Posted on

यो वर्ग विभाजित समाजमा हामीलाई वर्ग समन्वयको पाठ यसरी सुस्त-सुस्त सिकाइन्छ हामीले थाहा नै पाउँदैनौं । यो पाठ हाम्रो आमाको काखदेखि लिएर आर्यघाटका ब्रह्मनालसम्म पण्डितले सिकाइरहेको हुन्छ । हामीलाई उपदेश अती दिइन्छ कसैलाई घणा नगर, सबैलाई सम्मान गर आदि इत्यादि ।

यो सिकाइन्न कि कुनै चीजलाई असाध्य माया गर्नेले घृणा पनि सिक्नुपर्दछ । जनतालाई असाध्यै माया गर्नेहरूले यदि जनताविरोधीलाई घृणा गर्न सिक्दैनन् भने जनताको न्यायमा पक्ष लिएर लड्ने शक्ति तिनीहरूले कहाँबाट पाउँछन् । त्यस्तै सम्मान त्यस्तालाई गरिन्छ जसले खुखार सामन्ती, बलात्कारी गुण्डाहरू, जनविरोधीहरूसित मुकावला गर्न सकोस् । सहिदहरूलाई किन सम्मान गरिन्छ ? किनकि तिनीहरूले हेपिएको श्रमजीवीको मुक्तिको लागि आफ्‌नो देशलाई आजाद गर्नका लागि आफ्‌नो ज्यानसमेत दिएर गएका छन् ।

हामीलाई जीवनको अंश-अंशमात्र सिकाएर त्यसको सम्पूर्णतालाई हेर्न सिकाइन्न । त्यस्तै हामीलाई जीवनको मूल्य, त्यसको सार्थकतावारे ज्ञान दिइन्छ तर जीवनको अर्को बाटो मृत्युबारे अन्धकारमा राखिन्छ । मानौं हाम्रो जिन्दगीमा मृत्यु भन्ने चीज नै छैन । तसर्थ मृत्यु अकस्मात् रूपमा आयो भने हामी बौलाहा झै रुन थाल्छौ झस्कन पुग्छौ । मानौं हाम्रो संसार नै अन्त्य भएछ ।

मृत्यु कसैको लागि एउटा लामो चीरनिद्राझै हलुंगो हुन सक्दछ । कसैको लागि यो अभिशाप हुनसक्दछ, कसैको लागि यो जीवनबाट पलायन हुने वहाना बन्न पुग्दछ, कसैको लागि यो हतियार हुनसक्दछ, तर जसले जीवन र मृत्युलाई समग्र रूपमा हेरेर ती दुवैलाई उद्देश्यमूलक बनाएर हेर्छन् त्यस्ता व्यक्तिहरू महान् भएर निस्कन्छन् । मृत्युलाई सहज ठानेर तिनीहरू मृत्युबाट भयमुक्त हुन्छन् किनभने मानिसलाई सबभन्दा कमजोर तुल्याउने चीज नै भय हो र त्यो पनि मृत्युको भय । तसर्थ मृत्युकै भय देखाएर शोषक वर्गले शोषित वर्गलाई विचिराखेको हुन्छ, पुलिस प्रशासन र धनको आड लिएर । तर यदि शोषित वर्गलाई वर्गीय चेतना दिइयो भने तिनीहरूले मृत्युलाई नै परवाह नगरिकन आफ्‌नो मुक्ति आन्दोलनमा होम्मिन जान्छन् । तिनीहरू सोच्छन् जिन्दगीमा दबिएर सूयचोटि मरिरहनुभन्दा एकचोटि उद्देश्य लिएर मर्नु परे पनि मरुला भनेर शोषणको विरोधमा उत्रिन्छन् । तिनीहरूलाई यो पनि ज्ञान छ जसले जति बढी सम्पत्ति अवैध रूपमा आर्जन गर्छ, त्यो त्यति बढी अकाल मृत्युबाट तर्सिन पुग्छ । यसको तुलनामा श्रमजीवी जनता जति पिल्सिएका छन् शोषित भएका छन् तिनीहरू सचेत भएपछि झन् निडर भएर आफ्नो मुक्तिप्रति समर्पित हुन्छन् । त्यसैले त नेपालका थिचिएका जनता माओवादी युद्धमा भोकभोकै परेको बेलामा पनि आफ्नो ज्यानसमेतलाई पर्वाह नगरिकन हिंडिरहेका छन् । प्रतिक्रियावादीहरू क्रान्तिकारी जनताको मृत्युको अभयवाट त्रसित भएका छन् । त्यसैले तिनीहरूले कान्तिकारीहरूलाई यो पनि थाहा छ कायरहरूको अन्तिम हतियार मृत्युदण्ड हो । सदरमुकाम, सहरतिर प्लिस-प्रशासनको आड लिएर बस्न गएका छन् । तर जसले मत्यदण्ड दिन खोज्छ । तिनीहरू आफैं मत्यदेखि तर्सिन्छन् । त्यसैले मुक्तिकामी जनता दुश्मनको अगाडि कहिले पनि आत्मसमर्पण गर्दैनन् बरु ती कायरहरूलाई उल्टै चुनौती दिएर भन्छन् : हिम्मत छ भने छातीमा गोली हानेर मार ।

कसरी विताउँछन् त्यसको आधारमा विश्लेषण गर्न खोज्छन् । तर धेरै कम प्रायः मानिसहरूले अरूहरूको मूल्याकन गर्दा तिनीहरूले आफ्नो जीवनलाई मानिसले मृत्युलाई कसरी मूल्याकन गर्दछ त्यसको आधारमा विश्लेषण गर्न बारेमा सोच्दा तिनीहरूले आफ्नो भौतिक परिवेशअनुसार सोच्न पुग्दा रहेछन् । जमर्को गर्न खोज्छन् । अचम्मको कुरा त यो छ । मानिसले जानी नजानी मृत्युको जस्तो सामन्ती संस्कृक्ति अँगालेका मानिसहरूले प्रायः मृत्युलाई पुनः जन्म लिने साधनको रूपमा लिन पुग्छन् । आफ्‌नो जीवनमरणलाई भगवान्‌को कृपा मान्ने भएकाले तिनीहरू आफू मरिसकेपछि फेरि कुलीन परिवारमा पुनर्जन्म होस् भनेर पाठपूजामा व्यस्त रहन्छन् । यसको ठीक विपरीत पुँजीवादी संस्कारमा हुर्केको मानिसले भूत भविष्यलाई चिन्ता नगरिकन भन्छ: यावत् जीवेत् सुखम् जीवेत् ऋणम् कृत्वा धृतम् पिवेत् भष्मिभूतस्य देहस्य पुनरागमनम् कृतः । बोकेर भए पनि घिउ खाएर जीवनलाई सुखमय बनाउनू, यो शरीर भष्म भएपछि । अर्थात् ऋण फेरि फर्किन्न । त्यस्तै आजकलको विस्तारवादी साम्राज्यवादी युगमा, त्यही विचारधारा बोक्नेहरू, जो सर्वशक्तिमान् हुन्छ त्यसैलाई बाँच्ने अधिकार छ (The Survival of The Fittest) भनेर गरिब, निमुखा, रोगी जनलाको मृत्युलाई स्वाभाविक ठान्छन् । यहाँसम्म कि जनसंख्या सन्तुलन राख्ने नाउँमा त्यस्ता असहाय व्यक्ति मर्नुपर्दछ भनेरसमेत वकालत गर्न पुग्दछन् ।

प्रतिक्रियावादी, सुधारवादी र क्रान्तिकारीहरूको पनि मृत्युबारे आ-आफ्‌ना परिभाषा हुन्छन् । जस्तै पहिला क्रान्तिकारी भएका तर पछि प्रतिक्रियावादी सत्तामा बिकेका मानिसहरूको लागि तिनीहरूको जीवन नै अभिशाप हुन जान्छ। त्यस्ता व्यक्ति जिउँदै पनि सयपटक मर्छन्। यसको ज्वलन्त चित्रण कवि भूषि शेरचनले आफ्‌नो कवितामा यसरी व्यक्त गर्छन् :

‘ए मरेर सहिद हुनेहरू हो

बाँचेर त हेर

यहाँ बाँच्न कति गाह्रो छ ।’

त्यस्तै सुधारवादी, संशोधनवादीहरूले क्रान्तिका कुराहरू चर्को स्वरमा गर्छन्, सडकमा नारा लगाउँदै परेड पनि गर्छन् तर आफ्‌नो राजनीतिलाई संसदभित्र सुरक्षित राखेर आत्मसुरक्षाको भाव बोकी चिच्याउन थाल्छन्ः क्रान्ति त गर्नुपर्दछ तर अहिले बेला भएको छैन। यसरी तिनीहरूले आफ्‌ना आकांक्षा, गतिविधिहरूलाई आफ्‌नै जीवनकालभित्र कैद गर्न चाहन्छन् तर जसले क्रान्तिको नाममा मृत्युलाई पूजा गर्दछ, तिनीहरू दुस्साहसवादको सिकार हुन पुग्दछन् । अरू केही होइन युद्ध नै सबैथोक हो भन्नेहरू मर्नको लागि प्रायः उत्साहित देखिन्छन्। यद्यपि परिस्थितिले त्यस्तो बलिदान खोजेको नहुन सक्दछ । यसरी क्रान्तिको लागि तुलनात्मक रूपमा दुस्साहसवादी विचार राख्नेहरू, संशोधनवादीहरूभन्दा कम हानिकारक हुन्छन् । ठीक त्यस्तै जो मान्छे मृत्युदेखि उत्साहित हुन्छन् तिनीहरू मृत्युदेखि डराउनेभन्दा कम हानिकारक हुन्छन् । अन्ततः हामीले सम्झिनुपर्दछ । क्रान्तिकारीहरूले जुन किसिमको काम गर्दा पनि त्यसको दौरानमा आउने सबभन्दा अप्ठ्‌यारो सम्भावनालाई ध्यान दिएर काममा लागिरहनुपर्दछ ताका उमे सम्भावना जीवन्त भएर आयो भने त्यससित मुकावला गर्न हामी तयार हनेछौं ।

जुनसुकै काममा पनि सबभन्दा नकारात्मक सम्भावना मृत्यु नै हुन्छ तसर्थ त्यो घडी हाम्रो नजिक आयो भने त्यससित मुकावला गर्दै मर्न पनि तयार हुनुपर्दछ । क्रान्तिकारीहरू मृत्युदेखि डराउँदैनन् । तिनीहरू भविष्यप्रति आशावादी हुन्छन् त्यसैले क्रान्तिको दौरानमा मर्ने सम्भावनाबाट त्रसित हुँदैनन् । दीर्घकालीन जनयुद्धमा विश्वास गर्नेहरूले आफ्‌नो जीवन र मृत्युलाई ‘रिले-रेस’ सरह मानेर ढुक्कसाथ अघि बढ्छन् । अगाडि बढ्ने क्रममा मरिहाले पनि उनीहरूसित मृत्युको नयाँ परिभाषा छ । यसलाई कवयित्री पारिजातले राम्ररी चित्रण गर्नुभएको छ :

 

अब मसँग मृत्युको त्यो पुरानो परिभाषा छैन

मृत्युविसंगति होइन मृत्यु जीवनको अन्त होइन

भनेर मृत्यु त सहिद भएर रातो झन्डाभित्र सुरक्षित

भीडहरूबीच हिँड्दो रहेछ…

मृत्यु बाँच्दा रहेछन्

जिउँदाहरूको मानसमा सम्झना भएर…

कहाँ मर्दा रहेछन् र मृत्युहरू ?

मृत्यु त संगठन भएर

अँगालोहरूबीच बाँधिइँदा रहेछन् ।

 

– जन आह्वान, २०५४ फागुन १

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *