Posted on

तीजको दिनमा लोग्नेलाई पूजा रे
लोग्ने चाहि तस्नीमा घाँखा लाउने रे ।
हामीमात्र पतिव्रता पतिचा हि बहुविवाह
के पायौं त हामीले पूजा गरेर ।

तीजको दिनमा हामी लाउँछौं सिधूर
लोग्ने चाहीँ नैतिकतामा झनै अधूरो ।
हामीलाई शंका में घरबाट निकाल्ने
लोग्ने माथि शङ्का गरे उल्टो आईलाग्ने ।

तीजको दिनमा हामी भोकै बसेर
उता उनी जुवा खेल्छन् कम्मर कसेर ।
हामी चाहीं चोखो भई गोदाको पानी खाने रे ।
उनी चाहीं भक्ती गई रक्सी धोक्ने रे ।

तीजको दिनमा हामी रमाई नाच्दछौ ।
त्यही दिनमा अश्लिल भिडियो उनी हेर्दछन् ।
तीजको दिनमा हामी जान्छौं माइत ।
उता पति देवलाई पत्यो साइत ।
अब कहाँ चल्छ र उही थोत्रो रितले
अबदेखि आउँछ तीज नयाँ जोशले ।
नयाँ जोश बोकेर नयाँ पुस्ता धाउनेछ
अत्याचारी लोग्नेको टुपी रिंगाउँछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *