Posted on

तीज र पर्यटन
हिसिला यमी
पर्यटन नेपालको समग्र विकासको लागी एउटा प्राकृतिक एचयमगअत हो । प्रायः देशी÷विदेशीहरुले यहाँको भौगोलिक विविधता, जैविक विविधता मौसम विविधता (त्यसमाथी मुलतः शित्तल ब्ष्चअयलमष्तष्यल मौसम) लाई सम्झिन्छ । सगरमाथा, लुम्बिनी, कालीगण्डकी, मुक्तीनाथ सम्झिन्छन् । चरा चुरुङ्गी, वन्यजन्तु जडीबुटी जभचदक सम्झिन्छन् । तर यहाँका जनता विविधतामा कती धनी हुन्छन् त्यो सम्झदैनन् । तर विविधता भित्र विवेध पनि छ भनेर भुल्न हुन्न ।
नेपाल अब संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्य भइसक्यो । संघीय संरचनामा जान लागेको यस संक्रमणकालिन अवस्थामा सबै जाती, क्षेत्र, लिङ्ग, वर्गले आफ्नो अस्थित्व, पहिचान, अधिकार खोजीरहेको अवस्थामा नेपालको पर्यटनमा सांस्कृतिक पर्यटनले् थप ऊर्जा पाउने वातावरण बन्दै गएको छ । गुरुङ, मगर, लिम्बु, किरात, नेवार आदिहरुको संस्कृति पहिला नभएको होइन, तर हिजोको देश एकात्मक धर्म सापेक्ष भएकाले तिनीहरुको संस्कृति ओझेलमा पर्दै गएको थियो आज देश धर्म निरपेक्ष संघिय लोकतान्त्रिक गणतन्त्र भएपछि तिनीहरुको जोश, उमंग बढेको छ । यसले नेपालको सांस्कृतिक पर्यटनमा विविधता र गतिसिलता ल्याएको छ । सांस्कृतिक पर्यटनमा उचयमगअत आफै जनता भएकाले गर्दा यो अन्य उचयमगअत भन्दा बढी सृजनात्मक, भावनात्मक, मनोवैज्ञानिक, सद्भावनात्मक र गतिशिल हुन्छन् । त्यस माथी सबै समुदाय, वर्ग, धर्म, क्षेत्र, नश्ल भित्रका पनि उत्पिडित लिङ्ग—महिलाहरुको मात्र चार्डपर्व हुदा त्यसले थप विशेषता हासिल गर्दछ । यस परिपे्रक्षमा तीज पर्व नेपालको सांस्कृतिक पर्यटनमा विशेष स्थान पाउँछ र पाउँनु पर्छ ।
कुनै पनि चीज उचयमगअत पर्यटकिय उचयमगअत हुनको लागी त्यसको विविध पाटापक्ष केलाउन जरुरी हुन्छ । जति विविधता पाटापक्ष हुन्छ त्यती धनी र त्यती देखाउन लायक हुन्छ त्यो दृष्टीले तीजको ऐतिहासिक श्रोत,
त्यसको सांस्कृतिक महत्व, सामाजिक महत्व, राजनैतिक महत्व, लैगिक महत्व र अन्तराष्ट्रिय महत्व बुझ्न जरुरी छ ।
एतिहासिक महतवः
तीज पर्व शिव—पार्वतीको कथासित जोडिंदै आएको छ । कथन छ सुुन्दरी पार्वतीलाई श्रीसम्पती धनी विष्णुले विवाह गर्न चाहान्थे तर पार्वती धन सम्पतीको कुनै वास्ता नगरी सन्त जोगी शिवलाई पाउने आस्थाले र आशाले तपस्या गर्न थालिन् । उनको त्यही तपस्याबाट प्रशन्नित भई शिवसित नै पार्वतीको विवाह भयो । यसरी पार्वतीले आफैले रोजेको जीवनसाथी पाएको खुसीयालीको सन्दर्भ लिएर नै तीज पर्व मनाउँदै आएको देखिन्छ । शिव—पार्वतीको पूर्खा हिमाल भूमि नेपाल भएकाले यस पर्वको थप राष्ट्रिय महत्व छ । यो अन्ततः महिलाहरुकै मात्र पर्व किन बन्न गयो त्यो सोचनिय छ । शायद पुरुष प्रधान दास युग, सामन्ती युग पार गरी पुंजीवादी युगमा आउँदासम्म महिलाहरु उत्पिडित छन्, उत्पिडनको रुप स्वरुप मात्र फेरिदैछन् तर सारमा पुरुष महिला विचको विभेद कायमै रहेकाले गर्दा तीज पर्व महिलाहरुको आशा निराशा, जोश होश, सपना विपनाको प्रतिक बन्दै गइरहेको छ । साथै यो कसरी पार्वतीको जीत अन्ततः चरणदासी भइ आफ्नो पतिको लागी व्रत बस्न पर्ने त्यती मात्र नभई पतिको गोडा धोएको पानी खानसम्म पुगेको होला यो सोचनिय छ ।
सांस्कृतिक महत्वः
तीज पर्व हिन्दु महिलाहरुको पर्व हो । हिजोको अवस्थामा देश नै हिन्दु , एक भाषा, एक पोशक, एक सांस्कृतिको अवधारणाले तीज पर्वले राष्ट्रिय पर्वको रुप स्थापित भई सकेको छ । तर अहिले देश संघीय संरचनामा जाने भएकोले यसलाई सरकारबाट त्यती प्रोत्साहन सुविधा नदिएता पनि यो महिलाको चार्डपर्व, सामाजिक, धार्मीक स्वतनत्रताको अभिव्यक्तीले गर्दा यस प्रतीको आकर्षण घट्ने संभावना कमै देखिन्छ । जबसम्म महिलाहरु विभिन्न रुपले शोषित रहीरहन्छन् वर्गीय रुपमा विभाजित रहन्छन्, धार्मीक रुपमा शोषित रहन्छन्, सामाजिक रुपमा बहिष्कृत रहन्छन् कुनै न कुनै रुपको पितृ सत्तात्मक रहन्छ तबसम्म नेपालमा तीज पर्व विभिन्न रुप रंग लिएर रही रहन्छ । कारण,अभिव्यक्तीको स्वतन्त्रतालाई कसैले छेक्न सक्दैन । तीज पर्व सित जोडिएको खानाको प्रकार विशिष्ट भएकोले पनि तीज पर्वको लागी थप आकर्षण बन्न सकिन्छ । त्यस माथी महिलाहरुले लगाउने पहिरन, गीत,नाच, अभिव्यक्तले पर्यटकहरुलाई मुलतः महिला पर्यटकको लागी रोचक बन्दै आएको छ । यो हिन्दु महिलाहरुको चार्डपर्व मनाउँदै आए पनि यस भित्र महिलाहरुको मर्म स्वतत्त्रता सामाजिक अभिव्यक्तीले् हरेक जनजाती, क्षेत्र, वर्ग भित्रमा महिलाहरुलाई आकर्षित गर्न सफल हुदै गइरहेको छ । कारण, हरेक समुदाय भित्रमा महिलाहरुको व्यथा एउटै सरह छ त्यस कारण यसलाई नेपाली आठ मार्चको रुपमा सोच्नेहरु पनि छन् ।
सामाजिक महत्वः
हिन्दु धर्ममा त्यसमा पनि वाहुन क्षेत्रीमा महिलाहरु विवाहित भए पछि धेरै कम भन्दा कम आफ्नो माइतीमा जान पाउँछ । साथै सामन्ती संस्कृति हावी भैरहेको अवस्थामा प्रायः तिनीहरु सन्तान जन्माउने मेसिन, भान्छामा कैद कामदार, पवित्रताको प्रतिक रहने भएकोले समाजसित घुलमिल हुने, स्वतन्त्रतासित नाच्ने—गाउने, वोल्ने विरलै पाउने भएकोले तीजले यी सबै गर्न वातावरण दिएको हुन्छ । जसरी पुराणमा पार्वतीलाई जबरजस्त विष्णुसित विवाह गर्ने प्रस्ताव ल्यायो र उनका साथीहरुले तिनीलाई बचाई अन्ततः शिवसित नै विवाह गर्न वातावरण बनायो त्यसरी नै यो पर्वमा महिलाहरुले आ—आफ्नो विचको भावनात्मक रुपमा एक अर्कालाई परेको चोट मर्कामा सहयोग सद्भावना राख्ने दिनकै रुपमा पनि तीज मनाइन्छ । एक अर्काको व्यथा, विद्रोह, आकांक्षा, आस्था बाँड्ने अभिव्यक्ती दिने हो । भनिन्छ यो दिन महिलाहरु बाँधेको गाइ—गोरु छोडको बेला मात्तीएको झै स्वतन्त्र हुन्छन् अर्थात् समाजले त्यो छुट त्यो दिन दिन्छ । फेरी नेपालजस्तो पहाडै पहाड भएको देश जहाँ यातायातको सुविधा छैन त्यहाँ चेलीबटीलाई टाढा टाढा दिने चलनले पनि आफ्नो माइती आइरहने वातावरण विरलै पाइन्छ अतः तीजले माइतमा भौतिक रुपमा नजिक मात्र नभएर मनोवैज्ञानिक, सामाजिक रुपमा नजिक ल्याइदिन्छ । माइतीमा आ— आफ्ना वाल्य कालका साथीहरुको माइत आउँदा एक अर्कामा व्यथा, सुखः दुखः वटुल्ने थलो पनि बन्न जान्छ । यस किसिमले यसले सामन्ती पितृ सत्तात्मक शोषणबाट दिक्क भएका महिलाहरुलाई यस दिनको लागी भएपनि मनोरञ्जनको भान दिन्छ त्यो पनि आफ्नो पतिको दिर्घायुको नाममा अभिवाहितको लागी राम्रो वर पाउँ भन्ने नाममा ।
लंैगिक महत्व
यो पर्व महिलाहरुले मात्र मनाउने भएकोले महिलाहरुले यो पर्वलाई विभिन्न किसिमले विश्लेषण गर्न थालेको दिखिनछ । वर्गीय चेतनासंग संगै लैंगिक चेतना भएमा महिलाहरुले यस पर्वलाई भिन्दै किसिमले विश्लेषण गरेको पाइन्छ भने लैंगिक चेतना मात्र भएकोले आफ्नैे लैंगिक पिडाले यसलाई विश्लेषण गरिराखेको दिखिन्छ । गैर वर्गीय लैंगिक पिडा भएमा मुलतः धार्मीक कोणले हेर्ने महिलाहरुले भने यसलाई छुटै किसिमले व्याख्या गरेको देखिन्छ ।
वर्गीय र लैंगिक कोणले हेर्ने महिलाहरुले तीजलाई ऐतिहासिक भौतिकवादी दृष्टीकोणले हेर्छन् जस अन्तर्गत् तिनीहरुले यो तीजलाई ऐेतिहासिक विकास अन्तर्गत् हेर्छन् अर्थात् यो मुलतः सामन्ती प्रथाबाट जन्म भई यस भित्र महिलाहरुको विद्रोह परिवर्तनको अभिलाषा, गतिसिलता समुहमा वस्न चाहाने अर्थात् संगठित हुन चाहानेलाई उजागर गर्छन्, भने यस भित्रमा पाखण्ड, विकृती, सामन्ती संस्कृतिलाई क्रमसः रुपान्तरण गर्न खोज्छ । जबकी लैंगिक दृष्टीकाणले हेर्ने महिलाहरुले यसलाई खिल्ली उडाउने, ऐतिहासिक विकासबाट नहेरीकन वर्तमानको परिवेशमा मात्र हेर्दा यो महिला विरोधी अभिव्यक्तीको रुपमा हेर्छन् । अन्ततः आफुलाई यसबाट अलग्याउँछन् र यसलाई निषेध गर्न खोज्छन् । यद्मपी यस्ता अभिव्यक्तीले पौराणिक सोच राख्ने, धार्मीक सोच राख्ने महिलाहरुलाई प्रश्न गर्ने ठाउँ दिन्छ । आफ्नै रितिरिवाजको बारेमा पश्चगामी सोच राख्ने धार्मीक महिलाहरुले तीजलाई अक्षरसः पालना गर्न खोज्छन् । यसले गर्दा तिनीहरुले महिला—पुरुष विचको सामन्ती सम्बन्ध यथावत राख्न जोड दिन्छन् । छुत—अछुत कायम राख्न खोज्छन्, महिलालाई प्रजनन् शक्तीको रुपमा सिमित राख्न खोज्छन् ।
राजनैतिक महत्वः
कालान्तरमा तीज पर्व बहुदल व्यवस्थासंग संगै विभिन्न राजनैतिक पार्टीहरुको लागी आ—आफ्ना महिला मोर्चाका लागी कार्यक्रम गर्ने, संगठित गर्ने, प्रशिक्षण दिने थलो बनेको छ । पन्चायतको बेला पन्चायत विरोधी आन्दोलनको रुपमा तीज मनाएको दिखिन्छ भने बहुदल आएपछि आफ्नो विचारसंग फ्यूजन गरी गीत गाउने नाच्ने साधन बनेको छ । अग्रगामी शक्तीले महिलाहरुलाई सामन्ती बन्धनबाट तोडेर नयाँ अग्रगामी महिला—पुरुष सम्बन्ध बढाउने बाटो देखाछन् भने पश्चगामी शक्तीले महिलाहरुलाई धार्मीका सामन्ती सम्बन्धमा नै कैद गर्न खोज्दछ । मध्यमपंथी ढुलमुले राजनैतिक शक्तीले भने यो पर्वलाई खीचडी बनाउन खोज्छ न हाँसको चाल न बकुल्लाको चाल अर्थात् त्यहाँ भित्र सामन्ती, साम्राज्यवाद अर्थात् धार्मीक उपभोक्तवाद मिसाइ दिन्छ र अन्ततः यथास्थितिवादलाई टेवा पु¥याइ दिन्छ । अन्ततः सबै राजनैतिक शक्तीले यस पर्वलाई नेपालको आठ मार्च सरह महत्व दिएर मनाएको देखिन्छ ।
अन्तर्राष्ट्रिय महत्व
महिला शोषण आधारभूत शोषण भएकोले गर्दा यसको कुनै सिमा छैन । अतः यसको अन्र्राष्ट्रिय आधार छ । सबै दशमा कुनै न कुनै रुपमा महिला शोषण कायम छ । मात्रा र गुणमा मात्र फरक देखिन्छ । अझ भुमण्डलीकरणले लैंगिक चेतना वर्गीय चेतनासंग संगै विकास हुदै गइरहेको छ । साथै विज्ञान प्रविधिको द्रुत विकासले विश्व भरी यातायात गर्न, विचार आदान प्रदान गर्न सजिलो भईरहेको परिस्थितिमा विश्वमा महिलाहरुको लागी तीज महिलाहरुको सामुहिक, मनोवैज्ञानिक, सांस्कृतिक, सद्भावनात्मक, धार्मीक, परिवर्तनात्मक, विद्रोहात्मक, लैंगिक चेतनाको अभिव्यक्ती बन्दै गइरहेको छ । लैंगिक शिक्षा चभकभबचअज को लागी विषय बनेको छ अझ देश संघीय संरचनामा गइरहेको अवस्थामा हिन्दु आर्यान समुदायले यसलाई आफ्नो पहिचानको रुपमा विस्तार गर्न खोजेको देखिन्छ । यसलाई समावेशी बनाएर अझ फैलन खोजेको देखिन्छ । अब त नेपालमा महिलाहरु अन्तर्राष्ट्रिय क्षेत्रमा कामदार, परिवारको रुपमा बाहिरिदै छ । विदेशमा रहँदा अफ्ना पहिचान संस्कृतिको याद, ममता अझ बढ्ने भएकोल विदेशमा समेत तीज मनाउन थालेको देखिनछ । अतः विदेशी पर्यटकहरुले तीजको सक्कली रुप नेपालमा खोज्न आउने क्रम पनि बढ्दो छ । यसरी तीजले अन्तर्राष्ट्रिय आकार लिदैछ । नेपालमा कुटनितिक क्षेत्रमा, विकासको क्षेत्रमा विदेशी महिलाहरु आउने संख्या बढ्दैछ । तिनीहरुको लागी पनि तीज पर्व जिज्ञासाको विषय बन्दै गएको छ ।
उपसंहार
वास्तवम तीज पर्व आज सबै वर्गले, समुहले तानातान गर्न खोजेको देखिन्छ । उपभोग्ता संस्कृति वाहकले यसलाई उपभोग्ता संस्कृति भित्र ल्याउन खोजेको देखिन्छ भने धार्मीक सोचहरुले धर्म भित्र कैद गर्न खोजेको देखिन्छ । साम्राज्यवादीहरुले यसलाई ल्न्इरक्ष्ल्न्इ करण गर्न खोज्दै छन् । परिवर्तनकामी अग्रगामी शक्तीले यसलाई विद्रोहको माध्याम बनाउन खोज्दैछन् । महिलावादी समुहले यसलाई पुरुष विरोधी आन्दोलनको रुपमा तान्दैछन् । यसको चर्चा परिचर्चाले गर्दा पनि यसमा विकृति त्यती नै द्रुत गतिमा विकसित हुँदै छ । जस्तो की यसमा उपभोगतावादी, विलासितावादी घुसेपछि यसले महिला—महिला विच अस्वस्थ प्रतिस्पर्धा, असमानता बढाउँदै गएको छ, आधुनिकताको नाममा छाडा संस्कृति भित्रीदै छ । यस बारेमा सचेत हुनु पर्दछ ।
जुन समुदायले तीज पर्वलाई जसरी लिएता पनि यसले सांस्कृतिक पर्यटनको क्षेत्रमा अझ विविधता, गहनता, रौनकता, रोचकता ल्याइरहेको छ । खानाको परिकार, लुगा लगाउने विशेषता, धार्मीक रितिरिवाज, मनोरञ्जन, साहित्यीक अभिव्यक्ती, सामुहिक अभिव्यक्ती, लैंगिक अभिव्यक्ती, विद्रोहात्मक अभिव्यक्ती सबै सकार र नकार सहित तीज पर्व नेपालको विशिष्ट पर्यटकीय, लैंगिक उचयमगअत बनेको छ । २०११ नेपालको पर्यटकीय वर्ष भएकोले तीज पर्वलाई अबदेखी नै अयचचभअत उभचकउभअतष्खभ मा लाग्न जरुरी छ । विदेशी पाहुनाहरुलाई पनि यसमा समावेश गरी लग्दा कस्तो होला यो सोचनिय छ ।
२०६६÷४÷२८
नोटः—यसको भाषा सम्पादन एक पटक हेरी दिनु होला ।

Leave a Reply

Your email address will not be published.