विषय प्रवेश
दर्शनशास्त्र भन्नासाथ एकथरी मानिसहरू डराउने गर्छन् । विशेष अज्ञान श्रमजीवीहरू जसमा अशिक्षित जनता, मजदूर, किसान आदि पर्दछन । यस समुदायभित्र पनि महिलाहरूको स्थिति झन् नाजुक छ । कारण, तिनीहरू अज्ञान श्रमजीवीहरूमा पनि अर्ध-दासी, घर-गृहस्थीमा ण्ठित, अन्धकार अज्ञावरणमा हुर्किरहेका हुन्छन् । यस्तो हुनुका पछाडि ठूलो कारण छ। यससम्बन्धी माक्र्सले बढी सटिक ढंगले भन्नुभएको छ कि यो वर्गीय समाजमा अहिलेसम्मको दर्शनशास्त्र हुने खाने, शोषकवर्गको लागि वैचारिक पुंजी मात्र बन्दैआएको छ। त्यसैले वहाँले शोषित, सर्वहारावर्गको लागि द्वन्द्वात्मक भौतिकवादी दर्शनशास्त्र ल्याउनुभयो । जसले यो संसारलाई व्याख्या मात्र नगरेर, संसारलाई बदल्ने काम गर्न पनि सिकाइरहेको छ । तर, द्वन्द्वात्मक भौतिकवादी दर्शनशास्त्र चिन्नुभन्दा अगाडि दर्शनशास्त्र भनेको के हो, यसको महिला मुक्तिसँग के सम्बन्ध छ त्यो बुझ्नु जरुरी हुन्छ ।
दर्शनशास्त्र
मानिस सोच्ने प्राणी हो। उसलाई बाँच्न र मर्नका लागि औचित्य चाहिन्छ । त्यसैले उसलाई दर्शनशास्त्रको आवश्यकता हुन्छ, जसको माध्यमबाट उसले संसारलाई हेर्न सकोस्, बुझ्न सकोस् । अझ महिलाहरूको लागि त आफू बाँच्न र मर्नका लागि मात्र नभएर बच्चा जन्माउन, हुर्काउनका लागि समेत औचित्य चाहिन्छ। त्यसैले उनीहरूमा दर्शनशास्त्रको ज्ञान अनिवार्य आवश्कताको विषय हो।
दर्शनशास्त्र भनेको संसारलाई हेर्ने दृष्टिकोण हो । जसरी समाज परिवर्तन भइरहन्छ सोहीअनुसार दर्शनशास्त्र पनि समाजसँगै परिवर्तन भइरहन्छ । समाज महिला-पुरुषको सम्बन्धले बन्दछ । अतः हरेक युगको दर्शनशास्त्रले महिला-पुरुषबीचको सम्बन्धलाई नयां किसिमको ख्याख्या गरिराखेको हुन्छ । जस्तै आदिम समाजमा, जुनबेला प्रक्तिको शक्ति मानवजातिको लागि अलौकिक शक्तिका रूपमा प्रस्तुत हुन्थ्यो । त्यतिखेरको दर्शनशास्त्र प्रकृतिशक्तिमा आधारित हुन्थ्यो । अग्नि, वायु, जनावरको शक्तिसंगसँगै महिलाहरूको प्रजनन शक्तिलाई पूजा-आजा गरिन्थ्यो । पुरुष-महिला सम्बन्धमा महिला हावी हुन्थे । दासयुगमा आएर बल्ल प्रकृतिमा आधारित दर्शनशास्त्रले वर्गीय रूप लिन थाल्यो । अल्पसंख्यक दास मालिकले बहुसंख्यक दास मजदूरहरूलाई आफ्नो अधीनमा राख्नका लागि मानिस-मानिसबीच सम्पत्तिको आधारमा, मानसिक र शारीरिक श्रमको आधारमा, लिंगको आधारमा ठूलो सानो, बलियो निर्धा, चलाख, बेवकुफ, सभ्य-असभ्य भनेर वर्गीय आधारमा खण्डित गर्न पुग्यो । यही दर्शनशास्त्रले इतिहासमा पहिलोपटक महिला समुदायलाई दास समुदायमा झार्ने काम गर्यो । दासयुगपछिको सामन्ती युगले जसरी राज्यमा राजसंस्थालाई संस्थागत गर्ने काम गर्यो । सामन्ती युगपछि जब पुंजीवादी युगको उदय भयो, तब मात्र विज्ञानको आधारमा भौतिकवादी दर्शनशास्त्रले विकास गर्ने वातावरण पायो। त्यही आधारमा मानिस-मानिस, पुरुष-महिला, धनी-गरिब यिनी सबै स्वतन्त्र र समान हुन् भन्ने अवधारणा आयो । महिलावादी सोच यही भौतिकवादी दर्शनशास्त्रको उपज हो। भौतिकवादी दर्शनशास्त्रले संसारलाई व्याख्या गर्ने काममा मद्दत त दियो तर त्यसलाई बदल्ने काममा त्यो बाधक बन्न पुग्यो । पुंजीवादी युगको गर्भबाट जन्मेको समाजवादले बल्ल संसारलाई बदल्ने दर्शनशास्त्र अर्थात् द्वन्द्वात्मक भौतिकवादी दर्शनशास्त्रलाई स्थापित गरिदियो। यही दर्शनशास्त्रले महिला-पुरुषबीचको असमानतालाई मेटाउने आधारहरू तयार पारिदिन्छ, जो साम्यवादी युगमा गएर पूर्ण निर्मूल हुन जान्छ ।
समग्रमा भन्नुपर्दा जबदेखि समाजमा वर्ग उत्पत्ति भयो। त्यो बेलादेखि दर्शनशास्त्र दुई विपरीत कोणबाट प्रस्तुत हुँदै आइरहेको छ । आदर्शवादी दर्शनशास्त्रले वर्ग विभाजित समाजलाई यथावत् कायम गर्नको लागि व्याख्या विश्लेषण गरिरहेको हुन्छ भने द्वन्द्वात्मक भौतिकवादी दर्शनशास्त्रले आमूल परिवर्तनको माध्यमबाट वर्गविहीन समाज ल्याउने काम गरिराखेको हुन्छ ।
दर्शनशास्त्रका विभिन्न अंगहरू बुझ्नका लागि पदार्थ र चेतनाबीचको अन्तरसम्बन्ध बुझ्नु जरुरी हुन्छ । जुन दर्शनशास्त्रले चेतनालाई प्रधानता मानेर पदार्थलाई न्यूनीकरण गरेर प्रस्तुत गर्दछ, त्यसलाई आदर्शवादी दर्शनशास्त्र भनिन्छ । यसको ठीक उल्टो, जुन दर्शनशास्त्रले पदार्थलाई प्रधानता दिएर चेतनालाई न्यूनीकरण गर्दछ त्यसलाई भौतिकवादी दर्शनशास्त्र भनिन्छ । तर संसारलाई परिवर्तन गर्नका लागि पदार्थ र चेतनाको उचित संयोजन चाहिन्छ । त्यसभित्रको अन्तरसम्बन्ध र आन्तरिक गति बुझ्नु जरुरी हुन्छ । त्यो द्वन्द्वात्मक भौतिकवादी दर्शनशास्त्रले मात्र गर्न सक्दछ ।
आम शोषितवर्गको मुक्तिसरह, महिलामुक्तिको प्रश्न पनि प्रत्यक्षरूपमा दर्शनशास्त्रसँग जोडिएको हुनाले यी विभिन्न दर्शनशास्त्रले महिला-पुरुष सम्बन्धलाई कसरी हेरेको छ त्यो बुझ्नु जरुरी हुन्छ ।
आदर्शवादी दर्शनशास्त्र र महिला मुक्ति
आदर्शवादी दर्शनशास्त्र पदार्थ र चेतनाको तुलनामा चेतनालाई प्रधानता दिन्छ । यहाँसम्म कि भौतिक संसारलाई समेत नकारेर ईश्वरको शक्तिलाई नै सर्वशक्तिमानको रूपमा चित्रण गर्दछ । संसार ज्ञेय छ वा अज्ञेय छ भन्ने विवादमा उनीहरूको बढी जोड संसार अज्ञेय छ भन्नेतिर लाग्छन् । फलस्वरूप यो दर्शनशास्त्र मान्नेहरू धर्म, अन्धविश्वासमा लिप्त भएर भाग्यको सिकार बन्न पुग्दछन् । आदर्शवादी दर्शनशास्त्रको सिकार प्रायः ती समुदाय वर्ग, लिंग हुन पुग्दछन् जसको उत्पादन साधन आफ्नो हातमा हुँदैन, जसको जीवन आफ्नो पक्षमा हुँदैन सधै अर्काको भरोसामा बाँच्नुपर्दछ । तसर्थ यो दर्शनशास्त्रले उत्पीडित वर्ग समुदायलाई मुक्ति दिलाउनको सट्टा तिनीहरूको यथास्थितिलाई स्वीकार्ने वातावरण सिर्जना गरिदिन्छ । त्यतिमात्र नभएर शोषकवर्गले तिनीहरूलाई पुरानो पिछडिएको संस्कृति, संस्कारका बाहक बनाइदिन्छ। महिलाहरूको प्रजनन शक्तिलाई माध्यम बनाएर शोषकवर्गले समाजमा विद्यमान वंश, जात, धर्म, रंग, वर्ग, लिंगको आधारमा बनेको असमानतालाई संरक्षण गर्न जोडदिन्छ । सामाजिक क्षेत्रमा यस दर्शनशास्त्रले महिलाहरूको अस्तित्व बाल्यकालमा पिताको सेवा, वाकालमा लोग्नेको सेवा र वृद्धअवस्थामा छोराको सेवा गर्नमा हुन्छ भन्छ । राजनीतिक क्षेत्रमा आदर्शवादी महिलाहरूले राजतन्त्रलाई विष्णुको अवतार मानेर स्वीकार्छन । त्यस्ता महिलाहरूले घरभित्र आ-आफ्ना श्रीमानलाई सानो भगवान् मानेर पुजेका हुन्छन्। अनि राजतन्त्रअन्तर्गत युवराज भोलिको राजा बन्ने वातावरण बनाएजस्तो घरभित्र तिनीहरूले आफ्नो छोरालाई भोलिको घरको राजा भनेर हुर्काउन खोज्छन् । परिणामस्वरूप आदर्शवादी दर्शनशास्त्र महिला विरोधी दर्शनशास्त्र हो। यसको प्रत्यक्ष अभिव्यक्ति संसारमा सबै धर्ममा पाइन्छ । जहाँ महिलाहरूलाई यो वा त्यो बहानामा पुरुषको अधिनमा राख्ने अर्ती दिइएको हुन्छ ।
भौतिकवादी दर्शनशास्त्र र महिला मुक्ति
तमातिकवादी दर्शनशास्त्रले पदार्थ र चेतनाको तुलनामा पदार्थलाई प्रधानता दिन्छ। यसले पदार्थको अस्तित्व स्वीकार्ने नाममा चेतनालाई निषेध गर्न खोज्दछ । यहाँसम्म कि मानव समाजलाई पनि मेसिनसरहको पार्टपुर्जाका रूपमा गतिमा व्याख्या गर्न पुग्दछ । त्यस्तै संसार ज्ञेय वा अज्ञेय छ भन्ने प्रश्नमा उनीहरूको जोड़ संसार पूर्णतः ज्ञेय छ भन्नेतिर जान खोज्दछ । यसले वस्तुको बाहिरी पक्ष, मात्रात्मक गतिमात्र अध्ययन गर्दछ, वस्तुको आन्तरिक पक्ष, आन्तरिक गतिलाई उपेक्षा गर्ने काम गर्दछ । अतः त्यो ज्ञान समग्र नभएर एकांगी बन्न पुग्दछ ।
महिलावादी दृष्टिकोण वास्तवमा यान्त्रिक भौतिकवादी दृष्टिकोण हो । महिलावादी व्यक्तिहरू यो सोच राख्छन् कि महिलाहरू पनि पुरुषहरूसरह बुद्धिमान, शक्तिशाली सक्षम हुन्छन् । तसर्थ तिनीहरूको पुरुषहरूसरह महिलाहरूले पनि काम गर्न पाउनुपर्दछ, शिक्षा लिन पाउनुपर्दछ भन्छन् । तर यथार्थमा के हुन्छ भने शिक्षित, समान अधिकार पाए पनि तिनीहरूले पुरुषप्रधान संरचनालाई भत्काउन सकिरहेका हुँदैनन् । यो देखेर महिलावादीहरूले पुरुषहरूलाई दोष दिन पुग्दछन् । बाहिरीरूपमा हेर्यो भने झट्ट पुरुषहरू नै महिलाहरूको बाधक देखिन्छ । तर सारमा हेर्दा त्यो वर्गीय राज्यसत्ताको पितृसत्तात्मक संरचनाको उपज हो । तर यो सजिलै देख्न र बुझ्न कठिनाई पर्दछ । तिनीहरूले महिला मुक्तिको प्रश्न वर्गीय मुक्तिसँग नजोडेर खालि लिंगीय दृष्टिकोणबाट लिँदा त्यो स्वतः पुरुषविरोधी आन्दोलन हुन पुग्दछ । त्यस्तै महिलावादी सोच राख्नेहरूले लोग्ने स्वास्नीको सम्बन्धमा पनि समग्रमा हेर्नुभन्दा पृथक् रूपमा हेर्न पुग्दछन् । त्यो सम्बन्धभित्रको वर्गीय एकतालाई गौण मानेर लिंगीय भेदभावमा बढी ध्यान दिनपुग्दछ फलस्वरूप पुरुष-महिलाबीचको अन्तरविरोधलाई पनि मैत्रीपूर्ण ढंगले समाधान गर्नुभन्दा शत्रुतापूर्ण रूपमा लिन पुग्दछ । भौतिकवादी दर्शनशास्त्रले महिला शोषणका बाहिरी रूपहरू उजागर गर्न त सक्छ, तर महिला शोषणलाई महिला मुक्तिमा बदल्नका लागि चाहिने ज्ञान यसले दिन सक्दैन ।
द्वन्द्वात्मक भौतिकवादी दर्शनशास्त्र र महिला मुक्ति
द्वन्द्वात्मक भौतिकवादी दर्शनशास्त्र वास्तवमा भौतिकवादी दर्शनको विकसित रूप हो। यसले पदार्थ र चेतनाको अन्तरसम्बन्ध र आन्तरिक गतिलाई स्वीकार्दछ। त्यस्तै संसारमा ज्ञेय वा अज्ञेय छ भन्ने प्रश्नमा उनीहरूको जोड ससार ज्ञेय पनि छ अज्ञेय पनि छ, तर, अज्ञेय चीज ज्ञेय हुँदै जाने क्रममा हुन्छ भन्ने हुन्छ ।
द्वन्द्वात्मक भैतिकवादी नियमअनुसार पदार्थ सधै गतिमा हुन्छ अर्थात् गति नै पदार्थको अस्तित्व हुन्छ र त्यो गति विपरीतहरूको एकता र संघर्षका रूपमा प्रकट भइरहन्छ र त्यो गति एकनाश, गोलचक्र, मात्रात्मक गति मात्र नभएर गुणात्मक छलांगमय गति हुन्छ र त्यो गुणात्मक छलांग हान्ने क्रममा यसले निषेधको निषेध नियम अपनाइरहेको हुन्छ ।
समाजको गति यही तीनवटा नियमद्वारा सञ्चालित भएको हुन्छ । जस्तै यो समाज परिवर्तनशील छ। यो आदिम समाज, दास युग, सामन्ती युग, पुंजीस्वादी युग हुँदै समाजवादी युग र अन्ततः साम्यवादी युगसम्म पुग्नेछ, तसर्थ यो गतिशील छ। यो समाज विपरीत वर्ग-शोषक र शोषित वर्ग, विपरीत लिंग-पुरुष र महिला, विपरीत समुदाय उत्पीडक समुदाय र उत्पीडित समुदाय, विपरीत ठाँउ सहर र गाउँ, विपरीत श्रम विभाजन-मानसिक र शारीरिक श्रम विभाजन आदिको संघर्ष र एकताको आधारमा चलिरहेको हुन्छ । यो संघर्ष गोलचक्र, मात्रात्मक नभएर गुणात्मक, छलांगअनुसार अघि बढिरहेको हुन्छ । जस्तै महिला पुरुषको सम्बन्ध । आदिम युग मातृसत्तात्मक संरचनाअन्तर्गत महिला प्रधान समाजमा आधारित थियो। दासयुग आउनासाथ त्यो पुरुषप्रधान समाजमा परिवर्तन भयो । सामन्तीयुगमा धर्मको नाममा महिलाहरू अर्धदासी बन्न पुगे र – पूँजीवादी युगमा आएर महिला पुरुषबीचको सम्बन्ध धर्म, परम्परा, संस्कृतिको आडमा नभएर विशुद्ध नाफा मुनाफाको आधारमा व्याख्या हुन पुग्यो । त्यो सम्बन्ध समाजवादी युगमा आएर बल्ल ‘कामअनुसार माम’ को सिद्धान्तअनुसार, तुलनात्मक रूपमा समानताको आधारमा रूपान्तरण हुनपुग्यो र यो भविष्यमा साम्यवादी युगको नियमअनुसार आवश्यकताअनुसार मामको सिद्धान्तअनुसार चल्ने छ। तब महिला र पुरुषबीचमा भइरहेका सबैखालका शोषणको अन्त्य हुन्छ ।
यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने यो गुणात्मक छलांग निषेधको निषेध नियमअनुसार चलेको हुन्छ । जस्तै आदिम साम्यवादी युगमा महिला-पुरुषको सम्बन्धमा प्रजनन शक्तिले गर्दा महिलाहरू हावी थिए। तर आदिम समाजको निम्न उत्पादन शक्तिलाई छलांगमय विकास गर्नकालागि महिलाहरूको प्रजनन् शक्ति बाधक बन्न गयो। फलस्वरूप आदिम साम्यवादी युगमा महिलाहरूले पाइरहेको अधिकार सुविधालाई निषेध गरेर पुरुषप्रधान संरचनाको प्रारम्भिक जग खड़ा गरिदियो । पुरुषप्रधान संरचनालाई निषेध गर्ने उद्देश्यले नौलो जनवादी व्यवस्थामा महिलालाई पुरुषसरह समान अधिकार दिने अवधारणा बन्यो । – पुरुषहरूले मात्र उपभोग गरिराखेको पैतृक सम्पत्तिमाथि महिलाहरूले पनि समान हक पाउने व्यवस्था बन्यो । तर साम्यवादी समाजमा पुरुष र महिला दुवैको निजी सम्पत्तिलाई निषेध गरेर वास्तविक र पूर्ण समानता कायम गर्ने व्यवस्था बन्छ ।
यसरी अचेत वर्गविहीन, निम्न उत्पादन प्रणालीमा आधारित आदिम साम्यवादी युगबाट सुरु भएको मानिसको इतिहास निषेधको निषेध सिद्धान्तअनुसार सचेत वर्गविहीन, उच्च उत्पादन प्रणालीमा आधारित वैज्ञाনिত साम्यवादी युगतिर विकास हुँदै गइरहेको छ ।
इन्द्रात्मक भौतिकवादी दर्शनशास्त्रले महिला मुक्तिका बाहिरी र भित्री नरे पक्षलाई केलाएर आमूल परिवर्तन गर्नमा मद्दत प्रऱ्याउने काम गर्दछ । वर्गीय लिंगीय पक्षलाई उचित सन्तुलनमा राखेर ती बीचको अन्तर सम्बन्ध र आन्तरिक गतिलाई उजागर गरेर महिला शोषणलाई महिलामुक्तिमा बदल्नका लागि वैज्ञानिक ज्ञान दिन्छ ।
अधिभूतवाद र यसले महिलामुक्ति आन्दोलनमा पारेको प्रभाव
अधिभूतवाद भनेको द्वन्द्ववाद विरोधी चिन्तन हो। यो कनै पनि चीजलाई अंश अंशमा बुझ्ने, गतिशीलतामा नबुझने एकांगी पद्धति हो। परिणामस्वरूप यसले द्वन्द्वात्मक भौतिकवादी पद्धतिलाई निषेध गरिदिन्छ । जसरी कम्युनिस्ट अान्दोलनमा अधिभूतवादी सोचाइले महिला आन्दोलनमा महिलाहरूले प्राप्त गरेका अधिकारहरूलाई निषेध गर्ने, त्यो आन्दोलनलाई खुम्च्याउने काम गरिदिन्छ । अतः अधिभूतवादका विभिन्न पक्ष र यसले महिला आन्दोलनमा पारेको असरलाई हरेक क्रान्तिकारीहरूले बुझ्नु जरुरी छ ।
अधिभूतवादको पहिलो विशेषता भनेको उसले चीजलाई पृथक पृथकरूपमा बुझ्दछ । अर्थात् दुई विपरीत तत्वको बीचमा हुने एकता र संघर्षमा उसले एउटा पाटो समातेर अर्को पाटो उपेक्षा गरिदिन्छ । जस्तै महिला-पुरुष बीचको वर्गीय र लिंगीय प्रश्नमा एकलाई समातेर अर्कोलाई बिर्सिदिने काम गर्दछ । महिला-पुरुष सम्बन्धमा यसलाई वर्गीय सम्बन्धले निर्धारित गर्दछ भन्ने नाममा त्यहाँभित्र लिंगीय शोषणलाई न्यूनीकरण गर्न पुग्दछ । यसको ठीक विपरीत महिला-पुरुष सम्बन्धमा यसलाई लिंगीय प्रश्नसित जोड्नुपर्दछ भन्ने नाममा वर्गीय प्रश्नलाई न्यूनीकरण गर्ने चिन्तन पनि आउन पुग्दछ । द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणवाट महिला-पुरुषको सम्बन्धलाई सामान्यतः वर्गीय दृष्टिकोणले हेर्नुपर्दछ । तर ठोस विशिष्टतामा लिंगीयरूपमा पनि हेर्नुपर्दछ ।
अधिभूतवादको अर्को विशेषता भनेको उसले चीजलाई गतिशीलतामा बुझ्न नसक्नु हो । फलस्वरूप आज र भोलिको कुरालाई हिजोको आँखाबाट हेर्न पुग्दछ । जस्तै सहिदको परिवारको व्याख्या गर्दा, अहिले पनि हिजोको आँखाबाट व्याख्या गर्न खोज्दछ । जनयुद्ध सुरु गर्नअघि सहिदका परिवार, मूलतः महिलाले आफ्नो पति सहिद भएपछि विवाह नगरेको पाइन्छ । तसर्थ त्यस्तो महिलालाई सहिदको परिवारको सम्मान दिनमा कसैको दई मत भएको पाईदैन । तर जनयुद्ध थालनी भएपछि कतिपय सहिदका परिवारले पार्टीको राय सल्लाहअनुसार पुनर्विवाह गरेका छन्, जो स्वागतयोग्य हो । तर तिनीहरूलाई सहिद परिवार भनेर सम्मान गर्ने करामा अधिभूतवादी सोच राख्नेहरूले विरोध गर्ने गरेको पाइन्छ । अधिभतवादको अर्को विशेषता भनेको चीजलाई सार र रूपको द्वन्द्वात्मक सम्बन्धमा नबन हो। सिद्धान्त र व्यवहारमा, रणनीति र कार्यनीतिमा राजनीतिक र संगठनात्मक काममा वर्गीय र लिगीय सम्बन्धमा, तिनीहरूको ध्यान व्यवहारमा कार्यनीतिमा संगठनात्मक काममा, लिंगीय काममा ध्यान केन्द्रित भएको देखिन्छ । उदाहरणका लागि नेपालका केही भागमा महिलासम्बन्धी विकति उन्मूलन गर्ने नाममा महिलाहरूले लगाएका पाइन्ट सर्टहरू च्यात्ने काम भएका थिए। महिला शोषण, महिला विक्तिको स्रोत वर्तमान राज्यसत्ताको वर्गीय संरचना हो जसले पितृसत्तात्मक संरचनालाई टेवा पुऱ्याइराखेको छ । तसर्थ प्रहारको केन्द्रविन्दु मूलतः वर्तमान राज्यसत्तामा हुनुपर्दछ ।
अधिभूतवादी सोचको अर्को विशेषता भनेको अन्तरविरोध हल गर्ने सवालमा कुन प्रधान हो कुन गौण हो भन्ने बुझ्न नसक्नु हो। जस्तै नौलो जनवादी आन्दोलन, सामन्तवाद विरोधी आन्दोलन हो, त्यहाँ प्रधान अन्तरविरोध सामन्ती र दलाल पुँजीपतिसँग हुन्छ । त्यस्तो दौरानमा आन्दोलनमा आएका विभिन्न तरिकाका समुदायलाई गोलबन्द गर्ने नीति हुन्छ, जो सामन्ती र साम्राज्यवादी विरोधी हुन् । महिला मुक्तिको सवालमा संकीर्ण अधिभूतवाद तब आउँछ जब नारीवादी महिलाहरूलाई यो आन्दोलनमा समावेश हुनबाट वञ्चित गरिन्छ । फलस्वरूप यसले क्रान्तिको घेरा साँघुरो पार्ने काम गर्दछ र दुश्मनको घेरा फराकिलो पार्नमा मद्दत पुर्याउँछ ।
