Posted on

अमित मानिसभित्रको आन्तरिक र बाहिरी अन्तरविरोधमा अन्ततः आन्तरिक अन्तरविरोध नै प्रमुख खकारक तत्त्व भएर निस्कन्छ । अर्थात मानिय असल खराब कान्तिकारी, गैरकान्तिकारी आदि हनुका पछाडि अन्ततः उसको आन्तरिक अन्तरविरोध कुन पक्षले जित्छ त्यही हुन पुग्दछ । तर त्यो आन्तरिक अन्तरविरोधमा राम्रो र कान्तिकारी पक्षलाई टेवा दिनमा पारिवारिक वातावरणले पनि कम भूमिका खेलेको हुन्न । यो विशेषतः क्रान्तिकारी जीवनशैली अपनाउने व्यक्तिहरूमा लागू हुन जान्छ जहाँ पाइला पाइलामा खतरा, षड्यन्त्र, मृत्युसित जानुपर्ने हुन्छ । पारिवारिक वातावरणले विशेषतः त्यस्ता ढलमल कामरेडहरूलाई असर पार्दैछ। जो क्रान्तितिर लाग्दालाग्दै पनि क्रान्तिको फड्को पार गर्नमा अकमकिइराखेको हुन्छ । कतिपय कामरेडहरूको सैद्धान्तिक ज्ञान, सीप २ तिनीहरूले गर्दै आएको दौडधुप देख्दा तिनीहरूले पनि जनयुद्धमा छलाङ हानेर आइदिए हुन्थ्यो जस्तो अनुभव हुन्छ । तर त्यहीनिर तिनीहरू हिचकिचाएको देखिन्छ । त्यस्तो अवस्थामा ती व्यक्तिहरूले गुणात्मक फड्को मार्न सकेको देखिन्छ, जसले आफ्‌नो परिवारलाई राजनीतीकरण गर्न सके । जसका परिवारपछि परे तिनीहरू क्रान्तितिर लागेर पनि क्रान्तिको फड्‌को पार गर्न सकिरहेका छैनन्। अतः त्यस्ता व्यक्ति बाहिरीरूपमा ठूलो कवि, लेखक, पत्रकार, नेताको रूपमा चिने तापनि अन्ततः क्रान्तिप्रति पूरा भरपर्दो मानिस हुन सक्दैन, जो आफै क्रान्तितिर कस्सिएर होमिए तापनि आफ्‌नो परिवारलाई उपेक्षा गरिराखेको हुन्छ । त्यसैले गर्दा केही कामरेडहरू यौन विकृतिको सिकार हुन पुग्छन् । कुनै कामरेडहरू व्यक्तिवादी, यान्त्रिकताको सिकार हुन पुग्दछन् । हुन पनि हो जुन व्यक्तिले आफ्‌नै परिवारभित्र जनवादी व्यवहार गर्न उपेक्षा गर्दछ, त्यसले संगठनभित्र कसरी जनवादी व्यवहार अपनाउला ?

सिद्धान्त र व्यवहारमा सन्तुलन होस् भनेर नै आजभोलि परिवारसम्बन्धी थुप्रा प्रश्नहरू उठ्न थालेका छन् । यो विशेष गरी होम्मिन गएका महिला योद्धाहरूले पुरुष कामरेडहरूलाई सोध्न थालेका छन्, खोई त तपाईंकी श्रीमती ? तिनी क्रान्तिप्रति कति समर्पित छिन् ? खोई त तपाईंको छोराछोरी ? कति बुझेका छन् तिनीहरूले जनयुद्धबारे ? आदि इत्यादि । जनयुद्धको क्रममा कतिपय अवस्थामा यी योद्धा महिलाहरू विवाहित पुरुषहरूसित हिंड्न परिराखेको हुन्छ । त्यस्तो अवस्थामा कामरेडकै श्रीमतीहरूले शंकाको दृष्टिकोणले नहेर्लान् भन्ने छैन, विशेष गरी ती जसलाई राजनीतीकरण गरेका हुन्नन् । त्यस्तै ज्यानको बाजी दिएर क्रान्तिमा होमिरहेको अवस्थामा आफ्‌नै जीवन साथीले त्यस क्रान्तिको अर्थ बुझेन र विरोध गर्दै हिंड्यो भने ती कामरेडले दुश्मनसित लड्ने नैतिक बल कहाँबाट पाउँछन् ? इतिहासमा थुप्रा यस्ता उदाहरणहरू छन् जहाँ परिवारलाई राजनीतीकरण नगरेको कारणले ठूल्ठूला क्षतिहरू व्यहोर्न पुगेका छन् । रुसको जार विरोधी आन्दोलनमा एउटी सक्रिय महिला योद्धा बिनाकारण कठोर जेलनेलको यात्रा भोग्नु पर्यो । संगठनको दौरानमा एकजना मजदुर कार्यकर्ताको घरमा जानुपरेको थियो । ती मजदुरको श्रीमतीले आफ्‌नो श्रीमा‌न्सत आएको देखेर उनीमाथि अनैतिकताको चस्माले हेर्न पुगिछिन् । पुलिसलाई उनको वर्णन गरेर आफ्‌नै घरबाट ती महिला कमरेडलाई गिरफ्तार गराइन् । त्यस्तै पेरुमा कामरेड गोञ्जालोलाई पक्हुिँदा पनि अरू कारणहरू बाहेक एउटा परिवारभित्रैबाट सम्पर्कको सूत्र पाएर पुलिसले उहाँ बसेको ठाउँ ठम्याउन सफल भएको हो । राजधानी लिमामा एउटा युवकलाई त्यहाँको साइनिङपाथको जिम्मेवार कमरेडले सम्पर्क गरिरहेकी रहेछ । त्यो कुरा त्यस युवकको आमालाई मन परको थिएन । तसर्थ उनले ती कामरेडको सम्पर्क ठेगाना पुलिसलाई सुम्पिदिइन् । यही सम्पर्कको आधारमा तिनीहरूले पार्टीका अन्य सम्पर्क स्थलहरू पत्ता लगाउँदै गए र अन्ततः कमरेड गोञ्जालोलाई गिरफ्तार गर्न सफल भए। के यस्ता घटनाहरू नेपालमा नहोलान् ?

लेनिनले एक ठाउँमा भन्नुभएको छ । हामीलाई सामन्तीसित लड्नु सजिलो छ. शुदखोरसित पैसा असुल गर्नु सजिलो छ। तर आफूभित्र रहेका सामन्ती संस्कार, आत्मसुरक्षावादी धारणा, उदारवादी सोचाइसित लड्नु धेरै गाह्रो हुन्छ । हुन पनि हो आजभोलि नेपालको माओवादी प्रभावित क्षेत्रहरूमा सामन्ती लखेटिएको, शुदखोरलाई दण्ड दिएका घटनाहरू अगाडि आइरहेका छन् । तर कतिपय कामरेडहरू आफ्‌नै परिवारभित्रको द्वन्द्वबाट उम्कन सकिराखेको छैनन् । माओवादी क्रान्तिको मुख्य सार नै साँस्कृतिक क्रान्ति हो भनेर हामी भन्छौं । तर त्यही साँस्कृतिक क्रान्ति हाम्रो परिवारभित्र अपनाउन हामी हिचकिचाउँछौं । के दीर्घकालीन जनयुद्ध भनेकै जनयुद्धको स्पिरिटलाई आफ्‌नो घर, छरछिमेकसम्म पुऱ्याएर नौलो जनवादी समाज निर्माण गर्ने आधारहरू तयार पार्ने होइन र ?

परिवारलाई राजनीतीकरण गर्ने कुरा गर्दा हाम्रो अगाडि मार्क्स, लेनिन, माओका उदाहरणहरू अगाडि आउँछन् । मार्क्सकी श्रीमती जेनी क्रान्तिप्रति कति उत्साहित थिइन् । तिनीहरूका तीन छोरीहरू र ज्वाइँहरूसमेत त्यतिबेलाको युरोपियन कम्युनिस्ट आन्दोलनमा सक्रिय रहे। लेनिनकी श्रीमती क्रुप्सकाया त क्रान्ति अगाडि मात्र नभएर क्रान्ति पछिसम्म पनि सक्रियरूपमा लागिरहिन् । उनी कम्युनिस्ट सरकारको शिक्षा तथा संस्कृति मन्त्रीसमेत हुन पुगिन् । माओको परिवारको उदाहरण त झन् उल्लेखनीय छ । क्रान्तिको दौरानमा उनकी श्रीमती याङ काई-हुई, आफ्ना बहिनी, दुई भाइले शहादत प्राप्त गरे। क्रान्तिपश्चात् आफ्ना दुई छोराहरूमध्ये एउटा छोरा कोरियन युद्धमा परी शहादत प्राप्त गरे । आफ्‌नो कान्छी श्रीमती चियाङ चिङले अन्तिम घडीसम्म गद्दार तेङको अगाडि आत्मसमर्पण गरिनन् । तसर्थ भविष्य उसैको उज्यालो हुन्छ जसले आफ्‌नो परिवारलाई राजनीतीकरण गर्न सफल हुन्छ र भविष्य उसैको बलियो हुन्छ जसले प्रतिक्रियावादी परिवारबाट सम्बन्ध तोड्न सफल हुन्छ ।

जनादेश, २०५४ फागुन १९ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *