Posted on

संविधान निर्माणमा महिलाको भूमिका
अहिले हामी शान्ती प्रकृयामा छौ तर त्यो उपलव्धीमुलक शान्तीप्रकृया हो । अर्थात् यो शान्ती प्रकृया जसले समानुपतिक, समावेशी, संघिय लोकतान्त्रिक गणतन्त्रिक संविधान सुनिश्चित गर्नु छ । यहाँ हामी द्धन्द्धवादी हुन जरुरी छ । हिजो हामी युद्धमा रहंदा पनि राजनैतिक पहलकदमीको लागी शान्ती वार्तामा पटक पटक आयौं । आज शान्ती प्रकृयामा आएर पनि जनसंविधान निर्माणको लागी, संघियताको लागी, राष्ट्रियताको लागी र संयुक्त राष्ट्रिय सरकारको गठनको लागी पाइला पाइलामा संघर्ष गरिरहन जरुरी छ । यतीखेर संविधान सभामा नेपाल माओवादी पार्टिले ४० प्रतिशत बहुमत संविधान सभाको सदस्य जित्नु भनेको चानचुने कुरा होइन । हिजो लेनिनलाई समेत हैरान पारेको संविधान सभाको मत हामीले जितेका छौं । संविधान सभामा ६०१ मध्ये विभिन्न पार्टीहरूबाट प्रत्यक्ष र समावेशी गरी १९७ महिला सभासदहरूको उपस्थिति हुनु भनेको चानचुने कुरा हैन । साथै अहिले संविधानसभामा हामीले महिला उपसभामुख पाइराखेका छौं । त्यस्तै सदनमा माओवादी पार्टिको सचेतक पनि महिलानै पाएको छ । त्यस्तै व्यवस्थापिका समिति र संवैधानिक समिति मध्ये सात वटा समितिका अध्यक्ष्यमा महिलाहरू कार्यरत छन् । यहाँ बुझ्नु पर्ने के छ भने हाल संविधान बनाउनको लाथि गठित ११ वटा विषयगत समितिहरुमा महिलाहरुको हक हित सुरक्षित कसरी गर्ने त्यतातिर सभासदहरु, राजनैतिक पार्टीहरु र नागरिक समाज, महिलाविद्हरु, महिला संगठनहरु सचेत हुनुपर्छ । ती मध्ये विषेश गरि मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति र राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँड फाँड समितिमा विशोष ध्यान दिन जरुरी छ ।
वास्तवमा यो जनयुद्ध र जनआन्दोलनको देन हो जसले गर्दा अब अन्तरिम संविधानमा पनि ३३ प्रतिशत महिला उम्मेदवार उठाउन पर्ने अवधारणा अघि सारेको छ । अहिले संविधानसभामा प्रत्यक्ष र समावेशी गरी ३३ प्रतिशत महिला सभासद रहनु ऐतिहासिक उपलब्धी हो । त्यसमा पनि २४ पार्टीहरूको संलग्नतामा बनेको संविधानसभामा प्रत्यक्ष निर्वाचनमा ३० जना महिला उम्मेदवारहरुमध्ये २४ जना माओवादीले जित्नु ठुलो कुरो हो । अनि २४ जना जितेको मध्ये २ जना दलितबाट जित्नु ऐतिहासिक हो किनभने अहिलेसम्ममा दलित महिलाले प्रत्यक्षरुपमा जित्नु यो पहिलो पटक हो । त्यसमा पनि ९ जना जनजाति र मधेशीले जित्नु ठुलो कुरा हो । ३० मध्ये ४ जना दुबै लोग्ने—स्वास्ने प्रत्यक्ष निर्वाचनबाट जित्नु चानचुने कुरा हैन । त्यस्तै शहिद परिवारबाट प्रत्यक्ष जित्नेमा ८ जना हुनु गौरवान्वित कुरा हो । त्यसमा पनि हस्ती पुराना स्थापित पुरुष नेताहरूलाई भर्खरका माओवादी महिला उम्मेदवारले हराउनु भनेको चानचुने कुरा हैन । जस्तै नेपालि काँग्रेसका हस्ति नेता चिरंजिवि वाग्लेलाई भर्खरकी केन्द्रिय सदस्य सम्म नभएकी पार्वती थापामगरले ३१,४६४ अधिक मतले हराई दियो । त्यस्तै हस्ती पुराना स्थापित पुरुष नेता नेपालि काँग्रेसको चर्चित नेता चक्र प्रसाद वास्तोलालाई भर्खरकी केन्द्रिय सदस्य सम्म नभएकी धर्मशिला चापागाईले हराईदियो । त्यस्तै सरला रेग्मीले हस्ति एमालेको नेता वामदेव गौतमलाई हराई दियो ।

