Posted on

तिमी शिखर छुने आँट गर्छौं भने असम्भव केही छैन।

– क. माओ

भूमिका

२०५२ सालमा ने.क.पा. (माओवादी) को नेतृत्वमा ऐतिहासिक जनयुद्ध सामान्य लौराहरू, हँसिया, खुकुरीहरू र साँच्चै भन्दा दुईवटा बन्दुकहरूबाट मात्र सुरु भएको थियो । आज, जनयुद्धको आठ वर्षपछि जनमुक्ति सेनासँग GPMG, LMG, SMG, SLR र रकेट लन्चरहरू छन् । त्यसैगरी जनयुद्धको प्रारम्भिक चरणमा लडाकु, रक्षा र आत्मसुरक्षावादी दलहरू मात्र थिए, र आज तिनीहरू र डिभिजन, ७ बिग्रेड १९ बटालियन र थुप्रै कम्पनी, प्लाटुन, सेक्सन र दशौं हजारौं मिलिसियाहरूको स्तरमा विस्तार भएका छन् । पहिले, नेकपा (माओवादी) का प्राथमिक सैन्य बलहरू स्थानीय प्रहरी बलसँग लड्दथे तर अहिले ती योद्धाहरू शाही अमेरिकन सेना भनेर पनि चिनिने अमेरिकी शाही नेपाली सेनासँग जुधिरहेका छन् । नेपाली जनयुद्धका थुप्रै विशिष्टताहरूमध्ये, जनमुक्ति सेनामा, विशेष गरी प्रत्यक्ष लडाइँमा महिलाहरूको अद्भुत सहभागिता एउटा महत्त्वपूर्ण विशेषता हो ।

सन् १९९५ मा सम्पन्न नेकपा (माओवादी) को ऐतिहासिक तेस्रो विस्तारित बैठकमा हरेक सुरक्षा दस्ता (स्क्वाड) मा कमसेकम पनि दुई जना महिला अनिवार्य रूपमा हुनुपर्ने निर्णय गरिएको थियो। आज महिलाहरू जनमुक्ति सेनाको करिब एक-तिहाइ भागको प्रतिनिधित्व गर्छन् । गुणात्मक रूपमा उनीहरूले बटालियन तहमा सहायक कमान्डर, कम्पनी तहमा कमान्डर र सह-कमान्डर र बटालियन स्तरमै राजनैतिक कमिसारको हैसियतसम्म विकास गरिसकेका छन् । कम्पनी कमान्डर क. सपनाशीलाको, १७ सितम्बर २००३ मा भर्खरै मात्र भएको शहादत, एउटा यस्तै नमुना हो । पश्चिम नेपालको ‘भावाड-जमकोट एरियामा शाही-सेनासँग लड्दा-लड्‌दै उहाँले वीरगति प्राप्त गर्नुभएको थियो ।

तराई, काठमाडौँ र सहरी इलाकाहरूमा दिनदहाडै दिनको उज्यालोमा भएका बैंक कब्जा गर्ने, चुनी-चुनी दुश्मनलाई खत्तम गर्ने र राज्यका महत्त्वपूर्ण विन्दुहरू ध्वस्त गर्ने जस्ता धेरै साहसिला गुरिल्ला कारबाहीहरूमा महिलाहरूको सहभागिता चमत्कारपूर्ण रहेको छ कहिलेकाहीँ केही ठाउँहरूमा त पुरुषहरूलाई पनि उछिनेका छन् । उनीहरू थुप्रै क्षेत्रीय र जिल्लास्तरका क्रान्तिकारी जनपरिषद्हरूको सुरक्षाको निम्ति खटिरहेका छन् र साथै अनेकौं निर्माणका कार्यहरूमा भाग लिदै आधार-क्षेत्रहरूलाई सुदृढ पार्दैछन् । यसरी उनीहरू आफ्नो पहिलेको निर्बल दर्जाबाट उठेर नयाँ उदाइरहेको राज्यको मेरुदण्डको एउटा हिस्सा बन्न पुगेका छन् । प्रशासनिक जननिर्देशिका २००४ (संयुक्त क्रान्तिकारी जनपरिषद्) ले अघि सारेको ‘एक नागरिक, एक सेना’ को अवधारणाले, आधा आकाश ओगटेका महिलाहरूको सैन्यकरणलाई अझ सान्दर्भिक बनाइदिएको छ ।

आज जनयुद्धले रणनैतिक सन्तुलनको चरणबाट रणनैतिक प्रत्याक्रमणको संक्रमणको चरणमा विकास गरिसकेको छ । अबको आउँदो अवधि नेपाली यक हुने भएकाले जनमुक्ति सेनामा महिला लडाकहरूका कान्तिको निम्ति निर्णायक अनुभवहरूको निष्कर्ष निकालेर संश्लेषण गर्न र उनीहरूको अगाडि तेर्सिएका सम्भावना, चुनौती र उनीहरूका कमी-कमजोरीहरूको बारेमा जान्न जरुरी छ । तर त्यसो गर्न अघि सामान्यतया महिलाहरू युद्धहरूमा कसरी सहभागी हुने गरेका छन् भन्ने बारेमा उल्लेख गर्नु उचित हुनेछ ।

महिला र युद्ध

प्राचीन मातृसत्तात्मक प्रणालीको अन्त्य भएयता, प्रकति र मानव जाति बीचको अन्तर्विरोध वर्ग युद्धको रूपमा मानव जातिभित्रैको अन्तरविरोधमा बदलिएको छ । निजी सम्पत्ति र नाफाको खोजीमा महिलाहरू सन्तान उत्पादन गर्ने जैविक कार्यमा सीमित हुन पुगे । अतः उत्पादन काममा तिनीहरू सहायककर्मी हुन पुगे । यस्तो परिस्थितिमा महिलाहरूको युद्धमा योद्धाको रूपमा सहभागिता सामान्यतः सहयोगात्मक रहँदै आएको छ । उनीहरूलाई पुरुषहरूको मनोबल वृद्धि गर्न (प्रसिद्ध नायिका र प्रतिष्ठित व्यक्तित्वहरूलाई युद्ध-मोर्चामा पठाइए जस्तै), उक्साउन (पुरुषहरूलाई उनीहरूको पुरुषोत्व खतम भएको भनेर सांकेतिक रूपमा चुरा उपहार दिने), युद्ध सामग्रीको परिचालन गर्न (पहिलो र दोस्रो विश्वयुद्धमा परिचालित भए झै), नर्स बन्न (फ्लोरेन्स नाइटिंगेल जस्तै) र जासूस बन्न (माताहारी जस्तै) का लागि प्रयोग गरेको पाइन्छ । जहाँ उनीहरू युद्ध-मोर्चामा योद्धा भएर सक्रिय रूपमा सहभागी भएका छन् । त्यहाँ एकदमै सीमित र व्यक्तिगत स्तरमा मात्र भएका छन्, त्यो पनि या त भारतकी लक्ष्मी बाई जस्तो चीर मजबुरीमा या त फ्रान्सकी जोन अफ आर्क जस्तो चीर निराशामा । यस्तो हालतमा धेरैले आफ्नो लैंगिक पहिचान लुकाउन पुरुषका लुगा लगाएर युद्ध मैदानमा उत्रिनुपरेको थियो। धेरै प्रचार पाएका अठारौं र उन्नाइसौ शताब्दीको डाहोमी राजसंस्थाका अमेजोनका महिला योद्धाहरू वास्तवमा लड्नका लागि राखेका थिएनन् । अपितु डाहोमे सेनालाई लामो र संख्यामा ठूलो देखाउनका लागि तिनीहरूलाई पृष्ठभागमा उभ्याएका थिए । तर वास्तविक लडाइँमा तिनीहरू वीरतापूर्वक लडेको राजाले पत्ता लगाए। यसैको नतिजा स्वरूप महिलाहरूलाई नियमित सेनामा भर्ती गर्न थालियो। तामिल मुक्ति आन्दोलनमा पनि, लिट्टे महिलाहरूलाई सुरुमा लजिस्टिक संकलनकर्ता वा पुरुषहरूको मुख्य बललाई मद्दत गर्ने सहायक बलको रूपमा भर्ती गरिएको थियो । आफ्नो बहादुरी सावित गरेपछि मात्रै उनीहरूलाई प्रत्यक्ष अग्रिम मोर्चाका लडाइँहरूमा सम्मिलित गराइएको हो।

महिला र वर्गयुद्ध

वर्गीय युद्धले मात्र महिलाहरूलाई युद्धस्तरमा मात्रात्मक र गुणात्मक रूपमा परिचालन गर्न सक्दछ । किनकि महिलाहरूलाई सबैभन्दा ज्यादा पिरल्ने दमनकारी बार्थिक सामाजिक सम्बन्ध, उत्पादन सम्बन्ध र अन्य गरिबीसँग सम्बन्धित मुद्दाहरूलाई वर्गीय युद्धले प्रत्यक्ष सम्बोधन गर्दछ । वर्गीय युद्धको महिला उत्पीडनसँग प्रत्यक्ष सम्वन्ध हुन्छ जसले प्रतिक्रियावादी राज्यसत्ताको मात्रै होइन धर्मले गहिरो जरो गाडेको परिवारकै ढाँचालाई पनि हल्लाइदिन्छ । वर्गीय पद्ध जातीय, धार्मिक, क्षेत्रीय युद्धहरू जस्तो पृथकतावादी हँदैन बरु जति माथिल्लो स्तरमा त्यसको विकास हुन्छ त्यति नै सर्वव्यापकता त्यसले ग्रहण गर्दछ। वर्ग युद्धले आफ्नो शक्ति आम जनताको सामूहिक क्रियाशीलताबाट, विशेषगरी महिलाहरूबाट, जो उत्पीडित जनताको ठूलो हिस्सामा पर्दछ, आर्जन गर्दछ । क्रान्तिकारी राज्यले महिलाहरूलाई दमन गर्नेहरूमाथि तानाशाही लागू गर्ने र उत्त्पीडित जनताको प्रजातन्त्रको रक्षा गर्ने भएकोले पनि त्यसप्रति महिलाहरूको ठूलो आकर्षण हुन्छ । यस्ता राज्यहरूले उनीहरूका उत्पादन कार्यहरूलाई मात्र नभएर उनीहरूका प्रजनन कार्यहरूमा पनि सुरक्षा प्रदान गर्छन् । उत्पीडित समुदायहरूको भन्दा महिलाहरूको उत्पीडन ज्यादा गहिरो हुने भएकोले उनीहरू वर्गीय युद्धलाई अझ घनीभूत भएर लड्नुपर्ने आवश्यकतालाई बुझ्न सक्छन् । यसैले इतिहासका वर्गीय युद्धहरूमा महिलाहरूको सहभागिताको उदाहरणहरू प्रशस्त पाइन्छ ।

सन् १९७१ पेरिस कम्युनमा लडाकु सर्वहारा महिलाहरूको क्रान्तिमा प्रत्यक्ष सहभागिता देखियो । हमलाकारी प्रतिक्रियावादी सेनाले उनीहरूलाई पनि सहयोद्धा पुरुष कामरेडहरू सँगसँगै लाइन लगाएर गोली हानी हत्या गरेको तथ्यले उनीहरूको क्रान्तिमा सहभागिताले प्रतिक्रियावादी कित्तामा कुन हदसम्म आक्रोश जागेको थियो भन्ने कुरा पुष्टि हुन्छ ।

त्यसैगरी दोस्रो विश्वयुद्ध ताका सोभियत संघमा नाजी अतिक्रमणको विरुद्धको लडाइँमा महिला योद्धाहरूको अद्भूत सहभागिता रहेको थियो । तल प्रस्तुत तथ्यांकबाटै अनुमान गर्न सकिन्छ ।

‘आधिकारिक आँकडाअनुसार करिब ८००,००० जना महिलाहरू लालसेनामा सहभागी भएका थिए भने अरू २००००० जना जति अनियमित सेनामा । यी आंकडाहरूले कुल सैन्यबल (१२,०००,००० पुरुषसहित) को आठ प्रतिशत महिला भएको देखाउँछ । ८००,००० जनामध्ये विवरणअनुसार करिब २५०,००० जनाले कोमसोमोल स्कुलहरूमा सैन्य तालिम पाएका थिए।’ (गोल्डस्टिन: २००१:६५)

चीनमा जापानी आक्रमण ताका जापानी सेनाको नियन्त्रणमा रहेका इलाकाहरूमा आक्रमण गर्न र पछि गणतन्त्र चीनको जन्मपछि पनि सीमाक्षेत्रमा कारबाही गर्ने श्वेत सेनाका विरुद्ध लड्न महिलाहरू मात्रको मिलिसियाहरू बनाइएको थियो । भियतनाम युद्ध मूलतः महिलाहरूको ठूलो सहभागिताको निम्ति चिनिन्छ । हृष्टपुष्ट र अजंगका अमेरिकी सैनिकहरूलाई झुत्रा लुगा लगाएका फुच्ची भियतनामी महिलाहरूले डोऱ्याएर लगेको तस्वीरले आजसम्म पनि अमेरिकी शासकहरूलाई तर्साइरहन्छ । तल दिइएको विवरणले भियतनामको राष्ट्रिय मुक्ति युद्धमा महिलाहरूको सहभागिताको मात्र र गुणत्व जाहेर गर्दछ ।

‘म्याडम दिङलाई, NLF को सहसंस्थापक र वेन त्रे विद्रोहको नेतृ भएको हैसियतले जनमुक्ति सैन्य बल (PALF) को जर्नेल बनाइयो। उनको हैसियतले PALF मा करिब ४०% रेजिमेन्ट कमान्डर महिलाहरू थिए ।’ (व्यारीः १९९६ : ४७)

दीर्घकालीन जनयुद्ध र महिलाहरूको सहभागिता

महिलाहरू युद्धका उर्जाघर हुन् ।

-हो चि मिन्ह

महिलाहरूले भोग्दै आएको वर्गीय र लिंगीय उत्पीडनको प्रकृक्ति दीर्घकालीन हुने हुँदा दीर्घकालीन जनयुद्ध महिलाहरूको लागि आकर्षणको केन्द्र बन्न पुग्दछ। दीर्घकालीन जनयुद्ध नयाँ जनवादी राज्य प्राप्तिको विधि-विज्ञान भए पनि यो प्रक्रियामा निरन्तर रूपान्तरण, सामन्तवादी संस्कतिको विघटन, साम्राज्यवादी संस्कृतिको विरुद्ध प्रतिरोध आदिले महिलाहरूलाई गौरवपूर्ण मानवको रूपमा आफ्नो मूल्यबोध गर्न मद्दत गर्छ ।

नेपालमा दीर्घकालीन जनयुद्धले विशेष महत्त्व राख्दछ किनकि यहाँ कम महिलाहरूले मध्ययुगीन सामन्ती पित्सत्ताबाट (जहाँ आज पनि कमारीको पूजा गरिन्छ) एकैचोटि नयाँ जनवादी क्रान्तिमा छलाङ मार्नपर्ने भएकोले यसले तिनीहरूबाट लामो रूपान्तरण हुने ठाउँ दिन्छ । 

युद्ध गरी युद्ध सिक्ने, बन्दुकलाई विचारले हाँक्ने, जनतामा निर्भर हुने, स्थातीय पहलकदमी, आत्मनिर्भरता, शक्ति सञ्चय, दुश्मनको सबैभन्दा कमजोर पक्षमा प्रहार गर्ने, दश्मनलाई गल्ती गर्न प्रेरित गर्ने, दश्मनलाई भित्रसम्म आउन लोभ्याउने, आफू बलियो हुँदा ठोक्ने, कमजोर हुँदा पछि हट्ने र विशेष गरी यो सूत्र : ‘दुश्मन अघि बढ्छ हामी पछि हट्छौ, दुश्मन बिसाउंछ हामी हैरान पाछौं: दुश्मन थाक्छ हामी प्रहार गछौं, दुश्मन भाग्छ हामी लखेट्छौ’ आदि दीर्घकालीन जनयुद्धका मुख्य विशेषता हुन् । यी सबै महिलाहरूको सहभागिताको निम्ति मद्दतकार हुन्छन् किनकि यो युद्ध-कला समाजको कमजोर तप्काले शक्तिशाली राज्य बलका विरुद्ध गर्ने संघर्षको विधि हो। आधार क्षेत्रको अवधारणा विशेष रूपले महिला मुक्तिको निम्ति सहयोगी हुन्छ किनभने यहीं नै उनीहरू संघर्षको उपलब्धि र प्रतिफल (लडाईं चालू रहँदा पनि। व्यवहारमा महसुस गर्न सक्छन् । पैतृक सम्पत्तिमाथि समान अधिकार सहकारी र सामुदायिक खेती, क्यान्टिन र शिशु स्याहार केन्द्रहरूको व्यवस्था लागू गर्न सकिन्छ । त्यसैगरी नयाँ उदाइरहेको राज्यमा उनीहरूको सहभागिताको विशेषाधिकार सुनिश्चित गर्न सकिन्छ । युद्धको उच्चस्तरीय प्रगतिशील विकासले महिलाहरूलाई आफ्ना नवआर्जित युद्ध कलाहरूको बारेमा सोच्न, सच्याउन र परिमार्जन गर्न पर्याप्त अवसर प्रदान गर्छ। त्यतिमात्र होइन दीर्घकालीन जनयुद्धले महिलाहरूलाई केन्द्रीय राज्यसत्ता कब्जा गर्नको निम्ति चाहिने छरितोपना आकस्मिक आक्रमण र घनीभूत तयारीद्वारा सशस्त्र विद्रोह गर्न पनि तयार पार्छ । यहाँनेर के बुभन जरुरी छ भने आजको विश्वको बढ्दो ध्रुवीकरणले गर्दा जनयुद्धको सुरुवातदेखि नै दीर्घकालीन जनयुद्ध र सशस्त्र विद्रोहको समायोजनलाई ध्यान दिनुपर्छ । अविकसित देशहरूमा दीर्घकालीन जनयुद्धमा जोड दिनपर्छ भने विकसित देशहरूमा सशस्त्र विद्रोहमा जोड दिनुपर्छ । त्यसैले दीर्घकालीन जनयुद्ध र सशस्त्र विद्रोह दवैमा महिलाहरूकी रणनैतिक सहभागिता सुनिश्चित गर्नुपर्दछ । तथापि नेपालको जस्तो विशिष्टताम भने दीर्घकालीन जनयुद्धमा महिलाहरूको सहभागिताले नै ज्यादा महत्त्व राख्दछ।

नेपालको विशिष्टतामा ती महिलाहरू आत्मनिर्भर कृषितन्त्र अर्थतन्त्रको मेरुदण्ड हुँदाहुँदै पनि तिनीहरूको सम्पत्तिहीन दर्जा र राज्यले उनीहरूलाई गरेको घोर बेवास्ताले महिलाहरू ठूलो संख्यामा जनमुक्ति सेनामा भर्ती हुने भौतिक आधार तयार पारिदिएको छ । बूढाबूढी र स-साना बालबच्चाको रेखदेख गर्न उनीहरूलाई घरमै छोडेर पुरुषहरू भाडाका सिपाही बन्न या नेपाल र भारतका सहरहरूमा ज्यालादारी गर्न जाने हुँदा, उनीहरू यथार्थमा एकल-नारी परिवार बनेर दुर्गम अप्ठ्यारा भूभागहरूमा भोकका विरुद्ध संघर्षरत हुन्छन् । अझ तिनीहरू बदलाको भावनाबाट संघर्षरत हुन्छन् । अझ तिनीहरूलाई बदलाको भावनाबाट ओतप्रोत त केले बनाउँछ भने घरमा दोब्बर बोझ एक्लैले उठाउँदा-उठाउँदै पनि उनीहरूमाथि सौता थप्ने गरिन्छ । फेरि यो सामन्ती कानुन व्यवस्थाले बहुविवाहलाई हल्का फुल्का सजाय दिएर छुट दिइएको छ। यसरी आफ्ना छोरीहरूलाई जनमुक्ति सेनामा भर्ती हुन दिएर र आफू स्वयं पनि समर्थक या जनयुद्धका पूर्णकालीन सदस्य भएर उनीहरू यो समाज व्यवस्थाप्रति आफ्नो प्रतिशोध जाहेर गर्दछन् । पवित्रताको बोझ हल्का गर्न छोरीहरूको सानै उमेरमा विवाह गरिदिने चलनले गर्दा अविवाहित हिन्दु-आर्य महिलाहरू यो सामन्ती जंजीर तोड्न घरबाट भागेर जनमुक्ति सेनामा भर्ती हुन बाध्य भएका छन् । त्यसैगरी तिब्बती-बर्मेली मूलका महिलाहरू यद्यपि सापेक्षिक रूपले आफ्नो जीवनसाथी चुन्न स्वतन्त्रता भए पनि निरन्तर सन्तान उत्पादनको नीरस र कठोर दुष्चक्रमा फस्न पुग्दछन्, त्यसो हुँदा जनसेनामा उनीहरूले आफ्नो सापेक्षिक स्वतन्त्रताको उपयोगी र चुनौतीपूर्ण काम गर्ने प्रत्यक्ष मौका पाउँछन् । आर्थिक शोषणको साथसाथै पहाडी मूलका उत्पीडक जाति, बाहुन-क्षेत्रीद्वारा यौन शोषणको दोहोरो उत्पीडनले पिल्सिएका भर्खरै-मुक्त तराईका कमैया थारू जातिका महिलाहरूलाई यसले नयाँ बाटो रोज्ने अवसर प्रदान गरेको छ । सशस्त्र गराएर जनसेनाले दलित महिलाहरूलाई उनीहरूसँग कुकुरको जस्तो व्यवहार गर्ने परम्परागत अमानवीय जाति प्रथालाई टोक्न दाँत उपलब्ध गराएको छ ।

पुरुषहरूलाई जस्तो नेपालमा महिलाहरूलाई सहरमा जागिर र रोजगारीको धेरै अवसर छैन । भारतमा उनीहरू वेश्यावृत्तिको जालमा पर्ने खतरा रहन्छ । यसैले उनीहरूलाई ग्रामीण इलाकाहरूमै छोडिन्छ जहाँ उनीहरू लुटपाट, घर-गोठ-बालीनाली आगो लगाइदिने र बलात्कार अनि हत्या जस्ता शाही सैनिक आतंकका सजिला निसाना बन्न पुग्दछन् । यस्तो व्यवहारले ग्रामीण महिलाहरूलाई सीधा बदला लिन जनसेनामा भर्ती हुने वातावरण तीव्र पारिदिएको छ । यसरी मार्क्सले सर्वहाराहरूको विषयमा भने जस्तो महिलाहरूसँग गुमाउनको निम्ति हत्कडीबाहेक केही छैन भन्ने यसले पुष्टि गर्छ ।

महिला योद्धाहरूको रूपान्तरणमा जनसेनाको भूमिका

साम्यवादी क्रान्ति पारम्परिक सम्पत्ति-सम्बन्धसँगको सबैभन्दा प्रगतिशील सम्बन्ध-विच्छेद हो, यसको विकाससंगै पारम्परिक सोचाइसँग पनि सबैभन्दा प्रगतिशील सम्बन्ध-विच्छेद हुने कुरामा आश्चर्य मान्नु पर्दैन ।

-मार्क्स र एंगेल्स

जनसेनाले महिलाहरूलाई सारमा मात्रै होइन रूपमा पनि फेरिदिएको छ मूलभूत रूपमा यसले उनीहरूको जीवन मात्र नभएर मृत्यलाई पनि नयाँ अर्थ गरिमा र सम्मान दिएको छ । धेरै लामो समयदेखि उनीहरूको बेवास्ता गरिएको मो समयदेखि उनीहरू निजी र सार्वजनिक हिंसा चुपचाप सहिरहेका थियो। धेरै लामो समयदेखि थिए । तर आज बदमास, गुण्डा र बलात्कारी माओवादी महिलाहरूको नजिय एक्लै आउन सक्दैनन् । यसले अस्रक्षित महिलाहरूलाई विद्रोही बनाइदिने काम गरेको छ । जनसेनाले उनीहरूका सामन्ती साज-सज्जा मिल्काएर एकलिंगी लगा पहिऱ्याएको छ । आज उनीहरू आफ्नो सैद्धान्तिक मात्र होइन शारीरिक विकासप्रति पनि सजग छन् । त्यतिमात्र नभएर उनीहरू आफ्नो लिंगीयताको विषयमा पनि धेरै सचेत भएका छन् किनभने यसको विवाह र सन्तान उत्पादनको क्रियाकलापसंग सीधा सम्बन्ध छ जसले उनीहरूको काममा प्रत्यक्ष प्रभाव पार्दछ । जनसेनाले उनीहरूलाई घरको चार भित्ता तोडन मात्र होइन देशको चारकनासम्म फैलिन मद्दत गरेको छ । त्यसले उनीहरूको क्रियाकलापको कार्यक्षेत्रलाई पाठेघरबाट विस्तार गरेर सर्वव्यापक बनाइदिएको छ । यसले उनीहरूलाई अदृश्य घरेल नोकरबाट प्रस्ट देख्न सकिने दृश्य अधिकार सम्पन्न विद्रोही पेसेवर योद्धामा रूपान्तरण गरिदिएको छ । अझ युद्धकालको कठोर मात्र होइन बौद्धिक खारेको छ। जसले गर्दा महिलाहरू अझ वस्तुवादी र लक्ष्यप्रति एकाग्र हुन पुगेकी छिन् । विगतका दिनहरूमा बिहानदेखि बेलुकीसम्म मरिमरी घुँडा धस्दा समयको कुनै औचित्य थिएन तर आज उनी टाइम बम जडान गर्न समय रेकर्ड गर्दै छिन् । पहिले-पहिले अरूहरूको कपाल मात्र लुछ्न जान्दथिन्, आज जनसेनाले उनीहरूलाई थ्री-नट-थ्री चलाउन सिकाइरहेको छ । हिजो भगवानसँग डराउने महिलाको आज एउटी निडर र जोसिली महिलामा कायापलट भएको छ। विगतमा उनका कानहरू गफ र हाँसो-मजाक सुन्न रुचाउँथे तर आज उनी रेडियोमा स्थानीय एफ.एम. राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार सुन्न लालायित भएकी छिन् । विगतका दिनहरूमा उनी आफ्नो महिनावारी रगत बगाउँथिन् तर आजकल उनी अमेरिकी साम्राज्यवादको आडभरोसामा टिकेको राजतन्त्र फ्यांक्त रगत बगाउँदै छिन् ।

सिद्धान्तको ताकत र युद्धकलाले सुसज्जित भएर लड्ने क्रममा उनको शारीरिक भाषा पनि एउटी आत्मविश्वासले भरिपूर्ण, फूर्तिली ओजस्वी महिलाको जस्तो भएको छ । अशिक्षित महिलाबाट उनी सैद्धान्तिक र सैन्य शब्दावलीले जैस साक्षर महिला बनेकी छन् । जीवन र मृत्युलाई अनिवार्यता र आकस्मिताको भाषामा व्याख्या गर्दै दुवै एक सिक्काका दुई पाटा भएको दार्शनिक कुरा गर्छित्। उनीले द्वन्द्ववादलाई सकारात्मकभित्र नकारात्मक र नकारात्मकभित्र सकारात्मक देख्छिन् । अन्तर्विरोधका नियमहरूलाई प्रमुख दुश्मन र सहायक दश्मनी पहिचानको रूपमा बभदछिन् । वस्तुलाई सापेक्षतामा, अन्तर्विरोध र छलाङमा नाप्त जान्दछिन् । उनी राज्य र सरकार, साम्राज्यवादी र तेस्रो मलकहरू त अमेरिकी साम्राज्यवाद र अन्य साम्राज्यवादी देशहरूबीचको सम्बन्धको बारेमा राम्रोसँग जान्दछिन् । साँच्चै भन्नुपर्दा जनसेनाका महिलाहरू पार्टीका अन्य मोर्चाका महिलाहरूभन्दा ज्यादा अग्रगामी भएको पाइन्छ । जनसेनामा रूपान्तरणका रफ्तार यति तेज हुन्छ कि महिलाहरू आफ्नो स्वास्थ्यको समस्या अथवा सन्तान उत्पादनका क्रियाकलापले बाधा पुयाउँदा या अन्य कारणवश सरुवा गरिंदा सैन्य फाँट छोड्न हिचकिचाउँछन् । यी यावत् काले शान्तिकालमा दश वर्ष लाग्ने रूपान्तरण क्रान्तिकालमा दश दिनमै हुन्छ भन्ने लेनिनको भनाइको याद गराउँछ ।

जनसेनाको चरित्र रूपान्तरणमा महिला योद्धाहरूको भूमिका

महिलाहरूको रणनैतिक सहभागिताद्वारा जनसेनालाई समग्रतापूर्ण मात्र होइन बहुगुणी, बहुकार्यात्मक पनि भएर जनचरित्र धारणा गराएको छ र रूप एवं सार दुवैमा जनसेना जनताको सेना बनेको छ। साँचो अर्थमा यो प्रक्रियाका कारण जनसेनाका क्रियाकलापहरू लड्नेबाट संगठन गर्ने र उत्पादन कार्यमा भाग लिनेसम्मका काममा विस्तारित भएका छन् । निर्मम युद्ध-जीवनमा नम्रता र शालीनता थप्नुका साथै यसले मूलतः सैन्य बलको पुलिंगीय छविलाई नै ध्वस्त पारिदिएको छ ।

सैन्य शक्ति

महिलाहरूको सहभागिताले जनसेनाको सैन्य-शक्ति अझ दृढ, अनुशासित, उच्च संस्कृतियुक्त र एकाग्र भएको छ । युद्ध मैदानमा सामान्यतया पुरुष योद्धाहरूले हार मानेको ठाउँमा महिलाहरू निरन्तर लडिरहेको, पुरुषहरूले हतियार फालेको ठाउँमा महिला योद्धाहरूले अति प्रतिकूल परिस्थितिका बाबजुद पनि बन्दुक उठाइरहेको र पुरुषहरू दुश्मनको यातना सहन नसकी डगमगाएको ठाउँमा महिलाहरूले यातना र मृत्युको मूल्य चुकाएर भए पनि प्रतिरोध गरिरहेको भेटियो । त्यसरी नै आक्रामक एसल्टमा जान पुरुषहरू हिचकिचाएकै ठाउँमा महिलाहरू कुनै बहाना नबनाई अगाडि बढेको पाइयो । उनीहरूले विरलै मात्र अह्नाएको काम गर्न अस्वीकार गरेका छन् र कम्तीमा पनि एकचोटि कोसिस भने गरेर हरेकै छन् । धक्काहरू खाँदा पनि पुरुषहरूले अनुभव गरेको अस्थिरता र चिड्चिहाटका विपरीत महिलाहरूले बढी धैर्य र आत्मसंयम देखाएको पाइयो । उनीहरूको कडा मेहनत र जिम्मेवारीबोधको भावले पुरुष योद्धाहरूमा देखिने हल्का-फुल्का रवैयालाई निषेध गर्न मद्दत पुगेको छ । रक्सी पिउने, जुवातास खेल्ने छाडा मनोरन्जन र वेश्यावृत्ति जस्ता गतिविधिहरू युद्धमा महिलाहरूको सक्रिय सहभागिता सँगसँगै अघि बढ्न नसक्ने हुँदा जनसेनामा आत्मशुद्धिको प्रभाव परेको छ। जनसेनामा महिला सहभागिताले जनसेनाका पुरुष सहयोद्धाहरूको मनोबल बढाउँछ भने शत्रुको सेनामा नैतिक विघटन निम्त्याउँछ । आखिरमा उनीहरूको समायोजनाले जनसेनामा लिंगीय र वर्गीय चेतना बढेको छ । प्रतिक्रियावादीहरूले महिला सहयोद्धाहरूलाई क्रूरतापूर्वक यातना दिंदा, बलात्कार गर्दा र हत्या गर्दा त यो भाव झन् प्रबल भएर आउने गरेको छ ।

जनसेनामा महिला सहभागिताले प्रतिक्रियावादी सेनाका परिवारहरूको माझमा जान सुगम बनाउँदै उनीहरूका पुरुषहरूलाई जनसेनाको विरुद्ध लड्न हतोत्साहित गर्ने र उल्टै जनसेनामा भर्ती हुन प्रेरित गर्ने र राजनैतिकीकरण गर्ने क्षमता वर्धि भएको छ ।स्थानिय तहको गुप्तचर सञ्जाललाइ झन् फराकिलो गहिरो बनाउन यसले मद्दत गरेको छ । त्यसैगरी जनसेनामा स्वास्थ-चिकित्साक अमतामा वृद्धि भए‌को छ। स्थानीय तहको गुष्ट काम पनि झन् कोमल र प्रभावकारी भएको छ । महिलाहरूको समायोजनाले गर्दा विभिन्न वर्ण, जात, जाति र क्षेत्रहरूको एकताको प्रक्रियालाई जनसेनाभित्रै पी बीच अन्तरजातीय विवाहको माध्यमबाट तीव गति प्रदान गरे तममा गैरवर्गीय भिन्नताहरूलाई घटाउने र जनसेनालाई धेरैभन्दा धेरै वर्ग-सचेत समुदायहरूका बीच अन्त बह-राष्ट्रिय, बहुभाषिक, बह-जनजातीय र बह जातीय चरित्र प्रदान गर्न सहयोग गरेको छ। वर्ण वर्ग, जाति, धर्म र क्षेत्रका आधारमा वर्गीकत सैन्य बल भएको शाही सेनाको विद्यमान ढाँचाभन्दा यो नितान्त भिन्न छ । जनसेनामा महिला सहभागिताले त्यहाँ सैन्यवादी रुझानको नियन्त्रणमा मद्दत मात्र गरेको छैन बर त्यसलाई घुमन्ते ग्रिल्लाहरूमा विघटन हुनबाट पनि बचाएको छ । यसरी जनतालाई फौजीकृत गर्ने जनसेनाको काम सजिलो भएको छ ।

संगठन शक्ति

प्रतिक्रियावादी सेनाभन्दा जनमुक्ति सेना यस मानेमा पनि फरक छ कि यो संगठनात्मक एवं राजनैतिक शक्तिको रूपमा पनि कार्यरत हुन्छ । वास्तवमा जनसेना फौजी मुखाकृति भएको वैचारिक सेना हो । दुश्मनका इलाकाहरूमा जनसेनाले नै जनतालाई संगठित गर्छ र यहाँ महिला योद्धाहरूको योगदानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ । किनभने जनताले महिला योद्धाहरूलाई बिनाहिचकिचाहट स्वीकार्छन् र उनीहरूमा विश्वास पनि गर्दछन् जुन जनतामा व्याप्त प्रारम्भिक आतंक हटाउन मद्दतकार रहन्छ । जनअदालतहरूमा उनीहरूको उपस्थितिले जनतालाई, विशेष गरी महिलाहरूलाई झन् खुलेर अगाडि आउन, निर्धक्क भएर आफ्ना कुराहरू राख्न सक्ने बनाउँछ र उनीहरूको उपस्थितिले समान न्याय मिल्दछ भन्ने झन् ज्यादा अपेक्षा राख्ने गर्दछन् । यसले जनसेनाको संगठनात्मक शक्ति अभिवृद्धि गर्ने गर्दछ । मिश्रित विवाहको साथमा विधवा-पुनर्विवाहले समृद्ध, बहु-जनजातीय, बहु-जातीय, बहु-क्षेत्रीय र बहु-लिंगीय चरित्र भएको यो जनसेनालाई झन् समृद्धि बनाएको छ र यो सडेगलेको र एकमना एकतामा आधारित संस्कृतिको ध्वंस गर्ने वास्तविक सामाजिक इन्जिनियर बनेको छ। जनसेनामा महिलाहरू सहभागी हुनाले घर छोडी भागेका परिवारहरू र प्रतिक्रियावादीहरूका परिवारहरूलाई आधार इलाकाहरूमा पुनर्भावास गराउने कार्यमा सघाउ पुगेको छ । यसरी महिलाहरूलाई जनसेनामा सम्मिलित गर्नाले जनसेनाको सांगठनिक क्षमता सुदृढ भएको छ ।

उत्पादक शक्ति

युद्धकालीन अवस्थामा पनि आधार इलाकाहरूको अस्तित्वले जनसेनालाई तिनको सुदृढीकरणको निमित्त उत्पादक शक्तिको रूपमा काम गर्न सम्भव हुने गर्दछ । महिलाहरूलाई जनसेनामा संयोजन गर्नाले उत्पादन कार्यमा विविधता ल्याउने गर्दछ । सडक, पुल, घर, कलवर्ट, सिंचाइ कुलो आदि जस्ता अन्यथा पुरुषहरूले गर्ने निर्माणका काममा महिलाहरूलाई सामेल गराएर र दाउरा घाँस, खाद्य तयारी र खाना पकाउने जस्ता अन्यथा महिलाहरूले गर्ने कामनकमा पुरुषहरूलाई सामेल गराएर जनसेनाले शारीरिक र बौद्धिक कार्यको बीचमा र सार्वजनिक र निजी कार्यको बीचमा विद्यमान पारम्परिक विभाजनलाई तोडन सफल भएको छ र यसरी नयाँ प्रगतिशील संस्कृति अँगाल्न जनतालाई सहयोग पगेको छ । महिलाहरू जनसेनामा सहभागी हनाले उत्पादन कार्य अझ आनन्ददायक सराहनीय सहकारी र पुरुष, महिला, बालबच्चा बढाबढी र विकलांगजस्ता जनताका सबै तह र तप्काको हेर-विचार गर्न सक्षम भएको छ । यस्ता अनगिन्ती उदाहरणहरू छन् जहां जनसेनाले एकल-व्यक्ति परिवारलाई उनीहरूलाई खाँचो परेको समयमा मौसमी-कार्यमा सघाएका छन्। महिला योद्धाहरूको उपस्थितिले गर्दा जनसेनामा जनताको माझमा झन् सुगम भएको छ। किनभने पुरुषभन्दा महिलाहरूमार्फत आफ्ना समस्याहरू जनसेनामा राख्न उनीहरूलाई धेरै सजिलो पर्ने गर्दछ ।

जनमुक्ति सेना प्रतिक्रियावादी वर्गको पुरानो-जनविरोधी नोकरशाही व्यारेकमा कैद नियमित सेना नभएर जनताको सेना हो भन्ने कुरामा जोड तब मात्र दिन सकिन्छ जब जनसेनाले महिलाहरूको सहभागिता रणनैतिक भएको स्वीकार्छ । किनभने जनसेनामा महिला सहभागिताले जनसेनालाई स्वरूपमा मात्र जनताको नबनाएर बरु त्यो व्यारेकभित्र कैद केन्द्रीकृत सेनाका पुराना आदतहरूको प्रतिरोध गर्नको निम्ति यसले सैन्य संस्थालाई संरचनात्मक रूपमै प्रगतिशील बनाउँछ ।

महिला योद्धाहरू र शाही नेपाली सेना

दुश्मनलाई चिन र आफूलाई चिन अनि तिमी सैयौं युद्धहरू लड्न सक्छौं ।

– सुन टुजु

विश्वभरिका प्रतिक्रियावादी सेनाहरूको सामना गर्नुपर्ने सबैभन्दा ठूलो अन्तरविरोध के हो भने आफू शासक वर्गको दमनको साधन हुँदाहुँदै पनि आफ्नो शासन लाह्न चाहिने जनशक्ति हासिल गर्न उनीहरूले उत्पीडित वर्गमा नै निर्भर हुनुपर्दछ । एकातिर सीमित र थोरै तर अत्यन्त शक्तिशाली अधिकारहरूको पंक्ति जसमा धेरैजस्तो शासक वर्ग, वर्ण, लिंग, धर्म, क्षेत्र र भाषिक समूहका पर्दछन् । तिनीहरूले निर्णयहरू लिने अर्कोतिर सबैभन्दा धेरै कठिन, खतरायुक्त र घिनलाग्दो कार्यहरू उत्पीडित वर्गबाट आएका साधारण सिपाहीहरूलाई गर्न लगाउने यस्तो बलियो केन्द्रीकृत नोकरशाही ढाँचा निर्माण गरेर उनीहरू यो अन्तर्विरोधको हल गर्ने प्रयास गर्छन् । सशस्त्र संस्थामा निहित सम्पूर्ण शक्तिमा आफ्नो एकाधिपत्य जमाइसकेपछि उनीहरू सम्पूर्ण सुझबुझका साथ सिपाहीहरूलाई क्रूर र अमानवीय बनाएर उनीहरूको आफ्नो उत्पीडित वर्गप्रतिको निकटता नष्ट गर्दछन् ताकि तिनीहरू जनतालाई निर्दयताका साथ दमन गर्न सकून् । यहाँनेर बर्बरताको साधनको रूपमा महिलाहरूको उपयोगको निश्चित विशेषतामा ध्यान दिन जरुरी छ। सर्वप्रथम आफ्नै वर्गका महिलाहरूमाथि ज्यादती गर्नु धेरै सजिलो र प्रभावकारी हुन्छ किनभने यो घरेलु हिंसाको विस्तार मात्र हो जसलाई सैनिक तालिममा सहजै संयोजन गर्न सकिन्छ । दोस्रो, कमजोर निसानाहरूमाथि यस्तो व्यवहारले, तर्कसंगत सिद्धान्तको अभावमा मनोबल बढाउन उनीहरूलाई चाहिएको झूटो श्रेष्ठताबोधको खोक्रो अहंकार यसले प्रदान गर्दछ। तेस्रो, लामो समयसम्म व्यारेकभित्र कैद जीवन शैलीका कारण आफ्ना श्रीमतीहरू पोइल जाने भयले उनीहरूलाई असुरक्षित महसुस गराउँछ जसले गदा यस्ता मान्छेहरूक निराशाहरू विद्रोही महिलाहरूको बलात्कार र हत्या गरेर पोखिन प्रतिक्रियावादी वर्गलाई असाध्यै सजिलो हुन्छ । चौथो, परम्परासँग विद्रोह गर्ने विद्रोही महिलाहरूलाई सजायको हकदार नास्तिक अधमीको रूपमा हेर्ने धार्मिक विचारधारा प्रतिक्रियावादी सेनालाई घोटेर पिलाइएका हुन्छ । यी तमाम चीजहरूको मेलले प्रतिक्रियावादी सेनालाई संसारभरिकै सबैभन्दा कुर, महिला-विरोधी र जन-विरोधी संस्था बनाएको छ । नेपालको सन्दर्भमा साधारणतया जनताको निम्ति, खास गरेर महिलाहरूको निम्ति र निश्चय ने जनसनाका महिला योद्धाहरूको निम्ति शाही नेपाली सेना वास्तवमै प्रतिक्रियावादी राज्यसत्ताका सबैभन्दा घृणित सैन्य बलहरूमध्येको एक भएका छ । २००७ साल (जहानीय राणा शासन पराजित हुदा देखि नै नेपालका प्रजातान्त्रिक आन्दालनहरूलाई दबाउन प्रयोग हुँदै आएको राजतन्त्रीय प्रणालीको पारम्परिक सरक्षक आधार शाही सेना हुनु नै यसको प्रमुख कारण हो। केही समय यतादेखि त यो झनै घृणित भएको छ किनभने यसका अतिरिक्त अब अमेरिकी साम्राज्यवादको कठपुतली बनेर यसले कथित देखावटी राष्ट्रिय पहिचान पनि गुमाइसकेको छ । महिलाहरूको निम्ति उनीहरूलाई सधैं अज्ञान विस्मृति र धर्मको अन्धकारमा राख्न चाहने चरम घृणाको पात्र पुरुषवादी सामन्ती पितृसत्ताको संरक्षकको रूपमा यस संस्थाले प्रतिनिधित्व गर्दछ । विशेषतः जनसेनाका महिला योद्धाहरूको लागि यसले यस्तो शक्तिको प्रतिनिधित्व गर्दछ जसका विरुद्ध उनीहरूले वर्गीय युद्ध मात्र होइन बलात्कार, यातना र मृत्युलाई परास्त गर्न लिंगीय युद्ध पनि लड्नुपर्ने हुन्छ ।

संसारभरि नै एउटा सार्वभौम तथ्य के हो भने प्रतिक्रियावादी वर्गले जहिले पनि जनताको ताकतलाई नजरअन्दाज गर्ने गर्दछ । आम महिलाहरूको हकमा र विशेषतः उत्पीडित महिलाहरूको हकमा त यो झन् सत्य हुन आउँछ । त्यसैले प्रतिक्रियावादी सामन्ती शाही सेनाले जनसेनाका महिला सेनानीहरूको ताकतलाई सामान्यतः नजरअन्दाज गर्ने गरेको छ। तर अब यो स्थिति फेरिदैछ । जनयुद्धको प्रारम्भिक अवधिमा प्रहरी बलले पुरुषहरूको सामूहिक हत्या गरे। महिला योद्धाहरूलाई भन्दा पुरुष योद्धाहरूलाई गम्भीरताका साथ लिन्थे। महिलाहरूलाई प्रायः जेल हालिन्थ्यो र छिटफुट बलात्कार गर्ने गरिन्थ्यो । जब सशस्त्र प्रहरीको अवधारणा आयो छिटफुट हत्याका साथै बलात्कार र यातनाका घटनाहरूमा स्पष्ट वृद्धि भयो। हालसालै शाही सेना मञ्चमा भित्रिएपछि महिलाहरूमाथिको अत्याचारमा स्पष्ट परिवर्तन आएको छ, आजभोलि महिला योद्धाहरू, काडरहरू। समर्थकहरूको पनि बलात्कार र हत्या गरिदैछ। जनताको बीचमा पनि शाही सेनाले लगातार सामूहिक बलात्कारको हत्कण्डा मच्चाइरहेको छ जसको बबर कहिल्यै सतहमा आउँदैन र आए पनि अति न्यून स्तरमा आउँछ ।

शाही सेनाले जनसेनाका महिला योद्धाहरूलाई सदैव यौनवादी दृष्टिकोणबाट हेर्ने गरेको छ । जनसेनामा महिलाहरूको सहभागितालाई उसले पुरुष योद्धाहरूम यौन सन्तुष्टि प्राप्तिमा मात्र देख्दछ । थुप्रै उदाहरणहरू छन् जहाँ जंगलहरूम कण्डमहरू भेट्टाएका घटनाहरूलाई उनीहरूको कथित सञ्चार माध्यमहरूले खुबै प्रमुखता दिएका थिए । युद्ध क्षेत्रका महिलाहरूलाई आपत्तिजनक फोहोर गाली-गलौज गरेर र र अश्लील हरकत ग्रेर एकातर्फ महिलाहरूलाई तिनीहरूका गहरी लड्दा लिंगभेदप्रति अझ धेरै सचेत, दढ जिम्मेवार र आक्रामक बनाउँछ भने अर्कोतिर जनसेनाका पुरुष सहयोद्धाहरूको प्रतिक्रियावादी सेनासँग बदला लिने दहतालाई मजबूत बनाउँछ । यसले यता वर्गीय एकता झन् सुदृढ पार्छ भने प्रतिक्रियावादी सेनालाई झन् कर र यौनवादी बनाउँछ ।

साँच्चै नै महिलाहरूमाथिको बढ्दो अत्याचारले उनीहरूलाई बलात्कार गर्ने वा उनीहरूका आफन्त र प्रियजनहरूको हत्या गर्ने सेनासँग बदला लिन सीधै जनसेनामा भर्ती हुन उनीहरूलाई प्रोत्साहित गरेको छ । नतिजामा शाही सेनाले आफ्नो विगतको महिला भर्तीमाथिको प्रतिबन्ध फक्वा गर्न बाध्य भएको छ । हालसालै उनीहरूले आफ्नो सेनामा महिला भर्तीको लागि विज्ञापन गरेका छन् । यसले कहाँसम्म शाहीसेनाको शक्तिमा बढोत्तरी गर्ने हो त्यो त अन्य राष्ट्रहरूको अनुभवबाटै पत्ता लगाउन सकिन्छ । प्रतिक्रियावादी सैन्यशक्तिको वर्गीय-चरित्र र लिंगीय पक्ष महिलाहरूको भर्ती गर्ने प्रायोजनको नै बाधक बन्दछ र यसरी फेरि पनि महिलाहरूको स्थान सहायक नै रहन पुग्दछ, आफ्नै वास्तविक लडाइँको लागि भन्दा ज्यादा सजावटको लागि हुन जान्छ। उनीहरूको भर्ती, वास्तवमा भित्रैदेखि चाहेर नभएर महिलाहरूको सडक आन्दोलन र अन्य तमाम आन्दोलन र युद्धहरूमा बढ्दो सहभागिताका कारण आवश्यकताले भएको हो। तसर्थ उनीहरूको सहभागिता अस्थायी, व्यावहारिक र कार्यनैतिक खालको हुन्छ । तल दिइएका उदाहरणहरूले प्रतिक्रियावादी सेनामा महिला सहभागिताको केही झलक प्रदान गर्न सक्दछन् ।

खुब हल्लाखल्ला गरिएको इजारायली महिला सेनाहरूको अनुभवहरू बारेको भ्रम हटाउन जरुरी छ । उनीहरूलाई प्रत्यक्ष युद्धमा परिचालित गरिएको छैन । (गोल्डस्टीन)। उनीहरूलाई सहायक दस्तामा प्रयोग गरिन्छ- प्रायः गैरसैनिक विभागहरूमा नर्स, चिकित्सक, टाइपिस्ट वा ट्यांक चालक आदिको रूपमा । भारत जस्तो तेस्रो विश्वका देशहरूका अनुभवहरू त झन् खतम छन् । ‘पेटिकोट-बटालियन’ भनेर पुरुषहरूले महिला सशस्त्र सैन्य बलको खिल्ली उडाउँछन् र अपमान गर्ने गर्दछन् । त्यसैले वर्ग-चरित्र र यसको उपज पितृसत्तात्मक दृष्टिकोण र त्यसबाट पैदा भएको सेनाको नोकरशाही संरचनाले युद्ध क्षेत्रमा महिलाहरूको पूर्ण सहभागितामा रोक लगाउँछ । निसन्देह, शाही सेनामा महिलाहरूको अनुभूति पनि माथिका उदाहरणभन्दा राम्रा हुने छैनन् बरु वास्तवमा अझ घटिया हुनेछन् किनभने शाही सेनाले राजतन्त्र जस्तो घोर प्रतिक्रियावादी पुरातनवादी पितृसत्तात्मक संस्थाबाट ताकत आर्जन गर्ने गर्दछ ।

महिला योद्धाहरूका चुनौतीहरू

“जबसम्म जीत “लडाई, हार : पुनः लडाई, पुनः हार, पुनश्च लडाई.. हुँदैन, यो जनताको तर्क विज्ञान हो र उनीहरू यसका विरुद्ध कहिल्यै जादैनन् ।”

-माओ

कुनै पनि नयाँ परीक्षणले, खासगरी सदियौदेखि जमेको पुरातन परम्परा तोड्ने विषयमा प्रारम्भिक कठिनाइहरू र चुनौतीहरू सामना गर्न स्वाभाविक हुन्। यो कुरा लडाकु सैन्यदस्ता जहाँ नेपालमा महिलाहरू पनि पुरुषहरूसँग जनसेनामा पहिलोपटक सहभागी हुँदैछन को हकमा पनि कम सत्य छैन । यहाँ अनेक कारकहरू छन् जसलाई उनीहरूले परास्त गर्नुपर्ने छ ।

पित्सत्तावादी दृष्टिकोणले

सर्वप्रथम त सामन्ती पित्सत्तावादी दृष्टिकोणले महिलाहरूलाई एउटा अलगी पितृसत्तावादी दृष्टिकोण पहिचान भएको व्यक्तिको रूपमा व्यवहार गर्दैनन, दोस्रो, यसले उनीहरूलाई उनीहरूको प्रजनन कर्मको आलोकमा मात्र हेर्दछ । यस्तो दष्टिकोणले जनसेनालाई यो वा त्यो रूपमा प्रभावित त पारेकै छ, यद्यपि राजनैतिक शिक्षाका माध्यमबाट यसलाई हटाउने प्रयत्न भइरहेको छ । महिलाहरूको क्षमतालाई नजरअन्दाज गर्ने पुरुष प्रवृत्तिमा यो प्रतिविम्बित हने गर्दछ । महिलाहरूले आफ्नो असाधारण कौशललाई प्रमाणित गर्दा पनि त्यसलाई उनीहरूले विवाह गरेर बच्चा जन्माएपछि खिइँदै जाने क्षणिक प्रक्रियाको रूपमा हेर्ने रुझान पाइन्छ जसका कारण कुनै पनि असुविधा, अस्थायी विश्राम वा प्रजननसँग सम्बन्धित अस्वस्थतालाई शारीरिक कमजोरीको लक्षण मान्ने र विवाहद्वारा महिलाहरूको समस्याको हल गर्न खोज्ने बलियो प्रवत्ति छ । सेनाका नेतत्वदायी पदहरूमा महिलाहरू पुग्नुलाई उनीहरूको कडा मेहनतको प्रतिफलभन्दा पनि पार्टीले जबर्जस्ती थोपरेको देख्ने प्रवृत्ति पनि पुरुषहरूमा विद्यमान छ । तसर्थ उनीहरू जति पुरुषको अधिकार स्थापित गर्न उत्साहित हुन्छन्, त्यति नै महिलाको सन्दर्भमा हुँदैनन् । यसको नतिजा के हुन्छ भने महिलाहरूलाई ‘नयाँ योजना र नीतिहरूको कार्यहरूमा समावेश गराउन्न । अतः उनीहरूलाई जनसेनामा आफ्नो अधिकार स्थापित गर्न दोब्बर, तेब्बर ज्यादा मेहनत गर्नु पर्ने हुन्छ, भाग्यवश अधिकांश यस्ता स्थितिहरूमा महिलाहरू अघि बढ्न सफल भएका छन् ।

पहलकदमी लिने समस्या

पुरुषहरूमा अति आत्मविश्वासी हुने समस्या छ भने महिलाहरूमा पहलकदमी आफ्नो हातमा लिने विषयमा समस्या छ । सामान्यतः के पाइन्छ भने आफूसँग जरुरी कौशल हुँदाहुँदै पनि उनीहरू पुरुषले पहलकदमी लेओस् भनेर पर्खिन्छन् । उनीहरू मेहनती, आज्ञाकारी, बलिदानी भएको पाइन्छ तर नयाँ योजनाहरू सूत्रपात गर्ने, नयाँ हतियारहरू चलाउने र राजनैतिक कार्यदिशाका बारेमा छलफल गर्ने जस्ता कुराहरूमा भने पछि हटेको देखियो । यसको प्रतिफल उनीहरू चुनौतीपूर्ण कार्यहरूमा भन्दा पनि उही नै पट्‌यारलाग्दा लिंगीय कार्यमा फसिरहेको देखिन्छ । उनीहरू आफूलाई परिस्थितिको सिकार हुन दिन्छन् यो प्रयास उनीहरूको अनियोजित मातृत्वमा देखिन्छ । जसले उनीहरूको जनसेनामा नेतृत्वदायी गुणहरू विकास गर्ने मौका र निरन्तरता लुटिदिन्छ । यो उनीहरूको रिपोर्टिङमा पनि झल्किन्छ । आफ्नो कार्यक्षेत्रमा प्रचर अनुभव हुँदाहुँदै पनि आफ्नो कामको संश्लेषण गर्न उनीहरूलाई गाह्रो पर्छ अनि परिणामस्वरूप उनीहरूको कार्यको न्यून मूल्यांकन गर्ने वा पन्छाउने गरिन्छ । बाल्यकालदेखि नै पितसत्तात्मक सामन्ती उत्पीडनका कारण अधिक अन्तरद्वन्द्वबाट पीडित हने प्रबलताले गर्दा मुर्काउने, टोलाउने जस्ता प्रतिक्रियाहरू देखिन्छन् । उनीहरूको साँधरो चिन्तन पुरुषहरूसँग भन्दा पनि आफआफ बीचमै ज्यादा झल्किन्छ । एक अर्काको ईर्ष्या गर्ने, महिलाको नेतृत्वको शंका गर्ने र पुरुषको नेतृत्वलाई ज्यादा गम्भीरताका साथ लिने जस्ता क्रियाकलापमा यो चिन्तन प्रकट हन्छ ।

जनसेनामा महिला नेतृत्व विकास र निरन्तरताको प्रश्न महिलाहरूले साँच्चै

नेपालमा नै भान्साबाट लडाइँको मैदानमा ठूलो फड्को मारेका छन् । यति हुँदाहुँदै पनि यस फाँटमा नेतृत्वको विकास र निरन्तरताको प्रश्न भने चनौतीपर्ण नै छ । आम रूपमा लडाइँको क्रियाकलापमा ४० वर्ष नाघ्दा पनि पुरुषहरू लडिरहेका छन् भने त्यही २५ वर्षभन्दा माथिका महिला भेटाउन गाह्रो पर्ने तथ्यबाट यो प्रस्ट हुन्छ । सेनामा नेतत्त्वको क्रमिक विकास, कठोर र निरन्तर अभ्यास र र केन्द्रित एकाग्रतासँग घनिष्ठ रूपमा जोडिएकोले गर्दा विवाह र प्रत्युत्पादक कार्यभारका कारण यस फाँटमा महिलाहरूको निरन्तरताको अभावले उनीहरू जनसेनाका नेतृत्वदायी पदहरूबाट फेरबदल हुन बाध्य छन् । यसकारण मिलिसियाबाट डिभिजनस्तरमा जाने क्रममा उनीहरूको संख्यामा क्रमिक गिरावट भेटिन्छ ।

विवाहको निम्ति न्यूनतम आयु २० वर्ष (पुरानो सत्ताले आधिकारिक न्यूनतम आयु १८ वर्ष तोकेको) तोक्नुले ठूलो मात्रामा महिलाहरूलाई आफ्नो नव आर्जित क्रियाकलापमा एकाग्र हुन केही लामो समय प्रदान गरेको छ। तर गर्भवती हुनको निम्ति भने न्यूनतम आयु नतोक्नाले छिट्टै गर्भवती हुने र त्यसले गर्दा उनीहरूको निरन्तरता छुट्ने गरेको छ । यसका पछाडि थुप्रै कारणहरू छन् । जसलाई दार्शनिक, वैचारिक, भौतिक र व्यावहारिक स्तरबाट सम्बोधन गर्नु जरुरी छ ।

प्रायः पुरुषहरूले नै शीघ्र गर्भ व्यवस्थाको लागि जोड दिने गरेको पाइन्छ । युद्धमा दुर्घटनाको डर र मृत्युको अनिश्चितताले पुरुषहरूलाई आफ्नो भौतिक निशानी छोडेर जान व्याकुल बनाए जस्तो देखिन्छ । राजनैतिक परिपक्कताले उनीहरूलाई आफ्नो वैचारिक छाप छोडेर जान ज्यादा उत्साहित हुनु पर्दथियो । महिला योद्धाहरू साधारणतः यस्तो उत्पादनशील उमेरमा आमा हुन नरुचाएको हुँदाहुँदै पनि उनीहरू कमसेकम पनि एउटा बच्चाको आमा त हुनै परेको भेटियो । योद्धाको आफ्नो जीवन अनिश्चित र जोखिमपूर्ण भएको तथ्यका बाबजुद पनि यस्तो हुन्छ । यसले के देखाउँछ भने क्रान्तिको निम्ति आफ्नो जीवन उत्सर्ग गर्ने साहसको कुनै कमी नहुँदा नहुँदै पनि क्रान्तिकै निम्ति आफ्नो मातृत्व वा पितृत्व उत्सर्ग गर्न भने अझै हिचकिचावट छ । यस प्रकारले महिलाहरूले आफ्नो प्रजनन क्रियाकलापसँग सम्बन्धित प्राकृतिक श्रमविभाजनसँग निप्ट्नुपर्ने भएकाले सैद्धान्तिक दृष्टिकोणबाट महिलाहरूको जनसेनामा नेतृत्व विकास र निरन्तरताको प्रश्न धेरै जटिल छ । र यहाँनेर स्वतन्त्रता र आवश्यकताको प्रश्नलाई अत्यन्तै सूक्ष्म र द्वन्द्ववादी तरिकाले प्रयोग गरिनुपर्दछ। निर्मम, अनिश्चित र युद्ध अनुकूलित जीवन शैलीले कमसेकम केही अवधिका लागि भए पनि मातृत्व र पितृत्वको उत्सर्गको माग गर्दछ । तर यो उनीहरूमाथि जबर्जस्ती लाद्न सकिदैन, यसलाई त उनीहरूको वैचारिक तीक्ष्णताको उठान गरेर उनीहरूको मनमा बसाउन सक्नुपर्दछ ।

व्यावहारिक तौरमा परिवार नियोजनका साधनहरूको अभाव वा ठूली असफलता दरले पनि अनियोजित प्रसूतिमा योगदान गरिरहेको छ । त्यसमादि पनि शिशु स्याहारको एकतर्फी बोझ र त्यसमा उचित सुविधाको अभावले पनि जनसेनामा महिला नेतृत्वको क्षति भइरहेको छ । भाग्यवश रोल्पा र रुकुममा क्षेत्रीयस्तरमा विशेष क्षेत्रहरूमा सहिद परिवार र पूर्णकालीन कार्यकताहरूमा बालबच्चाको निम्ति आवासको सुस्विधा विकास हुँदैछन् । त्यसैगरी जिल्लास्तरका विशेष क्षेत्रहरूमा पनि थुप्रै शिशु स्याहार केन्द्रहरू विकसित हर्दछन् । अनि जनसेनाको व्यापक र तीव्र विस्तारका कारण यसका थ्प्रे सहायक विभागहरू गठन भएका छन् । पहिले-पहिले गभावस्था, प्रसूति, चोटपटक या अस्वस्थताहरू संगठनात्मक मोचाहरूमा स्थानान्तरणको प्रायः नतिजा, नयाँ कौशलहरू फेरि सुरुदेखि सिक्नुपर्ने र त्यससँगै सशस्त्र जनशक्ति स्थायी रूपमा गुमाउनुपन हुन्थ्यो । र यसरी नवआर्जित सैन्यकला खेर जान्थ्यो । तर अहिले जनसेनामा सहायक विभागहरूको कारण उनीहरूलाई आफ्नो पदीय हैसियत कायम राख्दै फौजी क्रियाकलापहरूसँग नाता नतोडी जनसेनामै समाहित गर्न सकिन्छ । यसले उनीहरूलाई युद्ध मोर्चामा छिट्टै फर्किन मद्दत गरेको छ ।

स्वास्थ्य समस्या

नेपालमा पुरुष र महिला योद्धाहरूको निम्ति स्वास्थ्य समस्या आम समस्याहरूमध्ये एक हो। तर पनि महिलाहरूको स्वास्थ्य समस्याप्रति धेरै सतर्कता पाइन्न । जनसेनामा भर्ती हुँदा पुरुषहरूभन्दा महिलाहरू ज्यादा कुपोषणका सिकार भएको पाइयो। लडाकु योद्धाको कठोर जीवनशैलीका साथसाथै अनियमित खानपानले उनीहरूलाई झन् कमजोर बनाउँछ । यो खास गरेर महिनावारीको समयमा देखा पर्दछ जब अतिरिक्त पोषण अत्यन्तै जरुरी हुन्छ । यसमाथि पनि महिलाहरूमा विशेष आफ्नो स्वास्थ्य र प्रजनन प्रणालीलाई चुस्तदुरुस्त राख्ने सवालमा अत्यन्तै न्यून चेतना छ ।

अनियमित महिनावारी र सेतो पानी बग्ने जस्ता समस्याहरू लुकाउने प्रवृत्ति छ। साधारण सर्जरी वा उपचार वा रोकथामको उपायहरूको माध्यमबाट समयमै बिमारी निको पार्न सकिन्छ । यस्ता पनि घटनाहरू घटेका छन् । जहाँ महिला योद्धाहरूले जानीबुझी आफ्ना समस्याहरू (पुरुष कमान्डर र कमिसारहरूले चिन्ता प्रकट गर्दागर्दै पनि) ठूलो ट्रेनिङ क्याम्प र फौजी कारबाहीहरू छुट्छन् कि भन्ने डरले लुकाएका छन् । प्रायः महिलाहरू गर्भाशय नै आफ्नो कमजोरीको मूल कारण भएको ठान्दछन्, अनि महिनावारीले आफूलाई पुरुषभन्दा कमजोर बनाउँछ पुरुषहरू उनीहरूभन्दा बलिया हुन्छन् किनभने उनीहरू ठूला अग्ला र हट्टाकट्टा हुन्छन्। के बुझ्न जरुरी छ भने महिनावारीको स्वचालित शुद्धीकरण प्रणाली र अपेक्षित भ्रूणलाई बाह्य रोगव्याधिबाट बचाउने क्रममा गर्भाशयले महिलाहरूलाई जैविक सुरक्षा दिएर पुरुषहरूभन्दा जैविक रूपमा बलियो बनाउँछ । त्यसैगरी पुरुषहरूले छोटो अवधिका लागि ज्यादा शक्ति प्रदर्शन गर्न सक्छन् भने महिलाहरू लामो अवधिका लागि शक्ति सञ्चय गर्न सक्छन् । त्यसैले दुवैको शक्तिका गुणहरूलाई सीधा सीधा दाँज्न मिल्दैन किनभने तिनीहरू फरक फर हुन् । त्यसकारण शारीरिक संरचनाको ज्ञान महिला र पुरुषका स्वास्थ्य  विशिष्टताहरू उनीहरूका विशेष ताकत र कमजोरीको आलोकमा जनसेनालाई प्रदान गर्नुपर्दछ । त्यसरी नै महिलाको महिनावारीसँग सम्बन्धित समस्याहरूलाई बढाई-चढाइ प्रस्तुत गर्ने तर यद्ध-क्रियाकलापमा संलग्न पुरुषहरूले झेल्नुपर्ने हाइडोसिलको समस्यालाई भने न्यूनीकरण गरेर प्रस्तुत गर्ने प्रवृत्ति पनि देखिन्छ ।

के भन्नु उपयुक्त होला भने महिलाहरू कमजोर हुन्छन् भन्ने धारणा, पुरुषहरूलाई ताकतवर मान्ने धारणा जति नै कपोकल्पित छ। यस्तो साधारण वगीकरणले पुरुष र महिला दुवैलाई हानि पुऱ्याउँछ। यसैले स्पष्ट रूपमा के पुष्टि हुन्छ भने महिला र पुरुष एक अर्काको सहचार्यमा प्रतियोगी नभएर एक अर्काका पूरक हुन् ।

जनसेनामा महिला योद्धाहरूका सामु पसारिएका चुनौतीहरूलाई गम्भीरताका साथ लिन जरुरी छ किनभने क्रान्तिका तीन हतियारहरूमध्ये जनसेना नै यस्तो फॉट हो जहाँ रूपान्तरण तीव्र गतिमा रहन्छ । कार्यनीतिको बदलावको दर, गतिशीलता र लचकताले जनसेनालाई अन्तरविरोध, सम्भावना र रूपान्तरणको केन्द्रविन्दु बनाउँछ । वास्तवमा महिलाहरूको विकाससँग सम्बन्धित अन्तरविरोधहरू जनसेनामा छिट्टै प्रतिविम्बित हुन्छन् । यी अन्तरविरोधहरूको समाधानले कालान्तरमा अन्य फाँटका अन्तरविरोधहरूको पनि हल गर्दछन् । त्यसैले ने.क.पा. (माओवादी) को जनसेनामा महिला विभाग खोल्ने निर्णय लिंगीय र महिलासँग सम्बन्धित समस्याहरूको समाधान गर्ने पक्षमा एउटा स्वागतयोग्य कदम हो ।

राजनैतिक कार्यदिशा र त्यसको जनसेनामा महिला सहभागिता

“वैचारिक र राजनैतिक कार्यदिशा ठीक वा बेठीक हुनुले सबै चीजको निर्णय गर्दछ । यदि त्यो सही छ भने सबै चीज प्राप्त हुन्छ, तर यदि त्यो गलत छ भने भएको पनि सबै गुमाउनुपर्छ ।” – क. माओ

माओको भनाइअनुसार एक अर्काका विरुद्ध उभिएका वर्ग र राष्टहरूबीचका अन्तरविरोधहरू हल गर्नको लागि युद्ध नै संघर्षको सबैभन्दा विकसित रूप हो। त्यसैले सशस्त्र सैन्य बल कसको पक्षमा उभिएको छ भन्ने प्रश्न नै क्रान्ति सम्पन्न गर्न मात्र होइन प्रतिक्रान्ति सम्पन्न गर्नका लागि पनि त्यति नै महत्त्वपूर्ण हुन्छ । तसथै प्रतिक्रान्ति रोक्नको निम्ति सेनाको राजनैतिकीकरण गर्नु अत्यावश्यक छ। तर सही राजनैतिक कार्यदिशा जीत हासिल गर्न आफैमा पर्याप्त हुँदैन, यो संगठनको ढाँचामा पनि प्रतिविम्बित हुनु जरुरी छ । जनसेनाको सन्दर्भमा जहाँ आवश्यकताको प्रश्नले स्वतन्त्रताको प्रश्नभन्दा बढी महत्त्व राख्दछ र सजिलै फौजी संकीर्णता हावी हुने खतरा पैदा गर्दछ जुन जनसेनामा महिला सहभागिताको लागि हानिकारक हुन्छ, माथिका कुराहरू अझ सत्य छन् । वर्तमान अवस्थामा जनसेनामा तीन प्रकारका प्रवृत्तिहरू विद्यमान छन्ः दक्षिणपन्थी आत्मसमर्पणवाद, जडसूत्रीय संशोधनवाद र मालेमावाद र प्रचण्डपथको रचनात्मक र वैज्ञानिक प्रयोग ।

दुश्मनको शक्तिलाई अधिमूल्यन गर्ने र जनताको शक्तिलाई अवमूल्यन गर्ने दक्षिणपन्थी आत्मसमर्पणवादी विचलन आजको सन्दर्भमा क्रान्तिकारी आन्दोलनभित्र देखा पर्न सक्ने मुख्य खतरा हो। जनसेनामा महिला योद्धाहरूको लड्ने क्षमताको अवमूल्यनमा यो प्रवृत्ति अभिव्यक्त हुन्छ । महिलाकी सहभागितालाई मुख्य बललाई सघाउने सहायक बलको रूपमा ग्रहण गरेर पनि यो देखा पर्दछ । तसर्थ उनीहरू महिलाको बललाई कार्यनैतिक शक्तिका रूपमा लिन्छन् । यसैको नतिजामा महिला योद्धाहरू मुख्य युद्ध मोर्चामा भन्दा पनि युद्धको पृष्ठ भागमा गुप्तचर, करियर, चिकित्सा सहायक आदिमा सहायक भएर काम गर्न बाध्य हुन्छन् । युद्ध क्षेत्रमा जाने मौका पाउँदाखेरि पनि प्रारम्भिक कठिनाइ, हिचकिचावट अथवा सानातिना स्वास्थ्य समस्याहरूलाई पनि उनीहरूले पढ मोर्चामा भाग लिन नसक्ने तथ्यको प्रमाणको रूपमा फटाफट ग्रहण गरिन्छ। उनीहरूको यस्तो तरिका अत्यन्तै उपयोगवादी हन्छ र यो महिलाहरूको लिंग भेदलाई सम्बोधन गर्ने क्रममा सबैभन्दा स्पष्ट रूपमा उजागर हुन्छ । उनीहरू विहे स्थगित गर्ने र गर्भाधारण रोक्ने जस्ता महिलाहरूको लड्ने र नेतृत्व दिने क्षमतामा प्रत्यक्ष प्रभाव पार्ने कदमहरू चाल्न सचेत प्रयास गर्दैनन। गर्भावस्थालाई उनीहरू महिलासँग सम्बन्धित समस्याका रूपमा हेर्दछन त्यसपछि उनीहरूलाई अन्य सेनाका गैरसैनिक विभागहरू अथवा पार्टीका मोर्चा संगठनहरूमा स्थानान्तरण गर्ने यो बहाना बन्दछ । अन्ततः यसले जनसेनामा महिलाको रणनैतिक सहभागिताको निषेध गर्दछ ।

ने.क.पा. (माओवादी) अहिले युद्धमा होमिएको हुँदा, दक्षिणपन्थी प्रवृत्तिले खुलमखुल्ला आउने आंट गर्दैन र त्यसैले यसले जडसूत्रीय संशोधनवादी प्रवृत्तिको मुकुन्डो भिर्छ जस कारण यो रूपमा वामपन्थी लागे पनि सारमा चाहिं दक्षिणपन्थी नै हुन्छ । अत्यन्तै प्रगतिशील नाराहरूको वकालत गरेर, उग्र रूप अपनाएर र वर्ग र वर्ग मात्रको शपथ खाएर यो देखा पर्दछ । शास्त्रीय किताबहरूमा जे लेखिएको छ त्यही भट्याएर विशिष्ट परिस्थितिको विशिष्ट मूल्यांकन नगरेर उनीहरू युद क्षेत्रमा महिला सम्बन्धित समस्याहरू, लिंग विभेद आदिलाई अवमूल्यन या कमजोर गर्छन् । महिलाहरूको गर्भाधारण र प्रत्युत्पादक कार्यभारलाई युद्धको मोर्चा र कोक्रोको मोर्चा दुवैमा आफ्नो हिम्मत पुष्टि गर्न प्रदान गरिएको अवसर मानेर हेर्दछन् । पुँजीवादीहरूले चित्रित गर्न खोजेको सर्वश्रेष्ठ आमाको अवधारणा कर्पोरेट अफिसमा पनि निपुण र भान्सामा पनि निपुणसँग यो मिल्दोजुल्दो हुन्छ। यसले संघर्षको रोमानीकरण गर्ने नाममा महिलाहरूले सामना गर्नुपर्ने व्यावहारिक कठिनाइको अवमूल्यन गर्दछ। जब उनीहरूले आशा गरेजस्तो नतिजा महिला योद्धाहरूबाट प्राप्त हुँदैन, अनि उनीहरूलाई क्रमशः सेनाका गैरयुद्ध विभागहरूमा स्थानान्तरण गरिन्छ अथवा आवश्यकताको नाममा अरू क्षेत्रमा पठाइन्छ । यसरी जनसेनामा महिलाको रणनैतिक भूमिकालाई निषेध गर्ने धरापमा उनीहरू पनि पर्दछन् । वस्तुगत यथार्थको मूल्य चुकाएर आत्मगत प्रयत्नहरूमा अत्यन्तै निर्भर हुंदा उनीहरू आफ्नो सदाचारी विचारधारलाई भौतिक शक्तिमा रूपान्तरण गर्ने असक्षम हुन्छन्, यस प्रकारले जनसेनामा सैन्यवादी दृष्टिकोण भित्र्याउँछन् । मालेमावाद र प्रचण्डपथको रचनात्मक प्रयोग भनेको नै महिलाको सहभागिताका समस्या र चुनौतीहरूलाई द्वन्द्वात्मक रूपमा हेर्नु हो । मालेमावादको विचारधाराको व्यापक ढाँचाभित्र रहेर महिलाका विशिष्ट समस्याहरू र लिंगीय समस्याहरूलाई सम्बोधन गरेर यसो गर्न सकिन्छ । मालेमावादीहरू महिलाका गर्भावस्था प्रजनन् कार्यहरूलाई महिला मात्रको समस्या नभएर सम्पूर्ण क्रान्ति र पार्टीको निम्ति चनौतीको रूपमा ग्रहण गर्दछन । यी समस्याहरू महिलाहरूको चेतनास्तर, उनीहरूको वर्तमान काम, काममा उनीहरूको दायित्व र उनीहरूको बसेको ठाउँको प्रकृक्ति आदिलाई हेर्दै गर्भावस्था निषेध गरेर वा नियन्त्रण गरेर वा बीचमा लामो अन्तर राखेर द्वन्द्वात्मक हल खोजिन्छ । यसरी जैविकता महिलाको नियति हैन भनेर पुष्टि गर्न सफल हुन्छन् । प्रत्येक पलमा जीवन र मृत्युको प्रश्नलाई वैचारिक ढंगले सामना गर्नाले जनसेनालाई अत्यन्तै सचेत, तीक्ष्ण र लचिलो तर दृढ शक्ति बनाउँछ । त्यसैले उनीहरू जनसेनामा नयाँ संस्कृक्ति र नयाँ विचारहरू विकास गर्न प्रोत्साहन गर्दछन् । किनभने वैज्ञानिक भए ती विचारहरू सजिलै स्वीकारिन्छ र व्यवहारमा उतारिन्छ, अवैज्ञानिक भए तुरुन्तै नकारिन्छ ।

निष्कर्ष

युद्धको उद्देश्य युद्ध अन्त्य गर्नु हो ।

-क. माओ

जनयुद्ध प्रतिरक्षात्मक युद्ध हो। यो सत्य हो कि युद्धले पुरुष र महिला दुवैलाई, अझ वास्तवमै, सम्पूर्ण मानव जातिलाई नै निर्दयी बनाउँछ । कुनै पनि स्वस्थ समाज राष्ट्र वा महादेशमा स्थायी ब्यारेकित सेनाको अवधारणाले त्यो समाज देश तथा महादेशलाई मात्र होइन दीर्घकालीन हिसाबले स्वयं लडाकुहरूलाई पनि नोक्सान पुऱ्याउँछ । तर वर्ग विभाजित र ध्रुवीकृत हुँदै गइरहेको विश्वमा सर्वहारा वर्गको निमित्त युद्ध अनिवार्य आवश्यकता बन्दछ, प्रथमतः युद्ध पिपासु साम्राज्यवादी देशहरूको विरुद्ध लड्नको लागि कठिनतासाथ प्राप्त जनवादको रक्षा गर्नका लागि युद्ध आवश्यक बन्दछ। दोस्रो यो युद्ध ती दबाइएका महिलाहरूको लागि अझ बढी आवश्यक बन्दछ, जो वर्गीय र पितृसत्तात्मक हिंसाको सिकार भएका छन् । सबै प्रकारका युद्धको सदाको निम्ति अन्त्य गर्न अन्तिम युद्ध लड्नुपर्ने आवश्यकतालाई महिलाहरूले गहिरोसँग बुझेका छन् । मानव जातिको उत्पादन र प्रजनन गर्ने क्षमताको रक्षा गर्न, एक अर्कालाई मार्ने र निर्दोष बालबालिकालाई टुहुरा बनाउने परिपाटीलाई अन्त गर्न, सबैखाले युद्धको अन्त गर्न अन्तिम न्यायपूर्ण युद्ध लड्नुपर्दछ भन्ने कुरा महिलाहरूले राम्ररी बुझेका छन् ।

युद्धमा शत्रु पक्षको कमजोर स्थानमाथि आक्रमण गर्नुलाई कुशल कार्यनीति हो भन्ने गरिन्छ । बुजुर्वाहरूमा, विशेषगरी नेपाल जस्तो सामन्ती राज्यमा महिलाहरूको प्रश्न अत्यन्त कमजोर कडी हो। यो महिलाहरूलाई सेनामा भर्ती गर्ने सवालमा प्रत्यक्ष देख्न सकिन्छ । प्रतिक्रियावादी सेनामा महिलाहरूलाई विरलै भर्ती गरिन्छ, अझ यदि केही गरी भर्ती गर्नुपरे पनि बाध्यतावश वा कतिपय व्यावहारिक अन्य अस्थायी कारणहरूले मात्र गरिन्छ । जबकि क्रान्तिकारी सेनामा महिलाहरूको सहभागितालाई लडाकु मात्र होइन कि राजनैतिक संगठन र उत्पादकको रूपमा पनि बढावा दिने गर्दछ । वास्तवमा महिलाहरूको सहभागिताले महिलामुक्ति र लैङ्गिक सम्बन्धहरूका सन्दर्भमा पनि सम्भाव्यताहरूलाई अगाडि ल्याएर जनयुद्धका अनुभवहरूलाई समृद्ध बनाउँछ ।

प्रतिक्रियावादी विचारधाराको आधार पितृसत्ता, निजी सम्पत्ति र प्रोहित प्रथा हने गरेकाले प्रतिक्रियावादीहरूले महिला सहभागितालाई समाविष्ट गर्ने प्रश्नै उठदैन । वैज्ञानिक सिद्धान्तको अभावका कारण प्रतिक्रियावादी सेनाको मनोबल बढाउन प्रतिक्रियावादीहरू धर्म वा पितृसत्तात्मक मूल्यहरूमाथि भर परेर आफ्नो सेनालाई विद्रोही महिलाहरूलाई सजाय दिन, बलात्कार यातना र हत्याको निम्ति प्रोत्साहित गर्दछन् । यस्ता अपराधहरूले राज्यसत्तामा वर्गीय पूर्वाग्रहसँगै लैङ्गिक पूर्वाग्रहको पनि भन्डाफोर गरिदिन्छ । दुरगामी हिसाबले यसले श्रमिक महिला र पुरुषलाई संश्रयका निम्ति मद्दत नै पुयाउँछ । यसले गर्दा प्रतिक्रियावादी सेना राष्ट्र रक्षक हो भन्ने मिथक समाप्त भएको छ । सँगसँगै देशका महिलाहरूको गरिमाको रक्षक तिनीहरू हुन् भन्ने बारेको भ्रम तोडिएको छ ।

महिलाहरूलाई परिवर्तनको वाहक नठानेर केवल युद्धपीडित सम्झने संकीर्णतावादी नारीवादी साँघुरो सोचलाई पनि जनमुक्ति सेनाले चुनौती दिएको छ। महिलालाई निरपेक्ष शान्तिको प्रतीकको रूपमा चित्रित गर्ने यसखाले नारीवादीहरूको प्रयत्नलाई पनि जनमुक्ति सेनाले छताछुल्ल पारेको छ। क्रान्तिकारी महिलाहरू मसानघाटमा पाइने मुर्दाशान्तिको होइन अपितु वर्गशत्रु र पितृसत्तात्मक व्यवस्थाको विरुद्ध कठोर संघर्षपछि प्राप्त हुने शान्तिको पक्षमा छन् । नारीवादीहरू राज्यद्वारा महिलाहरूमाथि आम रूपमा भइरहेको यातना, बलात्कार र हत्या भइरहँदा मुकदर्शक बनेर बस्छन् तर घरेलु हिंसाको एक्का दुक्का मामलामा भन्ने धुरीमा चढेर चिच्याएर भन्दछन् “सबै पुरुषहरू घृणास्पद छन्” । अर्कातिर जनमुक्ति सेनाले महिलाहरूलाई जनसेनामा भर्ती गर्ने अवसर दिएर महिलाहरूको अस्मितामाथि खेल्ने, बहुपत्नी राख्ने, बलात्कार गर्ने र यातना दिनेहरूको विरुद्ध प्रत्यक्ष बदला लिने अवसर प्रदान गरेको छ । यो गैरसरकारी संस्था र सुधारवादी दलहरूका महिलाहरूले न्याय नदिने अथवा दिइहाले पनि यति ढिलो दिने (जसले गर्दा त्यो सजायको कनै प्रभावै नरहने अवस्थामा पुगेर दिने। परिपाटीभन्दा एकदमै विपरीत छ । यसरी महिलामुक्तिलाई भौतिक रूपमै सम्भव बनाएर जनमुक्ति सेनाले महिला आन्दोलनलाई सशक्त बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *