Posted on

कनै पनि घटनालाई रूप र सार, अंश र समग्र अथवा प्रधान र गीपा महत्त्वका अनुसार सापेक्षरूपमा बभनपर्दछ । अझ यो पुरुषप्रधान समाजमा त महिलाहरूले प्रत्येक कसलाई दोहोऱ्याई, तेहऱ्याईकन बभने कोसिस गर्नुपर्दछ । कथनी र करनी कति फरक हुँदोरहेछ भनेर बभनुपर्दछ। गहिरिएर हेर्यो भने आज संसारमा हाम्रो आफ्नै देशमा पनि प्रजातन्त्र, चचुनाव र महिलामंक्ति जस्ता सामान्य काहरूलाई प्रायः सबै देशका सत्ताहरूले आ-आफ्नो स्वार्थअनसार परिभाषित गर्न खोजिराखेको देखिन्छ । तसर्थ तिनीहरूको वास्तविक अर्थ बभन जरुरी हुन्छ । तब मात्र प्रजातन्त्र, चुनाव सबैलाई सार्थक हुन्छ । तब मात्र महिलाहरूलाई पनि सार्थक हुन्छ ।

प्रजातन्त्रको प्रश्न

आजभोलि प्रजातन्त्रको सबभन्दा बढी अपव्याख्या भइरहेको छ । आफूले सबभन्दा बढी प्रजातन्त्रको रक्षा गर्ने दाबी गर्ने अमेरिकाले प्रजातन्त्र दिने नाममा अफगानिस्तान, इराकमा नांगो हस्तक्षेप गरिराखेको छ । आफ्नो विशाल देशको छेउमा रहेको एउटा सानो देश क्युवालाई बेलाबखत प्रजातन्त्र बहालीको नाममा धम्की दिइरहेको छ। आज नेपालमा पनि प्रजातन्त्रप्रति आफू प्रतिवद्ध छु भन्दै राजा ज्ञानेन्द्रले राजनीतिक पार्टीहरूलाई निषेध गर्न खोजिराखेका छन् । २०४६ सालको आन्दोलनबाट प्राप्त सीमित, अपूर्ण प्रजातान्त्रिक अधिकारहरूलाई पनि खोस्दैछन् र हिजोको बासी पञ्चायती शैलीको निर्देशित प्रजातन्त्र ल्याउन खोजिराखेका छन् । वास्तवमा प्रजातन्त्रलाई अन्तरविरोधमा बुझ्नुपर्दछ किनकि एउटा वर्गको स्वतन्त्रता अर्को वर्ग वा समुदायको लागि अधिनायकत्व हुन सक्दछ । तसर्थ यहाँ प्रजातन्त्र भन्नुको अर्थ बढीभन्दा बढी जनता (जो शोषित छन्, पीडित छन्। ले अभ्यास गर्न पाऊन् भन्ने हो। त्यस्तै प्रजातन्त्रलाई निरपेक्ष रूपमा बुझ्ने होइन, सापेक्षरूपमा बुझ्नुपर्दछ । जस्तै नेपाल जस्तो अर्ध-सामन्ती देशमा जहां सामान्य गणतान्त्रिक प्रजातन्त्र पनि छैन त्यहाँ प्रजातन्त्र प्राप्तिको लडाई भनेको गणतन्त्र प्राप्तिको लडाई हुनुपर्दछ । हुन त सत्ताधारीहरूले भन्लान् गणतान्त्रिक भारतमा पनि उही राजतन्त्र झै एउटै राजनीतिक परिवारको राज चल्दछ जस्तै भारतको गान्धी परिवार, बंगलादेशको जिया परिवार, पाकिस्तानको मुट्टो परिवार वा श्रीलंकाको बन्दरनायक परिवार। तर गहिरिएर हेर्यो भने नेपालको राजतन्त्र र ती देशहरूमा देखा परेको एकल राजनीतिक परिवारको शासनमा धेरै फरक छ। राजतन्त्रअन्तर्गतको राजा जनताबाट चुनिएको नभएर जैविक शक्तिको आधारमा एउटा परिवार विशेषका गर्भबाट जन्मिएको, एउटा विशेष धर्म, जाति, भाषा, वर्ग र लिंगको आधारमा बन्ने वंश परम्परागत शासक हुन्छ । क्षमता, संघर्ष र प्रतिस्पर्धाको आधारमा नायक नभएर दैवी शक्तिको आधारमा सर्वशक्तिमान नायक बन्नपर्ने भएकाले राजतन्त्रात्मक व्यवस्थाभित्र धेरै षड्यन्त्र, जालझेल, हने गर्दछ । जबकि राजनेताको परिवार प्रत्येक चनावको घडीमा जनताबाट चुनिएर आउँदा मात्र त्यसले निरन्तरता पाउँछ र तिनीहरू  एउटै जात, धर्म, लिंगमा बाँधिएका हुन्नन् । त्यस्तै सत्ताधारी महिलाहरूले सोध्लान् गणतन्त्र भारतमा महिलाहरूको स्थिति र राजतन्त्रअन्तर्गतमा नेपाली महिलाहरूको स्थिति के फरक छ ? झट्ट हेर्दा फरक नभएको देखिन्छ । तर भारतमा महिलाहरूले आफ्नो भागको अंश पाउनका लागि विवाहलाई मुद्दा बनाएको छैन । अर्थात् विवाहित महिलाले पनि पैतृक सम्पत्तिमाथि अधिकार जमाउन कानुनतः पाइन्छ । अतः त्यहाँ खुला गर्भपतन गर्न पाइन्छ। जबकि नेपालमा दुवै, पैतृक सम्पत्तिमाथि अधिकार र गर्भपतनको अधिकार सशर्त मात्र पाइन्छ । जबसम्म सारमा नायक राजा नै भइरहन्छ (जबसम्म सेना अधीनमा रहन्छ। तबसम्म सामन्ती पितृसत्ताको खम्बा उही नै रहिरहन्छ । फलस्वरूप प्रत्येक घरमा पतिलाई देवतासरह सर्वशक्तिमान् मान्ने आधार रहिरहन्छ ।

चुनावको प्रश्न

आजभोलि प्रजातन्त्रको साथसाथै चुनावको पनि अपव्याख्या हुँदैछ । वास्तवमा चुनाव भनेको साधन हो, साध्य होइन । अर्थात् चुनाव कुन संविधानअन्तर्गत र के को निम्ति सम्पन्न गर्ने हो त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। फासिष्टीकरण हुँदै गइरहेको संसारमा आजभोलि धेरैजस्तो राज्यसत्तामा चुनाव जनताको आँखामा छारो हाल्ने माध्यम बन्दै गइराखेको छ । जस्तै नेपालमा राजा ज्ञानेन्द्रले चुनावको डम्फु बजाइरहेका छन् । देशको माओवादी समस्या समाधान गर्नु सट्टा निर्वाचनद्वारा एउटै तीरबाट दुई सिकार गर्न खोजिराखेका छन् । एकातिर संसदीय पार्टीहरूलाई नयाँ संविधान बनाउने कुराबाट अन्यत्रै ध्यान मोड्नका लागि चुनावको पासो छोडेको छ भने अर्कातिर माओवादीलाई पनि सके यही चुनावको मोहमा फसाउने, अन्यथा अन्य दलहरूबाट अलग्याउने नीति लिएको छ । फेरि कतिपय देशमा जनताबाट चुनिएर आएको राजनेतालाई बर्खास्त गरिदिने, मार्ने काम साम्राज्यवादीहरूले, त्यसमा पनि मूलतः अमेरिकीहरूले गर्दै आएका छन् । जस्तै चिलेमा चुनिएर आएका राष्ट्रपति एलेन्डेलाई अमेरिकीहरूले मारिदिए, कारण उनी अमेरिकाको टट्टु बन्न तयार भएनन् । त्यस्तै हालै आएर हैटीमा त्यहाँको निर्वाचित राष्ट्रपति अरिस्ट्रिडलाई पदबाट बरखास्त गर्न लगाएर त्यहाँ आफ्नो मतियारलाई सत्तामा पुऱ्याएको छ । तसर्थ आजभोलि चुनाव सबैतिर नौटंकी जस्तो हुन थालेको छ ।

नेपालको सन्दर्भमा हालै प्रचार गरेको निर्वाचन वास्तवमा राजतन्त्रलाई अझ बलियो बनाउने, अझै निरंकुश बनाउने जाल मात्र हो। अतः यस विषयमा महिलाहरू विशेष सचेत हुनुपर्दछ । किनभने राजतन्त्र र महिलामुक्ति भनेको एक अर्कालाई निषेध गर्ने अन्तरविरोधयुक्त विषय हो। तसर्थ अहिले चर्चामा आएको चुनाव राजालाई अझ निरंकुश बनाउने माध्यम बन्ने भएकाले त्यसलाई निष्फल पार्न सबै सचेत हुनुपर्दछ ।

महिलामुक्तिको प्रश्न

आजकल महिलामुक्ति, महिला सशक्तीकरण पनि प्रतिक्रियावादी, साम्राज्यवादी शक्तिहरूको लागि एउटा आकर्षक नारा र रूप बनेको छ । आज अफगानिस्तान इराक जस्ता मुस्लिम देशहरूमा महिलामुक्तिको उत्थान गर्ने  नाममा त्यहाँ नांगो हस्तक्षेप भइराखेको छ । त्यस्तै आफ्नो समुदाय, धर्मका महिलालाई सुरक्षा दिने नाममा तिनीहरूको इज्जत बचाउने नाममा धार्मिक आन्दोलन बढ्दै गइरहेको छ । त्यस्तै पूँजीपतिहरूले महिलामुक्तिलाई व्यापारीकरण गरेर भ्रष्टीकरण गर्दैछन् । तसर्थ महिलामुक्तिलाई बाहिरी रूपमा भन्दा सारमा बुझ्नु अत्यन्तै जरुरी छ । प्रजातन्त्र र चुनाव जस्तै महिलामुक्तिको व्याख्या पनि सापेक्षरूपमा गर्नुपर्दछ । हाम्रो जस्तो अर्धसामन्ती देशमा महिलामुक्तिको प्रश्न पुरुषहरूको शोषणबाट मुक्त हुने लिंगीय संघर्षभन्दा पनि आम महिला-पुरुषहरूलाई दासतामा बाँधिरहने राजतन्त्र विरुद्धको संघर्षमा केन्द्रित हुनुपर्दछ । यहाँ महिलाहरूले के बुझ्नु जरुरी छ भने मानव समाजको विकासको क्रममा महिला नै त्यो समुदाय हो जो निजी सम्पत्तिको उदय सँगसँगै पहिले दासी बन्न पुगेको थियो । अतः महिला समुदाय नै त्यो अन्तिम समुदाय हो जसको पूर्ण मुक्ति अन्य सबै समुदाय र वर्गको मुक्ति पछि मात्र प्राप्त हुन्छ । त्यसैले पनि महिला समुदायले हरेक मुक्ति आन्दोलनसँग जोडिएर काम गर्नुपर्दछ । त्यसै दौरानमा उनीहरूको सापेक्ष मुक्ति बढ्दै जान्छ । अझ नेपालजस्तो महिलाविरोधी, मध्ययुगीन, धर्ममा आधारित, एकल नेतृत्व प्रधान राजतन्त्रको वर्चस्व भएको ठाउँमा त्यसको विरुद्धमा लड्नु अनिवार्य भइसकेको छ ।

२०४६ सालको र अहिलेको प्रजातन्त्र, चुनाव र महिलामुक्तिको प्रश्न

भनिन्छ इतिहास दोहोरिन्छ तर त्यो पहिले जस्तै हुबहु दोहोरिंदैन । अहिलेको आन्दोलन मात्रा र गुणात्मक रूपमा २०४६ भन्दा फरक छ । २०४६ सालको आन्दोलन पञ्चायत कालको ३० वर्ष अवधिको पृष्ठभूमिमा भएको आन्दोलन थियो। त्यतिखेर बहुदल चाहने प्रायः सबै दलहरू पञ्चायतको निरंकुशता अन्त्य गरेर बहुदलअन्तर्गत आउन चाहन्थे। यहाँसम्म कि उही पञ्चायती संविधानभित्र बहुदललाई पनि छिर्ने स्थान दिएपछि जान तयार थिए। तर जनता वास्तवमा पार्टीको नेतृत्व गर्ने नेताहरूभन्दा अघि बढेको देखियो । जनताको घेराउ र चापमा बल्ल त्यो पञ्चायती संविधान खारेज गरियो र नयाँ संविधान बनाइयो । जसमा रूपमा जनतालाई सत्ता हस्तान्तरण गरेको देखाइयो तर सारमा सत्ताको बागडोर राजाकै हातमा कायम रह्यो । अतः त्यतिबेला प्राप्त प्रजातन्त्र वास्तवमा देखाउने दाँतसरह मात्र भयो, चपाउने दाँत राजाले आफूभित्र केन्द्रित गरे । अतः त्यतिबेला प्रजातन्त्र सारमा भन्दा रूपमा मात्र प्राप्त भएको थियो । साथै त्यतिबेलामा जनआन्दोलन काठमाडौं, ललितपुर र भक्तपुर र देशका अन्य सहरी इलाकामा सीमित थियो । विदेशी हस्तक्षेप कमै थियो ।

तर अहिलेको आन्दोलनमा संविधानसभाको मात्र माग नभएर सीधै गणतन्त्रको माग सडक, गाउँ र बस्तीबस्तीमा गुन्जिरहेको छ । आज नेपालमा ग्रामीण क्षेत्रमा दीर्घकालीन जनयुद्धको नियमअनुसार दुई सेना, दुई सत्ताको आसागरहरू ढुंगामुढा, अश्रुग्यास, रबरको गोलीको हानाहानमा लपेटिएका छन् भने बीचमा सशस्त्र लडाई चलिरहेको छ । माओवादी जनयुद्ध कुल्चने नाउँमा आज शाही सेना देशव्यापीरूपमा परिचालित छ । शाही सेनाको सक्कली अनुहार जनताले चिन्न पाइरहेका छन् । तसर्थ राष्ट्रको सेना जनताको अधीनमा हन्छ भन्ने चेतना जनतामा छाएको छ ।

आजको समस्याको समाधान भनेको ग्रामीण क्षेत्रमा चलिरहेको दीर्घकालीन जनयुद्ध र सहरमा चलिरहेको जनआन्दोलनको समायोजन हो। नेकपा (माओवादी) ले पनि विश्वको परिस्थिति र देशको विशिष्ट परिस्थिति बुझेर नौलो जनवादजस्तो अग्रगामी लक्ष्यलाई हाल थाँती राखेर गणतन्त्र प्राप्तिको लडाइँमा संलग्न भइरहेको छ । त्यसरी नै २०४६ सालमा पाएको अपूर्ण प्रजातन्त्र, सार बिनाको रूपमा मात्र पाएको राजा नियन्त्रित बहुदलीय व्यवस्थाको सट्टा पूर्ण र वास्तविक प्रजातन्त्रको निम्ति संसदीय पार्टी र अन्य पार्टीहरू गणतान्त्रिक आन्दोलनमा आउनुपर्दछ । त्यसैले अबको चुनावको माग भनेको पुरानो संविधानअन्तर्गतको चुनाव नभएर गणतन्त्रात्मक संविधानअन्तर्गतको चुनावको माग हुनुपर्दछ । त्यस्तै आजको महिलामुक्तिको प्रथम काम भनेको शर्तसहितको पैतृक सम्पत्तिमाथि अधिकार नभएर निःशर्त पैतृक सम्पत्तिमाथि समान अधिकारको र राज्यसत्तामा समान सहभागिताको माग हो र हुनुपर्दछ ।

अन्त्यमा, अहिलेको एक ध्रुवीय संसारमा क्रान्तिकारीहरूले आ-आफ्ना देशमा देशभक्त र प्रजातान्त्रिक शक्तिहरूसित मिलेर फासीवादीकरण हुँदै गइरहेको राज्य सत्ताको विरुद्ध उत्रनुपर्दछ । यो नै आजको माग हो। देशभक्त र प्रजातान्त्रिक महिलाहरू पुरुषसँग मिलेर देशमा बढ्दै गएको फासीवादीकरणको विरुद्ध उत्रनु समयको माग हो। अहिलेको आन्दोलनमा सहरी क्षेत्रमा महिलाहरूले देखाएको साहसी विरोध र प्रतिरोध र ग्रामीण क्षेत्रमा शाही सेना विरुद्ध क्रान्तिकारी महिलाहरूको सशस्त्र विरोध र प्रतिरोध यस अर्थमा ऐतिहासिक छ ।

२०६१ वैशाख २३

Leave a Reply

Your email address will not be published. Required fields are marked *