Posted on

आजभोली नेपालमा महिलामाथि हिंसा विषयमा महिलावादी संगठनहरू एन.जी.ओ.आई.एन. जी. ओ. संस्थाहरूले थप्रै विचार गोष्ठी, भाषणहरू गरेको आएको महिलामाथि बलात्कार, हिंसा, मृत्युदण्ड आदि घटनाहरूबारे उल्लेख गर्न देखिन्छ । थप्रै तथ्याङ्कहरू निकालेको देखिन्छ । तर कसैले पनि राज्यसत्ताबाट हदै समदायलाई, पुरुष प्रधान संरचनालाई गाली गर्दा खासै असर पर्दैन, सत्ताले आँट गरेको देखिएन । कारण घरेल हिंसामा त आयोजकहरूले वक्ताहरूले पुरुष पचाइदिन्छ । तर राज्यसत्ताबाट प्रेरित यस्ता संगठित जघन्य बलात्कारका हिंसामा कसलाई दोषी ठहराउने भन्दाखेरि स्वतः यसमा राज्यसत्तालाई नै दोषी ठहराउन पर्ने भएकोले त्यहाँ यस सत्ताअन्तर्गत रमाउन चाहने, सरक्षा खोज्नेहरू यस विषयमा मौन नै रहन चाहन्छन् । तर यस किसिमको मौनताले एकातिर ती संगठनहरूको वर्गीय चरित्र उदांगो गरिदिएको छ भने अर्कोतिर माओवादी भएको आरोपमा परेका ती बलात्कृत महिलाहरू घायल बघिनी सरह झन राजनीतिकरण भएर गर्जिदैछन् ।

एक जमाना थियो जुनबेला महिला यति शक्तिशाली मानिन्थ्यो कि महिलाहरूलाई मृत्युदण्ड दिंदा स्त्री हत्या लाग्ने महापापको भयले महिलाले गम्भीर अपराध गरे पनि कठोर निगरानी र बन्धनमा मात्र सीमित राखिन्थ्यो। आज नेपालकै कानुनमा पनि बलात्कार गर्नेलाई यस्तो जघन्य अपराध मानेको छ कि जबर्जस्ती करणी गर्नेलाई वा गर्न खोज्नेलाई एक घण्टाभित्रै ती पीडित महिलाले हत्या गरेमा तिनलाई कानुन लाग्दैन । तर अहिले जुन मात्रामा नियोजित रूपमा, यहाँका पुलिस, सेनाले माओवादी प्रभावित ठाउँका महिलाहरूलाई बलात्कार गर्दैछन्, मार्दैछन् । त्यसले यस राज्यसत्ताको द्वैध चरित्र उदांगो पारिदिएको छ। एउटा सशक्त राजनैतिक समस्यासित लड्नको लागि उसले लैंगिक हतियार प्रयोग गर्न बाध्य भएको छ । त्यसले त राज्यसत्ताको नपुंसकता अझ उदांगो पारेको छ।

वास्तवमा अहिले जुन प्रकारको नेपालको राज्यसत्ताले आमूल परिवर्तनमा आस्था राख्ने महिलाहरूमाथि बलात्कार र हिंसा गर्दैछ त्यसभित्र सामन्तवादी र साम्राज्यवादी सोचाइ लुकेर बसेको छ । हिन्दू धर्म अंगालेको यो राज्यसत्तामा जहाँ कुमारीत्वलाई पूजा गर्ने परम्परा छ, त्यस्तो अवस्थामा राज्यसत्ताबाट महिलाहरूको कुमारीत्व लुट्नुको पछाडि सामन्ती चिन्तनले काम गरेको प्रष्ट छ। ती आमूल परिवर्तनको कार्यदिशामा आस्था राख्ने महिलाहरू सती-सावित्री, पार्वती अथवा पवित्रतावादी, आशाकारी परम्परावादी, आशाकारी परम्परावादी नभएकोले नै उनीहरूलाई प्रदषित गर्नका लागि र उनीहरूको जात, वंश नष्ट गर्नका लागि अर्थात उनीहरूको ताज उदांगो पारेर विवाह गर्न योग्य हुन नदिनका लागि नै उनीहरूमाथि बलात्कारको हतियार प्रयोग गर्दै आएका छन । ती सत्ताधारीहरू पुलिस हिरासतमा नांगो फोटो खिचाएर आम समाजको अगाडि नांगै हिंडाएर उनीहरूको इज्जत लटेको सावित गराउन चाहन्छन् । उनीहरू महिलाहरूको इज्जत पूरै परिवारसित जोडन चाहन्छन् अनि पुप्रै समुदायसित जोड्न चाहन्छन् ।

