Posted on

हे ‘सभ्य’ युग !
के यही हो तिम्रो ‘सभ्यता’ ?
पहाड-पहरा नाङ्ग पार्दै
मुनाफामा नाङ्गाहरूले कोपार्द
बलात्कार गरेछौ तिनीले ती हरिपारी बस्त्रलाई !!


हे ‘सभ्य’ युग !
के यही हो तिम्रो ‘सभ्यता’
देशका नदी-नाला बेच्दै
मुनाफाका लालचमा फस्दै
बलात्कार गरेछौ तिमीले यो देशलाई सिंगंै !!


हे ‘सभ्य युग !
के यही हो तिम्रो ‘सभ्यता’ ?
चेली बेटीहरू जति बम्बेका कोठरीमा
नवयुवक जति गोर्खा भर्ति केन्द्रमा
बलात्कार गरेछौ तिमीले देशका युवालाई !!

हे ‘सभ्य’ युग !
के यही हो तिम्रो ‘सभ्यता’ ?
झोग्गी झोंपडीहरू उखादें
मुनाफाको नाममा त्यही जमीन बेच्दै
बलात्कार गरेछौ तिमीले सुकुम्वासीलाइ !!


हे ! सभ्य’ युग !
के यही हो तिम्रो ‘सभ्यता’ ?
खाएकाले झन धेरै खान पाउने
खान नपाएकाको अझ धेरै लुटिने
बलात्कार गरेछौ तिमीले अाम जनतालाई ! !
चाहिदैन हामीलाई यस्तो मुनाफाको युग

जहाँ धनीलाई शिष्ताचार, गरीबलाई बलात्कार !
जहाँ मुनाफाकोनामसा देश बेचिन्छ, युवाशक्ति बेचिन्छ
जहाँ सौन्दर्यताकोनाममा एकातिर गगनचुम्बी अर्कोतिर झोपडीको उठीबास !
जहाँ रोजगारकोनाममा योनविक्री केन्द्र र गोर्खा भर्ति केन्द्र


चाहिन्छ हामीलाई जनवादी युग !
जहाँ पसिनाका उचित मोलपाउन्छौ जस्तो जोत उसको पोत
जस्को श्रम उसको धन
जसको काम उसको माम !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *