Posted on

क्रान्ति र परिवर्तन को पक्षमा नथाकी सधैं डटीरहने एक होनहार योद्धा यतिवेला हामिले गुमाएका छौं । सर्वहारा वर्गको मुक्तिका लागी दिलो ज्यान दिएर क्रान्तिको अग्र दस्ताको रुपमा रहने त्यो हस्ति जसलाई हामी राजेन्द्रे फुईयााल “शरद” भनेर चिन्दछौं । आमा मैयाा फुईयााल र बाबु खगेन्द्र प्र. फुईयाालको कोखबाट मिति २०२६ साल फागुन १ गते काभ्रेस्थली गा. वि. स. काठमाडौमा जन्मनु भएका राजेन्द अत्यन्तै मिलनसार, कर्तब्यनिष्ठ, नैतिकवान र सैद्धान्तिक निष्ठाको धनी ब्यक्तित्व हुनु हुन्थ्यो । वहााको परिवारमा बाबु, आमा, ३दाजुभाई १ बहिनी, श्रिमती, १ छोरा र १ छोरी हुनुहुन्छ भने पारीवारीक स्थिती सामान्य रहेको छ ।

२०४७ साल तिर कांग्रसको पृष्ठभूमी बाट आउनु भएमा फुईयाल २०४९ सालमा तरुणदलको क्षेत्रिय सचिवको जिम्मेवारी समेत सम्हाली सक्नु भएको थियो । कांग्रेसको राजनीतिले आºनो बर्गको प्रतिनिधित्व गर्न नसक्ने ठानी बर्गीय राजनीतिको खोजीमा वहाँ लाग्नुभयो एउटा योद्धा भित्रको क्रान्तिकारीताले कांग्रेसमा रहनसक्ने कुरै भएन र २०५८ सालमा सर्वहारा वर्गको अग्रदस्ता तत्कालीन ने क पा ( माओबादी ) मा प्रवेश गर्नुभयो र सर्वहारा वर्गिय मुक्ति आन्दोलनमा होमिनुभयो । २०५८ साल जेठ महिनामा महान पार्टीको सदस्यता प्राप्त गरे पश्चात ईमान्दारीतापुर्वक पार्टी जिम्मेवारीमा रही काम गर्नु भयो । काम गर्दैजाने क्रममा सेना संगको लडाईमा वहाको हातसमेत भाचियो तर फौजी कारवाहिमा राम्रो सकृयता रर्‍यो । वहाको सकृयता , इमान्दारीता र कार्यकुशलता लाई देखेर पार्टीले गाउ पार्टी कमिटीमा रहेर काम गर्नु पर्ने जिम्मेवारी सुम्प्यो । पार्टी जिम्मेवारी लाई महत्वपुर्ण रुपमा लिई फत्ते गर्दै आउनु भएका शालिन ब्यक्तित्व फुईयाल २०५९ सालमा पार्टीको पुर्णकालिन सदस्य बन्नुभयो । पार्टीको योजना र निर्देशन अनुशार काठमाडौलाई कार्य क्षेत्र बनाउदै आउनु भएका फुईयाल २०६० आषाढमा पार्टी इलाका सदस्य को जिम्मेवारी पाई सोही हैसियतमा काम गर्दौ आउनुभयो । यसरी कामगर्दै अगाडी बड्ने क्रममा पर्टीकै आवस्यकता अनुशार २०६० कात्तिकमा पार्टीले धादिङ्गमा कार्यक्षेत्र तोकेर पठायो । पार्टीका हरेक योजनालाई सफल पार्दै आºनो काय निरन्तर अगाडी बढाउदै जानुभयो यसै बिच वहाँ विरामी पर्नु भयो र उपचारका क्रममा काठमाण्डौ आउदै गर्दा २०६१ बैशाख ११ मा दुश्मनका जल्लादहरुले गिरपतार गरे र चरम यातना दिए । चरम यातनाका बिचबाट पनि वहाँ कहिल्यै विचलित हुनु भएन ,गल्नुभएन सधैं क्रान्तिको पक्षमा उभिईरहनु भयो । पार्टी र क्रन्ति प्रति सधैं समर्पित रहिरहने फुईयालले १७ महिने कष्टप्रद जेल जिवन पनि व्यतित गर्नुभयो ।

जेल मुक्तिपछि नुवांकोट पार्टी सम्पर्कमा आई ए.सी. एम. कै रुपमा कामगर्दै आउनु भएका फुईयाँल २०६३ साल आषाढ बाट पुन काठमाडौलाई आफ्नो कर्मथलो बनाउनु भयो । वहाँ कहिल्यैपनि आफ्नो स्वार्थमा लाग्नु भएन । वहाको बहादुरीता , कर्तब्यनिष्ठता, ईमान्दारीताकै फलस्वरुप २०६४ भदौमा पार्टी जिल्ला सदस्यता प्राप्तगरी नि. क्षे. नं. १ को सेक्रेटरी भई सोही जिम्मेवारी वहन गर्नु भयो । हाल काठमाडौ क्षेत्र नं. ७ ईलाका नं. ३ को ईन्चार्जको रुपमा जिम्मेवारी संहाल्दै आउनुभएका फुईयाल हाल हामि माझ हुनु हुन्न ।

युथफोर्सका कार्यकर्ता हरुबाट पटक पटक वहाँलाई सिध्याउने धम्किआईरहेको थियो । भर्खरै सम्पन्न स्ववियू चुनावको केही दिन अगाडी पार्टीकामको सिलसीलामा बालाजु वाईपास गएको मौका छोपी अपरीचित ब्यत्तिहरुले अपहरण गरी नागार्जुन जंगलमा मरणासन्न हुनेगरी कुटी काटी छेदबिच्छेद पारी फालेको अवस्थामा उद्धार गरी उपचार पश्चात पार्टीको काममा निरन्तर लागीरहेका फुईयाँल एकाएक २०६६ जेठ २७ गते देखी पार्टी सम्पर्क विहिन भई गाएब गराईएका फुईयाँल २०६६ जेठ ३१ मा त्रि. वि. शिक्षण अस्पतालको शवगृहमा फेला परेको हुदा उनको मृत्यु रहस्यमय भएको र मृत्युमा कसैको हात रहेको कुरामा पुर्ण आशंका छ । ति यथास्थिति वादी क्रान्तिविरोधि शक्तिले त्यो क्रान्तिकारी योद्धाको क्रान्तिकारीता देख्नसकेनन् र पहिलो पटकको असफल हत्या प्रयासलाई सफल पारी छाडे । ति रक्तपिपासु हत्याराहरुले शणयन्त्रपुर्ण ढंगबाट हत्या गरेका छन् विष शेवनबाट मृत्यु भएको भनि भित्रि मिलेमतोमा परमाणित गर्ने प्रयास गरीएको छ त्यो कदापी हुन सक्दैन पटक पटकको धम्कि, अघिल्लो हत्या प्रयास , वाई. सी. एल. क्षेत्रिय ईन्चार्ज माथी युथफोर्षको नेतृत्वमा गोली चलाउदा वाई. सी. एल. जिल्ला सदस्यलाई लागेका आदी आदी घटनाले यो हत्या एमाले निकट संगठन युथफोर्स र एमालेको प्रत्यक्ष संलग्नता रहेको कुराको पुष्टी गदर्छ । आत्महत्या नभई हत्यानै भएको हुँदा यस घटनाको सहिरुपमा छानविन गरिनु पर्दछ । उक्त घटनालाई बङ्गयाउन खोजिन्छ भने हामि कडा शब्दमा खवरदारी गर्दर्छौ ।
सामना
काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *