थालनी
भनिन्छ कनै काम गर्न थाल्दा त्यो काम सफल हनको लागि आफूमा आत्मविश्वास चाहिन्छ । जहाँसम्म महिला मुक्ति आन्दोलनको कुरा छ, यहाँनिर प्रायः मानिसहरूमा के भ्रमहरू देखिन्छन भने विद्यमान समाजमा महिलाहरू दोस्रो दर्जामा पर्नुको प्रमुख कारण नै तिनीहरू पुरुषहरूभन्दा कमजोर हुनु हो । यसैगरी तिनीहरू कम बुद्धिमान हुनाले तिनीहरूलाई संरक्षण दिनुपर्दछ । यस्तो धारणा प्रायः महिलाहरू स्वयंमा नै पर्याप्त रूपमा पाइन्छ । यसरी जब महिलाहरू आफै हीनताबोधबाट ग्रसित हुन्छन् भने के उनीहरूले तन, मन, धन लगाएर महिला मुक्तिको लागि संघर्ष गर्न सक्लान् त ? फेरि महिलामुक्ति आन्दोलन आफै एउटा पृथक् आन्दोलन नभएर आम मेहनतकश जनताको वर्गीय मुक्ति आन्दोलनसित जोडिएर आउने आन्दोलन भएकोले यस्तो वर्गीय आन्दोलनमा महिलाहरूको सहभागितामा ह्रास आयो भने के महिलामुक्ति आन्दोलन सफल होला त ? तसर्थ यो बुझ्नु जरुरी छ कि के महिलाहरू पुरुषहरूभन्दा साँच्चै कमजोर छन् त ? यस लेखमा द्वन्द्वात्मक भौतिकवादी र ऐतिहासिक दृष्टिकोणबाट यी प्रश्नका जवाफहरू दिन खोजिएको छ ।
सैद्धान्तिक अवधारणा
मार्क्सवादीहरूले कुनै पनि घटना वा मान्यतालाई सतही अर्थात् मनोगत किसिमले नलिएर त्यसलाई ऐतिहासिक विकासक्रममा राखेर त्यस्तो मान्यता कुन सामाजिक-आर्थिक संरचनाको उपज हो भनेर विश्लेषण गर्न खोज्छन् । तसर्थ यदि अहिले समाजको पितृसत्तात्मक संरचनाअन्तर्गत महिलाहरू निरीह, कमजोर, अचेतन हुन पुगेका छन् भने त्यसबाट मुक्त हुनको लागि सबभन्दा पहिले समस्याको जड खोज्नु जरुरी हुन जान्छ । मार्क्सले चेतना र सामाजिक सम्बन्धका कुरा गर्दा मानिस चेतनशीलताबाट नबनेर उसको सामाजिक सम्बन्धबाट चेतनशील हुनु निरीह बन्नुको पछाडि के भौतिक कारणहरू छन् ? महिला र पुरुषबीचको सम्बन्ध किन पुरुषवर्ग बढी सुविधाभोगी भएर जन्मन्छन् ? महिलावर्गको हीनताको स्रोत के हो ? कतै जैविक रूपले अर्थात् प्रकृतिले नै तिनीहरूलाई ठगेको त होइन ? वा यो शोषणयुक्त पितृसत्तात्मक आर्थिक संरचनाले नै तिनीहरूको स्थितिलाई तल पारिदिएको छ। यी यस्ता प्रश्नहरू हुन् जसको उत्तरले हामीलाई समस्याको गहिराइमा पुग्न मद्दत गर्दछ । त्यसरी नै अर्को ध्यान दिनुपर्ने सैद्धान्तिक कुरा यो हो कि के गर्भधारण नै महिलाहरूको नियति हो ? अर्थात् महिलाहरू सन्तान जन्माउने जात भएकोले तिनीहरूको मूल्य नै सन्तान जन्माउनु मात्र हो त ?
त्यस्तै, किन महिलाहरू बलात्कारको सिकार हुन पुगेका छन् ? कतै उनीहरूको जैविक संरचनाले नै त्यस्ता घटनाहरू निम्त्याएको हो वा तिनीहरू शारीरिक रूपमा नै कमजोर भएकोले हो कि ? वा यस्ता घटनाहरू घट्नुको पछाडि पुँजीवादले निम्त्याएको अराजक प्रवृत्ति कारक तत्त्व रहेको हो ?
यी प्रश्नहरू महिलामुक्ति आन्दोलनमा बारम्बार आइराख्ने गर्छन् र यी प्रश्नहरूमा यहाँको प्रतिक्रियावादी सत्ताले अनेको भ्रमहरू फैलाएर यथास्थिति अर्थात् महिला-पुरुषबीचको असमानतालाई समर्थन गर्न र यथावत् राख्न बोज्दछ। तसर्थ यी प्रश्नहरूको जवाफ खोज्नु अति आवश्यक हुन गएको छ। वर्ग विभाजित समाजमा विशेषतः पूँजीवादी समाजमा जहां री रीमा नाफाको हिसाब-किताब राख्न खोजिन्छ, त्यहाँ आफ्नै सन्तानभित्र छोरा र छोरीमा पनि भेदभाव राखिन्छ । सँगै राखेर दाँजेर कुन बलियो र कुन कमजोर छ र कुन जन्म्यो भने परिवारलाई नाफा हुन्छ भन्नेसमेत सोच्ने गरिन्छ । साँच्चै भन्ने हो महिला र पुरुषलाई सँगै राखेर दाँज्न मिल्दैन, किनभने महिलाहरूको शरीरको संरचना र पुरुषको संरचना नै बेग्लाबेग्लै छ। महिलाहरूमा ओइस्टोन (Oestrogen) र प्रोजेस्ट्रोन (Progestron) हर्मोन (Hermone) हुन्छ जसले गर्दा तिनीहरू जैविक दृष्टिकोणले बलिया हुन्छन् । तिनीहरूमा बाहिरी रोगका कीटाणुहरूसित भिड्ने शक्ति बढी हुन्छ । अतः महिलाहरू बालबच्चादेखि बुढेसकालसम्म बलिया हुन्छन् । तिनीहरूलाई मुटुको रोगले कम सताउँछ । महिलाहरूमा बढी बोसो हुने भएकोले तिनीहरूले आफ्नो शक्ति लामो समयसम्म संचय गर्न सक्छन् । तसर्थ तिनीहरूमा लामो समयसम्म काम गर्ने क्षमता हुन्छ ।
पुरुषहरूको टेस्ट्रोस्टर्न (Testostern) हर्मोनले गर्दा तिनीहरूको मांसपेशी बढी विकसित हुन्छ, जसले गर्दा तिनीहरूमा बढी भारी बोक्न सक्ने क्षमता हुन्छ । तिनीहरूको शरीर पनि महिलाहरूको शरीरभन्दा ठूलो र वजनमा पनि बढी तौल हुन्छ जसले गर्दा भौतिक रूपमा तिनीहरू बलिया हुन्छन् यद्यपि तिनीहरू जैविक रूपमा कमजोर छन् । तसर्थ बालकलाई बाल्यावस्थामा जोगाउन गाह्रो हुन्छ र बुढेसकालमा पनि तिनीहरूको आयु महिलाहरूभन्दा कम हुन्छ । तिनीहरूलाई छिटो नै मुटुको रोगले सताउँछ । यसरी पुरुषहरू भौतिक रूपमा शक्तिशाली छन् भने महिलाहरू जैविक रूपमा शक्तिशाली छन् । तसर्थ महिला र पुरुषका गुणहरू आलु र प्याजमा पाउने गुण जस्तै हो। आलुको आफ्नै स्वाद हुन्छ, गुण हुन्छ प्याजमा आफ्नै स्वाद हुन्छ र गुण हुन्छ । ती दुवैलाई सँगै राखेर दाँज्नु मुख्याई हुन्छ । बरु जसरी आलु र प्याजलाई सँगै राखेर पकायो भने एक अर्काको गुणले परिपूर्ति हुनाले स्वादिलो तरकारी बन्दछ त्यस्तै महिला र पुरुषको समागमले एक अर्काको गुण परिपूर्ति भएर तिनीहरूको सम्बन्धले नयाँ र अझ ओजपूर्ण सम्बन्धको रूपमा विकास गर्न पुग्दछ । यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने पुरुषप्रधान देशमा विज्ञानको व्याख्या पनि पुरुषवर्गलाई फाइदा हुने गरिकन गरिन्छ । तसर्थ शक्ति भन्ने शब्दको बहुपक्षलाई तिलाञ्जली दिएर खालि भौतिक शक्तिलाई मात्र शक्तिको रूपमा लिने गरेको देखिएकोले पनि समाजमा महिलाहरूभन्दा पुरुषहरू बढी बलिया हुन्छन् भन्ने भ्रम पर्न गएको हो ।
पुरुष र महिलाहरूका बीचमा फाटो ल्याउनमा पुँजीवादी अर्थतन्त्रको विशेष हात हुन्छ । तिनीहरूमा चाहिनेभन्दा बढी फाटो ल्याएर समाजलाई अल्मल्याउनाले पुंजीपतिहरूलाई तीन किसिमले फाइदा छ । एकातिर एउटा लिंगलाई कमजोर लिंग अर्थात् महिलाहरू शारीरिक रूपमै कमजोर छन् भनेर तिनीहरूलाई अझ शोषण गर्ने बहाना पाउँछन् भने अर्कोतिर आम मेहनतकश श्रमिक जनतालाई लिंगको आधारमा विभाजन गरेर मजदुर आन्दोलनलाई कमजार र मत्थर गर्ने कोसिस गर्दछन् । यसैगरी उनीहरूले एउटै माललाई फरक-फरक पारी पुरुषहरू र महिलाहरूलाई बेच्न पाए भने पुरुषहरूलाई अत्तर, सेभिङ, लोसन, टाई आदिले विभूषित गर्न खोज्दछन् । एउटै लुगाबाट भिन्दाभिन्दै डिजाइन पारेर महिला ग्राहकलाई र पुरुष ग्राहकलाई आकर्षित गर्न खोज्दछन् । तिनीहरूको बेग्लाबेग्लै चाहनालाई अझ बढाउनको लागि फेसन शो जस्ता कामहरू गरेर आफ्नो सामान बढीभन्दा बढी नाफामा बेच्न खोज्छन् ।
के पाठेघर नै महिलाको कमजोरी हो ?
महिलाहरू कमजोर सावित गर्ने क्रममा प्रतिक्रियावादी पुरुषहरूले पाठेघरलाई पनि महिलाहरूको कमजोरीको स्रोत भनेर भ्रम फैलाउन खोज्छन् । पाठेघरको कारणले महिलाहरूमा रजस्वला हुने, गर्भवती हुने जसले गर्दा महिलाहरू गुफा बस्नुपर्ने, घरभित्र सीमित हुनुपर्ने, गतिहीन हुने, धेरै गाह्रौं काम गर्न नहुने अनि आफूले निरन्तर रूपले गर्दै आएको कामबाट निश्चित समयको लागि बिदा लिनुपर्ने आदि कुराहरू अगाडि ल्याइन्छन् । अझ हाम्रो जस्तो सामन्ती संस्कारमा रजस्वलालाई अपवित्रताको संज्ञा दिएर छिःछिः र दुरः दुरः गर्न पुग्दछन् । यहाँसम्म कि मानव समाजलाई सृष्टि गर्ने गर्भधारणलाई समेत पाप मानेर चोखो गराउनतिर लाग्छन् । बच्चा हुर्काउने सम्पूर्ण जिम्मा आमामा आउनाले पनि तिनीहरूमा आफूले गर्दै आएको काममा स्वाभाविक रूपमा ह्रास आउँछ जसले गर्दा पुरुषसित प्रतिस्पर्धामा जान सक्षम हुँदैनन् । यसरी महिलाहरू पछि पर्ने भएकाले पनि महिलाहरूमा प्रायः हीनताबोधको भावनाले बास गर्दछ ।
तर यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने आदिम युगमा महिलाहरूको पाठेघरको शक्तिलाई अद्भुत शक्ति मानेर पूजा गर्दथे । त्यति बेलाको मातृसत्तात्मक संरचनाको स्रोत नै यसमा थियो कि पुरुष एकातिर उत्पादन शक्तिको स्रोत मात्र नभएर मानव जातिलाई सृष्टि गर्ने उत्पादक शक्तिको रूपमा लिइन्थ्यो । त्यस बेला बच्चा स्याहार सुसार गर्ने हुर्काउने आदि सबै काम सामूहिक किसिमले हुने भएकोले गर्भवती हुँदा बच्चा जन्मिँदा महिलाहरूको काममा कहिले पनि बाधा आउँदैनथ्यो । आफूले गर्दै आएको उत्पादनमूलक कामलाई चटक्क छोड्नु पर्दैनथ्यो । बच्चा हुर्काउने सम्पूर्ण भार एउटैले लिन पर्दैनथ्यो । अझ महिलाहरूको प्रजनन शक्तिले नै मानव जातिमा अपरिहार्य रूपले चाहिने सामुदायिक संरचनाको विकास गरेको देखिन्छ । पशु र मनुष्यको प्रजनन र बच्चा हुर्काउनमा एउटा कुरामा विशेष फरक देखिन्छ । त्यो हो मानव जातिलाई बच्चा हुर्काउने समय धेरै लाग्दछ गर्भभित्र र बाहिर । नौ दस महिनासम्म पाठेघरमा बच्चा राखेर निकाल्दा अन्य जनावरको बच्चाको तुलनामा मानिसको बच्चा तुलनात्मक रूपमा ठूलो साइजको हुनाले बच्चा जन्माउनमा प्रायः महिलालाई अरू मानिसहरूको सहायता चाहिन्छ । बच्चा पाइसकेपछि पनि अन्य पशुको बच्चा जस्ता मनुष्यका बच्चा आफैं खान सक्दैनन् बस्न सक्दैनन् करिब एक दुई वर्षपछि मात्र बल्ल हिंड्न डुल्न थाल्छन् अनि विस्तारै विस्तारै आफैले खान सिक्न थाल्छन् । मूलतः हामी सोच्ने प्राणी भएकोले हाम्रो गिदीको विकासको लागि त्यति लामो बाल्यावस्थाबाट गुज्रनुपरेको हो । यति लामो प्रजनन समय र लामो समयसम्म शिश स्याहारमा समय लाग्ने भएकोले नै महिलाहरूमा सामदायिकताको भावना स्वतः विकास भयो । अनि यही सामुदायिक संरचनाभित्र तिनीहरूले पुरुषहरूलाई सामुदायिक किसिमले बस्न सिकाए । त्यति बेला जुन बेला आम मानवको उत्पादक शक्तिको एकदम न्यून अवस्था अनि प्रकृतिकै डरलाग्दो शक्तिसित जुध्नको लागि मनुष्यको सामुदायिक शक्तिबाहेक अरू नभएको अवस्थामा महिलाहरूले यसरी आफ्नो समुदायलाई एकत्रित राख्नमा ठूलो भूमिका निभाएको देखिन्छ ।
तर त्यही प्रजनन कार्य पुँजीवादी संरचनामा आएर प्रत्येक महिलालाई घाँडो बन्न आएको छ । अब पाठेघर महिलाहरूको लागि शक्तिको स्रोत नभएर कमजोरीको स्रोत हुन आयो। कारण, प्रजननको सामुदायिक स्वरूप भत्केर अब यो कार्य प्रत्येक परिवारभित्र सीमित भएर यसको सम्पूर्ण अभिभारा घरभित्रका महिलाले एक्लै लिनुपर्यो । यस प्रकार प्रजनन कार्य र शिशु स्याहार गर्ने काममा लामो समयसम्म महिला एक्लै लाग्नुपर्दा एकातिर उनीहरूले गर्दै आएको उत्पादनमूलक काममा ह्रास आउने भयो र अर्कोतिर उनको सामाजिक जीवन पनि घरभित्रै कुण्ठित रहन गयो। त्यस अवधिभरि महिला आफ्नो लोग्नेमाथि भर पर्नुपर्ने भयो । यसले गर्दा पुरुषमा आफू शक्तिशाली भएको भावनाको विकास हुन गयो भने महिलाहरूमा कमजोरी र हीनताबोधको भावना उत्पन्न हुन गयो । अझ त्यसमाथि महिलाले गर्दै आएको घरको कामको कुनै मूल्य पनि भएन जसले गर्दा उनी आफ्नै कामबाट अलगाव (Alienated) भावनाको सिकार हुनु स्वाभाविक भयो । जसले गर्दा उनीहरूमा थप हीनभावनाको विकास हुन गएको पाइन्छ ।
के महिलाहरू कमजोर भएकाले बलात्कारको सिकार भएका हुन् त ?
वास्तवमा बलात्कार भन्ने प्रवृत्ति मानव समाजको विशेष उपज हो। यस्ती प्रवृत्ति पशु संसारमा छैन । मानव समाजमा पनि बलात्कार भन्ने घटनाहरू विशेष परिवेश र परिस्थितिको उपज भएर आएको छ । अर्थात् यो मानव इतिहासमा सधैं रहिरहने प्रवृत्ति पनि होइन । बलात्कारको उत्पत्ति विशेष गरी वर्ग विभाजित समाजसित उदय भएर आएको देखिन्छ । वर्ग विभाजनको साथसाथै लिंगीय शोषणको पनि उदय दास युगमा भएको देखिन्छ । त्योभन्दा अगाडिको युग अर्थात् आदिम युगमा बलात्कार हुने वातावरण सिर्जना भएकै थिएन । सबै महिला पुरुषको स्वेच्छामा सम्बन्ध हुने भएकोले यौनको अभाव हुँदैनथ्यो । तर दास युगमा मालिकवर्गले दासवर्गलाई जबर्जस्ती आफ्नो नियन्त्रणमा राख्ने र शोषण गर्ने क्रममा दासीहरूमाथि थप यौन शोषण गर्न पुगे र यसरी दासीहरू बलात्कारको सिकार हुन पुगे । तर हाल पुँजीवादी युगमा बलात्कारका घटनाहरू यति डरलाग्दो र व्यापक रूपमा फैलिइरहेका छन् कि वर्गीय विभाजनलाई समेत नाघेर अब कुनै बेला कुनै व्यक्ति बलात्कारको सिकार हुन सक्ने अवस्था आइरहेको छ । पुँजीवादी अर्थतन्त्रअन्तर्गत बलियाले कमजोरलाई न्याक्ने, धनीवर्गले गरिबमाथि जथाभावी शोषण गर्ने प्रवृत्तिहरू कायम रहन्छन् । तसर्थ पितृसत्तात्मक संरचनामा बलात्कार गर्ने प्रायः पुरुष हुन्छन् भने बलात्कृत हुने महिला वर्गका पर्दछन् । यद्यपि विकसित देशहरूमा एकाधरूपमा पुरुषहरू पनि महिलाहरूबाट बलात्कृत हुन गएका चर्चाहरू पनि सुनिने गर्दछन् ।
वास्तवमा यौन सम्बन्ध पशु संसारमा खालि प्रजननको लागि मात्र गरिन्छ तर मानव समाजमा यस सम्बन्धमा अझ गहिरो रूप लिन्छ । पुरुष-महिला वीचको सम्बन्ध प्रजननको लागि भन्दा पनि भावनात्मक ऐक्यबद्धता, कार्यक्षेत्रको ऐक्यबद्धता, लक्ष्यमा एकरूपताको प्रतीक हुन जान्छ जसले गर्दा एकअर्कालाई आनन्द, सनदोष र उत्साहको अनुभूति प्राप्त गराइदिन्छ । यो सम्बन्ध गहिरो र विगो रहन्छ। तर किन मानिस एउटा श्रमजीवी प्राणी भएकोले उसले प्रकृक्तिलाई आफ्नो वशमा ल्याउने क्रममा आफ्ना आधारभूत संवेग (Basic instincts) लाई समेत नियन्त्रणमा राख्न सक्दैन। तर किन मानिस आफ्नो सभ्यतालाई तिलाञ्जली दिएर हिंस्रक हुन जान्छ र बलात्कार गर्न पुग्छ । वास्तवमा हिंसा र बलात्कारका घटनाहरू तब घट्छन् जब मानिस मानिसवीच द्वेष, ईष्यां, रिसइवीको भावना जन्मिन्छ । मानिस मानिसबीचको सौहार्दता र सहयोगको भावना नष्ट भएर अलगावको भावना विकसित हुन्छ तब यो प्रवृत्तिको जन्म एवम् विकास हुन्छ । यस्तो परिस्थिति पूँजीवादी अर्थतन्त्रले निम्त्याइरहेको छ। खास गरीकन धनी र गरिबबीचको बढ्दै गएको भिन्नता, बढ्दै गएको बेरोजगारी अवस्था, उपभोक्ता संस्कृक्तिको तीव्र विकास र महिला पुरुषबीचको सम्बन्धलाई अझ भ्रष्ट र तनावग्रस्त गराउने काम पुँजीवादले गरिरहेको छ । यी सबै पूँजीवादी अर्थतन्त्रले जन्माएका अराजकताका प्रतीक हुन् । यस्तो अर्थतन्त्रमा जहां धनीले गरिबलाई न्याक्छ त्यस्तो अर्थतन्त्रले बलियो लिंग अर्थात् पुरुषवर्गबाट निर्बल लिंग अर्थात् महिलावर्गमाथि हुने हिंसात्मक बलात्कारलाई अस्वाभाविक मानिदैन । 1 पुँजीवादको सबभन्दा डरलाग्दो प्रवृत्ति यसमा छ कि उसले नाफा कमाउने योजनामा विद्यमान पुरुष-महिलाबीचको असन्तुष्टिको भावनालाई समेत अश्लील साहित्यको माध्यमबाट यौन तृप्तिलाई उत्तेजित पारेर बजारमा बेच्छ । एकातिर पुरुषहरूको यौनतृप्तिलाई उत्तेजित पारेर त्यसमा नै उसको पहिचान शक्तिको प्रतीक बनाउन खोज्छ भने अर्कोतिर महिलालाई विज्ञापनको साधन र यौनको साधनको रूपमा प्रस्तुत गर्न पुग्दछ। यसको परिणाम बलात्कारका घटनाहरू बढ्दै गएको हामी देख्दछौं ।
जहाँसम्म महिलाहरू शारीरिक रूपले कमजोर भएकै कारणले उनीहरू बलात्कारको सिकार हुन पुग्दछन् भन्ने कुरा छ, त्यो एकदम गलत कुरा हो। यसलाई बुझ्नको लागि बलात्कारका घटना प्रक्रियालाई बुझ्नु जरुरी हुन्छ । सर्वप्रथम त बलात्कार प्रायः परिचित व्यक्तिहरूबाट नै हुन्छ । अनेकौं लोभ लालच देखाएर ढाँटछल गरेर वा फकाई-फुलाई गरेर र आश्वासन दिएर बलात्कार गरिन्छ । दोस्रो अपरिचित व्यक्तिहरूले हिंसात्मक चीज देखाएर जबर्जस्ती गर्न खोज्छन् । नत्र भने कुनै परिचित पुरुष एक्लैले बिनाहातहतियार आफ्नै बलको भरमा कुनै अपरिचित महिलामाथि बलात्कार गरेको कमै मात्र सुन्न पाइन्छ । बलात्कारमा फस्ने महिलाहरू आफू कमजोर नभएर आफूलाई यौनसम्बन्धी केही ज्ञान नभएको आफूले चिनेको आधारमा पूरा विश्वास गरेकै कारणले फसेका हुन्छन् ।
तसर्थ यस्ता घटनाहरूबाट केही हदसम्म बच्नको लागि यौन ज्ञान हुनु जरुरी छ । तर यसबाट दीर्घकालसम्म अर्थात् स्थायी रूपमा बच्नको लागि त पंजीवादकै अन्त्य हनुपर्दछ । तसर्थ महिला वर्गमाथि हने बलात्कार तिनीहरूको शारीरिक अवस्था कमजोर भएकोले नभएर विद्यमान पंजीवादी संस्कतिले हो। जब वर्गीय शोषण र लिंगीय शोषणको अन्त्य हुन्छ तब कसैले कसैमाथि जबर्जस्ती नै उत्पन्न हुँदैन चाहे त्यो पैसाको बलले जबर्जस्ती गर्ने कुरा होस् गर्नुपर्ने प्रवृत्ति नै वा यौनको आधारमा जबर्जस्तीको कुरा होस । यस्तो वर्गरहित समाज साम्यवादमा मात्र हासिल गर्न सकिन्छ । त्यतिखेर पुरुष र महिलाहरूको सम्बन्ध आधारभूत संवेग (Instinct) को आधारमा नभएर सचेत किसिमले वैचारिक ऐक्यबद्धताको आधारमा, भावनात्मक प्रेमको आधारमा हुन जान्छ । जुन सम्बन्ध दिगो र बलियो हुन जानेछ ।
के महिलाहरू कामबाट कमजोर भएका हुन् त ?
वास्तवमा प्रायः महिलाहरू आफैलाई कमजोर ठान्ने गर्छन् र उनीहरूलाई एक प्रकारको हीनताबोधले सताइरहेको हुन्छ । यस्तो हुनुमा उनीहरूको भौतिक परिवेश पुरुषहरूको दाँजोमा कमजोर हुनुमा छ । पुरुष प्रधान देशमा पुरुषहरूलाई नै मूलतः उत्पादक शक्तिको रूपमा मान्ने गरिन्छ । तसर्थ पुर्खाको धनसम्पत्ति पनि उनीहरूकै नाममा जान्छ। महिलाहरूलाई सिर्फ तिनीहरूले कमाएको सम्पत्ति संरक्षित गर्ने पुख्र्यौली धनलाई निरन्तरता दिनको लागि बच्चा जन्माउने अर्थात् छोरा जन्माउने साधनको रूपमा लिने गरिन्छ । तसर्थ उनीहरू जिन्दगीभर पराश्रित (Dependent) बाँच्नुपर्ने हुन्छ । सानैदेखि बुढेसकालसम्म महिलाहरू अभावै अभावमा बाँच्छन् । आमाको काखबाट उनीहरू छिट्टै पाखामा पर्नुपर्दछ । कारण, उनीहरूलाई छिट्टै दूध खानबाट वञ्चित गरिन्छ । मीठो खानाको मात्रामा पनि छोराको दाँजोमा कम ख्वाइन्छ, शिक्षा, स्वास्थ्य उपचार तथा सीप हासिल गर्ने कुरामा पनि कम लगानी गरिन्छ । एकातिर महिलाहरूले घरभित्र गर्ने कामको कुनै मूल्य हुँदैन भने अर्कोतिर उनीहरूलाई सकभर घर बाहिर काम गर्ने अवसरै दिइँदैन, काम गर्न पाइहाले पनि पुरुषलाई दिइने बराबरको ज्याला दिइँदैन । ‘अर्काको भित्ता टाल्ने जात’ भनेर परिवारले महिलाहरूको लागि त्यति लगानी गर्दैनन् जति पुरुषहरूको लागि गर्दछन् । विवाहित भएपछि पनि महिलाहरूको जीवन आफ्नो वशमा हुँदैन । उनको पतिको बानी व्यवहारमा भर पर्दछ । बाल्यकालदेखिको आफ्नो इतिहासलाई बिर्सेर पतिको घरमा नयाँ सम्बन्ध स्थापना गर्न पुग्दा त्यहाँ उनको स्थिति स्वभावैले नाजुक हुन पुग्दछ । यसरी अभावमा बाँच्नुपर्ने महिलाहरूको जीवन घरभित्र कुण्ठित भएर बस्नुपरेको अवस्थाले गर्दा तिनीहरूमा स्वभावतः हीनताबोधको भावना उत्पन्न हुन्छ र आफू कमजोर भएको महसुस गर्न पुग्दछन् ।
वास्तवमा महिला शारीरिक रूपमा कमजोर लिंग हुन् भन्ने कुरा एकदम आधारहीन का हो। तिनीहरू निर्बल निरीह र कमजोर भएको कारण वास्तवमा समाजको यही विद्यमान पितृसत्तात्मक संरचना हो । पितृसत्तात्मक समाजको जग नै विद्यमान परिवारको संरचनाले बनाइदिएको छ । जुन व्यक्तिगत धनसम्पत्ति थुपार्ने वा भएको सम्पत्तिलाई जोगाउने लक्ष्यले अभिप्रेरित छ । पितृसत्तात्मक समाजको विशेषता नै यसमा छ कि त्यहाँ प्रत्येक परिवारको सम्पत्ति त्यस परिवारका छोराहरूको माध्यमबाट संरक्षित गरिन्छ । यसले गर्दा महिलाहरू त्यस सम्पत्तिको उत्तराधिकारी जन्माउने साधनको रूपमा सीमित हन जान्छन् । यस अर्थमा पुरुषहरूको पहिचान तिनीहरूले आफ्नो पुख्यौली सम्पत्तिमाथि कति घन थपे वा कति धन तिनीहरूको हातमा छ भन्ने आधारमा हन्छ अथर्थात उत्पादनकी शक्तिको आधारमा तिनीहरूको मुल्यांकन गरिन्छ । महिलाहरू आमा मात्र भएर नपुगी छोरा जन्माउने आमाको रूपमा स्थापित हनुपर्ने बाध्यता आउँछ । जबकि छोरा जन्माउने तिनीहरूको वंशको कुरा होइन । प्रुष र महिलाको प्रजनन कोषमा एकातिर प्रषहरूमा छोरा वा छोरी जन्माउने बीउ हुन्छ भने महिलाहरूमा छोरी जन्माउने मात्र कोष हन्छ । अतः पुरुषबाट छोरा जन्माउने बीउ पाएमा मात्र महिलाले छोरा जन्माउन सक्छिन् नत्र भने छोरी नै जन्मिन्छ। यसरी छोरा जन्माउनेमा परुषहरूकै हात भए तापनि जव पत्नीले छोरा जन्माउदिन, त्यसको सम्पूर्ण दोष पत्नीले नै लिनुपरेको देखिन्छ । यसरी जीव विज्ञानलाई समेत यो पुरुषप्रधान समाजले अन्धकारमा राखेर महिलाहरूमाथि सम्पूर्ण दोष थुपार्न खोज्दछ ।
तसर्थ जबसम्म पैतृक सम्पत्तिमाथि महिलाहरूले पनि समान अधिकार पाउदैनन् तबसम्म तिनीहरूले आफनो माइती र पतिको घरमा निरीह र कमजोर भएर बस्नुपर्ने हुन्छ ।
युद्धमा महिलाहरू
महिलाहरू साँच्चीकै कमजोर छन् वा छैनन् भनेर बुझ्नको लागि विगत इतिहासका युद्धहरूमा महिलाहरूको कस्तो भूमिका रहँदै आएको र हालको परिवेशमा युद्धमा कत्तिको सहभागिता हुँदै आएको छ त्यो हेर्नु जरुरी छ। जसरी पशु संसारमा गर्भवती पशु वा बच्चा भएका माउहरूले सिकार गर्न छोड्दैनन् आफ्ना प्रतिद्वन्द्वीहरूसित लड्न छोड्दैनन् । त्यसरी नै महिलाहरू आफ्नो पाठेघरको कारणले संघर्षबाट विमुख भएको देखिन्न । कुनै कुनै युद्धमा त आमाले आफ्नो बच्चालाई पिठ्यूँमा बोकेर लडाइँ लडेका उदाहरणहरू पनि छन् । भारतमा झाँसी भन्ने ठाउँकी रानीले त्यहाँ आक्रमण गर्न आएका ब्रिटिस फौजसित आफ्नो बालकलाई पिठ्यूँमा बोकेर घोडामा चढी अन्तिमसम्म युद्ध गरिन् । नेपालको इतिहासमा सुगौली सन्धि हुनु अगाडि नालापानी भन्ने ठाउँमा नेपाली र ब्रिटिसहरूबीच भएको लडाइँमा नेपाली महिलाहरूले बहादुरीपूर्वक लडेको कुरा इतिहासमा उल्लेख छ । त्यस्तै फ्रान्सको पेरिस कम्युनको युद्धमा त्यहाँका मजदुर महिलाहरू क्रान्तिमा होम्मिएका थिए। भियतनाम, चीन र रुसमा महिलाहरूको सहभागिता नभएको भए त्यहाँको क्रान्ति त्यति छिटो सम्पन्न हुन सक्दैनथ्यो । पेरुमा साइनिङ पाथ अर्थात् माओवादी कम्युनिस्टहरूद्वारा संचालित सशस्त्र संघर्षमा महिलाहरू पनि अग्रपंक्तिमा उभिएर युद्ध लडिरहेका छन् । उनीहरूको जुझारुपनबाट अमेरिका पनि तर्सन पुगेको छ । नेपालमा नै २०४६ सालको जनआन्दोलनमा महिलाहरूको सक्रिय भूमिकालाई यहाँका आम जनताले देखेकै कुरा हो। त्यस आन्दोलनमा विशेषगरी ललितपुरका किसान महिलाहरूको बहादुरीपूर्ण सहभागिता प्रशंसनीय रह्यो। यसले पनि पुष्टि गर्दछ कि महिलाहरू कमजोर छैनन् । कमजोरीकै कुरा गर्ने हो भने हामी मानव जाति कतिपय जनावरहरूको अगाडि कमजोर छौ । तर हामी श्रम गर्ने प्राणी भएकोले हामी हाम्रै जैविक शक्तिभन्दा पनि यति धेरै शक्तिशाली छौं कि हामीले यो संसारलाई डोन्याइराखेका छौं । यति मात्र नभएर हामी अन्तरिक्षमा पुगेर अरू ग्रहहरूको अध्ययनसमेत गर्न पगिराखेका छौं । तसर्थ मानव जातिलाई उसको जैविक संरचनाको आधारमा बलियो वा कमजोर भनेर लाञ्छना लगाउन नै मानव जातिलाई पुनः पशु संसारमा फर्काउने काम हुन्न र ?
उपसंहार
यो वर्गीय समाजमा कोही बलवान् वा कोही कमजोर हुन् भनेको पनि वर्गीय र लिंगीय आधारमा हँदोरहेछ । हुनेखाने परिवारमा कुनै लोग्ने मानिस अपाङ्ग किन नहोस, रोगी किन नहोस तर उसलाई यो सामन्ती र पूँजीवादी सरचनाले बलियो नै बनाउँदो रहेछ । जब कि सर्वहारावर्गका महिलाहरू जतिसुकै हृष्टपुष्ट र बलियो देखिए तापनि उनीहरूको हातमा कौडीसम्म नहुँदा कमजोर र हेला गर्न लायक नै हुँदारहेछन् ।
महिला वर्गभित्र को कति कमजोर भन्ने कुरा पनि वर्ग सापेक्षित हुँदोरहेछ । प्रायः घरानिया परिवारमा महिलाहरू जो गृहिणी भएर पराश्रयको जिन्दगी बिताइरहेका छन् तिनीहरूले बढी हीनताको भावना र आफू कमजोर भएको मनस्थिति बोकिराखेका हुन्छन् । जबकि सर्वहारावर्गमा जहाँ लोग्ने र स्वास्नी दुवैले आफ्नो श्रम बेचेर खानुपर्दछ, त्यस वर्गका परिश्रमी महिलाहरूमा न हीनताबोध हुन्छ न तिनीहरू आफूलाई कमजोर नै ठान्दछन् । यस्तो हुनुको पछाडि घरायसी काममा लागेका महिलाहरू सम्पत्तिवान् भए तापनि तिनीहरूले त्यो सम्पत्ति आफ्नै हैसियतले आर्जन नगरेकाले आफ्ना श्रीमान्, बाबु, छोराको माध्यमबाट मात्र उपभोग गर्न पाउँछन् । तसर्थ तिनीहरू पुरुषमाथि पूरै आश्रित हुन्छन् । जबकि श्रमजीवी महिलाहरूले सम्पत्ति आफै कमाउने भएकोले आफ्नो जिन्दगीमाथि उनीहरूको वश हुन्छ । तसर्थ विवाहको मामलामा पनि यदि तिनीहरूलाई आफ्नो लोग्नेहरूको व्यवहार मन परेन भने लोग्नेबाट अलग्ग हुनुबाट हिचकिचाउँदैनन् । जबकि घरानिया गृहस्थ महिलाहरूले त्यस्तो कदम लिने आँट गर्न सक्दैनन् ।
तसर्थ महिलाहरू तब बलिया हुन्छन् जब तिनीहरू उत्पादन प्रणालीमा भाग लिन पुग्छन् जब तिनीहरू सामाजिक श्रममा क्रियाशील हुन पुग्छन् र जब तिनीहरूको हातमा उत्पादनका साधन हुन्छन् । तर यस्ता आधारभूत कुराहरू लुकाउनका लागि विद्यमान शोषणयुक्त वर्ग र सत्ताले आम मेहनतकश जनतालाई विशेषगरी श्रमजीवी महिलाहरूलाई तिनीहरू समाजमा तल परेको कारण नै तिनीहरूको शारीरिक बनावटबाट भएको हो भनेर भ्रम दिन खोजिराखिएको छ ।
तसर्थ हाम्रो कमजोरीको स्रोत नै यो शोषणयुक्त राज्य सत्ता हो जसले महिलालाई सम्पत्तिविहीन बनाएको छ । जसले आम मेहनतकश जनतालाई उत्पादनको साधनबाट वञ्चित गरेको हुन्छ । जबसम्म शोषणरहित राज्यसत्ता आउँदैन तबसम्म महिलाहरूको स्थिति र आम मेहनतकश जनताको स्थिति कमजोर नै रहनेछ । यस्तो व्यवस्था वर्गहीन साम्यवादमा मात्र सम्भव हुन्छ । तर त्यस व्यवस्थासम्म पुग्नको लागि समाजको उत्पादन शक्ति धेरै विकास हुन् जरुरी हन्छ । त्यो लक्ष्य प्राप्त गर्नको लागि हामी पहिले नौलो जनवादको लागि लड्नुपर्दछ । किनभने नौलो जनवादको आर्थिक आधार नै ‘जसको जोत उसको पोत’ हो । त्यस्तै महिला र पुरुषबीचको सम्बन्धमा यस व्यवस्थाले महिलाहरूलाई पनि पुरुषसरह सम्पत्तिमा समान अधिकार दिन्छ । अझ महिलाहरूको उपेक्षित स्थितिलाई उकास्नको लागि तिनीहरूलाई विशेष सहुलियत दिन्छ । यसरी यो व्यवस्थाअन्तर्गत काम गर्ने आमजनताले उत्पादनका साधनमाथि स्वामित्व कायम गर्न पाउँदा तिनीहरूको उत्पादन शक्ति बढ्नेछ । यसले समाजवादी र साम्यवादी व्यवस्थाको लागि बलियो जग बनाइदिन्छ ।
यसरी के देखिन्छ भने प्रतिक्रियावादी वर्गले फिजाएको भ्रमजाललाई चिर्दै आफूमाथि हामीमाथि भएको शोषणलाई शक्तिको रूपमा प्रयोग गर्दै हामी महिलाले यो शोषणयुक्त पितृसत्तालाई फालेर नौलो जनवाद प्राप्तिको लागि संघर्ष गर्नु नै आजको माग बन्न गएको छ ।
– महिला ध्वनि, अ.ने.म. संघ एकता राष्ट्रिय सम्मेलन तयारी समितिको मुखपत्र, पूर्णाङ्क-३, २०५१ मा प्रकाशित