नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा फरवरी १३, १९९६ देखि सुरु भएको जनयुद्ध तीव्र गतिमा सफलतातर्फ अघि बढ्दै छ। पश्चिमी नेपालबाट सुरु भएको क्रान्तिको आगो आज दावानल बनेर देशभरि फैलिएको छ । कुल ७५ मध्ये ७३ जिल्लाहरू यसबाट प्रभावित भएको कुरालाई त स्वयं सरकार (पुरानो सत्ता) ले समेत स्वीकार गरेको छ । जनताको सहभागिताबिना यसो हुनु सम्भव थिएन । यसमा महिलाहरूको सहभागिता स्पष्ट छ। अलिकति उनीहरूको करामत हेरौं ।
१३ फरवरी १९९६ को हडतालपछि व्याप्त मौनतालाई तोड्नमा उनीहरू नै अगाडि थिए । त्यही वर्षको ८ मार्चमा गिरफ्तारीको खतरा मोल्दै उनीहरूको राष्ट्रिय संगठनले एउटा गोष्ठीको आयोजना गर्यो। त्यहाँ नारी मुक्तिका निम्ति क्रान्ति आवश्यक छ भन्ने कुरा जोडदार रूपमा उठाइयो । त्यसपछि नै अन्य जनवर्गीय संगठनहरू (जवस) ले आ-आफ्ना कार्यक्रमहरू सञ्चालन गर्न थाले । कालिकोटमा दलित महिलाहरूले प्रतिक्रियावादी सेनाहरूबाट हतियार खोसेर पार्टीलाई बुझाए । इ.स. २००१ को मार्च महिनामा ७ जना महिला बन्दीहरू गोरखाको जेल तोडेर भाग्न सफल भए । सम्भवतः यो विश्व इतिहासमै एउटा नयाँ कीर्तिमान हो। नोभेम्बर २००१ मा संकटकालको घोषणा हुनुअघि सबै जबसहरूमध्ये महिला संगठन नै अगाडि थियो। मदिराविरोधी आन्दोलन त यति जुझारु थियो कि सरकार (पुरानो सत्ता) वार्ता गर्न बाध्य बनेको थियो। पार्टीभित्र पुरुष सदस्यहरूले व्यक्तिगत सम्पत्ति परित्याग गर्नुअघि नै महिलाहरूले आफ्नो एक मात्र निजी सम्पत्ति गहना-गुरिया खुसीसाथ पार्टीलाई जिम्मा लगाउन सुरु गरेका थिए । संकटकालमा महिलाहरूलाई जेलमा हाल्ने, गायब पार्ने, बलात्कार र हत्या गर्ने कामलाई सरकारले असाध्यै बढाए तापनि महिलाहरूको सहभागितामा कमी आउनुको साटो बढोत्तरी हुँदै गयो ।
हरेक मोर्चामा महिलाहरूको नेतृत्वको विकासको लागि वस्तुगत अवस्था तयार छ। त्यसैले ने.क.पा. (माओवादी) ले केन्द्रीय समितिले हेर्ने गरी महिलाहरूको एउटा छुट्टै विभाग गठन गरेको छ । महिलाहरूको नेतृत्वकारी क्षमता र सम्भावनालाई उच्च स्तरसम्म विकसित पारेर पार्टी, सेना र संयुक्त मोर्चा अर्थात् तीनवटै अंगहरूको नेतृत्व पंक्तिमा उनीहरूको सहभागितालाई सुनिश्चित गर्नु यो विभागको उद्देश्य हो ।
पार्टीमा नेतृत्वको प्रश्न
जति जति गाउँ र जिल्लाहरूको स्तरमा प्रतिक्रियावादी राज्यसत्ताको ठाउँ क्रान्तिकारी संयुक्त मोचांले लिंदै गयो, त्यति नै बढी महिला नेतृत्वको प्रश्न महत्त्वपूर्ण बन्दै गयो। महिलाहरू अभूतपूर्व धैर्य, त्याग र समर्पणका साथ आन्दोलनमा सहभागी हुँदै गइरहेको प्रस्ट देखिन्छ । यद्यपि उनीहरूमा दक्षताको अभाव थियो । संयुक्त मोर्चाको विभिन्न स्तरमा समायोजनका लागि जब संयुक्त क्रान्तिकारी जनपरिषद्को गठन भयो, त्यतिबेला यो प्रश्न अरू जरुरी बन्न पुग्यो ।सेनामा पनि यो प्रश्न उठ्न थाल्यो । अहिले जनसेनाको विकास बिग्रेडको तहसम्म पुगिसकेको छ। र, त्यसमा महिलाहरुको एउटा छुट्टै प्लाट्नको गठन भएको छ। पुरुषहरू त उमेरले ४० काटिसकेपछि पनि अगाडि बढिरहेका छन् तर महिलाहरू भने २५ वर्षपछि यस क्षेत्रमा अगाडि बढन सकेका छैनन । महिलाहरूमा नेतृत्वको गुण विकसित गर्नुपर्ने आवश्यकताको जोडदार माग वस्तुगत स्थितिले गरिरहेको छ। कम्युनिस्ट आन्दोलनमा महिलाहरूको भमिकामाथि सैद्धान्तिक बहस पनि चलिनैरहेको थियो कि दोस्रो राष्ट्रिय सम्मेलन, जहां प्रचण्डपथ स्वीकृत भयो, त्यहाँ प्रतिक्रान्ति रोक्न र निरन्तर क्रान्ति सञ्चालन गर्ने सन्दर्भमा महिलाहरूको भूमिकाबारे गम्भीर बहस भयो। यथार्थमा महिलाहरूको छट्टै विभाग स्थापना गर्ने कुरा प्रचण्डपथकै उपज हो ।
नेतृत्व र महिला
मूलतः नेतृत्व राजनीतिक विचारधाराकै वास्तविक रूप हने गर्दछ । यसैले कम्युनिस्ट पार्टीमा नेतत्वको निर्धारण विचारधारामाथिको अधिकारले तय गर्ने गर्दछ । यो गुण निरन्तर वर्गसंघर्ष पार्टीभित्रको अन्तरसंघर्ष र आत्मसंघर्षद्वारा विकसित हुने गर्दछ। यसैले वास्तविक र परीक्षित (Tested) नेतृत्वको विकास तिनै देशहरूमा हुन सक्छ, जहाँ वर्गसंघर्ष छ, जहाँ पार्टीभित्र स्वस्थ संघर्ष चलेको छ र जहां पार्टी सदस्यहरूसंग निर्वाध आन्तरिक संघर्षमार्फत सर्वोच्च रूपान्तरणको माग गरिने गरिएको छ। निश्चय नै रोजा लक्जेम्बर्ग, अलेकजान्द्रा कोलोन्ताई, क्लारा जेटकिन र च्याङ चिङ आ-आफ्ना देश क्रमशः जर्मनी, रूस र चीनको वर्गसंघर्ष र पार्टीको आन्तरिक संघर्षबाट खारिएर विकसित भएका थिए। महिला भएका कारणले पुरुषको तुलनामा उनीहरूले आत्मसंघर्ष भने वढी नै चलाउनुपरेको थियो होला ।
नेतृत्वको प्रश्न वस्तुगत आवश्यकतासँगै संयोगसँग पनि जोडिएको छ। यी दुईबीचको द्वन्द्वात्मक सम्बन्धमा वस्तुगत स्थितिले नै नेतृत्व पैदा हुने परिस्थिति प्रदान गर्दछ तर कसले नेतृत्व गर्ला भन्ने कुराचाहिँ संयोगमा पनि भर पर्दछ। यहां नारी नेतृत्वको प्रश्न झनै जटिल बन्न जान्छ। क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा के देखिएको छ भने क्रान्तिको दौरानमा महिलाहरूमा आक्रोश त प्रवाहित हुने गरेको छ तर त्यस ऊर्जालाई स्थायी नेतृत्वमा रूपान्तरित गर्ने काममा प्रायः सफलता मिल्ने गरेको छैन। यो प्रश्न बारम्बार उठ्ने गरेको छ कि आखिर कम्युनिस्ट पार्टीको नेतृत्वमा यति थोरै महिला किन छन् ? जबकि मार्क्सवादले नारी उत्पीडन र नारी विमर्शमाथि यति गहिरो विश्लेषण प्रस्तुत गरेको छ । प्रश्न उठ्छ कि नारी नेतृत्वका निम्ति वस्तुगत स्थितिहरू यति विकसित हुँदै गइरहेका छन् तर फेरि पनि निर्णय संयोगकै आधारमा किन हुने गर्दछ ? यसको विश्लेषण जरुरी छ ।
राजनीतिक मञ्चमा महिलाको ढिलो प्रवेश
दास प्रथाको अवधिदेखि नै विशेषाधिकारसम्पन्त पुरुषहरूले राजनीतिक मुद्दामा विशेष कौशल हासिल गरेका थिए । उनीहरूले दास मात्र होइन, आफ्नै वर्गका नारीहरूसमेतको मूल्यमा नेतृत्वकारी गण विकास गरे । यो आज पनि जारी छ । यहाँनेर एग्रेल्सलाई सम्झौ । उहाँका अनुसार मातृत्वको अधिकारको अन्त संसारमा नारी जातिको हारको सूचक थियो । त्यसपछि घर पनि पुरुषको कब्जामा पर्यो र नारीहरू केवल भोगका वस्तु र नानी जन्माउने यन्त्र बन्न बाध्य भए । सम्पत्तिमाथि पुरुषहरूको अधिकार कायम भयो र नारीहरू शासित मात्र रहन गए। श्रम विभाजन यसरी भयो कि पुरुषले बौद्धिक काम आफ्ना निम्ति हडपिए र नारीमाथि शारीरिक काम लादियो। विस्तारै-विस्तारै पुरुष विश्लेषण र संश्लेषणसम्म पुग्यो र नारी भने घर-परिवारको काममा हराउँदै गए । पुरुषले विश्व ज्ञानमाथि एकाधिकार कायम गर्यो। अनि उसले विश्वको परिभाषा मात्र गरेन, त्यसलाई (विश्वलाई-अ.। फेर्दै पनि आइरहेको छ। आज पनि, २१ औं शताब्दीमा पनि कुवेतमा महिलाहरूले मत (भोट) दिने अधिकार पाएका छैनन् । महिलाहरूलाई सामाजिक-राजनीतिक जीवनबाट बाहिरै राख्ने मध्यपूर्वका सामन्ती शासकहरूलाई साम्राज्यवादी देशहरूले समर्थन गर्ने गर्दछन् । पश्चिममा पनि नारीवादीहरूको चर्को होहल्ला हुँदाहुँदै पनि कमै महिला मात्र राजनीतिक दलको नेतृत्व तहमा छन् । नेपालमा त सामन्ती राजतन्त्रको कारण नारीहरू जन्मेदेखि नै उपेक्षित हुने गरेका छन् । यही कारणले गर्दा कम्युनिस्ट पार्टी, जो भर्खरै हुर्किएको छ, मा पनि महिलाहरू नेतृत्वमा छैनन् ।
चालू उत्पादन-प्रणाली महिलाका निम्ति अनुकूल छैन
आज समाजको आधार (Base) र अधिरचना (Superstructure) सामान्यतः शोषक र विशेषगरी महिलाको पुनरुत्पादक र घरेलु श्रममाथि आधारित छ । सम्पत्ति-सम्बन्धको सन्दर्भमा महिलालाई पुरुषको सम्पत्तिको पोषक र पुरुष वारिस पैदा गर्ने यन्त्र मात्र सम्झिने गरिन्छ । सम्पूर्ण सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक व्यवस्था यसै शोषणलाई पोषण गर्ने काममा लागिपरेको छ । विवाहलाई नै लिऊँ- त्यो सम्पत्ति-सम्बन्धमा पुरुष वर्चस्व कायम राखिराख्ने संस्था मात्र बनेको छ । महिलाका निम्ति त त्यो संस्थाले घरेलु दासताकै जन्म दिन्छ । दुःखको कुरा कम्युनिस्टको घरमा पनि यही हुने गर्दछ। भलै अलिकम ।
नेपालमा वाम आन्दोलन मजबुत छ । त्यसमा महिला कार्यकर्ता विकसित हुने गर्दछन् । तर चाँडै नै मान्यता पाउनु सँगसँगै तिनीहरू हराउँछन् । मुख्य कारण विवाह संस्था हो। यसले नै भावी नेतृत्वलाई निलिदिने गर्दछ । जनयुद्धमा यो ढाँचा फेरिदैछ तर महिलाहरूको नेतृत्वको निरन्तरताको प्रश्न उनीहरूले बिहे गरेपछि वा उनीहरू आमा बनेपछि उठिनैरहने गरेको छ । यो यसकारणले हुन्छ कि नेपालमा सामन्ती पितृसत्ता पुंजीवादी पितृसत्ताको अपेक्षामा बढी जटिल भएकाले कम्युनिस्ट महिलाहरूको वैवाहिक जीवन काफी जटिल हुनसक्छ । यद्यपि निजी सम्पत्तिको धारणा विस्तारै-विस्तारै समाप्त हुँदैछ, तथापि सामन्तवादका साँस्कृतिक जराहरूले विभिन्न ढंगले प्रभावित गर्दछन् । जस्तै आवश्यकताको नाममा पारम्परिक श्रम विभाजन । साथै आमा बन्नुपर्ने एकतर्फी बोझ पनि उनीहरूमाथि नै छ। प्रत्येक नानी जन्माउनुसँगै उनीहरू घरेलु दासताको दलदलमा भासिदै जान्छन् । जनयुद्धमा संलग्न धेरै महिलाहरूको यो गुनासो छ कि नानी जन्माउनुको अर्थ हुन्छ मानौं उनीहरूमाथि अनुशासनको कारबाही भएको छ, किनकि त्यसपछि लामो समयसम्म उनीहरू पार्टी गतिविधिबाट टाढा रहन बाध्य हुन्छन्। यसरी धेरै आका बोकेका महिलाहरू आफूले रोजेको कामरेडम बिहे गरेपछि पनि विस्मतिमा लोप हुने जोखिम मोल्न बाध्य हुन्छन् । यस्तो विशेष गरेर आधारक्षेत्रमा नफेरिइसकिएका पारस्परिक जन्मस्थानतर्फ हने गर्दछ । जहा सुत्केरी अवस्थामा जनता र पाटीबाट विशेष सहयोग प्राप्त हन सक्तैन । होल रुकुम, रोल्पा आदिजस्ता आधारक्षेत्रमा अवस्था फेरिन थालेको छ । आमाहरूलाई जनता र पार्टीबाट सहयोग प्राप्त हुन थालेको छ । महिलाहरूमाथि सन्तान विशेष गरेर छोरा पाउन दबाव पर्न सामन्ती समाजको अर्को एक पहल हो । जनयुद्धले एक हदसम्म यसलाई निषेध गरेको छ तर पनि कमसेकम एउटा नानी जन्माउने पर्ने दबाव भने कायमै छ।
एउटा अर्को प्रवत्ति पनि समाजमा छ त्यो हो- महिलामाथि प्रत्यक्ष वा परोक्षरूपले बिहे गर्नैपर्ने दबाव दिइन्छ । किनकि अविवाहित नारीप्रति पुरुष मात्र होइन स्वयं महिला नै पनि शंकालु हुन्छन् । यसले गर्दा नचाहेको र समयभन्दा पहिले नै बिहे हुने गर्दछ । यसबाहेक यौन अपराधलाई राजनीतिक अपराधभन्दा पनि गम्भीर अपराधका रूपमा लिइने गरिन्छ ।
महिलाको संघर्ष पुरुषको संघर्षभन्दा जटिल
कम्युनिस्ट महिलाका निम्ति वर्गसंघर्ष, पार्टीभित्रको अन्तरसंघर्ष र आत्मसंघर्षमा सामेल हुनु मात्र पर्याप्त हुन्न । प्रायः पार्टीभित्र बहुमतको पक्षको हुँदा पनि ऊ अल्पमतमा हुन्छे। यो पितृसत्तात्मक संरचनाका कारण उसको आत्मसंघर्ष आफैमा मात्र सीमित रहन्न । उसले पितृसत्तात्मक मूल्यविधानको प्रभाव जस्तै- नियतिवाद, हीनताबोध, अपराधबोध, पीडित-उत्पीडित हुनुको बोध आदिका विरुद्ध पनि संघर्ष चलाउनुपर्दछ । अझ ऊ एक्लै, विधवा अथवा एकभन्दा बढी पटक विवाहित भएको भए त उसको संघर्ष अझै बढेर जान्छ । यस प्रश्नमा कोलोन्ताइले प्रशस्त दस्तावेजहरू जम्मा गरेकी छिन् । उनी स्वयं यस्ता विवाहविरुद्धको विद्रोहको सर्वोत्तम उदाहरण हुन् । उनले क्रान्तिको काममा जुट्न सकूँ भन्ने उद्देश्यले पहिलेको पति र नानीलाई त्यागेकी थिइन् । दोस्रोपटक उनले आफ्नो कम्युनिस्ट पतिलाई यसकारण त्यागिन् कि ऊ पनि उनीबाट परम्परागत अपेक्षाहरू गर्दथ्यो । यी विद्रोहको कारण उनले बुर्जुवाहरूबाट मात्र होइन, परम्परावादी कम्यूनिस्टहरूका तर्फबाट पनि कठिनाइहरूको सामना गर्नपयो यसैले त हो अनुदार कम्युनिस्टहरूभित्र उनी क्रान्तिकारी योगदान विशेषत सर्वहारा महिलाहरूको सन्दर्भमा क्रान्तिकारी योगदानको निम्ति कम चिनिन्छिन। बरु उनले सेक्सलाई पानीको ग्लास भन्ने गर्थिन जसलाई पिउन सजिलो र सरल हुन्छ भन्ने प्रचारका निम्ति उनको बढी चर्चा गर्ने गरिन्छ । दोस्रो उदाहरण च्या चिङको हो । उनले पहिले गरेको विवाहको निम्ति उनको आलोचना हुने गर्दथ्योर पार्टीमा पनि उनलाई राम्रो गरी स्वीकार गरिदैन्थ्यो । माओसंगको विवाहका कारण उनले वषौंसम्म राजनीतिक अलगावमा रहेर मूल्य चुकाउनुपरेको थियो । यस्तो निर्णय दक्षिणपन्थी ल्यू शाओ चीको पालामा लिनुपरेको थियो ।
कम्युनिस्ट पार्टीमा पितृसत्तात्मक मूल्यहरूको अभिव्यक्ति
नारीवादी आन्दोलन बुर्जुवा क्रान्तिको उपज भएकाले अक्सर कम्युनिस्ट पार्टीहरू नारीको प्रश्नमा बेहद उत्तेजित हुने गर्दछन् । यसैले सिद्धान्ततः महिलामुक्तिलाई स्वीकार गर्दागर्दै पनि ती पितृसत्तात्मक मूल्यको सिकार बन्न पुग्दछन् । यो कैयौ तरिकाबाट चरितार्थ हुन जान्छ। उदाहरणको निम्ति महिलालाई विश्वसनीय र बराबरका साझेदार मान्नुको सट्टा उनीहरूलाई सहयोगीको भूमिकामा राख्ने गरिन्छ। परिणाम यो हुन जान्छ कि महिलाको शोषणलाई गौण ठान्ने मूल्यमा समेत पार्टीले वर्गसंघर्षमा आवश्यकताभन्दा बढी जोड दिन पुग्दछ । यस्तो हुँदा वर्गसंघर्ष र लिंगीय संघर्षबीचको द्वन्द्वात्मक सम्बन्ध ओझेलमा पर्न जान्छ । यस्ता उदाहरण भेटिन्छन् जहाँ महिला संगठन बनाउन पार्टीले विलम्ब गर्दछ, यदि संगठन छ भने पनि यसको उपेक्षा गर्दछ वा संगठन भएका ठाउँहरूमा पनि तिनीहरूलाई आफ्नो योजना र कार्यक्रम बनाउने स्वतन्त्रता मिल्दैन । यसरी महिलाहरूको पहल र सिर्जनात्मकता विकसित हुन सक्दैन । यसले गर्दा पार्टीमा महिलाहरूको अलगाव र पिछलग्गुपन बढ्न जान्छ । पार्टी कार्यक्रमसँग महिला संगठनको कार्यक्रमलाई ठीक ढंगले समायोजित नगर्नाले यस्तो स्थिति पैदा हुन्छ र पार्टी कार्यक्रमले अनावश्यक हावी हुने मौका पाउँदछ । महिलाहरूलाई केवल महिलासम्बन्धी कार्यमा खटाउँदा पनि पार्टीभित्रको अनुदारता साफ प्रकट हुन्छ । यसले उनीहरूलाई नीतिगत र अन्य काममा भागेदारी गर्ने अवसरबाट वञ्चित राख्दछ ।
वास्तवमा यसले स्वतःस्फूर्ततालाई नै बढाउँछ । यसले गर्दा महिलासम्बन्धी मुद्दा उठ्न त उठ्छ, तर त्यसलाई कार्यान्वयनसम्म लगिदैन र परिस्थितिमाथि निर्भर हुँदै त्यो मुद्दा शिथिलताको सिकार बन्न जान्छ । पुरुषलाई बौद्धिक र महिलालाई शारीरिक श्रम छुट्याउने पारम्परिक श्रम विभाजनमा प्रायः पार्टीले सक्रिय हस्तक्षेप गर्दैन। यो यस तरिकाले पनि अभिव्यक्ति हुन्छ कि नारी-पुरुषबीच निरपेक्ष समानतालाई स्वीकारिन्छ र नारीको विशेष स्थिति र आवश्यकताप्रति संवेदनशीलता देखाइँदैन । यो त्यतिबेला बढी उजागर हुन्छ, जुन बेला महिलाहरू रजस्वला (महिनावारी) र सुत्केरी अवस्थामा हुन्छन् ।
महिला क्याडरमा आत्मगत प्रयासको कमी
दोहोरो उत्पीडनमा परेका कारण महिलाले लामो संघर्ष चलाउनुपर्ने हुन्छ । तर आत्मगत प्रयासको कमीको कारण ऊ बीच बाटैमा हार्न पुग्दछे । उदाहरणका निम्ति जहाँ उसले सामन्ती मान्यताका विरुद्ध विद्रोह पनि गरेकी हुन्छे, त्यहीं वर्गसंघर्ष चलाइरहने र काममा भने असफल भएकी हुन्छे। अनि जहाँ वर्गसंघर्ष चलाउन सकेकी हुन्छे, त्यहीं पार्टीभित्र अन्तरसंघर्ष चलाउने सवालमा भनेपछि परेकी हुन्छे । अन्तरसंघर्षमा भाग नलिने अथवा ठीकसँग संघर्ष नचलाउने प्रवृत्तिले विचारधारामाथि उनीहरूको पकड कमजोर बनेर जान्छ । यसरी पार्टी र आन्दोलनको दिशा तय गर्ने काम, जुन काममा उसको मुक्ति निर्भर छ, त्यही कामबाट उनीहरू वञ्चित बन्न जान्छन् । आत्मगत प्रयासको कमी कैयौं प्रकारले चरितार्थ हुने गर्दछ । सैद्धान्तिक ज्ञानको अध्ययनप्रति गम्भीर नहुनुको परिणाम ऊ व्यवहारिकतावाद अर्थवाद र संकीर्णतावादको सिकार बन्न पुग्छ । यसले गर्दा उसने पार्टीभित्रको अन्तरसंघर्षमा भाग लिन र आफ्नो वस्तुगत स्थिति फेर्न पाउँदिन। त्यसले गर्दा पहिलेको वस्तुगत स्थितिका कारणबाट उत्पन्न प्रवृति बोकिरहन ऊ माध्य हुन्छे । उसले व्यवहारमा पिछलग्गुले जस्तै पाटी निर्देशो अन्धानुकरण गर्दछे जसरी कि उसले पहिले पिताको फेरि पतिको र विधव भइहाले पुषको निर्देशको अनुकरण गर्दछ । यसरी ऊ परिस्थितिको शिकार बनिनैरहन्छे । यसले अनियोजित (Unplanned) मातृत्वको स्थिति पैदा हुन्छ जुन सैनिक दायित्व निभाइरहेको महिलाहरूका निम्ति ज्यादै कठिन बन्न जान्छ । यसले महिलालाई पतिको राजनीतिक लाइनको अन्धानुकरण गर्ने स्थितिमा पुयाउछ। उसको स्वतन्त्र राजनीतिक जीवनको विकास हुन पाउँदैन । आफ्नो अधिकारमाथि जोड नदिएर ऊ पारम्परिक श्रम विभाजनमा अल्झिरहन्छ । यस प्रकारले ज पारम्परिक अनुदार विचारको बाहक बनेर प्रतिक्रान्तिको बाटोतर्फ हिडिरहेकी हुन्छे । उसले विवाह र मातृत्वलाई आफ्नो राजनीतिक/सैनिक जीवनमा एउटा ठहराव (ब्रेक) कारूपमा लिन्छे मानौं त्यो कुनै अस्थायी काम हो । यसप्रकार ज पतिको कार्यक्षेत्रमा स्वेच्छाले सहभागी बनेर आफ्नो पहिलेको कार्यक्षेत्र छोडिदिन्छे यसरी पटकपटक ठाउँ र काम फेर्नाले ऊमाथि पुरुषको अपेक्षा बढी प्रभाव पर्दछ । कुल मिलाउँदा ऊभित्र एक प्रकारको हीनताबोध जन्मन्छ, जसले क्रान्तिको लागि प्रतीकूल प्रभाव पार्दछ ।
पुरुषहरूमा आफ्नो विशेषाधिकार त्याग्ने इच्छाको अभाव
महिलाहरूको समस्या यो छ कि उनीहरू आफ्नो निम्ति कुनै जोड गर्दैनन् तर पुरुषका निम्ति भने पितृसत्ताद्वारा प्राप्त विशेष स्थिति त्याग्नु एउटा समस्या बनिरहन्छ। यो त्यतिवेला हुन्छ, जतिबेला पुरुषले महिलाको नेतृत्वलाई औपचारिक रूपमा त स्वीकार गर्दछ परन्तु वास्तविकतामा स्वीकारेको हुँदैन। यसले पार्टी, जनमुक्तिसेना र संयुक्त मोर्चामा महिला नेतृत्व स्थापित हुन विलम्ब हुन्छ। जुन क्षेत्रको नेतृत्ववाट महिला हटेका हुन्छन् त्यहाँ काम गर्दा उनीहरूमा देखिएको भूल र कौशलको अभावप्रति पुरुषहरू धैर्यहीन बन्दछन् । प्रायः पुरुषहरु महिलाको मामिला महिलामाथि नै छोड्ने गर्दछन् । मानौं त्यससँग उनीहरू (पुरुषहरू) को कुनै सरोकार नै छैन। उनीहरू महिलासम्बन्धी साहित्य पढ्दैनन, महिला मोर्चाको कार्यक्रम लागू गर्ने कार्यमा उत्सुकता देखाउँदैनन् । यो छद्मरूपमा त्यतिवेला प्रकट हुन्छ जतिबेला महिलाहरूको सुरक्षाको बारेमा आवश्यकताभन्दा बढी चिन्ता देखाइन्छ र महिलाको बौद्धिक काम उनको साटो कने पुरुषले गरिदिन्छ । प्रस्टै छ कि उसले गर्न सक्तिन भनेर नै यसरी उसका जिम्माको काम गरिदिने गरिन्छ । आफ्नो विशेष सुविधा छोड्ने अनिच्छाको कारण उनीहरू पत्नीहरूले स्वतन्त्र ढंगले काम गर्न खोज्दा हतोत्साहित गर्न थाल्छन्।
राजनीतिक लाइन र महिला नेतृत्वको प्रश्न
कम्युनिस्ट पार्टीको सही विचारधारा र नीतिले नै नारीमा नेतृत्व क्षमताको विकास र नारी मुक्तिको मार्ग निर्धारित गर्न सक्तछ । लेनिनको नेतृत्वमा सही लाइनकै कारण कोलोन्ताई, क्लारा जेट्किन, इनेसा अरमान्द्र र रोजा लग्जेमवर्गजस्ता नारी नेतृत्वको विकास हुन सकेको थियो। सही लाइनकै कारण लग्जेमवर्ग र जेट्किनले १९१० मा स्टकहोममा आयोजित प्रथम समाजवादी नारी सम्मेलनमा ८ मार्चलाई नारी दिवसकारूपमा मनाउने अवधारणालाई विकसित गर्नसके । आज यसलाई कम्युनिस्टले मात्र होइन अरूले पनि आ-आफ्नै तरिकाले मनाउने गर्दछन् ।
रोजा लग्जेमवर्गले आफ्नो पुस्तक रिफर्म अर रिभोल्यूसनमा वर्नस्टाइनको पर्दाफास गरिन् र उसका (वर्नस्टाइनका) विरुद्ध संघर्ष गरिन् । यो पनि राजनीतिक लाइनकै कारण सम्भव भएको थियो। पार्टीलाई केन्द्रीयता र जनवादको द्वन्द्वात्मक सम्बन्धको सन्दर्भमा बुझिएन वा देशविशेषको स्थिति हेरेर लागू गरिएन भने पार्टीभित्र नोकरशाही जन्मन्छ भनेर लेनिनलाई सावधान गर्ने साहस उनमा थियो । पहिलेका समाजवादी देशहरूमा प्रतिक्रान्ति र जनयुद्धमा संलग्न क्रान्तिकारी पार्टीहरूमा नोकरशाही विकसित भएको यसले देखाउँछ कि रोजाको चेतावनी आज पनि प्रासंगिक छ ।
यसरी नै माओको सही लाइनले सांस्कृतिक क्रान्तिलाई जन्म दियो र त्यसले नारी आक्रोशलाई अभिव्यक्ति दियो। दक्षिणपन्थी हेडक्वाटरका विरुद्ध आह्वान गर्दै ल्यू शाओ चीको आलोचना गरिएको पहिलो पोस्टर एउटी महिलाले टाँसेकी थिइन् । साँस्कृतिक क्रान्तिले नै चियाङ चिङमा दमित रहेको नेतृत्व गुणलाई प्रस्फुटित हुने अवसर प्रदान गर्यो र मृत्यु (हत्या ?) पर्यन्त उनी पुंजीवादपन्थीहरूको विरुद्ध संघर्ष गर्न समर्थ भइन् । अर्कोतर्फ यो पनि हेर्नुपर्दछ कि हेडक्वाटरमा ल्यू शाओ चीको दक्षिणपन्थी गुटको कब्जा भएको बेला नारीहरूलाई बेरोजगारी समस्या हल गर्ने नाममा घर फर्किने सल्लाह दिइयो । दक्षिणपन्थी नीति, पेरोस्त्रोइका र देडका पुँजीवादी नीतिहरूकै कारण नै नारीहरूको बजारीकरण भयो र वेश्यावृत्ति, जुवा र सौन्दर्य प्रतियोगिता जस्ता विकृतिहरू पुनः सुरु भयो ।
यसपछि हामीले बिर्सन नहुने कुरा के हो भने जसरी महिला विभिन्न आर्थिक वर्गमा बाँडिएका हुन्छन्, त्यसरी नै कम्युनिस्ट महिला पनि दक्षिणपन्थी, मध्यमार्गी र क्रान्तिकारी लाइनमा विभाजित रहेका हुन्छन् । दक्षिणपन्थी र मध्यपन्थीहरूद्वारा मजदुर नारीविरोधी लाइन अख्तियार गर्नुको परिणाम महिलाहरू आफ्नै पार्टीमा विस्तारै-विस्तारै किनारा लाग्दछन् । जसले क्रान्तिकारी लाइन लिन्छन्, तिनीहरूले भलै क्रान्ति गर्न नपाऊन्, उनीहरू लोकप्रिय र प्रसिद्ध हुन्छन् जस्तै रोजा लग्जम्बर्ग । उनको हत्या गरिएको थियो। तर यसले उनको सम्मान अझै बढायो । यसरी चीनमा चियाङ चिङले जीवनको अन्तसम्म माओको क्रान्तिकारी लाइनको रक्षा गरिन् । क्रान्तिकारी नारीहरूले आन्दोलनमा सदैव आक्रामक रूप अपनाउने गरेका छन् । संशोधनवादले नोकरशाहीलाई प्रश्रय दिन्छ । जसले पितृसत्तात्मक मूल्यलाई बढाउँछ । यसले राजनीतिमा नारीलाई नकारिदिन्छ भन्ने कुरामा सचेत भएकै कारण ती नारीहरूले आक्रामक रूप अपनाएका हुन् । यो ध्यान राख्नुपर्दछ कि नेपालजस्ता तेस्रो दुनियाँका देशहरूमा जहाँ वर्गभिन्नता धेरै स्पष्ट छैन, त्यहाँ पार्टीको अन्तरसंघर्ष प्रायःजसो लिंगीय, जातीय र क्षेत्रीय संघर्षको रूपमा उठ्छ । यस प्रकार लिंगीय समस्या एउटा महत्त्वपूर्ण प्रश्नको रूपमा उठ्छ । यसैले लिंगीय प्रश्नलाई गौण सम्झनले अन्ततः वर्गसंघर्षलाई पनि प्रभावित पारिदिन्छ ।
व्यक्तिगत सम्पत्ति र महिला नेतृत्वको प्रश्न
अधिकांश यो देखिन्छ कि महिलाहरू ज्वार जस्तै आन्दोलनमा उठ्छ । सम्भावना सम्पन्न नेतृत्व देखापर्दछ । तर क्रान्तिको विजय या पराजयको संगसी त्यो ज्वार र त्यसको नेतृत्व माटामा फेरिन्छ । यसको पछाडिको मुख्य कारण व्यक्तिगत सम्पत्तिको धारणा हो । जबसम्म व्यक्तिगत सम्पत्ति रहन्छ महिलाहरूलाई घरपरिवारमा व्यक्तिगत सम्पत्तिको पोषणको लागि फिर्ता जानुपर्ने अवस्था कायम रहन्छ, चाहे जति पनि सामाजिक क्रान्तिहरू होऊन् । यसैले नारीका निम्ति निरन्तर क्रान्तिको धारणाको प्रासंगिकता छर्लङ्ग हुन्छ । यसैकारण कान्तिकारी पार्टीहरूले सचेत प्रयास गर्नपर्दछ ताकि साम्यवादको अवस्थामा कान्तिकारी महिला नेतृत्वले एक उत्प्रेरक स्रोतकारूपमा काम गरिरहून् । प्रस्टै है महिला नेतृत्वको प्रश्नलाई सयोगको भरमा छोड्न सकिदैन । त्यसको लागि सचेत पोषण र सुरक्षाको आवश्यकता पर्दछ ।
नेपालमा महिला नेतृत्वको केही अनुभव
ने.क.पा. (माओवादी। ले क्रान्तिकारी महिला नेतृत्वको महत्त्वलाई महसुस गर्नुसँगै केही उत्साहप्रद अनुभवहरू आर्जेको छ। पार्टीको सेल र एरियास्तरमा हजारी, जिल्लास्तरमा सयकडौं र क्षेत्रीय व्युरोस्तरमा दर्जनौं महिलाहरू कार्यरत छन् । मुक्ति सेनाको स्क्वायड, प्लाटुन र ब्रिगेडस्तरमा कैयौ महिला कमान्डरहरू छन्। भावी जनसरकारको संगठन समितिको रूपमा रहेको संयुक्त क्रान्तिकारी जनपरिषद्मा कुल ३७ मध्ये ४ सदस्य महिलाहरू छन् । प्रत्येक स्तरमा उनीहरूको सदस्यता तथा सहभागितालाई अनिवार्य बनाइएको छ ।
प्रत्येक क्षेत्रमा उनीहरूको भागिदारीलाई सुनिश्चित गर्ने अवधारणाको व्यावहारिक उदाहरणका निम्ति पश्चिम नेपाललाई लिऊँ, यस क्षेत्रमा १५०० महिला इकाइहरू छन् । महिला जनसंगठनहरूमा ७ लाख सदस्यहरू छन् । सैनिक क्षेत्रलाई हेर्दा १० सेक्सन कमान्डर, २ प्लाटुन कमान्डरहरू महिला रहेका छन्। त्यसरी नै बटालियनको स्वास्थ्य विभागको कमान्डर पनि महिला नै छिन् । त्यहां महिलाहरूले एउटा अभियान सुरु गरेका छन्, ‘जहाँ सम्पर्क त्यहाँ संगठन, जहां संगठन त्यहाँ उत्पादन’ यसरी महिलाहरू उत्पादन कार्यमा पनि जुटिरहेका छन्। जहाँसकै किन नहोस् सी आई डी. जंड्याहा, जवाडे, व्यभिचारी आदिलाई सजाय दिने जनअदालत गठन हंदा त्यसमा महिलाहरूको सक्रिय भागिदारी रहने गर्दछ। महिला मिलिसियाहरूले गाउँलेहरूसँग मिलेर काम गर्ने गर्दछन् । यसरी हामी भन्न सक्दछौं कि पश्चिम नेपालमा महिला नेतत्वको विकासको लागि बस्तुगत परिस्थिति परिपक्व हुँदै गइरहेको छ । बढीभन्दा बढी महिलाहरूलाई उत्पीडक र राजनीतिक रूपले अनुपयुक्त विवाहका विरुद्ध विद्रोह गर्न उत्साहित पारिन्छ । का. शिल्पाकै उदाहरण निज उनी पहिला गुरिल्ला स्क्वायडको कमान्डर बनिन, त्यसपछि विस्तारै-विस्तार जिल्लास्तरको कमिटीको सदस्य बनिन् । मई २००२ मा प्रतिक्रियावादी सेनाका साथ एक मठभेडमा उनको हत्या भयो । तिनले क्रान्तिविरोधी आफ्नो पतिबाट पारपाचुके लिएर क्रान्तिको निम्ति काम गर्ने साहस जुटाएकी थिइन् । हिन्दू परम्पराद्वारा निर्मित विधवा विवाहको चलन बढ्दै गएको छ। क्रान्तिको बाटो पहाडीकन पुनर्विवाह गर्ने विधवाहरूलाई पनि क्रान्तिकारी परिवारको रूपमा परिभाषित गर्ने गरिन्छ । यसले गर्दा सैनिकका विधवाहरूले बिनाअपराधबोध नयाँ विवाह गर्ने अवसर पाएका छन् । जेल तोडेर निस्कने महिला टोलीकी नेता क शिलकै उदाहरण लिऊँ। उनी पोलिटब्यूरो सदस्य सहिद कमरेड वास्को सुरक्षा गर्दागर्दै शहादत प्राप्त गर्ने कमान्डर भीमसेन पोखेलकी पत्नी हुन् । पतिको शहादतपछि उनले मर्यादित ढंगले नयाँ विवाह गरिन् । यस्ता पनि उदाहरण छन्-जहां पति-पत्नी दुवैलाई एकसाथ महत्त्वपूर्ण जिम्मेवारीहरू दिइएको छ । फूलमाया र विजोक पति-पत्नी थिए र दाङ ब्यारेक आक्रमण गर्दा उनीहरू एकसाथ सहिद भए। सतबरिया व्यारेक आक्रमण एक महिला राजनीतिक कमिसारको नेतृत्वमा भएको थियो । संकटकाल लागेपछि धेरै पति-पत्नी र छोराछोरीहरूको शहादत भएको छ । यसबाट थाहा हुन्छ कि परिवारको कति राजनीतिकरण भएको छ ।
उपसंहार
उपर्युक्त प्रस्तुतिबाट यो निष्कर्ष निकाल्न सकिन्छ कि कम्युनिस्ट पार्टीभित्र नारी नेतृत्वको रणनीतिक महत्त्व छ किनकि उनीहरू विश्वसनीय तथा जनाधार सम्पन्न र लामो समयसम्म टिकाउ हुन्छन् । यसले कम्युनिस्ट आन्दोलनलाई नयाँ जनवादी क्रान्तिबाट समाजवादसम्म र निजी सम्पत्तिविहीन साम्यवादसम्म पुऱ्याउन मद्दत गर्नेछ, जहाँ महिलाहरूको पूर्ण मुक्ति सुनिश्चित हुनेछ । इनेसा अरमाण्डले ठीकै भनेकी छिन् कि जसरी साम्यवादमा नपुगी नारीको पूर्ण मुक्तिको बारेमा सोच्न सकिन्न त्यसरी नै नारीको पूर्ण मुक्तिबिना साम्यवादको परिकल्प नै गर्न सकिन्न । नारीहरू दोहोरो उत्पीडनको सिकार ‘भएकाले विद्रोहको अधिकार, साँस्कृतिक क्रान्ति, निरन्तर क्रान्ति, समग्र क्रान्ति र जनआधारित राजनीति आदिले उनीहरूको सन्दर्भमा भारी महत्त्व राख्दछ । दोहोरो शोषणको मारमा परेकाले र संशोधनवादी वामपार्टीलगायत सत्ताधारीहरूले समानता प्रदान गर्ने भनी बारम्बार ढाँटेकाले प्रतिक्रान्ति र संशोधनवादप्रति उनीहरू हमेसा चनाखो रहन्छन् । किनभने उनीहरूले रुस र चीनमा त्यहाँको पार्टीले पुँजीवादी बाटो समाउनुसँगै नारीहरूले पहिले प्राप्त गरेका अधिकारहरू धमाधम खोसिएको कुरा स्पष्ट देखेका छन् ।
निरन्तर शुद्धीकरण अभियानमार्फत पितृसत्तात्मक मूल्यहरूमाथि अंकुश लगाइएन भने पार्टीमा नोकरशाही हुर्कन्छ भन्ने विषयमा कम्युनिस्टहरू सधैं सचेत रहनुपर्दछ । त्यसले पार्टीलई जनताबाट कटाउँदै लैजाने छ। जब पार्टी स्वयं नै लक्ष्य बन्न जान्छ तब पार्टी आफ्नै अस्तित्वको हित साधन गर्नमा सीमित रहनपुग्छ र यसबाट संशोधनवाद मजबुत बन्दछ । त्यसपछि पार्टी शोषकहरूको अग्रदस्ता बन्न पुग्छ । त्यसको वर्ग र लिंगको परिप्रेक्ष्य समाप्त हुन्छ । कम्युनिस्ट आन्दोलन फुल्न र फल्न रोजा लग्जमवर्ग र क्लारा जेट्किनजस्ता केही महिला नेताहरू मात्र पर्याप्त हुन्न बरु ऋप्सकाया र चियाङ चिङजस्ता महिला कम्युनिस्ट सहधर्मीणीहरूको पनि त्यति नै जरुरी हुन्छ। उनीहरू आ-आफ्ना क्षेत्रमा नेता थिए र आफ्ना कम्युनिस्ट पतिहरूको पक्षमा दह्रोसँग उभिएका थिए । उनीहरू आफ्ना पतिहरूलाई आराम र साथ दिनमा मात्र सीमित रहेनन् बरु पार्टीभित्रको दुई लाइन सघर्षमा पनि सक्रियतापूर्वक सहभागी बने । हामीलाई जेनी मार्क्सजस्ती महिलाको पनि आवश्यकता छ, जो निजी र राजनीतिक अप्ठेरा कालहरूमा पतिको साथमा चट्टान बनेर उभिइन् र सक्दो सहयोग गरिन् । किनकि, क्रान्तिको उपलब्धिलाई बचाउन र विकसित गर्न हामीलाई क्रान्तिकारी महिला नेतृहरूको जति जरुरी छ त्यति नै जरुरी छ पुरुष नेतृत्वलाई जोगाइराख्न । हामीले यो बिर्सन हुन्न कि मार्क्स, एंगेल्स, अगस्त बेबेल, लेनिन र माओजस्ता पुरुषहरूले नारी उत्पीडनको गम्भीर विश्लेषण गरेका छन् र मुक्तिको बाटो देखाएका छन् । यो विषयप्रति पनि ध्यान दिनु जरुरी छ कि सर्वहारा जनशक्तिको प्रत्येक उपलब्धि नारी शक्तिको निम्ति पनि उपलब्धि नै हुन्छ भन्ने कुरा कम्युनिस्ट नारीलाई थाहा भएझै पुरुष क्रान्तिकारीहरूले पनि थाहा पाउनुपर्दछ कि क्रान्ति र त्यसको उपलब्धिको रक्षा तब मात्र हुन सक्छ, जब बढीभन्दा बढी महिलाहरू त्यो आन्दोलनमा सामेल हुन्छन् र नेतृत्व प्रदान गर्दछन् । यसरी नै जसरी सर्वहारा आन्दोलनलाई ती सबैको सहयोग चाहिन्छ, जसले आफ्नै वर्गका विरुद्ध विद्रोह गरेका छन् त्यसरी नै सर्वहारा नारी आन्दोलनलाई पनि ती सबैको सहयोग चाहिन्छ जसले केवल वर्गका विरुद्ध मात्र होइन, आफ्नो एकनासे यौनवादी दृष्टिकोणका विरुद्धसमेत विद्रोह गरेका छन् । यसैले क्रान्तिकारी नारी र पुरुषबीचको संश्रय इच्छित मात्र नभएर ऐतिहासिक आवश्यकता पनि हो । कम्युनिस्ट महिला नेतृत्वको विकासका निम्ति यो झनै आवश्यक छ ।
र, अन्तमा माओको यो भनाइ दह्रोसँग ग्रहण गर्नु जरुरी छ- “असन्तुष्ट रहू, दुनियाँ असन्तुष्टहरूकै हो ।” यो क्रान्तिकारी नारी नेतृत्वका निम्ति अझ बेसी जरुरी छ किनकि उनलाई वर्गसंघर्ष, पार्टीभित्रको अन्तरसंघर्ष र आत्मसंघर्षको धेरै लामो र अत्यन्त जटिल बाटो पार गर्नुछ ।
‘द वर्कर’ जनवरी २००३ बाट