Posted on

प्रहरी संगठन वदनाम हैन लैंगिक मैत्रि हुनुपर्यो
हिसिला यमी

प्रसंग मिति २०६६—९—५ मा हामी महिला सभासद् समुहले अछाम घटना सम्वन्धी प्रधानमन्त्रिज्यूमा दिएको ज्ञापन पत्र । जसमा अछाम जि.प्र.का मा कार्यरत ६ जना प्रहरी जवानहरुले सोहि कार्यलयमा कार्यरत महिला प्रहरी जवान श्री सुन्तली धामी माथि मिति २०६६—६—११ मा सामुहिक वलात्कार गरेको विषय हो । प्रश्न यस घटनासंग नजिकवाट अध्ययन गर्नु भएको त्यस क्षेत्रको डि.आई.जी श्री पार्वती थापालाई अन्यत्र किन सरुवा गरिएको हो ? हामी सवैको एकमत माग थियो उनीलाई सोहि ठाउँ (सुदुरपश्चिमाञ्चल क्षेत्र) मानै राख्नु पर्छ । त्यस्को मुख्य कारण के हो भने सरकारद्धारा गठित न्यायिक आयोगको प्रतिवेदन नआउदै उनीलाई सरुवा गर्नु भनेको त्यो गंभिर केसलाई प्रभावहीन बनाउनु हो । यस घटना सम्वन्धी अझ बुझ्न् जरुरी छ ।
सन्तली धामि एउटी क्षेत्रिय उत्पीडित अछामकी महिला हुन । वर्गिय दृष्टिकोणमा उनी प्रहरी प्रशासनमा सबभन्दा तल्लो तहमा पर्ने महिला हुन । आछाम यस्तो क्षेत्र भित्र पर्दछ जहाँ महिलालाई रजस्वला भए वापत, वच्चा पाए वापत गोठमा सुताउँछन छुवाछुत गर्छन् ।
सुन्तलीको खोट यति मात्र होलान् उनी राम्री छिन । उनले प्रेम गर्न हिम्मत गरिन् । उनको दोष यति मात्र होलान् उनीले पुलिस भित्रकै जवानसित प्रेम गर्न मानिनन् । उनीले पुलिस वाहिरको पुरुषसंग विवाह गरिन् । तर यस वापत उसले पाएको सजाए पुलिसवाट फ्परेको कुरा आउना साथ पिडित महिलाको सुनुवाई हुदैन ।उल्टै उनको चरित्रको वारे टिक्का टिप्पणी आउन थाल्छ । पिडितले के भन्यो भन्दा पिडकले के भन्यो, गाउँका केहि सिमित व्यक्तिले के भन्यो त्यतातिर केन्द्रित भएर कुरा हुन थाल्छ ।कानुनमा त वेश्यामा संलग्दित महिलालाई समेत वलात्कार गर्न पाईदैन ।
अहिले पुलिस भित्र सन्त्रास छाएको छ । कोहि पनि वोल्दैनन् । त्यहाँ भित्रका महिला प्रहरीहरु कसैले यस घटना सम्वन्धी बुझ्न पनि हिम्मत गर्न सकिरहेका छैनन् । सुनिन्छ त्यहाँ भित्र केन्द्रिय प्रहरी परिवार महिला संघ छ । अनि प्रहरी संगठन भित्र महिला सेल पनि छ । दुवै निकायहरुले केहि बोलेका छैनन् । वास्तवमा त्यो महिला सेल आम जनताभित्रका महिला उत्पीडन संम्वन्धी केस हेर्नको लागि बनेको हो । तर आफ्नै संगठन भित्र वलात्कारको केस आउँदा महिला सेल निरिह बन्नु परेको छ । त्यहाँ कोहि पनि वोल्दैनन् । र्सिफ एकजना महिला प्रहरी म्क्ष्न् पार्वती थापा मगरले बोलिरहेकी छिन् जो त्यो घटना हँदा त्यस क्षेत्रमा थिईन् । र उनले सुन्तलीलाई धनगढीमा बोलाउन हिम्मत गरिन् । घटनाको यथार्थ बझ्न कोशिस गरिन् । यो कोशिस गरे वापत उनले सजाए पाईन सरुवा । पुलिस प्रशासनभित्र उनीलाइ प्रहरी संगठन बदनाम ग¥यो भन्ने आरोप लागिरहेको छ ।वास्तवमा उनी प्रहरी संगठनलाई अझ सुदृढ,लोकतान्त्रीक बनाउन चाहान्छिन् —प्रहरी संगठन लैंगिक मैत्रि बनाएर । अहिलेको प्रहरी नियामावली २०६५को १२औ संशोधन अनुसार प्रहरीमा २०% महिला हुनु अनिर्वाय छ । हाल त्यहाँ मात्र ५% महिलाहरु छन् । तर हालै डिएसपी को एसपीमा बढाइमा कुनै पनि महिला परेको छैन् । यसले पनि देखाउछ प्रहरी भित्र महिला मैत्रि वातावरण कति कम हुदै गएको छ ।

यो बुझ्न जरुरी छ हाल अछामको घटना विषयमा स्थानिय स्तरमा एस पी प्रेम चन्दको कमाण्डमा एउटा रिपोर्ट आईसक्यो । त्यसमा घटना घटेको भन्ने आएको छ । त्यस्तै यस विषयमा राष्ट्रिय मानव अधिकार ले पनि छानविन सुरु गरिसक्यो । त्यसमा पनि यो घटना भएको छ भनेर किटान गरको छ । साथै को को यस वलात्कारमा संलग्न छ उल्लेख गरेको छ ।
त्यस्तै संविधानसभा ÷व्यवस्थापिका संसद महिला सभासद् समुहले पनि आफ्नो स्थलगत अध्ययन प्रतिवेदन, २०६६ वुझाएको छ । जसमा प्रस्ट गरि लेखिएको छ ः
“सम्बन्धीत पीडित पक्ष, सुरक्षा अधिकारी, आरोपित व्यक्तिहरु, घटना सम्बन्धी जानकार व्यक्तिहरु र घटनास्थलको अवस्था लगायत सम्पुर्ण परिवेश हेर्दा घटना घटेको होईन भन्न सक्ने स्थिति देखिदैन । विभिन्न व्यक्तिहरुको फरक फरक धारणा आउनु र आरोपित व्यक्ति व्यारेकमा आएको घटनालाई मात्र जोड दिनुले घटना घटेको स्थिति देखिन्छ । बाहिरको व्यक्ति व्यारेकमा प्रवेश गरेको भन्ने दोषभन्दा पनि सुरक्षमा खटिएका कर्मचारीहरुको कमजोरी देखिन्छ । सुरक्षा अधिकारीहरुले ड्यूटिमा संवेदनशीलता देखाएको देखिदैन महिला कर्मचारीको गुनासो समयमा सुनुवाई भएको देखिदैन । यस्ता कमी कमजोरी गर्ने अधिकृतलाई विभागिय कारवाही गरिनु पर्दछ । उक्त घटनाको निष्पक्ष जाँच गर्ने र छानविन गर्न अधिकृतलाई विभागिय कारवाही गरिनु पर्छ उक्त घटनामा संलग्न सबै पक्षहरुको वारेमा निष्पक्ष जाँचबुझ गरी दोषिलाई प्रचलित कानुन बमोजिम कडा भन्दा कडा सजाय दिलाउने र पिडितको सुरक्षा, उपचार एवं क्षतिपूर्तिको व्यवस्था सरकारले अविलम्व गर्नु पर्नेछ ।”
स्मरण रहोस यस समुहमा सवै सभासद्हरु, माओवादी, काँग्रेस एमाले, फोरम लगायत अन्य दलका पनि छन् र सबैको एकमत छ कि डि.आई.जि पार्वती थापामगरलाई घटनाको रिर्पोट नआएसम्म उनलाई त्यस ठाउँवाट सरुवा गर्न हुदैन । अचम्मको कुरा त यसमा छकि हालको गृह मन्त्रि अछामको हुनुहुन्छ , साथै हालको आइ. जि.पि पनि त्यहि क्षेत्रको हुनुहुन्छ । तिनिहरुले त र्निधक्क साथ यो केसलाई अझ गंभिर रुपमा हेर्नु पर्ने हैन र ?
कस्तो विडम्वना हाल संविधान सभामा मौलिक तथा निर्देशक सिधान्त समिको प्रतिवेदनमाथि छलफल चलिरहेको छ । जसमा महिला हक सुनिश्चतको कुरा छलफल भईरहेको छ । तर नेपाल प्रहरी संगठनमा महिला प्रहरीहरु आफ्नै पुरुष सहकर्मीबाट असुरक्षित भईरहेको छ । वलात्कारका आरोपितहरुको मनोवल बढ्दै गएको छ । हेक्का रहोस आज महिला प्रहरीमाथिको उत्पीडन भोलि दलित हुदै जनजाति माथि उत्पीडन बढ्दै जानेछ । यसले अन्ततः वर्गीय रुपमा तल परेका वाहुन क्षेत्रि प्रहरीहरुलाई बाकि राख्दैन । कतै यस प्रकारको असमान व्यवहारले सुरक्षा संयन्त्र भित्रको सैनिकरणले प्रोत्साह पाउने त हैन ?
एकातिर सदनमा जातिय,क्षेत्रिय र वर्गिय उत्पीडित महिला सभासद्हरु महिला अधिकार सुनिश्चित हुुनु पर्छ भनेर चिच्याईरहेका छन ।अर्को तर्फ सुरक्षा निकाय भित्रको क्षेत्रिय, वर्गिय उत्पीडित महिला परिवार वलात्कृत हुदा न्याय पाइरहेको छैनन् । अर्को विडम्वना २०१० साल आउदै छ जुन वर्षलाई महिला हिंसा मूक्त वर्ष मिनाईदै छ । त्यसको पुर्वसन्ध्यामा महिलामाथि हिंसा वढ्दै गईरहेको छ । महिलामाथि हिंसा बढ्नु भनेको देशमा अस्थिरता, असाहय्ता र अस्वस्थता बढ्नु हो । छोटकरीमा भन्दा समाजले महिलालाई कसरी व्यवहार गर्दछ त्यसले समाजको विकाशको स्थिति बताउँछ । जुन देश आर्थिक सामाजिक र सांस्कृतिक हिसावले अगाडि हुन्छ त्यहाँका महिलाहरु सम्मानित र वलिया हुन्छ । उदाहरणको लागि स्विडेन, नर्वे, डेनमार्क । तर जुन देश सामान्ती, अविकसित त्यसमाथि अस्थिर छ त्यहाँका महिलालई अनेकौ शंका गरिन्छ, बोक्सिको आरोप लगाइन्छ र हिंसाको सिकार बन्छन् । अझ गंभिर कुरा राज्यको सुरक्षा निकायमा नै यस्ता अपराध संस्थागत हुन थाल्यो भने देश थाहा नै नपाइकन कतै अफगानिस्थान, पाकिस्थान त हुने हैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *