Posted on

हिसिला  यमीद्धारा लिखित तथा पेङ्गुइन रयाण्डम हाउस इण्डिया प्रा.लिद्धारा प्रकासित पुस्तक हिसिला यमीको आफ्नै जीवनका तिता–मिठा अनुुभव, अनुभूति, भोगाई, जीवनमा झेल्नु परेका उतार–चढाव, अपमान र सम्मान, निन्दा र प्रशंसा, दुःख र सुख आदिसँग सम्बन्धित जस्तो देखिएता पनि यो पुस्तक वास्तवमा भन्ने हो भने नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको इतिहासलाई एउटा उत्पीडित वर्ग, क्षेत्र, जात र लिङ्गको दृष्टिकोणबाट प्रस्तुत गरिएको अत्यन्त महत्वपूर्ण ऐतिहासिक दस्तावेज हो ।
अंग्रेजीमा लेखिएको उक्त पुस्तकलाई तीन भाग र ३८ अध्यायमा विभाजन गरी लेखिकाले नेपालको राजनीतिक र सामाजिक परिवर्तनको इतिहासलाई समग्ररुपमा समेटी प्रस्तुत गर्ने जमर्को गरेकी छन् । खास गरी दस वर्षे जनयुद्धको पृष्ठभुमीदेखि जनयुद्धको दौरानमा उनले प्रत्यक्षरुपमा भोगेका र देखेका साथै जनयुद्ध परिचालनको शीर्ष भूूमिकामा रहेको अवस्थामा जानकारीमा आएका घटना परिघटनाहरुको साङ्गोपाङ्गो प्रस्तुति तथा माओवादी शान्ति प्रकृयामा आए पछिका घटना परिघनाहरुलाई समेत समेटर निष्पक्ष, पूर्वाग्रह रहितरुपमा प्रस्तुत गर्ने काम लेखिकाले गरेको देखिन्छ ।
देशको राजधानी काठमाण्डौको पनि मध्यभागमा जो सम्पन्न र व्यवसायिक मानिसहरुको बसोबास रहेको क्षेत्रमा एउटा सम्पन्न व्यापारिक घरनामा जन्मिएर, सरकारी स्कूलमा अध्ययन गर्दै गर्दा आमाको मृत्युपछि दिदीको साथ र सहयोगमा भारतको कानपुर जस्तो सहरमा आफ्नो स्कूले शिक्षा पुरा गरी इन्जिनियरिङ्ग विषय अध्ययन गर्न भारत जस्तो विशाल देशको राजधानी दिल्लीमा मौका पाएकी हिसिला यमीले चुनौतिपूर्ण, दुःख, कष्ठ, भरीपूर्ण, तरवारको धारमा जीवनलाई राखेर जनयुद्धको भूमरीमा आफूलाई समर्पित गर्नु सामान्य अवस्था थिएन । त्यतिमात्र होइन् जनयुद्धको वास्तविकतालाई यथार्थरुपमा प्रस्तुत गर्नु त्यो भन्दा पनि अझै असमान्यरुपमा मैले लिएकी छु ।

दस वर्षे जनयुद्धलाई हामी सबैले एउटा साहसिक, चमत्कारीपूर्ण, बलिदानीपूर्ण परिघटनाकोरुपमा हेर्छौ । दसौ हजार नेपाली जनताको उत्सर्ग,त्याग, तपस्या र बलिदानको इतिहास जसले अकल्पनीयरुपमा २५० वर्षसम्म शासन गरेको ब्राह्मणवाद र सामन्तवादको नाइके शाह वंशको अन्त्य गर्न सफल भयो यो नेपालको इतिहासमा पक्कै पनि सामान्य परिघटना थिएन । लेखिका स्वयमले पनि लेखेकी छन् “पृथ्वी नारायण शाहका एकिकरण अभियान पछिको एउटा चुनौतिपूर्ण, रक्तपातले भरिपूूर्ण असमान्य परिघटना थियो ।” हामीलाई बाहिरबाट हेर्दा अच्चम लाग्छ मृत्युु या मुक्तिमात्र विकल्प रहेको दिर्घकालिन युद्धको यात्रामा लाखौ नेपाली उत्पीडीत जनता कसरी लामबद्ध हुन सके ? कसरी जनयुुद्धमा पूर्णरुपमा समर्पित भई बलिदानीपूूर्ण संघर्ष गर्न नेपाली समाजका युवा पंक्तिलाई शीर्षस्थ नेतृत्वले प्रेरित गरे ? यी सबै कुराहरुलाई सोच्दा त लाग्छ यि नेतृत्व पंक्तिहरु उच्च आदर्श र नैतिकताले भरीएका छन् होलान । यिनीहरुको बीचमा भएको सौहार्दपूर्ण आपसी सम्बन्धको कारणले गर्दा नै बलिदानपूूर्ण जनयुद्धले सफलताको शिखर चुम्न सफल भयो होला जस्तो लाग्छ । तर यो पुुस्तक पढ्दै गए पछि थाह हुुन्छ बलिदानीपूर्ण इतिहास बोकेको जनुयुुद्ध शीर्षस्थ नेतृत्वहरु बीचको वैचारिक अन्तर संघर्ष, शक्ति संघर्ष र नेतृत्वको लागि लुुछाचुडीको बीचबाट पनि राजनैतिक परिवर्तनको लागि भएको संघर्ष थियो ।

यो पुस्तकको पहिलो भागलाई लेखिकाले सात अध्यायमा विभाजन गरेकी छन् र पहिलो भागमा नेपालमा जनयुुद्धको आवश्यकता किन रहयो र यसको पृष्टभूमी र आफ्नो संलग्नताको पृष्टभूमी कसरी तयार भयो भन्ने सन्दर्भ विस्तृतरुपमा उल्लेख गरेकी छिन् । बाबुआमाले जहानीया राणा शासनको अन्त्यको लागि जीवन समर्पित गर्दै संंघर्षपूर्ण जीवन यापन गरेको पृष्टभूमी हुँदाहुँदै पनि हिसिला भने पूर्णरुपमा राजनीतिबाट अलग एउटा सामान्य घरानीया बालिकाको जीवन बाचेको कुरा उल्लेख गरेकी छन् ।

आमाको मृत्यु पश्चात पनि घरको सबैभन्दा कान्छो सन्तान भएको र आफूू भन्दा माथिका दिदीहरु र दाजुले आमाको कमी कहिले पनि महसुस हुन नदिएको र बुबाले समेत आफ्नो संघर्षको कथाव्यथाहरु आफूलाई न भनेकोले कुनै किसिमको राजनीतिक प्रभावमा नरहेको कुरालाई स्वीकारे कि छन् । कानपूरको आइआईटी कलेजमा इन्जिनियरिङ्ग अध्ययनरत दिदीसंग बस्दा त्यहाँको साधारण जीवनशैलीको प्रभावले सामान्य जीवन जीउन सिकाएको देखिन्छ । एउटा सम्पन्न परिवारको चिन्तन र चरित्र उनमा देखिन्छ । नाच्नेगाउने, रमाइलो गर्ने, खेल प्रति भने उनको आकर्षणलाई सामान्य मान्न मिल्दैन । अलिकति लिङ्गीय विभेदको बारेमा भने धेरै थोरै जानकारी राख्ने भएको पनि देखिन्छ । तर दिल्ली गए पछि र बाबुरामसंगको भेट पछि भने उनको जीवनमा राजनीतिकरुपमा उथलपुथल आएको देखिन्छ । यमि स्नातक पढ्न स्कूल अफ प्लानिङ्ग आर्किटेक्चरमा जादा बाबुराम त्यहा त्यही विषयमा स्नातकत्तोर गर्न आएका थिए । तर उनी भने राजनीतिको रंगमा पहिले नै रंगिसकेका थिए ।

नेपालमा भएको राजनैतिक परिवर्तनको आन्दोलन र भारतमा भएका उत्पीडित नेपालीहरुको दुुःखकष्ट र उनीहरुको पीडादायिक भोगाईबाट परिचित भई सकेका बाबुरामसंग धेरै नेपालीहरुको सम्बन्ध थियो र त्यतिबेला अखिल भारतीय नेपाली विद्यार्थी संघको अध्यक्ष समेत भई सकेका थिए । त्यसैले उनलाई भेट्न आउने मान्छेहरुको लर्को लाग्दथ्यो । यही क्रममा एक जना नेपालीको माध्यमबाट बाबुुरामसंग यमिको परिचय भएको र पहिलो भेटमा नै बाबुरामको प्रश्नले उनलाई तरंगित बनाएको देखिन्छ । उनले सोधका थिए, ‘ के तपाई धर्मरत्न यमीको छोरी हो ? धर्म रत्न हिसिलाको पिता हुँदाहुँदै पनि उनको राजनीतिक पृष्टभूिमको बारेमा आफैलाई थाह नभएको अवस्थामा बाबुरामले त्यस्तो प्रश्न गर्दा उनी आश्चर्य चकित भएको आभास मिल्दछ । यहीबाट नै बाबुुराम र हिसिलाको भेटघाट बाक्लिदै गएको यो सम्बन्ध राजनैतिक हुुँदै वैबाहिक सम्बन्धको रुपमा स्थापित भएको प्रसंगलाई रोचक र मार्मिक ढंगले लेखिकाले पुस्तकमा प्रस्तुत गरेकी छन् । प्रेम र विवहा भनेको महिला पुुरुष बीच अत्यन्त व्यक्तिगत र नीजि सम्बन्ध हो तर हिसिला र बाबुरामको सन्दर्भमा उनीहरुले नया तरिकाले परिभाषित गरी दिएका छन् ।

हिसिलामा बाबुरामलाई भेट्नु भन्दा अगाडि खासै राजनैतिक चेतना नभएता पनि नेपालको राजतन्त्र बिरोधी धारणा भने अगाडि देखि नै रहेको देखिन्छ । भारतमा अभ्यास भै रहेको गणतन्त्र, धर्मनिरपेक्षता र लोकतन्त्रको प्रभाव उनीमाथि देखिन्छ र नेपालको राजतन्त्र कानून भन्दामाथि, पुुरुषमात्र राजा हुन पाउने; आफ्नै घरमा पनि दाजुले नीजि स्कूलमा पढ्न पाएको र दिदीबहिनीहरुलाई सरकारी स्कूलमा पढ्न गएको देखेकोले पनि लिङ्गीय दृष्टिकोणबाट पनि पुरुष हैकम प्रति पहिले नकारात्मक धाराणा पलाएको देखिन्छ । र बाबुरामसंगको भेटपछि यो धारणा अझै मजबुत हुन पुग्यो ।

प्रचण्डको व्यवस्थापकीय क्षमता, किरणको आदर्शवादी माक्सवादी दृष्टिकोण र बाबुरामको नेपाललाई गणतन्त्र बनाउने दूरगामी सोचले १० वर्षे जनयुद्धले एउटा निश्चित परिणाम त ल्यायो । तर तीनवटा नेताहरु बीच भएको आन्तरिक द्धन्द, शक्ति संघर्षको कारणले प्राप्त उपलब्धी समेत बिस्तारै गुम्दै गयो । शिर्षस्थ नेताहरुमा आएको बिचलनले पार्टी नै एकप्रकारले ध्वस्त भयो ।

बाबुरामको विद्यावारिधीको अध्ययन पुरा नहुदै हिसिला आफ्नो अध्ययन सकेर एक वर्ष दिल्लीमै काम गरेर नेपाल फर्किए पछि इन्जिनियरिङ्गय कलेज पुल्चोकमा अध्यापन गर्नुको साथसाथै पंचायत र राजतन्त्रविरोधी आन्दोलनमा सक्रिय भएको घटनाहरुलाई पनि उनले पुस्तकमा रोचकरुपमा प्रस्तुत गरेकी छन् । आन्दोलनको क्रममा पटक पटक जेल पर्दा एक पटक सहाना प्रधानसंग एउटै जेलमा बसेको प्रंसग बडो रोचक छ । नेपालको कम्युनिष्ट आन्दोलनको संस्थापक तथा हिमायती पुष्पलालको श्रीमती तथा स्वयं कम्युनिष्ट आन्दोलनको हिस्सा बनेर राजनीतिक परिवर्तनको आन्दोलनको खम्बा बनेर आधार प्रदान गरेकी व्यक्तित्व सहाना प्रधानले राजनैतिक आन्दोलनमा सहभागी भएर जेल परेका आफूभन्दा कनिष्ट बहिनीहरुलाई राजनैतिक प्रशिक्षण दिनुको साटो स्वीटर बुन्न र खाना बनाउन सिकाउनु भएछ ।

पंचायत विरोधी आन्दोलनमा क्रियाशील भए कै कारणले स्थायी जागिर नभएको तर २०४६ को जन आन्दोलन पछि स्थायी हुने मौका मिल्यो र तत्पश्चात बेलायतमा स्नातकत्तोर अध्ययन गर्ने अवसर प्राप्त भयो । यूनिभर्सिटीमा अध्ययन गर्न सुरु गरे पछि भने केही समय जीवन सामान्य रहन सकेन । नेपालमा रात दिन संघर्षको मैदानमा खटिएर हजारौ मानिससंग सम्पर्क सम्बन्ध स्थापित गर्दै परिवर्तनको बाहक बनेको जीवन एउटै कोठामा बन्दी जस्तो भएर अध्ययन प्रकृयालाई अगाडि बढाउदा मानसिक समस्याले सतायो ।

त्यसमा पनि छोरीले स्कूलमा भोग्नु परेको नश्लीय विभेद, छोरीसाथमा भएकोले कोठा नपाएको पीडा, छोरी नेपाल फर्किन्छु भन्दा पनि आर्थिक श्रोतको लोभले पठाउन नसकेको बाध्यता आदि पनि पुस्तकको हिस्सा बनेको छ । उनी लेख्छिन् मैले मानुसीलाई भने “हामीलाई पैसा चाहिएको छ । उनले बालबालिकाले पाउने भत्ता(child benefit around 45pound) पाउँथिन जुन मैले कोटेश्वरमा बनाएको घर पुरा गर्नको लागि चाहिएको थियो । ”
विभिन्न समस्याका बाबुजद पनि छोरीको सहयोग र साथले बिस्तारै यूकेको बसाई र अध्ययन पुरा गरेर देश फर्के पछि हिसिलाले घर त बनाईन तर त्यो घरको उपभोग गर्न नपाउदै छोड्नु पर्ने परिस्थिति निमार्ण भयो । बाबुुराम जनयुद्धको तयारीमा देशव्यापी भ्रमण सकेर आए पछि उनले बडो गर्वका साथ आफूले मेहनत र परिश्रम गरेर पुरा गरेको घर बाबुरामलाई देखाउछिन् । तर उनी भने त्यो घरबाट प्रभावित हुनुको साटो उनले भन्छन्, “माफ गर ! हामीहरु यहाँबाट हिड्नु पर्छ । पुरोनो प्रतिगामी राज्य सत्तालाई भत्काएर नयाँ गणतान्त्रिक राज्य निमार्ण गर्नको लागि संगै जनयुद्धको बाटोमा अगाडि बढौं । ”

त्यस पछि हिसिला र बाबुरामको भूमिगत जीवन सुरु हुन्छ । दस वर्षको छोरीलाई आफन्तहरुको भरमा छोडेर जनयुद्धको यात्रामा उनीहरु अगाडि बढ्छन् । भूमिगत जीवनको सुरुवात भारत प्रवेशबाट हुन्छ । सिमा काट्दाको पीडालाई अभिव्यक्त गर्दै उनी लेख्छिन्, “सिमा काट्ने बेलामा पछाडि फर्केर हेरे । र मलाई महसुस भई रहेको थियो मैले आफ्नो सामान्य र सुरक्षित जीवनको विगतका सेतुहरुलाई जलाउदै छु ।”
दोस्रो अध्याय पूर्णरुपमा जनयुद्धको दौरानमा भएका घटना परिघटनाहरुको साङ्गोपाङ्गो व्याख्या र विश्लेषणले भरिएको छ । उनी लेख्छिन्,“जनयुद्धले न केवल नेपालको राज्यलाई उल्टापाल्टा पारिदियो मेरो जीवनमा समेत उथलपुथल ल्याईदियो । ”

आन्दोलनमै जीवन व्यतित भएको भएता पनि खुलारुपमा संघर्षमा संलग्न हुुनु र भूमिगत जीवन बाच्नु आकास जमिनको अन्तर छ । नावालक छोरीलाई छोडेर हिड्नुको पीडा, भूमिगत बस्दाको पीडा त्यसमा पनि प्रचण्डको श्रीमतीसंगको असमझदारीले थपेको अप्ठयारोको बिस्तृत चर्चा, अन्तराष्ट्रिय व्यूरोको जिम्मा पाएकोले पार्टीको हेडक्वाटरसंग प्रत्यक्ष सम्बन्ध, नेतृत्वहरुको बीचमा भएको शक्ति संघर्ष, प्रचण्डको शक्ति केन्द्रिकरणको लागि भएका विभिन्न षडयन्त्रकारी प्रयासहरु, शिर्षस्थ नेताहरुको विवहा इतरको सम्बन्ध, भारतमा बस्ने नेपालहरुको सहयोग र साथ, युद्धको दौरानमा भएका अप्रीय घटनाहरु, महिला, दलित,जनजाति, उत्पीडित वर्गको जनयुद्धमा सहासिक बलिदान, सेनाले गरेको अत्याचार, बाबुराम र आफू माथि पार्टीले गरेको कारवाही र त्यसको मनोवैज्ञानिक असर आदिको बारेमा चर्चा गर्ने काम हिसिलाले यो भागमा गरेकी छन् ।
खासगरी कम्युनिष्ट पार्टी भनेको नेतृत्वको केन्द्रिकरण, नोकरशाहीतन्त्र र एकाधिकार प्रकृतिको पार्टी भएकोले नेतृत्वहरु खासगरी तीनजना बाबुराम, प्रचण्ड र किरण बीचको सम्बन्ध अत्यन्त संबेदनशील र जटिल भएको भन्ने उनले आफ्नो बिचार प्रस्तुत गर्दै लेख्छिन्, “बाबुराम र किरणको बीचमा राजनैतिक दिशालाई लिएर निरन्तर संघर्ष भई रह्यो । तर यो कहिले पनि व्यक्तिगत झगडामा रुपान्तरण भएन । किरणले जडशूत्रवादी माक्र्सवादको वकालत गर्थे भने बाबुरामले सृजनात्मक माक्र्सवादको वकालत गर्थे । र प्रचण्डले भने कहिले किरण र कहिले बाबुराम तिर ढल्केर यि दुईको बीचमा भएको वैचारिक संघर्षको फाइदा लिएर आफूलाई सधै शक्तिको केन्द्रमा राख्नको लागि संख्याको सुनिश्चित गर्थे । ”

प्रचण्ड शक्ति पृथकीकरणको सिद्धान्त विपरित शक्तिलाई केन्द्रिकृत गर्न चाहन्थे । पार्टी, सेना र संयुक्त मोर्चा सबैको नेतृत्वमा आफ्नो बर्चस्व कायम राख्ने प्रयास गर्थे । किरणले यस्को समर्थन तर बाबुरामले यसको विरुद्ध निरन्तर संघर्ष गरेको भनाई हिसिलाको छ । प्रचण्ड आफूलाई शक्तिको केन्द्रमा स्थापित गर्न कहिले किरण तिर कहिले बाबुराम तिर ढल्किने गरेको देखियता पनि केही शिर्षस्थ नेताहरु भारतमा गिरफ्तारीमा परे पछि भने बाबुुराम र हिसिलाको जीवनमा कालो बादल मडारियो । उनीहरु जनयुद्धभित्र आफै युद्धबन्दी भएर पीडादायिक जीवन जीउन विवश भएको तथ्यलाई हिसिलाले मार्मिक रुपमा खुुलाएकी छन् । प्रचण्डको दृष्टिकोणमा बाबुरामको भारत परस्त नीतिको कारण नेताहरु समातिएको आशंकामा उनीहरुलाई बन्दी बनाएर राखियो । त्यो पीडालाई अभिव्यक्त गर्दै हिसिला लेख्छिन्, “बाह्य दुश्मनको विरुद्ध वर्ग संघर्ष गर्नु भन्दा बढी पीडादायक अन्तरपार्टी संघर्ष हुुँदो रहेछ ।”

तर विभिन्न कठिनाईका बाबजुद पनि बाबुरामको दृढ इच्छाशक्ति आफ्नो लक्ष्यप्रति चट्टान जस्तै अडिग रहेने सोचले आफ्नो गणतन्त्र स्थापनाको लक्ष्य भने पुरा भएरै छाड्यो । जनयुुद्धले ध्वसंमात्र गरेन यसले पुरानो संम्रचनालाई भत्काएर नया सम्रचनाको मोडेल तयार मात्र गरेको होइन् व्यवहारमै यसको कार्यान्वयन समेत गरेको थियो । जनयुद्ध बिस्तार हुुँदै गए पछि यसका लागि आवश्यक सामाग्रीहरु समेत आफै उत्पादन गर्ने सम्रचनाहरु निर्माण गरेको थियो । समानान्तर सरकार, जनअदालत, सहकारी, स्कूल, नमुना गाउँ, कम्युन, साना उद्योग, विकासका अन्य गतिविधीहरु सबै संचालनमा थियो ।

जनयुुद्धले नेपाली जनताको उत्पीडनको मूल श्रोत राजतन्त्रको अन्त्य गरेर सामन्तवाद र ब्राह्मणवादको जरालाई खल्बलाई दिएन मात्र यसले आत्मसम्मान गुमाएर बहिस्कृत जीवन यापन गर्न बाध्य दलित, महिला, जनजातिहरुलाई सम्मान पूर्वक जीवन यापन गर्ने एउट आधारशीला समेत खडा गरी दियो । महिला दलितहरुले सायद कहिले पनि कल्पना पनि गरेका थिएनन् होला सेनाको कमाण्डर भएर परिवर्तनको अग्रमोर्चामा बसेर संघर्ष गर्न सक्छु भनेर । तर जनयुद्धले त्यो वातावरण उनीहरुलाई बनाई दियो । जनयुद्धले जनसेनाको अग्र पंक्तिमा महिलाहरुलाई युद्धको मोर्चामा जाने वातावरण बनायो । परिणाम नेपाली सेनाले पनि महिलाहरुलाई सेनामा भर्ना गर्ने नीति ल्यायो । हिसिला लेख्छिन् “यो जनयुुद्धले निमार्ण गरेको ऐतिहासिक कदम थियो ।”उनी अगाडि लेख्छिन्, “जनयुद्धले महिला शशक्तिकरण तर्फ एउटा महत्वपूर्ण काम के ग¥यो भने यसले न केवल पुरानो राज्य सत्ताले निमार्ण गरेको वर्ग र लिङ्गसंग जोडिएको उत्पीडनलाई उजागर ग¥यो । यसले महिलाहरुलाई नया शत्तासंग पनि परिचय गरायो जहाँ महिला स्वतन्त्रताको सवाल क्रान्तिको सफलताको एउटा अभिन्न अंग हो ।”

तर यहाँ चाखलाग्दो पाटो एउटा के उल्लेख भएको छ भने पार्टीले महिला र दलितलाई सेनाको अग्रपंक्तिमा स्थान त दियो तर राजनैतिक नेतृत्वमा भने उपस्थित अत्यन्त न्यून रह्यो । जनयुद्धको दौरानमा दलितहरुको योगदान पनि विशिष्ट थियो भन्ने तथ्य पुस्तकमा उल्लेख भएको छ । उनी लेख्छिन्, “यो भन्दा अतिशयोक्ति हुुदैन कि जनयुद्धको दौरानमा दलितहरु बलियो आधारकोरुपमा उभिएका थिए । उनीहरु न केवल उत्साहका साथ जनयुद्धमा सहभागी भए; उनीहरु पुुरानो सत्ताले दमनचक्र चलाएको बेलामा सहयोगीको भूमिकामा समेत आफ्नो उपस्थिति जनाए । सेनाको सैनिक कारवाहीको दौराना उनीहरुले माओवादी नेताहरुलाई आश्रय र खानेबस्ने व्यवस्था समेत गरी दिए । जुनबेला कथित माथिल्ला जातिहरुले आश्रय समेत दिन चाहेनन् । गरीबी र तल्लो जाति भनेर पीडा बोक्न बाध्य भई रहेको अवस्थामा पनि जोखिम उठाएर आश्रय दिए । सुरक्षित स्थानसम्म जानको लागि समेत सहयोग गरे ।”
ग्रामिण क्षेत्रको दलित वस्तीको दयनिय अवस्थाको समेत पुस्तकमा राम्रो चित्रण गरिएको छ । जनयुद्धको दौरानमा नेपाली सेनाले गरेको निकृष्ट अत्याचारको उल्लेख पनि पुुस्तकमा उल्लेख छ । आफ्नो २ वर्षे छोरीको अगाडि बलात्कार गरेर आमाको हत्या गर्नु, महिलाको स्तन काटेर हत्या गर्नुु सुन्दा त आंग नै जिरिङ्ग भएर आउछ जसले यि सबै भोग्यो त्यसको अवस्था कस्तो थियो होला । वास्तवमा भन्ने हो यो परिवर्तन जुन बाच्नेहरुले उपभोग गरिरहेका छन् यसका पछाडिको इतिहास कहाली लाग्दो छ । हिंस्रक र रक्तपातपूर्ण छ ।
विचारले मानिसलाई कति शक्तिशाली बनाउदो रहेछ भन्ने ज्वलन्त उदाहरण हो जनयुद्ध । चारफिटका महिला सेनाहरु पाचफिट भन्दा अगला नेपाली सेनासंग युद्धमा लडेर उनीहरुलाई पराजित गरेको क्षण साच्चैनै रोमान्चित थियो होला । नेपाली सेनाले माओवादी योद्धाहरुलाई ढाईफुट्टे सेना भनेर अपमानित गरी रहेको बेलामा एउटा महिला सेनाले यसको प्रतिकार ढाई फुट्टे सेनाले सय फुुट्टे विचार सहित प्रतिकार गर्छ भनेर जवाफ दिएकी छन् । जनयुुद्धले मानिसको उमेर, जात, लिङ्ग, वर्ण, उचाई, धर्म, क्षेत्र केहीले पनि उस भित्र अन्तरनिहित शक्तिलाई रोक्न सक्दैन भन्ने प्रमाणित गरिदिएको छ ।

पुस्तकको तेस्रो भागमा माओवादीको शान्ति प्रकृयामा आउनु भन्दा अगाडि राजा ज्ञानेन्द्रको प्रतिगमनको विरुद्ध संसदवादी राजनैतिक पार्टीहरुसंग मिलेर गरेको संघर्ष देखि लिएर, शान्ति प्रकृया, माओवादीको सत्ता आरोहण, सरकारमा बस्दाको क्षणहरु, पहिलो र दोस्रो संबिधानसभा, आन्तरिक र बाह्य संघर्षको कारणले गर्दा माओवादी र प्रचण्डको असफलता, क्रान्तिको अवशान, प्रथम महिला हुनुको पीडा आदि विषय वस्तुहरुलाई विस्तृत र गम्भिररुपमा विश्लेषण गरिएको छ ।

माओवादीको गणतन्त्र नेपालको लक्ष्य जब विरेन्द्रको वंश नास भयो र ज्ञानेन्द्रको तानाशाही तन्त्रको सुरुवात भयो त्यहीबाट साकार हुने अवस्था सृजना भई सकेको थियो तर संसदवादी दलहरुको कम्जोरीको कारण नेपाल गणतन्त्रमा रुपान्तरित हुन फेरी पनि संघर्षको आवश्यकता प¥¥यो । राजाले संसदवादी दलहरुलाई भित्तामा पुराए पछि मात्र उनीहरु माओवादीसंग गठबन्धन गर्न बाध्य भए । र १९ दिनको लामो संघर्ष पछि मात्र राजा पछाडि हट्न बाध्य भयो । राजतन्त्रको अन्त्य गर्ने एजेण्डा लिएर माओवादी जनयुद्धमा नगएको भए सायद राजतन्त्रको अवशान त्यति सहज थिएन । र माओवादीहरुको प्रयासले मात्र पनि यो सहज थिएन । राजतन्त्रको अन्त्यको लागि चारैतिरबाट माहोल बन्दै गयो र अन्तत राजतन्त्रको २४० वर्षे यात्रा समाप्त भयो ।
शान्ति प्रकृया पछि जब माओबादी सत्तामा पुग्यो जनतामा एउटा आशा पलाएको थियो । माओवादीको सत्तारोहण संगै देशमा राजनैतिक रुपमान्तरणको साथसाथै आर्थिक, सामाजिक विकासको लहर पनि देशमा आउछ । पहिलो संबिधान शभाको निर्वाचनमा माओवादीलाई जनताले बहुमत मत दिएर पहिलो पार्टी बनाए । तर सत्तामा पुग्ने वित्तिकै अन्तरिम सरकार देखि पहिलो र दोस्रो संबिधान शभाको सरकारमा बस्दा समेत देशले खासै परिवर्तनको अनुुभूति गर्न सकेन । संबिधान बनाउने प्रकृया देखि माओवादी सेनाको व्यवस्थापनमा समेत धेरै दुःख र झण्झट बेहोर्नु प¥यो । केही राम्रा कुुरा नभएका होइनन् । तर नेता र कार्यकर्ताहरु मोलमोलाई, भ्रष्टाचार,नातावाद, कृपावाद आदिमा रोमल्लिदा माओवादीले जगेर्ना गरेको साख बिस्तारै ओरालो लाग्न थाल्यो । जन युद्धको बेलामा प्रचण्डले प्राप्त गरेको उचाई बिस्तारै स्खलित हुन पुग्यो । प्रचण्डको अवसानको सन्दर्भमा हिसिला लेख्छिन्,“रुकमांगत कटुवालको बरखास्ती र कूलमान खड्काको नियुुक्तिलाई राष्ट्रपति रामवरण यादवद्धारा अस्वीकार, एमाले असहयोगको कारणले गर्दा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भए । ”

“किरणको शान्तिप्रकृया माथिको असहमतीले झनै परिस्थितिलाई जटिल बनाई दियो ।” त्यसपछि प्रचण्डले किरणको सहरी जनविद्रोहको नीति अवलम्बन गर्न पुगे । छ दिनसम्म काठमाण्डौ केन्द्रित आन्दोलन भयो । यसले प्रचण्डको साखमा अझै गिरावट आयो । पटक–पटकको असफलता पछि किरणले पनि प्रचण्डको साथ छोडे र किरण र बाबुरामको गठबन्धन बन्न पुुग्यो र बाबुुराम प्रधानमन्त्री भए । बाबुराम प्रधानमन्त्री भए पछि विकास निमार्णको कामले केही गती लिन थालेको थियो । तर पार्टीको सर्वसम्मतिमा भन्दा पनि प्रचण्डलाई अलग्याएर बाबुराम किरणको गठबन्धनबाट बाबुरामको सरकार बनेको हुँँदा यो सरकार पनि । लामो समय टिक्न सकेन । उनी लेख्छिन्,“बाबुराम सरकारमा गए पछि किरण समूहले नै आफूले भने बमोजिम बाबुरामले नगरे पछि आफ्नै सरकारको विरोधमा उत्रिए । आन्तरिक कलह नै बाबुराम सरकारको अन्त्यको मूल कारण थियो । ”

माओवादीपार्टी भित्र भएको आन्तरिक कलहको शिकार स्वयं हिसिला पनि बन्न पुगिन उनलाई एशिया कै भ्रष्ट महिला भनेर दाग लगाउने काममा स्वयं पार्टी भित्रबाटै षडयन्त्र भएको देखिन्छ । तर यो खेल यतिमा सिसमित भएको देखिदैन् । पार्टी नै ३ टुक्रामा विभाजित बन्न पुग्यो । प्रचण्डको व्यवस्थापकीय क्षमता, किरणको आदर्शवादी माक्सवादी दृष्टिकोण र बाबुरामको नेपाललाई गणतन्त्र बनाउने दूरगामी सोचले १० वर्षे जनयुद्धले एउटा निश्चित परिणाम त ल्यायो । तर तीनवटा नेताहरु बीच भएको आन्तरिक द्धन्द, शक्ति संघर्षको कारणले प्राप्त उपलब्धी समेत बिस्तारै गुम्दै गयो । शिर्षस्थ नेताहरुमा आएको बिचलनले पार्टी नै एकप्रकारले ध्वस्त भयो ।

पार्टी असफल हुनुमा केही बाह्य कारण भएता पनि मूल कारण आन्तरिक नै थियो भन्ने सन्दर्भमा उनी लेख्छिन्,“ हामी संबिधानसभामा ठूूलो पार्टी हुँदाहुँदै पनि पहिलो संबिधानसभाबाट संबिधान दिन असफल भयौं, दोस्रो आन्तरिक झगडा, किरणहरु विभाजित हुनु, विप्लव समेत पार्टीबाट बाहिरिए, पार्टीको संगठनात्मक ढाँचा दबाबमूलक राजनीतिलाई परिवर्तन गरेर जनताको मन जित्ने राजनीति गर्न नसक्नु, केन्द्रिकृत नेतृत्वबाट सहभागितामूूलक नेतृत्वको विकास गर्न नसक्नु, अन्य पार्टीबाट आएका नेताकार्यकर्ताहरुलाई एकिकृत गर्न नसक्दा उनीहरुले उपेक्षित भएको महसुस गर्नु, संघीयता केवल पार्टीको मात्र एजेण्डा बन्यो जनताको एजेण्डा बन्न सकेन , पार्टी भ्रष्टाचारमा लिप्त हुनु, केन्द्रिय तहका नेताहरु र जिल्ला तहका नेताहरु काठमाण्डौ केन्द्रित भए, नेताहरु र जनता बिचको सम्बन्ध बिच्छेद हुन पुग्यो ।”अन्तमा बाबुरामले समेत पार्टी छोडेर हिड्ने परिस्थिति निमार्ण भयो ।

नेपालको राजनैतिक परिवर्तनको इतिहासमा जनयुद्ध एउटा सामान्य परिघटना थिएन । यसले व्यक्ति, परिवार, समाज र राष्ट्रको जीवनमा चारै तिरबाट उथल पुथल ल्याई दिएको थियो । हजारौ वर्ष देखि यो देशमा शासन गर्ने सामन्ती संस्कारमा हुर्के समाजको सोचमा परिवर्तन ल्याएको थियो । जनयुुद्धको राप र तापले नेपाली समाजका बन्चितिकरण, बहिस्करणमा परेको महिला, दलित, जनजाति र पिछडिएका क्षेत्रका जनताहरु उत्साह, जोसजागर, उमंग भरी दिएको थियो । उत्पीडनमा परेका सिमान्तकृति जनताले आफ्नै अधिकार शुुनिश्चित गर्नको लागि गरेको रक्तपातपूर्ण क्रान्तिको एउटा नमुना थियो । यसले वास्तवमा भन्ने हो भने लाखौ उत्पीडनमा परेको जनताहरुलाई नेपाली राजनीतिको मूूलधारमा ल्याउन र आत्मसम्मानपूूर्वक बाच्ने आधार खडा गरी दिएको थियो । बिकृतिका अनेकौ पाटाहरुलाई यसले धक्का दिएको थियो ।

हजारौ नेपाली वीर योद्धाहरुलाई बलिदानीपूूर्ण परिवर्तनको संघर्षमा होमिन उर्जा पैदा गरी दिएको थियो । जनयुद्धको धेरै थोरै नकारात्मक पाटाहरु पनि छन् । धेरैका घरबाट उजाडिएका छन्, लाखौ जनता आफ्नो थातथलोबाट विस्थापित भएका छन् , कयौ बालबालिकाहरु अनाथ भएका छन्, घाइते अपांगका भएका छन्, हजारौ होनहार नेपाली यूवाहरुको बलिदान भएको छ, हजारौ बेपत्ता छन । शिब खेरले भनेका छन्,“निशुल्क भोजन पाइदैन ।” इतिहासको हरेक कालखण्डमा भएको सत्ता परिवर्तनको लडाईमा लाखौ मानिसहरुले बलिदान गरेका छन् । यो स्वभाविक पनि हो । राज्य सत्ता भन्ने कुरा कही पनि शान्तिपूर्ण तरिकाले एउटा पक्षले अर्को पक्षलाई हस्तारण गरेको इतिहास छैन । त्यसलै नेपालको गणतन्त्र प्राप्तिको लडाईमा यसलाई स्वभाविकरुपमा लिनुपर्दछ । तर यँहा विडम्वनाको पाटो के हो भने यति ठूूलो परिवर्तनको बाहक नेपाल कम्युनिष्ट पार्टी माओवादीको आज जुन हविगत भयो त्यसले वास्तवमा भन्ने हो दस वर्षे जनयुुद्ध र त्यसले सृजना गरेको बलिदानीपूूर्ण गाथाहरु इतिहासका गर्भबाट नै लोप भएर जानेको हो कि भन्ने हो ।

शिर्षस्थ नेतृत्वहरुको बीचमा भएको शक्ति संघर्ष, अन्तरकलह, सांस्कृतिक बिचलन आफ्नै अस्तित्वलाई समाप्त गर्ने दिशा तर्फ जुनरुपले नेकपा माओबादी उन्मुख भयो यसले आफ्नो अस्तित्व त समाप्त गर्ने संभावना त बढेर गयो नै जनयुद्धमा लामबद्ध हजारौ उत्पीडित जनताका मुक्तिका सपनाहरु समेत तुहिने सम्भावना देखियो । केही उपलब्धी नभएका होइनन् जनयुद्धहरु बाहक मध्ये केहीले सत्तामा शिर्षस्थ पदहरु प्राप्त गरे । धनसंपत्तिहरु पनि जोड्न सफल भए । आवज विहिनीहरु ऋाफ्नो आवाजलाई धेरैथोरै प्रस्फुटन गर्न सफल भए । संबिधान मार्फत धेरैथारै अधिकार पनि स्थापित गर्न सफल भए । तर सवाल के हो भने प्राप्त उपलब्धीलाई कसरी जोगाई राख्ने भन्ने हो ।

हामीले देखि रहेका छौं माओबादीहरुको असफलताको परिणामस्वरुप देश प्रतिगमनको दिशातर्फ अग्रसर भई रहेको छ ।  ओलीजस्ता तानाशाहहरु राज्यसत्तामा हावी भई रहेका छन् । प्रतिपक्षहरु निरिह मुसा जस्तो भएर टुलुटुलु हेरर बस्न विवश छन् । वास्तवमा यो असफलता भनेको आमशोषित पीडितको नजरबाट हेर्ने हो भने अरुको असफलता भन्दा पनि माओवादी कै असफलता मान्नु पर्दछ । राजनीति साधन हो साध्य भनेको त आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन नै हो । तर त्यो हुन सकेन । अन्तमा हिसिला यमीको भनाईलाई उद्धृत गर्दै, “मैले के कुरामा जोड दिनै पर्छ भने जनयुद्ध केवल शक्ति र राजनीतिको लागि मात्र थिएन । यो सामाजिक र सांस्कृतिक रुपमान्तरणको लागि पनि थियो । यो  नयाँ र पुरानो बीचको बिरोधाभसको समाधानको उपाय पनि थियो ।” मानुषीले भने जस्तै हिसिला जस्ता पात्रहरु इतिहाँस निमार्ण गर्न सफल भए तर त्यसलाई जोगाएर आउने पीडिलाई त्यो गौरवपूूर्ण विरासत हस्तान्तरण गर्न कति सफल हुन्छन् त्यो हेर्न बाँकी छ । पुस्तक अहिले अंग्रेजीमा उपलब्ध छ । आशा छ छिट्टै नै नेपाली अनुवाद समेत उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published.