Posted on

– हिसिला यमि

भनिन्छ बिहे गर्नु प्राकृतिक आवश्यकता हो त्यसमाथि पनि मनुष्य सामाजिक प्राणी भएको नाताले यसलाई मूल सामाजिक गठ- बन्धनको रूपमा लिइन्छ । त्यसकारण उमेर पुगेपछि अधिकांश मानिस- हरू विवाह गर्न पुग्छन् । बिहे नगर्नेहरू दुई थरिका हुन्छन् । एक थरी ती विशेष व्यक्तित्व भएका हुन्छन् कठोर लक्ष्य एकदम उच्त्र, करोर हुन्छ। त्यस्ता व्यक्तिले विवाहलाई बन्धनको रूपमा लिन्छन् र आफ्नो यौन भावनालाई आफ्नो काम, विन्तन मननको व्यस्ततामा मोड्न खोज्छन्ः। दोस्रो किसिमका व्यक्ति सामान्य खालका हुन्छन् । तिनीहरू विवाह विभिन्न व्यवहारिक कारणले गर्दा विवाह नं बाँकी रहेका हुन्छन् । ती व्यक्तिहरूको जीवन सामान्य भएकोले गर्दा तिनीहरूलाई यौन भाव- नाले प्रायः सताई राखेको हुन्छ र बेलाबखत त्यस भावनाको प्रस्फुटन विभिन्न रूप लिएर व्यक्त भइरहेको हुन्छ। यो समाज पुरुष प्रधान भएकोल गर्दा यस्ता भावनाहरू अविवाहित महिलाले भन्दा पुरुषले व्यक्त गरि- रहेको हुन्छ । अविवाहित युवकहरू बीच चल्ने ठट्टा अर्थात Bachelor gossip यस भावनाको प्रखर उदाहरण हो। अब मलाई गाह्रो लागि रहेको छ (हाम्रा प्रधानमन्त्री) किशनजीलाई कुन श्रेणीमा राख्ने ? यहाँको विगत इतिहास हेर्ने हो भने श्रादश, कठोर जीवन पनि झल्किन्छ तर हाल सालै प्रधानमन्त्रीको श्रोहोदामा बसेर महिलाहरूको बारेमा उहाँले गरेको ठट्टा सुन्दा यहाँ सामान्य खालको जस्तो पनि लाग्छ । केही महिना अगाडि एकजना चिन्तनशील महिलाले महिला बाता-वरणको गोष्ठीमा किशनजीले महिलाहरू प्रति गरेको टिप्पणीवाट लज्जाउनु परेको थियो । हाल सम्पन्न भएको नेपाल प्राध्यापक संङ्घको श्राठौं सम्मेलनमा भाषणको क्रममा बोल्नु भएको टिप्पणीमा पनि यहाँको Bachelor Joke ले त्यहाँका चिन्तनशील प्राध्यापिकाहरुको अनुहार रातो पारी दियो । सम्मेलनमा उहाँले बोलेको कुरा यस्तो बियो सबैले विवाह गर्न परेको छ, सबैले घर बसाउनु परेको छ…… तपाहरूले सदा मद्दत गर्नुपयो म यस सम्मेलनमा ब्राउन पांउदा अति खुशी थिएँ, अझ बाटोमा एकजना महिला प्राध्याः पिकाले फूनको गुच्छा दिनु हुँदा यसो नियालेर हेरेको त उनी ‘राधा’ पो रहिछिन्, अनि झन खुशी भए !”

यो भने पछि सभा हल स्वभावैले तालीको गडगडाहटले भरियो । हामी केही प्राध्यापिका हरूले ती प्राध्यापिका (राधा) समक्ष ग्राफ्नो सहानुभूति जनाउन खोज्दा ती महिला प्राध्यापिकाले उल्टे हमीहरूलाई लाञ्छना लगाइन ‘के तपाईहरूलाई ईर्ष्या लाग्यो तपाई- ईरूको नाउँ लिएन भनेर ?’ यो सुनेर चकित भएर फक्यों। हो नेपालमा यस्ता डिग्री बोकेका धेरै राधा’हरू छन् जो आफ्नो वर्गमाथि प्रहार गरेको टिप्पणीमा ताली बजाएर रमाउछन्, सामन्ती संस्कारको दासी बन्नमा गौरव मान्छन् ।

किशुनजी एक व्यक्तिमात्र नभईकन महिला प्रधानमन्त्री भएका विदेशहरूमा भ्रमण गर्न जानुपर्ने नेपाली प्रधानमन्त्री पनि हुनुहुन्छ । उहाँले बोलेका टिप्पणीहरू संस्थागत हुन जान्छन् । त्यसकारण उहाँले बेला कुबेला महिला वर्गप्रति टिप्पणी गर्दा त्यसैले उल्टै जनतालाई महिला प्रति ठट्टा गर्ने बानी नसिकाओस् । बरु उहाँले कुनै अविवाहित महिलासङ्ग विवाह गर्नुभयो भने हामी महिला वर्गको भलो होला ? कमसे कम विवाहित भएमा उहाँले पनि महिलाहरूको प्रस्मिता, उनी- हरूको व्यथा बुझ्न सक्नुनुन्थ्यो कि ?

साभारः “आधा आकाश आधा धर्ति “
सम्पादक मण्डल सीता शर्मा दुर्गा न्यौपाने हिसिला यमि
प्रकाशकः प्रेरणा महिला परिवार २०४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *