Posted on

जब सत्ताको जन्म कुनै विशिष्ट गर्भबाट हुन् अनिर्वाय हुन्छ, तब त्यहाबाट जन्मने सत्ताको जाति, धर्म, वंश, रूप आदि पनि विशिष्ट हुन् अनिवार्य हुन्छ । यो प्रश्न जैविक नायक (Biological leader) खोज्ने राजतन्त्रलाइ संस्थागत प्रसंगमा बारम्बार उठ्ने गर्दछ । यो प्रसग राजाको साथसाथै रानीलाई पनि त्यति नै लागू हुन्छ । कारण, कुनै पनि समुदायको जाति, धर्म, वंश आदिको निरन्तरता त्यही समुदायको महिलाबाट जन्मने बच्चाहरूवाट हुन्छ । तसर्थ कने पनि देशको रानी वा भावी रानी छान्दा उनी कुन देशको छोरी, कुन वश, धर्म, घरानाकी छोरी भन्ने प्रश्न स्वतः उठ्ने गर्दछ । यस्तै बेला शक्ति राजनीतिको खेल चरमरूपमा पुगेको लेखिन्छ । राजतन्त्रको आडमा बसेर शक्ति सञ्चालन गर्न भारदारहरू सकभर आफ्नै कुलकी छोरी रानी बनोस् भन्ने प्रयत्नरत हुन्छन् । किनभने राजतन्त्रात्मक देशमा शक्ति सञ्चालनको निम्ति क्षमताले मात्र पुग्दैन, अपितु राजदरबारसित रगतको नाताले पनि ठूलो भूमिका खेलेको हुन्छ ।

यस्तो वंशको शुद्धता विशेष गरी सामन्ती युगको राजतन्त्रमा भेटाइन्छ। सायद यसै परम्परागत रीतिरिवाजलाई आधार मानेर हालै नेपालमा भएको राजपरिवारको जघन्य हत्या यही विशिष्ट गर्भाशय खोज्ने क्रमबाट उत्पत्ति भएको अन्तरविरोधको उपज हो भन्ने आधार सशक्त रूपमा ज्ञानेन्द्र गुटले अगाडि सारिरहेको छ। त्यहीअनुसार दिवंगत युवराज दीपेन्द्र नै यस नरसंहारको मुख्य खलनायक हो भन्ने पुष्टि गर्नका लागि न्वारनदेखिको बल लगाएर सावित गर्न खोजेको देखिन्छ । अर्थात् परम्परागत रूपले छानिदै आएको बधुको विपरीत आफ्नो प्रेमीसित विवाह गर्न नपाएको झोकमा सम्पूर्ण राजपरिवारलाई युवराज दीपेन्द्रले नै मार्यो र अन्ततः आफूले पनि आत्महत्या गर्यो भन्ने तर्क अगाडि सार्दै आइरहेका छन् ।

अचम्मको कुरा त केमा छ भने यस सिद्धान्तलाई पुष्टि गर्नका लागि यस घटनासम्बन्धी छानबिन समितिको निर्णय आउन अघि नै नेपालको नारायणहिटी दरबार, सिंह दरबार, भारतको साउथब्लक दरबारदेखि अमेरिकाको हह्वाइट हाउस दरबारसम्मले एउटै स्वरमा स्वर मिलाएर यही कुरालाई आ-आफ्‌ना सूञ्चारमाध्यमबाट बारम्बार प्रचार प्रसार गर्दै गयो । तर प्रश्न उठ्छ के यो वीभत्स राजपरिवारको हत्याकाण्डको पछाडि एउटा व्यक्तिगत विवाहको मामला मात्र हुन सक्छ र ? के यस्ता अन्तरविरोधहरू अन्य देशका राजपरिवारहरूमा उठ्ने गरेका छैनन् र ?

