Posted on

फागुन १ गते नेपालको इतिहासमा एउटा चीरस्मरणीय दिनको रूपमा स्थापित भएको छ । यसको पुष्टि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा  संचालित एक वर्षको जनयुद्धका प्रभावले गरिएको छ । यस अन्तरालमा यसको ले विकट गाउँगाउँको पाखा, पर प्रभावले बारुदखानसम्म विस्फोट गराइदिएको छ । आज प्रत्यक वृद्धादखि बालकसम्म भावी माओवादी बन्ने खतरा विद्यमान राज्यसत्ताले देखिराखेको छ । त्यतिमात्र नभएर प्रतिक्रियावादीहरूको घरदैलो लगभग कापिरहेको छ । कारण, यो जनयुद्धको कुन आमा कुन हजुरआमा, कुन भाउजू, कुन साली, कुन दिदी, कुन बहिनी, कुन भान्जी, कुन छोरी ती सबै महिलाहरू माओवादी हुन जाने डरले विशेषता नै यसमा छ कि यहा पुरुष याद्धाहरूको साथसाथै महिला योद्धाहरू पनि छातीमा गोली थापी सहिद भएका छन् । सम्भवतः नेपालको इतिहासमा पहिलो पटक महिलाहरू योद्धाको रूपमा स्थापित भएका छन् । तसर्थ एकै वर्षभित्र ৩/৩ जना होनहार महिलाहरू नियतपूर्ण तरिकाले प्रतिक्रियावादी राज्यसत्ताबाट मारिएर सहिद बन्न पुगेका छन् स्मरणीय छ एउटा हालसालै निकालेको तथ्यांक अनुसार सन् १९८२-१९९१ सम्म श्रीलंकाली तामिल गुरिल्लाहरूमा ८% महिला तामिल गुरिल्लाहरू मरिसकेका छन् । यो प्रतिशत बढ्‌दै गएको पनि सोही लेखमा उल्लेख छ। त्यहाँ करिब ३००० तामिल महिलाहरू मर्न तयार छन् । नेपालमा महिलाहरू पनि कम बहादुर छैनन् । हालैमात्र पौषमा रामेछापको एउटा विकट गाउँमा आक्रमण गर्न गएको दस्तामा क. दिलमायाले बममा आगो सल्काउन लाग्दा तिनी बन्दुकको गोलीबाट मारिएकी थिइन् । त्यस सफल अपरेसनमा अन्ततः राइफल कब्जा गरेर छाडे, तर तीन जना योद्धाले आफ्‌नो ज्यान दिने साहस देखाएर यो धर्तीबाट शहादत प्राप्त गरे । आज गाउँघरमा पुरुष त के महिलाहरू पनि आक्रोशित भएका छन् । कतै छोरा नभेटाएको निहुँमा पुलिसहरूले वृद्धा आमालाई मारिदिएका छन् कतै श्रीमान् नपाएको झोकमा श्रीमतीलाई बलात्कार गर्ने, यातना दिने गरिराखेको छ कतै बुबाआमा नपाएको निहुँमा बालबालिकालाई यातना दिइराखेका छन् । यसले गर्दा महिलाहरू अझ सशस्त्र भएर युद्धको पखेरा र चुलो चौकोदेखि लिएर राज्यसत्ताको अग्रपंक्तिमा लड्न गइरहेका छन् ।

 नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले चलाएको जनयुद्धको विशेषता नै यो रह्यो कि यसले जनयुद्धमा महिलाहरूको भूमिकालाई पहिलेदेखि नै महत्त्वपूर्ण स्थान दिदै आएको छ । प्रायः अन्य देशहरूमा महिलाहरूलाई युद्धमा तब मात्र भित्र्याएको देखिन्छ जब योद्धाहरूको जनशक्तिमा खाँचोको अनुभव गरिन्छ । उदाहरणको लागि श्रीलंकाको लिट्टेले छापामार दस्तामा महिला छापामार तबमात्र भित्र्याउन थाले जब सन् १९८७ मा भारत श्रीलंकाको सम्झौताले गर्दा लिट्टेमाथि बढी आक्रमण हुन थाल्यो । जसले गर्दा लिट्टेको जनशक्ति बढाउनुपर्ने आवश्यकता  मयो । यस्तै भारतको पिपुल्स वार ग्रुप भन्ने शक्तिशाली माओवादी पार्टीले सन् १९८५ मा मात्र आएर अलग महिला संगठन बनाउने आवश्यकता ठान्यो नेपालमा माओवादी पाटीको सशक्त विचारधाराले आधा आकाश, आधा चती ओगट्ने, दोहोरो शोषणको चपेटामा परेका महिलाहरूको विद्रोह शक्तिलाई पहिलेदेखि नै पहिचान गर्दै आएको छ। एकातिर जनयुद्धले ती तिनीहरूलाई पुरुषहरूको हाराहारीमा आफ्नो पहचान, शक्ति दक्षता र आफ्नो हेपिएका, अस्मिता खोसिएका महिलाहरूलाई जनयुद्धमा सहभएका, सहभागिताले गर्दा माओवादी पाटीलाई आफ्नो लक्ष्य नजिक पुग्नका लागि यप अस्मिता कायम गर्ने मौका दिएको छ भने अर्कोतिर जनयुद्धमा महिलाहरूको ऊजर्जा, भरपर्दो सहयोग र प्रेरणा दिएको देखिन्छ । यहाँ विचारणीय के छ भने हाम्रो जस्तो कृषि अर्थतन्त्रमा आधारित परिवारमा महिलाहरूको बहुभाषिक भूमिका भइरहन्छ । महिला एकातिर उत्पादन शक्ति हो भने अकोतिर प्रजनन शक्ति पनि हो। त्यस्तै जनयुद्धमा महिलाहरू एकातिर सहायक शक्ति भएको देखिन्छ भने अर्कोतिर विस्फोटन शक्ति पनि भएको देखिन्छ । उदाहरणको लागि:

३४ वर्षीय धनमाया श्रेष्ठ एउटी छोरीको आमासमेत भएको गत चैत्र ५ गते रुकुम जिल्लाको कांक्री भन्ने ठाउँमा पुलिसको गोलीबाट शहादत प्राप्त गरिन् । उनी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गाउँ इकाई समितिको सदस्य र साथै संयुक्त जनमोर्चाको सक्रिय समर्थक थिइन् । यहाँको परिवार नै राजनीतिक रूपमा एकदम सचेत र सक्रिय थिए र त्यसो त त्यस गाउँका महिलाहरू स्थानीय फटाहा, पुलिसको ज्यादतीको विरुद्ध लड्दै आएको इतिहास छ । भनिन्छ चैत्र १ गते औषधी गर्न गएका दुई युवाहरूलाई माओवादी भएको शंकामा गिरफ्तार गरी लगिरहेको बेलामा स्थानीय कांक्रीमा महिलाहरूले पुलिसको पञ्जाबाट छुटाउन संघर्ष गरेका थिए। त्यही निहुँ बनाएर आफ्‌नो दोकानमा बसिराखेकी धनमायालाई छाती ताकेर पुलिसले गोली हान्यो । बुहारी लडेको देखेर बचाउन आएका उनका ससुरा चक्रबहादुर श्रेष्ठ र जयबहादुर बुढालाई समेत छातीमा ताकेर त्यहीं मारिदिए । यसरी निर्दोष व्यक्तिहरूलाई पुलिसको पञ्जाबाट बचाउन जाने वीर धनमाया श्रेष्ठको त्यो त्याग र बलिदानले कुन युवाहरूको रगत तात्दैन ?

रोल्पाको मिरुल गाउँ एउटा अति नै राजनैतिक रूपमा सचेत गाउँ रहदै आएको ठाउँ हो । जुन संयुक्त जनमोर्चाको प्रभावमा रहँदै आएको। माओवादी जनयुद्ध थलनी भएपछि यो गाउँ प्रतिक्रियावादीको दमन र प्रतिरोधकी प्रतीक भएको छ। के वृद्ध, के बालक, के महिला के पुरुष, घरमा होस वा गोठमा बारीमा होस् वा जंगलमा होस् विहान वा बेलुका, जुनसुकै ठाउँ, जुनसुकै समयमा जो कोही माथि सरकारी पुलिस र स्थानीय गुण्डाहरूबाट त्यहाँका जनता पीडित रहँदै आएका छन् । त्यही क्रममा मार्ग २ गते घरबाट गिरफ्तार गरीकन मिलन गाउँका पाँचजनालाई गोली हानेर मारिदिए जसमा २३ वर्षीय स्त्री कमारी बहाल पनि शहादत प्राप्त गरिन् । अर्धमृत अवस्थामा नै बोल्दाबोल्दै तिनीहरूलाई आगोते जलाई मारिदिए । यस्तो बीभत्स घटनाले कसलाई मात्र बलिदानको भावना नआउँला ? त्यतिले पनि नपुगेर नरपिचास पुलिसहरूले गोठमा बारीको कार गरिरहेका श्रीमती सुनसरा बुढालाई आफ्नो २ वर्षीय छोरीसहित साप ज्ञानबहादुर रोकालाई पनि मार्ग १८ गते गिरफ्तार गरेर लगे र शरीरको सम्पूर्ण कपडाहरू च्याती सर्वाङ्ग नाङ्गो बनाएर सबैको अगाडि कुटपिट गरेपछि गोली हानी हत्या गरिदिएको छ । यहाँसम्म कि दई वर्षीया बालिकालाई समेत गम्भीर चोट पुऱ्याएर फ्याँकिएको अवस्थामा फेला पारियो । यस्तो आमाछोरीलाई दिएको यातनाबाट कुन परिवार प्रभावित नहोला ? रक्तपिपास पुलिसहरूले बलात् आफनै गरिराखेको अवस्थाबाट गिरफतार गरेर गोली हानी हत्या गरिदिए । सहिद हजुरआमा पर्ने जस्ता ७० वर्षीया वृद्धा बिनसरा बढालाई समेत वनमा काम बिनसरा बुढाको मृत्युबाट कुन जवानको रगत उर्लिदैन ?

अ.ने.म. (क्रान्तिकारी) रोल्पाकी जिल्ला उपाध्यक्ष ३० वर्षीया लली रोकालाई रोल्पाको थवाङ गाउँमा यही पौष (२०६२) मा गिरफ्तार गरेर मारेको हो । पंचायतकालदेखि चर्चित थवाङ यस्तो ठाउँ हो, जहाँ २०३८ सालमा पंचायती चनावको बेला परै शतप्रतिशत बहिष्कार गरेको कारण सैनिक अपरेशनसम्म हुन गएको थियो। आज त्यो गाउँ यद्धभमि जस्तो भइरहेको छ त्यहाँका सारा जनता एकातिर, अर्कोतिर राज्यसत्ताद्वारा पालिएका सिपाहीहरू । सहिद लली रोकाको रगतले अन्य वीर महिलाहरूलाई जन्म दिने छन् र साथै पुरुषहरूमा पनि प्रतिशोधको भावना बढाइदिने छन् ।

वीर दिलमाया योञ्जन जनयुद्धको सहायक नभएर छापामार दस्ताको अग्र श्रेणीमा हिंड्ने महिला छापामार थिइन् । पौष महिनामा रामेछापको बेथान भन्ने विकट गाउँको पुलिस चौकीमा आक्रमण गरेर हतियार खोस्ने उद्देश्य लिई हिंडेका ती वीर योद्धाहरूले आखिरमा आफ्‌नो उद्देश्य पूरा गरेर नै छाडे। तर त्यही क्रममा तीन जनाले शहादत पाए जसमध्ये दिलमाया योञ्जन बम पड्काउँदा पड्काउँदै सहिद भइन् । आक्रमक अवस्थामा आफ्‌नो ज्यान आम जनताको मुक्तिको लागि सुम्पिने महिला उनी नै हुन् ।

काभ्रे जिल्लाको चौरी गाउँमा बस्ने बिन्दा चौलागाईंले गर्भवती हुँदा पनि मातृत्वको अनुभव गर्न पाइनन् । जेलमा उनलाई यसरी यातना दिए कि बच्चा गर्भमा पूरा महिना बस्न पाएन । अन्ततः दुवै आमा, बच्चा त्यही व्यथाले गर्दा अस्पतालमा बिते । बिन्दा चौलागाईंको सायद यही दोष थियो उनले आफू दुई जीउ भएको हुँदाहुँदै पनि जंगलमा छापामारहरूलाई खाना पुऱ्याउन जाने गरिन् । उनमाथिको त्यो पासविक यातनाले कुन आमाको मन छुदैन ।

निष्कर्ष

जनयुद्ध एउटा गम्भीर विषय हो । यसको विशेष उद्देश्य हुन्छ यसमा लाग्ने मानिसहरू तन, मन, धन लगाएर मात्र टिक्न सक्दछन् । यसमा त्याग, तपस्या र परेमा बलिदानसम्म दिन तयार हनुपर्दछ । महिलाहरूको लागि यस्तो अभियानमा पुरुष छापामारहरूको हाराहारीमा उभिएर आफनो दक्षता, उपयोगिता प्रदर्शन गर्न पाउन भनेको एउटा महान् अवसर हो । जुन अवसर ती महिलाहरूले यो विद्यमान पुरुषप्रधान समाजमा पाइरहेका थिएनन् । सधै परिवारमा प्रषहरूको अधीनमा बस्नुपर्ने, दोस्रो दर्जाको नागरिक भएर बाँच्नुपर्ने, उनीहरूको अस्तित्व नै अर्काको सम्पत्तिलाई सरक्षण गर्ने सन्तान जन्माउने हर्काउनेबाहेक अरूमा के छ र ? तसर्थ जब ती महिला जनयुद्धमा लड्छन् त्यो खालि राजनैतिक, आर्थिक र सामाजिक न्यायको लागि मात्र नलडेर तिनीहरू समानताको लागि पनि लडिरहेका छन् । सधैं संसदीय झुटो आश्वासनबाट थाकेर बसेका ती महिलाहरूलाई अन्न युद्धले राज्यसत्तामाथि हिंस्रक रूपमा आक्रमण गर्ने एउटा मौका दिएको छ। राज्यसत्ताबाहेक अरू सबै भ्रम हो, राजनैतिक सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्ने अति सटीक शक्तिशाली नारा बोक्दै तिनीहरू क्रान्तिको ज्वालामा होमिदै छन्। माओवादीले तिनीहरूलाई आफ्नो कारबाहीहरूमा नेतृत्व गर्ने मूल नायिकासम्म बनाएर तिनीहरूलाई चुनौतीपूर्ण कारबाहीहरूमा आंधी बढाउँदै साहसी र स्पात बनाउने काम गरिराखेको छ । आज नेपाली महिलाहरू रोएर, कराएर, दुर्बल भएर, आत्महत्या गर्ने कायर होइन हाँसी हाँसी मुक्तियुद्धमा आत्मबलिदानसमेत दिनसक्ने विस्फोटक शक्तिशाली वीरांगना बनेर आइरहेका छन् । महिलाहरूलाई फागुन १ गतेको सन्देश यही हो ।

– जनादेश, २०५३ माघ २७

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *