रोल्पामा रोमियो अपरेसन गर्ने दौरानमा भएका बलात्कारका घटनाहरू आज आएर जनयुद्ध थालनी भएपछि देशव्यापी रूपमा एउटा प्रवृत्तिको रूपमा विकास हुन थालेको छ । केही महिनाअघि गोर्खा जिल्लामा अनेमसंघ (क्रान्तिकारी) की सचिव कमला भट्टको बलात्कार र हत्याको समाचार नसक्दै हालसालै अनेमसंघ बलात्कारले आम जनताका अगाडि राज्यसत्ताको सक्कली रूप उदांगो पारिदिएको (का.) की दोलखा जिल्ला संयोजक देवी खड्कामाथि भएको सरकारी पासविक छ।
पुरुषको वर्चस्व रहेको समाजमा जब पुरुषहरूमा हीनताबोध हुन्छ जव स्थिति आफ्नो नियन्त्रणमा हँदैन, तब आफ्नो हराएको सौर्य पाउनका लागि महिलाहरूमाथि बलात्कार गर्न पुग्छन् । अर्थात् बलात्कारीहरूको मनोबल अति कमजोर हुन्छ । तिनीहरूमा आत्मसम्मानको भावना एकदम कमन हति मनोवैज्ञानिक रूपमा तिनीहरूले कायर मनोवृत्ति बोकेका हुन्छन्। त्यस अर्थमा हालै देवी खड्कामाथि राज्य-सत्ताले उनी माओवादी भएको कारण दर्साई बलात्कार गरेको घटनाले वर्तमान राज्यसत्ता कति कायर, कमजोर र हारेको मनस्थिति बोकेको रहेछ भनेर पुष्टि गर्दछ । आफ्नो नपुंसकता (दब्बुपना) ढाकछोप गरेर असामान्य देखाउनका लागि वर्तमान राज्यसत्ताले आफ्नो लिंग नै हतियार बनाएर माओवादी महिलाहरू अर्थात् माओवादी समर्थक महिलाहरूलाई सबक दिन खोजिराखेका छन् ।
वास्तवमा वर्गीय र लिंगीय शोषणको आधारमा टिकिराखेको यो वर्तमान राज्यसत्ता आफ्नो अंगरक्षक, पुलिस सेनाहरूको मनोबल, हौसला बढाउनको लागि न त राजनीति छ, न नैतिकता छ । त्यस अर्थमा तिनीहरूले आदिम कालसरह पासविक बलमा नै जोड दिन पुग्दछन् । क्रान्तिकारी महिलाहरूको वैचारिक श्रेष्ठतासित मुकाबला गर्नका लागि तिनीहरूले आफ्नो अंगरक्षकहरूका मांसपेशीदेखि लिएर लिंगसमेत प्रयोग गर्न पठाउँछन् ।
यी घटनाले थप के उदांगो पारेका छन् भने कसरी वर्तमान राज्यसत्ताले आफ्नो वर्गीय स्वार्थको लागि आफूले पालेका पुलिस, हवल्दार, एस.पी., डी.एस.पी. हरूलाई नियोजित रूपमा पासविक बनाउँदोरहेछ जंड्याह बनाउँदोरहेछ । यस्ता पासविक पलिस, एस.पी. डी.एस.पी. हरू तक्मा, सम्मान, पदोन्नति गरेर प्रोत्साहन गर्दोरहेछ । तिनीहरू मानविकताको पक्षहरू झिकेर दानववताको रूप दिन पुग्छन् । यस अर्थमा जनताका अगाडि ती पासविक पुलिस, डी.एस.पी. हरू एकातिर घणाको पात्र भएका छन् भने अर्कोतिर दयनीयताका पात्र पनि भएका छन् । देवी खडकाले एउटा साप्ताहिक पत्रिकामा दिएको अन्तर्वार्ताले पष्टि गर्दछ । आफूप्रति प्रहरीहरूले गरेको पासविक यातनाको बाबजुद उनीले भनिन्- दोष ममाथि बलात्कार गर्ने ती प्रहरी जवानहरूको होइन व्यवस्थाको हो । त्यसकारण व्यवस्थाप्रतिको मेरो आक्रोश यस घटनापछि बढेको ३- ‘कान्तिमा लाग्न थप प्रेरणा प्रदान गरेको छ ।’ धन्य छ कमला भट्ट, देवी खड्का र अन्य बलात्कार भोगेका महिलाहरू जसले लिगीय शोषणभन्दा वर्गीय शोषणलाई प्रधानता दिएर वर्तमान राज्य सत्ताविरुद्ध अझ दृढ भएर लाग्दैछन् ।
राज्यसत्ताले के के बुझ्नुपर्दछ भने (बाटोमा हिंडिरहेको महिलामाथि यौन आस्थाको कारणले गर्ने बलात्कारको असरमा आकाश पातालका फरक हुन्छ । ती तृप्तिको कारणले कुनै अन्जानले बलात्कार गर्दाको असर र पुलिस, सेनाले महिलाहरू जो आस्थाकै कारणले बलात्कृत हुन्छन्, तिनीहरू वास्तवमा जनताको अगाडि अझ सम्मानित बन्न पुग्छन् । तिनीहरू समाजको अगाडि कमजोर, निरीह देखिन्को सट्टामा झन् शक्तिशाली बन्न पुग्छन् । जसले राज्यसत्ताको नपुसकतालाई उदाङ्गो पारेर आफ्नो वैचारिक सौर्यलाई अझ उचाइमा पुऱ्याइदिन्छन् ।
यस्ता घटनाहरूले के पुष्टि गरिदिन्छ भने जब महिलाहरू राज्यसत्तामाथि आक्रमण गर्न पुग्छन् तब तिनीहरूले साथसाथै त्यस राज्यसत्ताको पितृसत्तात्मक सरचनामाथि पनि आक्रमण गर्न पुग्दछन् । त्यसैले त राज्यसत्ताले माओवादी महिलाहरू अर्थात् माओवादी समर्थक महिलाहरूलाई एकैसाथ शारीरिक यातनाको साथसाथै बलात्कार पनि गर्न पुग्छन् । जबकि ती महिला संघसंस्था जो संसद्को घेराभित्र रहेर खाली लिंगीय शोषणका कुरा गर्छन् तिनीहरूप्रति पुलिस सेनाको धारणा नरम हुँदा रहेछन् । राज्यसत्ताले त त्यस्ता संघसंस्थालाई बोलाएर चियापान, गोष्ठीमा सहभागी गराएर तिनीहरूका मागहरू आफ्नो सञ्चारमाध्यममा प्रचार-प्रसार गरिदिन्छन् । जबकि माओवादी जनयुद्धलाई नैतिक समर्थन दिने अनेमसंघ (क्रा.) का सदस्यहरूलाई सामान्य भेला प्रशिक्षणसम्म पनि गर्न दिदैनन् । उल्टै लाठीचार्ज, गिरफ्तारी, गोली र बलात्कारसमेत गरेका घटनाहरू आइरहेका छन् । यसले थप पुष्टि गर्दछ । लिंगीय शोषण पनि वर्गीय शोषणको एउटा रूप हो अर्थात् वर्गीय शोषण नै मूल शोषण हो जसको स्वरूप भिन्न-भिन्न ठाउँमा भिन्न-भिन्न तरिकाबाट अगाडि आइरहेको हुन्छ । कतै त्यसले जातीय शोषण, त कतै क्षेत्रीय शोषण त कतै लिंगीय शोषणको रूप लिएर आएको छ ।
यस्ता घटनाहरूले तथाकथित महिलावादी महिला संघसंस्थाहरू कति पानीमा रहेछन् भन्ने पनि स्पष्ट हुन्छ । लिंगीय शोषणको रट लगाएर हिंड्ने यी सघ संस्थाहरू महिलाहरूले जब माओवादीको नामा साधारणभन्दा साधारण महिलाहरू पुलिस-सेनाले बलात्कार गर्दा चुं सम्म पनि किन बोल्न सक्दैनन् यसले पनि तिनीहरूको वर्गीय प्रतिबद्धता कहाँ हुँदोरहेछ भनेर प्रस्ट हुन्छ ।
अन्त्यमा का. माओले भने झै ‘प्रतिक्रियावादीहरूले ढुंगा उचाल्दा आफ्न खुट्टामा हान्छन्’ भन्ने उक्ति यहाँ स्मरण गर्नु सान्दर्भिक होला । मनोविज्ञानले के भन्दछ भने कुनै चीज लेख्न थाल्यो भने त्यसले त्यति असर पारेको हदैन, तर त्यही चीज गर्न पुग्यो भने त्यो चीज दिमागमा बसिदिन्छ । अन्ततः त्यसले बानीको रूप लिन थाल्दछ । ती बलात्कार गर्ने सम्बन्धमा पनि यही नियम लाग हुन्छ । त्यसकारण माओवादी महिलाहरूलाई पनि बलात्कार गर्न पल्केका ती पुलिस, इन्स्पेक्टर, सेनाहरूले अन्ततः आफ्नो अफिसका, घरका महिलाहरू बलात्कृत दृष्टिकोणमा हेर्न पुग्दछन् । के माओवादी महिलाहरूमाथि पासविक रूपले बलात्कार गर्ने इन्स्पेक्टर, डी.एस.पी. हरूले आफ्नै अफिसमा कार्यरत महिला पुलिस इन्स्पेक्टरहरू बाँकी राख्लान् ? यस अर्थमा राज्यसत्ताले के बुझ्नुपर्दछ भने त्यस्ता बलात्कारी पुलिस, एस.पी., डी.एस.पी. हरूले, संसदयि व्यवस्थाका पूजनीय महिला ससद्, महिला मन्त्रीहरू सामन्ती व्यवस्थाको पूजनीय नारीलाई सलाम ठोक्दा ती पुलिस, डी.एस.पी. हरूको एउटा आँखाले तिनीहरू सम्झना त गलान्, तर अको आँखाले बलात्कृत दृष्टिकोणले हेर्न पछि पर्दैनन् । मत्सरी अर्कालाई हिर्काउन खोजेकाहरू अन्ततः आफ्नै वर्गतिर फर्काउने काम यो राज्य सत्ताले गरिराखेको छ ।
– जनादेश, २०५५ जेठ १