भूमिका
कपाली जनयुद्धका विशेषताहरूमध्ये सबभन्दा महत्त्वपूर्ण विशेषता यो नेपाली धर्तीको नै उपज हुनु हो। यसको तीव्र विकास यसैको प्रतिबिम्ब हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को मौलिकता यसमा रह्यो कि यसले मार्क्सवाद- लेनिनवाद-माओवादको सार्वभौम सिद्धान्तलाई नेपालको विशिष्टतामा प्रयोग र विकास गर्न सफल भयो। त्यतिमात्र नभएर यसले सुरुदेखि नै मालेमाको शिक्षालाई जडसूत्रको रूपमा नभई सिर्जनात्मक प्रयोग र विकास गर्नेमा जोड दिंदै आएको छ। यसले हालसम्म हासिल गरेका विशेषताहरूमध्ये एउटा विशेषता हो : यसले नेपालको वर्गीय आन्दोलनलाई नेपालमा विद्यमान लिङ्गीय, जातीय र क्षेत्रीय आन्दोलनसित समायोजन गर्न सफल भएको छ । यसले नेपालका विभिन्न समुदायभित्र पर्ने अझ उत्पीडित, सबभन्दा घनीभूत भएको ठूलो समुदाय महिलाहरूलाई क्रान्तिको आधारभूत शक्ति मानेको छ। अतः नौलो जनवादी क्रान्तिका तीन जादुगरी हतियार : क्रान्तिकारी पार्टी, जनसेना र जनसत्तामा सुरुदेखि नै तिनीहरूको अनिवार्य सहभागितालाई महत्त्व दिदै आएको छ । यसको अर्को विशेषता हो : यसले उत्पीडित महिलाहरूलाई नेपालको कम्युनिस्ट आन्दोलनमा नौलो जनवादी क्रान्तिदेखि समाजवादी क्रान्ति हुँदै साम्यवादसम्म पुग्ने रणनीतिक शक्ति मानेको छ। महिलाहरू क्रान्ति मात्र गर्ने शक्ति नभएर प्रतिक्रान्तिलाई पनि रोक्न सक्ने बलिया शक्ति हुन् भन्ने तथ्यलाई जनयुद्धले आत्मसात् गरेको छ। अतः यसले पार्टी, सेना र सत्तामा तिनीहरूको सहभागिताको साथसाथै नेतृत्व विकास गर्ने रणनीतिक पहललाई महत्त्वका साथ पनि लिदै आएको छ। यस्ता अनेकौं कारणले गर्दा वर्गीय आन्दोलनमा महिलाहरूको मात्रात्मक र गुणात्मक सहभागिता छलाङका रूपमा विकास भएको छ। छोटकरीमा भन्दा यसले नेपालको वर्गीय आन्दोलनललाई लिंगीय आन्दोलनसँग समायोजन गर्न सफल भएको छ । आज ने.क.पा. (माओवादी) को सबै तहमा महिलाहरूको संलग्नता र जर्वजस्त सहभागिता छ । जनसेनामा महिलाहरूको संलग्नता तीसदेखि चालिस प्रतिशत पुगेको छ । जनसत्तामा तिनीहरूको सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको छ र कतिपय ठाउँमा प्रमुख, उपप्रमुखको पदमा निर्वाचित भएका छन् । यो सचेत प्रयासको श्रेय जनयुद्धको दौरानमा विकास गरिएको मालेमा र प्रचण्डपथलाई जान्छ । प्रचण्डपथले नेपालका महिलाहरूको विशिष्ट स्थिति, अन्तरविरोध, सम्भावना र चुनौतीलाई वैज्ञानिक ढंगले पहिचान गरी त्यसलाई कम्युनिस्ट आन्दोलनसित जोड्ने सफलता प्राप्त गरेको छ। यसको अर्को विशेषता भनेको अन्तर्राष्ट्रिय क्षेत्रमा भएको द्रुत विकाससित मुकाबिला गर्न नेकपा (माओवादी) ले मालेमाको रक्षा, प्रयोग र विकासलाई अझ महत्त्वका साथ उठाउनु हो । यसले गर्दा महिलामुक्ति आन्दोलनले अझ सुदृढ हुने मौका पाएको छ ।
वैचारिक पक्ष
जनयुद्धको हालसम्मको एउटा महत्त्वपूर्ण उपलब्धि झीना-मसिना अंशअशंमा सीमित लिंगीय माग र अधिकारमा अलमलिएका महिलाहरूलाई राज्यसत्ताको वर्गीय र लिंगीय स्वरूप पहिचान गर्न सक्षम बनाउनु हो । ‘राजनीतिक सत्ताबाहेक अरू सबै भ्रम हो’ र ‘राज्यसत्ताको जन्म बन्दुकको नालबाट हुन्छ’ भन्नेजस्ता सत्ता र सशस्त्र संघर्षका आधारभूत कुराहरू स्पष्ट्याएर तिनीहरूलाई संशोधनवाद, सुधारवाद र संसदवादको धारबाट बचाउँदै क्रान्तिकारी धारमा उभ्याउन जनयुद्ध सफल भएको छ । यसले क्रमिक सुधारको सट्टा क्रान्तिकारी छलाङ्ग र क्रमभङ्गबाट हिंड्न सिकाएको छ । त्यतिमात्र नभएर राज्यसत्ताको प्रश्नलाई केन्द्रविन्दु बनाएर समाजको समग्र राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको प्रश्नलाई गम्भीररूपमा समाधान गर्न खोजेको छ । यसले महिलाहरूले खोजेको दुनियाँलाई बुभने मात्र नभएर बदल्ने आकांक्षालाई राम्ररी समेटेको छ । त्यतिमात्र नभएर ‘विद्रोह गर्नु न्यायोचित हो’ भन्ने महान् सर्वहारा सांस्कृतिक क्रान्तिको स्पिरिटलाई पक्डेर क्रान्तिको दौरानमा प्रतिक्रान्तिको विरुद्ध उभिने साहस महिलाहरूले पनि गर्नुपर्नेमा जोड दिएको छ । यसरी वर्ग संघर्ष, अन्तरसंघर्ष र आत्मसंघर्षमा महिलाहरूलाई समावेश गरेर तिनीहरूको चौतर्फी विकास गर्ने ढोका खोलिदिएको छ । व्यवहारबाट व्यवहारमा, विश्लेषणबाट विश्लेषणमा, अंशबाट अंशमा सीमित भएका महिलाहरूमा ‘विचार र राजनीति सही वा गलत हुनुले नै सबै कुराको फैसला गर्दछ’ भन्ने मालेमावादी मान्यता संस्थागत गरिदिएको छ । त्यतिमात्र नभएर यसले कसरी पार्टीको वैचारिक विकासले महिलामुक्तिको प्रश्नलाई पनि समृद्ध पार्दछ भन्ने विषयलाई खोतल्न पर्याप्त प्रोत्साहन पनि दिएको छ ।
वास्तवमा भन्नुपर्दा नेकपा (एकता केन्द्र) (हाल ने.क.पा. (माओवादी) को ऐतिहासिक एकता महाधिवेशनले (मंसिर २०४८ मा सम्पन्न) जनयुद्धको आधारशिला निर्माण गरिदिएको छ । त्यसले माओवादको विचारलाई मात्र औपचारिकरूपमा अपनाएको छैन, अपितु दीर्घकालीन जनयुद्ध कार्यान्वयन गर्नका लागि क्रान्तिकारी पार्टी, जनसेना र जनसत्ताको निर्माणलाई गम्भीरतापूर्वक आत्मसात् पनि गरेको छ । यसले संसद् र गैरवर्गीय लिंगीय आन्दोलनमा सीमित महिलामुक्ति आन्दोलनलाई आमूल परिवर्तन गर्ने वर्गीय महिलामुक्ति आन्दोलनमा रूपान्तरण गर्ने ढोका खोलिदिएको छ । जनयुद्ध सुरु हुनुभन्दा एक वर्ष पहिले २०५१ मा समपन्न तेस्रो विस्तारित बैठक यस अर्थमा ऐतिहासिक रह्यो कि यसले नेपालमा जनयुद्ध सम्पन्न गर्नका लागि फौजी रणनीति र कार्यनीति पारित गर्यो । फौजी रणनीति र कार्यनीतिमा महिलाहरूको सहभागिता अनिवार्य रूपमा कायम गर्ने अर्थमा तेस्रो विस्तारित बैठकको रणनीतिक महत्त्व रहेको छ । यसले फोस्रो लिंगीय आन्दोलनलाई धारिलो वर्गीय आन्दोलनसित समायोजन गरेर महिलामुक्ति आन्दोलनको नयाँ क्रान्तिकारी इतिहास खडा गरिदियो । यस निर्णयले आम महिलाहरूलाई पूर्णकालीन कार्यकर्ता बनाउनुका साथसाथै भौतिक रूपमा सशस्त्र बनाउने वातावरण बनाइदियो ।
१ फागुन २०५२ मा थालनी भएको जनयुद्धले एकैसाथ सहर केन्द्रित आन्दोलनलाई ग्रामीण दीर्घकालीन जनयुद्धमा रूपान्तरित गरिदियो । उच्चजातीय, पुरुष केन्द्रित, मध्यम वर्गमा सीमित कम्युनिस्ट आन्दोलनलाई जनजाति, महिला र आधारभूत वर्गमा घनीभूत हने आन्दोलनका रूपमा रूपान्तरित गरिदियो । यस घटनाले युगौंयुगदेखि गृहदासीको भूमिका निभाउँदै आएका चुलोचौकामा मात्र कैद महिलाहरूलाई मुक्त बनाएर पूर्णकालीन पेशेवर क्रान्तिकारी कार्यकर्ता बनाउने वातावरण बनाइदियो । यसले सहरमा सीमित शान्तिपूर्ण, सुधारवादी, संसदीय गैरवर्गीय लिंगीय आन्दोलनलाई एकाएक ग्रामीण, सशस्त्र, फौजी, गैर-संसदीय कान्तिकारी वर्गीय लिंगीय आन्दोलनमा रूपान्तरण गरिदियो।
जनयुद्ध सुरु भएपछि २०५४ मा सम्पन्न चौथो विस्तारित बैठकल आधारइलाका निर्माणसम्बन्धी जन योजना पारित गर्यो । त्यसले महिलाहरूलाई वर्गसघर्षको बलबाट प्राप्त अधिकारहरू संरक्षित गर्न महिला नमुना गाउँ जस्तो अवधारणा ल्याउन आधार तयार गरिदियो ।
पाँच वर्षको जनयुद्धका अनुभवहरूलाई संश्लेषित गरी विकास गरेको विचारलाई ‘मालेमा र प्रचण्डपथ’ नामकरण गर्दै माघ-फागुन २०५७ मो दोस्रो राष्ट्रिय सम्मेलनल सम्पन्न भयो । त्यस सम्मेलनद्वारा पारित दस्तावेजमा जनयुद्धको दौरानमा महिलाहरूको उत्साहपूर्ण सहभागिता, तिनीहरूले देखाएको साहस र लगनशीलतालाई यसरी कदर गरेको छ- ‘नेपालमा जनयुद्ध ऐतिहासिक पहलपश्चात् आश्चर्यजनक तीव्रताका साथ अगाडि बढेको गौरवशाली उपलब्धि क्रान्तिकारी महिला आन्दोलनको विकास हो । वर्गीय र लिंगीय दोहोरो शोषण- अत्याचारमा पिसिदै आएको जनसंख्याको आधा हिस्सामा जनयुद्धले पारेको प्रभाव र विकसित भएको विद्रोहको अभूतपूर्व लहरले पुरानो सत्तालाई र त्यसका सञ्चालकहरूलाई आश्चर्य र आतंकको भूमरीमा पारेको छ । देशव्यापी रूपमा र मुख्यतः संघर्षका मुख्य इलाकाहरूमा ग्रामीण किसान महिलाहरूको संगठन विस्तारको तीव्रता दुश्मनका विरुद्ध प्रदर्शन गरेको त्याग, तपस्या, वीरता र बलिदानका उच्च कीर्तिमानहरूको बढ्दो शृंखलाले समग्र जनयुद्ध र क्रान्तिको विजयलाई सुनिश्चित गरिरहेको छ । पुरुषहरूको तुलनामा दुःख, कष्ट र बलात्कारजस्ता पाशविक यातनासहित दुश्मनका सबै प्रकारका दमन, अत्याचारको प्रतिरोधमा, नेपाली महिलाहरूले प्रदर्शन गरेको उच्च प्रतिरोध क्षमताले महिला वर्गमा अन्तरनिहित विद्रोहको अद्भुत शक्तिलाई स्पष्ट गर्दछ । इतिहासका कुनै पनि महान् क्रान्तिको सफलताको मापदण्ड त्यसमा महिला सहभागिता हुने गर्दछ भन्ने मार्क्सवादी विज्ञानलाई अझ गहिरोसँग आत्मसात् गर्दै विद्रोहको यस प्रक्रियालाई सर्वहारावर्गको चेतनामा उठाउन सहयोग गर्नु पार्टीको जनदिशाको अर्को महत्त्वपूर्ण पक्ष हो । महिला वर्गको क्रान्तिमा सहभागिताद्वारा मात्र परिवार, यौन, विवाह, व्यक्तिगत सम्पत्तिलगायत पितृसत्तावादी सामन्ती मूल्य मान्यतालाई जगैदेखि भत्काएर समाजमा नयाँ जनवादी र समाजवादी मूल्य मान्यता स्थापना गर्न सकिने ऐतिहासिक यथार्थलाई पक्डेर अगाडि बढ्नु यससम्बन्धी पार्टीको आधारभूत नीति रहनेछ ।’ (महान् अग्रगामी छलाङ्गः इतिहासको अपरिहार्य आवश्यकताबाट)
सोही वर्ष सम्पन्न भएको क्रान्तिकारी संयुक्त मोर्चाको पहिलो राष्ट्रिय सम्मेलनले संयुक्त कान्तिकारी जनपरिषद् निर्माण गर्यो। त्यस सम्मेलनले पारित सं.का.ज.प. को न्यूनतम नीति र कार्यक्रमले नयाँ सत्तामा महिला र परिवारका हक हित समावेश गरेर नयाँ मूल्य मान्यतालाई स्थापित गरिदिएको छ ।
त्यसपछिको जेठ २०६० मा केन्द्रीय समितिद्वारा पारित ‘एक्काइसौ शताब्दीमा जनवाद’ को विकाससम्बन्धी प्रस्तावले कसरी क्रान्तिका तीन हतियार पार्टी, जनसेना र जनसत्तालाई जनवादीकरण गर्दै विलीपीकरण गर्ने र कसरी तिनीहरूमा जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने भन्ने विषय उठाएको छ। यस प्रक्रियामा श्रमिक महिलाहरूको ठूलो भूमिका हुनसक्छ । महिलाहरूको उत्पादनको कामसँगसँगै प्रजननको कामसमेतले गर्दा उनीहरूमा सामाजिक भावना बढी हुँदा उनीहरूलाई जनता र क्रान्तिका तीन हतियारहरू पाटी, जनसेना, जनसत्ताबीचमा समन्वय गर्ने सामाजिक शक्तिको रूपमा विकास गर्न सकिन्छ । अतः यो दस्तावेजले महिलाहरूको क्रान्ति गर्नुमा मात्र नभएर प्रतिक्रान्ति रोक्नमा समेत रणनीतिक भूमिका उजागर गरिदिएको छ। यहाँ बुझ्नुपर्ने के छ भने असल जनवादी व्यवस्था त्यो हो जसले समाजमा उत्पीडित वर्ग, जाति जाति, लिंग र क्षेत्रका मानिसहरूलाई वास्तविक जनवादको प्रत्याभूति दिन्छ । अझ ठोस रूपमा भन्नुपर्दा त्यो बढीभन्दा बढी उत्पीडित महिलाहरूले प्रत्याभूत अनुभव गर्न सक्नुपर्दछ । किनभने तिनीहरू गरिबहरूमध्ये पनि अझ गरिब समुदायमा पर्दछन् ।
असोज २०६२ मा केन्द्रीय समितिद्वारा पारित पार्टी शुद्धीकरण र पार्टी एकताको दस्तावेज यस अर्थमा ऐतिहासिक छ कि यसले दुई लाइन संघर्ष सञ्चालन गर्ने विधि तय गरेको छ । यसले अन्ततः महिलाहरूको वैचारिक तीक्ष्णता बढाइदिने वातावरण बनाइदिएको छ । अतः जनयुद्धको दस वर्षको अनुभवले महिलाहरूको वैचारिक क्षमताको विकास मात्र गरेको छैन, सिङ्गो पार्टीको वैचारिक विकास सँगसँगै महिलामुक्तिको प्रश्नलाई अझ समृद्ध गर्ने मौका पनि दिएको छ ।
राजनीतिक, आर्थिक र सामाजिक पक्ष
महिलाहरूको राजनीतिक शोषणको जग नै यहाँको राजतन्त्रात्मक व्यवस्था हो, जसले सामन्ती पुरुषप्रधान अर्थतन्त्र र सामाजिक संरचनालाई टेवा पुऱ्याइराखेको छ । राज्यसत्ता हस्तान्तरण वा राजगद्दी हस्तान्तरण नै छोराको माध्यमबाट हुने प्रथाले गर्दा र साथै राजालाई विष्णु अवतारको जीवित प्रतीक मान्ने संस्कृतिले गर्दा प्रत्येक घरमा पुरुष राजनीतिक रूपमा राजा र सांस्कृतिक रूपमा अवतार सरह शक्तिशाली बन्ने अवधारणालाई संस्थागत गराइदिएको छ । अतः नेकपा (माओवादी) ले अघि सारेका तत्कालीन राजनीतिक नाराहरू, वृहत् राष्ट्रिय राजनीतिक सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको निर्वाचनले नेपालमा विद्यमान सामन्ती राजतन्त्रलाई नष्ट गरी पूँजीवादी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने र नयाँ जनवादी गणतन्त्रको आधार तयार पार्ने महत्त्वपूर्ण भूमिका खेलेको छ। यो पुँजीवादी लोकतान्त्रिक गणतन्त्र हिजो नेपालको सवैधानिक राजतन्त्रात्मक संसद् नभई, भारतको लोकतान्त्रिक संसद् नभई उच्च
खालको लोकतान्त्रिक गणतन्त्र हो। यसमा उत्पीडित वर्ग, जाति, लिंग र क्षेत्रलाई विशेष अधिकार दिइन्छ । छोटोमा भन्दा यो नेपालको विशिष्ट स्थितिमा नौलो जनवादअन्तर्गतको उपचरण हो। यसले अन्ततः सामन्ती बन्धनमा कैद गरिएका महिलाहरूलाई तुलनात्मकरूपमा उच्च राष्ट्रिय पूँजीवादी उत्पादन प्रणालीमा ल्याउने आधार तयार पारिदिन्छ ।
नेपाली महिलाहरूको आर्थिक उत्पीडन विद्यमान सामन्ती तथा अर्धसामन्ती प्रणालीको उपज हो । महिलाहरूको मुख्य अन्तरविरोध नै यसमा छ कि उनीहरू घर र खेतगरी दुवै ठाउँमा कार्यरत हुँदा पनि उनीहरूले पुरुषसरह ती सम्पत्तिहरू निःसर्त उपयोग गर्न पाउँदैनन् । आफूहरूले गर्दै आएको श्रमको सम्मान पाउँदैनन् । यसको मूर्त अभिव्यक्ति ‘पैतृक सम्पत्तिमाथि महिलाहरूले निःशर्त समान अधिकार’ नपाउनु हो । साथै अधिकांश महिलाहरू कृषक पनि हुन् । अतः नौलो जनवादी क्रान्तिअन्तर्गत कार्यान्वयन हुने ‘जसको जोत उसको पोत’ र ‘पैतृक सम्पत्तिमाथि महिलाहरूको निःशर्त समान अधिकार’ को नाराले महिलाभित्र हुने आर्थिक शोषणको आधार भत्काइदिनेछ । आज जनयुद्धको आधारक्षेत्रमा यो नीति लागू भएको छ भने श्वेत इलाकामा यो प्रचारात्मक संघर्षको नाराका रूपमा अघि बढाइएको छ र जनयुद्धको विस्तार इलाकामा यो नारा कार्यान्वयन गर्नतिर अग्रसरता लिइएको छ ।
त्यस्तै महिलाहरूमा हुने सामाजिक र सांस्कृतिक शोषणको जग यहांको सामन्ती राज्यसत्ताबाट संरक्षित हिन्दु धर्मले खडा गरिदिएको छ । अतः धर्म निरपेक्ष राज्य, जुन नौलो जनवादी क्रान्तिपछि पूर्णतः कार्यान्वयन हुनेछ, त्यसले महिलाहरूमाथि हुने धार्मिक, सामाजिक र सांस्कृतिक शोषणको आधार भत्काइदिनेछ । जनयुद्धको बलबाट जन्मेका नयाँ सत्ताका कतिपय गाउँहरू आज महिला शोषणमुक्त मोडेल गाउँकारूपमा स्थापित भएका छन् । ती गाउँहरूमा महिलाहरूलाई सामन्ती संस्कृतिबाट मुक्त गर्दै अग्रगामी जनवादी र वैज्ञानिक संस्कृतितिर अग्रसर गराउने काम भइरहेको छ । पार्टी,जनसेना र जनसत्तामा महिलाहरूको स्थिति
दस वर्षको जनयुद्धको अन्तरालमा पार्टी, जनसेना र जनसत्तामा महिलाहरूको कस्तो स्थिति रह्यो, तिनीहरूको उपलब्धि, सम्भावना र चुनौती के के रहे त्यो संश्लेषण गर्न जरुरी छ। साथै यो पनि बुझ्न जरुरी छ मालेमाको संरक्षण प्रयोग र विकासले पार्टी, जनसेना र जनसत्तामा के के नयाँ प्रयोग ल्याएको छ ? जसले समग्र महिलामुक्ति आन्दोलनलाई सुदृढ गर्ने ठाउँ दिएको छ ।
पार्टी
जनयुद्धअघि कम्युनिस्ट पार्टीमा महिलाहरूको उपस्थिति एकदमै न्यून हुन्थ्यो । श्रीमान् पूर्णकालीन हुन्थ्यो भने अधिकांश श्रीमतीहरू पार्टी समर्थक वा महिला मोर्चामा अंशकालीन कार्यकर्ता भएर प्रस्तुत हुन्थे । विगतमा प्रायः सबै कम्युनिस्ट पार्टीहरूमा आदर्श नारी ती हुने गर्दथे जसले आफ्नो पूर्णकालीन श्रीमान्हरूलाई पाल्नमा मद्दत पुर्याउँदथे । अर्थात् जसले घर परिवारको व्यवस्थापन, आर्थिक अभिभारा मिलाउने काम गर्दथे । कथमकदाचित महिलाहरू कम्युनिस्ट पार्टीको सदस्य भइनैहाले पनि उनीहरू प्रत्यक्ष देखा पर्दैनथे।वास्तवमा जनयुद्ध अगाडि पूर्णकालीन महिला कार्यकर्ताहरू औंलामा गन्ने सरह मात्र हुन्थे । यस्तो स्थिति आज पनि अन्य कम्युनिस्ट पार्टीहरूमा यथावत् छ। कतिपय महिलाहरू विवाहित नहुँदासम्म कम्युनिस्ट आन्दोलनमा लागेका देखिन्छन् । तर विवाह भएपछि निष्क्रिय भएर पार्टी नै त्यागेका देखिन्छन् । नेतृ कार्यकर्तामा झरेका कार्यकर्ता समर्थकमा र समर्थक जनतामा झरेका देखिन्छन् । कसैगरी विवाहपश्चात् लोग्नेस्वास्नी दुवै कम्युनिस्ट आन्दोलनमा रहिरहे पनि त्यहाँ लोग्ने माथिल्लो पद र स्वास्नी तल्लो तहमा हुन्थ्यो। जनयुद्धले यी सबै स्थितिहरूलाई चिर्दै गइरहेको छ । जनवादी क्रान्ति सम्पन्न गर्नका लागि तीनैवटा जादुगरी हतियारमा महिलाहरूको अनिवार्य उपस्थिति जनाउने नीतिले गर्दा आम महिलाहरू पूर्णकालीन राजनीतिक कार्यकर्ता बन्ने आधार बनेको छ। यहाँ बुझ्नुपर्ने के छ भने क्रान्तिकारी कम्युनिस्ट कार्यकर्तामा चाहिने अधिकांश गुणहरू आधारभूत वर्गबाट आएका महिलाहरूमा स्वतः कच्चा पदार्थका रूपमा रहिरहेको हुन्छ । पार्टीमा चाहिने गोपनीयता, अनुशासन, सहनशीलता, सतर्कता, सरलता, सहजता, धैर्य, दृढता, लगनशीलता, त्यागको भावना, जिम्मेवारीबोध र जीतमा नमात्तिने र हारमा नआत्तिने जस्ता गुणहरू तिनीहरूले असाध्यै जटिल परिस्थितिमा काम गर्दागर्दै हासिल गरिसकेका हुन्छन् । व्यावहारिक काममा लागिरहनुपर्ने भएकाले गर्दा महिलाहरूले वैचारिक ज्ञान हासिल गर्ने समय स्थान समग्रताको वातावरण पाउँदैनथे । जनयुद्धले त्यो पाउने वातावरण सृजना गरिदिएको छ ।
हिजो महिला मोर्चामा खुल्लारूपमा अंशकालीन भएर काम गर्दै आएका महिलाहरू आज भूमिगत भई पूर्णकालीन कार्यकर्ता बन्न गइरहेका छन् । यो स्थिति विशेष गरेर २०५७ सालमा शाही सेना परिचालन भएपछि खुला मोर्चाहरूलाई अबैध बनाइदिँदा सृजित भएको हो। तसर्थ हिजो महिला मोर्चाको महत्त्व मात्र बुझ्ने कतिपय महिलाहरू आज जनयुद्ध घनीभूत भइसकेपछि पार्टीको रणनीतिक महत्त्वलाई बुझेर यसमा रमाउन थालेका छन् ।
यहाँसम्म आइपुग्दा आज महिलाहरू केन्द्रीय, क्षेत्रीय, जिल्ला, एरिया र सेलसम्मका सदस्य भई पार्टीमा कार्यरत छन् । कतिपय ठाउँमा क्षेत्रीय, जिल्ला, एरिया र सेलका इन्चार्जसम्म भएर काम गर्दै आएका छन् । जनमुक्ति सेनामा तिनीहरू सेक्सन, प्लाटुन, बटालियन र ब्रिगेडका राजनीतिक कमिसार भई राजनीतिक नेतृत्व दिने क्षमता हासिल गर्नसक्ने भएका छन् ।
जनयुद्धको उभारबाट आएका महिलाहरूलाई बेलैमा पार्टीकरण गर्नु एकदम जरुरी हुन्छ । किनभने त्यसले र त्यसले मात्र तिनीहरूलाई क्रान्तिका फलामे किल्ला बनाउन सक्दछ । यो विशेषगरी सहरी क्षेत्रमा कार्यरत महिलाहरूमा बढी लागू हुनु जरुरी छ । जहाँ एनजीओ, आइएनजीओ र लिंगीय चेतनाको बढी प्रभाव हुन्छ । फेरि क्रान्तिका तीन साधनहरूमध्ये पार्टीको नेतृत्वदायी भूमिका सबभन्दा महत्त्वपूर्ण हुने भएकाले महिलाहरूलाई पार्टीकरण गर्नु अति जरुरी हुन्छ । नीति निर्माण गर्ने पार्टीका उच्च तहमा पुगेका महिलाहरूमा राजनीतिक चेतना त सापेक्षित रूपमा बढेको देखिन्छ । तर अझ पनि तिनीहरूमा राजनीतिक छलफलमा भाग लिन हिचकिचाहट देखिन्छ । जति वर्ग संघर्षमा तिनीहरू रमाएका देखिन्छन त्यसको तुलनामा तिनीहरू अन्तरसंघर्षमा त्यति रमाएक देखिदैनन । यो वास्तवमा तिनीहरूमा सैद्धान्तिक ज्ञानको कमीको अभिव्यक्ति हो
यहां उल्लेखनीय के छ भने महिला विभागले वैशाख २०५९ मा गरेको महिलासम्बन्धी सर्वेक्षणमा पार्टीभित्र महिलाले के कस्ता मुख्य समस्या भोगेका छन भन्ने प्रश्नमा अधिकांशले (६४.११% ले ‘सैद्धान्तिक राजनीतिक ज्ञान उठाउन्न समस्या’ उल्लेख गर्नले तिनीहरू आफ्नो समस्यापति सचेत भएको देखाउँछ। अत पार्टीले यो समस्या हल गर्न विशेष अभियान चलाउन जरुरी छ । जनपद दौरानमा महिलाहरूले देखाएको सैद्धान्तिक ज्ञानको भोक मेटाउन पार्टीले विशेष कदम उठाउन जरुरी छ । पार्टीले पनि के बझनपर्दछ भने पार्टीलाई जनतामा स्थापित गर्न निरन्तर शद्धीकरण गर्दै सर्वहाराकरण गर्नमा उत्पीडित महिलाहरुको ठूलो भूमिका हुन्छ । किनभने तिनीहरूले गमाउने केही हुँदैन मात्र आर्थिक शोषण र पैतक शोषणका जन्जीरहरू । अतः तिनीहरूमा प्रषहरूभन्दा बढी सर्वहारावादी स्पिरिट हुन्छ । तसर्थ पार्टीमा महिलाहरूलाई स्थापित गर्नमा विशेष जोड दिनुपर्दछ ।
यहाँ ध्यान दिनुपर्ने के छ भने पार्टीलाई प्रतिक्रान्तिबाट बचाउने चिन्ता एक्काइसौ शताब्दीमा जनवादको विकास’ मा यसरी जनाएको छ प्रतिक्रान्तिको यस्तो खतरालाई रोक्नका लागि दुई लाइन संघर्ष र निरन्तर क्रान्तिको सिद्धान्तअनुसार पार्टीलाई सर्वहारा वर्ग र श्रमजीवी जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने संगठनात्मक विधि र मान्यताको अझै विकास गर्न जरूरी छ ।’ अतः पार्टीले त्यस्तो संगठनात्मक विधिको विकास गर्नु जरुरी छ जसबाट उत्पीडित समुदायको बढी भन्दा बढी संलग्नता होस् र त्यो लाल र निपुण दुवै होस् । महिला जननीतिको अभिन्न अङ्ग भएकाले जनताको तप्काबाट पनि महिलाहरूले क्रान्तिकारी पार्टी बिग्रिन नदिनको लागि, पार्टीलाई निगरानी नियन्त्रण र सेवामा राखिराख्नको लागि चनाखो हुनुपर्दछ । यसको लागि पार्टी जनवादी वा समाजवादी प्रतिस्पर्धामा जान तयार हुनुपर्दछ ।
जनसेना
नेपाली जनयुद्धको विशेषता यसमा रहेको छ कि यसले सन् १९४९ देखिको कम्युनिस्ट आन्दोलनलाई पहिलोचोटि देशभरि दीर्घकालीन जनयुद्धमा रूपान्तरण गर्न मात्र सफल भएन अपितु सुरुदेखि नै सशस्त्र दस्ता बनाउँदा त्यहां अनिवार्य महिला योद्धाको पनि सहभागिता खोज्यो । आज दस वर्षपछि जनमुक्ति सेनामा देशभरि कमसेकम तीस प्रतिशत महिलाहरूको सहभागिता भएको छ र यो कुनै कुनै ठाउँमा त चालीससम्म पुगेको देखिन्छ। महिलाहरू सेक्सन, प्लाटुन, कम्पनीदेखि बटालियन कमान्डरसम्म हुन सफल भएका छन् । बलिदानको इतिहास पनि पुरुषभन्दा कम छैन। कतिपय महिलाहरू सहिद भइसकेका छन्, घाइते भइरहेका छन् र अपाङ्ग रहेका छन् । अझ अनुशासन र गोपनीयता, दृढता, लगनशीलता र धैर्यमा महिलाहरू कतिपय पुरुषभन्दा अगाडि देखिन्छन् । कतिपय महिलाहरू हिरासतमा बलात्कृत भएका छन् कठोर यातना भोगेका छन् तर पनि क्रान्तिप्रति दृढ छन् । सशस्त्र महिलाहरूको गतिविधिले त सामन्ती पितृसत्तालाई यति नराम्रोसित झापड दिएको छ कि कथित हिन्दु शाही सेनालाई समेत आफ्नै
सिद्धान्त विपरीत महिला सेना निर्माण गर्न बाध्य तुल्याइदिएको छ । नेपाली जनमुक्ति सेनाको अर्को विशेषता भनेको महिला योद्धालाई सुरुदेखि नै महत्त्वपूर्ण फौजी कारबाहीमा भाग लिन पठाउनु र एसल्ट ग्रुपमा समावेश गर्नु हो ।त्यतिमात्र नभएर महिलाहरूको हौसला र क्षमता वृद्धि गर्नका लागि आवश्यकताअनुसार अलग्गै महिला सेक्सनदेखि महिला कम्पनीसम्म बनाएर कतिपय महिलाविरोधी अपराधीहरूलाई कारबाही गर्न पठाउने काम पनि गरिएको छ । शक्तिविहीन, प्राधिकारविहीन र सत्ताविहीन महिलाहरू आज जनसैन्य दस्तामा भर्ती भई नेपाली इतिहासमा पहिलोपटक वैचारिक र भौतिकरूपमा शक्तिशाली भएका छन् । पुरानो सत्ताको विरुद्ध आमनेसामने प्रतिद्वन्द्वी भएर उभिएका छन् । पहिलोपटक उनीहरूले आफ्नो पहिचान, आदर र सम्मान पाएका छन् । पहिलोपटक सचेतरूपमा मर्न पाएका छन् मरेर बाँच्न पाएका छन् । सशस्त्र योद्धा भएर पहिलोपटक उनीहरूमा आफ्नै शरीरबारेमा हुने हीनताबोध र मानसिकरूपमा रहने आत्मविश्वासको कमी क्रमशः हट्दै गएको पाइन्छ । जनमुक्ति सेनाको सामूहिक संरचनामा रमाएको देखिन्छ । जनमुक्ति सेनाको बढ्दै गएको विभिन्न संरचनामा भाग लिई विभिन्न क्षेत्रमा दक्षता हासिल गर्न पाएका छन् । पहिलोपटक जिम्मेवारीबोध, लक्ष्यप्रति संक्रेन्द्रित, एकीकृत केन्द्रीकृत भई पेशेवर लडाकु हुन पाएका छन् । यसले उनीहरूमा कुण्ठित कतिपय सीपहरू प्रस्फुटित हुन पाएका छन् । यसको प्रत्यक्ष अभिव्यक्ति उनीहरूले साक्षरता अभियानमा देखाएको उत्सुकतामा पनि पाइन्छ । आज उनीहरू साक्षर मात्र नभएर कविता, कथा, संस्मरण, लेखहरूसम्म लेख्ने भएका छन् । भान्छादेखि पँधेरो र घरदेखि माइतका भूगोलमा सीमित भएका ती महिलाहरू आज देशका कुनाकाप्चाका भूगोलहरूमा खेल्न थालेका छन् । सामन्ती संस्कारले महिला र पुरुषबीचमा खडा गरेको कृत्रिम अवरोधहरूलाई जनयुद्धले च्यातचुत पारिदिएको छ र त्यसको ठाउँमा समानताको भावनाको साथसाथै स्वस्थ प्रतिस्पर्धाको भावना बढाइदिएको छ । अझ जनयुद्धको विकाससँगै रणनीतिक रक्षा र रणनीतिक सन्तुलन हुँदै प्रत्याक्रमणको अवस्थामा पुग्दासम्म महिलाहरू गुरिल्ला युद्धबाट चलायमान युद्ध हुँदै मोर्चाबद्ध युद्धकलामा समेत पोख्त हुँदै गइरहेका देखिन्छन् । साथै अझ उच्च तहको फौजी कारबाहीमा चाहिने सामूहिकता र एकीकृत युद्धमा उनीहरू झन् रमाएका देखिन्छन् ।
नेपाली जनयुद्धको अर्को विशेषता भनेको यो दीर्घकालीन जनयुद्ध भए तापनि यसमा पार्टीले सहरी सशस्त्र आन्दोलनलाई सुरुदेखि नै महत्त्व दिंदै आएको छ ।अतः सहरकेन्द्रित सशस्त्र संघर्षमा विभिन्न रूप, रङ्ग र भेषमा पठाएर त्यहाँका आकस्मिक कमान्डो कारबाही एम्बुसमा महिलाहरूलाई महत्त्वपूर्ण भूमिका दिंदै आएको छ । यसको पुष्टि सहरिया स्पेसल टास्क फोर्समा तिनीहरूको उल्लेखनीय उपस्थितिले जनाउँछ । माघ १९ पछिको सहरकेन्द्रित आन्दोलनमा शाही सेनाले आफ्ना सेनाहरूलाई सम्भावित माओवादी महिलाहरूबाट सतर्क हुनु भन्ने पटकपटक उर्दी जारी गर्नुले पनि यसको पुष्टि गर्दछ । वस्तुतः जनसेनामा सशस्त्र महिलाहरूले एकातिर प्रतिक्रियावादी वर्गको उपरिसंरचना राज्यसत्तालाई चुनौती दिंदैछन् भने अर्कोतिर तिनीहरूले प्रतिक्रियावादी वर्गको आधारभूत पारिवारिक संरचनामाथि धावा बोल्दै छन् । आज सशस्त्र महिलाहरू पुरानो सत्ता ध्वंस गर्ने साधन भएका छन् भने नयाँ सत्ताको निर्माण गर्ने साधन पनि बनेका छन् । नमुक्ति सेना डाक सेनामात्र नभएर उत्पादन संगठन गर्ने सेना पनि भएकाले पर्दा यसको जनतासित प्रत्यक्ष सम्बन्ध भइरहनुपर्दछ । साथै यिनीहरूको काम जनतालाई सैन्यीकृत गर्ने पनि हो। अतः यिनीहरू जनतासित घनिष्ठ हुन जस्त हुन्। यस कार्यमा महिलाहरू बढी सामाजिकता, सामुहिकता, सरलता र सहजतामा रमाउने भएकाले गर्दा तिनीहरूको भूमिका जनमुक्ति सेनामा महत्त्वपूर्ण हुन्छ। अतः तिमीहरूलाई जनमुक्ति सेनामा बढीभन्दा बढी स्थापित गर्नपर्दछ विशेषगरी तिनीहरूलाई राजनीतिक कमिसारको रूपमा बढी स्थापित गर्नपर्दछ ता कि जनता र सेनाबीचको समन्वय तिनीहरूले सहज र सरल रूपमा गर्न सकुन् । यहाँ उल्लेखनीय के छ भने जनसेनालाई प्रतिक्रान्तिको हतियार बन्नबाट बचाउनको लागि एक्काइसौ शताब्दीमा जनवादको विकास’ मा सेनासम्बन्धी यसरी वर्णन गरिएको छ उपरोक्त स्थितिको पुनरावृत्ति हुनबाट रोक्नको लागि प्रारम्भदेखि नै जनसेनामा वैचारिक र राजनीतिक कामलाई सर्वाधिक महत्त्वकासाथ सञ्चालन गर्ने र प्रतिक्रान्ति विरुद्ध विद्रोहको चेतनाद्वारा सिको सैन्य पक्ति एवंम् आम जनसमुदायलाई ससचेत पार्ने कुरामा जोड दिनुपर्दछ । यसका साथै एक्काइसौ शताब्दीको जनसेना भनेको राज्य कब्जा गरिसकेपछि निश्चित व्यारेकमा बसेर विशेष तालिम र हतियारद्वारा आधुनिक बन्ने प्रक्रियामा होइन, आम जनसमुदायलाई नै सैन्यकरण गर्ने कुरामा सुनिश्चित गर्नुपर्दछ ।’ अतः महिलाहरू जनमुक्ति सेनामा संलग्न हुँदा यसलाई अझ जनतामा स्थापित सुदृढ र कान्तिकारी बनाउनमा मद्दत पुर्याएको देखिन्छ ।
सैन्य क्षेत्रमा महिलाहरूको समस्या भनेको निरन्तरताको समस्या हो। सर्वप्रथम बच्चा ढिलो जन्माउने व्यवस्था मिलिरहेको छैन । बच्चा जन्मिहाले पनि फेरि युद्ध मैदानमा फर्केर आफ्नो काममा निरन्तर लाग्ने व्यवस्था मिलिरहेको छैन । बरु लडाईमा घाइते भएका पुरुषहरू फेरि युद्धमोर्चामा नेतृत्व सम्हाल्न गएको उदाहरण देखिन्छ तर त्यस्तो सुविधा महिलाहरूले पाएको देखिदैन ।
यहाँ उल्लेखनीय के छ भने महिला विभागले जनसेनामा महिलाहरूको मुख्य समस्या सोध्दा अधिकांशले (२५.७८ प्रतिशत ले) ‘महिलालाई कमजोर ठान्ने आम धारणा’ भन्नु ले पनि यस्तो अवधारणालाई बल पुऱ्याएको हुन सक्दछ । वास्तवमा सोही विभागले सोधेको स्वास्थ्यसम्बन्धी प्रश्नमा अधिकांश विवाहित महिलाहरूले (४४.०८ प्रतिशत) र अविवाहित महिलाहरूले (६४.४ प्रतिशत) महिनावारी समस्या देखाउनुले पनि यस्तो अवधारणा ल्याएको हुन सक्दछ । तर यथार्थ के हो भने महिलाहरू पुरुषहरूभन्दा जैविक दृष्टिकोणले बढी शक्तिशाली हुन्छन् तर कुपोषण, स्वास्थ्यसम्बन्धी हेलचक्राई र सानै उमेरमा बच्चा जन्माउनाले उनीहरूको शरीर कमजोर भएको हुन्छ। अतः पार्टीले जनसेनाभित्र महिलाहरूको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्दछ ।
जनसत्ता
जनयुद्धअगाडि संयुक्तमोर्चा संघर्षको साधन थियो भने जनयुद्धको पहलपछि नेपालको अधिकांश भू-भागमा त्यो जनसत्ताको साधन भएको छ। केन्द्रीय सत्ता कब्जा नगरेसम्मका अवस्थामा यसको मुख्य काम जनसेनालाई सहयोग दिने हो ।अतः जनसत्ता अहिलेको अवस्थामा निर्माण गर्ने साधन मात्र नभएर मूलतः ध्वंस गर्ने साधन हो। तसर्थ यसको अर्थ जनसत्ता बहुआयामिक भएको छ र महिलाहरूको यसमा संलग्नताले गर्दा उनीहरूको चौतर्फी विकास भएको छ । आज उनीहरू उद्योग, सहकारी पसल, भौतिक निर्माण, कृषि फार्म, स्वास्थ्य, शैक्षिक, साँस्कृतिक क्षेत्र, सेनादेखि लिएर मिलिसिया क्षेत्रसम्म कार्यरत छन् । महिला मोर्चा आज संघर्ष र सत्ताको साधन हुन पुगेको छ। महिला मोर्चा सबै क्षमतालाई केन्द्रीकृत गर्ने साधन पनि बन्न पुगेको छ। जसले गर्दा त्यो सेनामा, उद्योगमा, कृषिमा, शिक्षामा, साँस्कृतिक क्षेत्रमा पठाउने जनशक्ति उत्पादन केन्द्र बन्न पुगेको छ । मोर्चाहरूमध्येमा सबभन्दा धनी मोर्चा महिला मोर्चा भएको छ । आज उनीहरूको पैसाको लगानी उद्योग, सहकारी पसल आदिमा लगाइएको पाइन्छ । त्यस्तै शिक्षा विभाग गठन हुनुपूर्व नै महिलाहरूले स्थानीय रूपमा साक्षरता कार्यक्रम चलाउँदै आएको कुरालाई पनि हामीले बिर्सिनु हुँदैन । पार्टीभित्र सर्वहाराकरण गर्ने, सुदृढीकरण गर्ने अभियान लागू हुनुअघि नै महिलाहरूले आफ्ना गरगहनाहरू फुकालेर पार्टीलाई बुझाएको कुरा पनि उल्लेखनीय छ। कम्युन र अन्य सहकारी संस्था खोल्नुअघि नै महिलाहरूले सामूहिक पर्मदेखि लिएर दाउरा, घाँस काट्ने सामूहिक अभियानको थालनी गरेको पनि स्मरणीय छ । निर्माण क्षेत्रमा कतिपय गोरेटो-घोरेटो, चौतारीहरू महिला सहिदको नाउँबाट बनाइएका छन् । साँस्कृतिक क्षेत्रमा महिला मोर्चाले कपाल काट्ने, छिटो छरितो हुने लुगा लगाउने जस्ता नयाँ संस्कृति बसालेका छन् । पुराना सामन्ती संस्कृतिको अभ्यास फजुल खर्च र अन्धविश्वासको आधारमा हुने गर्दथ्यो । त्यसको ठाउँमा नयाँ संस्कृति समाजमा स्थापित हुँदै गएको छ। कानुनी क्षेत्रमा पैतृक सम्पत्तिमाथि समान अधिकार आधारक्षेत्रमा लागू गरेका छन् । जनसत्ताअन्तर्गतको नयाँ कानुनले महिला-पुरुषबीचको सामन्ती कृत्रिम अवरोधहरूलाई च्यातचुत पारेको छ। यसले वैवाहिक क्षेत्रमा ठूलो क्रमभंग ल्याइदिएको छ । विभिन्न जाति, क्षेत्र, धर्मबीचमा अन्तरजातीय प्रेम विवाह गर्ने आधार तयार पारिदिएको छ । विधवाहरूले पुनः विवाह गर्न पाएका छन्, सहिद परिवारहरूले पुनः विवाह गर्न पाएका छन् र सम्बन्ध विच्छेद गरेका महिलाहरूले पनि पुनः विवाह गर्न पाएका छन् ।
जनयुद्धको दौरानमा महिलाहरूको चेतना बढाउने, संगठित गर्ने र सीप बढाउने क्रममा विभिन्न स्थानीय अभियानहरू जस्तै ‘एक घर एक साथी’, ‘घर- आँगनदेखि जनयुद्धको मैदानसम्मको अभियान’, ‘महिला रूपान्तरण अभियान’, ‘दिदीबहिनी हातेमालो अभियान’, ‘सीप साटासाट अभियान’, ‘एक टोल एक संगठन’, ‘एक घर एक सदस्य’, ‘चेतना जागरण अभियान’, ‘महिला जागरण अभियान’, ‘साक्षरता अभियान’, ‘जहाँ सम्पर्क त्यहाँ संगठन, जहाँ संगठन त्यहाँ उत्पादन’ जस्ता अनगिन्ती अभियानद्वारा आम महिलाहरूलाई सशक्त बनाउने काम भइरहेको छ । ‘अन्तर्राष्टिय महिला श्रमिक दिवस’, ‘सहिद सप्ताह दिवस ‘जनयुद्ध दिवस’ ‘मई दिवस’, ‘माओ दिवस’ मनाउने परम्परा सुरु भएको छ। त्यस्तैगरी कालिकोटका महिलाहरूले पलिसलाई मारेर राइफल खोसेको दिनलाई ‘विद्रोहोत्सव’ नामकरण गर्ने, गोरखा जेलब्रेक गरेको दिनलाई ‘वीरता दिवस मनाउने निर्णय लिएको छ । जनसत्ताद्वारा चलाएको शिशु स्याहार केन्द्रले गर्दा सहिदका परिवार र पूर्णकालीन कार्यकर्ताहरूले आ-आफ्ना क्षेत्रमा ढुक्कसंग काम गर्न पाएका छन् । यसमा सबभन्दा उपलब्धिमलक काम आधारइलाकाका केही गाउँहरूलाई महिला शोषणमुक्त नमुना गाउँ बनाई त्यहाँ नयाँ प्रगतिशील संस्कृति संस्थागत गराउने काम भएको छ । यी उपलब्धिबाहेक जनसत्तामा मुख्य समस्या अझ पनि आवश्यकताअनुसार महिलाहरूको क्षमता विकास नहुनु नै हो। सार्थ जनसत्तामा उनीहरूको पर्याप्त सहभागिता नहुनु पनि हो । वास्तवमा जनसत्तालाई जनतासित नङ र मासु झै सम्बन्ध गराउनमा महिलाहरूको ठूलो हात हुन्छ । जनसत्तालाई निरन्तररूपमा जनवादीकरण तब मात्र गर्न सकिन्छ जब यस यन्त्रलाई निरन्तररूपमा जनताको निगरानी नियन्त्रण र सेवामा राखिरहन सकिन्छ । अतः यस कार्यमा महिला नेतृत्वदेखि जनतासम्मको ठूलो भूमिका रहन्छ । तसर्थ जनसत्तामा महिलाहरूलाई स्थापित गर्नमा पार्टीले विशेष पहल लिनुपर्दछ, त्यस्तै जनसत्ताले महिला जनसमुदायलाई पनि बढीभन्दा बढी परिचालन गर्नमा विशेष पहल लिनुपर्दछ । यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने यस विषयमा ‘एक्काइसौं शताब्दीमा जनवादको विकास’ अन्तर्गतको राज्यसत्तावारे यसरी लेखिएको छ, ‘हाम्रो प्रश्न यहाँ निरन्तर क्रान्तिको प्रवाह संगठित गर्ने संस्थाकारूपमा राज्यसत्ताको विकास गर्ने कुरामा केन्द्रित छ, आखिर राज्यसत्ताको व्यापक र सजीव जनवादीकरणको प्रक्रियामा नै वास्तविक जनवादी अधिनायकत्व वा सर्वहारा अधिनायकत्व सुदृढ हुन्छ । जनवादी केन्द्रीयताको महान् वैज्ञानिक सिद्धान्तको योभन्दा अर्को अर्थ हुनै सक्दैन ।’ अतः राज्यसत्ताको जनवादीकरणले नै समाजका उत्पीडित वर्गलाई बढीभन्दा बढी परिचालन गर्न सकिन्छ र यसैको जगमा मजबुत किसिमको सर्वहारा अधिनायकत्व शोषक वर्गमाथि लगाउन सकिन्छ। वास्तवमा मालेमा र प्रचण्डपथको विशेषता यो रहयो कि यसले जननीतिलाई असाध्यै महत्त्व दिंदै आएको छ । अतः महिला र जननीतिबीचको सम्बन्ध नै हाम्रो मुख्य कार्यशैली बन्नुपर्दछ ।
यहाँ महिला विभागले जारी गरेको प्रश्नावलीमा जनसत्तामा महिलाको मुख्य समस्या के हो भनेर सोध्दा अधिकांश महिलाहरूले (४६.६९५४) ‘जनसत्ता सञ्चालनमा महिलाहरूको कम सहभागिता’ भएको बताएका छन् । अतः पार्टीले जनसत्तामा महिलाहरूको सहभागिता बढाउने विशेष अभियान चलाउनपर्दछ । त्यतिले मात्र नपुगेर पार्टीले महिलाहरूलाई लालको साथसाथै निपण बनाउने योजना पनि ल्याउन जरुरी छ । साथै बेलाबखत चलाउँदै आएका अभियानहरूलाई निरन्तरता दिनमा पनि समस्या देखिन्छ । अतः नयाँ संस्कार र वानिबेहोरालाई स्थायित्व दिनमा जनसत्ताले विशेष ध्यान दिनुपर्दछ ।
समस्या र चुनौती
क्रान्तिले पुराना अन्तरविरोधहरू हल गर्दै जान्छ भने त्यसले नयाँ अन्तरविरोधहरू पनि सूजना गर्दै जान्छ । यद्यपि उपलब्धिको हिसाबले जनयुद्धको दस वर्षको अवधिमा धेरै उपलब्धिहरू हासिल गरिसकेको छ र त्यो नै प्रधान पक्ष हो । तर त्यसको साथसाथै केही समस्या र चुनौती पनि खडा गरिदिएको छ । त्यो भनेको जनयुद्धको दौरानमा आएका महिलाहरूको मात्रात्मक सहभागितालाई गुणात्मक विकासमा लग्ने समस्या हो। त्यो भनेको पार्टीभित्र महिलाहरूलाई स्थापित गर्ने समस्या पनि हो। त्यो भनेको पार्टीभित्र महिलाहरूले अध्ययनको धरातलबाट विचारसम्म पुग्न अझ नसकेको देखिन्छ । सैन्य क्षेत्रमा महिलाहरूको सहभागिता र नेतृत्वको निरन्तरताको समस्या देखिन्छ । जनसत्ताभित्र व्यापक सहभागिताको समस्या र साथै निपुण नहुने पनि समस्या देखिन्छ । पूरै परिवार पार्टीकरण भएको त छ, तर लोग्ने र स्वास्नीलाई राजनीतिकरूपमा एकमना सरह हेर्ने समस्या छ । फलस्वरूप लोग्ने बिग्रिदा स्वास्नी ओझेलमा पर्न जाने समस्या यदाकदा देखिन्छ । साथै यो पनि ध्यान दिनु जरुरी छ कि महिलाहरू आफ्नो लोग्ने क्रान्तिबाट विचलित भए भने तिनीहरू विद्रोह गर्न अझ पर्याप्तरूपमा सकिरहेका छैनन् । जनयुद्धको दौरानमा महिलाहरूले धेरै क्षेत्रमा धेरै उपलब्धि हासिल गरेका छन् । तर ती उपलब्धिहरूलाई अझ घनीभूत हुने गरी संश्लेषण गर्न बाँकी नै छ । अर्थात् आवश्यकताअनुसार क्षमता अझ हासिल गर्न बाँकी छ। समग्ररूपमा हेर्दा महिलाहरूको समस्या भनेको मूलतः पछौटेपनको समस्या हो र त्यो भनेको परम्परागतरूपमा कायम रहिआएको सामन्ती संस्कृतिको समस्या हो। अतः त्यो भनेको अधिकांश पुरुषहरूको लागि महिलाहरूले हालसम्म हासिल गरेका उपलब्धिहरूलाई स्वीकार्न धौ धौ हुनु पनि हो। अन्ततः त्यो भनेको अधिकांश महिलाहरू लाल र इमान्दार त होलान् तर निपुण र वैज्ञानिक हुन अझै मेहनत गर्नुपर्ने आवश्यकता छ ।
उपसंहार
लेनिनले भन्नुभएझै क्रान्तिअघि दस वर्ष लाग्ने रूपान्तरण क्रान्तिको दौरानमा दस दिनमा हुन्छ । नेपालका महिलाहरूको रूपान्तरणको कुरा गर्दा क्रान्तिअघि युगौं युग लाग्ने रूपान्तरण क्रान्तिको दस वर्षको दौरानमा हासिल गरिसकेको छ भन्दा त्यो अतिशयोक्ति नहोला । वास्तवमा जनयुद्धको पहिचानमध्ये सबभन्दा देखिने संकेत राइफल बोकेकी महिला योद्धा भएको छ । महिलाहरूको आम सहभागिताले गर्दा जनयुद्ध आम जनसमुदायको जीवन पद्धति बन्दै गएको छ।
वास्तवमा समाजको रूपान्तरण गर्ने साँचो भनेको त्यस समुदायका महिलाहरू हुन् । अतः यथास्थितिवादीहरूले त्यो साँचोलाई धर्मको पोखरीभित्र डुबाएर खिया पारिराखेको हुन्छ लुकाइराखेको हुन्छ। त्यसैले क्रान्तिको काम त्यो सांचो भेट्टाउने र त्यसमा लागेको खियण पखालेर समाजको रूपान्तरणको ढोका खोल्ने हो । त्यस अर्थमा नेपालको दस वर्षे जनयुद्धको अवधिमा थुप्रै रूपान्तरणहरू भएका छन् । सर्वप्रथम यसले महिला पुरुषबीचको सामन्ती सम्बन्धलाई समानताको सम्बन्धमा क्रमशः परिवर्तन गर्दै ल्याएको छ। यसले घर-घरमा व्याप्त घरेलु हिंसालाई सामन्ती पितृसत्तात्मक राज्यसत्ताको विरुद्ध वर्गीय प्रतिहिंसामा रूपान्तरण गर्न सफल भएको छ । राज्यद्वारा संरक्षित बलात्कारलाई सामुहिक वर्गीय घणामा रूपान्तरण गरी ती बलात्कृत महिलाहरूलाई फौजीकत गरी राजनीतिमा प्रवेश गर्ने आधार तयार पारिदिएको छ । दोस्रो, यसले आशिकरूपमा भएपनि कतिपय आधारइलाकामा शिश स्याहार केन्द्र, जनकम्यून निर्माण गरी महिलाहरूलाई गृहदासत्वबाट मुक्त बनाई सामाजिक उत्पादनमा भाग लिने वातावरण बनाइदिएको छ । तेस्रो यसले सामन्ती उत्पादनको गाँठो फकाउने ‘पैतक सम्पत्तिमा समान अधिकार’ को नारालाई आधारइलाकामा कार्यान्वयन गर्दै लगिरहेको छ। चौथो, यसले तथाकथित परिवारको इज्जत जोगाउने नाममा पलपलमा मरिरहेको जीवनलाई सचेतरूपमा जिउन र मर्न सिकाएको छ। निजी सम्पत्ति निजी परिवारलाई स्थायित्व दिने नाममा महिलाहरूले दिदै आएको मूल्यविहीन बलिदानी श्रम र सीपलाई नयाँ शोषणरहित समाज निर्माण गर्नका लागि चाहिने सामूहिक बलिदान, श्रम, सामाजिक उत्पादनमा रूपान्तरण गर्न सफल भएको छ। पाँचौ महिलाहरू उत्पादन शक्ति मात्र नभएर प्रजनन शक्ति पनि भएकाले गर्दा तिनीहरूमा पुरुषहरूमा भन्दा बढी सामाजिक, सामूहिकता र सहयोगको भावना हुन्छन्, ती सबैलाई जनयुद्धले संस्थागत गरेर साम्यवादको आधार तयार गरेको छ। छैठौं, कतिपय अवस्थामा प्रतिक्रियावादी सत्ताको दमनकारी नीतिले गर्दा सचेत रूपमा पूरा परिवार पार्टीकरण भइरहेको छ। सातौं, यसले नेपालका सबै समुदायका महिलाहरूलाई रूपान्तरण गरेको छ। नेपालका आर्य मूलका महिलाहरूको सामन्ती बन्धन तोडिदिएर मुक्त पारेको छ भने मंगोलमूलका महिलाहरूको स्वतन्त्र र स्वाबलम्बी जीवनलाई अझ चुनौतीपूर्ण र लक्ष्य केन्द्रित काममा लगाइदिएको छ। यसले विशेषतः दलित जातिका महिलाहरूलाई इज्जत दिएको छ। सामन्ती जडतामा फसेका मधेसी महिलाहरूलाई जनयुद्धमा भाग लिनेसम्म बनाएको छ। आठौं, यसले बाध्यताको दुनियाँमा बाँच्न कैद भएका महिलाहरूलाई स्वतन्त्रतातिर उन्मुख गराएको छ ।
अन्ततः प्रत्येक क्रान्तिको समस्या भनेको क्रान्तिबाट प्राप्त उपलब्धिहरूको संरक्षण मात्र नगरेर त्यसको निरन्तर विकास गर्ने पनि हो। यो कुरा महिलाहरूले आर्जित गरेका उपलब्धिहरू कसरी क्रान्तिपश्चात् संरक्षण मात्र नगरी विकास गर्ने भन्ने विषयमा पनि लागू हुन्छ । किनभने क्रान्तिपश्चात् सबभन्दा पहिलो प्रतिक्रान्तिको शिकार महिला समुदाय नै हुने गरेको इतिहासले पुष्टि गर्दै आएको छ। अझ नेपालको सन्दर्भमा केन्द्रीय सत्ता कब्जा गर्न अभ्झ बाँकी नै छ, अतः यहाँ महिलाहरूले प्राप्त गरेको क्षमता, उपलब्धि र सम्भावनालाई कसरी जोगाइराख्ने र त्यसलाई निरन्तरता दिने मख्य चनौतीको विषय बन्न जान्छ । यी उपलब्धिहरू अन्ततः सर्वहारावर्गको फौजी शक्तिको बलमा टिक्ने भएकाले गर्दा उत्पीडित महिलाहरूलाई फौजीकत गर्न नै आजको प्रधान कार्य हो । तर यसको आधार भनेको मालेमाको विचारको रक्षा प्रयोग र विकास नै हो । जो महिलामुक्तिको प्रश्नसित पनि जोडिएको हुन्छ । यसलाई अध्यक्ष कमरेड प्रचण्डले अत्यन्त सटिक ढंगले यसरी प्रस्तुत गर्नु भएको छ :
‘अहिले नेपालमा समाजको क्रान्तिकारी रूपान्तरणका लागि चलिरहेको जनयुद्धको महान् प्रक्रियाका पछाडि मालेमाकै विचारको रक्षा, प्रयोग र विकासले काम गरिरहेको छ । मृत्युमाथि विजय हासिल गर्दै युद्धमैदानमा उत्पीडित महिलाहरूको अभूतपूर्व सहभागिताले वस्तुतः नयाँ विचार र महिलामुक्ति आन्दोलनको नयाँ चरणलाई व्यक्त गरिरहेको छ । क्रान्तिकारी विचारको रक्षा, प्रयोग र विकासमा शक्तिशाली आधार हुने नयाँ विचार पनि जनयुद्धकै माध्यमबाट विकसित भएको छ । इतिहासको अनुभव र नेपाली क्रान्तिको आफ्नै जीवनबाट स्पष्ट हुन्छ कि वैज्ञानिक विचारको रक्षा, प्रयोग र विकासको प्रक्रियाबाट अलग उत्पीडितवर्गको वास्तविक मुक्ति असम्भव छ । महिलामुक्तिको सर्त पनि ठीक यही विचारको प्रश्नसँग जोडिएकाले क्रान्तिकारी महिलाहरूको ध्यान त्यसमा केन्द्रित हुनु जरुरी छ ।’
– क. प्रचण्ड, महिला ध्वनि, श्रावण २०६२, पेज. नं. ५, २०६२ चैत्र १७