ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनद्वारा पारित मार्क्सवाद-लेनिनवाद-माओवाद र प्रचण्डपथअन्तर्गत उपलब्धिहरूमध्ये एउटा महत्त्वपूर्ण उपलब्धि हो महिला विभागको गठन । महिला विभागको मुख्य उद्देश्य जनयुद्धको विकाससँगै बढ्दो संख्यामा भाग लिएका महिला कार्यकर्ताको नेतृत्व गर्ने क्षमता बढाउने र तिनीहरूलाई पार्टी, जनसेना र मोर्चा/ जनसत्तामा स्थापित गरी नीति निर्माण गर्ने तहमा पुऱ्याउने हो । सोही अनुसार महिला सर्वेक्षण फारम तयार पारियो ।
महिला नेतृत्वको विकासलाई केन्द्रविन्दुमा राखेर बनाएको यो सर्वेक्षणलाई नौ भागमा विभाजित गरिएको छ, जसमा व्यक्तिगत विवरण, संगठनात्मक विवरण, परिवारको राजनैतिक पृष्ठभूमि, रुचि / अनुभव / अनुभूति, लिंगीय प्रश्नबारे, शारीरिक मानसिक स्वास्थ्यबारे, संगठनात्मक समस्याबारे, समस्या समाधानका विधिहरू र विविध पर्दछन् । आत्मगत स्थिति, वस्तुगत स्थिति, रणनैतिक बुझाइ, आवश्यकता र क्षमताको विकासको स्थिति र महिलाहरूको आकांक्षा बुभने हेतुले तयार पारेको यो सर्वेक्षण फारम आफैमा एउटा अत्यन्त नयाँ अनुभव र अभ्यास हो, जो पार्टी, जनसेना वा अन्य मोर्चामा हालसम्म भएको छैन । अतः यसबाट आउने संश्लेषणले पार्टी, सेना, मोर्चा/सत्तामा मात्र नभएर महिला-पुरुष सम्बन्धमा नै नयाँ आयाम थप्ने सम्भावनाहरू प्रबल छन्, त्यसैले यस सर्वेक्षणको विश्लेषण र संश्लेषणको रणनैतिक महत्त्व छ ।
सर्वेक्षणको बारेमा
यो सर्वेक्षण फारम देशको कुनाकाप्चामा २०५९ सालको मध्यतिर पठाइएको थियो र यो प्रतिवेदन २०६० सालको मध्यसम्म भरेर आएका सर्वेक्षण फारमहरूमा आधारित छ । जनयुद्धको जटिलता र केही हदसम्म संचारको जटिलताले गर्दा यो एक वर्षको अवधिसम्म ५७४ प्रति फारमहरू हाम्रो हातमा आएका छन्, जसमध्ये राप्तीबाट ७९, गण्डकबाट ९५, वागमतीबाट ९१, जनकपुरबाट ७७ र मेची-कोशीबाट २३२ प्राप्त भएका छन् । संयोगवश सुदूरपश्चिमको सेती-महाकालीबाट सर्वेक्षण फारमहरू आउन पाएनन् । साथै यहाँ आइपुगेका फारमहरूले पार्टी, जनसेना र मोर्चामा कार्यरत महिलाहरूको सही अनुपात प्रतिनिधित्व गर्दैनन् । अतः यस सर्वेक्षणले एउटा संकेत वा खाका मात्र दिन सक्दछ । जनयुद्धमा कार्यरत महिलाहरूको खास तह र त्यो तहभन्दा माथिका महिलाहरूलाई निसाना गरेका यी फारमहरू पार्टीमा ए.सी. र सोभन्दा माथि, जनसेनामा सेक्सन कमान्डर/भाइस कमान्डर र सोभन्दा माथि र मोर्चा/ सत्तामा डी.सी. र डी.सी. भन्दा माथिका महिलाहरूलाई मात्र उपलब्ध गराइएको थियो । साथै यो प्रतिवेदन अत्यधिक प्रतिशत पाउने पहिलो, दोस्रो र तेस्रो जवाफको बुँदामाथिको विश्लेषणमा आधारित छ । तसर्थ यस सर्वेक्षणको विश्लेषणबाट आएको संश्लेषणले एउटा मार्गनिर्देशकको भमिका मात्र खेल्न सक्छ । यो सर्वेक्षण प्राज्ञिक अभ्यास मात्र नभएर समस्यालाई उजागर गरेर समाधान खोज्ने दृष्टिकोणले तयार पारिएको हो ।
यो सर्वेक्षणको सश्लेषण दई तहमा गरिएको छ एउटा समग्र राष्ट्रिय तहमा अर्को क्षेत्रीय तहमा । नेपाल जातीय, भाषिक, धार्मिक भोगौलिक दष्टिले एक मना देश होइन। यहां कनै क्षेत्र ऐतिहासिक रूपले पछि पर्दै आएका छन् भने कनै विकसित भएका छन् । विगतको कम्युनिस्ट आन्दोलनको असर पनि विभिन्न ठाउँमा भिन्दाभिन्दै किसिमले परेको देखिन्छ । त्यसमाथि २०५२ सालदेखि सुर गरेको जनयुद्धको असर विभिन्न ठाउँमा विभिन्न किसिमले भइरहेको छ । अतः यहाँ क्षेत्रीय तहमा गर्ने विश्लेषणले अझ ठोस समस्याको ठोस विश्लेषण गर्नमा मद्दत पुऱ्याउँछ भन्ने ठानिएको छ ।
व्यक्तिगत विवरण
कमहिलाहरूको आत्मगत स्थिति बुभने हेतुले तयार पारेको व्यक्तिगत विवरणअन्तर्गत आउने प्रश्नावलीमा टेक नाम, उमेर, शिक्षा, जाति, विवाहित अविवाहित स्थिति, बालबच्चाको स्थिति र वर्गीय हैसियत क्रमश राखिएको छ। उमेरमा १८ वा १८ वर्षभन्दा मुनि, १९-२५ वर्ष, २६-३५ वर्ष, ३६-५० वर्ष र ५० वर्षभन्दा माथि विभाजित गरिएको थियो । सर्वेक्षणमा सबभन्दा बढी सहभागिता १९ देखि २५ वर्षसम्मका महिलाहरूको भएको देखियो जो ४६.६९४ देखियो। त्यसरी नै दोस्रो स्थानमा १८ वर्ष वा १८ मुनिका महिलाहरू परेको देखियो (३६.९३%) भने तेस्रो स्थानमा २६-३५ वर्षका महिलाहरू परेको देखियो (१२.२०%)। यसले देखाउँछ जनयुद्धमा संलग्न महिलाहरूको बहुसख्यक उमेर हराभरा, उत्पादनयुक्त र जोसिलो चरणमा पर्दछ । साथै दोस्रो स्थानमा १८ वर्ष र त्योभन्दा कम उमेरका महिलाहरूको सहभागिता देखिनुले जनयुद्धमा कलिला उमेरको संख्या पनि कम छैन भन्ने पुष्टि गर्दछ। यसले के देखाउँछ भने यस्ता हराभरा, जोसिला उमेरका महिलाहरू नयाँ विचार, नयाँ संस्कार, नयां पद्धति सजिलैसँग अपनाउन सक्दछन् तर त्यसको अभावमा तिनीहरू छिट्टै अराजक अथवा निरास हुने खतरा पनि प्रबल हुन सक्छ ।
क्षेत्रीय दृष्टिकोणबाट हेर्दा १९-२५ वर्षका महिलाहरू अधिकांश राप्ती क्षेत्रका परेका छन् (६४.५६%)। यस उमेरका महिलाहरू जति पूर्व क्षेत्रतिर जान्छन् उति घट्दै गएको देखिन्छ । त्यसमा पनि १८ वा त्योभन्दा मुनिका महिलाहरू अधिकांश जनकपुर क्षेत्रका परेका छन् (४४.१६%)। यस उमेरका महिलाहरू पनि जति पश्चिमतिर गयो त्यति घट्दै गएको देखिन्छ । सबभन्दा उत्पादनशील उमेर १९-३५ लाई लिएर हेर्यौ भने यसको सबभन्दा बढी प्रतिशत (७८.४९) राप्ती क्षेत्रमा देखिन्छ भने यसको सबभन्दा कम प्रतिशत (५१.९४) जनकपुर क्षेत्रमा देखिन्छ । यसले के संकेत गर्दछ भने अधिकांश पश्चिमका महिलाहरू उमेरमा पाका छन, कारण त्यहाँका महिलाहरू अनुभव हासिल गरिसकेका छन्, जनयुद्धको मुख्य घनत्व भएको ठाउँ भएर नै यस्तो भएको हुनुपर्दछ । जबकि पूर्वमा त्यही पदमा रहेका महिलाहरू कलिला उमेरका छन्, कारण पूर्व जनयुद्धको दृष्टिले नयाँ विस्तार भएको ठाउँ हो ।
त्यस्तै शिक्षामा क्रमशः निरक्षर, साक्षर, पाँच अथवा पाँच कक्षाभन्दा मनि ६-१०, ११-१२ र १२ कक्षाभन्दा माथि खण्डमा विभाजित गरिएको छ । यसमा सबभन्दा बढी प्रतिशत ४७.५६४, ६-१० कक्षासम्म पढ्ने महिलाहरूको रहेको देखियो । दोस्रो स्थानमा ११-१२ कक्षासम्म पढ्ने महिलाहरू १५.५०% रहेको अध्यो। तेस्रो स्थानमा ५ र ५ कक्षाभन्दा मनि पढने महिलाहरू १४.८१५% रहेको देखियो। यसले के देखाउँछ भने अधिकांश महिलाहरू पढ्दा पढ्दै अथवा एस. एल. सी. पास नगर्दै जनयुद्धमा होमिएका छन् । दोस्रो स्थानमा ११ देखि १२ सम्म पढेका महिलाहरू आउन्ले पनि के संकेत गर्दछ भने जनयुद्धमा अधिकांश महिलाहरू पढेलेखेका छन्, न कि प्रतिक्रियावादीहरूले भने झै अनपढ, गंवार छन् । निरक्षरमा मात्र २.२७५ पर्नले पनि माथि भनेको करालाई पुष्टि गर्दछ ।
क्षेत्रीय दष्टिकोणबाट हेर्दा पाँच कक्षाभन्दा मनि र निरक्षरसम्म गन्दा सबभन्दा बढी प्रतिशत (६५.८३) राप्ती क्षेत्रमा देखियो भने सबभन्दा कम प्रतिशत १४.६५) मेची-कोशीमा देखियो । त्यस्तै छदेखि बाइसम्म पढेका महिलाहरूको स्थिति हेर्दा पनि सबभन्दा कम प्रतिशत (३२.९७) राप्ती क्षेत्रले पाएको देखियो भने मेची-कोशीले अत्यधिक प्रतिशत (७९.७५) पाएको देखियो। यसरी राप्ती क्षेत्र जनमद्धको दृष्टिले सघन र मुख्य भए तापनि शैक्षिक विकासको दृष्टिले पिछडिएको क्षेत्र देखियो । यद्यपि मेची-कोशीमा जनयुद्ध भर्खरै विस्तार हुँदैछ तर त्यहाँ दंजीवादको विकास बढ्दै गएकोले त्यो ठाउँ तुलनात्मक रूपमा बढी शिक्षित भएको देखियो । यद्यपि १२ कक्षाभन्दा माथि पढेका महिलाहरू सबै क्षेत्रमा न्यून देखिए तापनि गण्डक क्षेत्रमा यसको सबभन्दा ठूलो उपस्थिति देखियो (२.११%)।
जातिमा बाहुन/क्षेत्री/नेवारलाई एउटै खण्डभित्र पारिएको छ भने जनजाति, मधेसी, दलित र अन्यलाई अलग खण्डमा पारिएको छ । यसमा सबभन्दा बढी प्रतिशत जनजातिको देखियो, जसको प्रतिशत ४९.३० भएको पाइयो र दोस्रोमा बाहुन/क्षेत्री/नेवारले ३८.३३% पाएको देखियो भने दलित समुदायले ७.३२% पाएको देखियो। यसले के देखाएको छ भने जनयुद्ध जनजाति, दलितजस्ता हेपिएका, आधारभूत समुदायमा पुग्न सफल भएको छ। तर मधेसी महिलाहरूको मात्र ०.३५% उपस्थिति हुनुले यो देखाउँछ कि हामी तराईमा अत्यन्त कमजोर अवस्थामा छौं, जबकि मधेसी महिलाहरूको स्थिति अन्य समुदायका महिलाहरूभन्दा अझ नाजुक छ । अतः वस्तुगत स्थिति पाको भएर पनि मधेसी महिलाहरूमा पुग्न नसक्नु हाम्रो ठूलो कमजोरी हो ।
क्षेत्रीय विवरणबाट हेर्दा सबभन्दा बढी जनजाति भएको क्षेत्र राप्ती देखियो (७४.६८%) अनि बाहुन/क्षेत्री/नेवारको हिसाबले हेर्दा सबभन्दा बढी उपस्थिति मेची-कोशीमा देखियो (४२.२४४) । दलितको सबभन्दा बढी उपस्थिति गण्डक क्षेत्रमा देखा पर्यो (२०%) । उत्पीडित जाति हिसाबले हेौँ भने राप्ती क्षेत्रमा सबभन्दा बढी उत्पीडित जाति देखियो (८२.२७%) भने सबभन्दा कम उत्पीडित जाति मेची-कोशीमा देखा पर्यो (५०.८६%)। बाहह्न/क्षेत्री/नेवार र जनजातिको अनुपात हेर्दा राप्तीमा सबभन्दा बढी अन्तर देखिन्छ । त्यहाँ जनजाति बाहुल्य भएको ठाउँमा मात्र १७.७३% बाहुन/छेत्री/नेवार देखियो । यसले फेरि पनि माथि भने झै राप्तीमा उत्पीडित जातिको बाहुल्य देखियो भने मेची-कोशी उत्पीडक चाहुल्य देखियो । जो वास्तविकतासित एकदम मिल्छ ।
विवाहित/अविवाहितमा अविवाहित महिलाहरूको प्रतिशत ७०.५६ देखियो भने विवाहितहरूको प्रतिशत २६.४८ देखियो अर्थात् जनयुद्धमा होमिएका महिलाहरूमध्ये झन्डै झन्डै एक तिहाइ विवाहित छन् जो वास्तवमा धेरै मान्नुपर्दछ । अतः यसले विवाहित महिलाहरूको नतृत्व विकासमा आइपर्ने व्यावहारिक कठिनाइहरूले कस्तो असर पार्नेछ त्यो बुझ्न जरुरी हुन्छ । बालबच्चा भएको नभएको अवस्था हेदां बालवच्चा भएका अधिकतम दाखयो, जो ५५.२६५ देखियो भने बच्चा नहुनेको प्रतिशत ४२.१० देखियो । जनयुद्धको जटिलताको बावजूद अधिकाश महिलाहरूले बच्चा पाउनु भनेका सामान्य कुरा होइन । अत यसमा महिलाहरू आफले नै चाहेर पाएको वा परिवार नियोजनको साधन नपाएर वा पाएर पनि त्यसले काम नदिएकोले वा पुरुषको दबाबमा बच्चा पाएको हा, त्यो बुझ्न जरुरी देखिन्छ ।
क्षेत्रीय दृष्टिकोणवाट हेदा सबभन्दा कम विवाहित (१५.५२%) महिलाहरू मेची-कोशीमा देखिन्छ । त्यस्तै सबभन्दा बढी विवाहित (४३.०४%) महिलाहरू राप्ती क्षेत्रका देखिन्छ यसको एउटा कारण राप्तीका महिलाहरूको औसत उमेर बढी भएकोले पनि हुनसक्छ भने अर्को यसले मेची-कोशीको सामाजिक आर्थिक शैक्षिक विकासको स्तर उच्च भएकोले सांस्कृतिक विकास पनि उच्च भएको देखाउँछ। त्यस्तै बाल बच्चा नभएको सबभन्दा अत्यधिक प्रतिशत (६४.००) गण्डकमा देखिन्छ । तर बागमतीमा अत्यधिक बच्चा (६५.२८%) हुन शुभ संकेत होइन । अतः यसलाई नियन्त्रण गर्न विशेष अभियान चलाउनुपर्दछ।
वर्गीय हैसियत अनुसार बनाइएको तालिकामा पुँजीपति, सामन्त, धनी किसान, मध्यम किसान, न्यून पुजिपति, गरीव किसान, अर्ध सर्बहारा, सर्बहारामा विभाजित गरिएको छ । यसमा पुजिपति र सामन्त वर्गको ०.५२% परेको छ भने मध्यवर्ती वर्गका (धनी किसान, मध्यम किसान र न्यून पुँजिपति) ४२.६६% परेका छन् र आधारभूत वर्गका धनी किसान, मध्यम परेका छन् । अतः यी मध्ये अत्यधिक प्रतिशत पर्ने आधारभूत वर्गमा पनि अत्यधिक प्रतिशत गरीव किसान परेका छन् जसको प्रतिशत ४१.२९ रहेको छ । यस तथ्याङ्कले पनि नेपालको क्रान्ति भनेको कृषि क्रान्ति हो, नौलो जनवादी क्रान्ति हो भनेर पुष्टि गर्दछ । कृषि प्रधान देश जहाँ जमीन नै मुख्य आयको स्रोत भएकोले यहाँ “जसको जोत उसको पोत” को साथसाथै महिलाहरूको लागि “पैतृक सम्पत्तिमाथि समान अधिकार” को मागको रणनैतिक महत्व त्यति नै रहन्छ ।
क्षेत्रीय दृष्टिकोणवाट हेर्दा सबभन्दा बढी आधारभूत वर्ग (गरीब किसान, अर्थ सर्वहारा र सर्वहारा वर्ग) ‘मेची-कोशी क्षेत्रमा परेको देखिन्छ, (८३.३३%) भने सबभन्दा बढी सम्पन्न वर्ग (पूँजीपति र सामन्त वर्ग) गण्डकमा देखिन्छ (१.०५%) र सबभन्दा बढी मध्यमवर्ती वर्ग (धनी किसान, मध्यम किसान र न्यून पुँजीपति। राप्ती क्षेत्र परेको देखिन्छ (६२.०३%)। यसले के देखाउँछ भने मेची-कोशीमा तुलनात्मक रूपमा बढी पूँजिवादको विकास भएकोले त्यहाँ वर्गीय ध्रुवीकरण बढी देखिन्छ जसले गर्दा त्यहाँ सबभन्दा बढी आधारभूत वर्ग देखा परेको छ । गण्डक मा तुलनात्मक रूपले बढी सम्पन्न वर्ग (यद्यपि त्यो अन्य वर्गभन्दा धेरै कर्म प्रतिशत छ) हुनले नै शायद यो क्षेत्रवाट जनयुद्धको नेतृत्व पंक्ति बढी उत्पादन भएको हुनुपर्दछ । तर यो महिलाको नेतृत्व विकासमा पनि देखिएको छ वा छैन त्यो अध्ययन योग्य छ ।
संगठनात्मक विवरण
महिलाहरूका संगठनात्मक इतिहास व्भन हेतुले तयार पारेको प्रश्नावलीमा वर्तमान हैसियत, कार्यभारको अवधि, सगठनात्मक पृष्ठभूमि पर्दछन् । वर्तमान हैसियतमा महिलाहरूको सहभागिता क्रमशः मोचामा डी.सी तहमा १४.९८% देखियो, पाटीमा ए.सी तहमा ७५.९८% देखियो भने सेनाको सेक्सन कमाण्डर वा भाइस कमाण्डरका ६५.०२% देखियो । यसले सख्यात्मक र गुणात्मक दृष्टिकोणले महिलाहरूको सबभन्दा बढी स्थान मोचामा रहेको देखियो ।
क्षेत्रीय तुलनात्मक अध्ययन हेदां पार्टीमा सबभन्दा बढी ए.सी. तहका कार्यकता राप्तीमा देखियो (१००%)। डी.सी तहमा सबभन्दा बढी वागमतीमा देखियो (३१.२७%) भने क्षे. ब्यू तहमा सबभन्दा बढी कार्यकर्ता जनकपुरमा देखियो (४%)। यसले के देखाउँछ भने नयाँ, जनयुद्ध विस्तार भएको ठाँउमा महिलाहरूको पदोन्नति पार्टीमा छिटो भैरहेछ । जनसेनाको क्षेत्रमा हेर्यो भने सबभन्दा बढी सेक्सन कमाण्डर, भाइस कमाण्डरहरू भएको क्षेत्र मेची-कोशी देखा परेको छ (१००%) भने प्लाटून तहमा सबभन्दा बढी वागमतीमा देखा परेको छ (८०. ५५%) कम्पनी तहका सेनाको सबभन्दा बढी गण्डक क्षेत्रमा देखा परेको छ (२६.७९%) भने बटालियन तहमा सेनाहरूको सबभन्दा बढी राप्ती मा देखियो (२.१७%)। यस आँकडाले पार्टीको स्थिति भन्दा ठीक उल्टो स्थिति सेनामा देखापरेको पाइयो । अथवा जति पश्चिमतिर पुग्छौं त्यति महिला सेनाको पदोन्नति बढदै गएको देखिन्छ । यसले पुरानो, सुदृढ भएको, जनयुद्ध सघन भएको ठाँउमा महिलाहरूको छिटो पदोन्नति भएको देखिन्छ । शायद त्यतातिर शाहीसेनासित निरन्तर भिडी रहनु परेकोले पनि त्यहाँ महिला नेतृत्वको विकास छिटो छिटो माथिल्लो तहमा भएको हुनुपर्छ। मोर्चामा भने पार्टीको स्थिति झै सबभन्दा बढी संख्यामा डी.सी स्तरमा राप्तीका महिलाहरू देखियो (१००%), क्षे. व्यू तहमा सबभन्दा बढी प्रतिशत गण्डकका महिलाहरूमा देखियो (२.५६%) भने के.स.को तहमा सबभन्दा बढी प्रतिशत बागमतीका महिलाहरू देखियो (१३.३३) । यहाँ पनि जति पश्चिमबाट पूर्वतिर जान्छौ, त्यति मोर्चाको क्षेत्रमा छिटो पदान्नति हुँदै गएको देखिन्छ ।
पूर्णकालीन र अंशकालीन मा ८१.०१% पूर्णकालीन हुनु र मात्र ७.३२% अंशकालीन हुनुले महिलाहरू जनयुद्धमा दह्रोसंग लागेको तथ्य पुष्टि गर्दछ । तर ११.६७% ले पूर्णकालीन वा अंशकालीनमा जवाफ नदिदा उनीहरूले आफ्नै हैसियत नबुझेको जस्तो देखियो जसले अन्यौलको अवस्था जनाउँछ । पूर्णकालीन भएर आएका मध्येमा पनि ८१.३७% जनयुद्ध शुरु भएपछि अथर्थात् २०५२ सालपछि आएका देखा पर्यो भने २०४६ सालको जनआन्दोलन पछि आउनेहरूको प्रतिशत मात्र १.३९ देखियो र २०४६ साल अघिको प्रतिशत त झन् ०.१७ मात्र देखियो यसले के देखाउँछ भने जनयुद्ध शुरु गर्न ने.क.पा. (माओवादी) को लागि एउटा ऊलागमय राजनैतिक विकासको प्रक्रिया थियो जसले गर्दा महिला कार्यकर्ताको ठूला उत्पादन भयो। यो नेपालको कम्यूनिष्ट पार्टीको इतिहासमा र साथै महिला संगठनको इतिहासमा ऐतिहासिक घटना हो । त्यस्तै संगठनमा आवद्ध भएको कति वर्ष भन्ने प्रश्नमा २०५२ सालपछि संगठनमा आवद्ध भएका ८६.७६% देखियो भने २०४६ सालपछि आवद्ध भएका ५.२३% र २०४६ सालभन्दा अघि आउनेको प्रतिशत ०.६९ देखियो । यसले के देखाउँछ भने पूर्णकालीन भएर आवद्ध हुने वर्ष र संगठनमा आवद्ध भएको वर्ष वीचको प्रतिशतमा खासै फरक छैन । यसले के पनि पुष्टि गर्दछ भने २०५२ साल अघि अथवा २०४६ साल अघिदेखि लागेका महिला कार्यकर्ताहरू एकदम कम छन् र २०५२ साल पछि मात्र एक्कासि आएर तिनीहरूको सहभागितामा वृद्धि भएको छ र तिनीहरू अधिकांश पूर्णकालीन भएर जनयुद्धमा सहभागी भएका छन् ।
क्षेत्रीय दृष्टिकोणबाट हेर्दा सबभन्दा बढी पूर्णकालीन भएको क्षेत्र राप्ती देखिन्छ (१००%) तर जति पूर्वतिर लाग्छौ त्यति यो प्रतिशत घट्दै गएको देखिन्छ । अतः सबभन्दा बढी अंशकालीन मेची-कोशीमा देखा परेको छ (१५.०९%) र यो जति पश्चिम लाग्छौं त्यति घटदै गएको देखिन्छ । यसले स्पष्ट के संकेत गर्दछ भने जनयुद्धको मुख्य, घनत्व भएका ठाउँमा त्यहांका वस्तुस्थितिको मागले महिलाहरूलाई पूर्णकालीन भएर काम गर्नुपर्ने आवश्यक देखियो भने जनयुद्ध विकास उन्मूख भएको ठाउँका प्रायः महिलाहरू पूर्णकालीन हुनु अघि अंशकालीन अवस्थामा भएको देखिन्छ । पूर्णकालीन भएको वर्ष प्राय सबै क्षेत्रमा जनयुद्ध शुरु भएपछि (२०५२ पछि) भएको देखिन्छ त्यसमा पनि सबभन्दा बढी प्रतिशत गण्डकका महिलाहरू परेका छन् (९७.९०) । त्यस्तै २०४६ साल पछि आउने पूर्णकालीन कार्यकर्ताको सबभन्दा बढी सहभागिता राप्तीमा देखा परेका छन् (७.६०%)। त्यस्तै २०४६ सालअघि आउने पूर्णकालीन कार्यकर्ताको सहभागिता यद्यपि अन्य सबै ठाउँमा नभएको देखिए तापनि गण्डकमा यसको उपस्थिति १.०५% देखियो । यसले के देखाउँछ भने जनयुद्ध शुरु हुनुअघि पार्टीको गतिविधि बढी राप्ती, गण्डकतिर भएको देखिन्छ । यसको थप पुष्टि संगठनमा आवद्ध भएको वर्षले पनि जनाउँछ । जस्तै २०५२ पछि संगठनमा आवद्ध भएका अधिकांश महिलाहरू गण्डकका देखिन्छन् (९०.५२%) र २०४६ पछि भएका अधिकतम् महिलाहरू राप्तीका देखा परेका छन् (१७.७२%) भने २०४६ अघि आउने कार्यकर्ताहरू सबभन्दा बढी गण्डकवाट देखिन्छ (३.१६%) ।
संगठनात्मक पृष्ठभूमिअन्तर्गतमा यसभन्दा पहिले अरू कुनै पार्टी/संगठनमा आवद्ध थियो कि भन्ने प्रश्नमा कतै पनि थिएन भन्नेहरूको प्रतिशत ५३.६६ देखियो भने एमालेबाट आएका १८.९९ % देखियो र कांग्रेसबाट आउने १.२२ % देखियो । यसले के देखाउँछ भने ५३.६६% कार्यकर्ताहरू सीधै नेकपा (माओवादी) मा लागेको देखियो । अन्य पार्टीहरूवाट यसमा आउनेहरूमध्ये सबभन्दा बढी प्रतिशत एमाले पार्टीबाट देखियो र त्यसपछि कांग्रेसबाट देखियो । यसले के देखाउँछ भने जनयुद्ध आफै एउटा शक्तिशाली राजनैतिक चुम्बक बनेको छ जसले गर्दा अधिकाशं महिलाहरू यसमा सिधै आए ।
क्षेत्रीय रूपमा हेर्यो भने अन्य कुनै पार्टी संगठनमा नलागी सीधै जनयुद्धमा होमिएका अधिकांश महिलाहरू गण्डकमा देखियो (८२.१०%) त्यस्तै एमाले पृष्ठभूमि भएका अधिकांश मेची-कोशीका महिलाहरू देखियो (३०.६१%) भने कांग्रेस पृष्ठभूमि भएका अधिकांश महिलाहरू जनकपुरबाट आएको देखियो (५.१९%)। यसले पनि माथि संकेत गरे झै अन्य पार्टीबाट आएका धेरै महिलाहरू पूर्वबाट आएका देखिन्छन् ।
संगठनमा प्रवेश कहाँबाट भएको हो भन्ने प्रश्नमा अधिकांश महिलाहरू मोर्चाबाट प्रवेश भएको देखियो जसको प्रतिशत ५५.२२ देखियो, त्यसपछि पार्टीबाट प्रवेश हनेको प्रतिशत २१.७८ देखियो भने जनसेनाबाट प्रवेश हुने प्रतिशत १७.२५ देखियो । यसले थप के देखाउँछ भने महिलाहरूको उपस्थिति सबभन्दा बढी मोर्चामा छ र त्यसपछि पार्टिमा हुँदै जनसेनामा छ । यही खाका महिलाहरूको वर्तमान हैसियतमा पनि दोहोरिएको देखियो ।
क्षेत्रीय रूपमा हेर्दा मोर्चाबाट अत्यधिक (७०.३३%) प्रवेश गर्ने महिलाहरू बागमतीका परेका छन् भने पार्टीवाट प्रवेश गर्ने अत्यधिक (३३.७७% महिलाहरू जनकपुरका देखिन्छन् भने जनसेनाबाट प्रवेश गर्ने अत्यधिक महिलाहरू २०६९७) मेची-कोशीका परेका छन् । यसले के देखाउँछ भने जनयुद्ध शुरु हुनु अगाडि महिलाहरूको गतिविधिको केन्द्रविन्दु प्राय मोर्चामा सीमित हुन्थ्यो र त्यो पत्नि बागमति क्षेत्रमा हुन्थ्यो (काठमाण्डौ र त्यहाँका वरपरका क्षेत्रहरू।। त्यस्तै पार्टीबाट प्रवेश गर्ने अत्यधिक महिला जनकपुरवाट हुनु पछाडि, त्यो ठाउँ धेरै अगाडिदेखि नै चौथो महाधिवेशन समूहको गढ भएर बसेको थियो । मेची-कोशी जनयुद्धको दृष्टिकोणले नयाँ ठाउँ भएकोले त्यहाँका महिलाहरू मोर्चा, पार्टी भन्दा जनसेनाबाट प्रवेश गरेका देखिन्छन् ।
कसको प्रेरणाले आन्दोलनमा लाग्नु भएको हो भन्ने प्रश्नमा बाबु, आमा, दाजु, दिदी, पति, शिक्षक र अन्य मध्येमा ४१.६४ % ले अन्यमा उल्लेख गरेको देखियो, जसमा धेरैले स्व-प्रेरणा भनेर लेखेको पाइयो । त्यसपछि दाजुबाट पाएको प्रेरणाको प्रतिशत २०.३८ देखियो, त्यसपछि बाबुबाट प्रेरणा पाएको प्रतिशत १४.२८ देखियो । महिलाहरू (आमा, दिदीबाट पाएको प्रेरणा कम नै देखियो । यसबाट के देखियो भने उल्लेखित प्रेरणाको स्रोतमध्ये स्व-प्रेरणा भन्ने अलग्गै प्रावधान राखेको भए त्यसले अझ वास्तविकता ल्याउँथ्यो। यसले अर्को संकेत के दिन्छ भने प्रेरणाको स्रोत अहिले पनि परंपरागत रूपमा पुरुषहरू (वुवा, दाजु आदि। नै छन् । यो हुनु स्वाभाविक पनि हो किनभने पार्टी, आन्दोलनमा आउने महिलाहरू प्रायः पहिलो पटक, पहिलो पिंढीमा परेका छन् । शायद दोस्रो पिंढीसम्म पुग्दा अथवा केही वर्ष पछि प्रेरणाको स्रोत महिलाहरू पनि हुनसक्ने सम्भावना छ।
क्षेत्रीय रूपमा हेर्दा जनकपुरका महिलाहरूले सबभन्दा बढी प्रेरणाको प्रतिशत (१८.१८%) बाबुमा जनाएका देखियो । त्यसपछि बागमतीका महिलाहरूले सबभन्दा बढी प्रतिशत (३०.७७%) दाजुमा जनाएको पाइयो । त्यसपछि जनकपुरका महिलाहरूले सबभन्दा बढी प्रतिशत (१४.२९%) पतिलाई दिइएको देखियो । यसरी जनकपुरका महिलाहरूले आफ्नो वावु र पतिलाई प्रेरणाको स्रोत मान्नुले पनि त्यो क्षेत्र कम्युनिष्ट आन्दोलनको दृष्टिकोणले पुरानो क्षेत्र सावित हुन्छ ।
पारिवारिक राजनैतिक पृष्ठभूम्मि
द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले कार्यकर्ताको राजनैतिक विश्लेषण गर्दा ६ महिलाहरुको भौतिक परिवेश चुभन जरुरी हुन्छ । भौतिक परिवेशहरूमध्ये कार्यकर्ताको परिवारको राजनैतिक पृष्ठभूमिले बढी असर गरिराखेको हुन्छ । अत अन्तर्गत परिवारको राजनैतिक पृष्ठभूमि, तिनीहरूको यस आन्दोलनमा महभागिता छ वा छैन, विवाहित भए पतिको संगठनात्मक स्थिति र पतिको कार्यक्षेत्रमा उनी संगै छन् वा अन्यत्र छन् भन्ने प्रश्नहरू पर्दछन् ।
घर परिवारको राजनैतिक पृष्ठभूमि के हो भन्ने प्रश्नमा कम्युनिष् पृष्ठभूमिबाट सबभन्दा अधिक प्रतिशत ७७७० रहेको पाइयो भने त्यसपछि कांग्रेस पृष्ठभूमिबाट आएको प्रतिशत ७.१४ देखियो र स्वतन्त्र पृष्ठभूमिवाट आएको प्रतिशन ६१० देखियो। यो तालिका करिव करिव व्यक्तिगत विवरण अन्र्तगतको मिल्दछ । यसले के जनाउँछ नेकपा (माओवादी) ले वामपन्थी खेमामा क्रान्तिकारी र अवसरवादीको बीचमा ध्रुवीकरण गर्न सफल भएको छ ।
त्यस्तै परिवारमा अन्य सदस्यहरू यस आन्दोलनमा लागेका छन्/छैनन् मन्त्र प्रश्नमा ‘छन्’ भन्नेहरूको प्रतिशत ५४.५३ देखियो भने ‘छैनन्’ भन्नेको प्रतिशर ४०.०७ देखियो । यसले के देखाएको छ भने जनयुद्धले कार्यकर्तालाई मात्र नभएर परिवारमा समेत सकारात्मक असर र सहभागिता बढाएको छ ।
क्षेत्रीय रूपमा हेर्ने हो भने अत्यधिक परिवार राजनैतिक पृष्टभूमि में कम्युनिष्ट भएका छन् तिनीहरू सबभन्दा बढी गण्डकमा (८१.०५%) र लगभग त्यही हाराहारीमा तर अलि कम मेची-कोशी (८१.०४%) मा रहेको देखियो कांग्रेस पृष्ठभूमि भएको परिवार अधिकांश (१५.५८%) जनकपुरबाट आएको देखिन्छ भने राजावादी र स्वतन्त्र पृष्ठभूमि भएको परिवार अधिकांश (५.४७९% १ १२.०९%। बागमतीबाट आएको देखियो । तर परिवारका अन्य सदस्य यस आन्दोलनमा लागेको छ वा छैन भन्ने प्रश्नमा लागेका छन् भन्ने अत्यधिक महिलाहरू (६५.५२%) मेची-कोशीका देखियो। त्यस्तै लागेका छैनन् भने अत्यधिक महिलाहरू (५३.६९%) गण्डकका देखियो । यसले के पुष्टि गर्छ भने मेची-कोशीका महिलाहरूको परिवार बढी राजनैतिक मात्र नभएर आन्दोलनमा बढी प्रतिबद्धता देखाएर आएको देखिन्छ जो स्वागतयोग्य कुरा हो । विगतदेखि ययेो क्षेत्र वामपन्थीको गढ़ भएकोले पनि त्यहाँको परिवार यसमा प्रतिवद्ध हुने गरी राजनीतीकरण भएको हुनुपर्दछ। जबकि गण्डकका परिवारहरू कम्युनिष्ट पृष्ठभूमिबाट आएको देखिए तापनि तिनीहरू आन्दोलनमा सक्रिय रूपमा प्रतिवद्ध भएको देखिएन । अतः गण्डकमा परिवारलाई राजनैतिकरण गर्नेमा पार्टीको विशेष ध्यान जानु जरुरी देखिन्छ । वागमतीका महिलाहरूको परिवारहरू अत्यधिक गैर-कम्युनिष्ट पृष्ठभूमिबाट आएकाहरूले यस आन्दोलनमा कम लाग्नु स्वभाविक देखिन्छ ।
परिवारमध्ये पनि रणनैतिक असर पार्ने पतिको संगठनात्मक हैसियतको विवरण सोध्दा पार्टीमा डी.सी तहमा सबभन्दा अधिक ४८.०५% देखियो, जनसेनामा सेक्शन कमाण्डर वा भाइस कमाण्डरको प्रतिशत ४७.९२ देखियो भने मोर्चामा के स. को स्तरमा पोको प्रतिशत ११.७६ देखियो । यसले के संकेत गर्दछ * भने पतिहरूको संलग्नता सबभन्दा बढी पाटीमा छ । त्यो पनि डी सी तहमा र त्यसपछि जनसेनाको सेक्शन तहमा देखियो र मोर्चामा तिनीहरूको संलनता ही सी र क्षे. व्य को तहमा क्रमशः भएको देखियो । यसले के देखाउँछ भने जनसेनामा बाहेक पार्टी र मोर्चामा पतिहरूको बढी सहभागिता डि.सी. र जेव्यू को तहमा क्रमशः देखियो जो परम्परा अनुसार पत्नीभन्दा पति अगाडि भएको देखियो । अतः पत्नीभन्दा पति पार्टी र मोर्चाको माथिल्लो तहमा कार्यविभाजनमा परेको हन् परम्परागत अनुसारको देखियो । त्यस्तै जनसेनामा बटालियन तहमा खालि ०.४९% महिलाहरू पुगेका देखियो भने बटालियन तहमै विवाहित महिलाहरूको पतिहरूको प्रतिशत ८.३३ भएको देखियो । यसले सेनाको माथिल्लो तहमा पुरुषको तुलनामा महिलाको संलग्नता धेरै कम छ भन्ने पुष्टि गर्दछ । अतः के देखियो भने जनक्रान्तिले पति र पत्नी वीचको परम्परागत कार्यविभाजन, पद्धविभाजनमा खासै परिवर्तन ल्याएको छैन । तसर्थ महिला-पुरुषको परम्परागत सम्बन्धलाई नयाँ आधारमा विकास गर्नको लागि महिलाहरूको पदोन्नतिमा विशेष ध्यान दिनु पर्दछ ।
त्यस्तै विवाहितलाई मात्र सोधिएको प्रश्नमा पतिको कार्यक्षेत्र सँगसँगै छ वा अन्यत्र भनेर सोधेकोमा ‘सँगै छ’ भन्नेको प्रतिशत बढी छ जुन ४३.४२% देखियो, ‘अन्यत्र छ’ भन्ने को प्रतिशत ३०.९२ भएको देखियो। यसले एकातिर पति-पत्नी बीचको संवेदनशीलतालाई हेरेर दुवैलाई सुविधा दिएको जस्तो देखाउँछ भने अर्कोतिर यसले महिलाको कार्य उनको पतिको कार्यभन्दा कम महत्वपूर्ण देखिने, महिला आफैले पनि आफ्नो पतिको कार्यलाई प्रमुख ठान्ने परम्परागत प्रवृत्ति हावी भएको देखाउँछ ।
यसलाई क्षेत्रीय रूपमा हेर्यो भने ‘सँगसँगै छ’ भन्ने महिलाहरू बढी (५२.७८%) मेची-कोशीमा देखिएको छ भने ‘अन्यत्र छ’ भन्ने महिलाहरू बढी (५०%) राप्तीमा देखिएको छ। यसले के पुष्टि गर्दछ भने यद्यपि राप्तीमा विवाहित महिलाहरूको संख्या मेची-कोशीभन्दा बढी भए तापनि त्यहांका महिलाहरू बढी स्वाभिमानी र स्वावलम्बी देखिन्छन् ।
रुचि, अनुभव र अनुभूति
मार्क्सवादीहरू भौतिक, सामूहिक प्राणी मात्र नभएर आत्मगत निजी प्राणी पनि हुन् । अतः महिलाहरूको रुचि, अनुभव र अनुभूतिलाई पनि महत्त्व दिएर प्रश्नावली तयार पारिएको थियो । तसर्थ यसमा आत्मगत पक्ष सम्बन्धी प्रश्नहरू क्रमशः आन्दोलनमा लाग्नुको कारण, आफलाई सबैभन्दा मन पर्ने कार्यक्षेत्र, सबभन्दा ठलो रुचि र क्षमताको क्षेत्र वर्तमान जिम्मेवारीप्रति कत्तिको सन्तुष्ट भएको आन्दोलन/संगठनभित्र सबभन्दा राम्रो लागेको कुरा, नराम्रो लागेको कुरा र अन्तर्राष्टिय कम्युनिष्ट आन्दोलनकी कन चाहिं महिला नेत सबभन्दा बढी भन पर्ने भनेर सोधिएको थियो ।
शुरुमा आन्दोलनमा लाग्नुको कारण के हो भनेर सोधेको प्रश्नको जवाफमा सबभन्दा बढी वर्गीय शोषण-उत्पीडन विरुद्ध विदोहभावले लागेकाहरूको प्रतिशत ६४.९८ देखियो भने लिंगीय उत्पीडन विरुद्ध आक्रोशले लागेकाहरू १६.२०% देखियो र तेस्रो स्थानमा वैचारिक प्रतिवद्धताले लाग्नेहरू ९.०६% देखियो। बत ८१.१८% महिलाहरूले वर्गीय र लिङ्गीय शोषण उत्पीडन विरुद्ध विद्रोहको भावनाले लागेको मत जाहेर गरेको देखियो भने मात्र ९.०६% महिलाहरूले वैचारिक प्रतिवद्धताले लागेकोमा मत जाहेर गरेको देखियो । यसले संकेत गर्दछ कि वैचारिक प्रतिवद्धताभन्दा पनि उत्पीडनविरुद्धको विद्रोह र आक्रोशको भावनाले महिलाहरू आन्दोलनमा आएका छन् । उत्पीडन अन्र्तगत पनि लिंगीय उत्पीडनविरुद्ध आक्रोशभन्दा अझ बढी वर्गीय शोषण-उत्पीडन विरुद्ध विद्रोहको भावनाले आन्दोलनमा होमिएको देखियो । जनयुद्धमा पहिलो पुस्तामा महिलाहरू विचारले भन्दा भावनाले आन्दोलनमा आवद्ध हुन् स्वाभाविक देखिन्छ । तर पार्टील यसलाई छिटोभन्दा छिटो रूपान्तरण गर्ने प्रयास गर्न पर्दछ । अथवा भावनालाई विचारको अधीनमा राखेर भावी कार्यकर्ताको गुणात्मक विकास गराउने वातावरण सृजना गर्नुपर्दछ ।
क्षेत्रीय रूपमा हेर्दा वागमतीका महिलाहरू अत्यधिक (७५.८२%) वर्गीय शोषण उत्पीडनविरुद्ध विद्रोहको भावबाट यस आन्दोलनमा लागेको देखियो। त्यस्तै गण्डकका महिलाहरू बढी क्रमशः लिंगीय उत्पीडन विरुद्ध आक्रोश (२१.०६%) र वैचारिक प्रतिवद्धता (१७.८९%) को कारणले देखियो। यसबाट के देखिन्छ भने गण्डकका महिलाहरू वैचारिक प्रतिवद्धता प्रति बढी सचेत छन् यद्यपि उत्पीडनविरुद्ध आक्रोशमा तिनीहरूको वर्गीयभन्दा लिंगीय रूपमा बढी देखिन्छ ।
त्यस्तै सबैभन्दा मन पर्ने कार्यक्षेत्र कुन हो भन्ने प्रश्नको जवाफमा सबभन्दा बढी मत जनसेनाको क्षेत्रले प्राप्त गरेको देखियो (३९.८९%) भने पार्टीले ३३.६२% र मोर्चाले २४.०४% पाएको देखियो । तर हाल संलग्नताको हिसावले महिलाहरूको सहभागिता सबभन्दा बढी मोर्चामा देखिन्छ भने दोस्रो स्थानमा पार्टीमा देखिन्छ र तेस्रो स्थानमा मात्र जनसेनामा देखिन्छ । अतः धेरै महिलाहरू आफ्नो रुचि/क्षमता अनुसारको काममा लाग्न पाएका छैनन् । स्थितिले दिन्छ भने सकभर आफ्नो रुचि क्षमताको काम दिनु अझ वैज्ञानिक हुन्छ । साथै यसले के पनि पुष्टि गर्दछ भने नयाँ पिंढीका महिलाहरू संगठन निर्माण गर्ने मोर्चा र विचार निर्माण गर्ने पार्टीमा भन्दा तत्काल परिणाम ल्याउने जनसेनामा रमाएका देखिन्छन् ।
त्यस्तै सबभन्दा ठूलो रुचि र क्षमताको क्षेत्र कुन हो भनेर सोद्धा पहिलो स्थानमा संगठनात्मक क्षेत्रले ३१.०२% पाएको छ भने दोस्रो स्थानमा फौजी क्षेत्रले २९.७९% पाएको र तेश्रो स्थानमा वैचारिक क्षेत्रले २३.५२% पाएको देखियो । संगठनात्मक क्षेत्रमा महिलाहरू जनयुद्ध अघिदेखि नै काम गर्दै आएका र त्यसमाथि पनि महिलाहरू पुरुषभन्दा बढी सामाजिक भएकाले तिनीहरू संगठनात्मक गतिविधिमा रमाउनु वा दक्षता हासिल गर्नु स्वाभाविक देखिन्छ। त्यस्तै फौजी क्षेत्र सांगठनिक क्षेत्र र वैचारिक राजनैतिक क्षेत्रभन्दा नौलो भएकोले त्यहाँ काम गर्न बढी इच्छुक भएको देखियो । त्यस्तै वैचारिक-राजनैतिक जस्तो रणनैतिक महत्त्व भएको क्षेत्रमा तुलनात्मक रूपमा कम रुचि र क्षमता देखाएकोले महिलाहरू बढी व्यवहारिक काममा रमाएको देखिन्छ ।
क्षेत्रीय हिसाबले हेयौँ भने जनकप्रमा अधिकांश महिलाहरूले (५४.५५%) पार्टी मन पराएको देखिन्छ भने जनसेनालाई मनपराउने अधिकांश महिलाहरू (५४.७४%) गण्डकका परेका छन् भने मोर्चा मनपराउने अधिकांश महिलाहरू (३१९०%। मेची-कोशीका परेका छन् । तर जब रुचि र क्षमताको प्रश्न सोद्धा वैचारिक राजनैतिक कामलाई मेची-कोशीका महिलाहरूले अत्यधिक (२८.८८%) मनपराएको देखियो भने फौजी कामलाई गण्डकका महिलाहरूले अत्यधिक (४४.२१%) मनपराएको देखियो (जन माथि सोधिएको कार्यक्षेत्रसँग मिल्दछ भने संगठनात्मक कामलाई वागमतीका महिलाहरूले अत्यधिक (३९.५६%) मनपराएको देखियो । समग्र रूपमा हेदां गण्डक र राप्तीका महिलाहरूले फौजी क्षेत्र मन पराएको देखिन्छ भने बागमती र जनकपुरका महिलाहरूले संगठनात्मक क्षेत्र मनपराएको देखिन्छ । त्यस्तै मेची-कोशीका महिलाहरूले वैचारिक र राजनैतिक क्षेत्र मन पराएको देखिन्छ ।
आफ्नो वर्तमान जिम्मेवारीबाट कति सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा सबभन्दा बढी प्रतिशत ‘ठिकठिकै छ’ ‘भन्नेले पाएको देखियो (५२.२६%) र त्यसपछि ‘पूर्ण सन्तुष्ट छु’ भन्नेले ४१.२९% पाएको देखियो भने ‘असन्तुष्ट’ भएकोले ४.०१% मात्र पाएको देखियो । यसले महिलाहरू समग्ररूपमा आफ्नो वर्तमान जिम्मेवारीप्रति सन्तुष्ट छन् भन्ने देखियो। यो सकारात्मक संकेतको द्योतक हो ।
क्षेत्रीय रूपमा तुलना गरेर हेर्ने हो भने सबभन्दा सन्तुष्ट भएका महिलाहरू वागमतीमा देखिन्छन् (५६.०४%) भने ठिक-ठिकै छ भन्ने महिलाहरू जनकपुरका बढी देखिन्छन् (६३.६३%)। सबभन्दा असन्तुष्ट भएका महिलाहरू पनि जनकपुरमा देखिन्छन् (६.४९%) । अतः जनकपुरका महिलाहरूबीच पार्टीले असन्तुष्टिको जड पत्ता लगाउनु जरुरी छ ।
आन्दोलन/संगठनभित्र सबभन्दा राम्रो लागेको कुरा के हो भन्ने प्रश्नको जवाफमा लक्ष्यप्रति निष्ठा र राजनैतिक प्रतिवद्धता, त्याग र बलिदानको भावना, महिला पुरुष समानता, सही जनदिशा र अन्य मध्ये सबभन्दा बढी प्रतिशत त्याग र बलिदानको भावनाले ३६.०७% ल्याएको देखियो, दोस्रो स्थान लक्ष्यप्रति निष्ठा र राजनैतिक प्रतिवद्धताले २९.०९ % ल्याएको देखियो भने महिला पुरुष समानताले २१.९५ % ल्याएको देखियो । यसले पनि माथि तालिकाबाट आएको संश्लेषणलाई पुष्टी गरेको छ । अर्थात् भावनात्मक विषय, जस्तै त्याग-बलिदानको भावनाले महिलालाई बढी असर गरेको देखियो ।
त्यस्तै आन्दोलन/संगठनभित्र सवभन्दा नराम्रो लागेको कुरा सोध्दा वैचारिक-राजनैतिक अस्पष्टता, भनाइ र गराइमा भिन्नता महिला-पुरुष असमानता, व्यक्तिवादी प्रवत्ति, यौन शोषण र अन्यमध्ये सबभन्दा बढी प्रतिशत वैचारिक राजनैतिक अस्पष्टताले ३०.३२% पाएको देखियो भने दोस्रो स्थानमा व्यक्तिवादी प्रवत्तिले २२.८२% र तेस्रो स्थानमा भनाइ र गराइमा भिन्नताले १८.१२% ल्याएको देखियो । यसले के इंगित गर्दछ भने वैचारिक राजनैतिक पक्ष जटिल तर महत्वपर्ण विषय हो तसर्थ त्यसमा अस्पष्टता आउँदा त्यसले सबभन्दा बढी अफ्ठ्यारो महिलाहरूलाई नै प्याएको देखिन्छ । साथै व्यक्तिवादी प्रवृत्तिले दोस्रो स्थान लिन्ले पनि के संकेत दिन्छ भने महिलाहरू सापेक्ष रूपमा बढी सामाजिक प्राणी हुन् अतः तिनीहरूले व्यक्तिवादी प्रवत्ति मन नपराउनु स्वाभाविक महिलाहरू सापेक्षरूपमा बढी इमान्दार हुन्छन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
क्षेत्रीय रूपले हेर्यो भने लक्षप्रतिको निष्ठा वा राजनैतिक प्रतिवद्धता लाई अत्यधिक मत (३७.३६%) वागमतीका महिलाहरूले दिएको देखियो । त्याग र बलिदानको भावनालाई अत्यधिक मत (४२.१०%) गण्डकका महिलाहरूले दिएको देखियो भने महिला पुरुष समानतालाई अत्यधिक मत (२७.२७%) जनकपुरका त्याग र बलिदानलाई मल इखिला तर सबै क्षेत्रले सही जनदिशालाई कम महत्त्व दिएको देखियो । यसरी सही जनदिशाभन्दा महिला पुरुष समानतालाई बढी मत दिनुले जनयुद्धमा महिलाहरू, महिला-पुरुष समानतावाट बढी आकर्षित भएर आएको देखिन्छ। त्यस्तै सबभन्दा नराम्रो लागेको विषयमा वैचारिक राजनैतिक अस्पष्टतालाई पनि जनकपुरका महिलाहरूले ३६.३७% मत दिएका छन् । गण्डकका महिलाहरूले व्यक्तिवादी प्रवृत्तिलाई अत्यधिक मत (४१.०५%) दिएका छन् भने मेची-कोशीका महिलाहरूले गराई र भनाइको भिन्नतामा २०.२६% मत दिएका छन् ।
त्यस्तै अन्तर्राष्ट्रिय आन्दोलनका कुन चाहिँ महिला नेतृ तपाईंलाई सबभन्दा मन पर्छ भनेर सोद्धा जनी मार्क्स, रोजा लक्जम्वर्ग, क्लारा जेटकिन, नदाँज्दा कुप्स्काया, अलेक्जाण्डा कोलोन्ताई, चियाङ्ग चिङ्ग, अन्य र थाहा छैन भन्नेमध्येमा सबभन्दा बढी ३५.१९% जैनी मार्क्सले पाएको देखियो भने दोस्रो स्थानमा रोजा लक्जम्बर्गले १८.८१% पाएको देखियो र तेस्रो स्थानमा चियाङ चिले १३.०७% पाएको देखियो । आमूल परिवर्तनको माग राख्दै लडिरहेका अधिकांश योद्धा महिलाहरूले जेनी मार्क्सलाई सबभन्दा आदर्श मान्नु भनेको अनौठो नै हो। उनी अन्य अन्तर्राष्ट्रिय महिला नेतृ जस्तै रोजा लक्जम्बर्ग, क्लारा जेट्किन, नदाज्दा कुप्स्कायाभन्दा बढी मार्क्सकी पत्नी र उनको सहायकको रूपमा चिनिन्छिन् । उनी संगठक थिइनन् न संगठनमै थिइन्, बरु अधिकतम् रूपमा भन्नुपर्दा उनले मार्क्सकी सेक्रेटरी जसरी काम गरेकी थिइन् । जबकि अरू विवाहित महिला नेतृहरू छुट्टै अस्मितासहित संगठनसम्वन्धी कामको अभिभारा लिने व्यक्तिको रूपमा चिनिन्छन् । अतः जेनी मार्क्सलाई अधिकांशले छान्नु भनेको उही परंपरागत धारणा जसमा महिला पुरुषको सहायक बन्नुलाई आर्दश मान्ने गरिन्छ, त्यही व्याप्त रहेको देखियो जुन विज्ञानसम्मत होइन । अर्थात् सामन्तवादी दृष्टिकोण महिलाकार्यकर्तामा अझ पनि कायम छ जसले गर्दा महिलाले आफैलाई मूल्यविहीन बनाइरहेको हुन्छ । साथै यो कुरा अज्ञानको कारणले पनि हुनसक्छ । जैनी मार्क्स पछि रोजा लक्जम्बर्गले दोस्रो स्थान पाउनु भनेको ठूलो छलांगको अभिव्यक्ति हो। किनभने रोजा लक्जम्वर्गको राजनीतिक जीवन अन्य अन्तर्राष्ट्रिय नेतृभन्दा भिन्न छ, जस्तै उनले अविवाहित रहेर नै आफ्नो भूमिका सशक्त रूपमा निभाएकी थिइन्, उनी विचारक थिइन्, पार्टीको ओहदामा धेरै माथि पुगेकी महिला हुन्। उनको क्रान्तिप्रति प्रतिवद्धताको कारण नै उनलाई प्रतिक्रियावादीले हत्या गर्न पुगे । शायद यस्तो ठूलो भिन्नता आउनुको कारण क्लारा जेट्कीनको नाम पूर्वीक्षेत्रमा वितरित् प्रश्नावलीमा छुट्न गएर पनि हुनसक्छ । यहाँ उल्लेख गर्न लायक कुरा के छ भने देशभरिवाट आएको जम्मा ५७४ मध्ये पूर्ववाट मात्र जनकपुर र मेची-कोशी मिलाएर) ३०९ फारमहरू आएका छन् । र ती फारममा कतै कतै महिलाहरू आफैले पनि क्लारा जेट्किनको नाम लेखेर आफ्नो मत जाहिर गरेको पाइयो। रोजा पछि तेस्रो स्थानमा चियाङ्ग चिङ्गको नाम आउनु स्वभाविक हो किनकि उनी पनि विद्रोही महिला थिइन् जसले गर्दा उनलाई त्यहाँको संशोधनवादी सत्ताले मार्न वाध्य भयो (?) । अर्को उल्लेखनीय कुरा के भने सोधिएको प्रश्नमा १७.७७% ले थाहा छैन भन्न्ल वास्तवमा अधिकांश महिलालाई यी अन्तर्राष्ट्रिय महिला नेतृहरूको जीवनी थाहा नहुनुको संकेत दिन्छ। यहींनेर के अनुमान गर्न सकिन्छ भने यी महिला नेत्मध्य सबभन्दा परिचित जेनी मार्क्स नै हुन् किनकि उनको जीवनी नेपाली भाषामा २०४६ सालअघि नै जनतामा वितरित भइसकेको थियो । अतः धेरैले जेनीलाई सबभन्दा मन पराउने कारण यो पनि हुनसक्दछ ।
क्षेत्रीय रूपले हेर्यो भने जेनी मार्क्सलाई अत्यधिक मनपराउने (४८.१०%) महिलाहरू राप्तीका देखापरेका छन् भने रोजालाई मनपराउने (२८.४२%) महिलाहरू गण्डकका देखा परेका छन् र चियाङ्ग चिङ्गलाई मन पराउने (१८.१८%) जनकपुरका महिलाहरू देखा परेका छन् । रोल्पा जस्तो मुख्य इलाकाका महिलाहरूले जेनी मार्क्सस्लाई आदर्श पात्र मान्नु अलि अस्वाभाविक देखियो। शायद त्यहाँका महिलाहरूले अन्य अन्तर्राष्ट्रिय नेतृ, जो जेनीभन्दा सशक्त, वैचारिक, संगठनात्मक नेतृ हुन्, तिनीहरूको बारेमा त्यति जानकारी नपाएर पनि होला ।
लिंगीय प्रश्नबारे
हाम्रो जस्तो ग्रामीण बहुल देशमा, वर्ग विभाजन त्यति प्रष्ट देखिन्न तर देखिने त्यहाँ वर्गीय शोषण लिंगीय, जातीय, क्षेत्रीय शोषणको रूपमा अभिव्यक्त हुनखोज्दछ । अतः लिंगीय प्रश्नलाई सर्वेक्षणमा महत्त्वका साथ उठाइएको छ ।
संगठनभित्र लिंगीय शोषण कत्तिको अनुभव गर्नुभएको छ भन्ने प्रश्नमा सबभन्दा अधिक ७४.५६% ले सामान्यरूपमा छ भनेका छन् भने २०.९१% ले कत्ति पनि छैन भनेका छन् र तेस्रोमा ३.६६% ले असाध्यै छ भनेका छन् । समग्रमा हेर्दा ७८, २२% ले लिंगीय शोषण छ भनेका छन् तर नकारात्मकभित्र सकारात्मक पनि लुकेको हुन्छ । अतः २०.९१% ले लिंगीय शोषण कत्ति पनि छैन भन्नुले यो शोषण कम हुँदै जाने संकेत पनि दिन्छ ।
क्षेत्रीय रूपमा हेर्दा सामान्य रूपमा छ भन्ने अत्यधिक मत ८३.१६% गण्डकका महिलाहरूले जाहेर गरेको देखियो भने असाध्यै छ भन्ने अत्यधिक मत ८.८६% राप्तीका महिलाहरूले जाहेर गरेको देखियो। ‘कत्ति पनि गरेको छैन’ भन्ने अत्यधिक मत २५.८६% मेची-कोशीका महिलाहरूले जाहेर गरेको देखियो । सामन्ती पितृसत्तात्मक देशमा आमरूपमा लिंगीय भेदभाव हुनु आश्चर्यको कुरा होइन तर राप्ती जस्तो जनजाति बाहुल्य, जनयुद्ध सघन र मुख्य इलाका भएको ठाउँमा अधिकांश लिंगीय भेदभाव सामान्य रूपमा छ भन्नले त्यहाँ महिला-पुरुषसम्बन्धमा अझ सुदृढता ल्याउने वातावरणको माग गर्दछ । गण्डक क्षेत्र जनजातिको हिसाबले मिश्रित ठाउँ, तर सत्तासीन वर्गको सांस्कृतिक छाप रहेको क्षेत्र भएकोले त्यहाँका महिलाहरूले सामान्य लिंगीय भेदभाव छ भन्न कने अनौठो कुरा होइन। मेची-कोशी जस्तो ब्राम्हण क्षेत्री बाहुल्य भएको ठाउँमा महिलाहरूले अत्यधिक मत कत्ति पनि गरेको छैन’ भन्नेमा जाहेर गर्दा के देखिन्छ भने कि त त्यहाँका महिलाहरूमा लिगीय शोषणको अवधारणा नै पलाएको छैन कि त त्यो क्षेत्र हिजोदेखि कम्युनिष्ट बहुल हदै आएकोले गर्दा त्यहाँ लिंगीय भेदभाव नभएको अथवा जनयुद्ध त्यहाँ भर्खर विस्तार हुँदै गएकोले त्यहाँको संगठनमा लिगीय भेदभाव देखा नपरेको हनुपर्दछ । साथै त्यहाँ जनजातिको पनि उपस्थिति भएकोले गर्दा संगठनभित्र भेदभाव देखा नपरेको हुनसक्दछ ।
सबभन्दा बढी लिंगीय शोषण कुन क्षेत्रमा छ भनेर सोधिएको प्रश्नको जवाफमा २६.१३% ले कनैमा छैन, २५.२६% ले जनसेनामा छ भन्त र २३.६९% ले पार्टी संगठनमा छ भन्नले के देखाउँछ भने लिंगीय शोषण छ र छैन भन्ने बीचमा अन्तरविरोध छ । समग्रमा छ भन्नेको प्रतिशत यद्यपि ४८.९५ भएता पनि कनैमा पनि छैन भन्ने प्रतिशत २६.१३ देखियो जन माथिको तालिकामा लिंगीय शोषणको अनुभूति कत्ति पनि नभएकोसँग करिब करिब मिल्न आउँछ । लिगीय शोषण भएको भन्नेमध्येमा पनि बढी लिंगीय शोषण जनसेनामा छ अनि पार्टीमा छ भन्नु स्वाभाविक देखिन्छ । कारण, पार्टीभन्दा जनसेनामा अन्तरविरोधहरू छिट्टो देखापर्छन् किनभने यो क्षेत्र कर्मथल हो जहाँ जीवन र मृत्युसंग सधै खेलिराख्नु पर्दछ, अतः भेदभाव, असमानताका कुराहरू छिट्टो उजागर हुन्छन् ।
क्षेत्रीय रूपमा हेर्दा जनसेनामा छ भन्ने अधिकांश मत (३७.८९) गण्डकका महिलाहरूले बताएका छन् । पार्टी संगठनमा) आधारित मत (२९.३१) मेची-कोशीका महिलाहरूले दिएका छन् । र सोही क्षेत्रका महिलाहरूले अत्यधिक मतले (३१.०३) कुनैमा पनि छैनभन्नेमा जाहेर गरेको देखियो । यसरी गण्डक क्षेत्रका महिलाहरूले जनसेनामा सबभन्दा बढी लिंगीय भेदभाव भएको जाहेर गर्नुले जनसेनाभित्र पुरुषप्रधान चिन्तन (जो वास्तवमा सत्ताधारी वर्गको चिन्तन हो) हावी भएको जनाउँछ जसलाई यथाशीघ्र हटाउने अभियान चलाउनु पर्दछ । त्यस्तै मेची-कोशीका महिलाहरूले पार्टी संगठनमा सबभन्दा बढी भेदभाव छ भन्नुले त्यहाँको पार्टी संरचनामा पनि पुरुष-प्रधान चिन्तन हटाउनु जरुरी देखिन्छ । तर सोही क्षेत्रका महिलाहरूले कुनै मा पनि छैन भन्नेमा अत्यधिक मत दिएका पनि छन्, यसले माथि दिएको विवरणलाई काटेको जस्तो देखिन्छ । अतः यसले त्यहाँको वास्तविक स्थिति अझ बुझ्नु पर्ने माग राख्दछ ।
त्यस्तै कमिटीहरूमा पदोन्नति गर्दा महिलाहरूलाई उपेक्षा गरिएजस्तो अनुभव गर्नु भएको छ कि भन्ने प्रश्नको जवाफमा सबभन्दा बढी प्रतिशतले कहिलेकाँही गरेको छु (६१.३२%) भनेको देखियो भने अक्सर गरेको छु ले ५.७५% पाएको देखियो भने कहिल्यै पनि गरेको छैन भन्नेले २७.८७% पाएको देखियो । समग्रमा हेर्दा ६७.०७ ले महिलाहरूलाई उपेक्षा गरिएजस्तो अनुभव गरेका छन् । यो पनि माथिको लिंगीय शोषणको आँकडासँग मिल्दछ । त्यस्तै जिम्मेवारी दिने क्रममा महिलाहरूलाई कत्तिको अविश्वास गरिएजस्तो लाग्छ भन्ने प्रश्नको उत्तरमा ५७.६६% ले कहिलेकाही लाग्छ भन्ने जवाफ दिएको देखियो भने १३.०८ % ले धेरै जस्तो लाग्छ भन्ने जवाफ दिएको देखियो (अर्थात जम्मा ७०.७४% ले अविश्वास गरिएको अनुभूति गरेको देखियो। र २५.४३% ले कहिले पनि लाग्दैन भनेको देखियो । यसले पनि लिंगीय शोषणको आँकडालाई पुष्टी गर्दछ ।
यसलाई क्षेत्रीय दष्टिकोणवाट हेर्यो भने कमिटीहरूमा पदोन्नति गर्दा महिलाहरूलाई उपेक्षा गरिएजस्तो अनुभव गर्न भएको छ भन्ने प्रश्नमा राप्तीका महिलाहरूले अत्यधिक मत ७०.८९५ कहिलेकाहीं गरेको छु मा जाहेर गरेको देखियो भने कहिल्यै पनि गरेको छैन भन्नेमा जनकपुरका महिलाहरूले अत्यधिक मत ३७.६६५ जाहेर गरेको देखिन्छ अक्सर गरेको छ भन्नेमा गण्डकका महिलाहरूले अत्यधिक मत ८.४२५ दिएको देखिन्छ । त्यस्तै जिम्मेवारी दिने कममा महिलाहरूलाई अविश्वास गरिएजस्तो कत्तिको लाग्छ भन्नेमा कहिलेकाँहीं लाग्छलाई जनकप्रका महिलाहरूले अत्यधिक मत (६४.९४%) दिएको देखियो भने गण्डकका महिलाहरूले धेरै जस्तो लाग्छ’ मा अत्यधिक मत (१८.९५) दिएको देखियो। तर ‘कहिले पनि लाग्दैन’ भन्नेमा अत्यधिक मत (३२.९%) बागमतीका महिलाहरूले जाहेर गरेको देखियो। यहाँ पनि गण्डकका महिलाहरूले धेरै जस्तो लाग्छ मा अत्यधिक मत जाहेर गरेको देखियो जो माथिका तालिकाहरूसँग मिल्दछ ।
विवाहपश्चात् महिलाहरूको स्थितिमा कस्तो परिवर्तन आउने गरेको जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा उस्तै उस्तै हुन्छ भन्नेले सबभन्दा बढी प्रतिशत ४४.२५ ल्याएको देखियो भने घट्ने गर्दछ भन्नेले ३५.८९% ल्याएको देखियो र बढ्ने गर्दछ भन्नेले १०.८०% पाएको देखियो। यहां पनि विवाहपश्चात् महिलाहरूको स्थितिमा परिवर्तन ल्याएको (चाहे त्यो सकारात्मक होस् वा नकारात्मक होस्) भन्ने स्वीकार्ने महिलाहरूको प्रतिशत जम्मा ४६.६९ देखियो भने उस्तै उस्तै हुन्छ भन्नेहरूको प्रतिशत ४४.२५ देखियो। यसले पनि देखाउँछ कि विवाहको असरको संबन्धमा महिलाहरूबीच अन्तरविरोध छ । वास्तवमा विवाह भन्ने चीज गुणात्मक सम्वन्ध हो, दुवै पुरुष र महिलाको लागि । तर यो तथ्य महिलाहरूमा अझ बढी लागु हन्छ किनकि विवाहको संरचना बढी असमानता, र पुरुषप्रधान भौतिक संरचनामा आधारित हुन्छ । त्यसैले विवाहपश्चात् महिलाहरूको स्थिति उस्तै उस्तै छ भन्नुले कुरा अझ नखुलेको संकेत गर्दछ । अतः कुरा नखुलेको अवस्थामा घट्ने गर्छ भन्नेले ३५.८९% पाउनु र बढ्ने गर्दछ मन्नेले १०.८०% ले यो संकेत गर्दछ कि विवाहपश्चात् महिलाहरूको क्रान्तिकारी स्पिरीट घटेको देखियो । अतः यसलाई पार्टीले गंभीररूपमा लिनुपर्दछ ।
यसलाई क्षेत्रीय दृष्टिकोणबाट हेर्यो भने उस्तै उस्तै हुन्छ भन्नेमा राप्तीका महिलाहरूले अत्यधिक मत (६०.७६%) जाहेर गरेको देखियो भने सोही क्षेत्रका महिलाहरूले बढने गर्दछ भन्नेमा पनि बढी मत (१३.९२%) जाहेर गरेको देखियो । यसले राप्तीक्षेत्रमा विवाहले क्रान्तिमा उर्जा ल्याएको उत्साह, क्रान्तिकारी स्पिरिट बढाएको संकेत दिन्छ जन स्वागतयोग्य हो । जनयुद्धको दृष्टिले सघन र मुख्य क्षेत्र भएको ठाउँमा यस्तो परिवर्तन आउन राम्रो संकेत हो । तर घटने गर्दछ भन्नेमा बागमतीका महिलाहरूले अत्यधिक मत (५२.७५%) जाहेर गरेको पनि देखियो । यसले बागमतीमा हने गरेका विवाहको संरचनामा अझ प्रगतिशील परिवर्तन ल्याउनमा त्यहाँका पार्टी र विशेषगरी त्यहाँका महिलाहरूले बढी संघर्ष गर्नुपर्ने देखियो ।
विवाहित महिलाहरूको मुख्य समस्या के भए जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा बालबच्चाको स्याहारले सबभन्दा बढी प्रतिशत ३६.०६ ल्याएको देखिय भने त्यसपछि लोग्नेको प्रत्यक्ष वा परोक्ष दवावले २३.५२% ल्याएको देखियो प्रजनन स्वास्थ्य संबन्धी समस्याले १४.२९% ल्याएको देखियो । यसमा प्रजनन ल्याएको असरले । जसमा बालबच्चाको स्याहार र प्रजनन स्वास्थ्य पर्दछ। कर रूपमा ५०.३५% ल्याएको देखियो। अतः विवाहित महिलाहरूको मुख्य समस्य भनेको उनीहरूको प्रजनन शक्तिसम्बन्धी समस्या नै हो जसभित्र बच्चापा एकतफी वालवच्चाको स्याहारमा बोझ लिन पर्ने अथवा प्रजनन सम्वन्धी समस्य पर्दा उचित औषधी नपाउने पर्दछन । त्यस्तै विवाहपछि लोग्नेको प्रत्यक्ष वा परीव दवाव पनि धेरैले महसुस गरेको देखियो। बरु यहाँ संगठनवाट उपेक्षामा मात्र ४.५३% ले इंगित गर्नुले के देखाउँछ भने विवाहित महिलाहरू संगठनले भन्न पनि पति-पत्नी बीचको असमान सम्वन्धले गर्दा उनीहरूको क्रान्तिकारी स्पिरिटम असर परेको छ। यसमा १०.३८% महिलाहरूले यस प्रश्नको जवाफ नदिन भनेको अर्थपूर्ण छ । शायद संगठनभित्र लिंगीय शोषण कत्ति पनि छैन भन्नेहरू। विवाहपश्चात् महिलाहरूको क्रान्तिकारी स्पिरिट उस्तै उस्तै हुन्छ भन्नेहरूले यस प्रश्नमा तटस्थ बसेको हुनुपर्दछ ।
क्षेत्रीय दृष्टिकोणबाट हेर्दा राप्तीका महिलाहरूले सबभन्दा धेरै मत (५०.६३%) बालबच्चा स्याहारलाई दिएको देखिन्छ । त्यस्तै प्रजनन स्वास्थ्य मा सबभन्दा बढी मत (२७.४७%) बागमतीका महिलाहरूले दिएको देखिन्छ। मेची-कोशीका महिलाहरूले अत्यधिक मत (३९.६६%) लोग्नेको प्रत्यक्ष वा परोक्ष दवार मा दिएको देखिन्छ । यसले राप्तीमा शिशु स्याहार केन्द्रको माग गर्दछ भरे वागमतीमा प्रजनन् सम्वन्धी हेर्ने महिला डाक्टरको माग गर्दछ । र मेची-कोशीम लोग्नेस्वास्नी वीचको सामन्ती सम्वन्धलाई अझ सर्बहारा समानतावादी बनाउनको लागि विशेष अभियान चलाउन माग गर्दछ। यहाँ अध्ययन गर्न लायक कुरा के मा छ भने पश्चिम बाट पूर्वतिर जाँदा लोग्नेको प्रत्यक्ष वा परोक्ष दवाव बढदै गएको देखिन्छ (यद्यपि जनकपुरमा त्यो अलि घटेको देखिन्छ) ।
सबभन्दा राम्रो विवाह पद्धति कुन हो भन्ने ठान्नुहुन्छ भन्ने प्रश्नको जबाफमा स्वेच्छिक प्रेम विवाहले सबभन्दा बढी ६१.६७% पाएको देखियो भने पार्टीद्वारा निर्धारित विवाहले ३०.१४% पाएको देखियो र परिवारद्वारा आयोजित विवाहले ४.५३% पाएको देखियो । यसमा स्वेच्छिक प्रेम विवाहले सबभन्दा बढी प्रतिशत पाउनु राम्रो संकेत हो । तर पार्टीद्वारा निर्धारित विवाहलाई सबभन्दा राम्रो विवाह पद्धति मान्नेहरूको प्रतिशत ३०.१४ हुनु भनेको विवाहलाई दुई वयस्क महिला र पुरुष वीचको छनौट र स्वइच्छाको विषयभन्दा पनि कुनै उच्च पदाधिकारीको आशिर्वादमा गर्नु पर्ने विवाहको रूपमा बुझिएको देखियो । यसले त घुमीफिरीकन परम्परागत विवाहलाई स्वीकृति दिएको देखियो । ४.५३ १% ते जनयुद्ध शुरु भइ सकेपछि पनि परिवारद्वारा आयोजित विवाहलाई असल मान्नु राम्रो संकेत होइन अतः विवाहसम्बन्धी वैज्ञानिक दृष्टिकोण अझ विकास गर्न यसलाई क्षेत्रीय देष्टिकोणबाट हेर्यो भने स्वैच्छिक प्रेमविवाहलाई राप्तीका जरुरी छ ।
यसलाई क्षेत्रीय देष्टिकोणबाट हेर्यो भने स्वैच्छिक प्रेमविवाहलाई राप्तीका महिलाहरूले अत्यधिक मत ७९७८% दिएको देखियो । जनजाति बाहुल्य भएको यो क्षेत्र वास्तवमा जनयुद्धको घनत्व भएको क्षेत्र पनि हो । अतः यहाँका अत्यधिक महिलाहरूले स्वैच्छिक प्रेमविवाहलाई छान्नु अग्रगमनको संकेत हो । त्यस्तै पार्टीद्वारा निर्धारित विवाहमा वागमतीका महिलाहरूले सापेक्ष बढी मत ४०.६६% दिएको देखियो भने परिवारद्वारा आयोजित विवाहमा मेची-कोशीका महिलाहरूले अत्यधिक मत ६.९०% दिएको देखियो । यसले के देखाउँछ भने जति पश्चिमबाट पर्वतिर जान्छौ त्यति त्यति विवाह को मामलामा प्रगतिशील धार कम हुँदै गएको देखिन्छ । त्यसमाथि मेची-कोशी बाहुन-क्षेत्री बाहुल्य भएको र त्यसमाथि जनयुद्ध हालै फैलिएको अवस्थामा त्यहाँका ६.५०% महिलाहरूले परिवारद्वारा आयोजित विवाहलाई अहिले पनि राम्रो मान्नु अनौठो नहोला, तर यो राम्रो संकेत होइन ।
संगठनभित्र महिलाहरूलाई हेर्ने कुनचाहिँ दृष्टिकोण हावी भएको छ भन्ने प्रश्नको जवाफमा सर्वहारा समानतावादी दृष्टिकोणले सबभन्दा बढी ४५.६४% पाएको देखियो भने दोस्रो स्थानमा सामन्ती रुढीवादीले ३२.५८% पाएको देखियो र पूँजीवादी उपभोक्तावादीले १५.६८% पाएको देखियो । समग्रमा हेर्दा अझ पनि गैरसर्वहारा दृष्टिकोण हावी भएको देखिन्छ, जसमा सामन्ती रुढीवादी र पुँजिवादी उपभोक्तावादी प्रवृत्तिलाई जोड्दा ४८.२६% हुन आउँछ, जुन सर्वहारा समानतावादीभन्दा अलि बढी छ । तसर्थ संगठनभित्र महिलाहरूलाई हेर्ने दृष्टिकोणमा गैरसर्वहारा प्रवृत्ति हावी भएको देखियो जसमध्ये सबभन्दा बढी सामन्ती रुढीवादी दृष्टिकोण भएको देखियो। यसले संगठनभित्र महिलाहरूलाई हेर्ने दृष्टिकोणमा अझ बढी सर्वहारा समानतावादी हुनु पर्ने माग गरेको देखिन्छ ।
यसलाई क्षेत्रीय दृष्टिकोणबाट हेर्यो भने सर्वहारा समानतावादीलाई राप्तीका महिलाहरूले अत्यधिक मत ५४.४३% दिएको देखिन्छ । यसले त्यहाँको संगठन वर्गीय दृष्टिकोणबाट सुदृढ भएको देखिन्छ जो स्वागतयोग्य कुरा हो, तर सामन्ती रुढिवादीलाई बागमतीका महिलाहरूले अत्यधिक मत ४८.३५% दिनु भनेको त्यहांको संगठन अझ लैंगिक दृष्टिकोण र वर्गीय दृष्टिकोणबाट सुदृढ गर्नुपर्ने आवश्यकता देखिन्छ । पुँजीवादी उपभोक्तावादीलाई मेची-कोशीका महिलाहरूले अत्यधिक मत १८.५३% दिनुले त्यो क्षेत्र वस्तुगत स्थितिअनुसार अन्य भागहरू भन्दा पुंजीवादको विकास तुलनात्मक रूपले भएको पुष्टि गर्दछ । तसर्थ त्यहाँ वर्गीय दृष्टिकोण र लिंगीय दृष्टिकोण अझ माथि उठाउनु जरुरी देखिन्छ ।
संगठनभित्र महिलामाथि यौन शोषणको समस्या कत्तिको भए जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा सामान्य रूपमा छ भन्नेहरूको संख्या ४८.६१% देखियो भने कत्ति पनि देखिन्न भन्नेको ४२६८% देखियो र धेरै नै छ भन्नेको ४.१८% देखियो । समग्रमा हेर्दा महिलामाथि यौन शोषण छ भन्नेको प्रतिशत ५२.८७देखियो भने कत्ति पनि देखिन्न भन्नेको प्रतिशत ४२.६८ देखियो । अतः यस विषयमा महिलाहरूमा केही अन्तरविरोध देखियो । समग्रमा हेर्दा महिलामाथि यौन शोषण सामान्यरूपमा भएको देखिन्छ । तसर्थ यो कति व्यापक छ कसरी प्रकट हुन्छ र यसलाई कसरी नियन्त्रण गर्नपर्छ भन्नेतिर पार्टीको ध्यान जानु जरुरी छ ।
क्षेत्रीय दष्टिकोणबाट हेर्यो भने सामान्य रूपमा छ भन्नेलाई गण्डक महिलाहरूले अत्यधिक मत ५५.७९% दिएको देखिन्छ भने धेरै नै छ भन्नेलाई पनि गण्डकका महिलाहरूले बढी मत ६.३२% दिएको देखिन्छ । यसले गण्डक क्षेत्रका महिलाहरूमाथि यौन शोषण अलि गम्भीर रूपमा भएको देखिन्छ । अतः त्यहाँ यो समस्या कसरी प्रकट हुन्छ, कन प्रकारको छ र यसलाई कसरी नियन्त्रण र निर्मल पार्न सकिन्छ भन्नेतिर सम्बन्धित पार्टीको ध्यान जान जरुरी हनछ । त्यस्तै करि पनि देखिन्न भन्नेलाई बागमतीका महिलाहरूले अत्यधिक मत ६५.९३% दिएको छ, जुन स्वागत योग्य हो ।
गुन गठनभित्र महिला-महिलाबीचको सम्बन्ध चिसिने गरेको कत्तिको देन भएको छ भन्ने प्रश्नको जवाफमा अत्यधिकले सामान्य रूपमा देखिन्छ भनेको पाइयो जसको प्रतिशत ७८.२२ भएको पाइयो भने कत्ति पनि देखिन्न भन्नेको १०.२८% पाइयो र धेरै नै छ भन्नेको ८.७१% पाइयो । समग्रमा भन्नुपर महिला-महिलाबीचको सम्बन्ध चिसिने गरेको कुरा ८६९३% ले स्वीकारेका छन भने कत्ति पनि नदेखिनेको संख्या १०.२% छ। यसले गर्दा महिला-महिलाबीचक सम्बन्ध चिसिने कारण के हो त भनेर बुझ्नु अति जरुरी हुन्छ । अतः त्यसको कारण के होला भनेर सोधिएको प्रश्नको जवाफमा वैचारिक राजनैतिक मतभिन्नता, ईर्ष्या र प्रतिस्पर्धाको भावना, महिलाले महिलालाई नै हेपे परम्परावादी सोच, पुरुषहरूद्वारा फाटो पारिदिने प्रयास र अन्य बुँदाहरू राखिएको थियो । यी बुँदाहरूमध्ये वैचारिक राजनैतिक मतभिन्नताले सबभन्दा बही ४०.०७% पाएको देखियो। दोस्रो स्थान पाउने ईर्ष्या र प्रतिस्पर्धाको भावना देखियो जुन २२.८२% भएको देखियो र तेस्रो स्थानमा महिलाले महिलालाई हेने परम्परावादी सोचले २०.५६% पाएको देखियो । समग्रमा हेर्दा यसले के देखाउँछ भने महिला-महिलाबीचको सम्बन्धमा राजनैतिक भिन्नताभन्दा गैर-राजनैतिक प्रवृत्तिहरूले बढी असर पारेको देखिन्छ ।
यस तालिकामा दिएका विवरणहरूमा कमअनुसार मूल्य दिनु भन्ने प्रावधान भएकोले यसमा मूल्यकृत औसत हिसाव गरेर हेर्दा पनि सबभन्दा अधिक वैचारिक राजनैतिक मतभिन्नताले पाएको देखिन्छ (१५.६८) भने, त्यसपछि ईर्ष्या प्रतिस्पर्धाको भावनाले पाएको देखिन्छ (१३.७५) । त्यसपछि महिलाले महिलालाई है हेप्ने परम्परावादी दृष्टिकोणले (१२.१८) पाएको देखिन्छ । यसले माथिको कुरा है पुष्टि गर्दछ ।
यसलाई क्षेत्रीय दृष्टिकोणबाट हेर्यो भने सामान्य रूपमा देखिन्छ लाई बागमतीका महिलाहरूले अत्यधिक मत ८३.५२% दिएको देखिन्छ भने धेरै है देखिन्छ लाई गण्डकका महिलाहरूले १२.६३% दिएको देखिन्छ । कत्ति पनि देखिन्न भन्नेहरूलाई मेची-कोशीका महिलाहरूले अत्यधिक मत १४.२२% दिएको छ।
सायद यस्तो हुन् पछाडि मेची-कोशी जनयुद्ध को दृष्टिकोणबाट नखरे विकास हुँदै रणमा वैचारिक राजनैतिक आएकोले त्यहाँ पद-प्रवर्धनको लागि त्यति प्रतिष्पर्धा छैन कि संगठनभित्र महिला-महिलाबीचको सम्बन्ध चिसिने गरेको मुख्य कारणमा मतभिन्नता मा अत्यधिक मत मेची-कोशीका महिलाहरूले ४३/९७% दिएको देखिन्छ भने ईष्या र प्रतिस्पर्धाको भावनामा अत्यधिक मत जनकपुरका महिलाहरूले । ३२.४७%) दिएको देखिन्छ । यसरी महिला महिला बीचको सम्बन्ध चिसिने बढ़ी बागमती, जनकपुर र मेची-कोशीमा देखिनले ती क्षेत्रहरूमा महिलाहरूलाई बढी राजनीतीकरण, सैद्धान्तीकरण गर्न जरुरी देखिन्छ । शायद मेची-कोशीका महिला महिलाबीच बढी वैचारिक राजनैतिक मतभिन्नता आउन्ले त्यो क्षेत्र पहिले एमालेको गढ भएकोले पनि आएको होला र त्यो ठाउँ कम्युनिष्टको प्रानो अखडा भएकोले तिनीहरू बढी राजनैतिक वैचारिक भएर पनि होला । यसको तुलनामा वागमती र जनकपुरका महिलाहरू गैर राजनीतिक कारणले चिसिएको देखिन्छ ।
शारीरिक मानसिक स्वास्थ्यबारे
यस प्रश्नावलीमा शारीरिक, मानसिक स्थिति र व्यवहारमा आइपर्ने समस्याहरू माथि केन्द्रित प्राविधिक प्रश्नहरू सोधिएका थिए ।
पुरुषभन्दा शारीरिक/मानसिक रूपले कमजोर भएको अनुभूति गर्नु भएको छ/छैन भन्ने प्रश्नको जवाफमा ६७.२५% महिलाहरूले कहिले काहीँ गरेको छु भनेको पाइयो भने २१.९५% ले कहिल्यै गरेको छैन भनेको पाइयो र ८.८८% ले धेरै नै गरेको छु भनेको पाइयो । समग्ररूपमा हेर्दा ७६.१३% ले आफूलाई कमजोर पाएको देखियो भने २१.९५% ले कहिल्यै पनि कमजोर नभएको दावी गरेकी पाइयो । यसले के जनाउँछ भने आम महिलाहरूले आफू कमजोर भएको महशुस गरेका छन् र यस पछाडिको कारण खोजी गर्नुपर्ने भएको छ। यो मनोवैज्ञानिक खालको वा शारिरीक खालको वा दुवै हो, त्यो वुझ्नु जरुरी भएको छ ।
क्षेत्रीय रूपमा हेर्ने हो भने राप्तीका अधिकांश महिलाहरूले (८१.०१%) आफूहरू पुरुषभन्दा शारीरिक / मानसिक रूपले कहिलेकाँहीं कमजोर भएको अनुभूति गरेको देखियो भने कहिल्यै गरेको छैन भन्ने अधिकांश महिलाहरू बागमतीको (३१.८७%) देखियो भने मेची-कोशीमा महिलाहरूले अत्यधिक मत धेरै नै गरेको छु मा १४.६५% जाहेर गरेको देखियो । राप्तीजस्तो मुख्य आधार इलाका भएको क्षेत्रका महिलाहरूले आफूहरू पुरुषहरूभन्दा कमजोर ठान्नु राम्रो सकेत होइन । शायद त्यहाँका महिलाहरू बढी कुपोषित भएर हो कि, वा त्यहाँ उचित उपचार को अभावमा प्रजननसम्बन्धी स्वास्थ्यको बढी समस्या देखा पन्यो कि ? यस विषयमा सम्बन्धित पार्टीको ध्यान जानु जरुरी छ ।
अहिलेसम्म महिलाको विशिष्ट प्रजनन् स्वास्थ्यसम्बन्धी समस्याको अनुभव कति गर्न भएको छ भन्ने प्रश्नको जवाफमा बेलाबखत गरेको छ भन्नेहरूको प्रतिशत ६२.०२ देखियो भने कहिल्यै गरेको छैन भन्नेहरूको प्रतिशत १५.५० देखियो र अक्सर गरेको छ भन्नेहरूको प्रतिशत १४.८१ देखियो । यसले पनि समग्ररूपमा महिलाहरूको समस्या प्रजननसम्बन्धी जटिलतामा केन्द्रित छ भन्ने पुष्टि गर्दछ । अतः त्यो प्रजननसम्बन्धी जटिलता कस्तो खालको हो त्यो वुमन वि जरुरी भएको छ ।
क्षेत्रीय रूपमा हेदां प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या अधिकांश बागमतीका महिलाहरू ८३.२२% ले अनुभव गरेको देखियो । हुन त सबभन्दा बढी बालबच्चा भएका महिलाहरू पनि यही क्षेत्रमा परेका छन् । कहिल्यै गरेको छैन भन्ने अत्यधिक महिलाहरू (२१.०५%) गण्डकमा देखा परेका छन् ।
अविवाहितलाई मात्र सोधिएको प्रश्नमा महिलाहरूको स्वास्थ्य सम्बन्धी मुख्य ६४.४४% पाएको देखियो भने महिनावारी हंदा साधनको अभावले २१.९७% समस्या के के रहने गरेका छन् भन्ने प्रश्नको जवाफमा महिनावारी गडवडीचे पाएको देखियो र कुपोषणले ७.६५% पाएको देखियो । यस तालिकामा दिएको विवरणहरूमा क्रमानुसार मूल्य दिएअनुसार यसमा मूल्यकृत औसत हिसाव गर्दा पनि सबभन्दा अधिक मत महिनावारी गडवडले पाएको देखिन्छ (१२२४) त्यसपछि महिनावारी हुँदा साधनको अभावले पाएको देखिन्छ (७५४) र त्यसपछि कुपोषणले पाएको देखिन्छ (४९३) यसले माथिको कुरालाई थप पुष्टि गरेको देखिन्छ ।
त्यस्तै विवाहित महिलालाई मात्र सोधेको तिनीहरूको स्वास्थ्य सम्बन्धी मुख्य समस्याहरू के के होलान् भन्ने प्रश्नको जवाफमा महिनावारी गडबढीले ४४.०८% पाएको देखियो भने उपयुक्त परिवार नियोजनको साधनको अभावले १५.७९% पाएको देखियो र कुपोषणले १२.५०% पाएको देखियो ।
यस तालिकामा दिएका विवरणहरूमा कमाअनुसार मूल्य दिए अनुसार यसमा मूल्यकृत औसत पाएको यस्तो छ महिनावारी गडबढीले ६९४ पाएको छ भने उपयुक्त परिवार नियोजनको साधनको अभावले ५०२ पाएको छ भने कुपोषणले ४८ पाएको देखियो । यसले माथिको कुरालाई थप पुष्टि गरेको देखियो । यसरी विवाहित, अविवाहित दुवै महिलाहरूले महिनावारी गडबढीलाई प्राथमिकता दिनुले यो समस्या विकराल रूपमा छ भन्ने संकेत गर्दछ । त्यस्तै विवाहित महिलाहरूलाई उपयुक्त परिवार नियोजिनको साधनको अभाव र अविवाहित महिलाहरूलाई महिनावारी हुँदा साधनको अभाव हुनु वास्तविक रूपमा नेपालको गरीवी अर्थतन्त्रको उपज र साथै महिलाहरूको समस्याप्रति सापेक्ष रूपमा ध्यान नजानुको परिणाम हो। तेस्रो स्थानमा वै थरी महिलाहरूले कुपोषण जनाउनु पनि अर्थपूर्ण छ किनकि कुपोषणले गर्दा नै महिनावारीमा बढी गडबढी आउने गरेको देखिन्छ । अतः खानाको व्याख्या गर्दा पोशिलो खाना जसमा बढी फलामतत्त्व होस् त्यसप्रति बढी ध्यान दिनु जरुरी छ । साथै यसले महिला नर्स, डाक्टरको आवश्यकतालाई पनि औंल्याएको छ ।
क्षेत्रीय रूपमा तुलना गर्दा अविवाहित महिलाहरूको स्वास्थ्यसम्बन्धी मूल्य समस्यामा महिनावारी गडबढी सबभन्दा बढी (७०.९७%) बागमतीका महिलाहरूले अनुभूति गरेको देखिन्छ र त्यहीसँग सम्बन्धित महिनावारी हुँदा देखियो । विवाहित महिलाहरूले पनि महिनावारी गडवडीलाई मेची-कोशीका साधनको अभाव बढी राप्तीका अधिकांश (२७.२८%) महिलाहरूले अनुभूति गरेको महिलाहरूले अत्यधिक (५०.००%) मत जाहेर गरेको देखियो । प्रजनन स्वास्थ संग सम्बन्धित विषय, उपयुक्त परिवार नियोजनको साधनको अभावको समस्या वाहित महिलाहरूमध्ये बढी अत्यधिक समस्या । २९४१% राप्तीका महिलाहरूले देखाएका छन् । यसले के देखाउँछ भने राप्तीका महिलाहरू कमसेकम परिवार नियोजनप्रति सचेत छन् र त्यसको अभावले ग्रसित छन् । कपोषणप्रति दवे विवाहित र अविवाहित महिलाहरूले समस्याका रूपमा मत जाहेर गरेका देखिन्छन् । यसमा मेची-कोशी क्षेत्रका महिलाहरू विशेषगरी सचेत भएका देखिन्छन् । मेची-कोशीका अविवाहित महिलाहरूले बढी मत १०.८१% दिएको देखिन्छ भने उही क्षेत्रका विवाहित महिलाहरूले पनि बढी मत २५.००% कपोषणलाई दिएको देखिन्छ । यसमा अवान्छित गर्भधारणाले सबभन्दा बड़ी समस्या पारेको वागमती देखिन्छ १५.३८%)। शिश स्वास्थ्य समस्या पनि सबभन्दा बढी (७.६८%%) वागमतीका महिलाहरूमा नै परेको देखिन्छ।
महिलाहरूको विशिष्ट स्वास्थ्य समस्या सम्बन्धमा संगठनभित्र पुरुषहरू कृत्तिको संवेदनशील भएको पाउनुहुन्छ भन्ने प्रश्नको जवाफमा ‘केही मात्रामा छः सेनेहरुको प्रतिशत ७४.५६ देखियो भने ‘पटक्कै छैन’ मन्नेको प्रतिशत ५.७५ देखियो र ‘धेरै छ’ भन्नेको प्रतिशत १२.३७ देखियो । समग्ररूपमा हेर्दा पुरुषह महिलाहरूको विशिष्ट स्वास्थ्य सम्बन्धमा संवेदनशील भएको देखियो जो एकदम सकारात्मक उपलब्धि हो। यसले लिंगीय शोषणभन्दा वर्गीय शोषणप्रति महिलाहरूलाई ध्यान केन्द्रित गर्नमा मद्दत पुऱ्याउँछ ।
क्षेत्रीय रूपले हेर्ने हो भने ‘धेरै छ’ भन्नेमा गण्डकका महिलाहरूले बढी मत १४.७४% दिएको देखिन्छ भने केही मात्रामा छ भन्नेमा वागमतीका महिलाहरूले मत ८०.२२% दिएको देखिन्छ। जबकि ‘पटक्कै संवेदनशील छैन’ भन्नेमा अत्यधिक महिलाहरू (९.०९%) जनकपुरका देखिन्छन् । यसमा सबभन्दा बढी मत नदिने महिलाहरू (१४.२८%) जनकपुरका नै परेका छन् । अतः जनकपुरका पुरुषहरूलाई पार्टीले महिलाहरूको समस्याप्रति बढी संवेदनशील, जिम्मेवारीबोध ते बनाउने प्रशिक्षण अथवा शिविर चलाउनु जरुरी देखिन्छ ।
संगठनात्मक समस्या
पार्टी, जनसेना र मोर्चा/जनसत्तामा महिलाहरूलाई स्थापित गर्ने हेतुले तिनीहरूको यी क्षेत्रहरूमा के के मुख्य समस्याहरू छन् त्यसलाई उजागर गर्ने उद्देश्यले सर्वेक्षणमा प्रश्नहरू प्रस्तुत गरिएका थिए ।
पार्टीभित्र महिलाहरूका मुख्य समस्याहरूमध्ये वैचारिक राजनैतिक स्तर वृद्धिको समस्याले ६४.११% पाएको देखियो भने आम नेतृत्व विकासको समस्याले १७७७% पाएको देखियो र महिला नेतृत्वलाई नस्वीकार्ने पितृसत्तावादी चिन्तनको समस्याले ६.२७% पाएको देखियो । यसले के देखायो भने पार्टीमा महिलाहरूको मूल समस्या वैचारिक राजनैतिक स्तर नबढ्नु हो जसले गर्दा पार्टीमा तिनीहरूको पदोन्नतिमा ठूलो असर पर्ने गरेको छ । यसैले गर्दा पनि तिनीहरूको नेतृत्व विकासमा समस्या आएको झल्किन्छ । त्यसमाथि हाम्रो जस्तो पितृसत्तात्मक समाजमा महिला नेतत्वलाई अझ स्वीकार्न गाह्रो मानिन्छ ।
क्षेत्रीय रूपले हेर्ने हो भने वैचारिक राजनैतिक स्तर वृद्धिको समस्यालाई अत्यधिक मत (६९.८३%) मेची-कोशीका महिलाहरूले दिएका छन् भने गण्डकका महिलाहरूले अत्यधिक मत आम नेतृत्व विकासको समस्या (२३.१६%) लाई दिएका छन भने सोही क्षेत्रका महिलाहरूले बढी मत १४७४% महिल फेरि पनि मेची-कोशीका महिलाहरू रणनैतिक महत्व राख्ने वैचारिक राजनैति चेतनाप्रति सचेत भएको पुष्टि गर्दछ। र गण्डकका महिलाहरू महिलासम्वन व्यवहारिक निलगिय प्रश्नमा बढी सचेत छन भन्ने देखियो । एक्ले कार्यवा हिडदा सुरक्षाको समस्या र परिवार संग नियमित भेटघाटको समस्यालाई बड़ी जनकपुरका महिलाहरूले उजागर गरेको देखियो । यसले जनकपुर तुलनात्मक नेतृत्वलाई नस्वीकार्ने पित्सत्तावादी चिन्तनको समस्यालाई दिएका छन् । यस रूपमा पछाडि परेको आभास दिन्छ ।
यस तालिकामा दिएको विरणहरूमा क्रमानुसार मूल्य दिदा आएको मूल्यक्त औसत यसप्रकार छ वैचारिक राजनैतिक स्तरवद्धिको समस्यामा २७५१ मत पाएको छ । आम नेतत्व विकासको समस्यामा १७४८ मत पाएको छ । महिल नेतृत्वलाई नस्वीकार्ने पितसत्तावादी चिन्तनको समस्यामा १०६० मत पाए छ। यसले माथिको कुरा थप पुष्टि गर्दछ ।
जनसेनाभित्र महिलाहरूमा मुख्य समस्याहरू के के छन् भनेर सोधिएको प्रश्नको जवाफमा महिलालाई दुर्बल ठान्ने आम प्रवृत्तिले २५.७८% पाएको देखि प्रभत कायय महिलाहरूमा हीनतावोधको समस्याले १९.१६% पाएको देखियो । आक्रामक फौजी कारबाही निम्ति अविश्वास गर्ने प्रवृत्तिले १८.१२% पाएक देखियो । यसले समग्र रूपमा जनसेनामा महिलाहरूले अविश्वासको वातावरण झेल्नु परेको देखिन्छ । सर्वप्रथम उनीहरूलाई दुर्वल ठान्ने आम प्रवृत्ति, अर्कोति आफैमा हीनताबोधको प्रवृत्ति र फेरि अर्कोतिर आक्रामक फौजी कार्वाहील अविश्वास गर्ने प्रवृत्तिले जनसेनाभित्र महिलाहरूको मनोवललाई कति असा गरिरहेको होला भन्ने अनुमान गर्न सकिन्छ । अतः यथाशिघ्र यस प्रवृत्तिको विरुद कदमहरू चलाउनुपर्दछ ।
यस तालिकामा दिएको विरणहरूमा कमानुसार मूल्य दिदा आएको मूल्यकृत औसत यसप्रकार छ : महिलाहरूलाई दुर्वल ठान्ने आम प्रवृत्तिमा २१५८ पाएको छ भने स्वयं महिलाहरूमा हीनताबोधको समस्यामा २०५६ पाएको आक्रामण फौर्ज कारवाही निम्ति अविश्वास गर्ने प्रवृत्तिमा १९९० पाएको छ । यसले माथिको कुर थप पुष्टि गर्दछ ।
क्षेत्रीय हिसाबले हेर्यो भने महिलालाई दुर्वल ठान्ने आम प्रवृत्तिमा अत्यधिक मत (३७.०७%) मेची-कोशीका महिलाहरूले दिएको देखिन्छ । साथै जति पश्चिमबाट पूर्वतिर जान्छौं त्यति महिलाहरूलाई दुर्वल ठान्ने आम प्रवृत्ति बढ्दै गएको देखिन्छ । आक्रामक फौजी कार्वाही निम्ति अविश्वास गर्ने प्रवृत्ति म सबभन्दा बढी (२९.४८%) गण्डकका महिलाहरूले महसुस गरेका देखिन्छन् भरे यसमा सबभन्दा कम महसुस राप्तीका महिलाहरूले गरेको देखियो । त्यस्तै स्वयम महिलाहरूमा हीनतावोधको समस्यामा सबभन्दा बढी (२३.१६%) फेरि परि गण्डकका महिलाहरूले महसुस गरेका देदिन्छन भने यसमा सबभन्दा कम महसूस फेरि पनि राप्तीका महिलाहरूले गरेको देखियो । यसरी राप्तीका महिलाको सेनामा बढी आत्मविश्वास भएको देखियो भने गण्डकका महिला सेनामा बढी जटिलताहरू देखिन्छन् । तर निरन्तरताको समस्या भने राप्तीका महिलाहरूले सबभन्दा बढी उठाएका छन् (१८९९%)। स्मरण रहोस राप्तीमा सबभन्दा बडी संख्यामा विवाहित महिलाहरू छन् र तीमध्ये ५० प्रतिशत भन्दा बढीले बच्चा श्रमताबीच अन्तरको समस्या सबभन्दा बढी जनकपुरमा केन्द्रीकृत भएर अभिव्यक्त अन्माएका छन । बाँकी सबै समस्या प्रजनन स्वास्थ्य अनुकूल तालिमको व्यवस्थाको अभाव, परिवारसंग नियमित भेटघाटको समस्या र आवश्यकता भएको देखिन्छ ।
मोर्चा जनसेनामा महिलाहरूका मुख्य समस्याहरू के छन् भन्ने प्रश्नको जवाफमा जनसत्तामा कम सहभागिताले ४६.६९% पाएको देखियो भने जनसत्तामा फौजीकरणको अभावले १४.२८% पाएको देखियो । यसबाट के आभास पाइन्छ महिला नेतृत्वलाई नस्वीकार्ने प्रवृत्तिले १८.८७% पाएको देखियो र पार्टीकरण भने जनसत्तामा महिलाहरूको संख्या र क्षमता दवे कम छ । अतः सत्ताको प्रयोग गर्ने मामलामा महिलाहरूलाई प्रोत्साहन दिन जरुरी छ ।
क्षेत्रीय रूपमा हेप्यो भने जनसत्तामा कम सहभागिताको समस्या सवभन्दा बढी (५६.९७८) राप्तीका महिलाहरूले महसुस गरेको पाइयो । यद्यपि त्यही हाराहारीमा तर अलि कम प्रतिशतमा मेची-कोशीका महिलाहरूले पनि त्यही इगित गरेको पाइयो । तर राप्तीजस्तो मुख्य आधार इलाका भएको क्षेत्र, जनयुद्धको घनत्वभएको क्षेत्रमा जनसत्ताहरूमा महिलाहरूको न्यून उपस्थिति हुनु राम्रो संकेत होइन । अतः यस विषयमा गहिरो अनुसन्धान हुनु जरुरी छ। जनसत्तामा महिला नेतृत्वलाई नस्वीकार्ने प्रवृत्ति सबभन्दा बढी (२४.२१%) गण्डकका महिलाहरूले भोगेका देखिन्छन् र पार्टीकरण र फौजीकरणको अभाव र आवश्यकता र क्षमताबीच अन्तर बागमतीका महिलाहरूले (२१.९८%) भोगेको देखिन्छ। यस तालिकामा दिएको विवरणहरूमा क्रमअनुसार मूल्य दिंदा आएको मूल्यकृत औसत वत्सप्रकार छ : जनसत्तामा कम सहभागिताले १८६१ पाएको छ भने जनसत्तामा महिला नेतृत्वलाई नस्वीकार्ने प्रवृत्तिले १२४१ पाएको छ पार्टीकरण र फौजीकरणको अभावले ११५८ पाएको छ । यसले माथिको कुरा थप पुष्टि गर्दछ ।
समस्या समाधानका विधिहरू
सर्वेक्षणमा प्रस्तुत भएका नौ खण्डका प्रश्नावलीहरूमध्ये सबभन्दा रणनैतिक महत्व राख्ने प्रश्नावली खण्ड समस्या समाधानका विधिहरू पर्दछ । यसमा महिलाहरूको सहभागितामा वृद्धि, नेतृत्वको विकास र आन्दोलनमा निरन्तरताको ग्यारेन्टी सम्वन्धी प्रश्नहरू सोधिएका थिए ।
आन्दोलनमा महिलाहरूको सहभागिता वृद्धि गर्न के के गर्नुपर्ला भन्ने प्रश्नको जवाफमा महिलाहरूलाई क्रान्तिको आधारभूत शक्तिको रूपमा स्वीकार्नु पर्छ भन्नेले ५८.५४% ल्याएको देखियो भने संगठनभित्र महिलाहरूलाई विशेष अधिकारको व्यवस्था गर्नपर्छ भन्नेले १५.८५% ल्याएको देखियो र नेताहरूका श्रीमती र परिवारलाई पार्टीकरण गरिनुपर्छ भन्नेले ७.४९% पाएको देखियो । यसले के देखाउँछ भने महिलाहरूको सहभागिता वद्धि गर्नमा रणनैतिक महत्वका बुदाहरू जस्तै महिलाहरूलाई क्रान्तिको आधारभूत शक्ति मान्ने र महिलाहरूलाई विशेष अधिकारको व्यवस्था गर्नपर्ने जस्ता प्रश्नलाई ठीक प्रकारले इंगित गर्न सफल भएका छन् । र व्यवहारिक दष्टिकोणले महत्त्व राख्ने ब्दाहरू जस्तै नेताहरूका श्रीमती र परिवारलाई पार्टीकरण गरिनुपर्छ भन्ने कुरालाइ उजागर गरिदिएकोले के देखाउँछ भने तिनीहरू सिद्धान्तमा मात्र सीमित नना व्यवहारलाई पनि हेर्ने गर्दछन् ।
क्षेत्रीय रूपमा हेरेउ भने दिएको विवराणहरुमध्य सबभन्दा राणानैतिक महत्व राख्ने विषय महिलाहरूलाई क्रान्तिको आधारभूत शक्तिको रूपमा स्वीकार्नु पर्छ क्षेत्रीय रूपमा हेयो भने दिएका विवरणहरूमध्य सबभन्दा रणनैतिक महत्व भन्ने मतमा अधिकांश महिलाहरू (६२.३४%) जनकपुरका देखिएका छन्, यद्यपि यही हाराहारीमा तर अलि कम प्रतिशतले मेची-कोशीका महिलाहरूले पनि यो जति पूर्वबाट पश्चिमतिर जान्छौं त्यति त्यसलाई कम महत्त्व दिइको आभास विषय उठाएको देखिन्छ । आश्चर्यको कुरा के हो भने यस्तो रणनैतिक विषयलाई अधिकारको व्यवस्था गर्नुपर्छ भन्ने विषयमा सबभन्दा बढी मत (२०.२५% हुन्छ । त्यस्तै महत्त्व राख्ने अर्को विषय संगठनभित्र महिलाहरूलाई विशेष यसलाई महत्त्वका साथ उठाएको देखियो । अतः रणनितिक महत्व राख्ने कतिपय राप्तीका महिलाहरूले दिएको देखियो । त्यस्तै मेची-कोशीका महिलाहरूले समस्याहरू जस्ता नेताका श्रीमती र परिवारलाई पार्टीकरण गरिनुपर्छ, यौन बुदामा राप्ती र मेची-कोशी अगाडि आएको देखिन्छ । व्यवहारिक, तात्कालिक शोषणलाई कडाई पूर्वक निर्मूल गर्नुपर्छ, महिला कार्यकर्ताहरूको सुरक्षाको विशेष व्यवस्था गर्नुपर्छ र महिलाहरूको विशिष्ट समस्याप्रति आम संवेदनशीलता बढाउनुपर्छ लाई सबै जोड्दा आएको सबभन्दा बढी मत दिने गण्डकका महिलाहरू देखिन्छन् । यसले गण्डकका महिलाहरू लैंगिकरूपमा बढी सचेत भएको देखिन्छ ।
यस तालिकामा दिएको विवरणहरूमा कमानुसार मूल्य दिंदा आएको मूल्यकृत औसत यस प्रकार छ महिलाहरूलाई क्रान्तिको आधारभूत शक्तिको रूपमा स्वीकार्नुपर्छ भन्नेमा कुल २९५८ देखिन्छ भने संगठनभित्र महिलाहरूलाई विशेष अधिकारको व्यवस्था गर्नुपर्दछ भन्नेमा कुल १९४२ देखियो र नेताहरूका श्रीमती र परिवारलाई पार्टीकरण गरिनुपर्छमा कुल १४२५ देखियो । यसले माथिको तथ्याङ्कलाई थप पुष्टि गर्दछ ।
महिला नेतृत्वको विकास गर्न मुख्य के के कुरामा जोड दिनुपर्ला भन्ने प्रश्नको जवाफमा नियमित सैद्धान्तिक राजनैतिक प्रशिक्षणको व्यवस्था गर्नुपर्छ भन्नेले ६३.९४% पाएको देखियो भने पार्टी, सेना र मोर्चामा महिला नेतृत्व झण्डै त्यही हाराहारीमा फौजी र गैरफौजी क्षेत्रमा जिम्मेवारी दिंदा हिच्किचाहटको स्थापित गर्न विशेष अभियान चलाउनुपर्छ भन्नेले ८.५४% पाएको देखियो र महिला नेतृत्वको विकासमा नियमित सैद्धान्तिक राजनैतिक प्रशिक्षणको व्यवस्था अन्त्य गरिनुपर्दछ भन्नेले ७.१४% पाएको देखिन्छ । यसबाट के प्रस्ट हुन्छ भने प्रति महिलाहरूको ध्यान गएको छ । तसर्थ तिनीहरूले ठीक रणनैतिक महत्त्वलाई बुझेको देखिन्छ किनकि नेतृत्व भनेको अन्ततः विचार हो । अनि त्यसपछि दोसो नेतृत्वको महत्त्वबोधको संकेत हो । यसले पार्टीमा यी तीनै विषयलाई र तेस्रो स्थानमा महिलाहरूको नेतृत्वलाई स्थापित गर्न जोड दिन भनेको पनि गम्भीरतापूर्वक लिनु पर्दछ भनेर संकेत गर्दछ ।
क्षेत्रीय रूपमा हेर्दा ‘नियमित सैद्धान्तिक राजनैतिक प्रशिक्षणको व्यवस्था गर्नु परर्दछ’ भन्ने रणनैतिक विषय कोशीका महिलाहरू (६८.५३%) देखियो र त्यही हाराहारीमा (६८ ३५%) राप्तीका गर्नुपर्दछ’ भन्ने जस्तो रणनैतिक महत्त्व राख्ने विषयमा सबभन्दा सचेत मैत्री-महिलाहरूले महत्त्वका साथ उठाएको देखियो। त्यस्तै ‘पाटी, सेना र मोर्चामा गण्डकका महिलाहरूले बढी (१३.६८%) उठाएको देखिन्छ भने पदोन्नति गर्दा महिला नेतृत्व स्थापित गर्न विशेष अभियान चलाउनुपर्दछ’ भन्ने महिलाहरूलाई विशेष प्राथमिकता दिनुपर्दछ’ भन्ने रणनैतिक विषयमा जनकपुरका महिलाहरूले बढी मत (७.७९%) दिएर उठाएको देखिन्छ । अन्य व्यवहारिक विषयहरू जस्तै परम्परागत लिंगीय श्रमविभाजनको अन्त्य गरिनुपर्छ उचित फौजी प्रशिक्षणको व्यवस्था गर्नुपर्छ र फौजी र गैर-फौजी क्षेत्रमा जिम्मेवारी दिदा हिचकिचाहटको अन्त्य गर्नुपछ भन्ने सबै विषयमा अन्य क्षेत्रभन्दा गण्डकका महिलाहरूले मत दिएर उठाएको देखिन्छ ।
यस तालिकामा दिएको विवरणहरूमा कमानुसार मूल्य दिएर आएको मूल्यकृत औसत यस प्रकारको छ : नियमित सैद्धान्तिक राजनैतिक प्रशिक्षणको यवस्था गर्नुपर्छ भन्नेमा कुल २०५४ देखियो भने दोस्रो स्थानमा फौजी र गैर-फौजी क्षेत्रमा जिम्मेवारी दिंदा हिचकिचाहटको अन्त्यमा कुल १४३२ मत पाएको देखियो भने तेस्रो स्थानमा उचित फौजी प्रशिक्षणको व्यवस्था गर्नुपर्छ भन्नेले कुल मत १४२५ पाएको देखियो । यसले माथिको कुरा पुष्टि गर्दछ ।
महिला नेतृत्वको विकास गर्न मुख्य के के कुरामा जोड दिनुपर्ला भने प्रश्नको जवाफमा नियमित सैद्धान्तिक राजनैतिक प्रशिक्षणको व्यवस्था गर्नुपर्छ भन्नेले ६३.९४% पाएको देखियो भने पार्टी, सेना र मोर्चामा महिला नेतृत्व स्थापित गर्न विशेष अभियान चलाउनुपर्छ भन्नेले ८.५४% पाएको देखियो र झण्डै त्यही हाराहारीमा फौजी र गैरफौजी क्षेत्रमा जिम्मेवारी दिंदा हिच्किचाहटको अन्त्य गरिनुपर्दछ भन्नेले ७.१४% पाएको देखिन्छ । यसबाट के प्रस्ट हुन्छ भने महिला नेतृत्वको विकासमा नियमित सैद्धान्तिक राजनैतिक प्रशिक्षणको व्यवस्था प्रति महिलाहरूको ध्यान गएको छ । तसर्थ तिनीहरूले ठीक रणनैतिक महत्त्वलाई बुझेको देखिन्छ किनकि नेतृत्व भनेको अन्ततः विचार हो । अनि त्यसपछि दोस्रो नेतृत्वको महत्त्वबोधको संकेत हो । यसले पार्टीमा यी तीनै विषयलाई र तेस्रो स्थानमा महिलाहरूको नेतृत्वलाई स्थापित गर्न जोड दिन भनेको पनि गम्भीरतापूर्वक लिनु पर्दछ भनेर संकेत गर्दछ ।
त्रीय रूपमा हेर्दा ‘नियमित सैद्धान्तिक राजनैतिक प्रशिक्षणको व्यवस्था गर्नपर्दछ’ भन्ने जस्तो रणनैतिक महत्त्व राख्ने विषयमा सबभन्दा सचेत मेची-कोशीका महिलाहरू (६८.५३%) देखियो र त्यही हाराहारीमा (६८.३५%) राप्तीका महिलाहरूले महत्त्वका साथ उठाएको देखियो । त्यस्तै ‘पार्टी, सेना र मोर्चामा महिला नेतृत्व स्थापित गर्न विशेष अभियान चलाउनुपर्दछ’ भन्ने रणनैतिक विषय गण्डकका महिलाहरूले बढी (१३.६८%) उठाएको देखिन्छ भने पदोन्नति गर्दा महिलाहरूलाई विशेष प्राथमिकता दिनुपर्दछ’ भन्ने रणनैतिक विषयमा जनकपुरका महिलाहरूले बढी मत (७.७९%) दिएर उठाएको देखिन्छ । अन्य व्यवहारिक विषयहरू जस्तै परम्परागत लिंगीय श्रमविभाजनको अन्त्य गरिनुपर्छ उचित फौजी प्रशिक्षणको व्यवस्था गर्नपर्छ र फौजी र गैर-फौजी क्षेत्रमा जिम्मेवारी दिदा हिचकिचाहटको अन्त्य गर्नपर्छ भन्ने सबै विषयमा अन्य क्षेत्रभन्दा गण्डकका महिलाहरूले मत दिएर उठाएको देखिन्छ ।
यस तालिकामा दिएको विवरणहरूमा कमानुसार मूल्य दिएर आएको मुन्यकृत औसत यस प्रकारको छ : नियमित सैद्धान्तिक राजनैतिक प्रशिक्षणको व्यवस्था गर्नुपर्छ भन्नेमा कुल २०५४ देखियो भने दोस्रो स्थानमा फौजी र गैर-फौजी क्षेत्रमा जिम्मेवारी दिँदा हिचकिचाहटको अन्त्यमा कुल १४३२ मत पाएको देखियो भने तेस्रो स्थानमा उचित फौजी प्रशिक्षणको ब्यवस्था गर्नुपर्छ भन्नेले कुल मत १४२५ पाएको देखियो । यसले माथिको कुरा पुष्टि गर्दछ ।
आन्दोलनमा महिलाहरूको निरन्तरताको ग्यारेन्टी गर्न के के गर्नु पर्ला भन्ने प्रश्नको जवाफमा सैद्धान्तिक राजनैतिक स्तर निरन्तर वृद्धि गर्न ध्यान दिने भन्नेले ६४.६४% ल्याएको देखियो भने महिलाहरूका विशिष्ट समस्याहरू प्रति संवेदनशील रहने भन्नेले १४.४६% पाएको देखियो र कार्यक्षेत्र निर्धारण गर्दा महिलाहरूको सुविधालाई विशेष प्राथमिकता दिने भन्नेले २.६१% ल्याएको देखियो। यसले फेरि पनि महिलाहरूको निरन्तरताको ग्यारेन्टी गर्ने रणनैतिक महत्त्व राख्ने सैद्धान्तिक राजनैतिक विकासको प्रश्नलाई उचित महत्व दिएको राम्रो संकेत मिल्दछ । ठोस परिस्थिति अनुसार ठोस विश्लेषणको चेतना पनि महिलाहरूमा आएको देखिन्छ किनकि दोस्रो र तेस्रो स्थानमा क्रमशः महिलाहरूका विशिष्ठ समस्याप्रति संवेदनशील रहने र कार्यक्षेत्र निर्धारण गर्दा महिलाहरूको सुविधालाई विशेष प्राथमिकता दिने जस्ता विषयमा तिनीहरूको ध्यान गएको देखिन्छ ।
देखियो र तेस्रो यस तालिकामा दिएको विवरणहरूमा क्रमानुसार मूल्य दिदा आएको मूल्यकृत औसत यस प्रकार छ: सैद्धान्तिक राजनैतिक स्तर निरन्तर वृद्धि गर्न ध्यान दिने भन्नेमा कुल ३४८४ दिएको देखियो भने दोस्रो स्थानमा महिलाहरूका विशिष्ट समस्याहरूप्रति संवेदनशील रहने भन्नेमा कुल २२६४ पाइयो । यसले माथिको क्राको थप पुष्टि गर्दछ । तर यसले बालबच्चा हुकाउने स्थानमा बालबच्चा हकांउने सामूहिक व्यवस्था गर्ने भन्नेमा कुल १३३४ दिएको सामूहिक व्यवस्था गर्ने कुरालाई बढी महत्त्वका साथ उठाएको छ ।
क्षेत्रीय दृष्टिकोणबाट हेर्यो भने सबभन्दा रणनैतिक महत्व राख्ने ‘सैद्धान्तिक राजनैतिक स्तर निरन्तर वृद्धि गर्न ध्यान दिने’ मा अत्यधिक मत (७४ ७२९६। बागमतीका महिलाहरूले दिएको पाईयो र त्यही हाराहारीमा तर कम प्रतिशतले (७०.६९९४) मेची-कोशीका महिलाहरूले पनि यसलाई महत्वक बालबच्चा होउने सामुहिक व्यवस्था गर्नमा गण्डकका महिलाहरूले सापेक्ष बी साथ उठाएको देखियो। त्यस्तै महिलाहरूका विशिष्ठ समस्याहरूप्रति संवेदनशील रहनेमा राप्तीका महिलाहरूले बढी मत (२०२६%) जनाएका देखिन्छ। सुविधालाई विशेष प्राथमिकता दिनेमा मेची-कोशीका महिलाहरूले सापेक्ष वई मत (४२११% दिएको देखियो। त्यस्तै कार्य क्षेत्र निर्धारण गर्दा महिलाहरु मत (३.४५१७) दिएको देखियो ।
विविध
जनयुद्धअन्तर्गत सहिद हुने रफ्तार तेज हुँदै गएको छ । अतः सहिद परिवारको समस्या पत्ता लगाउने दृष्टिकोणले सोधिएको प्रश्नको जवाफम सबभन्दा बढी प्रतिशत बच्चा होउने समस्याले ५२.००% पाएको देखिन्छ भने आर्थिक समस्याले २४.००% पाएको देखिन्छ र पाटीवाट सरक्षणको अभाव १६.००% पाएको देखिन्छ । यसले के देखाउँछ भने समग्र रूपमा सहिद परिवारके समस्या भनेको आर्थिक समस्या र त्यससित जोडिएका समस्याहरू हुन्, त्यसक साथसाथै पार्टीवाट संरक्षणको अभावको पनि समस्या हो । वास्तवमा यसमा अम थप बुदाहरू जस्तै तिनीहरूलाई पाटीकरण गर्ने, फौजीकरण गर्ने समस्या नियमित भेटघाट गर्ने समस्या, राखेको भए अझ समस्याको ठोस उजागर हुन्थ्यो । तर पनि सहिद परिवारमा आम असुरक्षाको भावना छाउनु राम्रो संक्रेत होइन अतः यसलाई गंभीरतापूर्वक लिनुपर्दछ ।
सहभागिताको दृष्टिकोणले हेर्दा क्रमशः राप्तीबाट ७, गण्डकबाट २ बागमतीबाट ५, जनकपुरबाट २ र मेची कोशीबाट ९ जना सहिद परिवारले सर्भेक्षणमा भाग लिएको देखियो। क्षेत्रीय रूपमा हेर्यो भने गण्डकका सहिद परिवारले अत्यधिक (१००%) मत बाल बच्चा हुर्काउने समस्यामा मत जनाएको छ भने वागमतीका सहिद परिवारले दोस्रो स्थानमा अत्यधिक मत (६०%) आर्थिक समस्यालाई जनाएको छ भने मेची-कोशीका महिलाहरूले तेस्रो स्थानमा पार्टीबाट संरक्षणको अभावमा अत्यधिक मत (३३.३३%) दिएको देखियो ।
सार-संक्षेप तथा उपसंहार
नेपालको जनयुद्धमा महिलाहरूको व्यापक सहभागिता छ भन्ने आम धारणा आउँदै गरेको अवस्थामा नेकपा (माओवादी) अन्तर्गत केन्द्रीय महिला विभागद्वारा जारी गरिएको पार्टी-सेना-मोर्चा/जनसत्तामा महिलाहरूको स्थिति बुझ्ने हेतुले वितरित प्रश्नावलीको जवाफले केही हदसम्म ठोस स्थितिको ठोस विश्लेषण गर्न सजिलो भएको छ ।
जनयुद्ध शुरु भएको सात वर्षपछि जारी गरिएको यो प्रश्नावली फारमबाट पाएको सार यस्तो छः
व्यक्तिगत विवरणवाट के बुझिन्छ भने अधिकांश महिलाहरू १९-२५ वर्षका पहिलो पुस्ताका नयाँ युवा परेकाछन् । जनजाति बहुल भएका, ६-१० कक्षासम्म पढेका ती महिलाहरू आधारभूत वर्गबाट आएका देखिन्छन्, जसमध्ये गरिब किसानको बाहुल्य देखिन्छ । दलितहरूको राम्रो उपस्थिति देखियो भने मधेसी महिलाहरूको उपस्थिति न्यून देखियो । त्यस्तै विवाह र बच्चाको विवरणमा के देखियो भने यद्यपि विवाहितभन्दा अविवाहितहरूको संख्या बढी देखिए तापनि विवाहितमध्ये बच्चा पाउने महिलाहरूको संख्या संख्या बढी देखियो। यसले के द्वगित पाउनु भनेको सामान्य कुरा होइन । अतः यो उनीहरू आफैले चाहेको वा अन्यले गर्दछ भने जनयुद्धको जटिलताका बाबजुद अधिकांश विवाहित महिलाहरूले बच्चा सादेको वा परिस्थितिले गर्दा पाएको हो त्यो बुझ्न जरुरी हुन्छ ।
संगठनात्मक विवरणवाट के बुझिन्छ भने पाटी, जनसेना र मोर्चामा महिलाहरूको सबभन्दा बढी उपस्थिति मोचांको डी.सी तहमा, त्यसपछि पार्टीको ए.सी तहमा र अन्त्यमा जनसेनाको सेक्शन कमाण्डर/माइस कमाण्डर तहमा मोर्चामा भएको देखियो । साथै अधिकांश महिलाहरूको संगठनमा प्रवेश मोर्चाबाट रहेका छ । संख्यात्मक र गुणात्मक दृष्टिकोणले महिलाहरूको सबभन्दा उच्च पद नै भएको यसले देखाउँछ कि पाटी, जनसेना र मोर्चामध्ये महिलाहरू बढी मोचामा नै काम गर्दै आएको देखियो, त्यसपछि पाटीबाट अनि त्यसपछि सेनाबाट प्रवेश भएको देखाउँछ । त्यस्तै अधिकांश महिलाहरू अन्य पार्टीभन्दा सीधे जनयुद्धमा प्रवेश गरेको हनाल जनयुद्ध र ने. क. पा. (माओवादी। अन्य पार्टी र अन्य आन्दोलनभन्दा कत्ति आमूल रूपमा फरक छ भन्ने बुझिन्छ ।
पूर्णकालीन सदस्यको तुलनामा अंशकालीन सदस्यको निम्न उपस्थिति र त्यसमध्येमा पनि पूर्णकालीन भएका अधिकांश महिलाहरू जनयुद्ध शुरु भएपछि आएकाले के संकेत गर्दछ भने जनयुद्ध शुरु हुनु महिला सहभागिताको लागि एउटा छलांगमय विकासको सूचक हो ।
परिवारको राजनैतिक पृष्ठभूमिवाट के पाइयो भने अधिकांश महिलाहरूको परिवारको राजनैतिक पृष्ठभूमि कम्युनिष्ट रहेकोछ । यसले के संकेत गर्दछ भने यस आन्दोलनमा परिवारबाट सबभन्दा पछि आउने समुदाय महिला हुन् र यस ज्ञान्दोलनमा आउँदा तिनीहरूको प्रेरणाको स्रोत पनि दाजु, बाबु बन्नुले पनि यो पुष्टि गर्दछ । विवाहित महिलाहरूको मात्र लिइएको सर्वेक्षणमा पतिको संगठनात्मक विवरण हेर्दा सबभन्दा बढी उपस्थिति पार्टीको डी. सी. तहमा, त्यसपछि जनसेनाको सेक्शन कमाण्डर/ भाइस कमाण्डर र त्यसपछि मोर्चाको क्षेत्रिय व्यूरो तहमा देखियो। यसले के देखाउँछ भने पदीय हिसाबले महिलाभन्दा पुरुष पार्टी र मोर्चामा उच्च तहमा पुगेका छन् । त्यस्तै पति र पत्नीको कार्यक्षेत्र अन्यत्रभन्दा बढी संख्यामा संगै परेको देखियो। यसले एकातिर पार्टी पतिर पत्नीको वीचको सम्वन्धप्रति संवेदनशील भएको देखाउँछ भने अर्कोतिर यसले पत्नीको विकासमा कस्तो असर ल्याउला भन्ने जिज्ञासा वढाउँछ ।
व्यक्तिगत रुचि / अनुभव / अनुभूतिवारेमा अधिकांश महिलाहरू वर्गीय र लिगीय शोषण-उत्पीडनविरुद्ध विद्रोह भावबाट यस आन्दोलनमा लागेकाले तिनीहरूको सबभन्दा मन पर्ने कार्यक्षेत्र पनि जनसेना भएको देखियो, यद्यपि क्षमताको हिसाबले भने संगठनात्मक क्षेत्र नै भएको पाइयो । आन्दोलनभित्र सबभन्दा राम्रो लागेको क्रामा त्याग र बलिदानको भावनाले अत्यधिक मत पाउनु र आन्दोलनमा सबभन्दा नराम्रो लागेको कुरामा वैचारिक राजनैतिक अस्पष्टताले अत्यधिक मतपाउनले के जनाउँछ भने तो महिलाहरूमा प्रचूर साहस छ तर विवेक कम छ। सायद विचार र विवेकको अस्पष्टताले गर्दा नै अधिकाश महिलाहरूले अन्तर्राष्ट्रिय आन्दोलनमा जेनी मार्क्स जस्ता महिला नेतलाई बढी मनपराएको देखिन्छ । यसमा पार्टीले विशेष रूपमा के मा ध्यान दिन जरुरी छ विवेक कम छ। भने महिलाहरूलाई राजनीतीकरण गर्न अति आवश्यक छ । तब मात्र ती महिलाहरूले निरन्तर क्रान्तिको पक्षमा उभिइरहने धैर्य र साहस राख्नेछन् ।
संगठनभित्र लिंगीय भेदभाव भएको/नभएको प्रश्नको जवाफमा अधिकांशले सामान्य रूपमा छ भन्ने जनाएका छन भने त्यसमध्ये जनसेना र पार्टीमा मोचांपा कस्तो परिवर्तन आउँछ भन्ने प्रश्नको जवाफमा एकतिहाइभन्दा बढीले घटने भन्दा बढी पाइएको छ । त्यस्तै विवाहपश्चात् महिलाहरूको क्रान्तिकारी स्पिरिटमा कत्तिको भए जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा सामान्य रूपमा छ र धेरै ने उ गरेको छ भन्नु निश्चय नै गम्भीर कुरा हो । त्यस्तै संगठनभित्र यौन शोषण भन्नेको कुल संख्या आधाभन्दा बढी हुन् चिन्ताको विषय हो । अत. लिंगीय प्रश्नलाई पार्टीले वर्गीय प्रश्नभन्दा कम महत्त्वपूर्ण ठान्नुहुन्न र यस समस्याको समाधानतिर जानुपर्दछ ।
त्यस्तै वर्तमान जिम्मेवारीवाट अधिकांश सन्तुष्ट भएको देखिए पनि कमीटीहरूमा पदोन्नति गर्दा अधिकांश महिलाहरूले कहिलेकाहीं उपेक्षित भएको महसुस गरेको देखियो । त्यस्तै जिम्मेवारी दिने क्रममा पनि महिलालाई कहिलेकाही अविश्वास गरेको देखियो । शायद यस्तो विरोधाभासपण जवाफहरू आउनु पछाडि संगठनभित्र महिलालाई हेर्ने दृष्टिकोणमा सर्बहाराभन्दा गैर-सर्वहार त्यसमा पनि मूलतः सामन्ती रुढीवादी प्रवृत्ति हावी भएर आएको हुन सक्दछ।
शारीरिक मानसिक स्वास्थ्यवारे सोधिएका प्रश्नहरूले सबभन्दा बढी ठोस समस्याहरू उजागर गरेको देखियो, जसमा दुवै विवाहित र अविवाहित महिलाहरू महिनावारी गडबढी र कुपोषणको शिकार भएको देखियो । त्यस्तै विवाहित महिलाहरूको मुख्य समस्या उचित परिवार नियोजनको साधन उपलब्ध नहुनु रहेको छ भने अविवाहित महिलाहरूलाई महिनावारी हुँदा साधनको अभाव भएको देखियो । यसले महिला डाक्टर नर्सको आवश्यकतालाई सशक्त ढंगले उजागर गरेको छ । यसमा सबभन्दा सकारात्मक कुरा के हो भने महिलाहरूको विशिष्ठ स्वास्थ्य समस्या सम्वन्धमा संगठनभित्रका पुरुषहरू केही मात्रामा संवेदनशील भएको पाइयो ।
संगठनात्मक समस्यामा समग्र रूपमा के देखियो भने पार्टी, जनसेना र मोर्चामा क्रमशः वैचारिक-राजनैतिक स्तर वृद्धिको समस्या, महिलाहरूलाई दुर्वत ठान्ने आम प्रवृत्ति र जनसत्तामा कम सहभागिताका समस्याहरू अधिकाश महिलाहरूले इंगित गरेको पाइयो ।
त्यस्तै समस्या समाधानका विधिहरूमा महिलाहरूको सहभागिता वृद्धि गर्ने मामलामा, महिला नेतृत्वको विकास गर्ने मामलामा र आन्दोलनमा महिलाहरूको निरन्तरताको ग्यारेन्टी गर्ने कुरामा क्रमशः महिलाहरूलाई क्रान्तिको आधारभूत शक्तिको रूपमा स्वीकार्नुपर्ने, नियमित सैद्धान्तिक राजनैतिक प्रशिक्षणको व्यवस्था गर्नुपर्ने र सैद्धान्तिक राजनैतिक स्तर निरन्तर वृद्धि गर्नपर्नेतिर ध्यान दिनेलाई अत्यधिक महिलाहरूले इंगित गरेको देखियो । यसरी महिलाहरूको विभिन समस्याहरुको समाधानमा विचार निर्माण र त्यसको निरन्तर विकास जस्ता कुरालाई ध्यान दिन्ले पनि महिलाहरू बढी सचेत हुँदै गएको देखिन्छ ।अन्त्यमा सहिद परिवारका मुख्य समस्या के हन भनेर सहिद परिवारलाई मात्र सोधिएको प्रश्नको जवाफमा अधिकांशले बच्चा हर्काउने समस्यालाई प्राथमिकता दिएको पाइयो ।
समग्रमा भन्नुपर्दा जनयुद्धले महिलालाई ठलो संख्यामा होमिने वातावरण तयार पारेको देखियो। तर यसले मात्रा अनुसारको गण विकास गर्ने माग पनि कालिदिने सशक्त रूपमा अगाडि सारेको देखियो । साथै जनयुद्धको विकासले अन्य अघि सारेको देखियो। क्रान्तिमा विद्रोहको भावनालाई विवेक र विचारमा पार्टी विशेषगरी वामपन्थी कित्ताका महिलाहरू र तिनका परिवारहरूमा ठूलो इवीकरण ल्याएको पनि देखियो । शुरुमा तिनीहरू प्रायः विचार प्रतिबद्धताभन्दा पनि वर्गीय लिंगीय उत्पीडन विरुद्ध बदलाको भावना लिएर जनयुद्धमा आएता पति जोशका साथ होस पुर्याउने गुणहरू पनि विकास गरेको पाइयो। पार्टी, जनसेना र जनसत्तामा महिलाहरूको समस्या उजागर गर्ने र समाधान दिने जस्ता रणनैतिक बुँदाहरूमा तिनीहरूको ध्यान गएकोले पनि यो पुष्टि गर्दछ । अन्त्यमा लिगीय प्रश्नबारे आएका केही विरोधाभासपूर्ण जवाफले संगठनभित्र महिलालाई हेर्ने दृष्टिकोणमा अझ स्पष्टरूपले लिंगीय संवेदनशील भएर सर्वहारा समानतावादको विकास हुनुपर्ने माग गरेको देखिन्छ ।
क्षेत्रीय विश्लेषण गरेर हेर्दा राप्ती, मेची-कोशी र गण्डकका आ-आफ्ना विशेषताहरू तीक्ष्ण र केन्द्रीकृत भएर आएको देखिन्छ ।
राप्ती भौतिक रूपमा विकट, विकासबाट वञ्चित, शिक्षाबाट वञ्चित, जनजाति र उत्पीडित जातिको बाहुल्य भएको क्षेत्र हो। त्यहाँ विवाहित महिलाहरूको बढी उपस्थिति भएको देखिन्छ । तर महिला-पुरुष सम्बन्ध बढी स्वतन्त्र र सर्वहारा सामनतावादमा आधारित छ। यसको ठीक विपरीत मेची-कोशी पुँजीवाद उन्मुख विकास, शिक्षा पुगेको, बाहुन-क्षेत्री उत्पीडक जातिको बाहुल्य भएको क्षेत्र हो । त्यहाँ अविवाहित महिलाहरूको बढी उपस्थिति छ । तर महिला-पुरुष सम्बन्धमा बढी सामन्ती दृष्टिकोण देखिन्छ । यी वस्तुगत भिन्नता बावजूद समानता के मा छ भने दुवै क्षेत्र कम्युनिष्ट आन्दोलनबाट प्रभावित छन् । राप्ती ने.क.पा. (माओवादी) को गढ र मुख्य आधार इलाका भएको ठाउँ हो। मेची-कोशी पहिलेदेखि नै कम्युनिष्ट पकड भएको ठाउँ हो। झापा आन्दोलन शुरु भएको क्षेत्र हो, तर पछि संशोधनवादी एमालेको गढ भएको ठाउँ भयो । तसर्थ मेची-कोशीमा हाल जनयुद्धको प्रभावले गर्दा त्यहाँका महिलाहरूको राजनैतिक, वैचारिक सैद्धान्तिक चेतना राप्तीका महिलाहरूकै स्तरमा पुगेको देखिन्छ । कनै कनै क्षेत्रमा त अझ बढी देखियो । दवै राप्ती र मेची-कोशीका महिलाहरूले रणनैतिक महत्त्व राख्ने प्रश्नावलीहरू जस्तै संगठनात्मक समस्या र समस्या समाधानका विधिहरूमा बढी परिपक्व भएर रणनैतिक विषयहरू उठाएको देखिन्छ । सुझावहरू पनि जिम्मेवारीपूर्वक दिएको देखिन्छ ।
गण्डक क्षेत्र सत्तासीन वर्गको अखडा भएता पनि यहाँ कम्युनिष्ट विचारधारा प्रति अधिकांशको आकर्षण भएको ठाउँ हो जहाँ उत्पीडित र उत्पीडक जाति दुवै पाइन्छ । त्यहाँ पनि उच्च शिक्षा हासिल गरेको देखिन्छ । यहाँका महिलाहरुमा सबभन्दा कम विवाहित महिलाहरूको उपस्थिति र बाल बच्चा भएको सबभन्दा सक्रिय र चासो लिएर लिगीय प्रश्नहरूको जवाफ आलोचनात्मक ढंगले दिएको देखिन्छ । साथै रणनैतिक महत्त्व राख्ने प्रश्नावलीहरू जस्तै संगठनात्मक समस्याहरूलाई सक्रिय रूपमा उजागर गरेको देखिन्छ ।
बागमती र जनकप्रका महिलाहरूले पनि रणनैतिक महत्त्व राख्ने कतिपय छैनन् । बरु त्यहाँ व्यावहारिक समस्याहरू केन्द्रीकृत भएर आएको देअिन्छ । जस्तै सैद्धान्तिक, राजनैतिक विषयहरू उठाएका छन् तर तिनीहरू त्यति केन्दिीकत वागमतीका महिलाहरूले बढी प्रजननसम्बन्धी समस्या, महिनावारी गडबढी महिलाहरूको विशिष्ट समस्याहरू इंगित गरेको देखिन्छ । सबभन्दा बढी बच्चा भएका महिलाहरूको संख्या पनि त्यही क्षेत्रमा पर्दछ । त्यस्तै जनकपुरको समस्या बढी सुरक्षासँग सम्बन्धित देखियो । जस्तै, एक्लै कार्य क्षेत्रमा हिंड्दाको सुरक्ष समस्या, महिला सुरक्षाको विशेष व्यवस्थाको मागलाई प्राथमिकता दिने महिलाहरूको विशिष्ट समस्याप्रति संवेदनशील रहनेलाई प्राथमिकता दिने लोग्नेलाई परिवार नियोजनको विशेष जिम्मेवारी लिन लागाउने, परिवारको नियमित भेटघाटको समस्या आदिले त्यहाँको सामाजिक, भौतिक परिवेश जटिल भएको महसुस हुन्छ ।
समग्रमा भन्नुपर्दा राप्ती, मेची-कोशी र गण्डकका महिलाहरूमा वैचारिक, राजनैतिक नेतृत्व दिने क्षमता बढाउने भौतिक आधार तयार भएको देखिन्छ जसलाई मूलतः पार्टीले र स्वयं त्यहाँका महिलाहरूले नेतृत्व विकास गर्ने दिशातिर लाग्नु जरुरी छ । बागमती र जनकपुरका महिलाहरूको व्यवहारिक समस्यालाई मूलतः पार्टीले र महिलाहरूले समाधान गर्नेतिर लग्नुपर्दछ । र त्यहाँ नेतृत्व तयार पार्ने आधारहरू अभ्झ बलियो किसिमले बनाउनु जरुरी छ । ऐतिहासिक रूपले उपेक्षित र उत्पीडित रहेको तर हाल जनयुद्धको तीव्र विकास भइरहेको सुदूरपश्चिमको सेती-महाकाली र कर्णाली क्षेत्र यो सर्भेक्षणमा समेटिन नसकेकाले त्यसबारे थप अध्ययन अनुसन्धान गर्नु आवश्यक छ ।
२०६१ आषाढ