वास्तवमा राजतन्त्र सामन्ती संरचनाको अभिन्न अंग हो । सामन्ती युगको अन्त्यपछि पंजीवादी युगले यसको ऐतिहासिक भूमिका अन्त्य गराइसकेको थियो । सोहीअनुरूप फ्रान्स, जर्मनी तथा अन्य युरोपेली देशहरूमा गणतन्त्रको अवधारणा स्थापित भयो । तर जब पूँजीवादले साम्राज्यवादको रूप ग्रहण गर्न थाल्यो तब जनतामा बढ्दै गएको आमूल परिवर्तन, विद्रोहको भावना पूँजीपतिहरूको स्वार्थ विपरीतमा जाने प्रस्ट देखियो। तसर्थ उसले पुनरुत्थान शक्ति अर्थात् राजतन्त्रलाई पुनर्जीवित गर्ने काम गर्यो। यसरी जनतामा पिछडिएको, परम्परागत, धार्मिक भावनालाई आफ्‌नो स्वार्थको लागि ऊर्जाकृत गर्नका लागि राजतन्त्रलाई बचाउने काम गर्दै गए ।

अहिले विश्वमा दुई थरी राजतन्त्रहरू अस्तित्वमा छन् । एक थरी पूँजीवादी देशहरूले पालेको जीवित म्युजियम (Living museum) मा राखेको निष्क्रिय आभूषित राजतन्त्र जो जापान, बेलायत, स्पेनजस्ता पुँजीवादी देशमा पाइन्छ । अर्का थरी तेस्रो विश्वका कतिपय देशहरूमा शक्तिसम्पन्न अर्थात् अर्थशक्ति सम्पन्न भएर सक्रिय राजतन्त्रका रूपमा स्थापित छन् । जो नेपाल, जोर्डन, साउदी अरेबियाजस्तो देशहरूमा पाइन्छ । ती देशका प्राक्-पुँजीवादी संरचनाले गर्दा ती राजतन्त्र केही हदसम्म आफ्‌नै खुट्टामा उभिएको देखिन्छ । तर साम्राज्यवादको तीव्र भूमण्डलीकरण, उदारीकरण र निजीकरण नीतिले गर्दा ती देशका राजतन्त्र साम्राज्यवादी र उसको क्षेत्रीय विस्तारवादी शक्तिहरूको चेपुवामा पार्दै गइरहेका छन् । जुन राजाले त्यसको अलिकमात्र विरोध गर्न खोज्छ उसले आफ्‌नो काल खोजेसरह हुन जान्छ ।

नेपाल एउटा त्यस्तै देश हो। यहाँका केही राजाहरूले बेलाबखत साम्राज्यवादी देशको, विस्तारवादी देशको हेपाई खान परे तापनि आफूहरूले भ्याएसम्म राष्ट्रियताको अडान बेलाबखत राख्दै आएका थिए पृथ्वीनारायण शाहको पालामा ब्रिटिसहरूको विरुद्ध स-साना भुरेटाकुरे राजाहरूलाई एकीकृत गरेर केन्द्रीकृत रूपमा आफ्‌नो राज्यलाई मजबुत बनाउने काम गरे। त्यस्तै राजा महेन्द्रले नेपालको उत्तरी सिमानामा कार्यरत भारतीय सेनालाई हटाउने काम गरे। त्यस्तै दिवंगत राजा वीरेन्द्रले संसद्ले समेत पास गरेको राष्ट्रघाती नागरिकता विधेयकलाई निष्क्रिय पार्न मद्दत गरे। अझ राजा वीरेन्द्रले त माओवादी आन्दोलनले उठाएका कतिपय राष्ट्रियतासम्बन्धी अडानमा समेत मौन समर्थन गर्दै आएका थिए। यो भारतीय विस्तारवादका लागि घातक सावित भइरहेको थियो । र, साथै अमेरिकी साम्राज्यवादको दीर्घकालीन लक्ष्यको लागि चीनलाई चारैतर्फ घेरेर यो क्षेत्रको नायक बन्ने सपना) बाधक बनिरहेको थियो । – राजदरबारभित्र उनीहरूले आफ्‌नो स्वार्थ पूर्ति गर्ने पात्र खोज्दै थिए । त्यस्तो व्यक्ति तिनीहरूले ज्ञानेन्द्रमा पाए। जो राजाको साख्खै भाइ मात्र नभएर भारतीय व्यापारसित प्रत्यक्ष र घनिष्ठ सम्बन्ध भएको व्यक्ति पनि हो। त्यतिमात्र नभएर – यसको छोरा पारसले भारतीय मूलकी छोरी विवाह गरेको अर्थात् भावी नेपालकी रानी भारतीय मूलको हुनुले भारतीय विस्तारवादी नीतिलाई अब जैविक रूपमा निरन्तरता दिने माध्यम पनि पाउने भयो। त्यसमाथि ज्ञानेन्द्र, राजा वीरेन्द्रको उदारवादी स्वभाव र माओवादी आन्दोलनप्रति उनले देखाएको नम्रताको विपरीत फासिष्ट स्वभावको र दलाल चरित्र भएकाले यही पृष्ठभूमिमा युवराज दीपेन्द्रको विवाहसम्बन्धी अन्तरविरोध एउटा राम्रो बहाना बन्यो । सत्ता छिनाझप्टीको लागि वर्तमान राजपरिवारको वंशनाश त्यसैको परिणाम हो ।

यसले के पुष्टि गर्दछ भने आजको तीव्र साम्राज्यवादी युगमा कुनै पनि देशको राजतन्त्र हिजोको जस्तो आफ्‌नै देशको संरचनाको आधारमा टिक्न सक्दैन । साम्राज्यवादी र तिनका क्षेत्रीय विस्तारवादी शक्तिका दलाल भए मात्र त्यसलाई टिक्न दिइन्छ । जहां तिनीहरूले त्यो सविधा पाउँदैनन त्यहां हरहमेसा राजदरबारभित्र चलेको अन्तरसंघर्ष चकर्काएर आफनो अनुकुल दलाललाई स्थापित गर्ने प्रयास भएकै हुन्छ । तर जहाँ उसको स्वार्थअनसार राज चलेको हुन्छ त्यहा जस्तोसुकै ठूलो अन्तरविरोध भए तापनि त्यसलाई गौण मानेर राजालाई टिक्न दिइएको हुन्छ । यसरी आफ्‌नो स्वार्थ पर्तिको निम्ति साम्राज्यवादीहरू ই नोकरशाही पूँजीवादीहरूका लागि राजतन्त्र भरपर्दो र उपयोगी माध्यम बन्दै आएको छ ।

यसको ज्वलन्त उदाहरण हामी जोर्डनका तत्कालीन राजा हस्सनको सन्दर्भमा प्रस्ट देख्न सक्छौ । हस्सेन जो त्यस क्षेत्रको अमेरिकी स्वार्थको भरपदों प्रतिनिधि मानिन्थ्यो, उसले कान्छी स्वास्नीको रूपमा अमेरिकन केटी विवाह गरेको थियो । धर्म र राष्ट्रियताको भिन्नताको बावजूद। त्यसमाथि उनको देहान्तपछि त्यही कान्छी अमेरिकन रानीबाट पाएको छोरालाई राजा घोषित गरिदियो। जबकि त्यहाँ काकै जेठी जोर्डनी रानीबाट पाएको छोराले त्यो राजगद्दी पाउनु पर्दथ्यो। के त्यसले त्यहाँको राजपरिवारभित्र अन्तरसंघर्ष पर्दाफास गरेन होला ? त्यो किन चकॅन वा त्यसलाई किन चर्कन दिइएन ? स्पष्ट छ नयाँ राजाले अमेरिकन स्वार्थलाई बढी मजबूत किसिमले सेवा पुऱ्याइरहेको छ ।

अब छिमेकी देश सिक्किमको सन्दर्भ लिऔं । स्वतन्त्र सिक्किम राज्यको राजा चोग्यालले अमेरिकी केटी विवाह गरेको थियो। तर चोग्याल भारतीय विस्तारवादको दलाल बन्न हिचकिचाइरहेको थियो। यो देखेर भारतीय विस्तारवादले उसका अन्य अन्तरविरोधहरूको सँगसँगै चोग्यालको रानी विदेशी भएकीले ऊ सी.आई.ए. को एजेन्ट हो भन्ने भ्रम आम जनतामा छरिदियो । यसले जनता र राजाका बीचमा थप दूरी बढाउने काम गर्यो। यही बहानामा सिक्किमलाई क्वाप्प खाने वातावरण बनायो । अन्तरविरोधकै कुरा गर्ने हो भने भारतीय विस्तारवादको कठपुतली भुटानको राजा जिग्मेको कुरा गरौं। उनले एकैचोटि चार चार वटी केटी विवाह गरे। त्यहाँ शक्ति सञ्चालनको मामलामा के ती चार रानीहरूको बीचमा अन्तरविरोध न होला त ? त्यो किन चर्किन्न वा चर्किन दिन्न ? स्वतः सिद्ध छ उनी भारतीय दलाल भएकै कारण त्यहाँको अन्तरविरोध भारतीय विस्तारवादको लागि चासोको विषय बनेन हैन र ?

त्यस्तै बेलायतको राजतन्त्रकै कुरा गरौं । त्यहाँको राजतन्त्रमा पनि आफ्‌नो वंशलाई पवित्र श्रेष्ठ राख्नको लागि राजा-रानी वा भविष्यमा बन्ने राजारानीक वैवाहिक सम्बन्ध र तिनीहरूको चरित्रमाथि निगरानी राखिन्छ । सायद त्यसैले होला त्यहाँको हालको युवराज चार्ल्सले अन्ततः आफूले प्रेम गरेको केटीलाई छोडेर राजपरिवारबाट छानिएकी डायनासित विवाह गर्न विवश भयो। कालान्तरमा त्यो विवाह अन्तरविरोधको कारण भत्कंदै गयो। जब युवरा चार्ल्सले आफनो पर्व प्रेमिकासँग सम्बन्ध राख्न थाल्यो। तब डायनाले पनि एज्य धनी मुस्लिम पूंजीपतिको छोरासित सम्बन्ध राख्न थालिन । धर्म र राष्ट्रियतामे दष्टिकोणले डायनाको यो सम्बन्ध राजदरबारको निम्ति ठूलो सरमको विषय बन थियो । ठीक त्यसैबेला (ती दुवै। मोटर दुर्घटनामा परेर ती दिवंगत हुन पुगे। त्यो वास्तवमा दुर्घटना थियो वा हत्या थियो । त्यसको निक्यौल आजसम्म भएको छैन । डायना, चार्ल्स प्रकरणपछि त्यहाँका अन्य युवराज युवराज्ञीका चरित्रसम्बन्धी कुराहरू बेलाबखत चर्चामा आइरहन्छन् । यी कुराहरूलाई पनि आधार बनाएर ब्रिटेनको जनताले त्यस्तो अनैतिक, महँगो राजतन्त्र हामीलाई चाहिन्न भन्दै बारम्बार माग उठाउने गर्दै आएका छन् । तर पनि त्यहाँको राज्यसत्ताले त्यो पुरानो थोत्रो र यौन काण्डमा फसेको राजतन्त्रलाई टिक्न किन दिइराखेको छ ? प्रस्ट छ साम्राज्यवादी ब्रिटेनको लागि क्रान्ति रोक्न राजतन्त्र आज पनि त्यति नै जरुरी छ ।

यसले स्वतःसिद्ध गर्दछ कि राजपरिवारभित्र हुने अन्तरसंघर्ष साम्राज्यवादी, विस्तारवादी शक्तिहरूका लागि आफ्‌नो स्वार्थ अनुकूल हस्ताक्षेप गर्ने माध्यम बनेको छ । हालसालै भारतीय खुफिया एजेन्सीले नेपालको राजदरबारभित्र चल्दै आएको अन्तर विरोधहरू आफूलाई जानकारी भएको स्वीकारोक्ति आफ्‌ना पत्रिकाको माध्यमबाट गरेको छ । नेपालको प्रत्येक राजनीतिक घटनामा चासो राख्ने सोअनुसार क्रियाशील हुने भारत के दरबारभित्रको उथलपुथलमा मौन भएर बस्यो होला त ? त्यस्तै यो क्षेत्रलाई निगरानी गर्नका लागि अमेरिकी साम्राज्यवादको दिल्लीस्थित F.B.I अफिस यत्रो राजपरिवारको नरसंहार हुँदा टुलु टुलु हेरेर बस्न सक्यो होला त ?

त्यसैले यो हत्याकाण्डलाई जतिसुकै परम्परागत व्यक्तिगत अन्तरविरोधको उपज हो भन्न खोजे तापनि त्यसभित्रको खास सार बुझ्‌नु जरुरी हुन्छ । त्यो अनुसार भनेको नेपाललाई भुटानीकरण गर्दै सिक्किमीकरण गर्ने विशाल अभ्यासको उपज हो भन्ने कुरा यो हत्याकाण्डले थप पुष्टि गरेको छ । त्यसैले आजको तीव्र भूमण्डलीकरणको युगमा राजसंस्था ऐतिहासिकरूपमा निकम्मा र अनावश्यक सावित भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *