मेरी प्यारी बहिनी देवी खड्का
तिमीमाथि भएको पासविक, हिंसक घटनाबारे विभिन्न पत्रपत्रिकाबाट थाहा लिने छौं’ भन्ने शीर्षकमा तिमी आफैले लेखेको त्यो लेख पढ्दा म धेरै भावुक हुन पाइराखेकी छु तर वैशाख २२ गते प्रकाशित ‘जनादेश’ मा ‘युद्ध मैदानबाटे बदला चिनेकी छैनौ होला, मैले पनि तिमीलाई चिनेको छैन जस्तो लाग्दछ । तर एउटै प्रगछ । त्यसलाई म पत्रको माध्यमबाट पाख्दछ । हुन त सायद तिमीले मलाई हुन जान्छौं, त्यतिखेर सबभन्दा सच्चा हृदयले वर्गीय भावना जाग्दारहेछ । अनि उद्देश्य, एउटै प्रण लिएर हिंडेका तिमी हामी जब प्रतिक्रियावादीहरूबाट घायल रंग, रूप, धर्म के चाहियो र ? वर्गीय विचारले कामको एकरूपताले गर्दा एक अर्कालाई अगाध माया लाग्दोरहेछ ।
बहिनी देवी, के तिमीलाई थाहा छ, तिमीमाथि भएको त्यो पासविक घटनाले आज प्रत्येक घरघरको जगलाई हल्लाउने काम गरेको छ ? कारण, तिमीमाथि गरेको त्यो दमन, यातनाको चिच्याहट आज विद्रोहको नारामा परिणत भइसकेको छ। तिमीले बगाएको त्यो आँसुको धाराले हाम्रो आँखालाई सफा गरेर हाम्रो वर्गीय दृष्टिकोणलाई अझ स्पष्ट र तीक्ष्ण बनाइदिएको छ । तिम्रा जीउभरि घाउका डामहरूले हामीलाई घायल बधिनीसरह बनाइदिएको छ र त्यो रक्तपिपास सिकारीलाई पिछा गर्ने प्रण गरेको छु। तिमीले देखाएको दाजुभाइप्रतिको वर्गीय मायाले त नेपालको भाइटीका परम्परालाई समेत अनर्थ बनाइदिएकी छौ। जुनबेला तिमीमाथि ती राक्षसहरूले ताण्डव नृत्य गर्दै थिए त्यतिबेला तिमीले पीडा सहन नसकेर ‘बरु मलाई मारिदेऊ’ भनेकी थियौ, तर आज तिमी जिउँदो सहिद भएर देवीको ठाउँमा ‘दुर्गादेवी’ को रूपमा पुनः जन्म लिंदैछौ, मलाई यस्तै अनुभूति भएको छ। आज तिम्रा अनगिन्ती हातहरू घरेलु हतियारदेखि आधुनिक हतियारले सुसज्जित पार्ने वातावरण यही राज्यसत्ताले बनाइदिएको छ ।
तिमीलाई जुन किसिमले आक्रमण भएको छ त्यो संसारभरिका महिलाहरूले भोग्दै आएका छन् । फरक यति मात्र छ, तिमीहरूको चीत्कारलाई संगठित गरेर विद्रोहको ज्वालामा परिणत गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू ती सबै ठाउँमा त्यति बलिया छैनन् । अतः ती महिलाहरू प्रायः सहानुभूतिका पात्रमा मात्र सीमित हुन पुग्दछन् । जबकि नेपालजस्ता देशहरूमा क्रान्तिकारीमाथि भएका यस्ता जघन्य अपराधलाई शक्तिको रूपमा बदल्नका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू कार्यरत छन् । हाम्रै छिमेकी देश भारतमा हजारौं बालिकाहरू भ्रूणमै नष्ट गरिदै आएका छन् । त्यहाँको दाइजो प्रथाले गर्दा परिवारबाट नै सन्तान नष्ट गर्ने काम भइरहेको छ। यसमा ती आमाहरू चुपचाप सहेर आफ्नै लिंग आफ्नै जीउको सृष्टि, मनको ढुकढुकी फ्याँक्न विवश भएका छन् । भारतबाट अफगानिस्तानतिर जाऊँ, त्यहाँको कट्टर मुसलमान मुल्लाहरूले गर्दा महिलाह दिउँसै एक्लै हिंड्न पाउँदैनन् । तिनीहरूले यदि माया-प्रेम गर्न साहस गरेख ये तिनीहरूलाई आफ्नै परिवार, समाजबाट कोरा लगाएर मारिदिने गरिन्छ । मह त्यहांका महिलाहरू जिउँदो लास भएर हिड्न बाध्य छन् । बोस्नियामा भएको जातीय युद्धमा त्यहाँको शोषक जाति सर्वियनहरूले त्यहाँका उत्पीडित जाति मुस्लिम महिलाहरूलाई नियोजित रूपमा सामूहिक बलात्कार गरेका घटनाहरू ताजै छन् । मुस्लिम जातिको सृष्टिकर्ता भएको नाताले नै ती महिलाहरूको बलात्कारले संसारभरिका महिला-पुरुषहरूको नै शिर झुकाउने काम त्यहाँ जनन शक्तिलाई दूषित पार्ने तिनीहरूको उद्देश्य थियो। यस्तो किसिमको रिदैछ। अझ अमेरिका जस्तो विकसित भन्ने देशमा त्यहाँका कट्टर दक्षिणपन्थी राजनैतिक धार्मिक समूहले दिउँसै गर्भपतन गर्ने डाक्टरहरूलाई गोली हानी प्रारिराखेका छन् र गर्भपतन गर्ने क्लिनिकमा आगो लगाउने काम भइरहेको छ। अकोतिर त्यही देशमा प्रत्येक एक मिनेटमा तीन महिलाहरू बलात्कृत भइरहन्छन् तेर त्यहीबाट निकालेको तथ्यांकले जनाइरहेको छ । आज नेपालमा देवीमाथि भएको त्यो सामूहिक बलात्कार एउटा सामान्य घटना नभएर राज्यसत्ताबाट निर्देशित अंगरक्षकहरूबाट भएको राज्यसत्ताकै संरक्षणमा भएको नियोजित र राजनीतिबाट प्रेरित सामूहिक बलात्कार हो । यो राजनीतिमा लागेका विशेष गरी वर्गसंघर्षको राजनीतिलाई मान्ने महिला वर्गलाई गरेको बलात्कार र आक्रमण हो। सर्वप्रथम ती महिलाहरूले वर्तमान राज्यसत्ताको विरोध गरेबापत तिनीहरूलाई जेलनेलको सजाय दिइन्छ । अनि तिनीहरूले राज्यसत्ताको विरोध गर्ने क्रममा वर्तमान पुरुषप्रधान लिंगीय संरचनालाई खल्बलाउने काम गरेकोले तिनीहरू फोहोरी गाली गलौज, बलात्कारका सिकार हुन पुग्छन् । अनि तिनीहरूको प्रजनन शक्ति पनि भएकाले तिनीहरूको पाठेघरबाट माओवादी बच्चा जन्मेला भन्ने डरले त्यसलाई क्षतविक्षत गर्ने गरिकन अझ क्रूद्धताका साथ बलात्कार गर्न पुग्छन् । आज तिमीमाथि भएको पासविक बलात्कारले यिनै तथ्यहरूलाई पुष्टि गरिदिएको छ। अतः तिमीले ठीकै बुझ्यौ कि यस किसिमको राज्य आतंकको बदला युद्ध मैदानबाट नै लिनेछौं र यो पनि तिमीले ठीकै बुझ्यौ कि यो बलात्कार तिमीमाथि नभएर सिंगो पार्टीमाथि, उत्पीडित जनतामाथि भएको बलात्कार हो । त्यसैले तिमीमाथि भएको घटनाले घरेलु हातहतियारबाट सुसज्जित जनता, जनताको अग्रपंक्तिमा उभिने गुरिल्ला दस्ताहरू, सुरक्षा लदहरू कतिपय महिला कमान्डरहरू, महिला गुरिल्लाहरूलाई अझ दृढ गराएर आ-आफ्नो राइफलको संगीनलाई धारिलो बनाउन मद्दत पुऱ्याएको छ ।
क्रान्तिकारी बहिनी, आज तिमीमाथि भएको बीभत्स घटनाले गर्दा देशभक्त ? जनवादी महिला संगठनहरू एक ठाउँमा आएर राज्यसत्ताको राज्य आतंकको विरोधमा उत्रेका छन् । आज एकथरी महिलाहरू जो आफूलाई निकै महिलावादी हौं भनेर भन्छन् तिनीहरू नांगिएका छन् । बेश्यावृत्ति, एड्स रोग, चेलीबेटी बेचबिखनका विरुद्ध नथाक्ने गरी विरोध गर्ने, विचार गोष्ठी गर्ने, परेमा आंसु पनि चुहाउने यी कांग्रेसी राप्रपा र एमाले समर्थक महिला संगठनहरू महिलामाथि भएको यस जघन्य अपराधका बारेमा चँसम्म बोलिराखेका छैनन् । तिनीहरूको आँखाबाट एक थोपा पनि आंसु झरेको छैन। यसले पनि सावित गर्दछ कि ती महिलाहरू सर्वप्रथम शोषकवर्गका प्रतिनिधिहरू हुन् अनि मात्र लिंगका प्रतिनिधि हुन् ।
अर्कोतिर यस घटनाले वर्तमान कोइराला सरकारले देखाएको सदाचारिता र संसद्मा उपसभामुखको पदमा महिला ल्याएकोले महिलाहरूलाई न्याय कति खोक्रो छ त्यो पनि नांगिएको छ । मन्त्रिमण्डलमा तीन-तीन महिलाहरूलाई दिलाएको भनेर नथाक्नेहरूले तिमीमाथि बलात्कार गर्ने अपराधीहरूलाई उल्टै संरक्षण दिदैछन् । ती मन्त्री महिलाहरू स्वयं ती बलात्कार गर्ने पुलिस डी.एस.पी., एस.पी. हरूलाई बहादुरीको तक्मा दिएर तिनीहरूलाई अझ हिंस्रक बन्ने काममा लगाइरहेका छन् । यसले जनतालाई अझ स्पष्ट गर्ने काम गरेको छ कि एकाध उत्पीडित, लिंग, जाति, क्षेत्रका महिलाहरूलाई टिपेर राज्यसत्तामा लाग्नासाथ उनीहरूका समस्याहरू समाधन हुँदैनन् र अन्ततः तिनीहरूको आफ्नै वर्गीय स्वार्थले गर्दा सत्तामा पुगेर पनि उत्पीडित लिंग, जाति र क्षेत्रका लागि केही गर्न सक्दैनन् । बरु न्यायप्रेमी उत्पीडित जनतामाथि अन्याय गरेकोमा समर्थन गर्ने काम गरिदिन्छन् ।
प्रिय बहिनी, अब यो राज्यसत्ताले नै तिमीलाई सधैंको लागि माओवादी पार्टीसित विवाह गराइदियो। अब तिम्रो नयाँ घर भनेको त्यही माओवादी पार्टी हो, तिम्रो जीवन साथी पनि त्यही पार्टी हो र तिम्रो सन्तान पनि त्यही पार्टी हो। अब तिम्रो सिउँदोमा कहिल्यै पनि सिन्दुर पुछिने छैन, तिम्रो काख कहिल्यै पनि रित्तिने छैन ।
– जनादेश, २०५५ जेठ ५