Posted on

जनयुद्ध सुरु भएको ८ वर्षपछि अब आएर बल्ल शाहीसेनामा महिलालाई लिने भएको छ । यो चचाको विषय बन्नु स्वभाविक हो, किनकि पहिला शाही सेनाको नियमावलीमा महिला लिन नपाउने प्रावधान थियो। तर अहिले आएर  नै यो उल्टाउन बाध्य किन भयो ?

उसो त प्रानी सत्ताका प्रहरी, सशस्त्र प्रहरी बल र शाही सेनाले जनमक्ति सेनामा महिलाहरूको सहभागितालाई पचाएका थिएनन् । जनयुद्धको शुरुको चरणमा जनमुक्ति सेनाभित्रका महिलालाई फाटफुट बलात्कार गर्ने, मार्ने बाहेक आधिकांशलाई जिस्काई जिस्काई जेलमा कोचिन्थ्यो । तर जब जनयुद्धले उचाइ हासिल गर्यो तब प्रहरीको ठाउँमा सशस्त्र प्रहरी बल आयो र त्यस अवधिसम्म पुग्दा महिला योद्धालाई अलि गंभीर रुपमा लिन थालियो। अब महिला योद्धालाई यातना दिने, बलात्कार गर्ने संख्या बढ्‌यो तर पुरुष योद्धालाई झै अझै मारिहाल्द गरेका थिएनन् । जब जनयुद्धले राष्ट्रिय रूप लिएर पूरानो सत्तालाई नै ढाल्ने अवस्था आयो तब शाही सेना परिचालन गरियो। अब महिला योद्धालाई झन् गम्भीर रूपमा लिन थालेको देखियो । तिनीहरूलाई ठूलो संख्यामा बलात्कार मात्र नगरेर मार्ने पनि प्रवृत्ति देखापर्यो । पुरुष योद्धालाई जति मारिरहेका छन् त्यही हाराहारीमा महिला योद्धालाई बलात्कार सहित मार्ने भइरहेको छ । महिलाहरूमाथि यसरी विभत्स आक्रमण गर्दा पनि जनयुद्धमा महिलाहरूको सहभागिता झन बढ्‌दै गएको छ। महिलाहरूको सहभागिताले गर्दा बालबालिकाहरूको सहभागितासमेत बढ्दै गएको छ । शाही सेनाले अहिले पनि के सोचराखेको देखिन्छ भने जनमुक्तिसेनामा महिलाहरूको सहभागिता राजनैतिक प्रेरणाबाट भन्दा यौन, वासनाबाट प्रेरित भएर नै भएको छ । अतः बेलाबखत जनमुक्ति सेनाभित्र महिला बलात्कृत भएको, जंगलमा कण्डम भेटिएको आदि अनर्गल प्रचार गरिरहन्छन् । जवर्जस्ती आत्मसमर्पण गराइएका महिलाहरूलाई आफूहरू जनमुक्ति सेनाबाट बलात्कृत भएको भन्न लगाउँछन् । त्यस हिसाबले शाही सेनामा महिला भर्ती गर्ने विषय तिनीहरूको लागि लाजमर्दो विषय हुनुपर्ने हो। किनभने अब प्रश्न गर्ने पालो जनमुक्तिसेनालाई आएको छ। के ती महिलालाई शाहीसेनामा मनोरंजनको साधन बनाउनको लागि, कण्डम बोक्न लगाउनको लागि भर्ती गरेको हो ? तर माओवादीहरू विचार बोक्ने मानिस हुन् । न कि भाडाका सिपाही, यौन पिपाषु हुन् । तिनीहरू जहिले पनि कुनै नयाँ प्रवृत्ति देखियो भने त्यसलाई विश्लेषण गर्छन्, अनि संश्लेषण गर्न पुग्छन् । अतः शाही सेनामा महिलाहरू भर्ती किन गरिदैछ त भन्ने प्रश्नको जवाफ यसरी दिन्छन्- सर्वप्रथम त यो परिस्थिति कसैको चाहनाले भन्दा पनि बाध्यात्मक परिवेशले ल्याएको हो। किनकि जनयुद्धमा महिलाहरूको बढ्दो सहभागितालाई नियन्त्रण गर्नको लागि महिलाहरूलाई नै प्रयोग गर्ने उद्देश्यले यसो गरिएको हो । दोस्रो, जनयुद्धमा कार्यरत कर्मठ पुरुष योद्धाहरूलाई मायाप्रेमको जालमा फसाएर मार्ने वा गलाउने वा आत्मसमर्पण गर्न लगाउने उद्देश्यले होकी तख्ता, गाउँबाट विस्थापित जनविरोधी परिवारहरूलाई रोजगार दिलाउनको लागि तिनीहरूका महिला सदस्यलाई शाहीसेनामा भर्ती गर्न खोजिएको हो । चौथो, आजभोलि प्रायः सवै देशका सत्ताधारीहरूले आफ्नो सेनामा महिलाहरू पनि समावेश गर्न थालेकाले यहाँ पनि त्यसो गरेका छौं भनेर विज्ञापन गर्नको लागि भर्ति गरिएको हो । किनकि यतिबेला सेनामा महिलाको सहभागिताको प्रश्न ‘आधुनिकता’ को प्रतीक बनेको छ र महिलालाई ‘समान’ मौका दिइएको छ भन्ने भान पार्नु जरुरी भएको छ ।

आज विश्व नै युद्धमय हुँदै गएको छ । विकसित र अविकसित देशहरू बीचको दूरी झन् झन् बढ्दै गएको छ । एउटै देशभित्र पनि धनी र गरीबकी वीचको फाटो अरू बढ्दै गइरहेको छ । आज अधिकांशका घरबार वगीय, जातीय धार्मिक, क्षेत्रीय युद्धले गर्दा विथोलिएका छन् । जमीनबाट उखेलिएका छन् । तसर्थ आज सडकमा महिला, बालबालिका, बूढाबूढी उत्रनु बाध्यता भएको छ । आज महिलाहरू पाठेघरमा, पिठ्युमा बच्चा बोक्नभन्दा बम बोक्न वाध्य भएका छन्। अतः यही वस्तुगत स्थितिलाई नियन्त्रण गर्नको लागि यथास्थितिवादी सत्ताधारीहरूले आफ्नो सशस्त्र बलमा महिलाहरू लिन बाध्य भएका छन् । तसर्थ भारत, इजराइल, अमेरिकालगायत अन्य देशहरूमा पनि महिलाहरूलाई सशस्त्र बलमा लिन थालिएको छ। तिनीहरूको अनुभव कस्तो छ त ? हालै निस्केको किताब “Gender and War” मा के प्रष्ट लेखिएको छ भने इजराइल, जहाँ सेनामा महिला सहभागिताको धेरै चर्चा छ, त्यहाँ वास्तवमा महिलालाई युद्धमोर्चाको अग्रिम भागमा कहिले पनि पठाएका छैनन् र पठाउँदैनन् पनि । तिनीहरूलाई सबै मुख्य सेनाको सहायकको रुपमा काममा लगाएको देखिन्छ । अर्थात् लजिस्टिक काम, सेक्रेटरियल काम, स्वास्थ्यसम्बन्धी काम आदिमा लगाएका हुन्छन्। अमेरिका जसले आफूलाई विश्वको सबभन्दा शक्तिशाली र अत्यन्त आधुनिक देश मान्छ त्यहाँको सेनामा पनि महिलाहरूलाई समावेश गरिएको छ तर युद्ध नभएका बेला तिनीहरू उपभोक्तावादी संस्कृतिका शिकार बनेका देखिन्छन् । पत्रपत्रिकामा सेनाभित्र महिलाहरूलाई बलात्कार गरेको, जिस्काएको, अभद्र र अपशब्द प्रयोग गरेको उदाहरण बेलाबखतमा पढ्न पाइन्छ । तर युद्धको बेलामा तिनीहरू युद्ध मोर्चाको अग्र पंक्तिमा प्रायः पठाएको देखिन्न कारण युद्धभूमिमा के देखियो रे भने तिनीहरूको सहभागिताले गर्दा पुरुष सेनाको ध्यान विकेन्द्रित भएको हुन्छ । महिलालाई बचाउने नाममा, अथवा घाइते भएको अवस्थामा तिनीहरूलाई बढी ध्यान दिने नाममा, मुख्य लडाइँको काममा ध्यान विकेन्द्रित हुन्छ रे। अतः महिलालाई युद्ध मोर्चामा पठाउने काम कमभन्दा कम गरेको देखिन्छ । यही प्रवृत्ति हाल इराक युद्धमा पनि देखा पर्यो । इराक युद्धमा एकजना घाइते महिला सिपाही प्राइभेट जेसिका लाइन्चको बचाउ कार्यलाई जसरी अमेरिकी सेनाले अत्यधिक महत्वकासाथ स्थान दिएको थियो त्यो वास्तवमा सेनाभित्र महिलालाई अति ध्यान, अति सुरक्षा दिएको जस्तो गरेर होच्याउने प्रवृत्तिको अभिव्यक्ति हो । यसरी एकातिर तिनीहरूलाई युद्ध नभएकोबेला उपभोग्य साधनको रुपमा लिने गरेको देखिन्छ भने युद्धमोर्चामा तिनीहरूलाई कम आँक्ने प्रवृत्ति देखिन्छ । भारतको सशस्त्र बलमा महिलाहरूको सहभागिता नेपालको सन्दर्भमा बढी उदाहरणीय बन्न सक्दछ । कारण भारत पनि नेपाल जस्तै अर्थ सामन्ती, अर्धऔपनिवेशिक देश हो । हालै छापिएको एउटा लेख “हिनताग्रस्त पलिसः सी आर पी एफ मा महिला बटालिएन” मा महिलाको स्थिति कसरी एकातिर सामन्ती दष्टिकोणवाट र अर्कोतिर उपभोक्ता संस्कृतिवाट पीडित भएको छ भनेर प्रस्ट लेखिएको छ । त्यहाँका महिला सेनालाई आफ्नै पुरुष सेनाहरूले “टोकन बटालिएन” “पेटीकोट बटालिएन” भन्ने जस्ता अपशब्दबाट सम्बोधन गरिन्छ। कतिपय अवस्थामा पुरुष सेनाले महिला सेनाको अगाडि आफ्नो पुरुषत्व देखाउनको लागि हिरासतमा राखेका बन्दीलाई बेस्सरी कुटेर अमानवीय यातना दिएर आफ्नो बहादीपना देखाउन खोज्दछ र उल्टै महिला सेनालाई चनौति दिन्छ- के तिनीहरू यस्तो हिम्मत गर्न सक्छन् ? अनि ती महिला सेनाले बच्चा पाएमा तिनीहरूलाई सहयोगात्मक दष्टिकोणले हेर्नभन्दा पनि कुन झंझटमा फसेको भनेर झन् व्यंगात्मक टिप्पणी गर्ने गरेको उल्लेख गरिएको छ। सारमा भन्नु पर्दा विश्वमा जहाँ जहाँ सत्ताधारी सेनामा महिलाहरू समावेश गरिएका छन् ती शान्तिकालमा हतियारले सजाएका आभूषण सरहका विज्ञापनका साधन भएका छन्। तर जब युद्ध शुरु हुन्छ तब ती महिलाहरू कता कता हराएका जस्ता देखिन्छन् ।

माथिका अनुभवहरूबाट नेपालको शाही सेनामा महिलाहरूको स्थिति कस्तो होला भन्ने अनुमान गर्न सकिन्छ । तसर्थ जनमुक्ति सेनाको लागि शाही सेनामा महिलाहरू भर्ति हुने विषय पुरानो सत्ताको एउटा अर्को विफल परीक्षण मात्र बन्नेछ। र महिला जनमुक्ति सेनाकोलागि यो विषय राज्यसत्ताको लिंगीय दृष्टिकोण पर्दाफास गर्ने थप विषय बन्नेछ ।

जहाँसम्म जनमुक्ति सेनामा महिला सहभागिताको प्रश्न छ, यहाँ प्रष्ट हुनु के जरुरी छ भने यहाँ कुनै वाध्यात्मक कारण, व्यवहारिक कारण, अथवा तात्कालिन फाइदाकोलागि तिनीहरूलाई सहभागिता गराइएको छैन। कारण, महिला समुदाय उत्पीडित समुदायको सवभन्दा वढी संख्या भएको समुदाय हो जो प्रत्येक घरघरमा, जाति, जनजाति, क्षेत्र, धर्म, भाषामा फिजिएको छ । यो समुदाय उत्पीडित समुदायमा पनि अझ उत्पीडित समुदाय हो। जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ भने झै महिलामाथि वर्गिय र लिंगीय शोषणको दोहोरो मार भएकोले तिनीहरूमा दोब्बर प्रतिरोध गर्ने क्षमता हुन्छ। यही वुझेर ने.क.पा. (माओवादी) ले तिनीहरूलाई सैन्य क्षेत्रमा समावेश गरेको हो। जब ने.क.पा. (माओवादी) ले आफ्नो सैन्य कार्यक्रम २०५१ मा सम्पन्न तेस्रो विस्तारित बैठकमा निर्माण गर्यो त्यतिखेर नै महिला योद्धाको सहभागितालाई आधारभूत आवश्यकता र रणनैतिक महत्वकासाथ लिइएको थियो । अतः प्रारम्भिक रुपमा गठित लडाकु दल, सुरक्षा दल, र स्वयंसेवक दलमा अनिवाय रुपमा दुई महिला योद्धा सहभागी गराउने अवधारणा ल्याइयो ती महिलाहरूलाई अहिले शाही सेनाले झै पैसा, पद, सुविधाको आधारमा आकर्षित नगरेर विचारको आधारमा आकर्षित गरिएको हो ।

सर्वप्रथम तिनीहरूलाई आफ्नो वस्तुगत स्थिति पहिचान गराइएको छ । त्यो के हो भने नेपालमा ग्रामीण महिलाहरू वास्तवमा यहाँको कृषि अर्थतन्त्रको मेरुदण्डसरह हुन् तर तिनीहरू नै यो सामन्ती संरचनाबाट सबभन्दा अपहेलित भएका छन् । तिनीहरूलाई नै पैतृक सम्पत्तिवाट वचित पारिएको छ । लोग्नेहरू  मुग्लान पसेका अवस्थामा एक्लैले त्यस्तो जटिल परिस्थितिमा घर जग्गा, परिवार सौता ल्याएर उसलाई घरवाट निकाला गरिन्छ । त्यस्तो अवस्थामा आफले अको विवाह गरेमा झन् न घरको न घाटको बन्न पुग्छन् । यसरी सामन्ती कानूनले अपराधीलाई प्रश्रय दिन्छ र उत्पीडित पक्षलाई झन् उत्पीडन गर्दछ । तसर्थ यो सामन्ती उत्पादन सम्बन्धलाई उल्टाउने काम ने.क.पा. (माओवादी) से जनयुद्धमार्फत गर्दैछ । “जसको जोत उसको पोत” र “पैतक सम्पत्तिमाथि समान अधिकार” को मुख्य नारालाई कार्वान्वयन गर्नको लागि नौलो जनवादी क्रान्ति हाँकिरहेको छ। यस राजनीतिबाट महिलाहरू प्रेरित भएका छन् । त्यसरी नै यहाँको गरिबी अवस्था र हिन्दुवादी चिन्तनले गर्दा चेलीबेटीलाई सानै उमेरमा विवाह गर्ने चलन जबरजस्त रुपमा छ। जसले गर्दा तिनीहरू सानै उमेरमा आमा बन्ने र रजस्वला नसुक्दै हजुरआमा भएर बाँच्न विवश भएका छन् । यसरी घरेलु गोलचक्करमा फसिरहेका महिलाहरूलाई जनयुद्धले घर, प्रजनन कार्यहरूबाट मुक्त पारेको छ । घरको चार दिवारबाट देशको चार कुनामा पुऱ्याउने काम गरेको छ। हकहितबाट बंचित ती ग्रामीण महिलाहरूलाई आज ने.क.पा. (माओवादी) ले आफ्नो सेना पंक्तिमा कमाण्डर बनाएको छ, युद्धभूमिको अग्रपंक्तिमा लड्न पठाएको छ । अब महिलाहरूले जीवनमा मात्र नभएर मृत्युमा समेत पुरुषहरूको हाराहारीमा प्रतिस्पर्धा गर्न पाइरहेका छन् । यी सबै कारणहरूले गर्दा जनमुक्ति सेनामा महिलाहरूको सहभागिता झन् बढ्दै गइरहेको छ । त्यसमाथि कथित सशस्त्र प्रहरी वल र शाही सेनाको ज्यादतीले र तिनीहरूको बलात्कारी प्रवृत्तिले गर्दा जनताको पंक्तिवाट मात्र नभएर अन्य पार्टीहरूमा लागेका महिलाहरू समेत जनसेनामा भर्ती हुने क्रम बढिराखेको छ । यस्तो अवस्थामा शाही सेनामा महिलाहरूको स्थिति भनेको खुट्टाअनुसारको जुत्ता रोज्ने नभएर जुत्ताअनुसारको खुट्टा काट्ने सरह हुनेछ ।

Kantipur, 23 February, 2004

२०६० माघ २१

Leave a Reply

Your email address will not be published. Required fields are marked *