Posted on

हिजो जनयुद्ध सुरु नहुँदैको अवस्थाको कम्युनिस्ट आन्दोलनमा महिलाहरू प्रायशः कलाकार हुँदै कम्युनिस्ट बन्थे । तर आज जनयुद्धपश्चात् महिलाहरू प्रायः सेना क्षेत्रबाट शुरुवात गरी कम्युनिष्ट बन्दैछन् । यो क्रम घटदै होइन बढदै छ । यहाँ सम्म कि ने.क.पा. (माओवादी) र ज्ञाने सरकारको बीच तीन चरणको वार्ता भइरहेकै अवस्थामा जनसेनाभित्र धेरै प्रश्नहरू उठने गर्दथे । के साच्चै यो ज्ञानेको राज्यसत्ता गणतन्त्रको मागमा आउन हिम्मत गर्ला ? के त्यो सो भए लालसेना विघटित हने हो त ? अथवा के लालसेना र शाही सेना मिलेर राष्टिय सेना बन्ला त? यी प्रश्नहरूमध्ये महिला सेनाको सबभन्दा चासोको विषय के रहयो भने, त्यो राष्ट्रिय सेनामा महिला सेना कायम राख्छ कि राख्दैन । राखेमा के त्यहाँ जनसेनामा जस्तो विचार जनवादी पद्धति अवलम्बन गरिन्छ ? यस्ता प्रश्नले पनि महिलाहरू जनसेनामा धेरै आकर्षित छन् भनेर पुष्टि गर्दछ । यस चाहनाको पछाडि राजनैतिक, वैचारिक, प्राविधिक, मनोवैज्ञानिक, भौतिक, सामाजिक, लैंगिक, दार्शनिक आदि अनेकौं पक्ष छन् ।

शोषित महिला वास्तवमा आक्रोशले भरिपूर्ण भूकम्प जस्तो छ जसलाई जनयुद्धले विस्फोटित हुने बाटो देखाएको छ । युगौंयुगदेखिको पिछडिएको सामन्ती संस्कृतिवाट ती महिलाहरू उत्पीडित भइरहेका थिए, छलांगमय रुपान्तरणको लागि उकुसमकुस भइरहेका थिए । जनयुद्धले तिनीहरूको कैद मस्तिष्क र भौतिक शरीरलाई खुल्ला गरिदिएको छ। मनुवादी हिन्दु सामन्ती संस्कृतिले मैला, अपवित्र पापी, अछूत, छि: छिः दूरदूर गराएर लाजले कुजिएजस्तो बनाएको महिला शरीरलाई जनयुद्धको रक्तले सिचित, स्फूर्तिलो, स्पातिलो र सुन्दर बनाएको छ। खेलकुद, व्यायाम भनेको कुन चराको नाम भनेर सोध्ने ती महिलाहरू आज भलिबल, चेस खेल्ने भएका छन्, क्रींग, रस्सीबाट नदी तर्ने, आक्रमण र आत्मरक्षा कला सिक्ने भएका छन् । हिजो हाँस्न समेत प्रतिबन्धित ती महिलाहरू आज शाही सेनालाई कासन गर्ने भएका छन् । वास्तवमा महिलाहरूको आधाभन्दा बढी हीनताबोध भावना उनको आफ्नै शरीरप्रति समाजको कुदृष्टिकोणको उपज हो। युद्धको मैदानमा पुरुषहरूले सरह काँधमा काँध राइफल बोकी आज महिलाहरूले छुट्टै पहिचान दिदै छन्, पैन्ट, सर्ट, कम्ब्याट ड्रेस लगाउने, उद्देश्यमूलक, हातहतियारले लैस, आत्मवलले भरीपूर्ण, वर्गीय र लिंगीय चेतनाले भरीपूर्ण महिला, लडाकू महिला, विद्रोही महिला, विस्फोटक महिला ! शायद त्यसैले होला जब महिला सेनालाई पार्टीको आवश्यकता अथवा उनको स्वास्थ्यको कारण अन्य मोर्चामा खटाउँदा अधिकांश महिलाहरू अली हिच्किचाउँछन् ।

हिजो महिलाहरूको जिन्दगी वास्तवमा एउटा चूल्हो (माइत) वाट अर्को चूलो (घर) चौकीमा सीमित हुन्थ्यो । पुरुषसरह तिनीहरू मुग्लान वा शहरमा जान खोजे भने एक त घर समाजले राम्रो मान्दैन थियो, अर्कोतिर गइहालेमा कि त वेश्यावृत्तिमा फस्न कि त मालिकको यौन शोषण फस्न बाध्य हुन्थे । जनसेना मा भर्ती भएपछि अब उनीहरू युगौंयुगदेखि कैद भएको घरबाट मुक्त भएका छन् धिसीपिटी घरायसी कामबाट मुक्त भएका छन् । अब त तिनीहरू आफ्नो गाउँ मात्र नभएर जिल्ला मात्र नभएर क्षेत्र पनि छोडने भएका छन् पुरुषसरह ! अब त पश्चिमका छापामार पूर्वमा पूर्वका छापामार राजधानीमा र राजधानीका छापामार पश्चिममा जाने आउने क्रमको थालनी भएको छ । पश्चिमका बरुनीहरू पर्वका थरुनीहरूको फरक चालचलन देखेर दंग परेका छन्। काठमाडौ का नेवार र प्युठानका नेवार देखेर दंग परेका छन् । यसले विशेषत महिला छापामारहरूमा ठूलो रुपान्तरण ल्याएको छ तिनीहरूको हेर्ने दृष्टिकोण फराकिलो भएको छ संकीर्णताको ठाउँमा विविध पक्षलाई समेटने विशाल हृदय बोक्ने भएका छन् । आज वास्तविकरुपमा उनीहरू पूर्ण नेपाली नागरिक बनेका छन्-नेपालको हिमाल, पहाड, तराईबाट परिचित ती महिला !

यो जनयुद्ध वर्गीय युद्ध भएकोले यो कुनै विशिष्ट जाती, धर्म, क्षेत्र, लिंगको आधारमा नभएर वर्गीय विचारको आधारमा चलेको यद्ध हो। अत: यो जता पनि, जनसकै समुदायमा पनि फैलने आन्दोलन भएकाले यसको सामाजिक संरचना अति घनीभूत र धनी छ । यहाँ कामीदेखि कमाई वाहूनसम्म पाइन्छ, गुरुदेखि बुलुङ्ग जनजातिसम्म पाइन्छ, मधेसी देखी हिमाली भेगका कार्यकर्ताहरूसम्म पाइन्छ । अनी ती वीचमा अन्तरघुलन, रसायनिक रुपान्तरण प्रेम विवाह र अन्तरजाती विवाह बाट अभिव्यक्त हुन्छ । यसले विशेष गरी हिन्दु, दलित महिलाहरूमा एक प्रकारको उत्साह ल्याएको पाइन्छ, कारण अब उनीहरूले भयमुक्त भएर आफ्नो जीवन साथी, धर्म, जाति, धनको आधारमा नभएर विचार र विवेकको आधारमा रोज्न पाएका छन् । त्यो मात्र नभएर युद्धको क्रममा आफ्नो जीवन साथी सहिद भए तापनि सहिदको परिवारले सम्मानित हुँदाहुँदै पनि पार्टीको स्वीकृति लिएर पुनः प्रेम विवाह गर्न पाइन्छ । कतिपय विधवा भएर आएका, सौतेली परेर विछडिएका महिलाहरू, अलपत्र परेका महिलाहरूले युद्ध मैदानमा नयाँ जीवनसाथी पाइरहेका छन् । यसरी सामन्ती संस्कारलाई धक्कामूलक किसिमले प्रहार गर्दै विज्ञानको आधारमा नया मूल्य मान्यता स्थापित हुँदैछ ।

गाउँमा महिलाहरू वास्तवमा उही घिसीपिटी गोलचक्कर लगाउने प्रजनन् कार्यबाट मुक्त हुन चाहन्छन् । हुर्केदेखि १३-१४ वर्ष नभएसम्म भाइ बहिनी हेर्ने, घरको काम सघाउने अनि १५-१६ वर्ष भएपछि आमा बन्ने र रजस्वाला नसुक्दै अथवा ३५-३६ वर्षमा हजुरआमा हुने गोलचक्कालाई यो जनयुद्धले धक्का लगाएर यसलाई छलांगमय गतिशील जीवन पद्धति दिएको छ । अब ती खाली भुंडी बोक्ने महिला नभएर विचारले लैस हतियार बोक्ने महिला भएका छन् । परम्परागत प्रजनन् कार्यबाट विस्थापित महिलाहरूको तुलनामा जनयुद्धमा आएका महिलाहरू आफ्नो प्रजनन शक्तिबाट बढी सचेत छन् । तिनीहरू विवाहपश्चात् एक त ढिलोभन्दा ढिलो बच्चा जन्माउँछन, जन्माइहाले भने एकभन्दा बढी विरलै जन्माउँछन । अनि कथम कदापि पुरुष सेनाबाट महिला सेनामाथि २० वर्षभन्दा अगाडि विवाहको प्रस्ताव आयो भने रिसाउने गर्छन, कारण तिनीहरू आफ्ले पाएको नौलो सीप, ज्ञान र त्यसमा चाहिने एकाग्र वातावरण गुमाउन चाहन्नन् । 

हिजो जनता भतप्रेत, टुनामुना, मसानघाटदेखि डराउँथ्यो, भगवानदेखि डराउँथ्यो। यो विशेषगरी महिलाहरूमा बढी देखा पर्दथ्यो । राति एक्लै हिड्न डराउँथे, मसानघाट वरपर जान दिदैन थिए, चिता जलाएको ठाउँमा जान दिइदैनथ्यो । तर आज जनयुद्धले यी सबै रहस्यमय, रूढिवादी संस्कृतिल सिजेको कमजोर मनोविज्ञानलाई च्यात च्यूत पारेर जीवन र मृत्यु, त्यसमा पनि मृत्युको रहस्य खोलीदिएको छ छ । अथवा जनयुद्धले जीवन र मृत्युलाइ सहज बनाउँदै जीवन र मृत्युलाई हिजोको कर्म, भाग्यको आधारमा नभएर त्यसलाई आकस्मिकता र आवसय्क्तको द्वन्द्व मा हेर्न सकिएको छ । अत्: आज ति महिलहरु मुर्दावद  डराउँदैनन्, बरु युद्ध मैदानमा कतिपय डरलाग्दो किसिमले घाइते भएका पुरुष र महिलाहरूलाई बोकेर ल्याउने र सामान्य उपचारसमेत गर्न जान्ने भएका छन्। युद्ध मैदानमा ढलेका कमरेडहरूको चिहान बनाउने काममा अघि सर्दै आएका छन् ।

हिजो प्राविधिक ज्ञान एक विशिष्ट हुनेखाने वर्गमा सीमित हुन्थ्यो भने आज त्यो ज्ञान जनयुद्धले गर्दा गाँउ घरमा पुगिरहेको छ । हिजो घडी हेर्न नजान्ने महिलाहरू आज टाइम बम जडान गर्न सक्ने भएका छन् । हिजो घरमा कुचोमात्र लगाउन जान्ने महिलाहरू आज सडकमा विद्युतीय धराप लगाउन जान्ने भएका छन् । हिजो हँसियाको विंडलाई मर्मत गर्न नजान्ने महिलाहरू आज बन्दुक, एस. एल. आर. सफा गर्ने, मर्मत गर्न जान्ने भएका छन् । हिजो घर बाहिरका काम केही नजानेका ती महिलाहरू आज शाही सेनाले ध्वस्त पारेका घर, पूल, बाटो पुनः निर्माणका काम गर्ने भएका छन् । हिजो मसलामात्र पिस्न जानेका ती महिलाले आज बमको मसला बनाउँदैछन् । यसरी एकातिर ध्वंश अर्कातिर निर्माणसँग सम्बन्धित प्राविधिक ज्ञान हासिल गरेर तिनीहरूमा झन् आत्मविश्वास बढेको छ ।

सधैं राज्यसत्ताबाट दूरीमा राख्दै आएका ती महिलाहरू आज राज्यसत्ता प्राप्तिको लडाइँमा होमिइरहँदा तिनीहरूको वैचारिक, राजनैतिक, दार्शनिक ज्ञानमा छलांगमय विकास भएको देखिन्छ । सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्ने माओको बोलीलाई आत्मसाथ गर्ने क्रममा तिनीहरूले वुझ्दै आएका छन् । कसरी अल्पसंख्यक शोषकवर्गले बन्दुककै आडमा बहुसंख्यक शोषित जनतामा राज गर्दै आएको छ र विना बन्दुक र सेनाको संसदीय आन्दोलन कति निरीह हुँदोरहेछ भनेर तिनीहरूको सीमालाई राम्ररी बुझ्‌न थालेका छन् । राज्य सत्ताको निर्णायक शक्ति शाही सेनासित लड्ने क्रममा तिनीहरूले राज्यको वर्गीय मात्र नभएर लिंगीय स्वरूप पनि व्यवहारबाट चिन्न बहुत थालेका छन् । यही क्रममा, विद्यमान सरकार र राज्यसत्ताबीचको सम्बन्ध, राष्ट्रिय र अन्तर्राष्ट्रियबीचको सम्बन्ध, हतियार र साम्राज्यवाद वीचको सम्बन्ध, राजतन्त्र र सेनाबीचको सम्वन्ध आदि बझन थालेका छन् । हिजो पानी पंधेरो, चुलो चौकीमा हुने अति छुद्र व्यक्तिगत कुरा गर्ने, कुरा काट्ने ती महिलाहरू आज बिहान साझै रेडियो कानमा हालेर राष्ट्रिय-अन्तर्राष्ट्रिय खबर सन्नै भएका छन् । युद्ध मैदानले तिनीहरूलाई दार्शनिक पनि बनाएको छ । केही पाउनको लागि केही गुमाउनुपर्ने, जीवन र मरणको द्वन्दात्मक सम्वन्ध तिनीहरूले बुझका छन् । वर्गसंघर्षले तिनीहरूको एकांगी ज्ञानलाई समग्र ज्ञानमा रुपान्तरित गर्दैछ । विचारले बन्दक हाँक्ने न कि बन्दकल विचार डोऱ्याउने भन्ने अवधारणाले गर्दा उनीहरू शाही सेनाको बन्दुके प्रवृत्तिबाट धेरै माथि उठेका छन् । बल, उचाइको धाक देखाई ती शाही सेनाले जनसेनालाई हेपेर “प्रचण्डका ढाई फटे सेना” भन्दा त्यसको प्रतिउत्तरमा हामी “मालेमावाद र प्रचण्डपथको विचारले लैस सेना” हौं भन्ने गर्व गर्ने भएका छन् । विचारको आधारमा लडने भएका ती महिलासेनाले नकरात्मकभित्र सकारात्मक, सकारात्मकभित्र नकरात्मक हेर्न सिकेका छन् । प्रधान दुश्मन र गौण दश्मन चिन्त सिकेका छन् । आक्रमण र प्रतिरक्षा वीचको अन्तर सम्बन्ध, विपरीतहरूको एकत्व र संघर्ष, चीजहरूलाई अन्तर विरोधको रूपमा हेर्न, केन्द्रीयता र जनवाद बीचको द्वन्द्वात्मक सम्बन्ध र रणनैतिक र तत्कालिक वीचको सम्बन्धलाई हेर्न सिकेका छन् ।

 

यसरी महिलाहरूको रुपान्तणको प्रकृया लेनिनले भन्नुभए झै अरू सामान्य समयमा दश वर्ष लाग्ने युद्धको बेला दश दिनमा हुने भनेजस्तो भएन त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *