Posted on

विषय प्रवेश

दर्शनशास्वीहरूले संसारको व्याख्या मात्र गरेका छन्, मुख्य कुरा यसलाई बदल्नु हो।’ कार्ल मार्क्स

नेपालमा हाल चलिरहेको क्रान्ति संसारलाई बदल्ने, परिवर्तन गर्ने अभियानको एउटा सानो कोसेढुंगा प्रयास हो । यो क्रान्ति साम्यवादी, सामाजवादी कान्ति नभएर समाजवादउन्मुख नौलो जनवादी क्रान्ति हो । नेपालको हाल उत्पादन सम्बन्ध र उत्पादन शक्ति मूलतः प्राक् पूँजीवाद, त्यो पनि मूलतः सामन्ती संरचनामा आधारित भएकाले गर्दा यहाँको जनताको चेतना निम्न हन स्वाभाविक हो । तर नौलो जनवादी क्रान्तिले समाजवादउन्मुख पंजीवादी उत्पादन शक्ति र उत्पादन सम्बन्धमा आधारित आत्मगत उच्च चेतनाको माग गर्दछ । यस वस्तुगत स्थिति र आत्मगत चेतनाको आवश्यकताको अन्तरद्वन्द्वले लामो समयको रूपान्तरणको माग राख्दछ ।

दीर्घकालीन जनयुद्ध यस्तो क्रान्तिको विधि हो, जसले लामो समयसम्म रूपान्तरणको अवधि र जसको प्रक्रियाभित्र नै रूपान्तरणको प्रक्रिया स्वचालित भएको हुन्छ । अतः क्रान्ति सम्पन्न हुनु अघि नै क्रान्तिको अगुवाइ गर्ने पार्टीको नेतृत्व पंक्ति, कार्यकर्ता र जनता रूपान्तरणको प्रक्रियामा लागिरहेको हुन्छ । तर रूपान्तरणको वेग पनि क्रान्तिको वस्तुगत अवस्थाअनुसार सापेक्षित हुन जान्छ। जस्तै प्रतिक्रियावादी सत्तालाई विस्थापित पारिएको आधारइलाकामा त्यहां तुलनात्मक रूपमा रूपान्तरणको प्रक्रिया तेज हुन्छ। जबकि प्रतिक्रियावादीहरूको र क्रान्तिकारीहरूबीचको सत्ता छिनाझप्टी भएका गुरिल्ला इलाकामा रूपान्तरणको प्रक्रिया अलि कम हुन्छ । र, प्रतिक्रियावादीहरूको प्रभुत्वमा रहेको श्वेत इलाकामा त रूपान्तरणको प्रक्रिया प्रारम्भिक वा प्रचारात्मक हुनु स्वाभाविक हुन्छ । त्यस्तै यसले महिला, पुरुष र बालबालिकामा पनि सापेक्षता अनुरूप रूपान्तरण ल्याएको हुन्छ । यो लेख रूपान्तरणका विभिन्न पक्षमाथि प्रकाश पार्ने उद्देश्यले लेखिएको छ।

महिला र रूपान्तरणको प्रश्न

क्रान्ति आमूल परिवर्तनप्रति लक्षित हुने हुनाले यसले समाजका सबभन्दा उत्पीडित समुदायलाई सबभन्दा पहिले असर पारेको हुन्छ । यसअनुसार पीडित महिला समुदायमा जनयुद्धको प्रभावले बढी, तीव्र र गहिरो रूपमा रूपान्तरणको प्रक्रिया थालनी गरेको देखिन्छ । जस्तै हिजो उनी विवाह हुनुअघि आफ्नो बुबाका लागि, विवाहपश्चात् लोग्नेका लागि, विधवाकालमा छोराका लागि पूर्णकालीन दासी भएर हिँड्न बाध्य थिइन् भने आज उनी आमूल परिवर्तनकारी पार्टीका लागि पूर्णकालीन कार्यकर्ता भएर हिंडेकी छन् । हिजो उनको मरणको त के, जीवनको पनि मूल्य हुँदैन्थ्यो । तर आज उनको मरण पनि मूल्यवान् भएको छ । हिजो उनी निजी सन्तान बनाउने महिलासरह थिइन् भने आज उनी नयाँ मान्छे बनाउने सचेत नारी बनेकी छिन् । हिजो उनी न घरको न घाटको थिइन्, आज राज्यसत्ता सम्हाल्ने भएकी छिन् । हिजो उनी सामन्ती संस्कृतिको वाहक थिइन् । आज उनी प्रगतिशील संस्कृक्तिको वाहक भएकी छिन् । जस्तै हिजो उनी गुनियो चोली, चुरा पोते, सिन्दु-गहनामा लिप्त थिइन् भने आज उनी सुरुवाल कुर्ता, पाइन्ट, हाफ पाइन्ट, सरल सहज लुगा लगाउने भएकी छिन् । हिजो उनी आफै अन्यायको सिकार थिइन् भने आज उनी न्याय दिलाउने माध्यम बनेकी छिन् । यसरी जनयुद्धको धक्काले महिलाको आर्थिक, सामाजिक, साँस्कृतिक, लिंगीय शोषणको बाँधलाई फुटाउने काम गरेको देखिन्छ। ने.क.पा. (माओवादी। ले पनि महिलाहरूको रूपान्तरणको प्रक्रियालाई तीव्र बनाउनका लागि धेरै सामन्ती बन्धनहरू फुकाउँदै लगेको छ। जस्तै न्यूनतम् विवाहको उमेर २० वर्षसम्म बढाइदिएको छ, एकनिष्ठ वैवाहिक सम्बन्ध पुरुषमाथि पनि कडाइपूर्वक लागू गरिएको छ, सम्बन्ध विच्छेदलाई सरलीकरण गरिदिएको छ, विधवा वा सम्बन्ध विच्छेद भएका महिलाहरूलाई पुनर्विवाह गर्ने नीति अगाडि सारिदिएको छ गर्भपतनको स्वीकृति दिएको छ । त्यतिमात्र नभएर तिनीहरूलाई नेतृत्व पंक्तिमा विकास गर्ने नीति ल्याएको छ। रूपमा महिलाहरूको रूपान्तरण धेरै देखिए तापनि सारमा तिनीहरू त्यति रूपान्तरण भएका देखिन्नन् । कारण तिनीहरूको वैचारिक, राजनीतिक रूपान्तरणको प्रक्रिया न्यून अवस्थामा नै छ। यसले गर्दा नै क्रान्तिमा महिलाहरूको साहसी, बलिदानी, सक्रियता देखे तापनि राजनीतिक, नेतृत्वदायी तहमा तिनीहरू त्यति पुगेका देखिदैनन् । विचार, राजनीतिको कमीले गर्दा पनि महिला महिलाबीचमा भावनात्मक एकता त्यति देखिन्न। साथै महिला नेतृत्वलाई पुरुषको त के महिलाहरूले समेत स्वीकार्न गाह्रो मानेको देखिन्छ। शोषित वर्गमा हुने दब्बुपना, दासता, राजनीतिप्रति उपेक्षा अंश र तत्कालमा तिनीहरू अल्झिरहेका हुन्छन् । तिनीहरूमा प्रायः यो भ्रम छ कि व्यवहारमा कुशल, सक्षम भयो भने त्यसले तिनीहरूको राजनीतिक मामिलामा पनि सक्षमता स्वतः बढिहाल्दछ । सारांशमा भन्नुपर्दा महिलाहरूको रूपान्तरणको समस्या व्यवहार र सांस्कृतिक क्षेत्रमा भन्दा बढी विचार अर्थात् राजनीतिक रूपान्तरणको क्षेत्रमा नै देखिन्छ । यसको हल वर्गसंघर्षको दौरानमा चल्ने पार्टीभित्र दुई लाइन संघर्षमा समाहित भएर, ज्ञानको भण्डार बढाएर मात्र परिपूर्ति हुन सक्दछ ।

