Posted on

महिलामुक्तिका कुरा गदा विगतमा प्रायः विचार पक्षमा भन्दा भावनामा जड दिइन्थ्यो । सारलाई भन्दा रूपलाई बढी पक्रन खोजिन्थ्यो । सश्लेषणमा होइन विश्लेषणमा समय खर्च गरिन्थ्यो । तर जनयुद्धको थालनी भएपछि यसका अन्य हदै गइरहेको छ र नेकपा (माओवादी) ले गरेको विचार संश्लेषणले प प्रक्रियालाई सुल्टाउने काम गरेको छ । यही सुल्टाउने प्रक्रियासंगे न.क.पा (माओवादी) को दोस्रो राष्ट्रिय सम्मेलनले जनयुद्धले आँधीमय पाँच वर्षका अनुभवहरूलाई संश्लेषण गरेर त्यसलाई माक्सवाद-लेनिनवाद-माओवाद र प्रचण्डपथ नामकरण गरेको छ । यसभित्र अन्तराष्ट्रिय, राष्ट्रिय परिस्थिति अन्तर्राष्ट्रिय, राष्ट्रिय कम्युनिस्ट आन्दोलन, पाटी इतिहास, क्रान्तिका तीम साधनको विकासबारे, पार्टी जनदिशाबारे आदि विषयमा परिस्थितिको मागअनुसार नयाँ विचार ल्याएको छ । महिलामुक्तिको प्रश्न यी पाटा पक्षहरूसित प्रत्यक्ष वा अप्रत्यक्षरूपमा गाँसिएर आएको छ। तसर्थ यसलाई उजागर गरेर मात्र उत्पीडित महिला समुदायले यो विचार संश्लेषणबाट पुंजीकूल गर्न सक्नेछ ।

सर्वप्रथम दोस्रो राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महिलाहरूको भूमिकालाई उच्च स्थानमा राखेको छ । अझ राष्ट्रिय सम्मेलनमा महिलाहरूले जनयुद्धमा देखाएको त्याग, तपस्या, बलिदान साहस र आम सहभागिताको हिसाबले त्यहाँ महिलाहरूको प्रतिनिधित्व न्यून रह्यो भन्ने गुनासी हलभित्रका पुरुषहरूले उठाएका थिए ।

नेपाली जनयुद्धको विशेषता नै यसको तीव्र विकासमा छ । साथै यसको अर्को विशेषता भनेको यसमा उत्पीडित समुदायको सहभागिता, विशेषगरी उत्पीडित महिलाहरूको आम सहभागिता हो। यो वास्तवमा ने.क.पा. (माओवादी की वैज्ञानिक नीतिको उपज हो। जसले नेपालको विशिष्टतालाई पहिचान गरेर मालेमावादको सिद्धान्तलाई अत्यन्त कलात्मक ढंगले प्रयोग गर्दै आएको छ। नेपाली समाजलाई चिरफार गर्दै यसले के उदाङ्गो पारेको छ भने यहाँ केन्द्रीकृत सामन्ती राज्यसत्ताको अवधारणा धेरै पछि मात्र आएको हो। अतः नेपाली समाजको परम्परा राजावादी होइन बरु यो त जनजाति बाहुल्य जनवादी स्वशासनमुखी रहदै आएको छ । यसले गर्दा यहाँको जनतामा आधारभूत रूपमा सामन्तवादको पूरे छाप नभाएर यहाँ कविलाई संरचनाका अवशेषहरू देखिन्छन् बढ्दो सहभागिता यसैको पनि उपज हो । यसलाई जनयुद्धमा महिलाहरूको बढ्दो ने.क.पा. (माअनेवादी) ले पंजीकृत गर्नुपर्दछ । अमेरिका युरोपमा झै नेपालमा पुजीपति र सर्वहारावर्ग सष्टरूपमा विभाजित छैन । यहाँको मजदूरवर्ग अतिनिम्न र कमजोर अवस्थामा भएको र यहाँको राष्ट्रिय पंजीपतिवर्ग गर्भमानै तहिएक अवस्थाले गर्दा यहाँको शोषणको रूप राष्ट्रिय वगीय आधारमा भन्दा बढी जातीय लिंगीय, क्षेत्रीय असन्तुलनबाट देखा पर्दछ । यसैलाई बुझेर ने.क.पा. (माओवादी से उत्पीडित समुदायलाई सचेतरूपमा क्रान्तिको महत्त्वपूर्ण अङ्ग मानेर परिचालन गर्ने नीति लिएको छ । प्रचण्डपथभित्र यो स्पष्टरूपमा अभिव्यक्त भएको छ ।

