आजभोलि छाडा उपभोक्ता संस्कृतिले सबै चीजहरूलाई यौनपरक बनाइदिएको छ । तसर्थ आज युवक-युवती मात्र नभएर बालबालिकासम्म यौनको सिकार भइरहेका छन् । जसरी व्यापारीको विश्वकरण भइरहेको छ त्यस्तै बलात्कारले पनि विश्वव्यापी रूप लिदैछ। तर यो लेखमा उल्लेख गर्न खोजेको बलात्कार सामान्य बलात्कार नभएर विशिष्ट परिस्थितिमा हुने बलात्कारको बारेमा लेख्न गइरहेकी छु। त्यो हो राज्यसत्ताबाट पालिएका गुण्डा, पुलिस र सेनाबाट आस्थाको आधारमा सचेत महिलाहरूलाई हुने बलात्कारहरू । यस्ता घटनाहरू अन्य देशहरूमा हुने गर्दछ रे भन्ने सुन्दै आएको आज नेपालका गाउँगाउँमा सुनियोजित रूपमा भइरहेको छ- माओवादी आन्दोलनलाई दबाउने नाममा ।
बलात्कार भएका महिलाहरूको प्रतिकार पनि फरक फरक हुँदा रहेछन् । केही महिलाहरू बलात्कृत भएकोलाई नै आफ्नो सम्पूर्ण इज्जत, अस्तित्व लुटिएको ठानेर, आफू जिएको अर्थ नै अनर्थ भएको ठानेर आत्महत्या गर्न पुग्छन् भने केही सचेत महिलाहरू आफूमाथि यस्ता घटना घटेकोले झन् विद्रोही भएर निस्केका हुन्छन् । अझ राजनैतिक आस्थाको कारणबाट हुने राज्य आतंक, बलात्कारबाट महिलाहरू गुरिल्ला युद्धमा लडाकु बन्न गएका उदाहरणहरू पनि इतिहासमा छन् । भारतको आन्ध्रप्रदेशमा कार्यरत ‘पिपुल्स वार ग्रुप’ भन्ने माओवादी संगठनमा प्रायः छापामार महिला योद्धाहरूको पूर्व जीवनी पनि यस्तै पीडादायक थिए, तिनीहरूको इज्जत थिएन कति त मरूं कि बाँचु भन्ने भूमरीको जिन्दगीबाट उम्केर गुरिल्ला युद्धमा गुरिल्ला बन्न गएका छन् । हाम्रै देशमा पनि एउटै परिवारमा राजनैतिक आस्था बोकेका आमाछोरी बलात्कार भएको उदाहरण आइरहेको छ । त्यस किसिमको राज्य आतंकले यहाँका सर्वसाधारण महिलाहरू चेलीबेटीहरूलाई झन् छापामार युद्धमा धकेल्ने काम गर्दछ। उनीहरू सोच्न बाध्य हुन्छन् प्रत्येक दिन मरेर बाँच्नुभन्दा बरु आम जनताको मुक्तिको लागि लड्दालड्दै मर्नुमा गौरव हुन्छ । यसरी बलात्कारलाई हेर्ने दृष्टिकोण पनि फरक फरक हुँदोरहेछ ।
त्यस्तै कुनै महिलामाथि कुनै अज्ञात वा ज्ञात गुण्डाहरूले आफ्नो यौन तृष्णा मेटाउनका लागि गरिएको बलात्कार र कुनै महिलामाथि पुलिस, सिपाहीले गरेको बलात्कारमा आकाश पाताल फरक हुन्छ। पहिलो किसिमले हुने बलात्कारको प्रतिशोध स्थानीय रूपमा मात्र हुन्छ भने पुलिस, सेनाले गरेको बलात्कारले जहिले पनि राजनैतिक स्वरूप लिन्छ। यसले गर्दा देशव्यापी । कहिलेकाहीं विश्वव्यापी प्रचार प्रसार र विरोधको लहर उठाइदिन्छ ।
नेपालकै सन्दर्भमा २०४६ सालको जनआन्दोलन भइरहेको बेला सबभन्दा सनसनी हुने समाचार पोखराको महिला छात्रावासमा पुलिसहरूले त्यहाँका महिलाहरूलाई गरेको दुर्व्यवहार हो। त्यसताका लक्ष्मी कार्की चर्चित भएकी थिइन, कारण प्लिसको बलात्कृत आक्रमणको केन्द्रविन्द उनी बनिन् । यसले गर्दा जनआन्दोलनमा महिलाहरूको विद्रोह अझ आगो भएर बलेको थियो । ध्यान दिनु जरुरी कहाँ छ भने यस्ता आक्रमणहरू जब संसदभित्रका विरोधीहरूमाथि गरिन्छ तब त्यसले देशका मुख्य सञ्चारमाध्यमहरूले प्रचारप्रसार गरिदिन्छन । तर यस्तै घटनाहरू जब देशका सच्चा कम्युनिस्टहरू अर्थात संसदीय व्यवस्था नमान्नेहरूमा हुन थाल्छन् तब त्यस्ता घटनाहरूलाई देशका मुख्य सञ्चारमाध्यमहरूले लुकाउन खोज्छन् । यसले पनि पष्टि गर्दछ देशका प्रमुख सञ्चारमाध्यमहरूले कन वर्गको प्रतिनिधित्व गर्दछन । तर यसको अर्को पक्ष हो, आस्थाको आधारमा हने कम्यनिस्टप्रति आस्था राख्ने ती महिलाहरूले आम मेहनतकश जनताको त्यस्ता बलात्कारले पुरै टोल, गाउँ, देशलाई नै आन्दोलित पारिदिन्छ किनभने प्रतिनिधित्व गरिरहेको हुन्छ । साथै यस किसिमको बलात्कारले झन् उल्लै राज्यसत्तामाथि राजनीतिको ‘र’ सम्म उच्चारण गर्न नसक्ने जनतामा वितृष्णाको गर्नपर्नेमा उल्टै राज्यसत्ताले तिनीहरूले गरेका अपराधलाई संरक्षण दिन्छन् । साथै भावना जगाइदिन्छ । उनीहरूले प्रस्ट देख्छन गाउँतिरका गुण्डाहरूलाई दण्डित जुन सेना, सिपाहीले बढी भ्रष्टता, क्रूरता, बलात्कार मच्चाएको हुन्छ तिनीहरूई पद बढुवा छिटोछिटो भएको देखिन्छ । जबकि माओवादीहरूले त्यस्ता गुण्डा, पुलिसहरूलाई दण्डित गरेका उदाहरणहरू तिनीहरूले पाउँछन् । यसबाहेक अरू समुदायभित्र परेका बलात्कृत महिलाहरूले समाजको हेला, वितृष्णा भोगेका हुँदैनन् । अझ ती महिलाहरू जनताको सहानुभूति पाउँछन् र त्यस्ता अपराधबाट तिनीहरूमा विद्रोह, बदलाको भावना पैदा भइदिन्छ ।
शोषक वर्गको संरक्षण गर्ने यो राज्यसत्ताले के बुझ्दैन भने यसरी आफ्ना सेना पुलिस पठाएर सचेत परिवारमा चेलीबेटीमाथि बलात्कार गर्न पुग्दा तिनीहरूको सतित्व जाँदैन । तिनीहरू सोच्छन् यसरी तिनीहरूको सतित्व लुट्दा, तिनीहरू लाजले आत्महत्या गर्न जालान् कुण्ठित भएर जुलुस आमसभामा भाग लिन छोड्लान् अर्थात् हीनताबोध भएर निष्क्रिय होलान् । तर व्यवहारमा त्यस्ता कुनै संकेतहरू तिनीहरूले पाउँदैनन् । त्यसरी त्रसित हुने महिलाहरू त तिनीहरूकै संरक्षण गर्ने धनी र मध्यम वर्गका महिलाहरू हुन जान्छन् । अझ योभन्दा अतिरञ्जित नहोला । महिलाहरूको सतित्व गुम्ला भन्ने डर, पीर बढी धनीवर्गलाई नै पर्दछ विशेष गरी त्यसवर्गका पुरुषहरूमा किनभने आफ्ना श्रीमती, बुहारीको सतित्व जाँदा आफूहरूले थुपारेको सम्पत्ति अर्कैको बीजबाट जन्मेको सन्तानमा गयो भने कत्रो आपत ! यद्यपि बलात्कारको पीडा धनी गरिब दुवैमा पर्छन् तर मनोवैज्ञानिक र सामाजिक असर ती धनीवर्गका नरनारीहरूले बढी भोग्नुपर्दछ । जबकि यस्ता घटनाहरूलाई गरिब वर्गका महिलाहरूले आफ्नो कष्टदायी जीवनमध्ये एउटा अर्को पीडादायक घटनाको रूपमा लिइदिन्छन् । तिनीहरू प्राय सम्पत्तिविहीन भएकोले गर्दा पनि समाजले तिनीहरूको सतित्व गुमेकोमा त्यति ध्यान दिएको हुन्न यद्यपि तिनीहरूलाई सहानुभूति भने दिएको हुन्छ ।
बलात्कारको पनि वर्गीय पक्ष हन्छ । हामी देख्छो बलात्कारका घटनाहरू प्रायः गरिब वर्गका महिलाहरूमा घट्छन् । जति जति महिलाहरू धनी वर्गमा पर्दछन, त्यति त्यति तिनीहरूमाथि बलात्कार हने घटनाहरू कम हद जाना हिम्मत गर्छन् त ? जबकि यस्ता घटनाहरू कुनाकाप्चामा बसेका झपडीहरू अर्थात् सहरभित्रका गल्लीहरूमा भइरहन्छन जहाँ गरिव निहाय महिलाहरू मानिसहरूलाई दण्डित गर्ने, आतंक पारिदिने अनि कुन वर्गलाई सुरक्षा दिने तरक्षाको निम्ति नै खडा गरेको संस्था हो। तसर्थ पुलिस सेनाहरू सजिलैसित सरक्षण गर्ने भनेर। कारण पलिस सेना भनेको अन्ततः हने खाने, धनीको पर चलीबेटीहरूमाथि जाइलाग्छन् । कारण, एक त राज्यसत्ताले गरिब महिलाहरूमाथि हुने यस्ता अपराधहरूलाई गम्भीर रूपमा लिदैनन अकातिर, यी गरिबहरू डरपोक, निःसहाय हुन्छन्, तसर्थ तिनीहरूलाई तर्साएर पनि आफ्ना अपराधहरू लुकाउन सकिन्छ भन्ने तिनीहरूको धारणा हन्छ । राज्यसत्ताका पी भारदारहरूले के बझदेनन भने माओवादी प्रभावमा परेका यी महिलाहरू गरिय होलान् तर तिनीहरू सचेत छन्, संगठित छन् । तसर्थ ती महिलाहरू ती भारदारहरूले बोकेका राइफलहरूभन्दा पनि बलिया छन् । ती महिलाहरू जसमाथि यो राज्यसत्ताले डर त्रास धम्कीका साथै बलात्कार गर्दै आएका छन होमिने छन् । किनभने हतियारमध्ये सबभन्दा ठूलो हतियार मानिस हो, मानिसको त्यसले तिनीहरू चट्टान फोडने बमभन्दा पनि विस्फोटक भएर आन्दोलनमा विवेक हो । सबभन्दा खतरनाक हतियार किन नहोस तर त्यसलाई चलाउने यन्त्र त मानिस नै हो नि । ती महिलाहरूको इज्जतको सवाल तिनीहरूको जाने यन्त्र नभएर तिनीहरूले बोकेका आस्थाको सवालमा हुन्छ । उनीहरूको लागि आफूले अपनाएको मुक्तिको बाटोमा गद्दारी गर्नु भनेको सतित्व गुमाउनुभन्दा को बेइज्जतको कुरा बन्न जान्छ ।
बलात्कारको अर्को पक्ष के हो भने, बलात्कार गर्ने मान्छेहरू मनोवैज्ञानिक रूपमा कायर मनोवृत्ति बोकेका हुन्छन् । यो कुरा अझ पुलिस सेनामा बढी नै लागू हुन्छ । एक त तिनीहरूलाई थाहा छैन तिनीहरू केको लागि लडिरहेका छन्, त्यसमाथि जनताको शक्ति देखेर तिनीहरू घर्बराउन थाल्छन् । तसर्थ आफ्नो नामर्दीलाई लुकाउनका लागि गाउँमा चेलीबेटीहरूमाथि जाइलाग्छन् । जसरी कायर सेना बौलाहा भएर आफ्नै सेनाका महिलाहरूलाई विद्रोहीहरू ठानेर गोली चलाइकन मार्छन्, त्यस्तै यी कायर पुलिस, सेनाहरूले आफ्नो कायरतालाई लुकाउनका लागि गाउँका आफ्नै वर्गका चेलीबेटीहरूमाथि आक्रमण गर्न पुग्छन् । सबभन्दा नीचताको प्रश्न कहाँ छ भने राज्यसत्ताले तिनीहरूलाई यसरी नै हिंसात्मक हुन सिकाउँछ तिनीहरूमा भएका विवेकलाई झिकेर तिनीहरूलाई जनावर बनाइदिन्छ यस्ता घटनाले तिनीहरूले लगाएको अनुशासनको मुकुन्डो, देशभक्तिको मुकुन्डो वीरताको मुकुन्डो एकसाथै नै आम जनताको अगाडि नाङ्गिन जान्छ।
मानिसको अर्को विशेषता नै यसमा छ कि उनीहरू केही पाउनका लागि त्यसले मृत्यु नै किन ननिम्त्याओस ? महिलाहरूले त झन् केही पाउनका लागि केही गुमाउन तयार हुन्छन् । जन किसिमको खतरा पनि मोल्न तयार हुन्छन् चाहे तिनीहरुलाई थाहा छ सबभन्दा अमूल्य मोती पाउनका लागि सबभन्दा गहिरो इफ बढी कष्ट भोग्नपरेको हुन्छ । कारण, तिनीहरू दोहोरों रूपले शोषित छन् । समुद्रभित्र जान सक्नुपर्दछ । छापामार युद्धमा लडने ती वीर महिला योद्धाहरूले दोहोरो खतरा मोलेर पनि आफ्नो जीवन क्रान्तिको लागि समर्पण गर्दैछन् । पुरुषहरूलाई प्रतिक्रियावादीहरूले भौतिक रूपमा यातना दिन्छन् भने प्रायः महिलाहरूलाई भौतिक यातनाका साथसाथै यौनको सिकार पनि बनाइदिन्छन् । पुरुषहरूलाई गोलीले ठोकेर मारिदिन्छन् भने महिलाहरूलाई बलात्कार गरेर मारिदिन पनि पछि पर्दैनन् । तैपनि माओवादी आन्दोलनमा महिलाहरू किन होमिइरहेका छन् त ? किनभने दोहोरो शोषण अन्त्य गर्ने व्यवस्था यही पार्टीले मात्र ल्याउन सक्छ भन्ने विश्वास तिनीहरूमा छ । यसको लागि तिनीहरू राज्यसत्ताद्वारा चलाइने दोहोरो प्रतिकार र हमलासित जुध्न पनि तयार छन्। तसर्थ आजका माओवादी महिलाहरू बलात्कार वा बलात्कारको धम्कीबाट डराउनेवाला छैनन् ।
– जनादेश, २०५३ माघ ८