अहिले विश्व युद्धमय हुँदै गइरहेको छ। तर यो हिजो जस्तो प्रत्यक्ष देखिने, मोर्चावद्ध ढंगको, परम्परागत युद्धभन्दा पनि बढ्दो रूपमा यो न्यून घनत्व युद्ध कलाको रूपमा (अथवा छापामार युद्ध कला प्रकट हुँदै गइरहेको छ । क्षेप्यास्त्रको विरुद्धमा ढुंगा, एटम बमको विरुद्धमा मानव बम, हवाई आक्रमणको विरुद्ध जंगल आक्रमण, विद्युतीय सञ्चारको विरुद्ध मानवीय सञ्चार, भौतिक आक्रमणको विरुद्ध वैचारिक आक्रमण आदि इत्यादि । यो एक देश विरुद्ध अर्कोमा लक्षितभन्दा पनि एउटै देशभित्र गृहयुद्धको रूपमा विकसित भइरहेको देखिन्छ । र, यो गृहयुद्ध देशको सत्ताधारी पक्षको विरुद्धमा मात्र नभएर साम्राज्यवाद, त्यसमा पनि मूलतः अमेरिकी साम्राज्यवादको विरुद्धमा लक्षित हुँदै गइरहेको छ ।
यस युद्धमा एकातिर सत्ताधारी पक्ष छ, जसलाई हात हतियार, तालिम, लजिस्टिकदेखि लिएर आर्थिक सहायता दिएर विस्तारवाद, साम्राज्यवादले साथ दिइरहेको छ भने अर्कोतिर विद्रोही पक्ष छ, जोसित भावना छ, विचार छ, विद्रोहको आक्रोश छ, जनता छ तर पैसा छैन, हातहतियार छैन, विदेशी सहायता छैन। झट्ट हेर्दा एउटा अनुकूल परिस्थितिमा लडिरहेको छ र अर्को प्रतिकूल अवस्थामा लडिरहेको देखिन्छ । त्यसैले यसलाई असमान युद्ध पनि भनिन्छ ।
साधारणतः मनोविज्ञानको भूमिका युद्धमा रहन्छ नै, तर यस्तो असमान युद्धमा मनोविज्ञानको भूमिका विद्रोही पक्षको लागि झन् आवश्यक हुन्छ । पहलकदमी आफ्नो हातमा लिएर थोरैले धेरैलाई परास्त गर्ने यो युद्धकलामा मनोबलको प्रश्न अहम् मात्र नभएर निर्णायक हुन्छ । त्यसैले पनि छापामार युद्धलाई मूलतः मनोवैज्ञानिक युद्ध पनि भन्ने गरिन्छ ।
मान्छे केको लागि लड्छ, मर्छ अथवा के समाप्तिको लागि र के प्राप्तिको लागि लड्छ ? यो नै युद्धको मनोविज्ञान हो। यो प्रस्ट कुरा हो कि मान्छेलाई आफ्नो ज्यानसमेत गुमाउने गरी लड्नको लागि चुम्बकीय लक्ष्य हुनै पर्दछ । मान्छेको मनोबल कसरी बढ्छ त ? यसमा दुईवटा पक्ष हुन्छ एउटा वैचारिक पक्ष अर्को प्राविधिक पक्ष । वैचारिक पक्ष युद्धरत पक्षले बोकेको विचार कत्तिको वैज्ञानिक छ, त्यसको भविष्य छ कि छैन र त्यस विचारले बहुसंख्यक जनतालाई हित पुऱ्याउँछ कि पुऱ्याउँदैन यी कुरामा आधारित हुन्छ । यसको अर्को पक्ष प्राविधिक हो। यसमा योजना, लजिस्टिक, हातहतियार दि पर्दछन् । यसको सफलता त्यसको चुस्ततामा आधारित हुन्छ । यो असमान युद्धमा सत्तापक्षले बढी प्राविधिक पक्षमा जोड दिन खोज्दछ भने विद्रोही पक्षले बढी वैचारिक पक्षमा ध्यान दिन खोज्दछ । तर, यहाँ के बुानु पर्दछ भने विद्रोही पक्ष भन्नाले त्यो वर्गीय युद्ध लड्ने पक्ष हो कि गैरवर्गीय युद्ध लड्ने पक्ष हो, त्यो बुझ्नु जरुरी हुन्छ । वर्गीय युद्ध लड्नेले (सर्वहारावर्गको नेतृत्वमा लड्ने युद्ध) विचारलाई प्राथमिकता दिएर विवेकलाई विचारको अधीनमा राख्न खोज्दछ । अर्थात् त्यो विचार अग्रगामी चरित्रको हुन्छ जो विगतको इतिहासबाट पाठ सिक्दै वर्तमान धरातलको यथार्थमाथि टेकेर भविष्यप्रति लक्षित हुन्छ । अतः यो समग्र र दीर्घकालीन चरित्रको हुन्छ । जबकि गैरवर्गीय युद्ध लड्नेको विचार उनीहरूले गुमाएको संस्कृति, रीतिरिवाज, धर्म अथवा पुरानो विचारमा आधारित हुन्छ, जसको भविष्य हुँदैन । अतः त्यस समुदायले आफूमाथि परेको शोषण, अन्याय, अत्याचार असमान व्यवहारलाई पृथकरूपमा आक्रोश, बदलाको भावनामा बढी केन्द्रित गरी वैचारिक पक्षलाई भूतकालमा कैद गर्न खोज्दछ ।
वर्गीय युद्ध लड्ने लडाई समग्र युद्ध भएकै कारणले यसले वगीय मुक्तिको संग जातीय, लिंगीय, क्षेत्रीय मुक्ति पनि समेट्नुपर्दछ । र, यो सबैखाले शोषण, सत्ता र युद्धलाई नै समाप्त गर्ने युद्ध हो । तसर्थ यसमा सचेतनको भूमिमा निणायक हुन्छ । य आम जनतामा घनीभूत हुने युद्ध भएकोले यसले युद्धरत योद्धाहरू मात्र नभएर आम जनताको पनि रूपान्तरणको माग गर्दछ । त्यसैले वगीय लड़ाई मनोवैज्ञानिक युद्ध मात्र नभएर यो राजनीतिसँग अति घनिभूत भएर लड्ने मनोवैज्ञानिक युद्ध हो । तसर्थ जनयुद्ध सुरु हुनु अगाडि नै जनयोद्धा र जनतालाई पहिलेदेखि नै राजनैतिक रूपले प्रशिक्षित गरेर उनीहरूको राजनैतिक मनोबल बढाउने काम गर्दछ । यो जनताको आधारमा लड्ने युद्ध भएकोले गर्दा माओले ठीक ढंगले भन्नुभएको छ, पाटी र आगताको सम्बन्ध भनेको माछा र पानीको सम्बन्ध जस्तै हो । जहाँ समुद्र जनतासरह हो र त्यसमा तैरने पार्टी कार्यकर्ता हुन् । अतः पानी रहिरहेसम्म माछा बांच्न पाइन्छ तैरन पाइन्छ, त्यसैले जनताको सहयोग, सहभागिता र समर्थन युद्धरत पार्टीको लागि थप मनोबलको स्रोत हुन्छ । जबकि सत्तासेना सेनाको सबभन्दा मनोबल गिर्ने ठाउं प्रथमतः उसको वैज्ञानिक विचारको अभाव, दोस्रो जनताको समर्थनको अभाव । तसर्थ सेनाको मनोबल बढाउने क्षेत्र, छरितो लजिस्टिकको व्यवस्था, तालिमप्राप्त जनशक्ति हो, जी वास्तवमा मनोविज्ञानको प्राविधिक पक्ष मात्र हो। विचारको अभावमा सत्ताधारीले आफ्नो सेनाको मनोबल बढाउनको लागि एक त झुटको खेती गर्न पुग्दछ अनि त्यसमाथि रक्सी, रण्डीबाजी, बलात्कार गर्न लगाएर कृतिम पुरुषार्थ मनोबल बढाउन खोज्दछ । त्यो पनि आफ्नो वर्गको जनताको विरुद्ध । यहींनेर वर्गीय युद्ध हाँक्ने योद्धाहरूले मनोवैज्ञानिक ज्ञानको महत्व बुझ्नु अझ जरुरी हुन्छ । प्रसिद्ध चिनियाँ युद्ध विशेषज्ञ सुनजुले भने झै त्यो लडाई सबभन्दा उत्तम लडाई हो जो दुश्मनसित नलडिकन जित्ने लडाई। यसअनुसार दुश्मनलाई भौतिक रूपमा सिध्याउनुभन्दा पनि वैचारिक रूपमा, मनोवैज्ञानिक रूपमा सिध्याउनु हो। तसर्थ आफ्नै वर्गमा परेको तर शोषकवर्गको पक्षमा लड्न बाध्य भएका सेनालाई जनयोद्धाले विचार र व्यवहारबाट प्रभावित पारेर आफ्नो पक्षमा तान्न सक्नुपर्दछ । त्यसैले जनयुद्धमा कासनको मनोवैज्ञानिक महत्व धेरै हुन्छ । त्यस्तै जनयुद्धमा आफूलाई बचाउनु भनेको सर्वप्रथम् त्यो वैचारिक रूपमा आफूलाई बचाउनुको रूपमा बुझनुपर्दछ । अनि मात्र भौतिक रूपमा आफू बचेको महत्व हुन्छ । त्यसैले जनयुद्धमा कायर जीवन बिताउनुभन्दा बहादुरीपूर्ण मर्नु बढी महत्व हुन्छ । तसर्थ त्यसरी मर्नको लागि पनि जनयोद्धाको मनोबल उच्च हुनु जरुरी हुन्छ। सायद त्यसैले होला कार्ल मार्क्सले भन्नुभएको जीवन मरोस् तर मृत्यु नाँचोस् । साथै दुश्मनलाई प्रहार गर्दा एक पटक एकलाई प्रहार गर्ने विधि अपनाउनुपर्दछ । अथवा प्रधान शत्रुलाई पहिलो प्रहार गर्ने, बीच तप्कालाई साम्य पार्ने, तल्लों तप्कालाई आफूतिर तान्ने विधि अपनाउनुपर्दछ ।
यो युद्ध सीधा मुठभेड नगरेर दुश्मनलाई टुक्रा टुक्रामा लड्ने लडाई हो । तसर्थ दुश्मनलाई चिन्नु, उसको कमजोरी पक्षमा हिर्काउनु, उसलाई थकाउनु, उसलाई एक्लाउनु, उसैबाट गल्ती गराउन युद्ध शैली अपनाउनुपर्दछ । जसमा राजनैतिक मनोविज्ञानको ज्ञान अपरिहार्य हुन्छ ।
नेपालमा हाल चलिरहेको गृहयुद्धमा यी माथिका नियमहरू लागू भइरहेको प्रत्यक्ष देखिन्छ । एकातिर मध्ययुगीन राजतान्त्रिक सत्ता छ जसलाई अमेरिकी साम्राज्यवादले प्रत्यक्ष साथ दिइराखेको छ, अर्कोतिर ने.क.पा. (माओवादी) छ जसलाई कुनै विदेशले साथ दिएको छैन । तर, प्रानो सत्तासित विचार छैन, जनता छैन जबकि युद्धरत ने.क.पा. (माओवादी) सित दुवै छ । अरू त अरू उसको पक्षमा लड्ने अधिकांश प्रहरी सेना उसको वर्गभित्र पनि पर्दैन । अतः उसले आफ्नो सेना प्रहरीको मनोबल बढाउनको लागि आधुनिक हातहतियार मात्र नपुगेर झूटो कुरा पनि बोल्न बाध्य भएको छ । मर्नेमा आफ्नो पक्षमा कमभन्दा कम देखाउने र विपक्षका बढीभन्दा बडी मोरेको देखाउन बाध्य भएको छ । कति घटनाहरू त उल्लेखसमेत नगरेर झन् त्यसको उल्टो खबर दिन बाध्य भएको छ । तसर्थ, उसले जनयुद्धमा जनताको सहभागितालाई मानवढाल बनाएको देख्न पुग्दछ । जनयुद्धमा महिलाहरूको सहभागितालाई उसले जनसेनाको लागि मनोरञ्जनको साधन देख्न पुग्दछ । प्रधान र गौण दुश्मनअनुसार गर्ने व्यवहारलाई उसले अवसरवाद देख्न पुग्दछ । ने.क.पा. ( माओवादी) ले प्रस्ताव गरेको शान्तिपूर्ण राजनीतिक निकासलाई उसले कायरता भनेर बुझ्न पुग्दछ । जबकि जनयुद्ध हाँक्ने ने.क.पा. (माओवादी) ले आफ्नो लक्ष्यदेखि लिएर आफूले गरेको गल्तीलाई समेत नडराइकन जनताको अगाडि छलंग राखिआएको छ ।
अरू त अरू सत्ताधारीको आफ्नै मनोबल पनि उसको बसमा छैन । त्यो सीधै अमेरिकी साम्राज्यवादसित जोडेको छ । र, अहिले अमेरिकी साम्राज्यवादको मनोबल इराक, अफगानिस्तान र इजरायल-प्यालेस्टाइनमा भइरहेको युद्धले गर्दा गिरिराखेको छ। जबकि नेपालको जनयुद्ध हाँक्ने ने.क.पा. (माओवादी) को मनोबल झन् झन् बढ्दै गइरहेको छ । कारण, यो कुनै विदेशी देशको आधारमा नभएर आफ्नै देशको विशिष्टतामा विकास भएको युद्ध हो। र, यो युद्ध मालेमा र प्रचण्डपथ विचारमा आधारित छ । विश्व युद्धमय भइरहेको अवस्थामा हालसम्मको विद्रोहीहरू मध्यमा सबभन्दा सशक्त वैज्ञानिक विचार बोक्ने यो युद्ध समग्र युद्ध हो। र, सबै युद्धलाई अन्त्य गर्ने बीउ यस युद्धमा छ । तसर्थ यो युद्धमा मानव सभ्यताको भविष्य छ ।
अन्त्यमा, संसारको जस्तोसुकै आधुनिक, खतरनाक क्षेप्यास्त्रको अगाडि भोकको क्षेप्यास्त्र बढी बलवान हुन्छ । त्यस्तै न्यूट्रोन (एटोमिक) बमभन्दा न्यूरोन (मस्तिष्क) बम बढी शक्तिशाली हुन्छ । हाल अमेरिका-इजरायल देशहरूलाई तेस्रो संसारका गरिब, फुच्चे देशहरूले यही नै सिकाइरहेको छ ।