Posted on

– हिसिला यमि

प्रायश्चः बलात्कार शब्द सुन्नासाथ हामी सम्झछौं- घनघोर जङ्गलमा एउटी सुन्दरी हिरोइन चिच्याई कराइ० हेको ! लामा तामेर जुगा पालेको दाह्रासिह जस्तो जिउ भएको राक्षसरूपी मिलिएनले ती हिरोइनको कोमल शरीरलाई लछार-पछार गरिरहेको। हिरोइनको गुहार सुनेर सुन्दर बलवान् होरो घोडा चढेर बचाउन आएको। मिलि- एनलाई मुक्का हानेर पछारेको र आफ्नो हिरोइनलाई सुमसुमाएर सुरक्षित ठाउँमा लगेको ।

तर के प्रायश्वः बलात्कार यस्तै घनघोर अङ्गलमा हुन्छ त ? अनि ती बलात्कृत महिलालाई के साँच्चै नै हीरो आएर बचाउँछन् त?

अब एकछिन, ‘सुरक्षित’ घरको दृश्यतिर जाउँ । एउटी १२/ १४वर्षीया केटी सीता भर्खर स्कूलबाट फर्कन्छिन् । घरमा कोही छैनन्, बुबा अफिस गएको हुन्छ, श्रमा तरकारी किन्न गएकी हुन्छिन्, दाजु कलेजमा गएको हुन्छ । उनी घरमा एक्लै छिन् । एकछिनममै ढोकामा खट्खट्‌को आवाज आउँछ । ढोका खोल्दा श्यामे दाइ आाएको हुन्छ । दाजुको साथी श्यामे दाइ। श्यामे दाइ बैठकमा आएर दाजुको हाल- खवर सोध्छन् र पर्खने अठोट गर्छन् । सीता भने श्याम दाइको लागि भनेर भान्छामा चिया पकाउन जान्छिन् । एकछिनमा ‘श्यामे दाइ’ पछाडिबाट उनीलाई समातेर लछारपछार गरेर उनलाई विचल्ली पारेर छोडेर जान्छन् । केही छिनपछि उनकी श्रामा आउँछिन्, छोरी- को बेहालत देखेर सोध्छिन्, तर उनको प्रश्नभा घरवराहट छ। सीताले ग्राफ्नो ग्रामाको घबराहट र माक्रोशको आभाष पाइसक्छिन् अनि उनले कुरा चपाइ-चपाहकन घटनाको बारेमा भन्छिन् । प्रामाले उनीबाट बढी जान्न खोज्नुभन्दा बढी उनीलाई गाली गछिन्, उल्टै छोरीलाई पश्चात्ताप महसुस गर्न लगाउँछिन्। यसरी सीता दोहोरो रूपमा घायल हुन्छिन् । शारीरिक र मानसिक रूपमा उनी बलात्कारवाट पीडित हुन्छिन् । यसरी बलात्कृत महिलाको गुहार उनको परिवारले समेत सुन्न चाहँदैनन् । यसबाट पन्छिन खोज्छन् ।

भनिन्छ बलात्कारको रिपोर्टिङ्ग धेरै थोरै मात्रामा हुन्छन् । कारण एकातिर वलात्कारलाई यो समाजले नकारात्मक रूपले हेर्दछ भने अर्कोतिर रिपोटिङ्ग गर्न जाँदा हिरासत र श्रदालतमा यसको छानवीनको प्रक्रिया श्रति लामो र धरै जस्तो लज्जास्पद परिस्थिति- मा हुन्छन् । फेरि प्रायः वलात्कारीहरू आफ्नै परिचित मान्छे नै हुन्छन्- कोही दाजुको साथी, कोही आफ्नै दाइ भाइ पर्ने, बुबाको साथी, काका बा आफ्नै आफन्तहरू, ग्राफ्ना संरक्षक आदि ।

सामान्यतः बलात्कार किन गरिन्छ त ? कस्ता खालेले गर्दछन् र कुन परिवेशमा गरिन्छ त ? यी प्रश्नलाई साररूपले हेर्ने हो भने वलात्कारलाई तीन खेभामा विभाजित गर्न मिल्छ ।

१) एकर्धार वलात्कारीहरू यस्ता छन् जसले आफ्ना पाशविक तिर्खा मिटाउनका लागि बलात्कार गर्छन् । यी प्रायश्च साधारण मान्छे- हरू हुन्छन् । यी प्रायशः वनाकृत महिलाको परिचित नै हुन्छन् । यिनीहरू बढी छद्मभेषी हुन्छन् । यिनीहरूले प्रायशः योजना बनाएर अनेकों किसिमले आफ्नो शिकारलाई प्रलोभन देखाई आफ्नो उद्देश्य पूरा गर्न बोज्छन् ।

२) दोस्रो खालका वलात्कारीहरू यस्ता हुःछन् जसले बला- त्कारलाई श्राफ्नो पौरुषतालाई देखाउनको लागि हतियार बनाउँछन्-एकातिर महिला वर्गलाई ‘उचित’ स्थानमा राख्नको लागि यसो गरिन्छ भने अर्कातिर पुरुष पुरुषबीच विशेष गरी समूह झगडा (Gang Fight) दादगिरी गर्नेहरू बीचमा आफ्नो पौरुषताको पहिचान गर्नको लागि पनि महिलालाई हतियार वताउँछन् । सम्भवतः यस्ता वला- स्वारीहरू मण्डले दादाहरू हुन्छन् ।

३) तेस्रो खालका वलात्कारीहरू बढी जटिल स्थितिका उपज हुन् । यस्तो खालको बलात्कार साम्प्रदायिक दङ्गा, क्षेत्रीय दङ्गा, धार्मिक दङ्गामा हुने गर्दछन् र यसको अभिव्यक्ति सामूहिक बलात्कार- बाट हुन्छन् । प्रायशः बढी शक्तिशाली श्राक्रमणकारी समुदायले कम शक्तिशाली समुदायको मनोवल गिराउनको लागि, उनीहरूलाई नभुसक ठहऱ्याउनको लागि कमजोर समुदायका महिलाहरूलाई दिउँसै उनकै परिवार समूहको बीचमा वलात्कार गर्छन् यसको परिणाम के हुन्छ त? साम्प्रदायिक हुलदङ्गा अझ बढ्‌छन् र पहिले पराजित समुदायले मौका पाएको वेला श्राक्रमणकारी समुदायका महिलाहरूलाई सामूहिक वला- त्कार गर्न जान्छन् । यसरी साम्प्रदायिक हुलदङ्गा, देश- विदेशको लडाइँमा पहिलो प्रहार नै महिलाहरूमाथि हुन जान्छ ।

समग्र रूपमा हेर्ने हो भने बलात्कार यो पुरुषप्रधान संसारमा महिला वर्गलाई दवाउनको लागि, उनीलाई एउटा पाशविक तिर्खाको माध्यम बनाउनको लागि प्रयोग गरेको देखिन्छ । बलात्कार भनेको इज्जतको नभईकन यो एउटा मानव अधिकारको हननको रूपमा दिनु पर्दछ । यदि अहिले युगमा कुनै दासताको प्रथा छ भने यसको स्वरूप वलात्कार नै हो । साउन ३२, २०४७ ।

साभारः “आधा आकाश आधा धर्ति “
सम्पादक मण्डल सीता शर्मा दुर्गा न्यौपाने हिसिला यमि
प्रकाशकः प्रेरणा महिला परिवार २०४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *