Posted on

बबिता बस्नेतद्वारा लेखिएको ‘हिसिला यमिसँग केही प्रश्न (नेपाली पत्र, १३ मंसिर २०५४।’ प्रति मेरो ध्यानाकर्षण भएको छ । जनादेश (१०, मंसिर २०५४) मा मैले लेखेको क्रान्तिकारी विकल्प लेखमा केही अंशमा उहाँले टिप्पणी गर्नभएकोले त्यसको प्रत्युत्तर दिने जमर्को गर्दैछु ।

सर्वप्रथम प्रेमसम्बन्धी कुरा गरौं । बबिताजीले माओवादी युवायुवतीहरूमा हने प्रेम र विवाहबारे अति आपत्ति जनाएको जस्तो लाग्यो । बबिताजीको र मेरो पनि प्रेम विवाह भएको हो । त्यो पनि सँगै काम गर्ने दौरानमा र एउटै पेसामा लागेको व्यक्तिसित । जहाँसम्म ग्रामीण अशिक्षित केटाकेटीहरूबीचमा प्रेम हनुमा अपरिपक्वता, काँचोपना बबिताजीले देख्नु हुन्छ त्यो त हाम्रै देशको जातीय र सांस्कृतिक बनौटले पनि खण्डन गरेको छ। कारण, यहां हिन्दू आर्य जातका बाहेक अन्य जातिहरूमा जस्तै थारू, मगर, गुरुङ, लिम्बू आदिमा प्रेम विवाह नै बढी प्रचलित छ । तसर्थ प्रेम विवाहलाई छाडा अर्थमा हेर्ने व्यक्तिहरू प्रायः कट्टर आर्य, हिन्दू र तीमध्ये पनि ब्राह्मणहरू हुन्छन् । तसर्थ यो बुझ्‌नु गलत हो कि शिक्षा हासिल गरेका, डिग्री हासिल गरेका युवायुवतीबीच हुने प्रेम विवाह निश्चित रूपमा परिपक्व र जिम्मेवार हुन्छ भन्न सकिन्छ ।

जहाँसम्म जनयुद्धमा लागेका युवायुवतीहरूको बीचको प्रेम र विवाहको सवाल छ के एउटै लक्ष्य, उद्देश्य र काममा लागेकाहरूको बीचमा हुने प्रेम, प्रेम हुन सक्दैन ? बबिताजीले जसरी आफ्‌नो पत्रकार जगत्‌मा एउटा प्रेमी पाउनुभयो, के त्यही नियम, सुविधा माओवादी योद्धाहरूले, नपाउनू ? माओवादी आन्दोलनमा लागेका यी युवायुवतीहरूको लागि युद्ध कुनै भोजभतेर नभएर एउटा गम्भीर चुनौतीपूर्ण सामाजिक जिम्मेवारी हो । त्यसैले तिनीहरूबीचमा हुने प्रेम र विवाह कुनै फिल्मी बगैंचामा नाच्दानाच्दै हुने क्षणिक आवेगपूर्ण प्रेम सम्बन्ध होइन भन्ने प्रस्टै छैन र ?

 

जहाँसम्म पश्चिमी क्षेत्रमा एउटा माओवादी महिलाले प्रेमको नयाँ परिभाषा स्थापित गरेको सवाल छ त्यसमा बबिताजीले आपत्ति उठाउनुभएको छ । एकजना माओवादी लोग्ने जेलमा परेपछि कांग्रेसी सदस्यता लिए मात्र छुट्ने खबर उनकी श्रीमतीले पाइछिन् । के त्यसबेला उनकी श्रीमतीले आफ्‌नो प्रेमको परिभाषा पुनः आफ्‌नो लोग्नेसित राख्न नपाउने ? अर्थात् के उनले आफ्‌नो लोग्नेको विचारमा विचलन आएमा आफ्‌नो नाता सम्बन्ध तोड्न सक्ने सम्भावनाको बोध गर्न नपाउने ? मानौं यस्तो परिस्थिति बबिताजीलाई नै पर्न गयो रे, बबिताजीको श्रीमान् पनि पत्रकार हुनुहुन्छ तर उहाँलाई विदेश गएको बेलामा गिरफ्तार गरेर विदेशी एजेन्ट बनेमात्र छोडिदिने सर्त राखियो भने के उहाँ जस्तो स्वाभिमानी, पढे लेखेकी, परिपक्व, पत्रकार हात बाँधेर बस्न उचित होला ? यहाँ स्वेच्छाले आस्था परिवर्तन गर्न पाउने नभएर एउटा बन्दीलाई धम्की देखाएर जबर्जस्ती आस्था परिवर्तन गराउने दुस्प्रयासको कुरा छ ।

 पूर्वी क्षेत्रमा एउटा माओवादी कमरेडकी दुईवटी स्वास्नीको प्रश्न बबिताजीले उठाउनुभएको छ । ती कमरेड जसको बहुविवाह भएको छ त्यो बाल्यकाल र कम्युनिस्ट हुन् पूर्वको घटना हो । जहाँसम्म बहविवाहको प्रश्न छ यो त हामीले पनि सख्त विरोध गर्नपर्व र त्यस्तो विवाह गर्नेहरूलाई माओवादी पार्टीले सख्त कारबाही पनि त गरेका छन्। हालै चितवनमा एउटा माओवादी सदस्यले एउटी श्रीमती वा अर्को राखेको कुरा लिएर त्यहाँका स्थानीय महिलाहरू र अनेम संघ (का) का महिलाहरू मिलेर सामुहिक सजाय दिएको पत्रपत्रिकामा आइसकेको कमरेडकी दुई श्रीमतीहरू जनयुद्ध अगाडि एकआपसमा मिल्दैन थिए सशंकित बविताजीले पडिसक्नपर्ने हो। यो सत्य हो कि पूर्वी क्षेत्रका ती माओवादी पुरानो दाम्पत्य सम्बन्ध र आपसी रिस डाहाको स्थितिको अन्त्य गरिदिएको छ र भरसक सहायता पनि गर्न थाले । यस पछाडिको मुख्य कारण हो जनयुदले थिए तर लोग्ने भूमिगत भएपछि तिनीहरू मिल्न थाले र माओवादी आन्दोलनमा जहाँसम्म माओवादीले बलात्कारीलाई सजाय नदिएको, महिलाहरूमाथि हुने महिलाहरूमा छुट्टै वर्गीय आधारमा सम्बन्ध स्थापित गराएको छ । 

जहाँसम्म मवोअवदिले बलत्कारीलाई सजए नदिएको, महिलहरु माथि हुने हिंसालाई रोकथाम गर्न नसकेको भन्ने बविताजीको प्रश्न छ त्यो त उहा माओवादी प्रभावित क्षेत्रमा गएर त्यहाँका महिला पुरुषहरूको बारे बुझनु जरुरी छ । रुकुम रोल्पामा माओवादी पार्टी सवभन्दा पहिले स्थापित हुन् पछाडिको कारणमध्ये एउटा महत्त्वपर्ण कारण हो त्यहाँका मगर महिलाहरू पुरुषहरूको रक्सी जाँड खाने बानीले गर्दा धेरै कुटपिट र अशान्तिका सिकार हुन पुगेका थिए। विरुद्ध आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाइदिए । परिणामस्वरूप आज माओवादीहरूले त्यहाँ आफ्ना अन्य कार्यक्रमका साथसाथै रक्सी-जुवातासको त्यहाँका महिलाहरू आफ्नो घरभित्र इज्जतसाथ शान्त भएर बस्न पाएका छन्, उता पुरुषहरूले ज्वातास, रक्सी खान छोडेका छन् । बलात्कारीलाई कारबाही गरेका खबरहरू पनि पत्रपत्रिकामा आइनै रहेका छन् । एउटा उल्लेखनीय घटनामा महिलाहरूको मात्र गुरिल्ला दस्ताले नामुद सामन्त बलात्कारीलाई वारम्बार चेताउनी दिंदा पनि आफ्‌नो कुकार्य गर्दै गएकोले उसलाई मारिदिएका छन्। त्यस्तै घटना मध्यक्षेत्रमा एउटा कांग्रेसी समर्थक शिक्षकले त्यहाँका स्थानीय महिलाहरूलाई विवाह गराइदिन्छु भनेर आफूले तिनीहरूलाई बलात्कार गर्दै आएका थिए । माओवादीहरूले जनताहरूको अगाडि जनताकै आवेदनअनुसार कान समात्न लगाएर उठबस गराएका छन् र माफी माग्न लगाएका छन् । यस्ता कारबाहीहरूले गर्दा पनि जनताको माओवादीप्रति विश्वास बढेको छ। तर बबिताजी र अरू बुद्धिजीवी महिलाहरू जो महिलामाथि हुने बलात्कार, बेश्यावृत्ति, एड्स रोग आदिको बारेमा ठूलाठूला गोष्ठी गर्ने गर्छन्, वक्तव्य दिने गर्छन् तिनीहरू किन माओवादी समर्थक महिलाहरूलाई पुलिस सेनाले बलात्कार गरेर मार्दा पनि मूकदर्शक भएर बसिरहेका छन् ? किन कमला भट्टलाई, कमान्डो फोर्सले बलात्कार गरी मार्दा, देवी खड्कालाई पासविक बलात्कार गर्दा उहाँहरू केही बोल्नु हुन्न ? यहीं आएर लिङ्गीय दृष्टिकोण कति खोक्रो रहेछ भनेर बुझ्न मद्दत पुग्छ । वास्तवमा उहाँहरूले स्वीकार्नस नस्वीकार्नस महिलाहरू हुन् सर्वप्रथम वर्गमा पर्ने भएकोले गर्दा हुनेखाने वर्गका अंगरक्षक पुलिस सेनाबाट शोषित एउटा वर्गका प्रतिनिधि र त्यसपछि मात्र महिलाहरू हुन् अर्थात् उहाँहरू हुने खाने महिलाहरूमाथि गरिने बलात्कार-यातनालाई विरोध गर्न गर्न चाहनु हुन्न । तसर्थ यहाँ लिङ्गीय शोषणभन्दा वर्गीय शाषणको सवाल महत्त्वपूर्ण हुन जान्छ । तर यस्ती हँदाहुँदै पनि विवेकशील बद्धिजीवी चाहे तिनीहरू शोषित वर्गमा किन नपरुन् तिनीहरूले बेलाबखत यस्तो नरसंहारको विरोध गर्ने गर्दछन् । तसर्थ बबिताजी एउटी स्थापित पत्रकार भएकोले गर्दा माओवादी र समर्थक महिलाहरूमाथि जुन किसिमले राज्यसत्ताबाट नियोजित यातना र बलात्कार गरिराखेको छ, त्यसलाई विरोध गर्न जमर्को गर्नुपर्दछ ।

जहाँसम्म माओवादीले मान्छे मारे, कतिलाई टुहुरो पारे, कतिको सिन्दुर पुछे भन्ने कुरा छ यो कति तथ्यपूर्ण छ त्यो त विभिन्न मानव अधिकारवादी संस्थाहरूद्वारा निकालिएको तथ्यांकबाट पनि थाहा हुन्छ । अर्थात् राज्यसत्ताले माओवादी भएको शंकामा मारेका जनताको संख्याका तुलनामा माओवादीहरूले मारेको संख्या धेरै कम छ । फेरि बबिताजी आफै पत्रकार भएकोले गर्दा यहाँलाई थाहा नै हुनुपर्दछ । अहिले नेपालमा गृहयुद्धको अवस्था छ । युद्धमा दुवै पक्षका बालबालिकाहरू टुहुरो भएका छन्, महिलाहरूका सिन्दुर पुछिएका छन् । फरक यति मात्र हो कि राज्यसत्ताले धेरै मात्रामा गैरजिम्मेवारीपूर्ण रूपमा जनता मार्दैछ, जबकि माओवादीहरूले स्थापित गुण्डा, सीडीओ, प्रतिक्रियावादी सामन्तीहरूलाई बारम्बार चेतावनी दिंदादिंदै पनि नमान्दा जनअदालतबाट कारबाही गर्ने गरेको छ।

नेपालका संवेदनशील बुद्धिजीवी महिलाहरूलाई माओवादी महिलाहरूको बारेमा जिज्ञासा हुनु स्वाभाविक हो । तर यो बुझ्‌नको लागि काठमाडौं सहरबाहिर गएर माओवादी प्रभावित क्षेत्रमा बुझ्न कोसिस गर्नुपर्दछ, माओवादी आन्दोलनलाई वर्गीय दृष्टिकोणबाट हेर्न सक्नुपर्दछ ।

जनआ‌ह्वान, २०५५ जेठ ८

Leave a Reply

Your email address will not be published. Required fields are marked *