Posted on

राष्ट्रिय युद्ध, जनयुद्ध र भियतनामी महिला
हिसिला यमि

भियतनामी युद्धलाई अमेरिकन युद्ध पनि भन्ने गर्छन् । यद्दपि भियतनामलाई फ्रान्स र जापानले पनि बेला वखत उपनिवेश बनाईराखेको थियो । तर अति शक्तिशाली अमेरिकालाई एउटा असाध्यै सानो देश जो सर्प जस्तो छ करिब १६५० कि.मि उत्तर देखि दक्षिणसम्म र करिब ५० कि.मि सबभन्दा कम चौडाई भएको देशले हराई दियो । भियतनाम युद्धलाई चिनाउने एउटा चित्रणबाट थाहा हुन्छ । जसमा एउटी होची पातली महिला बन्दुक बोकि आफुभन्दा धेरै अग्ला र मोटा दुई अङग्रेजी सेनाहरुलाई आत्मसमर्पण गराई लगिरहेको फोटो आज पनि उल्लेखनीय छ । यो चित्रणले भियतनामको जनयुद्धमा महिलाहरुको सहभागिता जनाएको मात्र नभएर यस युद्धका धेरै विशिष्टता प्रष्टाउने काम गरेको छ ।

राष्ट्रिय युद्धबाट सुरु भएको यो युद्ध अन्ततः आन्तरीक राष्ट्रिय एकिकरणको रुपमा परिणत हुन गयो । वर्गिय युद्धमा परिणत हुन गयो । यहि सिलसिलामा कसरी विभिन्न साम्राज्यवादी देशहरुले एक अर्कासँग सम्झौता गरेर छक्यायर, झुक्यायर भियतनाम माथी कब्जा गर्न पुग्यो । र अन्ततः जनताको बलमा दिर्घकालीन जनयुद्धद्धारा तीनिहरु पराजित हुन पुग्यो, यस भियतनाम युद्धबाट थाहा पाउन सकिन्छ । यो राष्ट्रिय युद्ध र बर्गिय युद्धको नेतृत्व कम्युनिष्ट नेता हो ची मिड्डले गर्नु भएको थियो । हुन पनि हाल साम्राज्यवादी युगमा कम्युनिष्टहरुले मात्र राष्ट्रिय युद्धलाई विना सम्झौता हाक्न सक्दछ र सफल बिन्दुसम्म पुराउन सक्दछ ।
अमेरिकन युद्धको पृष्ठभूमि बुझ्न अघि भियतनाम देशको परिस्थिती बुझ्न जरुरी छ । दोस्रो विश्व युद्ध अघि इन्डोचाईना जसमध्ये भियतनाम पनि पर्दछ त्यहाँु फ्रान्स साम्राज्यवादको राज चल्दै थियो तर दोस्रो विश्व युद्धको क्रममा फ्रान्सको प्रभुत्व घट्दै गएको स्थितिमा जापानले आफ्नो पकड भियतनाममा जमायो । ठीक यसै बेला जसरी नाजी फासिजमको विरुद्धको लडाईमा अमेरिकाले कम्युनिष्ट देश सोभियत युनियन सँग कार्यगत एकता गरेको थियो त्यसरी नै अमेरिकाले जापानलाई भियतनामबाट हराउनको लागि हो ची मिड्डको पार्टी भियतमिड्ड संग कार्यगत एकता गर्न पुग्यो । फलस्वरुप सन् १९४५ मा जापानलाई हराउन सफल भयो । यसै क्रममा हो ची मिड्डको नेतृत्व गर्ने म्झयअचबतष्अ च्भउगदष्अि या ख्ष्भतलबm ९म्च्ख्० ले सम्पुर्ण देशमाथी सत्ता चलाउन दाबी ग¥यो । सो अनुसार हो ची मि¨लाई सरकारको नेतृत्व चलाउन दियो । तर त्यही बेलामा फ्रान्सले दक्षिणी भियतनामको सैगन शहरमा आफ्नो दलाल राख्यो । र साथै उत्तरी भियतनाममा फ्रान्सले आक्रमण गर्न थाल्यो । यसले इन्डोफ्रेन्च युद्ध निम्त्यायो जसको अवधि १९४६ देखि १९५४ सम्म रह्यो । फलस्वरुप जेनेरल भो न्गुयन गियापको नेतृत्वमा उत्तरी भियतनामले दिर्घकालीन जनयुद्ध फ्रान्सको विरुद्ध लड्दै गयो र यो दक्षिण भियतनाम समेतमा फैलिंदै गयो । सन् ज्ञढछण् युद्धको बेलामा करिव डद्धण्,ण्ण्ण् महिला गुरिल्लाहरु उत्तरी भियतनाममा कार्यरत थिए भने करिव ज्ञद्धण्,ण्ण्ण् दक्षिणमा थिए । महिलाहरु स्थानिय संघर्षहरुमा, सामुदायिक परिचालनमा, सुराकी काममा र सामान बोक्ने काममा कार्यरत थिए । त्यस्तै श्रम बटालियनमा पनि कार्यरत थिए । श्रम बटालियनमा करिव दुई तिहाई महिला सहभागि थिए । अन्ततः सन् १९५४ मा युएनको मध्येस्थतामा जेनेभा सन्धि भयो । सोही जेनेभा समझदारी अनुसार बृहत चुनाव गर्ने योजना बनाएको थियो । तद् अनुसार एउटै देश बनाउने योजना थियो । तर चुनाव हुन दिएन । सम्पुर्ण देशलाई दुई भागमा बाडियोः उत्तरी भियतनाम र दक्षिणी भियतनाम । उत्तरी भियतनाममा हो ची मिड्डको नेतृत्वमा सरकार बन्यो । जबकी दक्षिणी भियतनाममा गैर कम्युनिष्ट न्गो दिन दैनको सरकार बन्यो । यसलाई अमेरिकाले प्रत्यक्ष सहयोग गर्न थाल्यो । यसरी देश दुई टुक्रा भएपछि उत्तरी भियतनाममा कम्युनिष्ट सत्ताको अभ्यास हुदै गयो । र साथै उत्तरी भियतनामले दक्षिण भियतनामलाई न्गो दिन दैनको साशनबाट मुक्त गर्ने आन्दोलन हाक्यो । यस युद्धमा उत्तरी भियतनामले टण्ण्,ण्ण्ण् अमेरिकन सेनाहरुसित थप लड्न परेको थियो । यो युद्ध अन्ततः १९७५ मा गएर टुड्डियो जसमा अमेरिकाले हार स्विकार्न बाध्य भयो र भियतनाम पुर्ण मुक्त भयो । यसलाई समाजवादी गणतन्त्र भियतनाम को नामाकरण ग¥यो ।
वर्गिय र राष्ट्रिय युद्धमा महिलाको भुमिका
हो चि मिड्डको नेतृत्वमा भएको यो राष्ट्रिय युद्ध दिर्घकालिन जनयुद्धमा आधारित थियो । त्यति बेला भियतनामका शहरी क्षेत्र मुलतः गैर कम्युनिष्ट र साम्राज्यवादी देशहरुको पकडमा हन्थ्यो । तिनीहरु आधुनिक हातहतियार बाट सुसज्जित थिए । यसको बिपरीत ग्रामिण क्षेत्र कम्युनिष्टहरुको पकडमा हुन्थयो । हो चि मिड्डले माक्र्सवाद लेनिनवादलाई भियतनामको विशिष्टतामा प्रयोग गर्दै जनतामा भर पर्दै, देशभित्रको श्रोत साधनमा निर्भर गर्दै लड्दै गयो । यसमा के बिर्सनु हुुन्न भने यो युद्धमा सोभियत संघ र चाईनाले पनि साथ दिएको थियो ।
यो दिर्घकालिन जनयुद्ध भएको कारणले महिलाहरुको धैर्यता, लगनशिलता, अनुशासित प्रवृति र तीनिहरुको सच्चापनले धेरै काम गर्यो । यसले गर्दा तिनीहरु भरपुर्ण योद्दा बन्न पुगे । तिनीहरुको निजी परिवार पालनमा गईरहेको उर्जा अब देशको मुक्तिको लागि उर्जा बन्न पुगे । उनिहरुले आफ्नो घर बचाउनको लागि घर बाहिर निस्किए । यो युद्ध समग्र युद्ध पनि भएकोले गर्दा यो आम नागरिकको युद्ध हुन गयो । यसमा सबै उमेरका महिला पुरुष संलग्न थिए । यो मातृभूमिको लागि लडाई भएकोले गर्दा पनि यो युद्धमा आम जनताको अपनत्व जगाउन जरुरी थियो । जसको लागि प्रगतिशिल देशभक्त संयुक्त मोर्चा भियतमिड्ड गठन गर्न पुगे । यसको नेतृत्व कम्युनिष्ट पार्टीले गर्न पुग्यो । यो लडाईमा देशभक्तको भावना एउटा महिलाबाट यसरी प्रकट भएको देखियोः फे्रन्चले त हाम्रो मुटु छिनियो छिनियो तर अमेरिकाले त हाम्रो सिंगै शरिर छिनियो । हुन पनि अमेरिकनहरुले गरेको कार्पेट बम्बिड्ड अबचउभत दयmदष्लन ले भियतनामलाई तहस नहस पुराएको थियो । त्यतिबेला निस्किएको फोटो जो विश्वभरि छाएको थियो त्यसमा एउटा बालिका पुरा निशस्त्र घायल अवस्थामा रोई भागिरहेको दृश्य थियो । यस घटनाले सबैलाई ध्यान आर्कषण गरेको थियो । त्यति नपुगेर हार्ने अवस्थामा अमेरिकनहरुले खतरनाक रसायन पदार्थ हवाईजहाज बाट खसालेर भियतनामको जैविक विविधता नष्ट गर्न पुग्यो ।
अतः यो युद्धमा आफ्नो मातृभुमि बचाउनको लागि महिलाहरु पुरै क्रियाशिल बन्न पुगे । गृहणि पनि योद्दा बन्न पुगे । हजुरआमाहरु सम्म दुश्मनको विरुद्ध सुराकी बन्न पुगे । स्कुललाई बचाउनको लागि विद्यार्थीहरु युद्धमा होमिन्न पुगे । त्यस्तै आफ्नो जमिन बचाउनको लागि कृषकहरु माईन बिच्छाउन गए । आफ्नो आकासलाई बचाउनको लागि हवाईजहाज खसाल्न महिलाहरु आफैले कलष्उभचक बोके । बुढाबुढीहरुले आफ्नो अन्तिम साहास देखाएर युवापुस्ताहरुलाई लड्न प्रेरणा दिए । यस भिषण युद्धमा आम जनताको लागि दुईवटा मात्र विकल्प थियोः कि त युद्धको सिकार बन्ने कि त योद्दा बन्ने । भियतनाम कम्युनिष्ट पार्टीले योद्दा बनाउन सिकाए । तीनिहरुको वैचारीक अश्त्र, संगठनात्मक क्षमता र लौहा अनुशासन साम्राज्यवादीको आधुनिक हातहतियारको तुलनामा कैयौ गुना माथी थियो । यो युद्ध बिदेशी शक्ति विरुद्ध केन्द्रीत युद्ध मात्र नभएर जनजिवीका संग जोडिएको वर्गिय युद्ध पनि थियो । यो दुई टुक्रा पारिएको एकीकरण युद्ध पनि थियो । अतः आफ्नो देश बचाउनको लागि कठिन भन्दा कठिन परिस्थितिमा पनि कोमल भन्दा कोमल महिलाहरु युद्धमा होमे । मृत्यु वा मुक्तिको सपथ लिएर । सबभन्दा उल्लेखनिय भुमिका ती युवायुवतीहरुले निभाए । जसले होचि मिड्ड ट्रैल (२१९५कि.मी) लाई हवाईजहाज बाट हुने क्षतिबाट बचाउन हर हमेसा एर्लटमा बसिरहे र बचाईरहे । यो लामो ट्रैल दुई देश बिचको मुख्य लजिस्टिक पठाउने बाटो बन्न गयो जो अत्यन्तै सामरीक महत्व बनेको थियो । यसलाई ध्यान दिएर नै स्वयमंसेवक युवा दस्ता बनेको थियो जसमा थुपै महिलाहरुले भाग लिएका थिए । तिनीहरुको काम ट्रैललाई संरक्षित गरि राख्न,े बमवाट हुने ध्स्त संरचनालाई पुन निमार्ण गर्ने । यो काम असाध्यै जोखिमपुर्ण काम थियो । यस ट्रैलबाट महिलाहरुले युद्धमा चाहिने सामानहरु बोकेर लग्थ्ये त्यस कारण तिनीहरुलाई अमेरिकनहरुले ‘सुरुंंगि मुसा’ भन्ने गथ्र्ये ।
दक्षिणि भियतनाका महिलाहरु साम्राज्यवाद विरुद्ध योद्दाको रुपमा कार्यरत थिए भने उत्तरी भियतनामका महिलाहरु कम्युनिष्ट समाज निर्माणमा कार्यरत थिए । यसरी महिलाहरु योद्दा मात्र नभएर उत्पादन शक्तिको रुपमा पनि देखा परे । दक्षिण भियतनामका महिलाहरुले के प्रत्यक्ष देखिरहेका थिए भने उत्तरी भियतनामको कम्युनिष्ट समाजमा महिलाहरुलाई समाजमा सम्मानजनक स्थान दिएका थिए, अधिकार दिएका थिए, रोजगारी दिएका थिए । अतः यसले तीनिहरुलाई देशभक्त मात्र नभएर वर्गिय चेतना पनि दिईरहेका थिए । त्यस्तै उत्तरी भियतनामका जनताहरु आफ्नो दक्षिण भियतनामलाई बिदेशीको पञ्जाबाट मुक्त गराई एकीकरण गर्न उत्प्रेरित थिए । यो वर्गिय र राष्टिय युद्धमा राजैतिक चेतना बढाउनमा बढि ध्यान दिईन्थयो । महिलाहरुलाई वारम्वार तिनीहरु आधा जनशक्ति हुन अतः तिनीहरुको मुक्ति बिना समाज मुक्ति हुन्न । र समाजको मुक्ति विना देशको मुक्ति हुन्न भनेर शिक्षित गराई रहन्थ्यो ।
कम्युनिष्ट पार्टीको सर्वमान्य नेता हो चि मि¨को विशिष्टता के थियो भने उनी आधारभुत जनतामा विस्वास गथ्र्यो । महिलाहरु आधारभुत जनतामा पर्ने भएको नाताले सैन्य क्षेत्रमा तीनिहरुको छुट्टै दस्ता बनाएको थियो । महिलाहरुको साहसिक कदमहरु मध्यमा एउटा उल्ल्ेखनिय छ । जसमा एउटी १९ वर्षिय महिलाले तीन दिनभित्र १९ जना दुश्मन सेनालाई मारीदिएको थियो । त्यस्तै १९ वर्षिय अर्को महिलाले एउटा जेटलाई पुरै ध्वस्त पारिदिएको थियो । त्यस्तै एउटा ७० वर्षिय आमा चर्चित भएकि थिईन् । उनले परालबाट बलियो टोपि, रक्षात्मक दचभबकत उबितभक हजारौ बनाएका थिए । जसले गर्दा जनमुक्ति सेना बमका छर्राहरुबाट बच्न पाए । युद्धमा महिलाहरु प्राय एउटा हातमा कोदालो त अर्को हातमा बन्दुक बोकेको देखिन्थ्यो । त्यसरी नै एउटा हातमा बच्चा त एउटा हातमा हतियार बोकेको चित्रण देखा पर्दथ्यो । यसरी महिलाहरु उत्पादन शक्ति, प्रजनन् शक्ति मात्र नभएर लड्ने शक्तिको रुपमा पनि देखा पर्यो । एक भियतनामी सैन्य इतिहासकारको अनुमानमा नियमित सेनामा ६०,००० भन्दा बढि महिलाहरु संलग्दित थिए । त्यस्तै स्वयंमसेवक युवादस्तामा १००,००० भन्दा बढि महिलाहरु थिए । र त्यस्तै स्थानिय दस्ता र मिलिसियामा १०००,००० भन्दा बढि महिलाहरु थिए । सन् १९६० सम्ममा एभयउभिुक ीष्दभचबतष्यल ब्चmभम ँयचअभक ९एीब्ँ० मा करिव ४० प्रतिश्त रेजिमेन्टल कमाण्डरहरु महिलाहरु थिए । त्यस्तै महिला योद्दाहरु कित महिला दस्तामा थिए कित मिश्रित दस्तामा थिए ।
निचोड
कुनै पनि देशभित्रको सम्पुर्ण युद्ध जसभित्र वर्गिय, साम्राज्यबादी विरुद्ध युद्ध र एकीकरण आन्तरिक राष्ट्रिय युद्ध पर्दछ त्यस्तो युद्ध जित्नको लागि एउटा सशक्त क्रान्तिकारी पार्टी चाहिन्छ । त्यस्तै क्रान्तिकारी पार्र्टीलाई हाक्ने सशक्त क्रान्तिकारी नेता चाहिन्छ । भियतनामको सन्र्दभमा त्यो नेता भनेको हो चि मिड्ड हुनुहुन्थियो । उहाँको सबभन्दा महत्वपुर्ण योगदान के मा थियो भने उहाँले माक्र्सवाद, लेनिनवादलाई आफ्नो देशको विशेषतामा प्रयोग गर्न सफल हुनुभयो । उहाँले आधारभुत जनतामा भर गर्नुभयो । आफ्नै देशभित्रको साधन श्रोतमा भर गर्नुभयो । उनको भनाई मनन् योग्य छः स्वाधिनता र स्वतन्त्रता भन्दा अमूल्य अरु कुनै हुन सक्दैन । स्वाधिनता हराउनु र दासतामा फस्नु भन्दा बरु सबै चिज बलिदानि गर्नु राम्रो हो । यसमा उहाँको थप भनाई थियोः समाजवाद र साम्यावादले मात्र संसारका उत्पीडित र श्रमजीवि जनतालाइ मुक्ति दिलाउँछ । यसरी उहाँले राष्ट्रिय र वर्गिय मुक्ति एक अर्कासँग संम्बन्धित मात्र नभएर दुवै मुक्ति एकै चोटि दिर्घकालिन जनयुद्धवाट प्राप्त गर्न सकिन्छ भनेर सावित गर्नुभयो । र यसमा श्रमजीवि महिलाहरु भरपुर्ण योद्दाको रुपमा परिचालन गर्न अनिवार्य भएको सावित गर्नुभयो ।
त्यस्तै अर्को मनन् योग्य व्यत्ति जेनेरल भो न्युयन गियाप हुनुहुन्छ । यहाँ चाखलाग्दो कुरा के मा छ भने अमेरिकन, फे्रन्चहरुको कौशलता शहरी युद्ध, उच्च प्राविधिक हतियारमा थियो भने भियतनामी कम्युनिष्टहरुको कौशलता, वैज्ञानिक विचार, ग्रामिण युद्ध, जनतामा थियो । गियापले छिमेकी देश चीनको दिर्घकादीन जनयुद्धको रणनीति र कार्यनीतिलाई आफ्नो देशको परिवेशमा लागु गर्न सफल हुनुभयो । भियतनाम युद्धले एकातिर दक्षिण भियतनामलाई मुक्त गर्नु परेको थियो भने अर्को तिर कम्युष्टि शाुिुसत उत्तर भियतनामलाई बचाईराख्नु परेको थियो । साथै दुबै उत्तर र दक्षिण भियतनामलाई एकीकरण गरेर एउटै कम्युनिष्ट शासन भित्र ल्याई एक भियतनाम बनाउनु परेको थियो । यसरी यो युद्ध साम्राज्यवादी विरोधी युद्ध मात्र नभएर यो युद्ध राष्ट्रिय एकीकरण र अझ महत्वपुर्ण समाजवादी प्राप्त युद्ध पनि थियो । यो सवै प्राप्त गर्नको लागि महिलाहरुको संलग्नता अनिवार्य थियो किनकि महिला भनेको व्यक्ति मात्र नभएर परिवार हो । समाज हो । जनता हो । तिनीहरु सम्पुर्ण देशको शारिरिक भौतिक उपस्थितिको हिसावले आधा होलान् तर उनीहरुको प्रभुत्वलाई हेर्दा तिनीहरुको उपस्थिति २र३ भन्दा माथि भन्न उपयुक्त होला । तिनीहरुको लागि आफ्नो मातृभुमि बचाउनु भनेको भावि सन्तति जन्माउंने स्थान सुरक्षित गर्नू हो ।
हाल भियतनाममा रहेका भियतनाम युद्ध सम्वन्धी संग्राहलयहरुमध्ये एउटा संग्राहलय महिलाको मात्र हुनुले पनि दर्शाउछ युद्धमा महिलाको भुमिका कति महत्व छ भनेर । यस सन्दर्भमा नेपालको जनयुद्धमा महिलाहरुको भुमिका पनि उल्लेखनिय थियो । नेपालमा भएको जनयुद्धले यधपि पुर्ण राष्टियता र पुर्ण जनगणतन्त्रको प्रश्न हल गर्न सकेको थिएन तसर्थ अव हुने पुर्ण स्वाधिनता र पुर्ण जन गणतन्त्र प्राप्तिको लडाईमा महिलाहरुको भुमिका अनिवार्य मात्र नभएर निर्णायक हुन्छ भनेर मनोनयन गर्न जरुरी छ । स्मरण रहोस् जुन बेला भियतनाममा जस्तो नेपालमा पनि विस्तारवाद वा साम्राज्यावाद प्रत्यक्ष सैनिक शक्ति घरेलु प्रतिक्रियावादी शक्ति सित मिलेर लड्न आउँछ त्यतिवेला तम्तयार रहनको लागि अहिलेदेखि नै नेपालको क्रान्तिकारी शक्तिहरुले उत्पीडित जाति, क्षेत्र, लिंग र वर्गलाई परिचालित गरिराख्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published.