स्मरणीय छ, नेपालको इतिहासमा पहिलो पटक सम्पन्न भएको यस संविधानसभा सदस्य निर्वाचनमा मिश्रित निर्वाचन प्रणाली अंगीकार गरिएको थियो । यस प्रयोजनको लागि राजनीतिक दलले उम्मेदवारको बन्द सूचि बुझउँदा महिला र पुरुषको संख्या ५०–५० प्रतिशत, ३१.२ प्रतिशत मधेशी, १३ प्रतिशत दलित, ३७.८ प्रतिशत उत्पीडित जाति÷आदिवासी जनजाति, ४ प्रतिशत पिछडिएको क्षेत्र र ३०.२ प्रतिशत अन्य समूहबाट उम्मेदवारी दिनु पर्ने कानूनी व्यवस्था छ । यसले गर्दा पनि विभिन्न पार्टीहरुले यो अवधारणालाई मोटा–मोटी रुपमा स्वीकार्न वाध्य परेको देखियो जो आफै ऐतिहासिक कुरा हो । यहाँ उल्लेखनीय कुरा के छ भने कुल ३९४६ प्रत्येक्ष उम्मेदवारहरुमा ३६८ महिला उम्मेदवारहरु उठेको देखियो । नेकपा (माओवादी) का समग्र २४० उम्मेदवार मध्येमा ४२ महिला उम्मेदवारहरु उठाएका थिए । ४२ महिला उम्मेदवार महिलाहरुबाट २४ प्रत्यक्ष जित्नु भनेको चानचुने कुरा होइन । यहाँ वुझने कुरा के छ भने ३० जना प्रत्यक्षमा जित्ने महिलाहरु मध्ये नेपालि काँग्रेसका २ जना मात्र जिते । अझ एमालेका त एउटा मात्र जिते ।
त्यस्तै समावेशीमा नेकपा (माओवादी)को तर्फबाट महिला निर्वाचित उम्मेदवार ५० थिए भने काँग्रेसबाट ३६ र एमालेबाट ३५ थिए । समावेशि सिटमा पठाएका महिला पुरुषको तुलनात्मक सँंख्या उल्लेखनिय छ । मधेशि समुदायमा माओवादीले १७ महिला र १६ पुरुष पठाएको छ भने नेपालि काँग्रसले १० र ११ पठाएको छ भने एमालेले १० र ११ पठाएको छ । त्यस्तै जनजाति समुदायमा माओवादीले १८ महिला र २० पुरुष पठाएको छ भने नेपालि काँग्रसले १३ र १४ पठाएको छ भने एमालेले १२ र १२ पठाएको छ । त्यस्तै दलित समुदायमा माओवादीले ६ महिला र ७ पुरुष पठाएको छ भने नेपालि काँग्रसले ५ र ४ पठाएको छ भने एमालेले ४ र ५ पठाएको छ । त्यस्तै पिछडिएको क्षेत्रमा माओवादीले २ महिला र २ पुरुष पठाएको छ भने नेपालि काँग्रसले १ र १ पठाएको छ भने एमालेले १ र १ पठाएको छ । त्यस्तै अन्य समुदायमा माओवादीले १६ महिला र १४ पुरुष पठाएको छ भने नेपालि काँग्रसले १२ र १२ पठाएको छ भने एमालेले ११ र १० पठाएको छ । यसले के देखाउछ भने समावेशि सिटमा अधिकांश पार्टिहरुले आफ्नो प्रतिवद्धता देखाउन सफल भएका छन । यि सवै उपलव्धिहरु जनयुुद्ध र जनआन्दोलन त्यसमा पनि मूुलतः जनयुुद्धको कारणवाट भएको हो ।

उपसंहार

हिजो आधारइलाका लगायत अन्य इलाकामा सत्ता चलाउँदै आएका महिलाहरूले अहिले नेपालको सरकार, संविधानसभा, सदन र संघर्षको मोर्चा चलाउन परेको छ । आज महिलाले राज्यसत्ताको चिरफार गर्न पाएको छ । त्यसभित्र कुन अंग महत्वपुर्ण, सामरिक तथा चपाउने दाँत सरह हुन्छ र कुन अंग सहायक, देखाउने दाँतसरह हुन्छ त्यो बुझ्न जरुरी छ ।
अहिले राज्य पुनः संरचना मुख्य एजेण्डा भएर आएको छ जनयुद्ध ताका उठाउँदै आएको गणतन्त्र, लोकतन्त्र र संघिय संरचनालाई सुनिश्चित, सुदृढ र संकेन्द्रित गर्नुपर्ने आवश्यकता छ । साथै शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक अधिकार सुनिश्चित र व्यवहारिक गर्न छ । यहाँ वुझ्नु पर्ने के छ भने जति लोकतन्त्र, आत्मनिर्णय गर्न सक्ने अधिकार तल तल आधारभूत निकायमा जान्छ त्यती ती समुदायका महिलामा पुग्छ । महिला मुक्ती र जातिय, क्षेत्रिय मुक्तिविचको सम्वन्ध उत्पिडनको सवालमा मात्र नभएर, अग्राधिकार र साथै आत्मनिर्णयको अधिकार (महिलाको सन्दर्भमा त्यो पारपाचुके अधिकार हुन्छ) संग पनि जोडिएको छ । अझ भन्ने हो भने जातिय, क्षेत्रिय अग्राधिकार भित्र महिलाले त थप विशेष अधिकार पाउँछ । त्यसतै लेनिनले भने झैं जति व्यक्ति व्यक्ति बिचको शोषण बढी हुन्छ त्यही अनुपातमा उत्पीडक र उत्पीडित जाति बिचको शोषण बढ्छ । यो भन्नु अनुपयुक्त नहोला कि त्यहि अनुपातमा पुरुष र महिलाबिचको शोषण पति बढी हुन जान्छ ।
संघिय संरचनामा जाँदाखेरी यो बुझ्नु अति जरुरी छ की जातिय, क्षेत्रिय शोषणको विरोध गर्दाखेरी, सामन्तवाद र साम्राज्यवादको पनि विरोध गर्न आवश्यक छ । नत्रभने तिनीहरूले यो आन्दोलनलाई सांस्कृतिक, धार्मीक, रुढीवादी, जातिवादी, क्षेत्रवादी आन्दोलनमा र उत्तर आधुनिकतावादमा धकेली दिन्छ । यहाँ सर्वहारा नेतृत्व किन चाहिन्छ भने यो विविध आयामलाई सर्वहारा दृष्टिकोणले मात्र एक ठाउँमा ल्याउन सकिन्छ किनभने सर्वहाराको लागी गुमाउनु केही छैन मात्र जञ्जीर छ । यहाँ के कुरामा सचेत हुन जरुरी छ भने दक्षिणपंथी र यथास्थितिवादी शक्तीहरूले संघिय प्राप्त अभियानलाई सांस्कृतिक राष्ट्रियतामा मात्र सिमित गर्न खोज्छ भने अग्रगामी शक्तीले आर्थीक राष्ट्रियतामा लाग्न खोज्छ । महिलालाई संस्कृतिको वाहक बनाएर यथास्थिति कायम गर्न खोज्छ भने अग्रगामी शक्तीले महिलाहरूलाई आर्थीक शक्तीको रुपमा विकसित गर्न खोज्छ । यसरी प्राक्—पुँजीवादबाट राष्ट्रिय पुँजीवादमा जानको लागी यहाँको सामन्ती उत्पादन प्रणालीलाई राष्ट्रिय पुँजीवादी प्रणालीमा लग्न जरुरी छ । यसको मतलव अहिलेसम्म उत्पिडित समुदायलाई विभिन्न जातको आधारमा, लिंगको आधारमा, दलितको आधारमा तिनीहरुको उत्पादन शक्तीलाई क्षय र कैद गरिराखेकोलाई अन्त्य गरी तिनीहरुलाई मुलधारको अर्थतन्त्रमा ल्याउनु हो । उनीहरुको पहिचान, अस्तित्व र संस्कृतिलाई मान्यता दिएर तिनीहरुलाई यो आर्थीक सामाजिक अभियानमा अपनत्व दिनु हो । महत्वपुर्ण कुरा के छ भने यसप्रक्रियालाई समाजवाद उन्मुख वनाउनको लागि सर्वहारावादी कम्युनिष्टको नेत्रित्व दिनु अपरिहार्य छ ।

यतिखेर नेपाल संक्रमणकालिन अवस्थामा छ । एकातिर महिला मुक्तीको लागी असाध्यै राम्रो संभावना छ अर्कोतिर त्यतिकै चुनौति पनि छ । महिला मुक्तिको संभावना यस मामलामा छ की जनआन्दोलनअघि महिलाको हक हित मलतः लिंगिय अथवा रुपमा सम्वोधन भएको थियो, जनयुद्धको दौरानमा मुलतः वर्गीय अर्थात सारमा सम्वोधन भएको थियो भने आज गणतान्त्रिक संघिय संविधान निर्माण गर्न सफल भयो भने रुप र सारको संम्मिश्रणसंग संगै समग्र सुदृढ र सामरिक बन्न पुग्नेछ । यसले समाजलाई अझ अगाडी बढाउन मदत पु¥याउने छ । अर्कोतिर शान्ती प्रकृया तार्कीक निष्कर्षमा नपुग्दा संविधान बन्ने नबन्ने अनिर्णको बन्दीमा पुग्दा स्थिरता र राष्ट्रियता कमजोर हुन पुग्दा महिला हिंसा विभिन्न रुपबाट उठ्दै गएको देखिन्छ । वेरोजगार हुँदा महंगी बढ्दै जाँदा घरभित्र महिलामाथी हिंसा बढ्दै गएको दखिन्छ । त्यस्तै बोक्सीको आरोप पनि समाजमा भय, अस्थिरताको प्रतिक हो । साथै, वर्गीय, जातिय, क्षेत्रिय, दलित, धार्मीक उत्पिडनको वैज्ञानिक निकास नहुदा यसले पृथक आन्दोलन निम्त्याउँछ जसको पहिलो सिकार पनि महिला नै हुन जान्छ । अहिलेको लडाई भनेको नयाँ नेपाल बन्ने की पुरानै नेपाल कायम गर्ने भन्ने हो । अहिलेको लडाई भनेको महिला यथास्थितिको वाहक बन्ने की परिवर्तनको वाहक बन्ने यहाँ बझ्नु पर्ने के छ भने जनयुद्धताका राजतन्त्र र सामन्ती संरचनालाई ध्वस्त गर्नलाई महिला निपुर्ण र लाल बन्न सावित भएका थिए । अब समाजवाद उन्मुख राष्ट्रिय पुंजीवाद निर्माण गर्नको लागी लाल र निपुर्ण बन्न आजको ऐतिहासिक आवश्यता हो ।

Leave a Reply

Your email address will not be published.