नैतिकताको प्रश्न उठाउँदा प्रायः दईवटा कुरा अगाडि आइहाल्छन कि त त्यो आर्थिक हिसाब-किताबको गडबडीले गर्दा उठाइन्छ कि त पुरुष-महिलाबीचको पुरुष-महिलाबीचको सम्बन्धको अनैतिक यौन अर्थात् परिवार, प्रेम, नैतिकताको अनैतिक यौन सम्बन्धले गर्दा उठाइन्छ । तर यस लेखमा नैतिकताको प्रश्नलाई सवालमा सीमित राखेर हेर्न खोजिएको छ ।
हाम्रो देश अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा भएकोले साँस्कृतिक रूपमा यसको छाप धेरै प्रवत्तिहरूमा देखापरेको हामी पाउँछौं । यो विशेषतः नैतिकताको प्रश्नमा छ । ग्रामीण क्षेत्रहरूमा जहाँ सामन्तवादले गढ जमाएको छ त्यहाँ प्रायः रूढिवादी संरचनाले पुरुष-महिलाबीचमा स्वाभाविक किसिमले उठने प्रेम, माया, ममतालाई परै छिःछिः र दूर दूर गरेको पाइन्छ । यसले गर्दा अन्तर्जातीय विवाह, अन्तरवर्गीय प्रेम-विवाहलाई पूरै वञ्चित गरेको देखिन्छ । सहरी क्षेत्रमा भने साम्राज्यवादी उपभोक्ता संस्कृतिले प्रेम, माया-ममतालाई विकृत गरेर यसलाई किनमेल वस्तुको रूपमा झारेर महिला र पुरुषबीचको सम्बन्धलाई नै पूरै विकृत गरेको पाइन्छ । यसले गर्दा नैतिकताको प्रश्न समाजमा झन् जटिल हुँदै गइरहेको छ । कम्युनिस्ट आन्दोलनमा पनि यसले कम असर पारेको छैन । बुर्जुवा वर्गले यो समस्या आफ्नै शोषणयुक्त संरचनाअन्तर्गत समाधान गर्न खोज्छ भने सच्चा कम्युनिस्टले यसलाई शोषण रहित साम्यवादी संरचनाको आधारमा समाधान गर्न खोज्छ । यसले गर्दा सिद्धान्ततः महिला र पुरुषबीचमा एकनिष्ठताको आधारमा विवाह हुनुपर्ने ठाउँमा बुर्जुवाहरूको समाजमा र अझ सामन्ती समाजमा व्यवहारतः एकनिष्ठता महिलावर्ग (शोषित वर्ग) लाई मात्र लागू हुन जान्छ । जबकि पुरुष वर्गले बहुनिष्ठताको सुविधा पाइरहेको हुन्छ । यसको ठीकविपरीत कम्युनिस्ट सिद्धान्तले महिला र पुरुषबीचको एकनिष्ठताको सिद्धान्त समान रूपमा पुरुष र महिला दुवै वर्गमा लागू हुनुपर्दछ । तसर्थ यस सिद्धान्तले त्यही आधारमा व्यवहार गर्न लगाउँछ यदि त्यस अनुरूप व्यवहारमा लागू नभएमा त्यसलाई गम्भीर रूपमा लिएर गल्ती गर्नेलाई सजायसम्म दिनपुग्छ । तर पनि नैतिकताको प्रश्न कम्युनिस्टहरूको लागि जटिल नै रहिरहेको छ । खुसीको कुरा केमा छ भने जनयुद्धको थालनीपछि यो जटिलताको गाँठो फुक्न थालेको छ । अब यो पनि त्यो पनि भन्ने ठाउँमा यो अथवा त्यो सम्बन्धले स्थान व्यवहारतः लिन थालेको छ। अर्थात् पुरुष-महिलाबीचको सम्बन्धमा द्वैधता जुन नैतिक-भूमिगत (गोप्य) रूपमा देखा पर्दथ्यो अब त्यो नियम स्पष्ट रूपमा पुरुष-महिला दुवैमा लाग्न थालेको छ । अर्थात् जसले नयाँ सम्बन्ध कायम गर्न पाउँदैन । यसरी दुवै लोग्ने-स्वास्नीले नयाँ सम्बन्ध राख्न खोजेमा दुवैले आ-आफ्ना पुराना सम्बन्ध त्याग्नुपर्ने हुन्छ ।
जनयुद्धअघि नैतिकताको प्रश्न
पहिला पहिला शान्तिपूर्ण संघर्षमा कम्युनिस्ट पार्टीभित्र नैतिकतासम्बन्धी अनेकौं जटिल समस्याहरू आउने गर्दथे । फलाना कामरेडले घरमा आफ्नो श्रीमती हुँदाहुँदै कान्छी श्रीमती भित्र्याए । फलाना कमरेडले महिला कमरेडमाथि दुर्व्यवहार गर्न खोजे। फलानाको चरित्र ठीक छैन आदि-आदि। पार्टीले अनुशास उल्लंघन गर्नेमाथि कारबाही गर्दागर्दै पनि समस्याको गाँठो फुक्न पाउँदैन थियो शान्तिको अवस्थामा अन्ततः अनैतिक व्यक्ति विशेषतः परुषले आफनो बल मिचेरै गएको देखिन्थ्यो। फलस्वरूप एउटा कमरेडका दई तीनवटी श्रीमती ज जड्याहा कमरेडले आफनो बानी कायमै राख्दथे । उता महिला कमरेड प पनि तिनीहरूलाई छोड्न सक्दैनथे । तसर्थ एउटा खुट्टा जनक्रान्तिमा हुन्थ्यो भने कामरेडहरूले आफ्ना श्रीमतीहरू जनक्रान्तिका लागि अवरोध रहन जाँदाजा नक्कली छाडा भए पनि केही गर्न सकिन्न थियो । कतिपय अवस्थामा लाग्दालाग्दै पनि आफ्ना प्रतिक्रियावादी विचारधारा बोकेका अर्थात् जंड्याहा अर्को खुट्टा घर दैलोमा बाँडिन्थ्यो । त्यस्तै कतिपय महिला कमरेडहरू जनक्रान्तिमा बढ्न सक्थ्यो न कम्युनिस्टको मान्यताअनुसार नैतिकता कायम हुन सक्यो। लोग्नेलाई छाड्न सक्दैन थिए । यसले गर्दा न जनक्रान्ति सशक्त रूपमा अगाडि यसरी समस्या अधुरो नै रहन्थ्यो र यसको सिकार प्रायः महिलाहरू हनुपर्दथ्यो तर केही हदसम्म पुरुषहरूले पनि यो समस्या भोग्नुपर्दथ्यो ।
जनयुद्ध र नैतिकताको प्रश्न
वास्तवमा नैतिकतासम्बन्धी सिद्धान्त स्पष्ट नभएको अवस्थामा जनयुद्धमा धेरै दर्घटनाहरू हुन सक्दछन् । बारुदले ढलाउन नसक्ने वीर योद्धाहरूलाई यौनको तप्तिले ढलाउन प्रोको इतिहास साक्षी छ । यौन प्रेम भनेको यस्तो सशक्त शक्ति हो, यसलाई संवेगमा मात्र छोडिदियो भने यसले कत्रा कत्रा दर्घटनाहरू ल्याउन सक्ला भनेर अनुमान नै गर्न सकिन्न । तसर्थ यसलाई विवेक लगाएर नियन्त्रण गर्नुपर्दछ र यो शक्तिलाई जनयुद्धमा चाहिने प्रतिबद्धता, एकाग्रता, लगनशीलतामा रूपान्तर गर्न सिक्नुपर्दछ । निश्चित रूपमा पनि कम्युनिस्टहरूले यौन प्रेमलाई एउटा महत्त्वपूर्ण अंग मान्दछन् । दुई प्राणीबीचको सम्बन्ध योभन्दा अरू के हुन सक्छ ? तर यहाँनिर बुझ्नुपर्ने के छ भने यी दुई प्राणीमात्र नभएर ती विवेक बोकेका मानिसहरू हुन् । तसर्थ तिनीहरूले आ-आफ्ना संवेगलाई विवेकले डोऱ्याउन सिक्नुपर्दछ । त्यसमाथि तिनीहरू कम्युनिस्ट सिद्धान्त बोकेका मानिस हुन् । तीबीचमा सम्बन्ध स्पष्ट र खुला हुनुपर्दछ । दुवै पुरुष र महिलाबीचको सम्बन्ध एकनिष्ठताको आधारमा हुनुपर्दछ र त्यो समानताको आधारमा हुनुपर्दछ। यस किसिमको सम्बन्ध कायम गर्नु अर्थात् तोड्नु स्वतन्त्रताको साथसाथै संयम अपनाउनुपर्ने पनि त्यत्तिकै महत्त्वपूर्ण हुन जान्छ । अन्ततः वर्गयुद्धमा होमिएपनि महिला-पुरुषको सम्बन्ध पनि सर्वहारा वर्गीय हितको आधारमा हुनुपर्दछ। यी सब गुणले भरिपूर्ण भएको यौन सम्बन्धले जनक्रान्तिलाई कति सशक्त पार्दोरहेछ भने कुरा मार्क्सकी सहकर्मी जेनीको भनाइमा झल्किन्छ “प्रेमले मानिसलाई उत्साहित पार्दछ ।”
जसरी जनयुद्धले प्रत्येक क्षेत्रमा नयाँ मूल्य-मान्यता स्थापना गरेको छ त्यस्तै नैतिकताको सवालमा पनि यसले नयाँ मान्यता स्थापना गरेको छ । ध्वंस र निर्माणको द्वन्द्वात्मक सम्बन्धअनुसार यसले प्रेम, परिवारको सम्बन्धलाई न मान्यताको आधारमा निर्माण गर्न खोजेको छ अर्थात सर्वहारावर्गको हितको आधारमा निर्माण गर्ने र प्राना मान्यताको आधारमा बनेको अर्थात सर्वहारावर्ग हितविपरीत बनेको सम्बन्धलाई ध्वंस गर्नेमा प्रोत्साहन गरेको छ । तर यसको अर्थ संयम गुमाएर छाडा हुन् भनेको कदापि होइन । अझ युद्धकालमा त आवेगले भन्दा विवेकले बढी काम लिनपर्ने हुन्छ । तसर्थ आवेग ल्याउने सजना गर्नु भएन । अर्थात् ल्याउने भौतिक परिस्थिति सकभर बिनाकाम महिला-पुरुषलाई सँगसँगै धेरै समय शब्ने परिस्थिति बनाउनु हुन्न । अर्कोतिर कामकै दौरानमा यदि दुवै युवक-यवतीको भावनात्मक सम्बन्ध बढ्दै गएर प्रेममा परिणत हुनपुगेमा तिनीहरूलाई विवाह गर्न प्रोत्साहन दिनुपर्छ । त्यसबेला तिनीहरूको जात, वर्ग, रंग, भेद हेरिन् आधारमा छ कि छैन । अझ स्पष्ट भन्ने हो भने घरमा आफनो जीवनसाथी हुन्न । त्यसमा मुख्य हेर्ने हो त्यो सम्बन्ध दवै युवक-युवतीको प्रेम एकनिष्ठताको हृदाहुँदै अर्को गोप्य जीवनसाथी राख्नु हुन्न । लोग्ने स्वास्नीबीचको प्रेम, यौन सम्बन्धलाई नटुटाउनको लागि र साथै तिनीहरू जनयुद्धमा अझ उत्साहित भएर लागून् भनेर नै पार्टीले तिनीहरूलाई सकभर एउटै कार्यक्षेत्रतिर पठाउनेमा प्रोत्साहन गर्नुपर्दछ । यदि व्यावहारिक कारणले ती दईमध्ये एक घरमै बस्न परेमा पनि तिनीहरूलाई बेलाबखत भेट्ने सुविधा मिलाउनुपर्छ । युद्धको परिस्थितिले गर्दा कुनै अवस्थामा आफ्नो जीवन साथीसित धेरै लामो समयसम्म भेट्न नपाउन पनि सकिन्छ । त्यस्तो अवस्थामा आफूलाई संयम राख्न सिक्नुपर्दछ । यौन जीवनको भावनालाई जनयुद्धको भावनातिर मोड्नुपर्दछ । कथमकदाचित त्यस्तो गर्दागर्दै पनि यौन आकांक्षा-भावना आइरहन्छ भने त्यसलाई हस्तमैथुनबाट भए पनि आफ्नो यौन आकांक्षा निभाए हुन्छ । कारण विज्ञानले सावित गरिसकेको छ, एउटा सामान्य स्वस्थ शरीरमा यौनआकांक्षा बेलाबखत आउनु स्वाभाविक हो त्यो कुनै अपराध होइन । साथसाथै त्यस किसिमका यौन आकांक्षालाई हस्तमैथुनबाट सन्तुलन गर्नु पनि कुनै अपराध होइन । तर त्यही विज्ञानले यो पनि भनेको छ कि त्यस शक्तिलाई कुनै उपयोगीमूलक काममा रूपान्तरण गर्न सकिन्छ। यसरी जोसमा होस हराउनेबाट मुक्त हुन सकिन्छ । यो कुरा विवाहित कमरेडहरूमा लागू हुन जान्छ किनभने त्यस किसिमको दुर्घटनाले घरको परिवारलाई मात्र असर नगरेर ‘नयाँ’ जीवन साथीलाई पनि असर पारेको हुन्छ । यसले अन्ततः जनतामा र पार्टीमा पनि असर पारेको हुन्छ ।
वास्तवमा यौन प्रेम भनेको पुरुष-महिलाबीचको भावनात्मक सम्बन्धको उच्चतम अभिव्यक्ति हो । तसर्थ यसलाई कदापि दुईबाट तीन वा त्योभन्दा अझ बढी संख्याबीच विभाजन गर्न सकिन्न । जहाँ एउटा व्यक्तिले दुई व्यक्तिहरूबीच माया-ममता र प्रेममा बाँड्न खोज्छ त्यहाँ सधैं एउटाको हुन जान्छ, अनि त्यस सम्बन्धलाई कायम गर्नको लागि अर्थात् लुकाउनको लागि ढाँट्ने, छल्ने काम सुरु हुन्छ, त्यसले अन्ततः राजनीतिमा पनि अवसरवाद, मनोगतवाद फैलाउन थाल्दछ । यौन-प्रेम परिवारसम्बन्धी स्पष्ट धारणा नभएपछि पार्टीभित्र पनि अनावश्यक रूपमा यस विषयमा छलफल, अन्तरक्रिया चलाएर युद्धको ध्यानबाट अन्तै पनि जब यौन-प्रेमका कुराहरू हावी हुन थाले तब लेनिनले त्यस्ता व्यक्तिहरूमाथि ध्यानाकर्षण गर्न पुगिन्छ । यहाँनिर हामीले के याद गर्नुपर्दछ भने रुसी क्रान्तिमा इंगित गर्दै भन्नुभएको थियो- “यौन तप्ति भनेको पानीको प्यास जस्तो सहज कुरा होइन, यसबेला त सबैको ध्यानको केन्द्र युद्धमा चाहिने आत्म बलिदान, त्याग र तपस्यातिर केन्द्रित हुनुपर्दछ ।”
हाल देशमा चलिरहेको जनयुद्धले नैतिकतासम्बन्धी अर्को आयाम थपिदिएको छ । त्यो हो अब पारपाचुके र नयाँ सम्बन्धमा सरलीकरण । कतिपय अवस्थामा दाम्पत्य जीवनमा विचारमा अनमेल हुँदाहुँदै जीवन धानिदै गएको देखिन्थ्यो । श्रीमानले आफनी श्रीमतीको जनयद्धप्रति नकारात्मक धारणा राख्दाराख्दै पनि व्यावहारिक कारणले श्रीमतीलाई छोडन नसक्न् एउटा खुट्टा जनआन्दोलनमा र अर्को खुट्टा घरपरिवारमा अर्थात श्रीमतीको अधीनमा हने गर्दथ्यो यसले गर्दा न श्रीमतीसित उनको भावनात्मक सम्बन्ध बन्न जान्थ्यो । त्यस्तै कतिपय अवस्थामा तिनले आफनो ध्यान पुरै किसिमले पार्टीमा लगाउन पाउँथे न आफ्नी महिला कमरेडहरूले आफनो ध्यान पार्टी जनक्रान्तितिर लगाउँदा लगाउदै आफनो जंड्याहा श्रीमान अर्थात प्रतिक्रियावादी चिन्तन बोकेका लोग्ने छोडन सक्दैन थिए । जनयद्धले यस्तो वैध अन्तरविरोधलाई हल गराउनमा मद्दत पुऱ्याएको देखिन्छ । अबको स्थिति भनेको कि वार कि पारको स्थिति हो । अबको नयाँ स्थितिमा तिनीहरूले नयाँ-नयाँ सम्बन्ध विकास गरेका हुन्छन् पार्टीले पनि के हेर्ल भने यदि कुनै कमरेडको आफ्नो पुरानो वैवाहिक सम्बन्ध सर्वहारावर्गको हित विपरीत छ भने त्यसलाई सम्बन्ध विच्छेदको स्वीकृति दिन्छ र हुनेवाला नयाँ सम्बन्ध सर्वहारावर्गको हितमा छ भने त्यस नयाँ सम्बन्धलाई वैधानिकता दिन्छ र दिनु पनि पर्दछ ।
उपसंहार
प्रेम-यौन परिवारसम्बन्धी प्रश्नलाई बुर्जुवाहरूले खण्ड-खण्ड रूपमा हेरेर, चाहिनेभन्दा बढी ध्यानाकर्षण गरिराखेका हुन्छन् भने कम्युनिस्टहरूले यसलाई समग्र रूपमा हेर्दछन् र त्यहीअनुसार महत्त्व दिन्छन् । अझ जनयुद्ध हाँक्ने क्रान्तिकारी कम्युनिस्टहरूले प्रेम, यौन, परिवारलाई युद्धको सेरोफेरोमा हेरेका हुन्छन् । प्रेममा एकनिष्ठता हुनुपर्ने छलछाम नहुनुपर्ने, संयम हुनुपर्ने त बुजुर्वाहरूले पनि भन्ने गर्दछन् । केही हदसम्म उदार धर्मावलम्बीहरूले पनि भन्छन् तर क्रान्तिकारीहरूको लागि एउटा महत्त्वपूर्ण प्रश्न जहिले पनि अधि आएको हुन्छ। त्यो हो, केको लागि ? के दुई पुरुष महिलाबीचमा भावनात्मक विवेक र संवेगको सन्तुलन भएको सम्बन्ध नै अन्तिम लक्ष्य हो त ? कदापि होइन । शोषणको जडलाई उखाल्ने प्रणरत भएको पार्टीको लागि महिला-पुरुषबीचको सन्तुलन सम्बन्ध भनेको त्यही शोषण रहित समाज प्राप्तिको लागि लक्षित हुनुपर्दछ । तसर्थ महिला-पुरुषबीचको प्रेम र यौन सम्बन्धले सर्वहारावर्गको हितमा फाइदा पुर्याउँछ वा पुऱ्याउँदैन ? यही आधारमा मात्र कम्युनिस्ट पार्टीत कसैलाई सम्बन्ध विच्छेद र कसैलाई नयाँ सम्बन्धको लागि स्वीकृति दिने कसैलाई चेतावनी दिने त कसैलाई संयमित हुने सल्लाह दिन्छ । त्यहीअनुसार कारबाही गर्दछ र गर्नुपर्दछ ।
जनादेश, २०५४ वैशाख ३