 यसरी संसारभरि हामी देख्छौ जातीय, धार्मिक युद्ध चल्छ त्यहां सत्ताधारी जाति वा धर्मका मानिसहरूको अल्पमतमा परेका जाति वा धर्मका महिलाहरूमाथि बलात्कार गर्न पुग्छन्, उनीहरूको गर्भलाई दूषित तुल्याएर, आफूहरू अझ चोखो तुल्या नष्ट गर्न खोज्छन् । तर ती मर्ख पुलिस, सेनालाई के थाहा छैन भने ती शक्तिशाली भएको सावित गर्न खोज्छन् । त्यस्तै वर्गीय युद्धमा सर्वहारावर्गको मुण महिलाहरू जातीय, धार्मिक, क्षेत्रीय चेतनाभन्दा माथि उठेका सर्वहाराबादी महिलाहरू हुन् । जसले वर्गीय (मक्ति कि मृत्य) को शपथ खाएर हिडिराखेका छन् । केही पाउनको लागि केही गुमाउन तयार भएका ती महिलाहरूले के देखिराखेका छन् भने मुक्तिकामी महिलाहरूको वैचारिक श्रेष्ठतामाथि यो राज्यसत्ताले लैंगिक हतियार प्रयोग गरेर आफैलाई हल्का र हास्यास्पद बनाइरहेको छ। बरु यस्ता घटनाले त स्वयं सामन्तवादी तीज कार्यक्रमलाई क्रान्तिकारी पर्वमा रूपान्तरण गर्नमा पो मद्दत गर्दैछन् । आजभोलि महिलाहरू शिव र पार्वतीका प्रेमका गीतहरू गउन छोडेर विद्रोह र बदलाका गीतहरू गाउँदैछन्। हालै तीजको दिनमा नै रोल्पा, रुकुममा ४ जना महिलाहरू सत्ताधारीद्वारा मारिनुले यो स्पष्ट संकेत गर्दछ कि राज्यसत्ता महिलाहरूबाट किन डराउँदै छ ।

राज्यसत्ताद्वारा संरक्षित बलात्कारको अर्को पक्ष हो यसमा आएको विकति र यसको बीभत्स चरित्र । इतिहास केलाएर हेर्दा के देखिन्छ भने आदिम कविला समुदायमा जब युद्ध हुन्थ्यो तब कि त जितेको समुदायलाई आफ्‌नो समुदायमा विलीन गरेर सँगै बस्थ्यो । त्यसको उपभोग नभए ती हारेका मानिसहरूलाई मारेर खान्थ्यो । त्यहाँ लिंगको आधारमा भेदभाव हुँदैन थियो। दासयुगमा आएर बल्ल युद्धबन्दीहरू अतिरिक्त धन कमाउने स्रोत बने। हारेको समुदायलाई दास बनाउनुको साथसाथै दासी यौन शोषणको थप स्रोत बन्न पुगे । तर यो यौन शोषणले कहिले पनि विकृति र बीभत्सताको रुप लिएन। यौनको यति विकृक्तिकरण यही साम्राज्यवादी युगको उपज हो। तसर्थ आज महिलाहरू युद्धका थप पुरस्कार भएका छन् । जसमाथि अनेकौं प्रकारका यौन विकृतीकरण, बीभत्सीकरण गर्न राज्यसत्ताले छुट दिएको देखिन्छ । हिरासतमा परेका, बाटोतिर हिडिरहेका, घरभित्र बसेका, दाउरा घाँस, पानी-पधेरामा गएका सामान्य महिलाहरूदेखि लिएर आमूल परिवर्तनका लागि हिडेका महिलाहरूलाई रक्सीले लैस, छाडा संस्कृति बोकेका पुलिसहरूले पालैपालो बलात्कार गर्ने, घिनलाग्दो अश्लील शब्द प्रयोग गर्दै चुरोटको ठुटो, लठ्ठीले महिलाको संवेदनशील अंगहरूमा घोच्ने, पोल्ने, सिस्नु-पानीले हान्ने, नंग्राले निमोठ्‌ने आदि गरिराखेका छन् । ती पुलिस सेनालाई यसरी नशालु जनावर बनाइदिन्छ कि तिनीहरूले एकै समुदायभित्रको ७० वर्षका वृद्धा महिलादेखि १० वर्षका नाबालकमाथि झम्टन पुग्छन् र बीभत्स तरिकाले बलात्कार गर्न पुग्छन् । एउटै परिवारभित्र एकै ठाउँमा सासू, बुहारी, नातिनीहरूलाई बलात्कार गर्न पुग्छन् । यस्ता घटनाहरूले पुरै परिवार समुदायलाई आतंकित अर्थात लाचारी बनाउनको सट्टा तिनीहरूलाई भन विद्रोही बनाएर राजनीतिकरण गरिदिन्छ । यस्ता घटनाहरूले त जनतामा बसीय चेतनाको साथसाथै लिंगीय चेतना पनि बढाइदिन्छ । जसले गर्दा वर्गीय यद्धको अपरिहार्यतालाई झन दह्रो गरिकन समाती दिन्छन र युद्धमा लागेका ती योद्धाहरूप्रति झन् माया ममता र सम्मानको भावना बढाइदिन्छन । बदलाका भावनाबाट ओतप्रोत ती समुदायले आफना छोराछोरी युद्धमा होमिनको लागि प्रोत्साहन गर्न प्रछन् । यहाँनिर बझनपर्ने कुरा कहाँनिर छ भने, संसारका प्रतिक्रियावादी सत्तालाई वर्गीय युद्धसित लडने हतियार वैचारिक नभएर भौतिक हतियार मात्र उपलब्ध छ । तसर्थ तिनीहरूले आफना सेना, पुलिसलाई उत्तेजना ल्याउनका लागि रक्सी ख्वाउने, अश्लील साहित्य दिएर तिनीहरूलाई उत्तेजित र तालिमभित्र नै महिलाहरूलाई कसरी बलात्कार गर्ने, परै गाउँ-बस्तीमा कसरी आक्रामक बनाउँछन् । अमेरिकादेखि नेपालका सेना-प्रहरीलाई दिने औपचारिक आगो लगाउने, लुटपाट गरेर आतंकित पार्ने भनेर सिकाइन्छ । त्यसैले अमेरिका जस्तो आफलाई आधुनिक ठान्ने सेनामा त्यहाँ कार्यरत महिला सेनाहरू बारम्बार आफ्‌नै समुदायका पुरुषहरूबाट यौनका शिकार बन्नुपरेका घटनाहरू प्रकाशमा आइरहेका छन् । नेपालकै प्रहरी सेनामा कार्यरत महिलाहरू कति यौनका शिकार हुँदै आएका छन् ती राजनीतिक महिला बन्दीहरूलाई थाहा छ जसले ती दृश्य देखेका हुन्छन् अर्थात् मौका पाएको बेला ती पीडित पुलिस महिलाहरूले सुनाउने गरेको पाइन्छ । यसको प्रत्यक्ष असर पुलिस सेनाको आफ्‌नै घर परिवारभित्र राम्ररी पर्न गएको देखिन्छ । आखिर बानी त हो। आखिरमा जो साँढे भएर सडकमा हिंड्छन् ती घरभित्र पनि साँढे भइहाल्छन् । जनयुद्धको क्षेत्रमा बलात्कार, हिंसा गर्न पठाएका पुलिस सेनाले घरको परिवारलाई के बाँकी राख्लान् ? अब प्रत्येक पुलिस-सेनाको घरमा निरंकुशताले राज गर्नेछ। अलिकति अस्तित्व खोज्ने, मानवताको परिभाष खोज्ने स्वाभिमानी परिवारका सदस्यहरू विशेषतः स्वास्नी, छोरी, बुहारीलाई निरंकुशता लादिन्छ । रक्सीले लैस यौन मनोरञ्जनले लैस ती पुलिस-सेनाले आफ्‌नै स्वास्नीमाथि बलात्कार र असाधारण विकृत यौन खोज्न पुग्ने छन् । त्यो वातावरण नपाएमा वेश्यालयहरूमा जाने, क्लबहरूमा जाने अर्थात रखौटीहरूबाट त्यो प्यास मेटाउन पुग्छन् । घरभित्रको सामान्य अन्तरविरोधलाई मैत्रीपूर्ण हल नगरेर हिंसातमक ढंगले विकास गर्नु यसैको उपज हो। उदाहरणको लागि कालिकोट जिल्लाको थर्पु भन्ने प्रहरी चौकीको प्रहरी इन्चार्ज असई नेपबहादुर श्रेष्ठले आफनो श्रीमतीलाई गोली हानेर आफैमाथि पनि गोली हानेर मरे। नितान्त पारिवारीक झगडाको कारण लोग्नेको रक्सी खाने बानी र रण्डीबाजी गरेको स्वास्नीले नसहेको हो । यो कुरा खुद एस.पी. मोक्तानले केमा छ भने आफनै परिवारको सदस्यबाट बलात्कृत हुनुको पीडा सामूहिक साप्ताहिक सारथि (भदौ १२, २०५५) मा स्वीकारेको छ । यहाँ बस्नुपर्ने कुरा बलात्कारको पीडा त्यो पनि राजनीतिबाट प्रेरित बलात्कार सयौं गुणा दर्दनाक हुन्छ । राज्यसत्ताबाट संचालित सामहिक बलात्कारले विद्रोह बदलाको आकांक्षाको भावना बढाइदिन्छ भने परिवारभित्रै हने बलात्कार, यौन शोषणले कण्ठा, अपमान, लालायती जन्माइदिन्छ । यहींनिर माओले भनेको का ठ्याक्कै मिल्छ कि “प्रतिक्रियावादीले उठाउने ढुङ्गा अन्ततः आफनै खुट्टामाथि बज्रन्छ।” 

बलात्कार एउटा तात्कालीन र रणनैतिक हतियार

माओवादी राजनीतिसित जानको लागि अर्को राजनीति नभएकोले यससित बुजको लागि बलात्कार हिंसाको प्रयोग तात्कालिक र रणनैतिक दृष्टिकोणले प्रयोग गरेको देखिन्छ । आम जनतामा भय त्रास बढाउनको लागि बलात्कार र हत्यालाई तात्कालिन उद्देश्यले प्रयोग गरेको पाइन्छ । उता आफ्‌ना प्रहरी र सेनामा भएको वैचारिक शून्यता, निराशालाई भौतिक सौर्यतामा अर्थात तिनीहरूको पुरुषोत्व बढाउनको लागि महिलामाथि बलात्कार र हिंसा गर्न राज्यसत्ताले अभिप्रेरित गरेको देखिन्छ । रणनैतिक रूपमा राज्यसत्ताले बलात्कारको माध्यम अपनाएर पूरै परिवार समुदायलाई राजनीतिबाट टाढा राख्न खोजेको देखिन्छ । जनतामा भने यस खालको डण्डाले दीर्घकालसम्म राज्यसत्ताप्रति, सेना पुलिसप्रति घृणा, अविश्वास, आक्रोश बदलाको भावना बढाइदिएको छ। ती बीभत्स डण्डा आफू र आफ्‌नो परिवार, समुदायले किन भोग्नुपरेको भन्ने जिज्ञासाबाट तिनीहरू झन राजनीतिकरण भएको देखिन्छ । आज जनताले मृत्युलाई पचाएझै बलात्कारलाई पनि सामान्य रूपले पचाएर वर्गयुद्धमा अझ दृढ भएर त्यसमा सीधै सम्मिलित भएर अर्थात् सहायक भएर हिम्मतका साथ काम गर्दैछन् । मृत्युलाई त चिर्न सक्ने यो जनयुद्धले बलात्कारलाई सजिलैसित चिर्दै अघि बढ्दै छ । आज राज्यसत्ताबाट प्रेरित सामूहिक बलात्कारको खबर राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पुगेका छन् । तिनीहरूमाथि निन्दा गरेको पाइन्छ भने सुषुप्त किसिमले प्रहरी-सेना परिवारभित्र भएका बलात्कार, यौनसम्बन्धी हिंसाको घटनाहरू दबाएको पाइन्छ, समाचार पत्रपत्रिकामा पुग्नभन्दा अघि नै दबाएर राखेको पाइन्छ । प्रहरी इन्चार्ज असई नेपबहादुर श्रेष्ठको आत्महत्याराहरू जनयुद्धको दौरानमा बढ्दै जाने छ । यो कुरा के राज्यसत्ताले बुझेको छ ?

 

– महिला बुलेटिन, पूर्णाङ्ग-१, २०५७ वैशाख

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *