वास्तवमा महिलावर्ग उत्पीडित वर्ग, जाति, क्षेत्रका समुदायभित्र पनि झन् उत्पीडित वर्गमा पर्दछन् । कारण, तिनीहरू उत्पीडित वर्ग, जात, जाति, क्षेत्रका पुरुषहरूबाट थप उत्पीडित छन् संवर्षको दृष्टिकोणमा पनि तिनीहरू सबभन्दा ठूलो उत्पीडित समूहमा पर्दछन् । आज एकाधिकार, पुंजी अर्थतन्त्रले (Monopoly Capitalism) गर्दा एकातिर धनी र गरीबबीचको फाटो झन् झन् बढ्दै गइरहेको छ भने अर्कोतिर ती गरीब वर्गहरूमा पनि झन् गरीब महिलाहरू भएका छन् र तिनीहरूको संख्या अझ बढ्दै गएको तथ्यांक स्वयम् विश्व बैंकले स्वीकार गरिसकेको छ । यो प्रकरणलाई गरिबीको महिलाकरण अर्थात् Feminisation of poverty भन्ने गर्छ । वास्तवमा महिलाहरू विश्वभरमा भएभरको शोषणको केन्द्रविन्दु बन्न पुगेका छन् । नेपालकै सन्दर्भमा हेऔं भने यदि कुनै महिला तल्लो वर्ग, जात, जाति र उत्पीडित क्षेत्रको पनि एकैसाथ भइन् भने उनको आफ्नो भन्ने केही हुन्न । आफ्नो श्रम र शरीरसम्म उनको आफ्नो रहन्न । यसको ज्वलन्त उदाहरण नेपाल र भारतका विभिन्न सहरका वेश्यालयहरूमा अधिकांश नेपाली महिलाहरू उत्पीडित जाति, दुर्गम क्षेत्र, गरीब वर्गका महिलाहरू संलग्न हुनुबाट पुष्टि हुन्छ । त्यस्तै उत्पीडित वर्गीय, जातीय, क्षेत्रीय, मुक्ति आन्दोलनमा तिनीहरू शासक वर्गबाट दोब्बर यातना भोग्न बाध्य छन् । एक त तिनीहरूले यथास्थिति वर्गीय, जातीय, क्षेत्रीय प्रभुत्वको विरोध गर्यो भनेर शारीरिक यातना दिन्छन्, अर्कोतिर तिनीहरूले विद्यमान परिवारभित्रको लैंगिक संरचनालाई चुनौती दियो भनेर तिनीहरूलाई बलात्कारको थप सजाय दिन पुग्छन् । यसको ज्वलन्त उदाहरण हाल नेपालमा भइरहेको माओवादी जनयुद्धमा माओवादी समर्थक महिलाहरूलाई राज्यसत्ताबाट नियोजित किसिमले दिइने शारीरिक यातना र सामूहिक बलात्कारबाट पुष्टि हुन्छ । यस्तै बोस्निया देशको गृहयुद्धमा त्यहाँका सर्वांया सेना, पुलिसहरूले राज्यसत्ताको आड लिएर त्यहँका उत्पीडित जाति मुस्लिम समुदायका महिलाहरूलाई नियोजित रूपमा सामूहिक बलात्कार गरेको घटना ताजै छ । यसरी महिलाहरूको प्रजनन शक्तिलाई नै नष्ट गर्ने गरिकन यातना दिने बलात्कारको उद्देश्य हो । तिनीहरूको भ्रूणबाट विद्रोहको शक्ति नजन्मियोस् भनेर । तर जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ जहाँ प्रतिरोध हुन्छ त्यहाँ विस्फोट हुन्छ भनेझै आजकलका सचेत महिलाहरू यी वर्गीय, जातीय, क्षेत्रीय मुक्ति आन्दोलनमा अझ बढी सशक्त र बढी संख्यामा भाग लिदै आइरहेका छन् । नेपालकै सन्दर्भमा माओवादी जनयुद्धमा झन्डै तीन वर्षभित्र करिब तीस जना महिलाहरूले शहादत प्राप्त गरिसकेका छन् । जसमध्ये अधिकांश महिलाहरू गरिब, उत्पीडित जाति र दुर्गम ग्रामीण क्षेत्रका रहेका छन् ।
वास्तवमा महिलाहरूले सानै उमेरमा लिङ्गीय शोषण झेल्नुपर्ने भएको हुनाले तिनीहरूले शोषणको संरचनालाई छिट्टै पहिचान गर्न सक्छन् । त्यसमाथि लिङ्गीय उत्पीडन सबै जातीय, क्षेत्रीय, वर्गीय, उत्पीडनमा पनि हुने भएकाले गर्दा तिनीहरू वढी संवेदनशील हुन्छन् । तसर्थ ती सचेत महिलाहरू पुरुषहरूभन्दा एक पाइला अघि बढेर ती सबैखाले शोषणका विरुद्ध डटेर लडेका हुन्छन् । कारण पुरुष बर्ग,वर्गीय, जात, जातीय, क्षेत्रीय, मुक्ति आन्दोलनबाट ती सबैखाले शोषणबार वर्गले वर्गीय, जात, जातीय, क्षेत्रीय मुक्ति आन्दोलन मुक्ति पाउँछन् भने महिलावर्गले ती मुक्तिको साथसाथै लिङ्गीय शोषणबाट थप मुक्ति पाउँछन् । त्यसैले आज महिलामुक्तिको प्रश्न सबैखालका मुक्ति आन्दोलनको विषय बन्न गएको छ । महिलाहरूमाथिका यी समेत यो प्रश्न त्यति नै चासोको विष चरमात शोषणले गर्दा नै एकातिर सर्वहारा वर्गले महिलाहरूमा दबिएको विद्रोही भारमा लाई विस्फोटित गराएर वर्ग संघर्षमा होम्याउन अग्रसरता गर्छन् भने अकातिर विस्तारवादी, साम्राज्यवादी, सामन्तवादी शक्तिहरूले उनीहरूमा दबिएका विद्रोहका भावनालाई वर्ग समन्वयतिर अग्रसर गर्ने कोसिस गछन् । तसर्थ एकातिर क्रान्तिकारी कम्युनिस्ट पार्टीले महिलाहरूको एक हातमा लालझन्डा र अकर्को हातमा बन्दुक भिराई शोषणयुक्त राज्यसत्ताको विरोधमा उभ्याउने काम माँत्तिर सामन्तवादी, साम्राज्यवादी शक्तिहरूले महिलाहरूको एक गर्छन् भने अर्कोतिर साम हातमा रूद्राक्ष माला र अर्को हातमा डलर भिराएर शोषणयुक्त राज्यसत्ताको सरचनाअन्तर्गत शान्ति, वर्ग समन्वयका बाहक बनाउन खोजिरहेका छन् । त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टीले लिङ्गीय, जातीय, क्षेत्रीय, आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसित जोडेर वर्तमान शोषणयुक्त राज्यसत्ताको विरोधमा अग्रसर गराउन खोज्छ भने अर्कोतिर सामन्तवादी र साम्राज्यवादी शक्तिहरूले यी आन्दोलनलाई पृथक् आन्दोलनतिर उन्मुख गराएर शोषणयुक्त राज्यसत्तालाई टिकाउन खोज्छन् ।
लैंगिक, जातीय र क्षेत्रीय शोषणको स्रोत लैंगिक शोषणको स्रोत :
समाज विकासको क्रममा जब मातृसत्तामा आधारित सामूहिक उत्पादन प्रणाली कालान्तरमा निजी सम्पत्तिको अवधारणामा विकसित भयो, त्यतिबेला नै समाजमा पहिलो वर्ग विभाजन ल्याइदियो जहां महिला वर्ग दासीवर्गभित्र पर्न गए। ती महिला अब मालिक वर्ग पुरुषको सन्तान जन्माउने प्रजनन मसीनका स्तरमा झरिन्, पुरुषको मुख्य घरसेविका र महिलादासीहरूको सुपरिवेक्षकमा झरिन् । सामूहिक उत्पादन प्रणालीको आधारमा बनेको सामूहिक परिवारको संरचना मातृसत्तामा आधारित थियो। जब निजी सम्पत्तिको अवधारणा आयो तब एकल परिवार (Monogamous Family) को अवधारणाको विकास भयो । यसले गर्दा बालबच्चाको बाबु स्थापित र प्रमाणित हुन गयो । जुन कुरा सामूहिक परिवार (Group Fnmily) मा सम्भव थिएन । अब पुरुषवर्गले कमाएको अतिरिक्त धन सम्पत्ति आमाको वंशतिर नगएर बाबुकै वशमा जाने अवधारणा आयो अब जन्माउने सन्तान उनकै होस् अरू कसैको नहोस् भन्ने उद्देश्यले नै महिलालाई कडा निगरानीमा राख्न थालियो । मातृसत्ताका हकहित, स्वतन्त्रता ती महिलाहरूले गुमाउन विवश भए । ठीक यहींबाट पितृसत्तात्मक संस्थाको उदय हुन्छ। तसर्थ लिङ्गीय शोषणको मुख्य स्रोत निजी सम्पत्ति हो। समाजको विकासको क्रममा सबभन्दा पहिलो शोषण नै लैंगिक शोषण रहयो ।
नेपालमा लैंगिक शोषकको नमुना सम्पत्ति सम्बन्धबाट प्रस्ट झल्किन्छ। छोराहरूले जन्मने बित्तिकै पैतृक सम्पत्तिमाथि निःशर्त अधिकार जमाउन पाउनु जबकि महिला यसबाट वञ्चित हुनुबाट प्रस्ट हुन्छ । त्यस्तै नैतिकताको मामलामा में दोष सबै महिलामाथि थुपारिनु र पुरुष त्यसबाट मुक्त हुनुबाट पनि प्रस्ट हुन्छ। उदाहरणका लागि नेपालका जेलहरूमा त्यहाँका महिलाहरूमध्ये करिब ९० प्रतिशत महिला बन्दीहरू गर्भ तुहाएको अर्थात् शिशुहत्या अभियोगमा परेका छन् । जबकि अनैतिकरूपमा गर्भधारण गराउने पुरुषहरू जेल बाहिर स्वाभाविक जीवन बिताउँदै छन् ।
जातीय शोषणको स्रोत क्षेत्रीय शोषणको स्रोत
क्षेत्रीय शोषणको अवधारणा पुँजीवादको विकासले ल्याउने भौतिक प्रकरण हो। तर यसलाई अझ तीव्रता साम्राज्यवादको विकासले ल्याइदिन्छ । पुँजीवादी चरित्रले अस्वस्थ प्रतिस्पर्धालाई जन्माइदिन्छ, जसले गर्दा असमानता सबै धरातलमा छाइदिन्छ- समाजदेखि भूगोलमासमेत पुँजीवाद साम्राज्यवादको पूँजी केन्द्रीकरण चरित्रले गर्दा विकसित क्षेत्र (प्रायः सहरिया क्षेत्र) झन् झन् अझ विकसित हुँदै जान्छ । लगानी, विकासहरू थपिंदै जान्छ भने पिछडिएको क्षेत्र (प्रायः ग्रामीण क्षेत्र) झन् उपेक्षित बन्दै जान्छ। यहाँ लगानी र सुविधाहरू थपिनु त परै जाओस्, बरु उल्टै यहाँको उत्पादन, प्राकृतिक सम्पदालाई सस्तो मूल्यमा विकसित क्षेत्रतिर उन्मुख गराउने काम विकसित क्षेत्रमा बस्ने सत्ताधारी वर्गले राज्यसत्ताले प्रायः गरिराखेको हुन्छ । नेपालमा कर्णाली, सेती महाकाली क्षेत्र प्राकृतिक सम्पदाको धेरै धनी छ। त्यहाँको जडिबुटीबाट शासकवर्ग विशेषगरी राजपरिवारले ठूलो आय कमाइरहेको छ । तर ती क्षेत्रहरू भने धेरै उपेक्षित छन् । त्यहाँ विकासको नाम निशान नै छैन ।
क्षेत्रीय असमानता विश्वमा पनि देखा परेको छ। विश्वव्यापीरूपमा क्षेत्रीय असमानताको एकातिर विकसित क्षेत्रहरू सीमित साम्राज्यवादी देशहरूका रूपमा देखा परेका छन् भने अर्कोतिर अधिकांश तेस्रो विश्वका देशहरू झन् अविकसित क्षेत्रका रूपमा परिणत हुँदैछन् । त्यसैले ती तेस्रो विश्वका देशहरूका जनता र प्राकृतिक सम्पदा विकसित देशहरूका लागि सस्तो श्रम, सस्तो कच्चा पदार्थको स्रोत भइरहेको छ । फिलिपिन्स, कोरिया, थाइल्यान्डका महिलाहरू ती धनी देशहरूका लागि सस्तो श्रम र सस्तो यौन शोषणको स्रोत भइरहेका छन् । इतिहास पल्टाएर हेर्यौ भने जापानले विश्वमा आफ्नो प्रभुत्व जमाउने अभियानमा दोस्रो युद्धताका हजारौं कोरियाली महिलाहरूलाई जापानी सेनाहरूको लागि यौन मनोरन्जन गराउन बाध्य तुल्याए । त्यस्तै साम्राज्यवादी अमेरिकाले भियतनाम, कोरियामा लड्न पठाएका आफ्नो सेनाका लागि थाइल्यान्डका महिलाहरूलाई वेश्यावृत्तिमा उन्मुख गराए। आज पनि थाइलैण्ड, फिलिपिन्सका महिलाहरू, जापान, अमेरिका, युरोपका ठूल्ठूला कम्पनीहरूका लागि सस्तो श्रम र सस्तो यौन मनोरन्जनको साधन भइरहेका छन् । दक्षिण एसिया जहाँ भारतले आफ्नो प्रभुत्व जमाएको छ, त्यहाँ एकातिर नेपाली महिलाहरू त्यहाँका धनीमानी पुरुषहरूका लागि सस्तो यौन मनोरन्जनका साधन बन्दै आएका छन् भने अर्कोतिर नेपाली पुरुषहरू सस्तो श्रमको साधन बन्दै आएका छन् । नेपालभित्रै पनि गाउँबाट आएका महिलाहरू सहरिया इलाकामा सस्तो श्रम र सस्तो यौन श्रमको साधन भएका छन् । काठमाडौमा गलैचा गार्मेन्ट उद्योगहरूमा प्रायः गाउँका महिलाहरू यस्तै शोषणको सिकार हुँदै आएको तथ्य सबैका अगाडि छर्लङ्ग छ। त्यस्तै नेपालका सहरिया क्षेत्रमा त्यहाँका मध्यधनी वर्गका घरहरूमा ती गाउँबाट आएका गरिब महिलाहरू नोकर भएर शोषित भएका छन् । काम गरबापत पढाइदिने भन्ने लोभ देखाई ती कलिला बालिकाहरूलाई आमाको काखबाट खसेर ल्याउँछन् तर सहरमा ल्याइसकेपछि नपढाइ सित्तैमा काम गराएका हुन्छ । आभती बालिका हर्कदै गएपछि र जवान भएपछि उनीहरू ती घरका पुरुषहरूबाट बलत्क्रित हुन पुग्दछन् ।
तसर्थ समग्र रूपमा भन्नुपर्दा क्षेत्रीय असमानताको स्रोत वर्तमान पुजीवा बलात्कृत हुन पुग्छन् । व्यवस्था र साम्राज्यजादी व्यवस्था नै हो ।
लिंगीय, जातीय, क्षेत्रीय आन्दोलनमा सामन्तवाद र साम्राज्यवादको घुसपैठ
यहाँ के कुरा बुझ्नु जरुरी छ भने लिङ्गीय, जातीय, क्षेत्रीय शोषणको विरोध गर्दा सामन्तवाद र साम्राज्यवाद दुवैको विरोध गर्नु अनिवार्य हुन जान्छ । नेपालको सन्दर्भमा यहांको राजतन्त्रात्मक संसदीय व्यवस्थामा एकातिर राजतन्त्रले बढी सामन्तवादको प्रतिनिधित्व गर्दै आएको छ भने अर्कोतिर यहाँको संसदीय व्यवस्थाले बढी भारतीय विस्तारवाद र साम्राज्यवादको प्रतिनिधित्व गर्दै आएको छ। तसर्थ यहाँको सामन्ती संरचना सकभर लिंगीय, जातीय, क्षेत्रीय आन्दोलनलाई कुण्ठित पारेर त्यसलाई साँस्कृतिक, धार्मिक, रूढिवादी आन्दोलनतिर परिलक्षित गर्न खोज्छ । त्यस्तै यहाँको विस्तारवादी साम्राज्यवादीहरू ती आन्दोलनहरूलाई अराजक, पृथक् बनाएर धमिलो पानीमा माछा मार्ने उद्देश्यले प्रेरित हुन खोज्छन् । जस्तो कि नेपालमा विस्तारवादी र साम्राज्यवादी एजेन्टहरूले व्यापार फैलाउने उद्देश्यले मिस गुरुङ, मिस नेवार, मिस थारू, यस्तै मिस काठमाडौं, मिस विराटनगर जस्ता सौन्दर्य प्रतियोगिता गराएर एकैचोटि जातीय, लिंगीय, क्षेत्रीय आन्दोलनलाई कुठाराघात गर्ने काम गरिरहेका छन् ।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने जब-जब यी आन्दोलनहरूमा सामन्ती घुसपैठले गर्दा ती धार्मिक आन्दोलनमा परिलक्षित हुन्छ तब-तब ती विचलित आन्दोलनले सबभन्दा बढी आक्रमण त्यहाँका महिला वर्गमाथि नै गर्न पुग्छ । आज इरान, अफगानिस्तान अल्बानिया र अन्य अरब देशहरूमा मुल्लावादी धार्मिक क्रान्तिले त्यहाँका महिलाहरूलाई मध्ययुगीन दासतामा झार्न खोजिराखेको छ। त्यस्तै साम्राज्यवादीहरूको घुसपैठबाट हुने पृथकता अराजकता लिंगीय, जातीय क्षेत्रीय आन्दोलनमा पनि सबभन्दा बढी आक्रमण महिला वर्गमाथि पर्न जाँदोरहेछ। महिलाहरू आफ्नो जाति क्षेत्र, वर्गका सृष्टिकर्ता भएकाले गद्दा आक्रामक वर्ग, जाति, क्षेत्रका सेनाले पीडित वर्ग, जाति, क्षेत्रका महिलाहरूलाई निशाना बनाएर तिनीहरूका भ्रूण नष्ट गर्ने, प्रदूषित गर्ने उद्देश्य लिएर बलात्कार गर्ने गर्दछन् । भारतका आसाम, मेघालय र भुटानको दक्षिण भेगमा बस्दै आएका नेपाली मूलका भारतीय भुटानी महिलाहरू यातनाको साथसाथै बलात्कारको सिकार पनि हुदै आएका छन् । त्यस्तै नेपालमा माओवादी इलाकामा बस्न सर्वसाधारण महिलाहरू पनि आस्थाकै कारणले गर्दा राज्यसत्ताबाट नियोजितरूपमा बलात्कृत हुँदै आएका छन् । यसरी प्रस्ट के देखिन्छ भने लिंगीय, जातीय, क्षेत्रीय आन्दोलनकारीहरूले यदि सामन्तवाद र साम्राज्यवादको विरोध गर्दैनन् भने लिंगीय आन्दोलन पुरुष विरोधी आन्दोलन वा धार्मिक आन्दोलनमा सीमित हुन जान्छन् र जातीय, क्षेत्रीय आन्दोलन अन्य जाति क्षेत्रका जनताको विरोधमा गई पृथक, प्रतिक्रियावादी आन्दोलनमा सीमित हुन जान्छ। यहाँनिर कसरी लिंगीय, जातीय, क्षेत्रीय शोषण वर्तमान शोषणयुक्त राज्यसत्तासित जोडिएको हुन्छ त्यो बुझ्नु अति आवश्यक हुन जान्छ ।
बहुरूपी शोषण राज्यसत्ताको प्रश्न
वास्तवमा प्रतिक्रियावादी शक्तिले लिंगीय, जातीय, क्षेत्रीय आन्दोलनलाई जहिले पनि राज्यसत्ताभन्दा बाहिर राखेर त्यसलाई राजनीतिबाट टाढा राख्न खोज्छ । बाध्यता परेमा मात्र ती आन्दोलनकारीहरूलाई आफ्नो शोषणयुक्त राज्यसत्तामा सीमित भागीदार बनाएर ती आन्दोलनलाई विद्यमान राज्यसत्ता अन्तर्गत नियन्त्रण गर्न खोज्छन् । राज्यसत्ता भनेको एउटा यस्तो बलपूर्ण औजार हो जसको माध्यमबाट शोषकवर्गले बहुसंख्यक शोषित जनतालाई वर्गीय, लिंगीय, जातीय, क्षेत्रीय आधार बनाई शोषण गर्न पुग्छ । किनभने राज्यसत्ताको माध्यमबाट नै यी सबै प्रकारको शोषण शोषकवर्गले संस्थागत गरेर आफ्नो वर्गीय स्वार्थ पूरा गर्न खोज्छ । तसर्थ, जबसम्म राज्यसत्ताले एउटै लिंग जाति र क्षेत्रका सीमित मानिसहरूलाई बलको आधारमा बढी सुविधा र शक्ति दिइरहन्छ, तबसम्म बहुसंख्यक उत्पीडित जाति, वर्ग, लिंग र क्षेत्रका महिलाहरूको उत्थान हुने सवाल नै उठ्दैन । जब-जब महिलाहरूले आफ्नो अधिकारको माग गर्दछ तब-तब तिनीहरूलाई घर भँडुवा, परिवार भंडुवा भनेर आरोप लगाएर दमनको वातावरण तयार पारिइन्छ । ठीक त्यस्तै, जब-जब उत्पीडित जाति र क्षेत्रका मानिसहरूले आ-आफ्नो अधिकारका मागहरू राख्छन, तब-तब ती आन्दोलनकारीहरूलाई देशद्रोही पृथकतावादी देश भँडुवा आदि लान्छना लगाएर राजयसत्ताले दमन गर्न खोज्छ । जब दमनलाई पनि चिरेर आन्दोलन अगाडि बढ्छ तब राज्यसत्ताले ती आन्दोलनकारीहरूलाई केही दिएजस्तो गरेर आन्दोलनलाई मत्थर पार्नेतिर जान्छ ।
अहिलेको संसद् भनेको वर्तमान शोषणयुक्त राज्यसत्ताको देखाउने दाँत अर्थात् आभूषण मात्र हो। जबकि त्यसअन्तर्गतका सेना, पुलिस, राज्यसत्ताका चपाउने दाँतहरू हुन्, जसलाई तिनीहरूले अदृश्य राख्न खोज्छन् र वर्तमान संसदीय व्यवस्थालाई नै केन्द्रित गरेर सत्तासीन वर्गले गुलिया नारा, आश्वासनहरू दिलाएर जनताबाट ‘प्रजातान्त्रिक’ प्रक्रियाबाट भोट किन्न खोज्छन् । यसरी आफ्नो वर्गीय स्वार्थलाई आम जनताको ‘सहमति’ गराएर तिनीहरूले बढी चलाखीपूर्ण ढंगले जनाताको भोटवाट आफ्नै वर्गका प्रतिनिधिहरू चुनाएर पठाउँछन् । असमानताको नारा, वर्ग विभाजित समाजमा वर्गसमन्वयको नारा, लिंगीय, जातीय र क्षेत्रीय असमानताको बीचमा समानताको नारा अर्थात् तिनीहरूको उत्पीडनप्रति आफ्नो पनि सहानुभूति देखाएर आम जनतालाई बेवकुफ बनाउने काम गर्दछन् । त्यतिले पनि पुगेन भने जनतालाई अझ दिग्भ्रमित पार्नका लागि तिनीहरूले आफ्नै वर्गभित्र पर्ने उत्पीडित लिंग, जाति र क्षेत्रका केही मानिसहरूलाई संसद्मा पुऱ्याउने काम गर्दछन् र केही सुधारात्मक नियमहरू बनाएर ती आन्दोलनहरूलाई मत्थर पार्न खोज्छन् । यस्तो गर्दा पनि राज्यसत्ताको वर्गीय चरित्रले गर्दा तिनीहरू आफैले बनाएका नियमहरू आफै कार्यान्वयन गर्न सक्दैनन् । जस्तै क्षेत्रीय, जातीय असमानतालाई हटाउनका लागि केही विकेन्द्रीकरणका नियमहरू त बनाए, तर ती पूर्णतः कायर्यान्वयन हुन सकिराखेक छैनन् । त्यस्तै महिलाहरूको सुरक्षाको लागि पारपाचुकेको कानूनी व्यवस्था त गरेको छ तर त्यो कार्यान्वयन हुन सकिराखेको छैन । त्यसैले जातीय, लिंगीय क्षेत्रीय आन्दोलनकारीहरूले के बुझ्नु जरुरी छ भने ससद् भनेको भ्रम मात्र हो। तसर्थ यस संसदीय व्यवस्थामा जति थरी-थरी सरकार आए पनि ‘जुन जोगी आए कानै चिरेको’ भनेझै तिनीहरूले आखिरमा शोषणयुक्त संरचनालाई घुमाई फिराई बलियो पार्नेतिर नै काम गर्न पुग्छन् । तसर्थ आजको माग हो वर्तमान शोषणयुक्त माध्यमबाट नौलो जनवादी राज्यसत्तालाई ध्वस्त पारी आमूल परिवर्तनको माध्य राज्यसत्ता स्थापित गर्ने यहाँनेर क माओको भनाइ सान्दर्भिक हुन जान्छ राज्य अरू सबै भ्रम हो ।
बहुरूपी शोषण र नौलो जनवादी राज्यसत्ता
सत्ताबाहेक आज नेपालमा माओवादी जनयुद्धले वर्तमान शाषणयुक्त राजतन्त्रात्मक बहुदलमा आधारित राज्यसत्ताको विकल्पमा नौलो जनवादी राज्यसत्ता उभ्याइदिएको छ । वास्तवमा नौलो जनवाद भनेको त्यस्तो बलपूर्ण राज्ययन्त्र हो जसले प्रतिक्रियावादी, सामन्ती र साम्राज्यवादी र तिनीहरूका एजेन्टहरूमाथि अधिनायकत्व कायम गर्दछ। तर आम मेहनतकश जनता, उत्पीडित लिंग, जाति, क्षेत्रका जनतालाई भने जनवाद दिलाउँछ । अर्थात् यो सामन्तवाद-साम्राज्यवाद विरोधी देशभक्त जनतान्त्रिक राज्यसत्ता हो जसको नेतृत्व सर्वहारा वर्गले गरिरहेको हुन्छ। नौलो जनवादी राज्यसत्ताले उत्पीडित लिंग, जात र क्षेत्रका जनसमुदायलाई राज्यको हिस्सेदार बनाएर आ-आफ्नो हकहित सुरक्षा राख्नेमा अग्रसर गर्दछ। जस्तै लैंगिक शोषणलाई अन्त्य गर्नका लागि पैतृक सम्पत्तिमाथि महिलाहरूको समान अधिकार कायम गरिदिन्छ। किसानहरूको समस्यालाई निर्मूल पार्नको लागि ‘जसको जोत उसको पोत’ भनेझै उत्पीडित जाति क्षेत्रलाई स्वायत्तता प्रदान गरी आत्मनिर्णयको अधिकारसमेत दिलाउँछ। यसरी नौलो जनवादले अत्यधिक जनतामा लादिएका बहुरूपी शोषणका जंजीरहरू चुंडालेर तिनीहरूको उत्पादन शक्ति बढाउने काम गर्दछ। तर राजतन्त्रात्मक बहुदलीय व्यवस्थाले भने एउटै लिंग, जाति, क्षेत्रभित्रका मानिसहरूमा भएका असमानता अर्थात् धनी गरिव प्रकरणलाई पूर्णतः समाप्त गर्न सक्दैन। त्यसैले नौलो जनवादी व्यवस्थालाई अर्को शब्दमा पनि भनिन्छ । जो साम्राज्यवादतिर उन्मुख नभएर समाजवादतिर उन्मुख हुन्छ । नौलो जनवादअन्तर्गत विकास हुँदै गएको उत्पादन शक्तिलाई अन्ततः जनसमूहभित्र रहेको वर्गीय विभाजनले अवरोध खडा गरिदिन्छ ।
बहुरूपी शोषण र साम्यवाद
नौलो जनवादले एकातिर लिंगीय, जातीय, क्षेत्रीय शोषणको आधार भत्काउने संरचना तयार पारिदिन्छ भने समाजवादी क्रान्तिले ती समुदायभित्र रहेका वर्ग विभाजन अर्थात् वर्गीय शोषणको आधार भत्काउने संरचना तयार पार्दछ । अतः समाजवाद सामूहिक खेतीपाती, सामूहिक उत्पादन सम्बन्ध कायम गर्नेतिर अग्रसर हुन्छ । समाजवादमा आएर ‘कामअनुसार ज्याला’ अर्थात् ‘कामअनुसार माम’ लागू हुन्छ । यसअन्तर्गत उत्पादन शक्ति अझ बढ्न जान्छ ।
यस परिस्थितिले अझ उच्च समाजलाई जन्मदिन्छ जसलाई साम्यवादी समाज भनिन्छ । उत्पादन शक्तिको विशाल विकासले गर्दा त्यहाँ अब ‘कामअनुसार ज्यालाको अवधारणा बन्न जान्छ । यसले गर्दा मानिस मानिसको बीचमा हुने असमान क्षमता, बुद्धि, सीप आदिलाई पनि उछिनेर सबैलाई काम, क्षमताको आधारमा नभएर आवश्यकताका आधारमा ज्याला दिइन्छ । यस अवस्थामा मानिस-मानिसबीचको प्रतिस्पर्धा पूरै निर्मल हुन्छ र अन्ततः यसले वर्गीय विभाजन पनि अन्त्य गरिदिन्छ । शोषकवर्गको अधिनायकत्व खतम गर्नका लागि ल्याएको बलपूर्ण यन्त्रको अब औचित्य नै रहन्न । तसर्थ वर्गीय अवधारणाको समाप्तिसँगसँगै राज्यविहीन समाजको उदय हुन्छ । यस्तो अवस्थामा वर्ग विभाजनले ल्याएको पुरुष र महिलाबीचको कार्य विभाजन र शोषणलाई पनि जितेर वास्तविक पुरुष महिला अब समान धरातलमा उभिन्छन् । अन्ततः वर्गीय, जातीय, लिंगीय, क्षेत्रीय शोषणहरू इतिहासका पानाहरूमा सीमित हुन जानेछन् ।