अधिभूतवादी सोचको अर्को विशेषता भनेको ठोस परिस्थितिअनुसार ठोस विश्लेषण गर्न नसक्नु हो। महिला मुक्ति आन्दोलनमा वर्ग संघर्षको केन्द्रविन्दु – भएको ठाउँ र जनजाति बाहुल्य भएको ठाउँमा, जस्तै रोल्पा-रुकुममा त्यहाँ महिला मुक्तिको कुरा ठोसरूपमा वर्गीय संघर्षसित जोडेर ल्याउनुपर्दछ । त्यहाँ – लिंगीय शोषणको पक्ष गौण हुन्छ। यसको ठीक विपरीत वर्गीय संघर्ष नचर्किएको, सामन्तवाद हावी भएको ठाउँ, जस्तै तराईको धनुषा-सिरहा जस्तो ठाउँमा, महिला मुक्तिको कुरा गर्दा लिंगीय शोषणलाई प्रस्थानविन्दु बनाउनुपर्दछ । त्यसपछि बल्ल वर्गीय शोषणलाई समय सापेक्षअनुसार उठाउनुपर्दछ ।
निष्कर्ष
उत्पीडित वर्गका लागि दर्शनशास्त्रको ज्ञान बढी आवश्यक हुन्छ कारण उनीहरूको लागि संसारको व्याख्याभन्दा संसारलाई बदल्ने ज्ञान चाहिन्छ । त्यो दर्शनशास्त्र भनेको द्वन्द्वात्मक भौतिकवादी दर्शनशास्त्र हो। वास्तवमा मानव – जातिलाई सृष्टि गर्ने, हुर्काउने अभिभारा लिने महिला समुदायलाई त यो दर्शनशास्त्र झन् अपरिहार्य छ । विशेषगरी पलपलमा घरभित्र र घर बाहिर संघर्ष गर्नुपर्ने शोषित पीडित महिलाहरूको लागि। महिलालाई वैज्ञानिक विश्व दृष्टिकोण दियो भने छोराछोरीबीचको भेदभाव घरबाट नै उन्मूलन हुन्छ । वर्गीय चेतना – घरबाट नै उन्मूलन हुन्छ। यी सबैले गर्दा अन्ततः समाजलाई आमूल परिवर्तनतिर लैजान मद्दत पुर्याउँछ ।
अब त नेपालको जनयुद्धमा महिलाहरूको सहभागिता झन् बढ्दै गएको छ । तर तिनीहरूको मात्रात्मक सहभागिताका तुलनामा गुणात्मक विकास न्यून छ । तिनीहरूको वैज्ञानिक विश्व दृष्टिकोणको अलि अभाव छ। विचार र सैद्धान्तिक ज्ञानको अलि अभाव छ। त्यसैले कम्युनिस्ट आन्दोलनभित्र तिनीहरू पार्टी, सेना र संयुक्त मोर्चामा निरन्तर लाग्दालाग्दै पनि महिलाहरू पुरुषको तुलनामा पछि परेकै – हुन्छन् । दर्शनशास्त्रसम्बन्धी ज्ञानको अभावले गर्दा तिनीहरू पुरुषहरूभन्दा बढी रूपमा बग्न खोज्दछन् । अतः उनीहरू बढी व्यवहारबादी, अनुभववादी र सारसंग्रहवादी बन्न पुग्छन् । द्वन्द्ववादी सोचाइको अभावले तिनीहरू बढी अधिभूतवादी बन्नपुग्दछन् । अतः मनोगतवाद, एकांकीवाद र संकीर्णवादले बढी ग्रस्त हुन्छन् । झट्ट हेर्दा महिलाहरू एक आपसमा धेरै मिलेको देखिन्छ । तर विचारको अभावमा तिनीहरू एक अर्कासित झीना-मसिना कुराहरू लिएर मिलिराखेका हुन्नन् । तिनीहरू विचार, सिद्धान्त, दृष्टिकोण, पार्टी नीतिअनुसार बहस गर्नुभन्दा व्यक्तिको आचरणमा बहस गर्न पुग्छन् । यसले अन्ततः समग्र आन्दोलनलाई नोक्सान पुर्याउँछ । अब त जनयुद्धको तेज रफ्तार र छलांगमय विकासले महिलाहरूलाई नेतृत्वपंक्तिमा उभ्याउने आवश्यकता आइसकेको छ। अतः दर्शनशास्त्र, त्यसमा पनि मूलतः द्वन्द्वात्मक भौतिकवादी दर्शनशास्त्रसम्बन्धी ज्ञान बढाउन धेरै जरुरी भइसकेको छ ।