संसारभरि सेना र संकटकाल पर्यायवाची जस्तो भइसक्यो । कारण, जहाँ सेना खटाइन्छ त्यहाँ संकटकाल घोषणा गरिन्छ जहाँ संकटकाल घोषणा हुन्छ त्यहाँ सेना खटाइन्छ । किनभने सत्ताको अन्तिम हतियार सेना, जब आफ्नै जनता विरुद्ध, आफ्नै मातृभूमि विरुद्ध लक्षित गरिन्छ तब संकटकाल यो वा त्यो बहानामा लगाइन्छ । प्रायः संकटकाल, सेनालाई परिचालन गर्न सुविधाजनक हुने भन्ने तर्कले यो लागेको देखिन्छ । तर त्यो वास्तवमा जनताको विरुद्ध जथाभावी दमन गर्नपाउने सुविधाको रूपमा देखा पर्दछ। अझ महिलाहरूको लागि दमनको साथसाथै बलात्कार गर्न सुविधाको रूपमा देखा पर्दछ। त्यसैले पनि प्रायः जहाँ प्रतिक्रियावादी सेना हुन्छ त्यहाँ आम बलात्कार हुन्छ । जहाँ आम बलात्कार हुन्छ त्यहाँ प्रतिक्रियावादी सेनाको उपस्थिति हुन्छ । कारण प्रतिकृयावादी सेनाको संरचना एकल पुरुष लिंगमा आधारित हुन्छ र उसको शक्तिको स्रोत भनेको नै पितृसत्तामा आधारित निरंकुश संस्कृति हो, जसले पुरुषलाई सर्वोपरि बलवान बाल्दछ र महिला निरीह, कमजोर ठान्दछ । युद्धमा जिते जीतको उन्मादमा आफ्नो पुरुषोत्वको पुष्टि गर्नको लागि महिला माथि बलात्कार गर्न पुग्छन् । हारेमा आफ्नो हारलाई जीतको भ्रम दिनको लागि कमजोर समुदायमाथि बलात्कार गर्न पुग्छन् । हारेमा आफ्नो हारलाई जीतको भ्रम दिनको लागि कमजोर समुदायमाथि बलात्कार गर्न पुग्छन् । पाए माओवादी महिलामाथि बलात्कार र हत्या गर्न पुग्छन्, नपाए सर्वसाधारण महिलाहरूमाथि बलात्कार र मार्न पुग्छन्, त्यो पनि नपाए आफ्नै स्वास्नी बाल-बच्चा माथि हिंसा र बलात्कार गर्न पुग्छन् । आज नेपालमा त्यही भइरहेको छ ।
हालै लागेको संकटकाल नेपालको लागि यस मामलामा विशिष्ट छ कि यो कुनै समुदाय क्षेत्र, जात वा धर्म विरुद्ध लक्षित नभएर सम्पूर्ण देशमा छरिएका वर्गयुद्धमा होमिएको ने.क.पा. (माओवादी) पार्टीको विरुद्ध लक्षित छ । साथै यो वर्तमान संविधानको आड लिएर सोही संविधान निषेध गरी पूर्ण सामन्ती संरचना खडा गर्ने प्रक्रियाको थालनी पनि हो। यो संकटकालको अर्को विशेषता भनेको यसले जनतामा पारेको असर, विशेषगरी महिला समुदायमा पारेको असर ।
यो ६ महिना अवधिमा सयौं जनता मारिएका छन् । त्यसभित्र पनि सयौं महिलाहरू मारेका छन्, बेपत्ता पारिएका छन्, हजारौं बलात्कृत भएका छन् । बलात्कृत गरेर नपुगेर मारेका छन् । हजारौंलाई जेलभित्र अमानवीय ढंगले यातना दिएर राखेका छन् । यति छोटो संकटकालको अवधिभित्र यति संख्यामा महिलाहरू हताहत भएको शायद संसारमा विरलै पाइएला। यही अवधि भित्र अ.ने.म. संघ (क्रान्तिकारी) का अध्यक्ष रेखा शर्मा, महासचिव यमा बञ्जाडे, केन्द्रीय सदस्यहरू शोभा कट्टेल, पूर्ण कँडेल, मिनु बुढाथोकी हिरासतमा परेका छन् । केन्द्रीय समिति सदस्य सुमित्रा घिमिरेलाई जेलबाट घिसार्दै निर्मम ढंगले हत्या गरेको छ। चुन्नु गुरुङ जस्तो चर्चित जनकलाकारलाई बेपत्ता पारिएको छ । ऐतिहासिक गोर्खा जेल तोडेर जाने वीर महिला योद्धाहरूमध्ये मीरा मरहट्ठा र कमला नहर्कीलाई कायरतापूर्ण हत्या गरेका छन् । यसले वास्तवमा के संकेत दिन्छ ?
सर्वप्रथम यसले माओवादी आन्दोलनमा महिलाहरूको बढ्दो संकेत सहभागिताक दिन्छ ।दास्री यसले ज्ञाने शेरे गठबन्धनको लागि रणनैतिक रूपमा चुनौती दिने शक्ति संघर्षरत महिलाहरू हुन् भनेर सावित गरेको छ । तेस्रो यसले वर्तमान ज्ञाने शेरेको अपवित्र गठबन्धन कति अत्तालिएको छ भनेर पुष्टि गर्दछ ।
वास्तवमा जाने र शेरे गठबन्धनको मूल भूल यसैमा छ कि तिनीहरू नेपालमा चलेको जनयुद्धलाई अफगानिस्तानमा चलेको तालिवान युद्धसरह सम्मे त्यहाँ जसरी अमेरिका सेनाको बलमा तालिवानको सत्ता तासका घर जर्स भत्कियो । त्यस्तै नेपालको माओवादी आन्दोलन पनि सेनाको बलमा धराशय हुन्छ भनेर सोचे । तर तिनीहरूले बिसेछन् कि तालिवान आन्दोलन एउटा धार्मिक प्रतिगामी आन्दोलन हो, जो त्यहाँको समाजलाई विशेषतः महिलालाई मध्यय सामन्ती युगमा फर्काएर घरेलु दासी बनाउने काम गरिराखेका थिए । महिला समुदाय जो समाजको उत्पादक शक्ति मात्र नभएर प्रजनन शक्ति र त्यसमादि सामाजिक गठबन्धनलाई सजीव र सबल बनाउने शक्ति हो, त्यसैले राजनीतिक सामाजिक र आर्थिक क्रियाकलापबाट अलग्याउने काम गरे । फलस्वरूप तालिवान सत्ता जनताबाट अलग्ग हुँदै गए। तसर्थ जब अमेरिकाको नेतृत्वमा तिनीहरूमाथि आक्रमण भयो, तिनीहरू पानी बिनाको माछासरह भए र छट्पटाएर मर्ने वा भाग्ने भए । यसको ठीक विपरीत माओवादी जनयुद्ध वैज्ञानिक विचारले लैस आन्दोलन हो जसले नेपाली समाजलाई सामन्तवादको भ्रूणबाट राष्ट्रिय पुँजीवादी नौलो जनवादी समाजतिर दोहोऱ्याउने काम गर्दैछ । यस आन्दोलनको विशेषता नै यसमा रहेको छ कि यसले जननीतिलाई दह्रोसित पकडिने काम गर्दै आयो । वास्तवमा जननीति तब मात्र दरिलो हुन्छ जब त्यहाँ महिलाको सहभागिता मजबुत किसिमले हुन्छ । माओवादी पार्टीले महिलालाई खालि आन्दोलनको सहयोगी बनाउने हिसाबले परिचालित गरेको छैन अपितु यसलाई दीर्घकालसम्म निरंतर क्रान्ति गर्ने, अगुवा समुदायको रूपमा लिने गर्दै आएको छ ।
शायद माओवादी आन्दोलन र त्यहाँ महिलाहरूको दरिलो सहभागिताको अन्तरसम्बन्धलाई ध्वस्त पार्नको लागि ज्ञाने-शेरेको राज्यसत्ताले महिला समुदायलाई विशेष दमन गर्ने नीति लिएको होला । दमनको पीडाबाट ती महिलाहरू निराशा भएर पलायन हुन्छ भन्ने तिनीहरूले सोच राखेको हुन्छ। तर तिनीहरूले के बुझ्दैनन् भने माओवादी पार्टीले महिलालाई कहिले पनि पीडित, आश्रित समुदायको रूपमा लिने गरेको छैन, जसलाई सुरक्षा दिनु आफ्नो दायित्व ठान्दछ । बरु महिला समुदाय आफैं विद्रोहको चिनारी, सयौं वर्षले थिचिएको पिल्सिएको ज्वालामुखी जस्तो शक्तिले लैस समुदायको रूपमा लिदै आएको छ। तसर्थ हत्या, बलात्कार, हथकडीले तिनीहरू गल्दैनन् बरु त्यस्ता यातनाले त तिनीहरू यो वर्तमान राज्यसत्ताको वर्गीय र लिंगिए चरित्रको विरुद्ध लड्न दोब्बर प्रतिबद्धता भएका छन् ।
वास्तवमा संकटकाल त यसै पनि उसै पनि गरिबी रेखामुनि बाचिएका जनता (जसको प्रतिशत ७१% भन्दा माथि छ), त्यसलाई दिनदिनै लागू भइरहेको छ । अझ महिलाहरूलाई त दोब्बर संकटकाल लागिरहेको छ एउटा पेट भोकोको संकटकाल, अको बलात्कारबाट बच्ने संकटकाल । जहाँसम्म युद्धरत ने.क.पा. (माओवादी) पार्टीको कुरा छ, त्यसको लागि त यसै पनि उसै पनि (जनयुद्ध थालनी भएदेखि) संकटकाल लागिराखेको छ । तर संसदीय पार्टीहरूको लागि यो संकटकाल न निल्नु न उकाल्नु भएको छ । कारण, तिनीहरूले उपभोग गर्दै आएका बोल्ने, लेख्ने, भेला हुने, प्रेस स्वतन्त्रता खारिज भएको छ। कतिपय संसदीय पार्टीहरूका कार्यकर्ताहरू मारिएका छन्, समातिएका छन्, बलात्कृत भएका छन् । तर तिनीहरू त्यसको विरुद्ध प्रतिकार गर्न सकिरहेका छैनन् । कारण, तिनीहरू ज्ञानेको अगाडि नाङ्गा भएका छन् । अब त तिनीहरूले बनाएका कानुन पनि नाङ्गो लाजमर्दो भएका छन् । राज्यसत्ताबाट जनता र आफ्नै कार्यकर्ताहरू माथि त्यत्रो हिंसा र बलात्कार भएको छ त्यसको विरुद्ध चुइँक्क बोल्न सक्दैनन् । अझ बलात्कारी हत्यारा सेना पुलिसलाई सजाय दिने नियम त परै जाओस् । त्यस्तो रणनैतिक महत्वको विषय छोडेर घरेलु हिंसा (त्यो पनि उच्च कोटीको परिवारमा हुने) मा आधारित लोग्नेले स्वास्नीलाई बलात्कार गरेबापत दिने कानुन बनाउनेतिर ध्यान आकर्षित भइरहेको छ । योभन्दा गैरराजनीतिक के होला । तसर्थ लाज र आतंक बढी तिनीहरूलाई भइरहेको छ । वास्तवमा ज्ञाने-शेरेको सेनाको भरमा बाहिर देख्दा महिलालाई बलात्कार र मार्ने काम गरिराखेको छ तर भित्रभित्रै यसले वर्तमान संविधान, संसदलाई बलात्कार र क्रमशः मार्ने काम भइराखेको छ । २०४६ सालमा गर्भधारण गरेको प्रजातान्त्रिक अभ्यासलाई तुहाउने काम भइरहेको छ । तसर्थ आजको माग भनेको ज्ञाने-शेरे गठबन्धनको विरुद्ध सबै पार्टी एकजुट हुनु अनिवार्य भएको छ ।