पुरुष र रूपान्तरणको प्रश्न

जनयुद्धले पुरुषहरूलाई पनि रूपान्तरित गरेको छ । उनीहरूमा भएका शासक प्रवृत्तिहरू धेरै हदसम्म कम हुँदै गएका छन्। जस्तै हिजो पुरुष बढी सुविधाभोगी, आलसी, व्यक्तिवादी, विलासितामा मग्न, घमण्डी देखिन्थ्यो । त्यो आज कम हुँदै गएको छ । जस्तै हिजो ऊ चुरोट, खैनी, रक्सी सेवन गर्ने, जुवातास खेल्ने, गफ गर्ने, शारीरिक श्रमप्रति हेय दृष्टिले हर्ने, मौका पाएको बेला बहुनिष्ठ शारीरिक सम्बन्ध राख्न खोज्ने, महिलाहरूलाई हेय दृष्टिकोणबाट हेर्ने आदि हुन्थ्यो । तर आज तिनीहरू पूर्ण निषेध नभए तापनि धेरै हदसम्म नियन्त्रित हुँदै गएका छन् । जनयुद्धमा महिलाहरूको आगमनले गर्दा र पार्टीले महिलाहरूलाई उचित स्थान दिने नीति लिएकाले गर्दा र साथै महिलामा देखिएको रूपान्तरणको तीव्रता, तिनीहरूले देखाएको साहस, बलिदानको भावना आदिले गर्दा पुरुषहरूमा भएका पुरुषप्रधान सोचाइ, घमण्डी सोचाइ कम हुँदै गएका छन् ।

तर यति हँदाहुँदै पनि जनयुद्धमा पुरुषहरू सांस्कृतिक रूपान्तरणको क्षेत्रमा महिलाहरूको हाराहारीमा पुग्न सकेका छैनन । कारण तिनीहरूमा हिजोको शासक प्रवृत्ति बेलाबखत आइराख्ने रहेछ । जस्तै कि महिलाहरूको शक्तिलाई जनयुद्धको सहायक शक्ति मानिदिने गर्दछन् । यसले गर्दा महिलाको नेतृत्व स्वीकार नगरी दिने, तिनीहरूलाई नेतृत्व पक्तिमा प्रत्याउने काममा कन्जस्याई गर्ने, महिलाहरूको निरन्तरताको अलि आँच किमहरालाई अवला, निरीह भनिहाल्दछन् । कतिपय अवस्थामा महिलाहरूलाई जिम्मा दिनबाट पन्छिने, काम दिइहाले पनि सहजताको नाममा तिनीहरूलाई सामान्य र हल्का फुल्का काम दिने गरेको देखिन्छ । घरेल र कोरियर कामहरूमा सीमित राख्न खोजेको देखिन्छ । तर आफहरूको रूपान्तरणको प्रश्नलाई अलि उपेक्षा गरेको देखिन्छ । तिनीहरूमा एक किसिमको घमण्ड देखिन्छ कि राजनीति, विचारमा ठीक भएपछि व्यवहार ठीक भइहाल्दछ अथवा व्यावहारिक क्षेत्रमा हेलचक्रयाई र मिचाहा प्रवृत्ति देखाउने गरेको पाइन्छ । महिलाहरूको विकासलाई निरपेक्ष समानतामा हेर्ने भएकाले गर्दा तिनीहरूले महिलाहरूको सहभागितालाई औपचारिकतामा मात्र स्वीकार गर्ने गरेको पाइन्छ । अहिले पनि कतिपय अवस्थामा पुरुषहरूले विवाह गर्दा आफूभन्दा सक्षम, माथिल्लो पदमा भएका, आफूभन्दा उमेरमा पाको महिलाहरूसित विवाह गर्न हिच्किचाएको देखिन्छ । अझ सम्बन्ध विच्छेदित वा सहिदको पत्नीसित विवाह गर्ने कुरामा त झन् पछि परेको देखिन्छ । प्रेम गरे तापनि छिटो छिटो विवाह गर्न खोज्ने, विवाह गरेपछि छिटो आमा बनाउन खाज्ने, बच्चा पाएपछि सकभर त्यसको जिम्मा आमालाई नै लगाइदिने जस्ता व्यवहार देख्नमा आउँछ। जनयुद्धको वेगले माग गरेबमोजिम परिवारलाई झन् अघि बढाउनमा मद्दत पुऱ्याउनु भन्दा उनलाई निजी काममा, व्यावहारिक मामिलामा अल्झाइरहने प्रवृत्ति देखिन्छ । सारमा भन्नुपर्दा पुरुषहरू यद्यपि विचार र राजनीतिमा सापेक्षितरूपमा परिपक्व देखिए तापनि साँस्कृतिक रूपान्तरणको मामिलामा महिलाहरूभन्दा पछि परेका छन् । यसको हल वर्गसंघर्षको दौरानमा चल्ने आत्मसंघर्षबाट लडेर मात्र पाउन सकिन्छ । तसर्थ पुरुषहरूले आफ्नो टाउकोमा आफैले आगो लगाउनु जरुरी हुन्छ ।

बालबालिका र रूपान्तरणको प्रश्न

जनयुद्धको वेगले बालबालिकाहरूमा प्रत्यक्षभन्दा अप्रत्यक्षरूपमा धेरै रूपान्तरण गरेको देखिन्छ। महिलाहरू थप लिंगीय शोषणको चपेटामा परेजस्तै बालवालिकाहरू पन अबोध र कम उमेरका कारणबाट वयस्कबाट शोषणमा परेका हुन्छन् । तिनीहरूको प्रतिरोधात्मक शक्तिको कमी र वैचारिकतामा अबोधको कारणले गर्दा कतिपय अवस्थामा आफ्नै परिवारबाट नै शोषित भइरहेको देखिन्छ । व्यवहारमा के देखिएको छ भने संकटग्रस्त, कलह भएको परिवारमा प्रायः लोग्नेले आफ्नो रिस, अकर्मण्यता, हीनताबोधको भावना स्वास्नीमाथि पिटेर पोखेको देखिन्छ भने स्वास्नीले त्यसको रिस आफ्नो सन्तानलाई पिटेर पोल्न खोज्छन् । कतिपय अवस्थामा ती अबोध, निरीह बालबालिकाहरू आफ्नै बुबा-आमाको रिसको सिकार हुन पुग्छन् । जनयुद्धको थालनीपछि एकातिर रक्सी, जुवातास, रण्डीबाजी आदिमाथि नियन्त्रण भएको छ भने अर्कोतिर त्यसले घरेलु हिंसालाई धेरै हदसम्म नियन्त्रण गरेको छ। यसले गर्दा घर परिवारमा बालबच्चाले शान्त वातावरण पाएका छन् । बुबा-आमा संगठित भएकाले गर्दा बालबच्चा पनि संगठनप्रति आकर्षित भएको देखिन्छ । अर्कोतिर प्रतिक्रियावादी सत्ताले दमन दमन हत्या धर पकडको शृंखलाबाट तिनीहरू प्रतिक्रियावादीमाथि आन्दोलित भएका देखिन्छन् । यसले गर्दा तिनीहरूमा पनि बदलाको भावना सानै उमेरमा अभिव्यक्त भएको छ। वर्ग संघर्षको बातावरणले गर्दा तिनीहरूले कुन विचारधाराले सामन्ती फटाहाको प्रतिनिधित्व गर्दछ, कुनले आम मेहनतकश जनताको प्रतिनिधित्व गर्दछ भन्ने चिन्ने गर्दछन्। अतः को कम्युनिस्ट र को कांग्रेसी भनेर चिन्छन् । साथै जनअदालतमा दोषीमाथि तुरुन्त कारबाहीहरू गरेको देख्दा न्याय, अन्यायको अवधारणा तिनीहरूमा पनि छिटो स्पष्ट हुँदै गएको देखिन्छ । यसको अभिव्यक्ति उनीहरूले आ-आफू बीचमा खेल नाटक र खेलौनाको माध्यमबाट गर्न खोजेको देखिन्छ । आफ्नै बुबा आमालाई मार्दा, धरपकड गर्दा, आमा दिदी बहिनीलाई बलात्कृत गर्दा तिनीहरूले प्रतिक्रियावादी राज्यसत्ताको वर्ग चरित्र सानै उमेरमा चिनिसक्दछन् अनि सानै उमेरमा भए पनि प्रतिक्रियावादी पुलिस, सेना देख्दा घृणाको भावनाले उत्तेजित भई ईंटा फ्याँक्ने कामसमेत गरेको देखिन्छ ।

शैक्षिक क्षेत्रमा पनि क्रान्तिको वेगले घरदैलोमा लेखिएका पर्चा, पोस्टरिङ र भित्ते लेख आदिले गर्दा तिनीहरूले पढ्ने, जान्ने, लेख्ने, सुन्ने आदिमा बडो चनाखोपना देखाएका हुन्छन् । निजी विद्यालय र शिक्षालाई व्यापारीकरणको विरुद्ध संघर्ष गर्दा गाउँघरका सरकारी स्कुल बढी व्यवस्थित भएका छन् । कतिपय ठाउँमा सँस्कृत जस्ता व्यवहारमा नलाग्ने विषय, मध्ययुगीन सामन्ती राष्ट्रिय गानलाई निषेध गरेर वैज्ञानिक प्रणालीको शिक्षा दिन खोजेको देखिन्छ । त्यसमाथि माओवादी पार्टीले ती बालबालिकाहरूलाई बाल संगठनमा संगठित गरेर तिनीहरूको रूपान्तरण गरेको छ । तिनीहरूलाई प्रारम्भिक राजनीतिको ज्ञान, नियम, अनुशासन पालना गर्ने जस्ता सिकाएका हुन्छन् । यस संगठनमार्फत तिनीहरूलाई सांस्कृतिक क्षेत्र, सुराकीको काममा, प्रचार प्रसारको काम, कोरियरको काममा लगाउने गरेको छ। यसले गर्दा तिनीहरूमा जिम्मेवारीबोध र सम्मानित भएको महसुस तिनीहरूले गर्न पाउँछन् । यसले गर्दा तिनीहरू जनयुद्धको लागि एउटा भरपर्दो वैकल्पित शक्ति बनेका छन् जो भविष्यका कर्णधार बन्नेछन् ।

बालबालिकाको रूपान्तरणको सवालमा के बुझ्नु जरुरी छ भने तिनीहरूको कलिलो उमेर र अपरिपक्व मस्तिष्कले गर्दा नयाँ चीजलाई यदि निरन्तरता दिइएन भने त्यो शक्ति अराजक भएर निस्कन सक्दछ । अर्थात् तिनीहरूले घटना वा चीजलाई जटिलताको प्रक्रियाभन्दा सरलताले बुझेका हुन्छन् जसले गर्दा चीज वा घटनालाई कि त कालो वा सेतोको अर्थमा बुझ्न सक्छन् । अर्थात् त्यसलाई समय, घटना, परिस्थितिको सापेक्षताअनुसार बुझ्न सक्दैनन् । त्यसले गर्दा तिनीहरूमा अतिवादले अथवा अराजकतावादले राज गर्न थाल्दछ । त्यसैले तिनीहरूको रूपान्तरण प्रक्रियालाई पार्टीले धैर्यसाथ सञ्चालन गर्नुपर्दछ । पार्टीले तिनीहरूको शैक्षिक र संगठनात्मक गतिविधिबीच उचित सन्तुलन ल्याउन जरुरी छ जसले गर्दा तिनीहरू लाल र निपुण बन्न सकून् ।

रूपान्तरण र निरन्तर क्रान्तिको प्रश्न

माजमा विद्यमान यसले समाजमा धक्का भएकाले यर जनयुद्ध आफै एउटा शक्तिशाली धक्य जकडिएको परम्परा रूढ़िवादी सोचाइ, मध्ययुगीन संस्कृतिलाई राम्ररी धक्का दिएको छ । यसले क्रान्तिकारी पंक्तिमा त छलांगमय विकास ल्याउनुका साथसाधे दक्षिणपन्थी संशोधनवादी र जडसूत्रीय वाम संशोधनवादी पक्तिमा एउटा जोस पनि ल्याइदिन्छ । फलस्वरूप तिनीहरूले रूपान्तरणको तीव्र वेगलाई क्रमिक विकासवादी रूपान्तरणमा झार्न खोज्दछन् । त्यहाँ पुरानी नोकरशाही, सकीणता आदिको ठाउँमा नयाँ खालका विकतिहरूले प्रोत्साहन पाउन थाल्दछन् । यसले अन्ततः प्रतिक्रान्ति निम्त्याउँछ । तसर्थ निरन्तर क्रान्तिको आवश्यकतालाइ पक्डन आवश्यक छ । विशेषगरी विवाह, पुनर्विवाह, सम्बन्धविच्छेद, यौन नैतिकता आवश्यक राजनीतीकरण आदि क्षेत्रमा यी भड्काउहरू देखा पर्दछन् । जस्तै पाटितरिक सम्बन्धविच्छेदको कुरा आयो भने त्यहाँ विचार नमिलेको अवस्था अर्थात एउटाले यौन अराजकता देखायो र एक वा अर्कोले सम्बन्धविच्छेद गर्न चाह्‌यो सर्वेटा त्यहाँ सम्बन्धविच्छेदभन्दा त्यसलाई मिलाउनेतिर बढी जोड दिन पुगेको देखिन्छ । यौन अपराधमाथि सजाय दिन खोज्दा उनको तत्काल अपराधमाधि सजाय दिइसकेपछि पनि उनका हिजोका गल्ती, कमजोरीहरू कोट्याएर फेरि पनि सजाय दिन खोजेको देखिन्छ । त्यस्तै यौन अपराधलाई राजनीतिक अपराधभन्दा बढी हानिकारक रूपमा देखिन पुग्दछ। त्यहाँनेर राजनीतिमा ठीक भएपछि यौन मामिलामा हेलचक्र्याइँ गर्ने गरेको पाइन्छ। यो अराजक शैली हो । तर राजनीतिक अपराध, यौन अपराधभन्दा अझ हानिकारक हुन्छ । कतिपय अवस्थामा सम्बना विच्छेद भएका महिलाहरूलाई उपेक्षा गर्ने, खिस्सी गर्ने, हेय दृष्टिकोणले हेर्ने गरेको पनि यदाकदा पाइन्छ । तिनीहरूको पुनर्विवाहप्रति ध्यान नजानुको अभिव्यक्ति हो। यहाँसम्म कि सहिदको परिवारले कथमकदाचित् पार्टीको स्वीकृतिअनुसार पार्टीचे मानिससित पुनर्विवाह गर्यो भने त्यहाँ उनलाई सहिदको परिवारको सम्मान पाउनबाट समेत वञ्चित गर्ने अवधारणाहरू ल्याउने गर्दछन् ।

यौन मामलामा हिजो पुरुषहरूले सामन्ती पाराले डर, त्रास, लोभ, छलछाम गरेर यौन अपराध गर्दथे भने आज तिनीहरूले त्यही काम सामन्ती संस्कृति तोड्नुपर्दछ भन्ने नाउँमा, आधुनिक, स्वतन्त्र र वैचारिक समानताको ढोंग रचो महिलाकोसमेत अनुमति लिएजस्तो गरेर यौन अपराध यदाकदा गरेको देखिन्छ। त्यस्तै महिलाहरू दुश्मनको अगाडि पार्टीका गोपनीयता बचाउनमा चनायें देखाएका छन् भने त्यसको साथसाथै यौन अपराधमा संलग्न भएपछि त्यसलाई ढाकछोप गर्न पुरुषभन्दा महिला सिपालु भएका देखिन्छन् । आफ्नो लोग्ने यौन अपराधमा फसे पनि श्रीमतीले पहिला अपराधको दोष आफ्नो लोग्नेलाई भन्द सौता हुन आउन खोज्ने महिलालाई दिएको देखिन्छ । त्यस्तो अवस्थामा महिलाहरु विद्रोही भएर निस्केको उदाहरण विरलै देखिन्छ । यसरी महिलाहरू पनि कर रूढिवादी छैनन् । 

कतिपय पार्टीका कार्यकर्ता, नेताहरूले आफ्नो परिवारलाई रूपान्तरण गर्ने मामलामा कन्जुस्याइँ गरेको देखिन्छ। कतिपय अवस्थामा आफ्ना छोराछोरीले अन्य जातीय विवाह वा पूर्णकालीन सदस्य भएर काम गर्न इच्छा गरे तापनि त्यसलाई स्वीकृक्ति दिन हिचकिचाइरहेको देखिन्छ । कतिपय अवस्थामा श्रीमतीलाई राजनीतिबाट अलग्गाएर आफ्‌नो परिवारको सुरक्षा र सुविधाप्रति केन्द्रित भएर गृहिणीमा नै सीमित पारेको पनि देखा पर्दछ। यहाँनेर चीनमा माओको पछिल्लो श्रीमती च्याइचिङ्गलाई राजनीतिक जीवनबाट टाढा राख्ने निर्णयको उदाहरण सान्दर्भिक छ । वास्तवमा व्याङ्गचिङ्गलाई माओले विवाह गर्न खोज्दा त्यतिबेलाको पार्टीले उनले राजनीति गर्न नपाउने सर्तमा विवाहको अनुमति दिएको थियो। त्यो निर्णय रूढिवादी सामन्ती चिन्तनले ग्रसित निर्णय थियो ।

यसरी यस्ता सामन्ती अवशेषले रूपान्तरणको प्रक्रियामा अवरोध खडा गरिदिन खोज्छ भने अराजक, छाडापनाको संस्कृतिले रूपान्तरण प्रक्रियालाई हल्का, मूल्यहीन तुल्याई दिन खोज्छ । यस्ता क्रियाकलापबाट प्रतिक्रान्ति नदोहोरियोस् भनेर नै पार्टीले सांस्कृतिक क्रान्तिलाई प्रस्थानविन्दु मानेर आएको छ। सर्वहारा साँस्कृतिक क्रान्तिमा उठेको नारा ‘विद्रोह गर्नु उचित हो’ यहाँको सामन्ती रूढिवादी विरुद्ध लड्ने राम्रो हतियार हुन सक्दछ । रूपान्तरणका यी नकारात्मक अवशेषहरू अन्ततः आत्मसंघर्ष र दुई लाइन संघर्षबाट नै हल हुन सक्दछन् । यसलाई नै मध्यनजर राखेर पार्टीले शुद्धीकरण अभियान बेलाबखत लागू गर्दछ। साथै क. प्रचण्डको आफ्‌नो टाउकोमा आफैले आगो लगाऊ भन्ने मर्मलाई बारम्बार आत्मसात् गर्नु जरुरी हुन्छ ।

निष्कर्ष

दीर्घकालीन जनयुद्ध आफै एउटा रूपान्तरणको प्रक्रिया भएकाले गर्दा यसले समाजको आधारभूत इकाई, परिवारमा ठूलो रूपान्तरणको थालनी गरेको छ । हिजोका पुरुष-महिला, बालबालिकाबीचको सामन्ती चिनियाँ पर्खाल यसले भत्काउँदै लगेको छ । त्यसको ठाउँमा सहज सरल-स्वतन्त्र सम्बन्धको जग विश्वासको आधारमा खडा गरिदिएको छ । अर्कोतिर यसले विस्तारवादी र साम्राज्यवादीले फैलाएका दूषित अराजक, छाडावादी संस्कृतिलाई लत्याएर विज्ञानले लैस समाजवादउन्मुख सामन्ती विरोधी, साम्राज्यवाद विरोधी सँस्कृति भित्र्याउने काम गरेको छ । युद्ध मैदानमा सँगसँगै भिड्ने, सँगसँगै हार्ने-जित्ने, सँगै जोखिम उठाउने, सँगै मर्ने हिम्मत गर्नुले पुरुष-महिलाबीचमा वर्गीय माया अझ बढेको देखिन्छ । तिनीहरू एकअर्काका समस्याप्रति संवेदनशील भएका देखिन्छन् । त्यसमाथि त्यसभित्रबाट पलाएको एकनिष्ठ प्रेमले वर्गीय मायालाई झन् संमृद्ध गरेको देखिन्छ ।

त्यस्तै आजकलका बालकबालिका निरीह, हेपिएका, काले, च्यान्टे, भुन्टे फुच्चे नभएर समाजप्रति सजग जिम्मेवार बोध, सचेत भविष्यका कर्णधार, सम्माननीय क्रान्तिका वाहक बनेका छन् ।

यहाँ के बुझनु जरुरी छ भने क्रान्तिका तीन जादूगरी हतियार, पाटी, सेना र मोचांको संयोजन र त्यसको क्रियाशीलताले गर्दा पार्टीको नेतृत्वपक्ति कार्यकर्ता र जनतालाई रूपान्तरणको प्रक्रिया अझ व्यापक, गहिरो र दीर्घकालीन बनेको छ। पाटीको यस नीतिले नेतृत्व, कार्यकर्ता र जनतालाई राजनीतीकरण गर्न मद्दत पुऱ्याएको छ भन्ने सेनाले फौजीकृत र मोचलि सत्ता चलाउने मामलामा दक्ष र निपुण बनाउने काममा मद्दत पुयाएको छ । यसरी दीर्घकालीन जनयुद्ध समग्र यद्ध भएकाले गर्दा रूपान्तरणको प्रक्रिया पनि समग्र बन्दै आएको छ । त्यसमाथि हजारौ सहिदहरूको रगतले यस रूपान्तरणको प्रक्रियालाई अझ तीव्र बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *