Posted on

शुभकामना

लम्जुङ्ग—काठमाण्डौ गणतान्त्रिक महिला मंचले तीजको उपलक्ष्यमा समय सापेक्षित तीजका गीतहरुको संकलन प्रकाशन गर्न लागेको थाहा पाउँदा मलाई खुसी लागेको छ । महिलाहरु समाजका आधारभूत समुदाय हुन् । नेपाली महिलाहरुको लागी तीज आधारभूत चार्डको रुपमा विकास हुदै गईरहेको छ । कारणः महिलाहरुको लिंगिय शोषण मानव जाती भित्र असमानतासंगै जन्मेको हो र असमानताको धरातल सिद्धिए पछि मात्र यो पनि सिद्धिने भएकोले गर्दा यो अन्य शोषण (जातिय, दलित, धार्मीक, भाषीक शोषण आदि) भन्दा गहिरो र लामो सम्म रहने छ । अतः नेपालमा तीज पर्व विभिन्न रुप, संन्दर्भ, परिवेश लिएर बाँचिरहने छ । अहिले नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा भएको छ । संघिय संरचनामा जाने भएकोले जातिय, क्षेत्रिय चेतना बढ्दै गइरहेको छ । यसले गर्दा हिजो हिन्दु धर्म मानेको यो देश आज धर्म निरपेक्ष बनेको अवस्थामा तीजलाई राष्ट्रिय पर्वको रुपमा त्यती महत्व साथ सबैले नमनाउँला । तर बाहुन क्षेत्रिले भने यसलाइ अझ थप आफ्नो पहिचान सहित मनाउँन थालेको देखिन्छ । तर तीजका गीतहरुले जबसम्म महिलाहरुको शोषण, समाधान र सुदृढ गर्ने विषयमा सम्वोधन गर्दैगर्छ तवसम्म यसले अन्य गैर—हिन्दु, गैर—आर्यानलाई कुनै न कुनै रुपमा आकर्षीत गरि नै रहने छ ।
यो देश लोकतान्त्रिीक भएकोले यसले लेख्ने, वोल्ने, अभिव्यक्ती दिनेमा बढी स्वतन्त्रता दिने भएकोले तीज पर्व अझ निर्धक्कसाथ आ—आफ्नो राजनैतिक, सामाजिक, सांस्कृतिक अभिव्यक्त गर्ने वातावरण बनेको छ । तर हालै नागरिक सर्वोच्चतामाथी सैनिक सर्वोच्चताको निर्णयले गर्दा पाएको स्वतन्त्रता हरण होला भनेर सजक, संघर्ष र यसको विरुद्ध सक्रिय हुनु पर्दछ । यो देश गणतन्त्रात्मक भएकोले आज महिलाहरुको गर्भ अलि हलुङ्गो हुदै गईरहेको छ । कारणः अब प्रत्येक घर—घरमा छोरा (अर्थात् राजकुमार, अर्थात् उत्तराधिकारी) जन्माउनु पर्ने सांस्कृतिक, सामाजिक आधार राजतन्त्रको अन्त्यसित कमजोर हुदै गईरहेको छ । तसर्थ अहिलेको तीज कसरी संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यलाई सुदृढ गरी अझ अगाडी बढाउने तिर उन्मुख होस् भने्र मेरो शुभकामना व्यक्त गर्न चाहान्छु ।

हिसिला यमी
पोलिट व्यूरो सदस्य
ए.ने.क.पा.(माओवादी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *