Posted on

विषय प्रवेश

ऐगेल्स भन्नुहुन्छ ‘समाजको विकास क्रममा सर्वप्रथम शोषित हने समुदाय नै महिला समुदाय थियो। तसर्थ सबभन्दा पछि पर्णतः मुक्ति पाउने समुदाय पनि महिला नै हुन्छ । अतः महिलामक्ति आन्दोलन अरू आन्दोलनभन्दा बढी जटिल र दीर्घकालीन हुन्छ । त्यस्तै महिलाको स्थिति आम समाजको विकासको सापेक्षतामा हेर्नुपर्दछ। हाम्रो जस्तो असमान देशहरूले भरिपूर्ण विश्वमा महिलामुक्तिको प्रश्नलाई विश्वको क्षेत्रीय सापेक्षतामा, त्यसभित्र पनि विभिन्न देशहरूको सापेक्षतामा र देशभित्रको राजनीतिक, आर्थिक र सांस्कृतिक विशिष्टतामा हेर्नुपर्दछ ।

विश्वमा दक्षिण एसिया यस्तो एउटा क्षेत्र हो जहाँ विश्वभरको १/५ भन्दा बढी जनता बसोबास गर्दछन् । जो अरू क्षेत्रहरूभन्दा गरीब छन् । यो क्षेत्र नव-उपनिवेशवादको चपेटाभित्र पर्दछ । जहाँको संरचना मूलतः अर्धसामन्ती अर्धऔपनिवेशिक छ। तर यस क्षेत्रका देशहरू पनि विभिन्न विकासको चरणमा अर्धऔपनिवेशिअर्धसामन्ती, अर्धउपनिवेश सापेक्ष रूपमा लागू भएको छ। सो अनुसार यस क्षेत्रका महिलाहरू सापेक्ष रूपमा सामन्तवाद र साम्राज्यवादको चपेटामा बाँचिरहेका छन् । यस क्षेत्रमा नेपाल र भुटानमात्र त्यस्ता देशहरू हुन् जहां सक्रिय राजतन्त्र जीवित छ। पाकिस्तानमा सैनिक शासन छ । बाँकी देशहरूमा गणतन्त्र छ। नेपालको राजतन्त्र यस मामिलामा विशिष्ट छ कि यसले हिन्दू धर्मलाई राष्ट्रिय धर्म मानेको छ र यहाँको राजाले आफूलाई विष्णुको अवतार भन्छ ।

महिलामुक्ति आन्दोलनमा गणतन्त्रको प्रश्न बुझ्नका लागि सर्वप्रथम समाजको विकासक्रममा महिलाहरूको स्थिति कस्तो रहिआएको छ भन्ने बुझ्नु आवश्यक छ। यसबाट नेपाली महिलाहरू समाजका कुन चरणमा छन् त्यो बुभ्न सजिलो पर्दछ ।

समाजको विकास क्रममा महिलाहरूको स्थिति

समाजको विकास क्रममा महिलाहरूको स्थिति अर्थात् मार्क्सवादी दृष्टिकोणले भविष्यको समाजमासमेत महिलाहरूको स्थिति बुझ्‌दा यसलाई तीन भागमा बाँडेर हेर्नु उपयुक्त हुनेछ ।

आदिम समाजमा महिलाहरूको स्थिति

आदिम समाज मातृसत्तात्मक सामूहिक संरचानामा आधारित थियो । कारण मानव जातिको अति प्रारम्भिक र न्यून उत्पादन शक्तिमा आधारित त्यो समान सामूहिक उत्पादन प्रणालीमा बाँच्न विवश थियो । त्यहाँ परिवारसमेत सामुहिक संरचनाको थियो, जहाँ प्रत्येक महिला सबै पुरुषका, प्रत्येक पुरुष सबै महिमाजा भएर बस्दथे । अल्पज्ञान, न्यून सीपको अवस्थामा प्रकतिसित प्रत्यक्ष पर स्थितिले गर्दा त्यतिबेला जीवनभन्दा मृत्युको दर बढी हने भएकाले गर्दा महिलाहरूको प्रजनन शक्तिको बढी महत्त्वबोध हुन्थ्यो। अतः महिलाहरूको स्थान उच्च र मर्यादित थियो । त्यहाँ वर्गहरूको अस्तित्व थिएन, मात्र नारी पुरुषवीचको प्राकृतिक श्रम विभाजन थियो ।

वर्गीय समाजमा महिलाहरूको स्थिति

वर्गीय समाजको पहिलो केन्द्रविन्दु महिला समुदाय बन्यो। कारण, निजी सम्पत्तिको उत्पत्तिले पहिलोपटक राज्यसत्ताको अवधारणा ल्यायो, जसको मूल काम हो निजी सम्पत्तिको रक्षा गर्ने र विस्तार गर्ने। यसले आदिम समाजको सामूहिक प्रणाली र सामूहिक परिवारको सरचनालाई विस्थापित गरेर निजी सम्पत्तिमा आधारित उत्पादन प्रणाली र एकनिष्ठ परिवारको अवधारणालाई स्थापित गरिदियो । निजी सम्पत्तिको संरक्षण र विस्तार गर्ने त्यो एकनिष्ठ परिवारको संरचनाले एकातिर पुरुषहरूलाई सम्पत्तिको मालिक बनाइदियो भने अर्कोतिर महिलालाई सम्पत्तिविहीन तर पुरुषको सम्पत्तिको वाहक बनेर बच्चा पाउने मेशिनको अवस्थामा झारिदियो। वर्गीय समाज विभिन्न चरणहरूबाट विकास हुँदै गयो र त्यसले महिलाहरूको स्थितिमा पनि मात्रात्मकरूपमा परिवर्तनहरू ल्याउने काम गर्यो ।

दासयुग वर्गीय समाजको प्रारम्भिक युग थियो जहाँ क्रूर र पाशविक शोषणको शिकार भएर शारीरिक श्रम गर्ने श्रमिकहरू दास बने भने मानसिक श्रम गर्ने निजी सम्पत्तिका मालिक र दास मालिक बने । त्यस्तो अवस्थामा दासी, दासमालिकका लागि श्रम शोषणको स्रोत मात्र नभएर यौन शोषणको स्रोत बने । दासमालिक वर्गका महिलाहरू सम्पत्तिविहीन तर दास मालिकको सम्पत्तिको उत्तराधिकारी जन्माउने निजी दासीमा परिणत हुन गए। कालान्तरमा जब दास युगको ठाउँमा सामन्ती युगले जन्म लियो। तब सम्पत्तिविहीन दासवर्ग, अर्धदासमा परिणत हुन पुग्यो। दासको मालिक सामन्ती वर्गमा परिणत हुनपुग्यो । सीमित जमीनको हकदार भएर सामन्तीको जमिनमा अल्झिन् गएका अर्धदासका महिलाहरू त्यस सम्पत्तिको रक्षक र पूरकका रूपमा घरेलु व्यवसायमा अल्झिन् पुगे । सामन्ती समाजमा उनीहरूले सम्पत्तिविहीन र दासीभन्दा अलि सुरक्षित मर्यादित जीवन बिताउन पाएको देखिन्छ । अर्कातिर सामन्तीवर्गका महिलाहरू पुरुषको निम्ति भोग विलासका साधन बन्न पुगे ।

सामन्ती युगको उत्पादन प्रणाली जब कालान्तरमा पुंजीवादी युगमा परिणत हुन पुग्यो, तब जमिनभन्दा पूँजीको महत्त्वबोध बढ्दै गयो । पूँजी भनेको सहरकेन्द्रित, चलायमान र नाफाको आधारमा चल्ने भएकाले यसले जमीनसित बाँधिएको अर्धदास श्रम शक्ति र तिनका परिवारलाई चलायमान स्वतन्त्र मजदुर अथवा चलायमान परिवारमा परिणत गरिदियो। पुँजीवादले पहिलो पटक घर-घरेलु व्यवसायमा अल्झेका महिलाहरूलाई स्वतन्त्र ज्यालादारी मजदुरमा परिणत गरिदियो। तर तिनीहरू पुँजीपतिको लागि पुरुषभन्दा कम सस्तो मोलमा श्रम किन्ने साधनमा परिणत भइदिए । त्यस्तै पुंजीपतिवर्गमा महिलाहरू पुँजीपतिको – व्यापार पुँजी विस्तार गर्ने साधन (जस्तै मोडलिङ, सुन्दरी प्रतियोगिता आदिको माध्यमबाट), बन्न पुगे । यसरी दास, सामन्त, पुँजीवादी, यी सबै युगहरू निजी सम्पतिको आधारमा टिकेका पितृसत्तात्मक संरचना हुन् जहाँ महिलाका अधिकारक्षक सापेक्षितरूपमा कुण्ठित रहे।

वर्गविहीन समाजमा महिलाहरूको अवस्था

पूँजीवादको भूणबाट प्रशव-पीडाकासाथ जन्मेको समाजवादले वर्गविहीन साम्यवादका आधारहरू तयार पारिदिन्छ । उच्च उत्पादन प्रणाली साथै त्यसले त्याएको उच्च सांस्कृतिक चेतना र सामुहिक कामको अवधारणाले गर्दा त्यहा निजी सम्पत्ति, पुरुषप्रधान परिवार बोझपूर्ण हुनजान्छ र त्यसको ठाउँमा सामुहिक सम्पत्ति, वास्तविक रूपमा एकनिष्ठपरिवार (जहाँ महिला पुरुष दुवैलाई एकनिष्ठता लागू हुन्छ) स्थापित हन जान्छ । वर्गविहीन साम्यवादी समाजमा हालसम्म महिलाले भोग्दै आएका लिङ्गीय शोषणको पनि अन्त्य हन्छ । फलस्वरूप महिला-पुरुष वास्तविकरूपमा समान हुन्छन् र हालसम्म दविएका महिलाहरूको क्षमता, सीप, श्रम र सिर्जनशीलता प्रस्फटित भएर मानव जातिलाई आम उन्नत धरातलमा लग्ने वातावरण तयार पारिदिन्छ ।

नेपालको महिलामुक्ति आन्दोलनमा राजतन्त्र र गणतन्त्रको प्रश्न

नेपाल जनजाति बहुल देश हो । इतिहास पल्टाएर हेर्यो भने यहांका अधिकांश पहाडी भागमा गणतन्त्रात्मक कविलाइ युग थियो । काठमाडौंमा चौथो शताब्दीमा प्रारम्भिक राजतन्त्र आएको थियो भने अरू पहाडी भेगमा बाह्रौं-तेही शताब्दीमा मात्र भुरे टाकुरे राजतन्त्रहरूको सुरुवात भएको थियो । केन्द्रीकृत रूपमा राजतन्त्र बल्ल सवा दुई सय वर्षको भएको छ । तसर्थ नेपाली समाजको जग तुलनात्मक रूपमा गणतन्त्रात्मक नै हो। तर, यहाँको राजतन्त्रले आफ परम्परागतरूपमा यो समाजमा गाडिएर आएको भन्न खोज्दछ । अझ गत साल राजा वीरेन्द्र र उसको सम्पूर्ण परिवारको आमसंहार गरिसकेपछि राजतन्त्रको वंश नै नाश भएको छ । अहिले हत्यारा ज्ञानेन्द्रले कृत्रिमरूपमा आफूलाई राजा घोषित गरेर राजतन्त्रलाई जोगाउने कसरत गर्दैछ। यसले गर्दा राजतन्त्र कि गणतन्त्रको प्रश्न अझ अहम् भएर आएको छ। महिलाहरूले गणतन्त्र र राजतन्त्रका बीचमा कुन चुन्ने त्यो बुझ्‌नका लागि ती के हुन् र तिनीहरूले महिलामुक्ति आन्दोलनमा के कस्ता असरहरू पार्छन् त्यो बुभ्नु जरुरी हुन्छ ।

राजतन्त्र भनेको मध्ययुगीन पितृसत्तात्मक सामन्ती संरचनाको प्रतीक हो। त्यस व्यवस्थामा सार्वभौम सत्ता सर्वेसर्वा एकल नेतृत्व भएको राजामा सुरक्षित हुन्छ । यहाँ राजा र उसको परिवार कानुनभन्दा माथि हुन्छ । तसर्थ राजतन्त्रभित्रको जनता अधिकारविहीन, अर्धदास अवस्थामा बाँच्न विवश हुन्छ। त्यहाँ वर्ग, धर्म, जाति, लिंग, वंशको आधारमा, बिना प्रतिस्पर्धा एक विशिष्ट व्यक्तिले जैविक ढंगले राज गरिराखेको हुन्छ । राजतन्त्रको मुख्य आर्थिक आधार भनेको पिछडिएको कृषिप्रधान उत्पादन प्रणाली हो । राजतन्त्रभित्रको सबै राजनीतिक, सांस्कृतिक, आर्थिक क्रियाकलापले समाज र परिवारमा पुरुषप्रधान स्थापित गरिदिन्छ । राजतन्त्र धर्मको बलमा टिक्ने भएकाले गर्दा महिलालाई धर्मको वाहक बनाएर महिलामाथि थप धार्मिक शोषण बढाउने काम गरिदिन्य यो सर्वसिद्ध छ कि सबै धर्मले अन्ततः महिलाहरूलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपन भान्छा घर, मठमन्दिर र प्रजनन कार्यमा सीमित गरिराखेको हुन्छ । राजालाई भगवान्सरह मानेर प्रत्येक घरमा पनि पतिलाई भगवान्सरह मान्ने दासत्वको मानसिकता बढाइदिन्छ ।

वर्गीयरूपमा पनि राजा र उनका खानदान परिवारको जिन्दगी विलासी, ऐस आरामयुक्त, अनुत्पादक हुन्छ । राजतन्त्रले देशभित्रको पुँजीवादउन्मुख राष्ट्रिय उद्योगको विकासमा अवरोधहरू खडा गरिदिन्छ । बरु साम्राज्यवादी शक्तिहरूसित मिलेर भर्खरै पलाउन लागेको राष्ट्रिय उद्योगलाई विस्थापित गरेर दलाल नोकरशाही अर्थतन्त्रलाई स्थापित गरिदिन्छ । अनि देशभित्रको सम्पदा सस्तो मोलमा, जनताको पसिना अझ सस्तो मोलमा साम्राज्यवादी, विस्तारवादी शक्तिहरूलाई बेचिदिन्छ । जसले गर्दा अर्ध-वेरोजगारी, पूर्ण बेरोजगारीको समस्या दिन प्रतिदिन बढ्‌दै जान्छ। फलस्वरूप गरिब परिवार रोजी-रोटीको खोजीमा विखण्डित हुन बाध्य हुन्छ । तसर्थ शोषित पीडित महिलाहरूका लागि राजतन्त्र उनीहरूको जीविका लुछ्ने, परिवारलाई छिन्नभिन्न पार्ने संस्था भएको छ। अतः राजतन्त्रअन्तर्गतका महिलाहरू वर्गीय, लिंगीय दुवै शोषण भोग्न बाध्य हुन्छन् ।

राजतन्त्रभन्दा गणतन्त्र भनेको त्यस्तो व्यवस्था हो जसले पुँजीवादी युगको प्रतिनिधित्व गर्दछ । गणतन्त्रको मुख्य आधार भनेको उद्योग क्षेत्र हो। सार्वभौम सत्ता जनताबाट चुनिएका प्रतिनिधिहरूमा सुरक्षित हुन्छ । अतः राष्ट्रनायक कुनै धर्म, जाति, वंश, लिंग र वर्गको एकाधिकारको आधारमा नभएर, खुल्ला प्रतिस्पर्धाको आधारमा छानिन्छ । अतः त्यस्तो व्यवस्थामा आम जनताले बढी हक अधिकार पाएका हुन्छन् । गणतन्त्रमा जनताले बढी हक अधिकार पाउने भएकाले महिलाहरूले पनि त्यही सापेक्षतामा बढी हक अधिकार पाउँछन् । त्यस्तै गणतन्त्र धर्म निरपेक्ष हुन्छ । अतः त्यहा राज्यसत्ताबाट महिलाहरूलाई सापेक्षितरूपमा सामन्ती संस्कृतिको वाहक बनाउने आधार भत्काइदिन्छ । गणतन्त्र व्यवस्थामा जाति, लिंग, वंश, धर्म वर्गका आधारमा नभएर दक्षताका आधारमा माम र मान्यता दिइन्छ । यसले गर्दा महिलाहरूले आफ्नो उत्पादन शक्ति बढाउने प्रोत्साहन पाउँछन् र सोहीअनुसार सामन्ती शोषणमा आधारित उत्पादन सम्बन्धलाई सापेक्षितरूपमा तोड्ने मौका पाउँछन् । गणतन्त्रमा महिलाहरूले कानुनतः पैतृक सम्पत्तिमाथि रामान अधिकार पाउँछन् । यद्यपि ती अधिकारहरू तिनीहरूले कानुनतः मात्र पाएको हुन्छ बिरलै ती व्यवहारमा लागू हुन्छन् ।

त्यस्तै राज्यसत्ताको क्रियाकलापमा भाग लिन छुट पाउँछन् । त्यसैले संसारमा जहाँ जहाँ राजतन्त्र विरोधी आन्दोलन उठ्छ, त्यहाँ त्यहाँ महिलाहरूको ठूलो सहभागिता हुन्छ । नेपालकै सन्दर्भमा २०४६ प्रजातान्त्रिक आन्दोलनमा महिलाहरूको ठूलो संख्यामा सहभागिता थियो ।

इतिहास कोट्याएर हेर्ने हो भने महिलामुक्ति आन्दोलनको जन्म राजतन्त्रको चिहानबाट नै भएको हो । प्रथम महिलामुक्ति आन्दोलनको जन्मदाता सन् १७८९ को फ्रान्सेली क्रान्ति थियो। त्यो गणतन्त्र प्राप्तिको आन्दोलनमा फ्रान्सेली महिलाहरूले ‘क्रान्तिकारी र गणतन्त्रवादी महिला समाज’ बाट संगठित भएर त्यहाँको राजतन्त्र विरुद्ध लडेका थिए । त्यहाँ गणतन्त्र आएपछि त्यहाँका महिलाहरूले ‘महिलाहरूको हक अधिकार घोषणापत्र’ अघि सारेका थिए र पुरुषसरह अधिकार प्राप्त गरेका थिए, यद्यपि ती अधिकारहरू तिनीहरूले कानूनतः मात्र पाए ।

गणतन्त्र, जनगणतन्त्र र महिलामुक्ति 

वास्तवमा गणतन्त्रको नारा पंजीवादी नारा हो। यो नारा अग्रगामी समाजवादीहरूले उठाउने नारा होइन। तर वर्तमान विश्व साम्राज्यवादको चपेटामा परेकाले गर्दा कनै पनि पिछडिएको देशमा राष्ट्रिय पंजीपतिहरूको स्थिति नाजुक हुन्छ । अझ हाम्रो जस्तो सक्रिय राजतन्त्र भएको देशमा तिनीहरूको स्थिति झन नाजुक हुन्छ । कारण एक त राजतन्त्र आफै पंजीवादको विकासको पक्षमा छैन अर्कोतिर साम्राज्यवादी शक्तिले त्यहाँ अलि अलि पलाउन लागेक पंजीवादी संरचनालाई विस्थापित गरेर दलाल नोकरशाही पंजीवादी संरचना बड़ा गरिदिनछ । तसर्थ नेपालमा गणतन्त्रको पक्षमा उठने पंजीपति वर्गको शक्ति अत्यन्त कमजोर छ । अतः गणतन्त्रको पक्षमा उभिने पंजीपति वर्गका महिलाहरूको स्थिति झन् नाजुक छ । तसर्थ गणतन्त्रको नारा सर्वहारावर्ग हितमा उभिने पार्टी नेकपा माओवादीले उठाउनु परेको छ ताकि यसै आन्दोलनको बलमा नौलो जनवादी आन्दोलनमा आधारित जनगणतन्त्र बनोस ।

यहाँनेर अग्रगामी सोच राख्ने महिलाहरूले के बझनपर्दछ भने राजतन्त्रमन्नরা गणतन्य मात्वामक रूपमा प्रगतिशील छ। तर त्यहाँ महिलाहरूले प्राप्त गरेका अधिकार, मान्यता, मर्यादा विरलै लागू हुन्छ । एक हातले ती सुविधा, अधिकार दिन्छन् भने अर्को हातले लिने गर्दछन् । यसको प्रत्यक्ष उदाहरण गणतन्त्रवादी भारतसाक्षी छ। यहाँका महिलाहरूको स्थिति व्यवहारतः नेपाली महिलाहरूको स्थितिभन्दा कम नाजुक छैन, यद्यपि यहाँका महिलाहरूले कानुनतः बढी अधिकार पाएका छन् । जब कि समाजवाद उन्मुख जनगणतन्त्र स्थापना भएको ठाउँमा त्यहाँ राज्यसत्ताले महिलाहरूको उत्पादन शक्ति बढाउनका लागि पैतृक सम्पत्तिमाथि समान अधिकार, महिलाहरूको विशिष्ट आवश्यकताहरू जर्न शिशुस्याहार केन्द्र, सामूहिक भान्छाको व्यवस्था गरिदिन्छ, कामअनुसार मामको व्यवस्था गरिदिन्छ । पारपाचुकेको अधिकार, पुनः विवाहको अधिकार, प्रेम विवाहक अधिकार कानुनतः मात्र नदिएर व्यवहारतः लागू गरिदिन्छ । जनगणतन सामन्ती बन्धनहरू जस्तै लिंगीय, जातीय, क्षेत्रीय शोषणहरूको गाँठोहरू पूर फुकाएर समाजवाद संरचना ल्याउने राजनीतिक, आर्थिक र सांस्कृतिक आध तयार पारिदिन्छ । अतः सचेत महिलाहरूले जनगणतन्त्रलाई केन्द्रविन्दुमा राखेर गणतन्त्रबारे लडाईमा अग्रभागमा आउनुपर्छ ।

सेना परिचालन र महिला योद्धाको भूमिका

युद्धभूमिमा नेपाली जनताले प्रत्यक्ष सेनासित भिड्दै छ । नेपालको सेन मनेको राजदरबारको सेना हो । यो सेना प्रजातन्त्रविरोधी सेना मात्र नभएर आ मेहनतकश महिला विरोधी सेना पनि हो। किनभने यसको शक्तिको स्रोत भने राजतन्त्र हो, जो पितृसत्ताको संरक्षक हो। त्यसैले एक लिंगीय आधारमा बनेक सेना हो, जोसित कुनै विचार छैन, खालि पासविक शक्तिमात्र छ । जनताल हेप्ने, हप्काउने, दमन गर्ने, आतंकित पार्ने र मार्ने शक्ति भएको छ । महिलालाई

गिद्दे आंखाले हेर्ने, बलात्कार गर्ने र मार्ने शक्ति भएको छ। यसको ठीक विपरीत जनसेना, मार्क्सवाद-लेनिनवाद-माओवाद र प्रचण्डपथको विचारले लैस शक्ति हो। त्यो जनसेनाभित्र वर्गीय लिंगीय, जातिय, क्षेत्रीय शोषणको विरुद्ध लड्ने चेतना बोकेका पुरुष र महिला योद्धा छन्। राजतन्त्रको महिला विरोधी चरित्रले गर्दा एकातिर जनसेना महिला योद्धाहरू अझ सशक्त, जुझारु र आक्रोशित भएर प्रतिक्रियावादी सेनासित लड्दै छन् भने अर्कोतिर प्रतिक्रियावादी महिला विरोधी सेना जनसेनाका महिलाहरूले हासिल गर्दै आएको वीरता, आक्रोश, विद्रोहलाई भष्म गर्नको लागि महिलाहरूमाथि क्रूर किसिमको दमन, हत्या र बलात्कार गर्ने र मार्ने काम गरिरहेका छन् । तर विचारले लैस र जनताको संरक्षणमा रहेका ती बहु-लिंगीय जनसेना जहाँ लोग्ने स्वास्नी, पूरै परिवार लागेका छन् त्यसको अगाडि भाडाका सिपाही, विचारविहीन, जनताबाट तिरस्कृत, एक लिगीय हुकुमी केन्द्रीकृत सेना कसरी टिक्न सक्छन् र ? त्यसैले युद्ध मैदानमा कतिपय लोग्ने स्वास्नीको जोडीसमेत भएको जनसेनाको दस्ताले राजदरबारको सेनालाई परास्त गर्ने काम गरिरहेका छन् । कतिपय सेना विरुद्धका ठूलाठूला कारबाहीको कमान्डिङ महिलाहरूले गरेका छन् । जस्तै सतबरिया कारबाहीको राजनीतिक कमिसार महिला थिइन् । ब्रिगेडर स्वास्थ्य दस्ताको इन्चार्ज पनि महिला हुन् । कतिपय जनसेनाहरू कारबाहीमा जाने क्रममा शहादत प्राप्त गरेका छन् । यसमा क. कौशल्या गुरुङ (क. शिल्पा) को शहादतलाई संम्झनु उपयुक्त हुन्छ । क. कौशल्या जो एकताका गुरिल्ला दस्ताको कमान्डर थिइन्, पार्टीको उपक्षेत्रीय सदस्य र जिल्ला स्तरीय जनपरिषद्‌को उपाध्यक्ष थिइन्, जब आफ्नो सहयोद्धा लोग्नेले प्रतिक्रियावादी प्रशासनको अगाडि आत्मसमर्पण गर्यो र गद्दारी गर्यो । तब उनले क्रान्तिकारी स्प्रिटअनुसार पारपाचुके गर्ने हिम्मत गरेकी थिइन् । तत्पश्चात् प्रतिक्रियावादी सेनाको डप्फालाई एम्बुस गर्ने तयारीमा बस्दाबस्दै दुश्मनको कब्जामा परेर सहिद भइन् । यसरी एकैसाथ उनले सांस्कृतिक क्षेत्रमा छलाङ्ग हानेकी थिइन् भने अर्कोतिर क्रान्तिप्रति आफ्नो प्रतिवद्धता देखाएर वीरगति पाइन् । त्यस्तै दाङको सफल कारबाहीमा शहादत प्राप्त भएका क्रान्तिकारी दम्पती क. फूलमाया वि.क. र उनका पति क. विजोगको भूमिका पनि उल्लेखनीय छ । त्यस्तै ऐतिहासिक गोर्खा जेल ब्रेक गर्न सफल भएका ६ महिलाहरूमा क. मीना र क. एकता क्रान्तिकै क्रममा सहिद भएका छन् । कतिपय दम्पती र महिलाहरू जेलनेलको सजाय भोगिरहेका छन् र बेपत्ता भएका छन् । क. चुन्नु गुरुङ हालसम्म बेपत्ता छिन् ।

वास्तवमा राजतन्त्रको विरुद्धमा लागेका महिलाहरूले चौतर्फी हमला गरिरहेका छन् । एकातिर सैनिक क्षेत्रबाट तिनीहरूले राजतन्त्रसित प्रत्यक्ष भिड्दै छन्, अर्कोतिर आर्थिक क्षेत्रमा सहकारी, सामूहिक उत्पादन प्रणालीमार्फत पुरानो सामन्ती उत्पादन प्रणालीमाथि बज्रपात गरिरहेका छन् । त्यस्तै सांस्कृतिक क्षेत्रमा अवला महिलाको पहिचानलाई चुनौती दिदै वीर, विद्रोही, लडाकु महिलाको अस्मिता स्थापित गर्दैछन् । पुनर्विवाह, पारपाचुके, प्रेमविवाह, अन्तरजातीय विवाह जस्ता सामजिक चुनौतीहरू दिएर सामन्ती रुढीवादी संस्कृतिलाई विस्थापित गर्दैछन् । आज दलित महिलाहरू क्रान्तिकारी चिनगारी भएर मनुवादी राजतन्त्रमाथि जाइलागिरहेका छन् । कालिकोटका दलित महिलाहरूले सशस्त्र पुलिस राइफल खोसेर स्थानीय माओवादी पार्टीलाई बुझाएको स्मरणीय त्यस्तै भारतबाट समेत महिलाहरू नेपालको राजतन्त्र विरोधी आन्दोलनमा होमिन जाने प्रक्रिया सुरु भइसकेको छ ।

सेनाको पासविक बलात्कार, दमन, हत्याका बावजूद क्रान्तिकारी महिलाहरू राजदरबारको सेनासित भिडिरहेका छन् । किनभने तिनीहरूलाई थाह छ राजतन्त्र ।। तसर्थ यसमाधि जति छिटो विजय हासिल गर्यो, त्यति छिटो इतिहास अगाडि बढ्नेछ ।

निष्कर्ष

आज नेपाल संक्रमणकालको अवस्थामा छ । यहाँ एकातिर सामन्ती संरचनालाई जोगाइराख्ने पनउत्थानवादी शक्ति राजतन्त्र छ । अर्कातिर नौलो जनवादी व्यवस्था ल्याउने अग्रगामी शक्ति ने.क.पा. माओवादी छ । ती विपरीत बीचमा ढुलमुले संसदीय शक्ति छ, जसले राजतन्त्रलाई संविधानभित्र बधिर दरवार हत्याकाण्ड र त्यसपछि प्रतिप्तमनकारी कदम देखेर नै ने.क.पा. माओवादीले गणतन्त्रको नारा उठाउदै आएको हो। यसलाई प्रत्याभूत गर्नका लागि गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको नारालाई अगाडि सार्दै आएको छ । निरंकुश ज्ञानेन्द्रले ०४६ जनआन्दोलनको सीमित उपलब्धिसमेत निषेध गरेको परिप्रेक्षमा ती ढुलमुल ससदीय पार्टीहरू पनि अब आएर गणतन्त्रको प्रश्नलाई गम्भीरतासँग लिन बाध्य भएका छन् । स्मरणीय छ, ०४६ जनआन्दोलन ताका संयुक्त राष्ट्रिय जनआन्दोलनले तिनै मागहरू आफ्ना १० सूत्रीय न्यूनतम मागमा समावेश गरेको थियो ।

यहाँ उल्लेखनीय कुरा के छ भने बेलायतले सातौं शताब्दीमा, फ्रान्सले अठारौं, जर्मनीले उन्नाइसौं शताब्दीमा र रुसले बीसौं शताब्दीमा लडेको राजतन्त्र विरोधी लडाई आज नेपालले एककाइसौं शताब्दीमा लडिरहेको छ । यसले पनि संकेत गर्दछ नेपालको राजनैतिक विकास कति पछि पर्दै गएको छ । वास्तवमा नेपालको संकटको मुख्य कारक तत्व यहाँको राजतन्त्र नै हो । त्यसैले आउनुहोस, यो आधुनिक युगको ढोका खोल्ने गणतन्त्रको र मध्ययुगीन सामन्तवादी युगमा धकेल्ने राजतन्त्रबीचको लडाइँमा हामी शोषित पीडित महिलाहरु गणतन्त्रवादीहरूको पक्षमा दह्रो भएर उठौं।

त्यस्तै भारतमा कार्यरत श्रमजीवी महिला पुरुषहरू, विशेषतः अखिल भारत नेपाली महिला संघका महिलाहरूले राजतन्त्र, गणतन्त्र र जनगणतन्त्रको बारेमा बुझनु अझ जरुरी छ। नेपालको राजतन्त्रले उनीहरूको जीवनलाई कसरी असर पारेको छ त्यो तिनीहरू भक्तभोगी नै छन् । त्यसकासाथै भारतको गणतन व्यवस्थाले महिलाहरूलाई कति आधिकार दिएको छ, त्यसको पनि आंशिक ज्ञान हासिल गरिसकेका छन् । अतः जनगणतन्त्रको महत्त्वबोध बढी उनीहरूमा हन्छ तसर्थ हाल नेपालमा चलिरहेको गणतन्त्रको प्रश्नलाई तिनीहरूले पूँजीवादी दृष्टिले मात्र हेरेर पुग्दैन । अपितु समाजवादउन्मुख जनगणतन्त्रको दष्टिकोणले पनि हेर्नपर्दछ । किनभने वर्तमान वर्गविभाजित समाजमा महिला सर्वप्रथम वर्गीय प्राणी र अनि मात्र लिंगीय प्राणी भएकाले महिलामुक्ति आन्दोलनमा वर्गीय आन्दोलन गाँसिएको हुन्छ । अतः जुन जुन बेला प्रजातन्त्र र जातीय अधिकार, आत्मनिणर्यको अधिकार आदिको निम्ति अन्दोलन बढ्छ । त्यतिबेला महिलामुक्ति आन्दोलन पनि त्यसको सापेक्षतामा बढेको हुन्छ । त्यस्तै जति जति आम जनताले अधिकारहरू आफ्नो पक्षमा संघर्षमार्फत प्राप्त गर्दछन् त्यति त्यति त्यही सापेक्षतामा महिलाहरूले पनि पुरुषसरह अधिकारहरू आफ्नो पक्षमा संघर्षमार्फत सुरक्षित गर्दछन् । त्यसैले आउनुहोस् भारतका नेपाली महिलाहरू, नेपाललाई एक्काइसौं शताब्दीमा पुऱ्याउने गणतन्त्रको नारालाई साकार पारौं !!

अखिल भारत नेपाली महिला समाज, ८ फेब्रअरी २००३

Leave a Reply

Your email address will not be published. Required fields are marked *