पार्टीको विकास र महिलाको सहभागिता

क्रान्तिकारी महिला आन्दोलनको विकास क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको विकाससित जोडिएको हुन्छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले ससारलाई बदल्ने नीति लिएको छ। न कि यसलाई व्यवहारमा सीमित राख्दछ । नेपालको कम्युनिस्ट आन्दोलनको विगत ५२ वर्षको इतिहासमा अधिकांश समय नेपाली क्रान्तिसम्बन्धी व्याख्यामा नै गयो र विभाजनग्रस्त रह्यो। त्यो, कि त राजावादी कि त संसदवादी विचलनमा फस्दै गयो। त्यसैले यहाँको महिला आन्दोलन पनि विभाजित, विचलित हुनु स्वाभाविक हो । त्यस दृष्टिकोणले हेर्दा २०४८ सालमा सम्पन्न एकता महाधिवेशन नेपाली कम्युनिस्ट आन्दोलमा मात्र नभएर क्रान्तिकारी महिला आन्दोलनका लागि समेत महत्त्वपूर्ण वर्ष रह्यो किनकि यसले नेपाली क्रान्तिको कार्यदिशा नौलो जनवादलाई दीर्घकालीन जनयुद्धको माध्यमबाट अपनाउने निश्चित गर्यो र साथै यसले विचारको आधारमा विभिन्न पार्टीबीचको एकता प्रणाली, एकता संघर्ष रूपान्तरण अवधारणअन्तर्गत पार्टी एकताको इतिहास सुरु गर्यो। यसले गर्दा विभिन्न पार्टीमा छरिएका महिला समूहहरूलाई एकीकृत गर्ने वातावरण सृजना गर्यो। आज जनयुद्ध सुरु भइसकेर पनि यो एकता प्रक्रिया जारी नै छ र जारी रहनेछ । एकता महाधिवेशनपछिको अर्को महत्त्वपूर्ण घडी २०५० सालमा सम्पन्न तेस्रो विस्तारित बैठक र‌ह्यो । यसमा एकता महाधिवेशनले दिएको कार्यदिशालाई मूर्तीकरण गर्नका लागि फौजी रणनीति तयार पार्यो। यस फौजी रणनीतिअन्तर्गत उत्पीडित महिला समुदायलाई पनि फौजी क्षेत्रमा समावेश गर्ने नीति लियो। स्मरण रहोस् ने.क.पा. (माओवादी) ले महिलाहरूलाई पार्टी र संयुक्त मोर्चामा पहिलेदेखि नै समावेश गर्दै आएको थियो । फौजी क्षेत्रमा महिलाहरूको यो समावेश एउटा ऐतिहासिक निर्णय थियो । जसको परम्परा नेपालको कम्युनिस्ट इतिहास त के नेपालको इतिहासमा नै छैन । यो ऐतिहासिक नीतिले गर्दा पार्टी, संयुक्त मोर्चा, अरू जनवर्गीय संगठनहरूमा महिलाहरूको सहभागिता झन् बढ्दै गयो। महिलामुक्तिलाई राज्यसत्तासित प्रत्यक्ष जोडेर प्रतिक्रियावादी राज्यसत्तासित सीधै लड्‌ने अङ्ग बनाएर उपीडित महिलाहरूलाई देखाउने दाँत होइन कि चपाउने दाँतमा रूपान्तरण गरिदियो । त्यसपछिको महत्त्वपूर्ण घडी भनेको दोस्रो राष्ट्रिय सम्मेलन हो। जसले महिलाहरूको मात्रात्मक सहभागिता र निकासलाई अझ नयाँ उचाइमा गुणात्मक विकासमा लाग्ने अवधारणा ल्याएको छ। त्यो हो महिलाहरूलाई पार्टीकरण र तिनीहरूको नेतृत्व विकासको लागि पार्टीभित्र महिला विभागको मूर्तीकरण ।

जनदिशा र महिलाको सहभागिता

दोस्रो राष्ट्रिय सम्मेलनले जनदिशालाई महत्त्वपूर्ण विधि मानेको छ । यहाँ बुझ्‌नुपर्ने के छ भने प्रतिक्रियावादी राज्यसत्ताको सबभन्दा कमजोर पक्ष नै उसको जनदिशा हो। जो व्यवहारमा लागू हुन्न। शोषक वर्गको अन्तरनिहित प्रवृत्तिले यसलाई बारम्बार निषेध गरिराखेको हुन्छ। जबकि क्रान्तिको लागि लडिरहेका योद्धाका लागि जनदिशा प्राणसरह हुन्छ । त्यसैले माओले भन्नुभएको छ ‘जस्तोसुकै कठिन घडीमा पनि जनसमुदायलाई विश्वास गर्नु र जनसमुदायकै साथमा रहनु’ । यहाँनेर बुझ्‌नुपर्ने के छ भने महिलाहरूको जनयुद्धमा सहभागिता र पार्टीले लिएको जनदिशा एक अर्कासित घनिष्ठ सम्बद्ध हुन्छन् । अर्थात दिशालाई सरल, सहज र साधारण किसिमले लगिन्छ । त्यहाँ महिलाह सहभागितामा वृद्धि हुन्छ । तिनीहरूको सहभागिताले जनदिशालाई थप अभदिन्छ। यसले गर्दा वर्तमान सामाजिक संरचनामा महिलाहरूको बहुरूपी भूमिकথ र कार्यले गर्दा तिनीहरू पार्टी र जनसमुदायको बीचमा भरपर्दो मजबूत क मइदिन्छ । यो व्यवहारमा देखिएको छ कि जहाँ महिलाहरूको जनयुद सहभागिता छ त्यहां पार्टी र जनयुद्ध तुलनात्मक रूपमा बढी स्थापित र टिकेक देखिन्छ। जहाँ जनदिशालाई अपहेलित गरिन्छ पार्टीभित्र नोकरशाही, संकीर्णत यान्त्रिक जडसूत्रवादी चिन्तनले राज गर्न थाल्दछ त्यहाँ महिलाहरूको सहभागित सुम्चदै जान्छ । यहींनेर क. स्टालिनको तीस प्रतिशत कमजोरी र त्यसले महिल समुदायमा पर्नसक्ने क्षतिको बारे उल्लेख गर्नु उपयुक्त हुन्छ ।

स्टालिनको प्रश्न र महिला सहभागिताका प्रश्न

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको प्रश्नमा पार्टीको विचार संश्लेषणलेमाजीको स्टालिनसम्बन्धी मूल्यांकनमाथि ध्यान केन्द्रित गरेको छ । यसमा स्टालिनका ७० प्रतिशत सकारात्मक योगदानको रक्षा गर्दै ३० प्रतिशत कमजोरीबाट ऐतिहासिक पाठ लिने कुरा कुरा मुख्य हो । स्टालिनको पार्टीसम्बन्धी एकमना (Monolithic) अवधारणामाथि केन्द्रित गरेको छ । यसले पार्टीलाई विपरीतहरूको एकत्वलाई स्वीकार्ने र सत्ता यान्त्रिक ढंगले सञ्चालन गर्ने एकमना एकताको अवधारणा ल्याइदिन्छ । द्वन्द्ववादको विपरीत यसले पार्टीभित्र चल्ने मैत्रीपूर्ण दुई लाइन संघर्ष अपनाइदिन्छ । यसले पार्टीभित्र नोकरशाही, दब्युपना, सकीर्ण, अधिभूतवादी दृष्टिकोणलाई जन्मदिन्छ । यसले गर्दा महिलाहरूमा प्रायः पहिल्यै समाजले लादेको दब्बुपनालाई प्रोत्साहित गरिदिन्छ । जबकि अलि आत्मनिर्भर, स्वावलम्बी, निडर, विद्रोही महिलाहरूलाई आन्दोलनबाट हतोत्साहित पार्ने वातावरण सिर्जना गरिदिन्छ। यहाँनेर बुझ्‌नुपर्ने के छ भने विपरीतहरूको एकत्वको सर्वोत्तम प्रयोग लोग्ने र स्वास्नीमा लागू हुन्छ । दुई भिन्दाभिन्दै परिस्थितिमा हुर्केका पुरुष र महिलाको बीच विवाह हुनु भनेको नै विपरीतहरूको एकता हुनु हो। त्यहाँ एकमना एकता लाद्न खोज्यो भने कि त त्यो सम्बन्ध विच्छेदमा परिणत हुन जान्छ, कि त त्यहाँ तनाव बढ्‌दै जानेछ, कि त दुईमध्ये एक दब्बु भएर बस्न बाध्य हुन्छ । स्टालिनले व्यक्तिगत जीवनमा पनि शायद एकमना एकता खोज्नुभयो। फलस्वरूप उहाँकी श्रीमती आत्महत्या गर्न पुग्नुभयो ।

यो पार्टी सर्वहारा वर्गको अग्रगामी दस्ता हो। तसर्थ यहाँ संकीर्णता, नोकरशाही प्रवृत्ति अर्थात एकमना अवधारणाले राज गर्न थाल्यो भने त्यहां निषेधात्मक द्वन्द्ववादको प्रयोग हुन जान्छ। अझ जनयुद्धको तीव्र विकासले अरू समुदायहरूलाई पनि सैद्धान्तिक ध्रुवीकरणको आधारमा पार्टीभित्र समावेश गर्ने वातावरण तयार पार्न जरुरी छ। त्यसकारण पार्टीभित्र विपरीतहरूको एकताको अवधारणालाई अझ वैज्ञानिकरूपमा पक्डनु जरुरी हुन्छ । झन् अहिले त संयुक्त मोर्चाको अवधारणा ल्याइसकियो । यसले गर्दा जनदिशाको अवधारणालाई अभबलियो बनाउनु आवश्यक छ । पार्टीभित्रको दई लाइन संघर्षलाई अझ सैद्धान्तिक ढगले र कलात्मक ढंगले चलाउनु जरुरी भएको छ। यस किसिमको संरचनाले जनदिशा र पार्टीभित्र चल्ने महिलाहरूको सहभागितामा वृद्धि ल्याउँछ र यसले क्रान्तिकारी महिला आन्दोलनलाई थप ऊर्जा प्रदान गर्दछ। संयुक्त महिला आन्दोलन सञ्चालन गर्नमा यसले झन् मद्दत पुर्याउँछ। महिला समुदाय वास्तवमा उत्पीडित समुदायभित्र अझ उत्पीडित मात्र नभएर, उत्पीडन गर्ने समुदायभित्र पनि उत्पीडित समुदाय भएकाले गर्दा त्यसबाट सृजित अन्तरविरोधसँग खेलेर त्यहांका महिलाहरूलाई क्रान्तिकारी महिला आन्दोलनमा तात्त्न सकिन्छ र सक्नुपर्दछ । यसका लागि पनि संयुक्त महिला आन्दोलन सञ्चालन गर्नका लागि क्रान्तिकारी महिलाहरूले सिद्धान्तमा दृढ भएर व्यवहारमा बढी लचिलो हुनु जरुरी हुन्छ ।

दीर्घकालीन जनयुद्धअन्तर्गत शसश्त्र विद्रोहको विलय र महिलाको सहभागिता

दीर्घकालीन जनयुद्धको अवधारणाअनुसार अहिले कान्तिको केन्द्रविन्दु ग्रामीण क्षेत्र भएको छ। फलस्वरूप महिलाहरूको गतिविधि पनि त्यतातिर बढी केन्द्रित हुनु स्वाभाविक छ । हाल सहरी क्षेत्रलाई प्रचार इलाकाको रूपमा लिएकाले त्यहाँ क्रान्तिकारी महिलाहरूको गतिबिधि मुख्यतः प्रचारात्मकरूपमा सीमित छ । अहिलेको विचार विश्लेषणले हाल तीव्र भूमण्डलीकरणले गर्दा दीर्घकालीन जनयुद्धको कार्यदिशाभित्र सशस्त्र विद्रोहका कतिपय विशेषताहरू सुरुदेखि नै समाहित गरेर लैजानुपर्ने आवश्यकतालाई महसुस गरेको छ । सोहीअनुसार सहरी क्षेत्रमा अब क्रान्तिकारी महिलाहरूको भूमिकालाई फराकिलो र अझ रचनात्मक बनाउन माग गरेको छ। अब त्यहाँ प्रचारप्रसारको साथसाथै फौजी काममा पनि तिनीहरू संलग्न हुनुपर्दछ। सहरी क्षेत्र प्रतिक्रियावादीको गढ भएका कारण यहाँ महिलाहरूलाई नेतृत्वदायी भूमिका दियो भने यसले पितृसत्तात्मक संरचनालाई भौतिकरूपमा मात्र नभएर मनोवैज्ञानिक रूपमा आँच पुर्याउँछ । एक त सहरी प्रतिक्रियावादी सत्ताले महिलाहरूलाई सामन्ती दृष्टिकोणअनुसार अवमूल्यन गरेको हुन्छ । अर्कोतिर साम्राज्यवादी विकृत संस्कृतिको प्रभावमा परेर महिलाहरूलाई वस्तु, भनोरन्जनको साधनका रूपमा लिइएको हुन्छ । त्यसैले महिलाहरूको नेतृत्वमा हुने सडक आन्दोलन र सशस्त्र कारवाहीहरूले निश्चितरूपमा महिलाहरू जसले प्रत्यक्षरूपमा वर्ग-संघर्षको अनुभूति पाएका छैनन्, तिनीहरू पनि वर्गसंघर्षमा होमिन थाल्दछन् । यसले घर-घरमा पीडित छोरी-बुहारीहरूलाई आन्दोलनमा उत्रने बातावरण सिर्जना गरिदिन्छ। तवमात्र प्रत्येक परिवारलाई राजनीतिकरण गर्न सम्भव हुन्छ । सहरी क्षेत्रमा आक्रमणको निशाना स्वभावतः दलाल पुँजीपतिहरू हुन्छन् । जसले देशको पुँजीवादी विकासलाई अवरुद्ध पारेर देशको श्रम, साधन, सम्पदालाई साम्राज्यवादी, विस्तारवादीहरूका लागि पुँजीकृत गर्ने काम गरिरहेका छन् । तिनीहरूले नै महिलाहरूको अस्तित्वलाई बजारमा बेचिरहेका छन्, कहिले सौन्दर्य प्रतियोगिताको नाममा त कहिले फेशन शोको नाममा वा अन्य विज्ञापनको माध्यमबाट । सहरी क्षेत्रमा क्रान्तिकारी महिलाहरूको प्रहार सर्वप्रथम यस क्षेत्रमा हुनुपर्दछ । त्यहाँ हुने कारबाही महिलाको नेतृत्वमा भयो भने यसले देशभित्र मात्र नभएर विदेशमा समेत प्रचार-प्रसार हुनपुग्दछ । सहरी क्षेत्रमा यौनसम्बन्धी अपराध धेरै हुने भएकाले त्यहाँ जनअदालत अथर्थात् कमान्डो स्टाइलले महिलाले नै ती अपराधीहरूमाथि कारबाही गर्दा अझ फलदायी हुने निश्चित छ ।

सहरी आन्दोलनको अर्को पक्ष भनेको यहाँ महिलावादी विचारले प्रभुत्व जमाएको हुन्छ । साथै यो एनजीओ र आईएनजीओको पनि केन्द्रविन्दु हुने भएकाले गर्दा यहाँ तिनीहरूले छरेका भ्रमहरू चिर्न जरुरी हुन्छ । तसर्थ यिनिहरूसित मुकाविला गर्नका लागि क्रान्तिकारी महिलाहरू निपुण मात्र भएर पुग्दैन लाल पनि हुन जरुरी हुन्छ । विज्ञान मात्र पक्डेर पुग्दैन अपितु त्यहाँ कलाको पनि उचित संयोजन हुन जरुरी हुन्छ । 

शुद्धीकरण र महिलाको भूमिका

आम जनता विशेषगरी उत्पीडित महिलाहरूको लागि सबभन्दा चिन्ताको विषय हो कतै कान्ति बीचमै तहिने त होइन ? क्रान्ति सम्पन्न भएर पनि नै रुस चीनमा झै यहाँ पनि प्रतिक्रान्ति हने त होइन ? तसर्थ निरन्त कान्तिअन्तर्गत शद्धीकरणको कार्यक्रमलाई जन प्रकारले प्रचण्डपथले संस्थागत गराउन खोजेको छ त्यो स्वागतयोग्य छ । शद्धीकरणको मूल मर्म भनेको ने अध्यक्ष प्रचण्ड भन्नु भए झै ‘आफ्नो टाउकोमा आफैं आगो लगाउने’ हो। प्रायः महिलाहरूमा देखिने दब्युपना, हीनताबोध, संकीर्ण दृष्टिकोण विचारभन्दा भावनामा बग्न खोज्ने, सारमा भन्दा रूपमा बग्न खाज्ने आदिको विरुद्ध निमस नाएर मात्र महिलाहरू अगाडि बढ्न सक्छन् । नत्रभने तिनीहरूको विकास गुणात्मक नभएर मात्रात्मकरूपमा मात्र सीमित रहनेछ । शुद्धीकरण अभियानमा के देखिएको छ भने महिलाहरू दुश्मनको अगाडि साहसी, गोपनीयता नखोल्ने एकदम अनुशासित देखिन्छन् भने आन्दोलनभित्र यौन काण्डमा फस्दा सबभन्दा बढी कुरा लुकाउने, कुरा चपाउने र सबभन्दा पछि आफ्नो गल्ती स्वीकार्ने प्रवृत्ति देखिएको छ। आलोक-रचना प्रकरण यसको एउटा प्रत्यक्ष उदाहरण हो। तसर्थ शुद्धीकरणको अवधारणा महिलाहरूले अझ बढी आत्मसात् गर्नु जरुरी छ ।

त्यस्तै विचार संश्लेषणले पार्टीलाई सर्वहाराकरण गर्ने स्पिरिटअनुसार व्यक्तिगत सम्पत्तिलाई पार्टीकरण गर्ने अवधारणा एकदम स्वागत योग्य छ। यसलाई प्रारम्भिक अवस्थामा पार्टीका केन्द्रीय सदस्यहरूबाट सुरुवात गर्ने भनेको छ। तर यो अन्य तहमा फैलाउँदै गएपछि यसले निजी सम्पत्तिको अवधारणालाई मैं निषेध गर्ने संरचना तयार पारिदिन्छ। महिलाहरूको शोषणको जड नै निजी सम्पत्ति भएकाले गर्दा यसलाई कम्युनीकरण गर्ने अवधारणाले महिलामाथि हुने सबैखालको शोषण अत्य हने वातावरण अहिलेदेखि नै तयार पार्न क्रान्तिकारी र दरगामी महत्त्वपूर्ण कदम हो । स्मरण रहोस यस्तो कदम जनताको स्तरमा रोल्पाका केही गाउँहरूमा सुरु भइसकेको छ ।त्यस्तै सत्तामा दक्षिणपन्थी अवसरवादीहरू हावी नहुन् भनेर बेलैमा कान्तिकारी नेतृत्वको पंक्ति तयार पार्ने जन सचेत र महत्त्वपूर्ण प्रयास राष्टिय सम्मेलनले गरेको छ यसमा उत्पीडित समुदायलाई सचेतरूपमा क्रान्तिकारी नेतृत्वदायी भूमिका तयार पार्ने जन काम भएको छ, त्यसले अन्ततः पार्टीलाई प्रतिक्रान्तिबाट बचाउने प्रयास भएको छ । यहाँ बनपर्ने के छ भने उत्पीडित महिला समुदाय आमूल क्रान्तिको लागि भरपर्दो आधारभूत समुदाय हो जसले क्रान्तिलाई क्रमशः नौलो जनवादीबाट समाजवादी, अनि अन्ततः साम्यवादी व्यवस्थासम्म धकेल्ने छ । तसर्थ क्रान्तिको अगुवा, नीति निर्धारण गर्ने ठाउँमा क्रान्तिकारी महिलाहरूको जति धेरै सहभागिता हुन्छ त्यति त्यहाँ प्रतिक्रान्ति हुनुबाट बढी सचेत र सजग हुने वातावरण तयार हुन्छ । त्यसैले पार्टीको हरेक तहमा महिला नेतृत्वको विकास गर्ने अवधारणाअन्तर्गत महिला विभागको गठनले क्रान्तिमा दूरगामी असर पार्नेछ ।

निष्कर्ष

यहाँनेर लेनिनको ‘संसारका मजदुर एवम् उत्पीडित समुदाय एक होऔं’ भन्ने नारा एकदम सान्दर्भिक छ । वास्तवमा प्रचण्डपथको मर्म नै यसमा छ कि यसले लेनिनको सारलाई पक्डेर नेपालका सम्पूर्ण उपीडित समुदायहरूको समस्यालाई केन्द्रीकृत गरेर यसको हल नौलो जनवादी क्रान्तिमा खोज्ने प्रयास गरेको छ । पार्टी सेना र मोर्चामा तिनीहरूलाई सचेत ढंगले प्रतिनिधित्व गराउने अवधारणा यसैको उपज हो। महिला समुदाय उत्पीडित समुदायभित्र पनि अझ उत्पीडित समुदाय हो। त्यो मात्र नभएर यो समुदाय अन्तिम साम्यवादी क्रान्तिसम्म साथ दिने भरपर्दो समुदाय पनि हो। यसलाई पुँजीकृत गर्न ने.क.पा. (माओवादी) ले आफ्नो विचार संश्लेषणमा महत्त्वपूर्ण स्थान दिएको छ । त्यस्तै क्रान्तिकारी महिलाहरूले पनि यस विचार संश्लेषणबाट महिला आन्दोलनलाई अझ सुदृढ र बलियो बनाउनका लागि यसको गहन अध्ययन गर्नु जरुरी छ ।

विचार संश्लेषणमा हालको तीव्र भूमण्लीकरणको परिस्थितिले एक्काइसौं शताब्दी जनयुद्धको शताब्दी बन्ने अवधारणा ल्याएको छ । अतः समाजवादी व्यवस्था विजय बन्ने आधार बन्नेछ । यस्तो अवस्थामा तीव्र भूमण्डलीकरणको मारमा परेका उत्पीडित देश, उत्पीडित समुदाय, उत्पीडित लिंगलाई गोलबन्द गर्ने उद्देश्यले ल्याएको लेनिनको अवधारणा, सर्वहारा क्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलनलाई एक अर्कामा विलय गर्ने, सिद्धान्त आज झन् सान्दर्भिक भएको छ । यहाँनेर क्रान्तिकारी महिलाहरूले के बुझ्‌नु जरुरी छ भने सर्वहारा नेतृत्वअन्तर्गत जति जति आत्मनिर्णयको अधिकार उत्पीडित समुदायमा विकेन्द्रीकृत हुन्छ, त्यति त्यति महिलाहरूको हकहित सुरक्षित हुँदै जान्छ । यसको ठीक विपरीत जति जति शक्ति जनताको हातबाट विकेन्द्रित भएर सत्तामा केन्द्रित हुन जान्छ त्यति त्यति महिलाहरूका हकहित संकुचित हुँदै जान्छन् । तसर्थ महिला समुदायको मुक्ति अन्य उत्पीडित समुदायको मुक्तिसँग पनि जोडिएको विषय हो । त्यतिमात्र होईन महिला समुदायको उत्पीडन अन्य उत्पीडित समुदायको समस्या हल भइसकेपछि पनि आंशिकरूपमा रहिरहने छ । यसको अन्तिम हल साम्यवादी समाजमा मात्र हुनेछ । त्यसैले सर्वहारा नेतृत्वको सवाल महिला समुदायको लागि अहम् बन्नु स्वाभाविक हो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *