आजभोलि दिनहुँजस्तो इराक, प्यालेस्टाइन, नेपालजस्ता विभिन्न देशह युद्ध चलिरहेको छ । ती युद्धमा महिलाहरूको सहभागिता बढ्दै गएको देखिन्छ वास्तवमा जहाँ महिलाहरू आन्दोलित हुन्छन्, त्यहाँ बालबालिका उत्रनु स्वाभाविक हुन्छ अनि त्यहां वृद्धहरू पनि उत्रनु स्वाभाविक हुन्छ । अरू त अरू विकसि मानिएका ग्रोपियन देशहरूमा समेत भमण्डलीकरणको विरुद्ध, अमेरिकी साम्राज्यवादको विरुद्ध ठूला ठूला सडक आन्दोलनमा पनि महिलाहरूको बददी सहभागिता देखिन्छ ।
एउटा उच्चस्तरको पुलिस अधिकारीको अनुसार कुनै आन्दोलनमा जद महिलाको सहभागिता बढ्न थाल्दछ तब सम्झनुपर्दछ त्यो आन्दोलनले गम्भीर गहिरो रूप लिदैछ । कारण, अधिकांश महिला भनेको अति दविएका, राजनैतिक रूपमा अति अबोध घर-पारिवारिक काममा अति व्यस्त समुदाय हो, जो हत्तपत्त हल्लदैनन् । तर जब उनीहरूको वातावरण असह्य हुन्छ, तब उनीहरू आफ्नो पूरै परिवार लिएर सडकमा उत्रन्छन् । तसर्थ महिलाहरू सडकमा उत्रनु भनेको स्थिति असाध्य जटिल र खतराको घण्टी बजेको भनेर बुझ्नुपर्दछ । यसरी जब उनीहरू सडक आन्दोलनमा आउँछन् तब तिनीहरू डटेर, रणचण्डी भएर आउँछन् । आन्दोलकै दौरानमा उनीहरू सचेत हुन्छन् । यसले गर्दा तिनीहरू झन आन्दोलित हुन्छन् । सचेत भएका ती महिलाहरूले आन्दोलनलाई अझ माथि उठाउँछन् । यसरी आन्दोलनले फड्को मारेर अघि बढ्दै जान्छ । नेपालको २०४६ सालको जनआन्दोलनमा पनि त्यही देखिएको थियो ।
तर जब महिलाहरूलाई स्वतःस्फूर्तभन्दा पनि पहिल्यै सचेतनतासाथ विचारको आधारमा संगठित गरिन्छ र उनीहरूलाई सशस्त्र गरिन्छ तब तिनीहरू आफ्नो जीव विज्ञानको विरुद्ध उत्रने विस्फोटक विद्रोही भएर निस्कन्छन् । आज नेपालमा ने.क.पा. माओवादीले युद्धरत महिलालाई चपाउने दाँतसरह बनाइदिएको छ। फलामे किल्ला बनाइदिएको छ । पुरानो सत्ताको सेनासित लड्ने शक्तिको रूपमा परिवर्तित गरिदिएको छ । नयाँ जनवादी सत्ताको मेरुदण्ड बनाइदिएको छ।
अहिले नेपालमा चलिरहेको माओवादी युद्ध जनतामा आधारित युद्ध हो । अतः यो युद्धमा पुरुष मात्र नभएर महिलाहरूको सहभागिता हुनु स्वाभाविक हो। किनभने जनतालाई परिचालन गर्नु भनेको नै हालसम्म परिचालन नगरेका महिला, बालबालिका र वृद्धा परिचालन गर्नु हो । परम्परागत रूपमा बालबालिका र वृद्धाहरूको हेरविचार महिलाहरूले गर्दै आएकाले गर्दा महिला परिचालित हुनु भनेको ती सबै परिचालित हुनुसरह हो । तसर्थ नेपालको जनयुद्धमा वयस्क पुरुष, महिला मात्र नभएर बालबालिका, वृद्धाहरू पनि यसमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न छन् ।
जनयुद्ध भनेको सैन्य रणनीति हो, जो असमान युद्धमा प्रयोग गरिन्छ । प्रतिक्रियावादी सत्तासित अत्यधिक धन, हतियार, लजिस्टिक हुन्छ । त्यसमाथि तिनीहरूलाई साम्राज्यवादी, विस्तारवादी देशहरूले साथ दिएको हुन्छ । जबकि क्रान्तिकारी पार्टीसित विचार र जनताबाहेक अरू केही हुँदैन । झट्ट हेर्दा एउटा अनुकूल परिस्थितिमा लडिरहेको छ भने अर्को प्रतिकल अवस्थामा लडिरहेको देखिन्छ । अतः यस्तो असमान युद्धमा मनोविज्ञानको भमिका क्रान्तिकारी पक्षका लागि अति आवश्यक हुन्छ । पहलकदमी आफनो हातमा लिएर थोरैले धेरैलाई परास्त गर्ने यो युद्धकलामा मनोबलको प्रश्न अहम् मात्र नभएर निर्णायक हुन्छ । त्यसैले पनि छापामार युद्धलाई मूलतः मनोवैज्ञानिक युद्ध पनि भन्ने गरिन्छ ।
मानिसको मनोविज्ञान उसको लक्ष्यसित प्रत्यक्ष जोडिएको हुन्छ र यो लक्ष्य त्यस्तो चम्बकीय हनुपर्दछ कि उसले आफनो ज्यानसमेत गुमाउन तयार हनुपर्दछ । त्यो चुम्बकीय लक्ष्य भनेको अग्रगामी विचार हो जो विगतबाट पाठ सिक्दै वर्तमान धरातलमा टेक्दै सुन्दर भविष्यप्रति लक्षित हुन्छ । जब विचार विज्ञानसम्मत हुन्छ तब जनयुद्धको बलमा त्यो विचार भौतिक तथ्यमा परिणत हुन जान्छ। यहींनिर क्रान्तिकारी र प्रतिक्रियावादी बीचमा आकाश र पातालको अन्तर देखिन्छ । क्रान्तिकारीले समाजलाई अगाडि बढाउने वैज्ञानिक विचार खोज्छ जसले मानव जातिलाई समृद्धितिर लग्दछ । तर प्रतिक्रियावादीले समाजलाई पछाडि लैजाने रूढिवाद, संकीर्णवादमा आधारित धर्मको घेराभित्र राख्न खोज्दछन् । अहिले यसको ज्वलन्त नेतृत्व नेपालको नरेश ज्ञानेन्द्रले दिन खोजेको छ । आफ्नो देशभित्र मात्र नपुगेर विदेशको मठ मन्दिरमा गएर विष्णु अवतार बन्न खोजिराखेको छ । यही धर्मले महिलाहरूको शोषण, समस्यालाई उनीहरूको भाग्यको प्रतिफल भनेर बुझाउन खोज्दछ । तिनीहरूको हातखुट्टामा लगाएको जन्जिरलाई सुन हीराको हार भनेर भुलाइदिन्छ । भान्छा, घर बालबच्चामा सीमित उनको साँघुरो जीवनलाई आदर्श मानिदिन्छ । जबकि क्रान्तिकारीहरूले महिलाहरूको दबिएको कुण्ठालाई आक्रोश, विद्रोहमा रूपान्तरण गर्न खोज्दछन् । उनीहरूमाथि थोपरेको वर्गीय र लिंगीय शोषणलाई वर्गीय र लिंगीय शोषणको विरुद्ध लक्षित गरिदिन्छन् । तिनीहरूको हातखुट्टामा बाँधिएको जन्जिरलाई चुँडालेर त्यसको ठाउँमा कलम, औजार र बन्दुक दिन्छन् । भान्छा, घर, बालबच्चामा सीमित उनीहरूको साँघुरो निजी जीवनलाई सार्वजनिक, चलायामान् र समृद्ध बनाइदिन्छन् । आफ्नो जीवन र मरणको अर्थ मठ मन्दिरमा होइन, वर्ग संघर्ष, अन्तरसंघर्ष र आत्मसंघर्षमा आधारित हुन्छ भनेर सिकाइदिन्छन् ।
प्रतिक्रियावादीको मन गिराउने ठाउँ भनेको नै प्रथमतः उनीहरूको विचार अग्रगामी, वैज्ञानिक हुँदैन । त्यसको अभावमा उनीहरू आफ्नो सेनाको मनोबल पुरुषार्थ, रक्सी ख्वाएर, बलात्कार, दमन र हत्या गराएर बढाउन खोज्दछन् । दोस्रो, उनीहरूसित जनता हुन्न । अतः प्रत्येक जनतालाई उनीहरूले शत्रु ठान्दछन्, विद्रोही ठान्दछन्, माओवादी ठान्दछन् । अनि जनतामाथि जाई लाग्दछन् । तेस्रो, उनीहरूसित वस्तुगत सत्यता पहिचान गर्ने वर्गीय दृष्टिकोण हुँदैन, त्यसकारणले उनीहरू झूटो बोल्न बाध्य हुन्छन् । तसर्थ जनयुद्धमा महिलाहरूको सहभागितालाई उनीहरूले जनसेनाको लागि मनोरञ्जनको साधनको रूप देख्न पुग्दछन् । मर्नेमा आफ्नो पक्षमा कमभन्दा कम देखाउने र विपक्षमा बढीभन्दा बढी मारेको देखाउन बाध्य भएका छन् । कति घटनाहरू त उल्लेखसमेत नगरेर झन् त्यसको उल्टो खबर दिन बाध्य भएका छन् ।
प्रतिक्रियावादीले अपनाउने यद्ध शैली भनेको सीधै आक्रमण हो, त्यो पनि विचारको बलमा नभएर, प्राविधिक र अति आनिक हतियारको बलमा लड्नु हो । जनताको विश्वसनीयता हराएको सेना साम्राज्यवादी देशको बलमा लड्नु बाध्य छ। प्रतिक्रियावादीको जनविरोधी युद्ध शैलीले गर्दा त्यो झन् जनताबाट अलग हुन्छ त्यसले गर्दा प्रानी सत्ताको सेना झन् फांसीवादी बन्न पुग्दछ र अफ सैन्यीकृत हुन जान्छ । यसले गर्दा जनता झन् तर्सिन्छ ।
जबकि माओवादी युद्ध शैली पर्णतः जनताको आधारमा हुन्छ । हतियार त उनीहरूको लागि सहायक पक्ष हुन्छ । अतः त्यहाँ वैचारिक पक्ष प्रधान हन्छ प्राविधिक पक्ष गौण हुन्छ । युद्धबाट युद्ध सिको, ठूलो शक्ति भएको बेला हान सानो शक्ति भएको बेला भाग, दुश्मनलाई गल्ती गराउन लगाऊ, त्यस्तै जब दुश्मन अगाडि बढ्छ हामी पछि हटों जब दुश्मन क्याम्पिङ गरेर बस्दछ तर तिनीहरूमाथि जाई लाग, जब दुश्मन थाक्छन् तब आक्रमण गरौं, जब दुश्मन भाग्छ तब तिनीलाई लखेटौ आदि वास्तवमा महिलाहरूको सहभागिताको लागि धेरै उपयुक्त छ। कारण, यो युद्ध शैली सानो, कमजोर शक्तिले ठूलो, बलियो शक्तिलाई हराउने युद्ध शौली हो । तसर्थ यसले महिलाहरूलाई क्रमशः बलियो सीपयुक्त र लडाकु बनाइदिन्छ । जनयुद्धअन्तर्गतको आधारभूत इलाका भन्ने अवधारणा महिला मुक्तिका लागि झन् सान्दर्भिक छ, कारण त्यहाँ महिलाहरूले आफ्नो हक हित सुरक्षित गर्न पाउँछन्, सुदृढ गर्न पाउँछन् । यसले गर्दा महिलाहरूको मनोबल थप बढाइदिन्छ । यही परिवेशमा शाही सेनामा महिलाहरूको भर्तीको विषय रोचक भएको छ । कारण यो परिस्थिति तब सृजना भयो जब शाही सेनाद्वारा महिलाहरूलाई दमन, बलात्कार र मार्नुको बावजुद जनयुद्धमा महिलाहरूको संख्या बढ्दै गयो । तसर्थ जनयुद्धमा सहभागी भएका महिलाहरूलाई नियन्त्रण, आत्मसमर्पण वा मार्नको लागि महिलाहरूलाई शाही सेनाको पंक्तिमा भर्ती लिइँदैछ । उसले आफ्नो पंक्तिमा महिलालाई रणनैतिक महत्त्व ठानेर लिनुभन्दा पनि बाध्यात्मक परिस्थितिको उपजका रूपमा लिएको छ। त्यसलाई आन्तरिक रूपमा अपनाउनुभन्दा त्यसलाई उपयोग गर्ने ढंगले प्रयोग गरेको छ । शाही सेनामा महिलालाई जब उपयोग गर्न पुग्दछ तब तिनीहरू उपभोग, यौन शोषण कार्यमा पनि उपयोग हुन पुग्दछन् । ठूल्ठूलो हाकिमको लागि मनोरञ्जनको साधन पनि हुन पुग्दछन् ।
जहाँसम्म जनमुक्ति सेनामा महिला सहभागिताको प्रश्न छ, त्यो कुनै बाध्यात्मक, व्यावहारिक अथवा तात्कालीन फाइदाको लागि तिनीहरूलाई जनसेनामा समावेश गराएको होइन । अपितु तिनीहरूलाई क्रान्तिको आधारभूत समुदाय मानेर नै रणनैतिक महत्त्वका साथ लिइएको हुन्छ । तसर्थ जनयुद्ध थालनीकै बेला महिलाहरूलाई हरेक युद्ध मोर्चामा राख्ने अवधारणा ल्याइएको थियो । तिनीहरूको नेतृत्वको विकासलाई ध्यान दिदै तिनीहरूलाई कमान्डर कमिसारसमेत बनाउने गरिएको छ ।
माओवादी युद्ध जनतामा आधारित युद्ध भएकोले नै यसमा महिलाहरूको सहभागितालाई रणनैतिक महत्त्वको साथ लिइएको छ । समाजको सबभन्दा हेपिएको, शोषित भएको, तर ठूलो संख्यामा रहेको, सर्वव्यापी भएको महिला समुदायको मनोबल उच्च राख्नमा माओवादी पार्टी हरसमय तत्पर रहन्छ। यही परिवेशमा अ.ने.म. संघ (क्रा.) ले आयोजना गर्न लागेको आठ मार्चमा हुने नेपाल बन्दले रणनीतिक महत्त्व राख्दछ । यो ऐतिहासिक नेपाल बन्द मध्ययुगीन सामन्तवाद विरुद्ध मात्र लक्षित नभएर अति आधुनिक अमेरिकी साम्राज्यवादको विरुद्ध लक्षित छ । अतः यस बन्दलाई सफल पार्न सबै सामन्तवाद र साम्राज्यवाद विरोधी शक्तिहरूलाई आह्वान गर्दछ ।