Posted on

हालै ने.क.पा (माओवादी) पार्टीको चौथो विस्तारित बैठकले ‘आधारइलाका निर्माणको महान् दिशामा अघि बढौं ।’ भन्ने नारा अघिसारेको छ । वास्तवमा आधार इलाका निर्माण गर्न भनेको चानचुने कुरा होइन । कनै नयाँ चीज निर्माण गर्नको लागि कष्ट उठाउनै पर्दछ, रगत पसिना बगाउनै पर्दछ, मृत्यु र जीवनको संघारबाट ग्जिन नै पर्दछ । यो चीज शायद महिलागर्वलाई बुझाइरहनु आवश्यक छैन । कारण तिनीहरू उत्पादनको साथसाथै प्रजननकर्ता पनि हन् । तसर्थ बच्चा जन्माउँदाको पीडा. हर्ष र उल्लास तिनीहरूले प्रत्यक्ष भोगिसकेका हुन्छन् । त्यसैले त आधारइलाकाको निर्माण गर्दाको पीडा. हर्ष र उल्लास तिनीहरूले छिटोभन्दा छिटो आत्मसात् गर्न सक्छन् । माओवादी पार्टीले आधारइलाका निर्माण गर्न भनेको करीब करीब बच्चा जन्माउने अनमति जस्तै हो । यतिमात्र फरक हो, महिलाले बच्चा जन्माउँदा उनीले एक्लै कष्ट गर्नुपर्छ, बल गर्नुपर्छ, रगत र पसिना बगाउनुपर्दछ र मृत्यु र जीवनको धारमा उभिनुपर्दछ । अनि अन्तिम निर्णायक धक्का दिएपछि बच्चा जन्मिन्छ । यसरी कष्ट गरेर बल्ल उनीहरूले आफ्‌नो लोग्नेको सम्पत्तिको उत्तराधिकार जन्माएको ठहरिन्छ आफ्‌नो परिवारको अस्तित्व जोगाएको ठहरिन्छ ।

माओवादी पार्टीले पनि आधारइलाका निर्माण गर्दा अन्तिम, निर्णायक धक्का दिनै पर्दछ, प्रशवको पीडासित जुध्नैपर्दछ । फरक यति मात्र हो कि यस पार्टीले जनताको साथ लिएर सामूहिक कष्ट, बल, पसिना, रगत बगाउँछ। यसो गर्दा मात्र जनताले आधारइलाकाको निर्माणलाई माओवादी पार्टीको रणनैतिक उपलब्धि भएको भनेर ठहरिन्छ । त्यो उपलब्धि कुनै व्याक्तिगत सम्पत्ति नभएर, सामूहिक सम्पत्ति हुन्छ, सामूहिक भावनाको प्रतीक हुन्छ, सामूहिक भविष्य, आस्थाको प्रतीक हुन्छ अर्थात नौलो जनवादी सत्ताको प्रतीक हुन्छ ।

नौलो जनवादी सत्ताको बीउ माओवादी पार्टीले झण्डै तीन वर्षअघि यो धर्तिमा रोपेको थियो अब यसले मूर्त रूप लिन थालेको छ। उदाहरणको लागि महिलाको गर्भभित्रको भ्रूण समयको गति सँगसँगै विकास हुँदै गएर एउटा बच्चामा परिणत हुन जान्छ । एउटा सामान्य विन्दुबाट बच्चाले डल्लो आकार लिन पुग्छ, अनि त्यसबाट टाउको, जीउ, हात, खुट्टाको विकास हुँदाहुँदै अब्बा औलाहरू छट्टिन थाल्छन् । अनि गर्भभित्रै बच्चा नाच्न थाल्दछ उफ्रिन थाल्दछ । अनि परिपक्व भएपछि आमाको गर्भबाट निक्लिनको लागि छटपटाउन थाल्छ, खुट्टा, टाउको तन्काउन थाल्छ सल्टिन खोज्छ । ठीक त्यस्तै नेपालमा पनि कतिपय सत्तारिक्त भएका ठाउँहरूमा नयाँ सत्ताका भ्रूणहरू विकास हुँदै गएको देखिन्छ । अब ती सत्ताहरू सल्बलाउन थालेका छन्, हातखुट्टा तन्काउन थालेका छन् । जति जति ती सत्ताहरूले मर्त रूप लिदै जान्छन् त्यति त्यति तिनले माओवादी पाठी र त्यसलाई समर्थन गर्ने जनताबाट थप बल, साहस, कष्ट, बलिदान, रगत र पसिनाको माग गर्दै जान्छन् । अहिले आएर तिनीहरूले यसबाट अन्तिम  निर्णायक धक्काको माग गरिराखेको देखिन्छ आधारइलाकाको निर्माणको लागि।

 गर्भधारणको सम्पूर्ण अवधिमा प्रशवको पीडा सबभन्दा निर्णायक घडी हुन्छ। त्यसबेला आमा र जन्मनेवाला बच्चा दवे सरक्षित भयो भने त राम्रै भयो । तर आमा बाँचेर बच्चा मर्न पनि सक्छ अर्थात बच्चा जीवीत भएर आमा मर्न पनि तीन वर्षदेखि गर्भधारण गर्दै आएको सम्पूर्ण अवधिमा आधारइलाका निर्माण गर्ने सक्छिन् अर्थात् आमा र बच्चा दबै मर्न पनि सक्छन् । ठीक त्यस्तै विगत झण्डे अवधि सबभन्दा पीडादायक र निर्णायक अवस्था हुन्छ । आधारइलाका निर्माण गर्ने क्रममा जे पनि हुन सक्दछ बन्दै गएका आधारइलाकाका भ्रूणहरू नष्ट पनि हन ज्यानलाई बाजी राखेर भए पनि मृत्य र जीवनको अनिश्चिततालाई जितेर बच्चा सक्छन् । पार्टी र जनता ध्वस्त पनि हुन सक्दछन् । तर जसरी आमाले आफ्नो फेरि फेरि जन्माउने आँट गर्छिन त्यस्तै पार्टी र जनताले आफ्नो ज्यानलाई बाजी राखेर फेरि-फेरि आधारइलाका निर्माण गर्नतिर लाग्छन् ।

गर्भधारणको अर्को पक्ष होः यस संवेदनशील घडीसित जध्नको लागि घर परिवारमा पहिले नै चनाखो सतर्कता अपनाइन्छ । सीपयुक्त धाईलाई बोलाइन्छ पूरै परिवारलाई परिचालित गरेर, घरको अन्य सबै काम छोडेर सबै सदस्यहरू यही कममा केन्द्रित हुन्छन् । धाईको काम हुन्छ गर्भभित्रको बच्चा उल्टो भए त्यसलाई सुल्टाउनु । अर्थात् त्यसको आगमनलाई सरलीकरण गरिदिनु । बच्चा निस्कन लागेको बेला आमालाई अन्तिम बल गर्न लगाउनु । त्यतिले पनि पुगेन भने आफ्‌नो शीपयुक्त हातले बच्चा निकाल्नमा मद्दत पुर्याउनु ।

उता घरका अन्य सदस्यहरू यस संवेदनशील घडीमा बच्चा जन्मँदा चाहिने सामाग्रीहरू जुटाउने अर्थात् सुत्केरी जीउलाई चाहिने आगो, खाजा खजानाको बन्दोबस्त गर्नेतिर लाग्छन् । ठीक त्यस्तै माओवादी पार्टीले आधारइलाका निर्माण गर्दा आफ्‌नो नेतृत्वपङ्क्तिलाई निपुण र सक्षम बनाउँछ ता कि त्यसले एउटा कुशलधाईको काम गरोस् । यस संवेदनशील घडीसित जुध्नको लागि पार्टीले आफ्‌ना हरेक काम, हरेक तहका कार्यकर्ता जनतालाई परिचालित गरेर आधार इलाका निर्माण गर्नेतिर केन्द्रित गर्नुपर्दछ । कार्ल मार्क्सले एक ठाउँमा भन्नुभएको छ, बल भनेको इतिहासको धाई हो।’ अर्थात् प्रत्येक नयाँ इतिहासको निर्माणको निम्ति बलको आवश्यकता हुन्छ । तसर्थ नेपालमा पनि नौलो जनवाद समाजको नयाँ इतिहास निर्माण गर्नको लागि बलको आवश्यकता हुन्छ । नेपालको सन्दर्भमा धाईको निर्वाह नेकपा (माओवदी) पार्टीको नेतृत्व पंक्तिले गरिराखेको छ ।

वास्तवमा प्रशवको पीडा र आधारइलाका निर्माण गर्दाको पीडा भनेको युद्धमय हुनु बराबर हो । दुवै क्षेत्रमा ध्वंस र निर्माण, मृत्यु र जिन्दगी, अनिश्चितता र निश्चितता, जटिलता र सरलता, भूमिगत र खुल्ला, हर्ष र विष्मात चापर हलुंगो, आत्मसंघर्ष र अन्तरसंघर्षबाट चिरेरै जानुपर्दछ । यसरी युद्धको नियम दबैतिर लाग्दछ । जस्तै लेनिनले बारम्बार भन्नुभएको छ, युद्ध हाँकेपछि फर्कन हुँदैन, लागेपछि दृढ भएर, भएभरको शक्तिलाई केन्द्रित गरेर लडनै पर्दछ । त्यहां सुरक्षात्मक कार्यशैली लियो भने हारको द्योतक हन्छ । तसर्थ त्यहाँ आक्रामक कार्यशैली नै अपनाउनुपर्ने हुन्छ । ठीक त्यस्तै आमाको गर्भमा जिवनको बिउ रोपीसकेपछि, त्यसलाई उम्रिन दिनुपर्दछ । त्यसले परिपक्वता हासिल गरेपछि बल लगाएर गर्भबाट निकाल्नै पर्दछ । सुरक्षात्मक कार्यशैली अपनाउनु भनेकी त जनवादी सत्ताको बीउ छरिसकेको छ, त्यसलाई उम्रन दिनुपर्दछ । त्यसलाई पाक्न गर्भभित्रै नष्ट गर्न सरह हो । त्यस्तै माओवादी पार्टीले नेपालको धर्तीमा नौलो दिनुपर्छ र अन्तिम छलांग र धक्का दिएर त्यसलाई आधार इलाकामा परिणत गराउनै पर्दछ । त्यहाँ सुरक्षात्मक कार्यशैली अपनाउनु भनेको त उमेका नयाँ जनवादी सत्ताका भूणहरू पनि ट्टाउन् सरह हुन जान्छ ।

गर्भधारणको अर्को पक्ष होः जन्मेको नवशिशुलाई सुरक्षित पारेर हुर्काउन् बा-आमाको लागि जन्मेको सन्तान भनेको भविष्यको प्रतीक हो, आशाको केन्द्रविन्दु हो, आफनो वंशलाई निरन्तरता दिने माध्यम हो, त्यसलाई विस्तार गर्ने माध्यम पनि हो । त्यसैले त उनीहरू आफहरूले खाई नखाई पनि बच्चाको लागि मरिमेटिकन काम गर्छन् । आफूहरूले नभोगेको सुख, सुविधा बच्चाको लागि सुरक्षित गरिदिन्छन् । ठीक त्यस्तै पार्टीले र जनताले आधार इलाकालाई भविष्यमा बन्ने नयाँ संसारको प्रतीक, आशाको केन्द्रविन्दु ठान्नुपर्दछ । आधारइलाका मनेको पार्टी र जनताको लागि रणनैतिक इलाका हुन् जसमा गुरिल्ला दस्ताहरूले आफ्‌ना रणनैतिक कार्यक्रकहरू संचालन गर्दछन्, आफूहरूलाई सुरक्षित र विस्तार गर्दछन् र दुश्मनसित लड्नको निम्ति आफ्नो शक्ति संचय गर्दछन् । आफ्‌नो आदर्शअनुसार नौलो जनवादी सत्ताको अभ्यास गर्दछन् । त्यसैले त पार्टीले आधारइलाका निर्माण गर्नको लागि त्यसलाई सुरक्षित पार्नका लागि खाँटीभन्दा बाँटी लडाकू दस्ता, सक्षमभन्दा सक्षम नेतृत्व, कार्यकर्ता त्यहाँ पठाउँछ । ध्वंस र निर्माण गर्न पठाउँछ । जसरी बाबु-आमाले नवशिशुलाई तेल घसेर, कसरत गराएर ठीक-ठीक समयमा खाना खुवाएर तन्दुरुस्त बनाउँछन् त्यसरी नै पार्टीले आधारइलाकालाई हरस्विधाहरू उपलब्ध गराएर त्यसलाई सुरक्षित राख्न कसरत गरिराख्नुपर्दछ र त्यलाई जीवन्त राखिराख्नुपर्दछ ।

जसरी आजका बच्चा भोलिका कर्णधार हुन् भनिन्छ ठीक त्यस्तै आजका आधारइलाका भोलिका नौलो जनवादी सत्ताका आधार हुन् भनेर हामीले बुझ्नुपर्दछ । अनि बल्ल आधारइलाकाको महत्त्व हरेक घरदैलो, चुलोचौको, पानीपंधेरी, मेलापातमा पुग्नेछन् । अनि त्यसको मर्म बुझेर जनताले बाधारइलाकालाई सुरक्षित गर्नको लागि आफ्नो ध्यान केन्द्रित गर्ने छन् ।

जनादेश, २०५५ कार्तिक २४

Leave a Reply

Your email address will not be published. Required fields are marked *