Posted on

सर्वप्रथम जनाएकताले नियमित रूपमा महिलासम्बन्धी स्तम्भ चलाइरहेकोमा सराहना जनाउन चाहन्छु। यही सन्दर्भमा अन्जना विशखेले लेखेको ‘के महिलाले महिलाबीचको अन्तरसम्बन्ध अन्तरविरोध कोट्याएको रहेछ । यसलाई अझ स्पष्ट वैवाहिक जीवनमा राजनीति गर्न हदैन लेखले विवाह, राजनीति र पार्ने उद्देश्यले यो लेख प्रेरित छ।

विवाह, राजनीति र महिला विषयमा लेख्नपर्दा सर्वप्रथम यो वन जरुरी छ विवाहलाई कसरी लिइन्छ? नेपाल जस्तो अर्धसामन्ती अर्धउपनिवेशिक देशमा त्यसलाई सामन्तवादी दृष्टिकोणको आधारमा हेरिन्छ । त्यहाँ महिलाको लागि विवाह भनेको लोग्नेको सम्पत्ति म्पत्ति सुरक्षित गर्न जानु हो। लोग्नेको वंशलाई निरन्तरता दिनु हो। अर्थात् लोग्नेको दासी बन्न जाने हो। यसको ठीक विपरीत पुरुषको लागि विवाह भनेको सुख, सुविधा भोग्ने, धन आर्जन गर्ने र बा निरन्तरता दिने साधन हो। त्यसैले हाम्रो जस्तो मूलतः सामन्ती समाजमा महिलाको मूल्यांकन उनको प्रजनन शक्तिको आधारमा हुन्छ । हाम्रो समाजमा महिला डाक्टर-इन्जिनियर किन नहोस् तर पहिले उनी विवाहिता हुनु जरुरी छ आमा बन्नु जरुरी छ त्यसपछि मात्र उनको अरू सीप, उत्पादनको मूल्यांकन हुन्छ । अर्थात् उनी सामाजिक उत्पादन शक्ति मात्र भएर पुग्दैन, प्रजनन शक्तिको रूपमा पनि स्थापित हुनुपर्दछ। जबकि यही मापदण्ड पुरुषमा लाग्दैन। वसले गर्दा महिला पुरुषको तुलनामा आफ्‌नो कार्यक्षेत्रमा पछि पर्न जान्छन् । पुरुषसित समानताको आधारमा प्रतिस्पर्धा गर्न पाउँदैनन् अझ राजनीति जस्तो विशाल जटिल क्षेत्रमा उनीहरू पुरुषसित प्रतिस्पर्धामा आउनै सक्दैनन् । हामी देख्छौ जुन परिवारमा लोग्नेस्वास्नी दुवै राजनीतिमा सक्रिय हुन खोज्छन् त्यहाँ स्वतः र अन्ततः पुरुष नै हावी बन्न पुग्छ । किनकि त्यहाँ विवाह समरूप (Homogenous) संस्था नभएर पुरुषप्रधान संरचनाको एउटा अति महत्त्वपूर्ण अंग बनेको हुन्छ ।

यहाँ साधनाको कुरा मात्र नभएर साहनाको कुरा पनि आउँछ। दुवै दिदीबहिनी विवाहअघि राणाविरोधी आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएका थिए, राणा शासनको अन्त्यपछि पनि राजनैतिक रूपमा सक्रिय थिए। तर विवाहपश्चात् दुवै पुरुषको सम्पत्ति र वंश सुरक्षित गर्ने वा सम्पत्ति आर्जन गर्नेतिर लागे। साहनाले पुष्पलाललाई पहिल्यै गुमाउनुपर्यो । यसले गर्दा साहना राजनीतिमा छिटो आइन् । साधनाले मनमोहनलाई बुढेसकालमा गुमाउनुपर्यो त्यसकारण साधना ढिलै भए पनि राजनीतिमा आउन खोज्दै छिन् । वास्तवमा यो प्रचलन (Trend) तेस्रो विश्वका देशहरू, विशेषतः दक्षिण एसियामा देखापरेको छ जहाँ मूलतः सामन्ती संरचनाले नै राज गरिराखेको छ । त्यस्ता ठाउँमा महिला राजनीतिमा तबमात्र आउन पाउँछन् जब उनको बाबु लोग्ने निषेधित हुन जान्छन् । अन्ततोगत्वा कही उनीहरू विधवा भएर राजनीतिमा उत्रिएका छन् भने कही टुहुरी छोरी भएर आए‌का हुन्छन् । विद्यमान समाजमा विवाह, व्यक्तिगत सम्पत्ति र महिलाबीच घनिष्ठ अन्तरसम्बन्ध छ। जसले यो अन्तरसम्बन्ध बझदैनन तिनले सोधिरहनेछन् । किन महिलाले वैवाहिक जीवनमा राजनीति गर्न हुँदैन ?

  समस्या तब आउँछ जब आफूलाई खाँटी क्रान्तिकारी कम्युनिस्ट भन्नेह पनि व्यवहारमा उही सामन्तीपाराको जीवनशैली अपनाउँछ महिला पुरुषसरह महिलालाई राजनीतिबाट टाढा राख्ने र सम्पत्ति रक्षा गर्ने अर्थात सम्पति समान हुन् तिनीहरूले पनि राजनीति गर्न पाउनुपर्छ भन्ने तर आफ्नी घरभित्रको जोडनेतिर लगाएर आफू राजनीतिमा होमिने गर्दछन् । यस अन्तरविरोधको जड ग्रसित छ । यसले गर्दा राजनीति गर्न भनेको आमूल परिवर्तनतिर लाग्ने नभएर कहाँ छ त ? यहाँको कम्युनिस्ट आन्दोलन मूलतः संशोधनवादी विचारधाराबाट बुजवा शैलीमा राजनीति गर्न, धन उपार्जन गर्नु भएको छ । त्यसमाथि यहाँको कम्युनिस्ट आन्दोलनमा सामन्तवादी दृष्टिकोण हावी छ । त्यसकारण जसरी एउटा पार्टीमा दुईवटा नेता अटाउदैनन त्यस्तै यहाँ एउटा परिवारभित्र दुईवटा नेता अटाइन्न । एक त यहाँ आफूलाई कम्युनिस्ट भनाउँदाले पनि विवाह गर्दा सकभर आफ्‌नै जात, धर्म, वर्ग, अझ पाए राम्रो अनुहार भएकोसित विवाह गर्न खोज्छ। अनि विवाहपश्चात् छोरा नपाएसम्म लहरै छोरीहरू पाउँछन्। भएको सम्पत्ति जोगाउने कार्यभार श्रीमतीलाई दिन्छ । श्रीमती पढे लेखेकी टाठी छिन् भने अरू सम्पत्ति जोड्‌ने काममा लगाउँछन् र आफू राजनीतिमा लागेर संसदीय तालमा बल्छी हालेर बस्छन् । 

यहाँनिर प्रगतिशील विचारधारा बोकेका महिलाहरूले पनि बुझ्नुपर्यो कि उनले बोकेको राजनीति के हो ? आमूल परिवर्तनको राजनीति हो कि व्यास्थितिको राजनीति ? हामी महिला समुदाय सर्वहारा वर्गभित्रको पनि अझ सर्वहारा’ समुदायमा पर्ने भएकाले हामीलाई पुरुषभन्दा बढी आमूल परिवर्तनको बांचो छ। यो जगजाहेर कुरा हो कि नेपालमा यथास्थितिवादी राजनीतिभित्र आफूलाई कैद गर्नु भनेको आफूलाई अर्धसामन्ती, अर्धउपनिवेशिक संरचनाभित्र बाँध्नु हो। महिला वर्गको लागि यसको अर्थ हो सामन्ती संरचना, पितृसत्तात्मक संरचनाको नाइके राजतन्त्रलाई बलियो पार्नु । अनि यो संरचनालाई टेवा दिने, मलजल गर्ने भारतीय विस्तारवाद र साम्राज्यवादको समेत प्रतिनिधित्व गर्ने रुसदीय व्यवस्थालाई बलियो पार्नु हो। यो राजतन्त्रात्मक संसदीय संरचना जसले -हिन्दु धर्मको वकालत गर्छ जसले ब्राह्मणवादको वकालत गर्छ एक आला निरकुशताको वकालत गर्छ के त्यसले महिला वर्गको वकालत गर्ला? महिला र परुपका बीचमा समानताको वकालत गर्ला ? अझ हाम्रो जस्तो अल्पविकसित देश 1 संसदीय व्यवस्था यस्तो खोक्रो देखावटी यन्त्र भइसक्यो कि यदि उसले जहाँ राष्टिय पूँजीपति वर्गको विकाससमेत भएको छैन, गर्न पनि दिइदैन त्यहाँ 1 सामन्तवाद, विस्तारवाद र साम्राज्यवादको वकालत गर्छ भने यहाँ जस्तो 1 बंखार ज्यानमारा, तस्कर, नामी, गुण्डा जितेर गएका छन् भने अर्कोतिर भर्खरै मानिसलाई पनि जिताएर पठाउन सकिँदोरहेछ । त्यसैले यहाँ एकातिर हत्यारा भान्छाबाट निस्केका, घाँस, दाउरा गरेर बसेका राजनीतिप्रति कुनै चासो नराखेका सिर्फ गहिणी भएर जीवन बिताएका विधवाहरू पनि जितेर आएका छन् । तसर्थ, यस व्यवस्थाबाट महिलाहरूले केही पाउलान् भन्न त प्रुषले बच्चा पाउँछन् भन्न बराबर हुन्छ ।

वास्तवमा त्यही राजनीतिले मात्र महिलाहरूको समस्याको गाँठो फुकाउँछ जसले आमूल परिवर्तनको वकालत गर्दछ । महिला शोषणको जड व्यक्तिगत सम्पत्ति हो । साम्यवाद नै यस्तो व्यवस्था हो जसले वर्गलाई नष्ट गर्दछ व्यक्तिगत सम्पत्तिलाई नष्ट गरेर सामूहिक प्रणालीमा समाजलाई लम्काउँछ । अहिले जनयुद्ध जसको माध्यमबाट आमूल परिवर्तनकारी राजनीति नौलो जनवाद प्राप्तिको लागि लड्दैछ, त्यहाँभित्रको महिला र पुरुषको सम्बन्धलाई बुझ्नु जरुरी छ । जनयुद्धमा होमिएका महिला पुरुष जसले आ-आफ्ना सम्पत्ति छोडेर आन्दोलनमा होमिएका छन्, तिनीहरूबीचको विवाह अब धनसम्पत्ति, जातभात, रंगरूपको आधारमा नभएर नयाँ समाज बनाउने सर्वहारा दृष्टिकोणको आधारमा हुँदैछ । त्यहाँ लोग्ने र स्वास्नी दुवै पार्टीले खटाएको आ-आफ्‌ना ठाउँमा काम गर्दै हिंडेका छन् । साथै हिजो जनयुद्ध अगाडि आफ्नो लाग्नेलाई पूर्णकालीन राजनीतिमा पठाएर आफू घर-गृहस्थी सम्हाल्दै आएका विवाहिता महिलाहरू आज जनयुद्धपश्चात् लोग्नेहरूसित पूर्णकालीन कार्यकर्ता भएर हिंड्दै छन् । यसरी घरको चार दिवारबाट निस्केका महिला योद्धाहरू जसले व्यक्तिगत सम्पत्ति हात धोएर आएका छन् । तिनीहरूलाई राजनीतिक नेतृत्व प्रदान गर्ने वातावरण यो जनयुद्धले तयार पारिदिएको छ ।

– जनएकता, २०५६ असार २१

Leave a Reply

Your email address will not be published. Required fields are marked *