Posted on

भूमिका

हाम्रोजस्तो भौगोलिक विविधता, वहभौगोलिक, बहुजातीय, बहुराष्ट्रिय बहुभाषिक, बहुसांस्कृतिक र मूलतः हिन्द सामन्तवाद हावी रहेको देशमा फरक फरक ठाउँमा भिन्न भिन्न साँस्कृतिक संरचना हुनु स्वाभाविक हो । हिमालय भेगमा मूलतः अर्धकविला अवस्थामा रहेका समुदायहरू बस्छन भने तराईमा भेगमा समुदाय मूलतः सामन्ती अवस्थामा बस्छन् । पहाडी भेगमा भने दुवै अर्धकविला र सामन्ती समुदायहरू मिश्रित रूपमा बसेका देखिन्छन् । यी फरक फरक विशेषताअनुसार त्यहाँ प्रेम विवाह पनविवाहको अवधारणा भिन्न भिन्न रूपमा प्रकट हुनु स्वाभाविक हो। जस्तो अर्धकविला अवस्थामा रहँदै आएका समुदायहरूमा प्रेम, विवाह आदि मामलामा स्वाभाविक, सरल र सहज भएको देखिन्छ। तर त्यसको साथसाथै आआंशिक रूपमा यही मामलामा त्यहाँ अलि छाडापना अस्थिरता र अव्यवस्थितता देखिन्छ । त्यस्तै मधेसी हिन्दु समुदायमा प्रेम, विवाह, पुनर्विवाहजस्ता आदि विषय अलि बढी जटिल, कृष्ठित र असहज भएको देखिन्छ । तर समग्र नेपालमा बढ्दै गएको जनतान्त्रिक चेतनाले गर्दा प्रेम, विवाह आदिबारे मूलतः मानिसहरूको धारणा फराकिलो हुँदै आएको छ भने आंशिक रूपमा साम्राज्यवादी विस्तारवादीद्वारा ल्याएको उपभोक्तावादी संस्कृति छाडापनलगायत विभिन्न प्रदूषण ल्याएको छ। त्यसमाथि नेपालमा वाम आन्दोलनको प्रभाव पहिलेदेखि नै विभिन्न रूपमा बढ्‌दै गएको अवस्थामा सामन्ती संस्कृति विखण्डित हुँदै गएको छ र उपभोक्तावादी साम्राज्यवादी संस्कृतिले प्रश्रय पाउन पनि गाह्रो भइरहेको छ। जनयुद्धको आगमनले यस प्रक्रियालाई अझै तीव्रताको साथसाथै गुणात्मक फड्‌को मार्ने कामसमेत भइरहेको छ ।

जनयुद्ध अगाडि हुने प्रेम विवाह

जनयुद्ध अगाडि हुने गरेको प्रेम विवाह प्रायः एउटै क्षेत्रभित्र पर्ने, एउटै वर्गीय धरातल र एउटै कार्य क्षेत्रअन्तर्गत हुने गर्दथ्यो। त्यो प्रेम, विवाह अन्तरजातीय भए तापनि त्यो कि त उपल्लो जाति उच्च वर्गमा पर्ने जनजातिबीच हुने गरेको देखिन्थ्यो, जस्तै बाहुन-नेवार, क्षेत्री-गुरुङ आदि। तल्लो वर्ग र जातबीच हुने विवाह प्रायः दलितले चौधरीसँग विवाह गर्ने जस्तो हुन्थ्यो। प्रेम विवाहको संरचनामा पनि त्यो प्रायः पुरुषको पहलकदमीमा हुने भएकोले गर्दा आफूभन्दा कम उमेर, दक्षता र पदको महिला खोजिन्थ्यो। त्यहाँ एकपटक विवाह भएपछि सम्बन्ध विच्छेद विरलै भएको देखिन्थ्यो। बरु त्यहाँ प्रायः महिलाको लागि मात्र एकनिष्ठ विवाहको सिद्धान्त लागेको देखिन्छ। अतः विधवा विवाह अथवा पुनर्विवाह विरलै भएको देखिन्थ्यो। निजी सम्पत्तिमा आधारित विवाह, प्रेम विवाह अर्थात् पार्टीद्वारा मिलाएको विवाहले अन्ततः सर्वहाराकरणभन्दा बचेको सम्पत्तिलाई संरक्षण गर्ने अथवा अभ्झ सम्पत्ति थप्ने वातावरण बनाउँथ्यो । त्यस्तै महिला-पुरुषबीचको परम्परागत श्रम विभाजन यो वा त्यो बहानामा कार्यरत भइरहन्थ्यो । त्यस्तै यौन नैतिकतामा आएका कमजोरीहरू पूर्णतः हल गर्न पाइँदैन थियो । साथै पार्टीको आफ्नौ सेना, सत्ता नहुँदा आफ्नो कार्यक्षेत्रमा पर्ने जनतामा हने यौन, अपराध नियन्त्रण गर्न सकिदैन थियो । यस्तो स्थिति आज पनि जनयुद्ध नगरेका विभिन्न वामपन्थी समूहहरूमा कायम भएको छ। त्यहाँ रूपमा जति प्रेम विवाह अथवा नैतिक, अनुशासन कायम गर्न खोजे पनि परम्परागत संस्कृतिको गन्ध आएकै हुन्छ ।

जनयुद्धपछि हुने प्रेम विवाह र पुनर्विवाह

जनयुद्धको पहिलो सांस्कृतिक प्रहार परम्परागत परिवारमा नै नएको देखियो। यो दुइटा तहमा देखा पर्यो, एउटा पार्टी पंक्तिको परिवारमा अर्को जनताको परिवारमा । यसले पहिले कतिपय नेतृत्व र कार्यकर्ताको परिवारमा भूकम्प ल्याइदियो । यसले कि त श्रीमतीहरूलाई पार्टीकरण गरेर जनयुद्धमा तान्नुपर्ने भयो कि त श्रीमतीको पिछडिएको चेतनाले श्रीमान्हरूलाई तान्ने काम भयो। जसले आफ्ना श्रीमतीहरूलाई तान्न सकेनन् तीमध्ये केही सांस्कृतिक विचलनमा पनि फसे, कतिपयले आ-आफ्ना श्रीमतीहरूलाई घरमा नै छाडेर तिनीहरूलाई क्रमशः जनयुद्धमा होमिने वातावरण तयार पार्दै लगे, केहीको त सम्बन्ध विच्छेद पनि हुन पुग्यो। जनताको तहबाट पुरुष महिलाहरू पनि जनयुद्धमा होमिन थाले। यसमा पनि परिवारबाट महिलाहरूले विद्रोह गरेर जनयुद्धमा हाम्फाल्दा परिवारको सामन्ती संरचना अझ भत्कँदै गएको देखियो । जनयुद्धको आगमनले अब हिजो जस्तो पार्टी र ज.ब.स. नभएर त्यहाँ सेना, सत्ता पनि थपियो । अतः अब दुवै पुरुष र महिला कार्यकर्ताहरूको कार्यक्षेत्र मात्रात्मक रूपमा मात्र बढेको नभएर गुणात्मक रूपमा पनि बढ्यो। जनयुद्धले अब सबै वर्ग, लिंग, जाति, जनजाति, क्षेत्र, त्यसमा पनि आधारभूत वर्ग थिचिएका दलित, जनजाति, उत्पीडित क्षेत्रलाई परिचालन गर्दै लग्यो। अब पुरुष महिलाबीचको अन्तरघूलन एउटै वर्ग, कार्यक्षेत्र, भूगोल, जाति, समुदायमा सीमित नभएर धेरै फराकिलो हुँदै गएको छ, बहुआयामिक हुँदै गइरहेको छ । यस अन्तरघुलनले बढ्दै गएको प्रेम विवाहमा गुणात्मक फड्‌को मार्दै गइरहेको छ। आज विनाहिचकिचाहट दलितले ब्राह्मणसित विवाह गर्दैछन्, सहरियाले ग्रामीणसँग विवाह गर्दैछन्, बुद्धिजीवीले किसानसँग विवाह गर्दैछन्, मुसलमानले हिन्दुसित विवाह गर्दैछन् । यति मात्र नभएर अब हुने प्रेम विवाहमा महिलाले पहलकदमी लिन थालेको देखिन्छ जसमा उनीहरूले आफूभन्दा तल उमेरको, तल्लो पद भएका पुरुषसँग पनि विवाह गरेको देखिन्छ । साथै आज विवाहित महिलाहरूको लागि पुनर्विवाह सहज, सरल र सचेतताका साथ हुन थालेको छ। कतिपय हिजो सम्बन्ध विच्छेद गरेर वा विद्रोह गरेर आएका विवाहित महिलाले पुनर्विवाह गर्न पाएका छन्, सहिद परिवारले पुनर्विवाह गर्न पाएका छन् । अरू त अरू पुलिस, सेना वा फटाहाबाट बलात्कृत महिलाहरूको विवाह भएका छन् । बीभत्स रूपमा पुलिसद्वारा बलात्कृत देवी खड्‌का आज आफ्नो जीवन साथीसँग युद्धभूमिमा रमाइरहेकी छिन् । यी सबै रूपान्तरण कसरी सम्भव हुँदैछ त ? यसको पछाडि सर्वप्रथम क्रान्तिकारी विचार छ । त्यसपछि जनसेना छ जसले यस्ता रूपान्तरित सम्बन्धलाई प्रश्रय मात्र दिएको छैन अपितु सुरक्षा दिएको छ साथै जनसत्ता छ जसने सामन्ती सम्पत्ति सम्बन्धलाई निषेध गरेर पैतृक सम्पत्तिमाधि समान अधिकार सुनिश्चित गरेको छ।

कान्तिकारी पार्टीले प्रेम विवाह, पुनर्विवाहमा पारेका प्रभाव

कान्तिकारी पार्टीको हतियार भनेकी निको क्रान्तिकारी विचार हो। यो आज नेपालको विशिष्टतामा मालेमावाद र प्रचण्डपथको रूपमा विकास भएको छ। अतः प्रेम विवाह, पुनर्विवाहमा मालेमावाद र प्रचण्डपंथ लागू गर्ने भनेको रणनीतिमा दृढता र कार्यनीतिमा लचकता लागू गर्ने हो । अथवा यो क्षेत्रमा मानद जातिलाई सार्वभौमतिर लग्ने यसको रणनैतिक उद्देश्य हो। यसलाई कार्यान्वयन गर्नको लागि प्रेम विवाह, सम्बन्ध विच्छेद र पुनर्विवाहमा ल्याउने लचकताको ठोस परिस्थितिको ठोस विश्लेषणको आधारमा हुने हो। अतः यस विचारले जनसेना जनसत्तामा मात्र नभएर परिवारमा पनि हस्तक्षेप गरेको छ । जनयुद्ध अघि पार्टीमा लाग्ने लोग्नेलाई सहयोग गर्नेलाई नै श्रीमतीको क्रान्तिकारी स्पिरिट मानिन्थ्यो। तर त्यसलाई यो विचारले रूढिवादी मान्दै अब श्रीमती पनि यो वर्गीय युद्धमा होमिने साहसलाई स्थापित गरिदियो। यसले गर्दा पूरै परिवार, राजनीतीकरण, पार्टीकरण भएको छ। त्यस्तै जनसेनामा महिलाहरूको समावेशले गर्दा युगौ युगसम्म महिला र पुरुषबीच रहँदै आएको परम्परागत श्रम विभाजन अन्त्य हुने बलियो आधार बनेको छ । सधैं भान्छामा सीमित ती महिला अब जनसेनामा भर्ती भएपछि पश्चिमका महिला पूर्व पुगेका छन्, हिमालयका महिला तराई पुगेका छन् सहरिया महिला गाउँ पुगेका छन्, देशभित्रका महिला विदेश पुगेका छन्। जनसेनामा हुने सामूहिक जीवन पद्धति सबै गतिविधि खुलस्त, सधै चुस्त, गतिशील अनि अनुशासनले ती महिलाहरूको आँखा, दिमाग र विचारलाई धेरै फराकिलो बनाउँदै लगेको छ। अझ मार्ने र मर्ने शपथ लिएका ती महिलाहरूले हिजोको रूढिवादी परम्परागत संस्कृक्तिलाई अन्य क्षेत्रमा कार्यरत महिलाहरूभन्दा अधि बढेर तोडेको देखिन्छ। त्यसैले गर्दा सेनामा हुने अन्तरजातीय विवाहले अझ बढी तीव्रता लिएको देखिन्छ। साथै त्यहाँ कसैले यौन दुर्व्यवहार गर्यो भने पनि त्यो छिट्टै सतहमा आउने गर्दछ। अतः त्यसको हल पनि त्यहाँ छिट्टै हुन्छ। अर्कोतिर प्रेममा बाँधिएको दाम्पत्य जीवन एक अर्कोको विचार र भावनामाथि कति समर्पित छ त्यो युद्धभूमिमा प्रत्यक्ष देखिन्छ । जस्तै २०५८ मा घटेको ऐतिहासिक दाङ कारबाहीमा एउटा सेक्सनको कमान्डर क. सपना, अर्को सेक्सनको कमान्डर क. विजोग युद्धभूमिमा लड्दा लड्दै सहिद हुन गए। ती दुवै दाम्पत्य जीवनमा बाँधिएका थिए, क. सपना रुकुमको मगर थिइन् भने क विजोग रुकुमको क्षेत्री थिए। त्यस्तै क. आस्था जो दाङकी चौधरी थिइन् उहाँ २०५९ को सन्धिखर्कको कारबाहीमा सहिद भइन् भने उनको जीवनसाथी क. अशोक जो रुकुमको दलित थिए उहाँ २०६१ को भोजपुरको कारबाहीमा सहिद हुन पुगे। सकारात्मकभित्र नकारात्मक प्रवृत्ति पनि हुन्छ । अतः त्यस्तो प्रेम विवाह पनि देखिएको छ जहाँ एउटाले गद्दारी गर्दा पनि अर्को अडिग भएर उभिएको उदाहरण छ। जस्तै गोरखामा भएको एउटा प्रेम विवाह अन्ततः विघटन भयो। क. शिशिर जो बाहुन थियो दश्मनको कब्जामा परेर अन्ततः गद्दार शिशिरेमा परिणत हुन गयो। क. शिल्पा जो गुरुङ जातिकी थिइन् उनले आफ्नो लोग्नेको गद्दरी देखाई सम्ब्नध बिचय्यद गरिन अनि युधभुमिमा लद्दालद्दै सहिद भाईन । आज पनि कति त्यस्ता महिलाहरू छन् जो यद्ध मैदानमा डटे गहारी देखाई सम्बन्ध विच्छेद गरिन् अनि युद्धभूमिमा लड्दा लडदै सहिद इন। तिनीहरूका श्रीमानहरू पलायन भएका छन् ।

 पार्टी, जनसेना र जनसत्ता अनि ज.ब.स. बीचको अन्तरघुलनले गर्दा प्रेम विवाहमा अथवा पाटीद्वारा निर्धारित  विवाहमा अझ विविधता आएको छ। आज अपाङ्ग, सपाङ्गबीचमा विवाह हुदै छन, सहिद परिवारको सहिद परिवारसँग अथवा कुमार वा कुमारी कार्यकर्ता सहिद परिवारसित विवाह हुँदै छन् । 

त्यस्तै क्रान्तिकारी जनसत्ताको अभ्यासले गर्दा आज महिलाहरू न्यायाधीश बन्न पाएका छन् । यसले गर्दा स्वस्थ प्रेम, प्रेम विवाह, आदिले प्रश्रय मात्र नपाएर सुरक्षा पनि पाएका छन् । त्यस्तै जुवातास, रक्सी बेचबिखन, रण्डीबाजी, बहविवाह, अनमेल विवाह, बाल विवाहजस्ता असामाजिक कार्यहरू जसले गर्दा परिवारहरूमा विखण्डन विक्ति हने प्रक्रिया आजभोलि कम हुँदै गइरहेको छ । कारण जनसत्ताले यसलाई जनअदालतमार्फत नियन्त्रण गर्दैछ । त्यस्तै महिला बेचबिखनका समस्याहरू पनि क्रमशः नियन्त्रण हुँदै गएका छन्। अब यौन अपराधीहरू भूमिगत हुन पाउँदैनन्, सत्ताको आडमा बच्न पाउँदैनन्, जनताको सचेत निगरानीले गर्दा कि त उनीहरू रूपान्तरित हुन वाध्य भएका छन् कि त गाउँ नै छाडेर जानुपरेका छन् । यसरी पार्टी, जनसेना र जनसत्ताको हस्तक्षेपले प्रदू‌षित समाजलाई नयाँ प्रगतिशील संस्कृतिमा रूपान्तरण गर्न सम्भव भइरहेको छ। यो जनयुद्धले ल्याएको विकास हो किनभने जनयुद्ध आफैँ रूपान्तरणको प्रक्रिया पनि हो । अतः क्रान्ति पूर्णतः सम्पन्न नभए तापनि रूपान्तरित भइराख्ने शक्ति यसले दिएको हुन्छ । त्यसो मात्र नभएर क्रान्ति संगसंगै आउने प्रतिक्रान्तिका अवशेषहरू विरुद्ध लड्ने ठाउँ पनि यही जनयुद्धले दिएको छ ।

जनयुद्धले ल्याएका चुनौतीहरू

जनयुद्धको आँधीबेहरीले प्रेम, प्रेम विवाह, पुनर्विवाह, परिवारमा मूलतः अलांगमय विकास ल्याएको छ, तर त्यसको साथसाथै केही चुनौतीहरू पनि ल्याएका छन् । संकुचित, कुण्ठित भावनालाई एक्कासि खुल्न दिंदा त्यसले केही मात्रामा विपरीत अतिवादी विचलनहरू ल्याइदिंदोरहेछ। अतः यौन, विवाह र परिवारको मामलामा अलि उच्छृङ्खलता, अस्थिरता र अराजकता ल्याएको देखिन्छ । जस्तै विवाहको मामलामा पार्टीले महिला पुरुषको न्यूनतम आयु २०-२२ तोकी दिए‌को छ, तर कतिपय कार्यकर्ताहरू, विशेषगरी जनसेनामा यो लागू गर्नमा अलि हम्मेहम्मे परेको देखिन्छ । यहाँसम्म कि कहिलेकाहीं आ-आफ्नो उमेर ढाँटेर पनि प्रेम विवाह गरेको देखिन्छ । त्यस्तै पुरुषले विवाह प्रस्ताव राख्ने क्रममा यदि प्रस्तावित महिलाले केही हिचकिचाहट देखाएमा त्यो महिलालाई घेराउमा पार्ने, अनेकौं मनोवैज्ञानिक दबाब दिएर विवाह गर्न विवश गराएको कहिलेकाहीं प्रस्तावहरू आएकामा रमाएका पनि देखिन्छन । यसले के देखाउँछ भने आवेग, मुन्नमा आउँछ । त्यस्तै कतिपय महिलाहरू प्रषहरूबाट एकपछि अर्को विवाहका भावना यौन चाहनालाई व्यवस्थित विचारले मात्र संयमित गर्न सकिन्छ । तर विचारलाई उठाएर मात्र पुग्दैन त्यहाँ विधि पनि वैज्ञानिक हनुपर्दछ। जस्तै  महिलाहरुको विवाहको हकमा न्यूनतम उमेर २० वर्ष राखिएको पछाडि  बिज्ञान  छ। त्यो हो त्यस उमेरसम्म उनका प्रजननसम्बन्धी अंगहरू परिपक्क हुन जাস্ত। फेरि महिलाहरूको न्यून चेतनाले गर्दा उनको विकासलाई अझ एकाग्र वातावराणा  चाहिने भएकोले गर्दा पनि २० वर्ष न्यूनतम उमेर चाहिन्छ । साथै पुरुषले  पनि बभन जरुरी छ भने महिलाहरू यस बान्दोलनमा वर्गीयको साथसाचे लाईनगिक शोषणको विरुद्ध विद्रोह गरेर आएका छन् । मूलतः सानै उमेरमा बुबाआमाले विवाह गर्ने अनि छिट्टै आमा हुँदै रजस्वला नसक्दै हजुरआमा बन्ने संस्कृतिबार विद्रोह गरेर आएका छन् । अतः तिनीहरूलाई फेरि उही करकावमा सानै उमेर विवाहको दबाव दिदा तिनीहरूमा उदासीनता आउनु स्वाभाविक हो । आखिरम  जनयुद्धको उद्देश्य उत्पीडित समुदायलाई उत्थान गर्न नै हो जसभित्र महिलासमुदाय पर्दछ । साथै यौन कुण्ठाले प्रस्फुटन हुन नपाउँदा पनि त्यहाँ अनेकी महिलाहरूलाई आफ्ना यौन चाहनाहरू कुण्ठित पारेको हुन्छ जसले गर्दा उनीहरूले विचलनहरू आउन खोज्दछन् । नेपाल जस्तो हिन्द वर्चस्व सामन्ती संस्कृति आफ्ना चाहनाहरूलाई अभिव्यक्त गर्न सक्दैनन । यसले गर्दा महिलाहरूमा वही मनोवैज्ञानिक रोगहरू देखा पर्छन । कतिपय अवस्थामा अलि खुल्ला र स्पष्ट महिलाले कुनै पुरुषप्रति आकर्षित भएर विवाहको प्रस्ताव राखेमा त्यसको उचित कदर नहुँदा अथवा खिल्ली उडाउँदा उनीले अर्को निकास खोज्दछन जो पछि गएर यौन विचलनमा अभिव्यक्त हुन सक्दछ । त्यस्तै कतिपय विवाहित महिलाहरू जसले आफ्ना पूर्व लोग्नेहरूसित विद्रोह गरेर यस आन्दोलनमा लागेका छन् तिनीहरूको पुनर्विवाहप्रति पनि पार्टीको ध्यान जानुपर्दछ । अतः त्यस्ता यौन विचलनहरू आउनुअघि नै तिनीहरूको कुण्ठा अभिव्यक्त गर्ने वातावरण तयार पारिदिनुपर्दछ । अर्थात् विवाहको वातावरण बनाउनुपर्दछ ।

कतिपय दम्पती जो विचारको परिपक्कताको आधारभन्दा आवेग भावना र रूपमा गएर विवाह गर्नेहरू विवाहपश्चात् पलायन भएका उदाहरणहरू पनि देखा परेका छन् । त्यस्ता पलायन भएका दम्पतीहरू पुनः आन्दोलनमा फर्कन चाहेमा तिनीहरूलाई खिसी गर्नुभन्दा एउटा प्रक्रियाबाट ल्याउनु जरुरी हुन्छ । त्यस्तै हिजो यौन-नैतिकतामा ल्याएको कमी कमजोरीलाई सुधार्ने वातावरण दिनुपर्दछ। यदि सुधिएर आए भने, विगतका कुरा कोट्याइराख्नुभन्दा जिम्मेवारी दिएर पुनस्र्स्थापित गर्नुपर्दछ । अन्ततः यस्ता विचलनहरूसित संघर्ष गर्दा क. माओले भने झै हाम्रो उद्देश्य विरामीलाई उपचार गर्ने हो नकि मार्ने हो भनेर सम्झनुपर्दछ ।

उपसंहार

प्रेम विवाह, पुनर्विवाह आदि विषय विद्यमान उत्पादन सम्बन्धसित अति धनिभूत हुँदै प्रकट हुने विषय हो। अतः जनयुद्धको थालनीपछि विद्यमान सामन्ती-उत्पादन सम्बन्धमा भएको हस्तक्षेपले गर्दा प्रेम विवाहजस्ता विषयले ठूलो फड्को मारेको छ जुन क्रान्तिकारी पार्टी, जनसेना र जनसत्ताको उपस्थितिले गर्दा जनतामा पनि त्यसले फड्को मारेको देखिन्छ । अतः अब हने प्रेम विवाह आदि समाजवाद उन्मुख नौलो जनवाद उत्पादन सम्बन्धमा आधारित हुँदै राडरहेका छन् । त्यति मात्र नभएर आजको प्रेम विवाह आदि क्रान्ति सम्पन्न गर्नको लागि साधन मात्र नभएर त्यो प्रतिक्रान्ति रोक्ने साधन पनि हुन जरुरी छ। अतः सर्वहारा सांस्कृतिक क्रान्तिको स्पिरिटसहित प्रेम विवाह परिवारमा पनि अभिव्यक्त हुनुपर्यो जसले गर्दा पुरानो परम्परागत संस्कृतिको विरुद्ध विद्रोह गर्न महिला-पुरुषहरूमा साहस आओस् ।

 

– विचार प्रधान त्रैमासिक ‘अभियान’ वर्ष ८, अंक-४, कार्तिक-२०६१

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *