Posted on

– हिसिला यमि

यस अन्तरिम सरकार अन्तर्गत कुनै समाज सुधारको काम भएको छ। भने त्यो हो- ब्लू फिल्मसँग सम्वन्धित व्यधिहरूमाथि कार्वाही । इस्ति धरानमा भएको छापामारको समाचारले यहाँ सन्सनी पायो, अहिले आएर विराटनगरको पालो आएको छ, अब कुन वेला काठमाडौं- हो पालो आउँछ । हुन त छापामारी कायं जनताको पहलकदमीमा भएको हो । सम्बन्धित प्रशासनले यसकाई लिएका कदमहरूलाई हामी सचेतनागरिकले सह्राहना गर्नुपर्दछ । अब त ब्लु फिल्मको साथसाथै यहाँ बने पाहुना घर, होटेल लजहरूमा पनि छापा मारी काम शुरु गर्ने- तिर सम्बन्धित निकायहरू लाग्नुपर्यो, किनभने यी स्थानहरू वेश्यावृत्ति- को बतो हुन पुगिरहेका छन् । पञ्चायतकालमा भइरहेका सामाजिक विकृतिहरू अहिलेको बदलिएको परिस्थितिमा पर्दाफास गर्नु सबैको जिम्मेवारी हो ।

यतिलेर सबैको ध्यान ब्लू फिल्म सम्वन्धी छापामार र कार्वाही तिर गइरहेको छ भने सचेत नारीहरू यस विषयभन्दा अघि सरेर ब्यूटी कन्टेष्टतिर पनि गहिरिएर हेर्नथालेका छन् । ग्राखिरमा ब्लू फिल्म र ब्यूटी कन्टेष्टमा कति पो फरक छ र !

ब्लू फिल्ममा खालि यौन सम्बन्ध लिएर त्यस फिल्मका नायक- नायिकाहरूले भूमिका खेलिरहेका हुन्छन् भने अर्कोतिर ब्यूटी कन्टेष्टमा सौन्दर्यताको नाउँमा छानिएका सुन्दरी महिलालाई यौनप्रतिका पृप्ति-लाई चुमाह-किराईभत परिवालन गरिहेको हुन्छ । गहिरिएर हेर्ने हो भने ब्लू फिल्म र ब्यूटी कन्टेष्टले समाजलाई सन्देश एउटै दिन्छ । दुर्व- ले सामन्ती पूजीवादी संस्कारले जन्माएको यौनप्रतिको तृप्तिलाई सम्बोधन गरिरहेको हुन्छ खालि भिन्नता यसमा छ कि ब्लू फिल्म सोडी यौन सस्बन्धमा सीमित छ र यसलाई सभ्य समाजले मन पराउँदैन भने ब्यूटी कन्टेष्टमा व्यूटीको Sugar coating लगाएर त्यही यौन तृप्तिलाई हलुका किसिमले सम्बोधन गरेको हुन्छ र यस्त्रा कन्टेष्टलाई अघिल्लो वर्गले मान्यता दिइरहेको हुन्छ । ब्लू फिल्मका नायक नायिका निम्न परिवारका, बेवारिसे महिला हुन्छन्, बाध्य र विवशतामा परेर शरीर बेच्नपरेका हुन्छन् । तिनीहरू पेशागत रूपमा बढी शोषित हुन्छन्- शारीरिक, प्रार्थिक र सामाजिक रूपमा पनि । यो पेशा लुकी-छिपी गर्नपरेकोले गर्दा बसमा अनेकौं दायित्व हुन्छन् । जब कि ‘ब्यूटी कन्टेष्ट’ मा भाग लिने महिलाहरू हुने-खाने, उच्च वर्गका महिलाहरू हुन्छन् । खान पुगे पनि आफ्नो शरीरको श्राकार, वजनलाई ध्यानमा राखी कम माता खान्छन्, छानी छानीकन खान्छन् । उनीहरूका अर्धनग्न शरीर ‘स्टाइल’ मा देखाइन्छन् । सौन्दर्भ प्रतियोगिताको लागि ठूल ठूला पाँच तारे होटेलमा बियर र रक्सीको बीचमा मनाइन्छन् । तत्कालमा सौन्दर्य प्रतियोगिता देखाए तापनि पछि गएर ती अर्धनग्न शरीरलाई कहिले फिल्ममा लगेर प्रयोग गरिन्छ, कहिले विज्ञापनमा लगेर जोडिदिन्छन् । यदि शुद्ध सौन्दर्यताको खोजीमा यस्ता प्रतियोगिताको ग्रायोजना गरिन्छ भने त्यहाँ पुरुष वर्गले किन भाग लिन नपाउने ? के सौन्दर्य पनि लिङ्ग सापेक्षित हुन्छ र ? फेरि सौन्दयं प्रतियोगितामा Coca cola Distillery Company जस्ता व्यापारीहरूको के आवर्षण छ ? व्यापारीहरूले कुनै चीजमा पैसा लगानी गर्दा त्यसबाट अत्यधिक नाफा ननाउने भए किन गध्यर्थ्यो र ? यी व्यापारीहरूको नाफा कमाउने स्रोत नै ती सीन्दयं महिलाहरूको शरीर हुन् । फलस्वरूप जस्को बढ़ी पैसा छ सुन्दर शरीर पनि उनको हुन्छ र आफ्ना मालहरूसँग प्रर्धनग्न शरीरलाई टाँस्न लगाएर आफ्ना सामानहरू लोभ्याउँछन् । ठूल-ठूला फिल्मका निर्माताहरूले उनका प्रर्धनग्न शरीर प्रदर्शन गरेर फिल्म प्रच- लित गराउन नखोजेका होइनन्। उदाहरणका लागि भारतमा ‘सत्यस् शिवम् सुन्दरम्’ नामको फिल्ममा जीनत श्रमानले (जो कि एक जमाना को Mis. India मइसकेको हुन्) ले आफ्नो अर्धनग्न जिउ देखाएर फिल्म प्रचलित गराइन् ।

हाम्रो समाजमा यौन बिषयलाई यसरी रहस्यमय वि सिमले ढाक छोप गरेको हुन्छ जसले गर्दा यस रहस्यमय स्थितिलाई ब्लू फिल्मका निर्माताहरूले कमाउने धन्दाको रूपमा दुरुपयोग गरिदिन्छन् । मानिस- मा दवाएका यौन तृप्तिलाई उबालेर यसलाई आवश्यकताभन्दा बढी प्राकर्षण गर्न खोज्छन् । एउटा सामान्य प्राकृतिक रूपमा हुने यौन सम्बन्धमा अनेकौं मसलाहरू थपेर यसलाई विकृतिको रूप दिइन्छ । एकातिर समाजमा महिला वर्गलाई यसरी हुर्काइन्छ मानौं उनीहरूको यौन भावना छैन अर्थात् यौन भावनालाई प्राकृतिक रूपमा प्रस्फुटन गर्न दिइन्छ भने उता ब्लू फिल्म पोर्नोग्राफिक जस्ता अश्लील माध्यमबाट पुरुषहरूको ‘पौरुषत्व’ जगाई दिन्छ फलस्वरूप यस समाजमा बलात्कार, वेश्यावृत्तिको घटनाहरू बढ्दै जान्छन् । यसले गर्दा उमेरै नपुगेका बाल-बालिका यौन सम्बन्धी चासो लिने गरेका देखिन्छन् र यौनको शिकार भइरहेका छन् ।

असोज ४, २०४७ ।

साभारः “आधा आकाश आधा धर्ति “
सम्पादक मण्डल सीता शर्मा दुर्गा न्यौपाने हिसिला यमि
प्रकाशकः प्रेरणा महिला परिवार २०४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *