Posted on

‘आधार इलाका निर्माण र महिला मक्ति’ बारे कुरा गर्दा सर्वप्रथम यो बझन जरुरी हुन्छ आधार इलाका भनेको के हो र योसित महिलामुक्तिको प्रश्न कसरी जोडिएको हुन्छ ?

जसरी प्रत्येक क्रान्तिको आधारभूत प्रश्न राज्यसत्ताको प्रश्नसित जोडिएको जोडिएको हुन्छ । तसर्थ नेपालमा जनयुद्ध थालनी भएको झण्डै तीनवर्ष पछि हुन्छ ठीक त्यस्तै प्रत्येक जनयुद्धको आधारभूत प्रश्न आधार इलाकाको प्रश्नसित उठाएको आधार इलाका निर्माणको प्रश्न अत्यन्त महत्वपर्ण प्रश्न हो । सरल रूपमा भन्नुपर्दा आधार इलाका भनेको युद्धको मैदानमा टेक्ने रणनैतिक स्थान नौलो जनवादी सत्ता हो, यो जति बलियो विकसित, फराकिलो र स्थायी हुन्छ हो । यो श्वेत सत्ताभित्रको लाल सत्ता हो. संसदीय राजतन्त्र सत्ताभित्रको गणतन्त्र त्यति नै नौलो जनवादी क्रान्तिको विजयको द्योतक हुन्छ । त्यहाँ यद्यपि ध्वस्त निर्माणका प्रक्रिया हुन्छन् तर मूलतः त्यहाँ निर्माणको बाहुल्य हुन्छ । तसर्थ त्यहां जनसत्ता पनि तुलनात्मक रूपमा स्थायी पूर्ण र खुल्ला वा अर्थ खुल्ला प्रकारको हुन्छ । आधार इलाकामा जनसत्ताको मध्यमबाट सैनिक क्षेत्र, राजनैतिक क्षेत्र आर्थिक क्षेत्र र सामाजिक, साँस्कृतिक क्षेत्रका कामहरू हुन्छन् । तसर्थ आधार इलाका भनेको जनयुद्ध हाँक्ने माओवादी पार्टीको लागि आफ्‌नो सिद्धान्त, नीति, कार्यक्रमलाई व्यवहारमा उतार्ने र त्यसबाट सिक्ने थलो हो । यहींनिर महिला मुक्तिको प्रश्न कसरी आधार इलाका सत्ता संचालनसित जोडिएको हुन्छ त्यो बुझ्नु जरुरी छ । तर यो बुझ्नु अगाडि यो जान्नु जरुरी हुन्छ कि महिलाहरूको शोषणको जरो कहाँ-कहाँनिर छ र ती गाँठाहरू कसरी आधार इलाकामा फुकालिन्छन् । जनयुद्धमा इलाका निर्माण गर्ने सिद्धान्तअनुसार आधार इलाका प्रायशः अन्तरविरोध सबभन्दा तीव्र भएका पिछडिएका गाउँले इलाकाहरूमा शुर हुने भएकाले गर्दा त्यहाँ स्वभावतः सामन्ती शोषण चर्को हुन्छ । अर्थात् वर्गीय शोषणको साथ-साथै लिंगीय शोषण पनि चरम सीमामा हुन्छ । जसले गर्दा आधार इलाकामा कायापलट अर्थात् आमूल परिवर्तनका लागि सबभन्दा पहिलो लक्षित समूह नै त्यहाँका शोषित-पीडित जनता हुन्छन् जसमा अधिकांश महिला वर्ग पर्दछन् ।

पैतृक सम्पत्तिमाथि समान अधिकारको प्रश्न : वास्तवमा हालको पुरुषप्रधान सरचनामा पुरुषको ‘आधार इलाका’ भनेको नै वर्तमान परिवार संरचना हो, जहां पैतृक सम्पत्तिमाथि उसको निः शर्त अधिकार हुन्छ । त्यही आधार इलाकाको बलमा उसले परिवारभित्रको राज्यसत्ता जमाएर बसेको हुन्छ । त्यसैले गर्दा परिवारमा पुरुष परिवारको मालिक बनेको छ भने महिला दासी भएर बस्न बाध् हन्छे । पुरुष प्रधान संरचनाअन्तर्गतको परिवार वास्तवमा महिलावर्गको लागि सुरक्षाको केन्द्रविन्दु नभएर दमनको केन्द्रविन्दु भएको छ ।

 अब बन्ने आधार इलाकामा नोलौजनवादी राज्यसत्ताको अभ्यास हन्छ जहां एकातिर आम किसानको लागि ‘जसको जोत उसको पोत’ को आधारमा क्रान्तिकारी भूमिसुधार लागू गरिन्छ भने अर्कोतिर आम महिलावर्गको लागि पैतृक सम्पत्तिमाथि समान अधिकार लागू हुन्छ । यसरी जमीनको सम्पत्तिको सामन्ती महिलाले अब पुरुषसरह आफ्नो परिवारभित्र आधार इलाका जमाउन पाउने छिन सम्बन्धलाई लोडेर समाजवादीउन्मख पंजीवादको आधार तयार पारिदिन्छ । यसरी पसले गर्दा उनको आफनो अस्मिता मर्यादा कायम गर्ने आधार बन्नेछ। तसर्थ तक सम्पत्तिमाथि समान हक प्राप्त गरिसकेपछि महिलावर्गको परिवारभित्र हुने नभइकन स्वेच्छाले विवाह गर्न पाउँछिन । असमान, शोषणयुक्त वैवाहिक अनेकौ शोषणको गाँठो फुक्न थाल्दछन् । यसले गर्दा अब उनले कसैको दबावमा सम्बन्धलाई सम्बन्ध बिच्छेद गर्न पाउँछिन् यसले गर्दा एकनिष्ट विवाहको सिद्धान्त पुरुषमाथि पनि लाग्ने हुन्छ ।

गृह संचालनको प्रश्नः महिलावर्गको शोषणको दोस्रो गाँठो होः उनीहरूको प्रजननसम्बन्धी कामको बोझ । उनी प्रजननकर्ता भएकोले गर्दा बालबच्चा कर्काउने जिम्मा अन्ततः उनमा पर्न जान्छ यसले गर्दा गह संचालन गर्ने सम्पर्ण बोझ उनले नै सम्हालेकी हन्छिन् । यसले गर्दा उनी पुरुष सरह उत्पादन क्षेत्रमा निरंतर रूपमा लागिरहन सक्दिनन् । यसको असर उनको बजारमा कार्यक्षेत्रमा कम माग हन जान्छ र क्रयशक्तिमा पनि कमी हुनपुग्छ । जस्तो उनी स्वतः पुरुषभन्दा तल पर्न जान्छिन् । यसको हल गृह संचालन कार्यलाई सामूहिक गर्ने प्रावधान भएपछि मात्र हुन्छ । नौलो जनवादी सत्ताले उत्पादन प्रणालीलाई अझ विकसित व्यवस्थितगर्नको लागि जसरी सहकारी संस्थान खोलेको हुन्छ, त्यस्तै बाल बच्चाहरूको रेखदेखको लागि सामूहिक शिशु स्याहार केन्द्र, खाना बनाउन खाउनको लागि सकमूहिक मेसको व्यवस्था, लुगा धुनको लागि सामूहिक धोवी केन्द्रको व्यवस्था मिलाइदिन्छ । यसले गर्दा महिलाहरू घरभित्रका एकलकाँटे अनुत्पादक कार्यबाट छुट्टी पाउँछन् र तिनीहरूले पुरुषहरू सरह निर्धक्कसाथ उत्पादन क्षेत्रमा निरन्तर रूपमा लागिरहने अवसर पाउँछन् । उनहिरूको बढेको उत्पादन शक्तिले गर्दा तब तिनीहरूले पुरुषसरह समान कामको लागि समान ज्याला पाउँछन् ।

राज्यसत्तामा महिलावर्गको सहभागिताको प्रश्न: महिलाहरूको शोषणको सवभन्दा प्रमुख गाँठो हो वर्तमान राज्यसत्ताको पुरुषप्रधान संरचना शोषणयुक्त सरचना, जसले एकातिर सामन्ती संरचनालाई टेवा प्रऱ्याइराखेको छ भने अर्कोतिर साम्राज्यवाद, विस्तारवाद मौलाउन दिइराखेको छ । जनतालाई झुक्याउनको लागि त्र्याएको संसदीय व्यवस्थासमेत महिलाहरूको सहभागिता न्यूनतम मात्र छ र जति स्वान महिलाहरूलाई दिएको छ ती पनि अधिकारको आधारमा नभएर दया, मायाको आधारमा आरक्षित कोटाहरूमा सीमित पारिएको छ ।

यसको विपरीत नौलो जनवादी राज्यसत्ता सामन्तवाद विरोधी साम्राज्यवादी विस्तारवाद विरोधी संयुक्त राज्यसत्ता भएकोले गर्दा यसले एकातिर सामन्ती शोषणको आधार समाप्त गरिदिन्छ भने अर्कोतिर बिदेशीहरूले शोषण गर्ने माध्यम चंडालिदिन्छ । एकातिर महिलावर्गलाई पैतक सम्पत्तिमाथि समान अधिकार दिएर सत्ताको प्ररुषप्रधान संरचनालाई कमजोर पारिदिन्छ । अर्कोतिर सबै कार्यक्षेत्रमा महिलाहरूको सहभागिता र तिनीहरूको हकहित सुरक्षित गर्नको लागि नौलो प्रचित अनुपातमा निर्वाचित गरेर पठाउने प्रावधान तिनीहरूलाई लिंगीय आधारमा नभएर जनसेना, विभिन्न वर्ग र जातीय समूहका लागि राखिन्छ । छुट्याएको सीट र साधारण सीटबाट उचित अनुपातमा निर्वाचित गरेर पठाइन्छ । यहीनिर महिलाहरूको जनवर्गीय संगठनको औचित्य बुझ्न जरुरी हुन्छ । महिला संगठनको कार्य हो हरेक उत्पादन क्षेत्र, संगठनात्मक क्षेत्र राजनैतिक क्षेत्र, नीति निर्माण क्षेत्रमा महिलाहरूको सहभागिता बढाउनुका साथै तिनीहरूको हक, हित सुरक्षित गराउन, तिनीहरूका उत्पादन शक्ति बढाउन, रानैतिक चेतना बढाउन, शिक्षित बनाउने यो संगठन आफै निर्वाचनमा लिंगीय आधारमा चुनाव लड्दैन, बरु यसले आफ्ना सदस्यहरूलाई विभिन्न जनवर्गीय क्षेत्रको प्रतिनिधित्व गराएर चुनावमा भाग लिन पठाउँछ । साथै समाजमा आएका सामन्ती साम्रज्यवादी विक्तिहरूलाई जनअदालतको माध्यमबाट नङ्ग्याउने र अपराधीहरूलाई सजाय गर्ने वा सजग गर्ने आधार तयार पारिदिन्छ । यसरी आधार इलाका यस्तो ठाउँ हो जहाँ सौन्दर्य प्रतियोगिता हुँदैन । बरु त्यसको स्थानमा उत्पादनशक्तिको प्रतियोगिता हुन्छ । त्यहाँ परजीवी विदेशी एजेन्ट एन.जी.ओ.आई.एन.जी.ओ. हृदैन, बरु त्यसको ठाउँमा आत्मनिर्भर सहकारी संस्थाहरू हुन्छन् । त्यहाँ रक्सी, चुरोट, जुवातासको विज्ञापन हुँदैन बरु स्वास्थ्य, उपचार, शिक्षा, सामूहिक, प्रणालीका तरिकाहरूबारे विज्ञापन गरिन्छ । त्यहाँ सामन्ती संरचनालाई बलियो पार्ने पुरुष उत्पादन सम्बन्ध हुँदैन, त्यसको ठाउँमा राष्ट्रिय पूँजीवादी संरचनालाई बलियो बनाउनको लागि महिलावर्गलाई समेत् उत्पादन प्रणालीमा समाहित गर्नका लागि तिनीहरूलाई पनि सम्पत्तिको मालिक बनाइन्छ । त्यहाँ आम मेहनतकश जनतालाई मुट्ठीभर शोषकवर्गले आफ्‌नो अधिनायकत्व लाह्न पाउँदैन, बरु त्यसको उल्टो आम मेहनतकश जनतालाई जनवादी अधिकार दिइन्छ र अल्पसंख्यक शोषकवर्गमाथि अधिनायकत्व लादिन्छ ।

यसरी आधार इलाकामा महिलामुक्तिका आधारहरू अन्य आधारहरू संगसंगै जाडिएर आउँछ । तसर्थ यो यस्तो स्थान हो, जहाँ सिद्धान्तलाई व्यवहारमा परीक्षा गरिन्छ र व्यवहारबाट अझ उच्च सिद्धान्त जन्माउने गरिन्छ । तसर्थ यासलाई जोगाउनु सबै मेहनतकश जनताको काम हो । मेहनतकश शोषित महिलावर्गको लागि त यो कार्य अझ महत्वपूर्ण छ, किनकि यही आधार इलाकाको माध्यमबाट महिलाहरू दोहोरो शोषणबाट मुक्त हुने आधारशिला तयार हुन्छ ।

– जन आहवान, २०५५ साल २०

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *