जबसम्म लालकिल्ला जलजला रहिरहन्छ तबसम्म चुन्नु गुरुङ जनताको मुटुको ढुकढुकीमा बसिरहनु हुन्छ । किनभने जलजलासँग गहिरो माया बसिसक्यो बन्नुका । यहाँसम्म कि त्यही लालकिल्लाको लागि लड्दालड्दै उहाँको ज्यान गइसक्यो । अतः उहाँले रच्तु र गाउनु भएको गीत ‘तिम्रै निम्ति बरु यो ज्यान गए गइजाला जलजला’ सर्वहारा वर्गको सत्ता नेपालमा नआएसम्म यहाँको पहाड हिमालय र तराईमा झन् मीठो स्वरमा गुन्जिरहने छन् । को हुन् त चुन्न गुरुङ ? उहाँ यो जनयुद्ध सर्वहारा वर्गको अति सुजनशील बहुप्रतिभाशाली सशक्त महिला नेतृ हुनुहुन्थ्यो । अत्यन्तै गरिब परिवारमा जन्मनु भएको चुन्नुले आफ्नो आमाको काखमा हुर्कन सम्म पाउनुभएन । उहाँको लालनपालन उहाँको ठूली आमाले गर्नुभयो । सानै उमेरमा उहाँले आफ्नो बुबा पनि गुमाउनुभयो । उहांको गरिबी स्थितिले गर्दा उहाँको जन्ममितिसमेत अज्ञानमा नै रह्यो । भनिन्छ सहिद हुँदा उहाँ २७/२८ वर्षको हुनुहुन्थ्यो। उहाँ स्कुलमा पढ्नु हुँदा पैसा तिर्न नसकेर स्कुलमै शिक्षकहरूले पढ्ने व्यवस्था मिलाइदिएका थिए। सायद उहाँकै यही सर्वहारा पृष्ठभूमिले गर्दा जनयुद्धपछि उहाँ झन् चम्किनुभयो र अन्ततः दुश्मनको निसाना बन्न पुग्नुभयो । उहाँ सर्वहारा श्रमिक संगठनबाट २०४७ सालमा भएको पार्टी एकीकरणअनुसार मूलधारको क्रान्तिकारी पार्टी एकता केन्द्रमा आउनुभयो। उहाँको मधुर स्वर, क्रान्तिकारी स्पिरिट, विचारमा अडिग र मञ्चमा नेतृत्व दिनसक्ने क्षमताले उहाँ जनयुद्ध सुरु हुनु अघि नै काठमाडौंका मञ्चहरूमा स्थापित भइसक्नुभएको थियो। उहाँ सर्वप्रथम क्षितिज परिवार र पछि सामना परिवारमा संस्थापक सदस्य हुनुहुन्थ्यो ।
जब २०५२ सालमा ने.क.पा. (माओवादी) को नेतृत्वमा जनयुद्धको शंखघोस भयो, त्यतिबेला उहाँले बिनाहिचकिचाहट वर्ग संघर्षको स्पिरिटलाई स्वीकार्दै पूर्ण रूपले वर्ग युद्धमा होमिनुभयो। युद्धको पीडा, दुःख, बलिदानी, साहसी र बहादुरीले उहाँलाई थप ऊर्जा दिए र उहाँलाई कवयित्री बनाइदिए । उहांको हातबाट धुरै रचनाहरू प्रकाशन हुन थाले । उहाँले लेख्नुभएको कविता ‘बेलीसरा’ मा महिलाहरूको चित्रण राम्ररी गरेको पाइन्छ । त्यस्तै उहाँले रच्नुभएको तीजको गीत ‘भोकको पेटमा कम्मर मर्काई मर्काई नाचे’ ले महिलाहरूको विवशता र विडम्बना राम्ररी झल्काउँछ । उहाँ गायिक, अपेरा गर्नुहुने मात्र नभएर कुशल संगठक र राम्रो वक्ता पनि हुनुहुन्थ्यो । यसरी पाल्पा दोभानमा जन्मनुभएको गुमनाम चुन्नु देशभरि (भारतका कुनाकाप्चामा समेत चिन्ने बहुप्रतिभाशाली जनताको आँखाको नानी बन्न सफल हुन पुग्नुभयो । उहाँ आफ्नो काममा यति एकाग्र भएर लाग्नुभयो कि उहाँको विवाह २५/२६ वर्षको उमेरमा बल्ल हुन गयो । उहाँको विवाह उहाँकै सहकर्मी कलाकार कृष्ण तिवारीसित २०५५ सालमा सम्पन्न भएको थियो । तर विवाहको एक महिना पनि नबित्दै उहाँले आफ्नो जीवन साथी आन्तरिक दुर्घटनामा गुमाउनुभयो । त्यतिबेला उहाँले आफ्नो जीवनसाथीको स्पन्दनको त्यो घडी’ यति मार्मिक, यथार्थ र हृदयस्पर्शी ढंगले लेख्नुभएको थियो, सायद त्यो पढेर कसको आँखा रसिलो भएन होला ? यो भन्दा अत्युक्ति नहोला कि त्यस्तो सशक्त संस्मरण अहिलेसम्म कसैले लेखेको छैन ।
उहाँले सांस्कृतिक क्षेत्र कहिल्यै पनि छोडन भएन। आन्दोलनभित्रका सांस्कृतिककमीहरूको राजनैतिक, संगठनात्मक विकासप्रति सजग भइरहनु हुन्थ्यो । सांस्कृतिक क्षेत्रलाई खालि मनोरञ्जनको साधनको रूपमा न्यूनीकरण गला कि भन्नेमा उहाँ हरदम चिन्तित हनहन्थ्यो। यस क्षेत्रभित्र विवेकको साथसाथै आवेग पनि आउने भएकोले उहाँ बेलाबखत भावुक भइदिनुहन्थ्यो, विशेष गरी जब सांस्कृतिक कार्यक्रममा ढिलासुस्ती अथवा त्यसलाई हल्का रूपमा लिइदियो भने । नयाँ नयाँ सांस्कृतिक कार्यकला उत्पादन गर्नमा उहाँ धेरै सिपाल हनुहन्थ्यो । उनीहरूको सरक्षण र विकासमा उहाँको विशेष ध्यान जान्थ्यो साथै उहाँ सांस्कृतिक क्षेत्रमा लोकलयसँग आधुनिक लय संयोजन गर्नुपर्दछ भन्ने वकालत गर्नु हुन्थ्यो । उहाँ क्रान्तिको हितमा जे पनि गर्न तयार हुनुहुन्थ्यो । अपेरा गर्दा कहिले क्रान्तिकारीको भूमिका त कहिलेकाहीँ हास्यपात्रको रूपमा समेत बिनाहिचकिचाहट प्रकट हुनुहुन्थ्यो ।
संगठनात्मक क्षेत्रमा उहाँ पार्टीको उपब्युरोको सदस्य हुनुहुन्थ्यो, पार्टी जिल्ला जातीय विभागको इन्चार्ज हुनुहुन्थ्यो । उहाँ तमु मुक्ति मोर्चाको केन्द्रीय कोषाध्यक्ष पनि हुनुहुन्थ्यो । जनशैलीमा उहाँ प्रखर हुनुहुन्थ्यो र छोटै अवधिमा तमुहरूको बीचमा स्थापित हुनुभयो । सायद उहाँको लोकप्रियताबाट आत्तिएर नै दुश्मनले उहाँलाई मारिसक्दा पनि त्यसको पुष्टि गरेन । धेरै दिनसम्म बेपत्ता भएको भान दिइयो । तर अहिले उहाँसँगै लगेको एउटा कार्यकर्ता जब दुश्मनबाट फुत्केर पार्टीको सम्पर्कमा आए, पछि बल्ल थाहा भयो, उहाँलाई सेनाले २०५८ फागुनमा स्याङ्जाको जंगलमा लगेर गोली हानेर मारेको थियो। यहाँ स्मरणीय के छ भने जनयुद्धको दौरानमा संस्कृति र कलाका क्षेत्रमा धेरै कलाकर्मीहरूले शहादत प्राप्त गरेका छन् । प्रायः श्वेत इलाकामा पहिलो असल्ट निशस्त्र सांस्कृतिक टिम उहाँहरू नै पर्ने भएकोले गर्दा तिनीहरू दुश्मनको निसानामा सजिलैसँग पर्ने भइरहेका छन् । चुन्नु गुरुङ पनि श्वेत इलाकाबाट नै समातिनु भएको थियो । उहाँ पहिले पनि २०५४ सालमा बुटवलबाट विद्यार्थी सम्मेलनमा कार्यक्रम गर्दागर्दै गिरफ्तार हुनुभएको थियो । केही दिनपछि रिहा गरियो। तर उहाँ निरन्तर आफ्नो काममा लागिरहनुभयो ।
पहिलो युद्धविराम भएपछि पोखरामा एउटा भव्य सांस्कृतिक कार्यक्रम भएको श्रेष्ठ तथा अन्य विशिष्ट अतिथिहरूको पनि उपस्थिति थियो। त्यो कार्यक्रमको थियो । त्यस कार्यक्रममा करिब ३०-४०,००० दर्शकहरू थिए जसमध्ये डा. मथुरा सम्पूर्ण संचालन उहाँकै नेतृत्वमा भएको थियो । त्यस्तै २०५७ सालमा रोल्पाको एउटा गाउँमा ने.क.पा. (माओवादी) को ऐतिहासिक जनसेना र जनपरिषद्को राष्ट्रिय भेलामा पनि उहाँले सांस्कृतिक कार्यक्रमको संचालन एकदम परिपक्क पश्चिमका पहाडहरूमा जनगणतन्त्र रेडियो नेपालमा गुन्जिरहछन् र गुन्जिरहने रूपमा लिनुभएको थियो । आज पनि उहाँले गाएका, रचेका गीतहरू पूर्व, मध्य, छन् ।
चुन्नु गुरुङको विशेषता यसमा थियो कि उहाँ सांस्कृतिक क्षेत्रमा सुरुदेखि अन्त्यसम्म गम्भीर र जिम्मेवारीबोधसाथ निरन्तर रूपमा लागिरहनुभयो, यद्यपि उहाँको अन्य पनि जिम्मा हन्थ्यो । पहलकदमी लिने र नेतत्व दिनसक्ने क्षमता उहाँको थियो । समग्रमा भन्दा उहाँ लालको साथसाथै निपुण भएकी नेतृ हुनुहुन्थ्यो । उहाँको जीवनी सबैका लागि, विशेष गरी महिलाहरूको लागि अनुकरणीय छ ।
– १ पुस, २०६१