लेखमा कुनै राजनितिज्ञको प्रशंसा गरेर लेखेको हुन्छ भने उहि किताबको अर्को लेखमा उनको दुर्गुण पनि लेखि हाल्ने । यसरी तालिको साथ गालि गरिहाल्ने देखिन्छ । यसरी उहाँ ऐना जस्तै प्रष्ट व्यत्तित्व होः जे देख्यो त्यही प्रतिबिम्बित हुने व्यत्तित्व हो ।

राजनितिको बारेमा खुबै लेख्ने तर उहाँ कहिलै औपचारिक राजनितिज्ञ बन्नुभएन् । सबै पार्टीहरुले उहाँको सहयोग खोज्ने तर सदस्यता दिने आँट भने गरेनन् । अप्ठ्यारो परेको बेलामा पार्टीहरुले उहाँलाई खुब सम्झन्छन् तर सरकारमा गईसकेपछि उहाँलाई बिर्सिन्छन, निशेधित सम्म गर्न पुग्छन । उहाँले राज्यसत्ता, सरकार र स्थायी सरकारका विकृति, विसंगति साथै नोकरशाहीतन्त्रको खुब उजागर गर्नुहुन्छ तर आँफै कहिले ती संरचनामा भागेदारी हुनुभएन ।

उहाँ राणा शासन विरुद्धको जीवित शहिद मात्र होइन, जनआन्दोलन १ र जनआन्दोलन २ का योद्धा पनि हो । जनयुद्धको समर्थक मात्र नभएर सेनाको हिरासतबाट बचेरआएको व्यत्तित्व पनि हो । गणतन्त्र, लोकतन्त्र र संघियता, प्राप्त भएर पनि कुशासन, भ्रष्टाचार र बेरोजगारीको विरुद्ध आवाज उठाउँदै आएको व्यत्तित्व पनि हो ।

उहाँको सबल पक्ष भनेकै उहाँ कुनै परम्परागत नेता, पार्टी, सरकारको संरक्षणमा पर्नुभएन । उहाँ सिङ्गैठिङ्गै एक्लो महिला, संघर्षशील महिला, निरन्तर सडकमा उत्रिरहने महिला, कुशासन, भ्रष्टाचारको विरुद्ध लडिरहने महिला, देशद्रोहीको विरुद्ध लडिरने देशप्रेमी महिला, अविरल कलम चलाईराख्ने महिला, अरुको दुख देख्न नसक्ने र केही गरीहाल्ने कर्मठ महिला । उहाँको आफ्नो व्यत्तिगत जीवन भन्ने केही छैन । यदि छ भने त्यो उहाँको निरन्तर योग र ध्यानको माध्यमबाट आफुलाई अनुशासित, सुशासित र आत्मसन्तुष्ट भईरहने महिला हो ।

आज पनि ९१ को उमेरमा करिब करिब खुट्टा नचल्ने अवस्थामा, प्राय पलङमा पल्टिरहेको अवस्थामा पनि उहाँले आँफुले लेखेका अप्रकाशित ६÷७ किताबहरु कहिले र कस्ले निकालिदेला भन्ने हुटहुटि छ ।

नेपालमा आज पद्यमकन्या क्याम्पस मात्र नभएर धयmभल कतगमष्भक, नभलमभच कतगमष्भक, एकल महिला संस्था देखी अनेकौ महिला सशत्तिकरण संस्थाहरु जन्मिसकेका छन् । शान्ता श्रेष्ठ जस्तो ऐतिहासिक व्यत्तित्वको बारेमा सोधपत्र अर्थात विद्यावारिधि गर्ने पात्र जन्मनु जरुरी छ । हामीसँग धेरै समय छैन उहाँका उपलब्धि, कमजोरीहरु उहाँ जीवितै हुँदा पुँजिकृत गर्न जरुरी छ ।

आज २१ आँै शताब्दीको शान्ता श्रेष्ठको खाँचो छ भन्दा अतिशयोत्ति नहोला । स्मरण रहोस् उहाँले राणाकालदेखीनै भ्रष्टाचार, कुशासन, नेताहरुको दोहोरो चरित्रको उजागर गर्र्दै आउनु भएको छ । जो आज ज्वलन्त उदाहरण बनी ती तमाम बेतिथिहरुका विरुद्ध जनता उठिरहेकाछन् । २०८०÷०१÷२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *