म त्यस दिनको लागि निकै दिनदेखि पर्खदै थिएँ । त्यो जिल्ला जसले तिब्बतको किनारादेखि लिएर भारतको किनारासम्म छोएको छ, त्यहाँको गाउँबस्तीमा जनयुद्ध थालनी भएपछि जान पाएकी थिइनँ । बल्ल त्यो सुनौलो दिन आइपुग्यो गाडीबाट हामी राति सडकको छेउमा उत्र्यो । त्यहींबाट हामी पाटीको सम्पर्क स्थानमा पुग्यो । त्यहाँ जिम्मेवार कामरेडहरूसित भेट भयो । तिनीहरू मलाई जंगलको बाटोबाटै अर्को बस्तीमा लगे । त्यहीं छापामार दस्तासित मेगे प्रथम भेट भयो । पुरुष-महिलाहरूले एउटै सैन्य बदर्दी लगाएको, काँधमा राइफल बोकेको र पेटीमा खुकुरी भिरेको देख्दा मलाई एकैचोटि भोलि आउने नौलो जनवादी सत्ताको याद आयो । यहींनेर माओवादी पार्टीको सारतत्त्व मैले भेट्टाएको अनुभूति गरें । कम्युनिस्ट पार्टी स्थापना भएको ५० वर्षसम्म बित्दा पनि नेपालमा र कार्यरत कम्युनिस्ट गुट, उपगुटहरूले खालि कम्युनिस्ट सिद्धान्तलाई तर्क-वितर्क । गफको विषय बनाइरहे । तर त्यसलाई आमूल परिवर्तनको लागि कहिल्यै पनि गम्भीर रूपमा लिएनन् । त्यस्तै महिला गुरिल्लाहरूले हातमा बन्दुक उठाउँदा तिनीहरू कति सुन्दर देखिएका । कति स्वाभिमानी देखिएका । कति लडाक देखिएका । त्यतिखेर मैले होटल, विचार गोष्ठी, एन.जी.ओ./आई.एन.जी.ओ. मा रुमल्लिएका, संसद्को घेराभित्र हराएका शिक्षित मध्यमवर्गीय महिलाहरू सम्कें। अनेकौ तर्क दिएर तिनीहरूले महिला हकहितका कुरा गर्छन्, तर बन्दुकबिना तिनीहरू कति दयनीय, असहाय र निर्जीव देखिन्छन् । कतिवटा सरकार आए कति गए तर तिनीहरूको नारा, मागहरू प्रत्येकचोटि आश्वासनमा मात्र सीमित हुँदै गइरहेका छन् । अर्कोतिर माओवादी महिलाहरू महिला शोषणलाई सीधै वर्तमान राज्यसत्तासित जोडेर त्यसको ध्वंश गर्नका लागि हातमा बन्दुक बोकेर हिंड्दै छन् । पुरुषहरूसित हातेमालो गर्दै वर्गीय लडाइँको मैदानमा उत्रिरहेका छन् ।
एकछिन मैले वर्तमान राज्यसत्ताबाट खटाइएका पुलिस, कमान्डो, सेनाहरू सम्झै । वर्दी र बन्दुक त तिनीहरूसँग पनि छन्, तर कति फरक छन् तिनीहरू माओवादी दस्ताहरूको तुलनामा । एक त तिनीहरू हुनेखाने वर्गको लागि लड्दै छन् । आफ्नो वर्गस्वार्थबाट प्रेरित नभएर एउटा रोजगारको रूपमा लड्न बाध्य छन् । अर्कातिर माओवादी योद्धाहरू आ-आफ्ना सम्पत्ति त्यागेर, परिवार त्यागेर आमजनताको मुक्तिको लागि लड्दै छन्, वर्तमान र भविष्यको लागि लड्दै छन् । उता सत्ताधारी अंगरक्षक पुलिस-सेनाहरू सम्पत्ति जोड्नको लागि, आफ्ना परिवारलाई भौतिक सुख-सुविधा जोड्नको लागि लड्दै छन् । तात्कालिक वर्तमान समस्यासित लड्दै छन् ।
त्यहाँबाट मलाई अघि हिंडाउने जिम्मा छापामार दस्तालाई दिइयो जसको कमान्डर हालै सहिद हन्मएकी महिला कमरेडकै साख्खै भाइ हुनुहुँदोरहेछ । यो जानकारीबाट मैले झन् जिम्मेवारीबोधको अनुभूति गरें । छापामार शैलीमा पडक्तिबद्ध भएर हामी हिंडन थाल्यौ। म मनमनै सोच्न पुगें यसरी नै श्रीलंकाका लिट्टे छापामारहरू जंगलमा हिंडछन होला, उता पेरुको एण्डीज पहाडहरूमा सेन्डेरोका छापामारहरू पनि हामीजस्तै हिंड्छन होला सबै दस्ताहरूसित बन्दुक थिए तर मेरो हातमा भने ली । त्यो लठ्ठीले मेरो लागि राति आँखाको काम गरेको थियो । कतिपय अवस्थामा त्यही लठ्ठीलाई राइफल सम्झेर अनायस छापामार इस्ताहरूले बेलाबखत फेरिरहने पोजिसनलाई हेरेर पनि लड्डनीलाई त्यही पोजिसनअनुसार फेर्न पुग्थें ।
हाम्रो धेरैजसो हिंडाइ उकालो-उकालोतिर नै हुन्थ्यो। हामी दलित जनजातिहरूको बस्तीतिर लाग्दै थियौं । जनयुद्धको विकासको उचाइ सँगसँगै हाम्रो पार्टी पनि भौतिक रूपमा विकट बस्तीहरूमा पुगेको देख्दा मलाई लाग्यो हाम्रो पार्टी साँच्चिकै सर्वहारावर्गको पार्टी भएको छ । जनयुद्धमा सुरु हुनुअघि माओवादी पार्टी प्रायः सुविधा भएको ठाउँमा अर्थात् सहर र बेसीमा सीमित हुन्थ्यो। बाहुन-क्षेत्री, पुरुषहरूको समुदायमा सीमित हुन्थ्यो । तर आज आएर यो गरिब, दलित, जनजातिहरू र मेहनतकस महिला वर्गमा बल्ल पुगेको छ ।
बिहान उज्यालो नहुँदै हामी म पहिले धेरै पटक पुगेको गाउँ नजिकै पुग्यौं । ओहो ! त्यो डाँडा, त्यो पाखा-पँधेरो, जसलाई मैले जनयुद्ध थालनीपछि चटक्कै छोडेर गएको थिएँ ! गाउँमा ती ओहोरदोहोर गर्ने साथीहरू सम्झे, पिङ खेल्दाका साथीहरू सम्झे । तर मलाई के थाहा ? कामरेडहरूले त ती गाउँका महिलाहरूलाई जमघट गराएर राख्नुभएको रहेछ । बैठकमा त हामी एक-अर्काको मुखमा हेरेको हेयै भयौं । अनि पछि कुरा गर्दै जाँदा थाहा भयो त्यहाँका कतिपय महिलाहरू घाइते भएका रहेछन् । जनयुद्धभन्दा अगाडि तिनै महिलाहरूलाई राजनीतिको ‘र’ सम्म उच्चारण गराउन गाह्रो भइरहेको थियो । आज पुलिससित कुस्ती खेल्ने साहस लिन सक्ने भइसकेका रहेछन् ।
त्यहाँबाट अब मलाई महिला कमान्डर भएको गुरिल्ला स्क्वायडले जिम्मा लियो । महिला कमान्डरको रूप हेर्न म पहिल्यै आतुर थिएँ। उनी गुरिल्ला दस्ताहरूमध्ये होची भए तापनि कमान्डिङ गरेको देख्दा उनी सबैभन्दा अग्ली देखिन्थिन् । उनको बोली सरल र मधुर भए पनि उनको कमान्डिङ तरिका दृढ थियो । त्यतिखेर मलाई फ्रान्सको नेपोलियन बोनापार्टले एउटा कमान्डरमा हुनुपर्ने गुणबारे भनेको याद आयो : An Iron hand inside a velvet glove, अर्थात् ‘मखमली पञ्जाभित्र फलामे हात’ । माओवादी पार्टीले महिलाहरूलाई दिएको सम्मान, प्रोत्साहन देखेर म गद्गद् भएँ । वास्तवमा प्रत्येक गुरिल्ला दस्तामा, सुरक्षा टिममा, स्वयम्सेवक केही महिलाहरूको सहभागितालाई अनिवार्य ३ गरिएको रहेछ । अभ्झ मैले सर्ने कतिपय ठाउँहरूमा महिलाहरूको मात्र मिले गरिल्ला स्क्वायड बनाएका छन् रे । त्यस जिल्लामा एक जिम्मेवार महिलाको प्लिस कमान्डोद्वारा हत्या भएपछि त्यहाँ महिला योद्धाहरूको संख्यामा अझ तीव्रता बढेको रहेछ । सामान्य महिलाबाहेक कति बुवा-आमाबाट विद्रोह गरेर आएका छन् भने कतिले आफूलाई हेला गरिराखेको लोग्नेबाट विद्रोह गरेर आएका छन्। कति महिलाहरू बालविवाहमा परेर छटपटिरहेको अवस्थाबाट पनि उम्केर आएका छन् त कति विधवा महिलाहरू पनि यसमा सामेल भएका रहेछन । जनतामा पनि जनकारबाहीले गर्दा माओवादी दस्ताहरू आँखाका नानी बन्न गएका रहेछन् । यी जनकारबाहीमा प्रायः महिलाहरूमाथि हुने दुर्व्यवहार, शोषण पनि पर्ने भएकोले गाउँका महिलाहरू जनयुद्धबाट धेरै प्रभावित भएको देखें । कतिपय अलपत्र परेका हेपिएका महिलाहरूलाई तिनीहरूले पाउनुपर्ने हक अधिकार दिलाइदिएका रहेछन्। जाँडरक्सी, जुवा-तासको विरोधमा चलाएको आन्दोलनले गर्दा कति परिवारले बल्ल सास फेर्न पाएका रहेछन् । जग्गाको मामलामा हुने झैझगडा पनि माओवादी पार्टीले मिलाइदिंदोरहेछ । त्यसैले होला आम जनतामा माओवादी पार्टी पानीमा माछासरह मिलेको देखे ।
त्यस जिल्लाको प्रख्यात जंगल काट्ने दौरानमा एकजना होनहार महिला योद्धालाई पुलिस र कमान्डो फोर्सले जंगलको एक कुनामा लगेर मारेको ठाउँ देखाउनुभयो त्यस्तै एक ठाउँमा दुई होनहार युवाहरूलाई माओवादी भएको आरोपमा सीधै गोली हानेर मारेको ठाउँ पनि छापामारहरूले देखाउनुभयो । बन्दुकको गोलीले छियाछिया भएको भित्ता देखाउनुभयो, त्यहाँ सुकेको रगतको टाटा आजसम्म पनि जिउँदो प्रमाणको रूपमा छ । अनि जनयुद्धको पहिलो सहिद ढलेको त्यो ठाउँ देखाउनुभयो । इतिहासका ती पात्रहरू सम्झेर नै होला त्यहाँका स-साना नानीहरूको मुखमा यो गीत गुञ्जिरहेको थियो-
रम्तेल भाइलाई गोलीले ढालेर जनयुद्ध छेकेर छेकिन्न ।….
कहिलेकाहीँ हामी गाउँमा मध्यरातमा पुग्थ्यौं । घरको ढोका खटखटाएपछि एकैचोटि हामीले कोठाभित्र सुतेका परेवा, कुखुरा, बाच्छाबाच्छी, पाठापाठी, बालबच्चाहरूलाई उठाइदिन्थ्यौ र आफू लुसुक्क माथि सुत्न जान्थ्यौं । कहिलेकाहीँ बिहानै पनि जनताका आँगनबाट हामी बन्दुक र पोसाकसहित हिंड्थ्यौं । तर जनताले यसलाई सहजै रूपमा पचाएको देखेर मलाई अचम्म लाग्यो । कतिपय ठाउँहरूमा तिनीहरू भन्थे, ‘बचेर जानुस् है बचेर जानुस् ।’
हामी माओवादीको विशेष गढ मानिएको ठाउँमा पुग्यौं । प्रायः एउटै जाति भएको त्यो ठाउँमा भनिन्छ, माटो र ढुंगासमेत माओवादी भएका छन् रे। पुलिस चौकी त्यो गाउँबाट आधा घन्टा जति टाढा रहेछ । तर त्यहाँका जनताको साहसबाट डराएर तिनीहरूले त्यो गाउँमाथि निगरानी मात्र गर्दारहेछन । त्यो पनि लुकी लुकीकन । त्यहाँका बाल-अखिलहरू साँच्चै चम्किला ताराहरू जस्तै मैले पाएँ । उमेरमा भर्खर ६ वर्षदेखि ११ वर्षसम्मका यी बालबालिकाहरूको साहस भने प्रौढ उमेर भएका मानिसहरूभन्दा कम थिएन । तिनीहरू जुलुस, आमसभामा भाग लिन जाने गर्दारहेछन् । यो काममा दक्षता हासिल गर्नका लागि तिनीहरूले मार्शल आर्ट पनि सिकेका रहेछन् । तिनीहरूले देखाएको मार्शल आर्ट देखेर त त्यहाँ उपस्थित गुरिल्लाहरूले समेत भन्न बाध्य भए- ‘तिनीहरूले त हामीलाई समेत जित्ने भए ।’ ती बाल-अखिलहरूसित एकछिन कुरा गर्दा मलाई चीनको क्रान्तिको दौरानमा त्यहाँका बालबालिका अर्थात् ‘little red devils’ याद भयो । कतिपय ती बाल-अखिलहरूले पुलिसबाट डण्डा, कान समाती उठबस र पिटाई खाएका रहेछन् तर पनि तिनीहरू डगमगाएका देखिन्नथे । वास्तवमा जुन परिवारभित्र बुबाआमा आन्दोलनमा लागेका हुन्छन्, त्यस परिवारका बालबच्चाहरू पनि स्वतः आन्दोलित हुनपुग्दा रहेछन् ।
हामी त्यो गाउँ छोडी अर्को गाउँमा पुग्यौं । त्यहाँका बालबालिका, बालकलाकारहरूले हामीलाई सानो साँस्कृतिक कार्यक्रम देखाएर सत्कार गरे । एउटा साना बालक बडो जोसले नाच्दै थिए-
जनादेश, २०५५ असार ३०