Posted on

वास्तवमा क्रान्तिकारी विकल्प भनेको यस्तो शक्ति हो, जसले मानिसलाई मात्र परिवर्तित नगरेर पूरै समुदायलाई र देशलाई नै परिवर्तित गरिदिन्छ । अन्ततः यसले पुरै संसारलाई बदलिदिन्छ । विकल्प नभएर नै सामान्य पुरुष-महिलाहरू रक्सी रण्डीबाजीतिर लाग्छन् र अन्ततः आत्महत्या गर्न पुग्दछन् । भनिन्छ बाटोमा कुनै विकल्प हँदैन वा विकल्प देख्दैन । तर आशावादी विकल्प देख्यो भने आत्महत्या यस्तो हतियार हो जो मनुष्यले तब प्रयोग गर्न पुग्छ, जब उसको मर्न लागेको दर्बल मानिस पनि जर्मराउन थाल्दछ । जबकि विकल्पको अभावमा दृष्टपुष्ट व्यक्ति पनि निरास भएर आत्महत्या गर्न पुग्दछ ।

झन्डै दुई सालदेखि यता नेपालको इतिहासमा माओवादी जनयुद्धले एउटा सशक्त विकल्प ल्याएको छ । सरल भाषामा भन्ने हो भने त्यो विकल्प कामअनुसार माम पाउने, भेदभावरहित समाजमा बस्न पाउने, अर्काको देशमा भाडाका टट्टु र बेश्या भएर होइन, आफ्‌नो देशभित्र सम्मानित नागरिक भएर बांच्न पाउने व्यवस्था हो । त्यो व्यवस्था हो नौलो जनवाद । यो विकल्पको बाटो कठिन छ तर यसको भविष्य उज्ज्वल छ, किनकि यो विज्ञानमा आधारित छ।

यही सशक्त विकल्पले गर्दा आजभोलि माओवादी प्रभावित ठाउँहरूमा त्यहाँको उत्पादन सम्बन्धमा, शक्ति सन्तुलनमा, पुरुष-महिलाबीचको सम्बन्धमा नयाँ परिवर्तन र नयाँ मूल्य-मान्यताहरू कायम हुन थालेका छन् । क. लेनिनले भन्नुभएको छ : कुनै समाज कति विकसित भएको छ, त्यो बुझ्ने मापदण्ड हो त्यहाँका महिलाहरूको स्थिति । तसर्थ जनयुद्ध प्रभावित क्षेत्रहरू कति विकसित भएका छन् भन्ने कुराको आभास त्यहाँका महिलाहरूमा आएको नयाँ जोश जाँगर, सशक्तता र त्याग र बलिदानको भावनाबाट पाइन्छ ।

आजभोलि घर-परिवारहरूमा विद्रोहका लहरहरू आउन थालेका छन् । पुराना सम्बन्ध भत्केर नयाँ सम्बन्ध र मूल्य-मन्यताहरू स्थापित हुँदैछन् । सामन्ती संरचनाले थिचिएका यी महिलाहरू आफ्‌नो शोषण-दमनको विरोधमा उठेर विद्रोह महिलाहरूसमेत जुर्मुराउन थालेका छन् । तिनीहरू घिसेपिटेपूर्ण र बन्धनयुक्त गर्न थालेका छन्। यसमा दलित, जनजातिकादेखि लिएर बाहुन-क्षेत्री जातिका जीवनबाट मुक्त भएर जनयुद्धको रणभूमिमा हाम्फालिराखेका छन् । प्रायः तिनीहरूलाई बाबु-आमाले पढाएजस्तो गरिकन तीन-चार कक्षासम्म पढाइन्थ्यो, अनि त्यसपछि मेला-पात, घाँस दाउरा खोज्नमा तिनीहरूको समय बित्थ्यो । जवानी लागेपछि तिनीहरूले जोडी खोज्न थाल्दथे । त्यस्तो अवस्थामा विद्रोह गर्न भनेको ‘पोइल’ जानवाहेक अरू विकल्प हँदैनथ्यो । पोइल जान् भनेको पनि प्रायः कराईबाट उफ्रेको माछो खसेर भंग्रोमा पर्न बराबर हुन जान्थ्यो। यदाकदा विद्रोह लागेपछिको विवाहित जीवनको पनि निश्चितता हृदैनथ्यो । सौता थप्ने हो कि, पर्दथे, कि त काम गर्ने ठाउँमा बलात्कृत भएर बस्नपर्ने हुन्थ्यो । जवानी गरेर सहरतिर लागिहाले भने कि त तिनीहरू चेलीबेटी बेच्ने गिरोहको जालमा रक्सी रण्डीबाजी गरेर उल्टै घरमा उपद्रव मच्चाउन आउने हो कि भन्ने पीर वृद्धावस्थासम्म पनि लिदै बस्नु पर्दथ्यो । सौता परेका महिलाहरू र विधवाहरूको जिन्दगी त न घरको न घाटको भएर बित्दथ्यो ।

तर आजकल जनयुद्ध प्रभावित क्षेत्रहरूमा चार दिवारहरू चर्किन पानेक छन्। अब महिलाहरू आँस पिएर बस्नेवाला छैनन् । अब त तिनीहरू आक्रोश महिलाहरूलाई बन्दी जीवनबाट उम्कने अवसर दिएको छ । तिनीह बोकी रणचण्डी भएर आएका छन् । किनभने माओवादी जनयुद्धले परुषहरूसित दबिएर होइन समान धरातलमा काम गर्न पाइरहेका छन् ।

अहिले पश्चिम क्षेत्रमा एउटा अचम्मको नमुना स्थापित भएको छ । त्यहा कार्यरत एउटा गुरिल्ला दस्ताको कमान्डर महिला भएकी छन् । उनी पहिले सारे ती महिलालाई जनयुद्धले एउटा नयाँ जीवन दिएको छ । त्यसमा उनी परे तन उमेरमा विधवा भएर बसेकी थिइन । गाउँ समाजमा तिरस्कत जीवन बिताइरहेक मन-धन लगाएर काम गरेकी छिन । आज प्ररुष बाहुल्य भएको गरिल्ला दस्ता कमान्डर भई नेतत्व हाँक्दैछिन । उनी आज प्रशंसाको पात्र भएकी छिन् । यसरी विधवाको सिउँदोमा जनयुद्धले रगतको सिन्दर हालिदिएको छ । के त्यो सिन्दुर अर कसैले मेटाउन सक्ला ?

अहिले पश्चिम क्षेत्रमा एउटा अचम्मको नमुना स्थापित भएको छ । त्यहा कार्यरत एउटा गुरिल्ला दस्ताको कमान्डर महिला भएकी छन् । उनी पहिले सारे ती महिलालाई जनयुद्धले एउटा नयाँ जीवन दिएको छ । त्यसमा उनी परे तन उमेरमा विधवा भएर बसेकी थिइन । गाउँ समाजमा तिरस्कत जीवन बिताइरहेक मन-धन लगाएर काम गरेकी छिन । आज प्ररुष बाहुल्य भएको गरिल्ला दस्ता कमान्डर भई नेतत्व हाँक्दैछिन । उनी आज प्रशंसाको पात्र भएकी छिन् । यसरी विधवाको सिउँदोमा जनयुद्धले रगतको सिन्दर हालिदिएको छ । के त्यो सिन्दुर अर कसैले मेटाउन सक्ला ?

त्यस्तै मध्य क्षेत्रमा एउटी दलित महिला सौता र लाग्नेबाट तिरस्कृत भार बसेकी थिइन् । कान्छी स्वास्नी लिई मुग्लानमा पसेको श्रीमान् गाउँमा कहिलेकाही मात्र आउँथे। माया-ममताको भावनामा, न घर न घाटको जिन्दगी बिताइरहेकी ती महिलाले माओवादी संगठनको संरक्षण पाई त्यसमा उनी दिल लगाएर काम गर्न थालिन्। यो कुरा सुनेर मुग्लानमा पसेको श्रीमान्लाई अपच भयो, गाउँम आएर श्रीमतीलाई संगठनमा नलाग्न भनेर निकै प्रयास गरेछ। उनले के मान्थिन् ? उनी आजसम्म अडिग रहेर संगठनको काममा हिंडिरहेकी छिन् ।

पश्चिम क्षेत्रमा एउटी महिलाले प्रेमको नयाँ परिभाषा स्थापित गरेकी छिन्। आफ्‌ना लोग्ने माओवादी समर्थक भएको आधारमा जेलमा पर्न गएछन् । जेलको प्रशासनले उसलाई कांग्रेसको सदस्य बनेमा छोडिदिने आश्वासन दिएछ । यो कुरा उनकी श्रीमतीको कानमा पर्न आयो। ती महिलाले आफ्‌नो श्रीमान्‌लाई प्रेमप लेखेर पठाइछिन् : तिमी चाहिँ कांग्रेस पार्टीमा लाग्छौ भने तिमीसित बस्ने मेरो नैतिकता रहन्न । यसरी श्रीमतीको सैद्धान्तिक दृढताले श्रीमान्‌को साहस दोब्ब बढेको छ ।

खबरदार आइन्दा यस्तो अब त संगठन भएको ठाउँमा साधारण महिलाहरूले आफ्ना घर-गृहस्थीका समस्याहरू, विशेषगरी लोग्नेबाट आउने दुःख कष्टहरू संगठनमा राल बालेका छन् । रक्सी खाने, जुवा-तास खेल्ने, स्वास्नी कुट्‌ने लोग्नेहरू अब चैनमा सुत्न नपाउने भएका छन् । अब स्वास्नीहरूले धम्की दिन थालिसकेका छन् गर्यो भने माओवादीहरूलाई सुनाइदिने छौं ।

…हामीहरू पनि जंगल पसिदिन्छौं । यदि त्यसले गर्दा पनि बानी व्यहोरा सधेन भने पारपाचके गर्ने प्रस्तावहरू संगठनमा हाल्न थालेका छन । आखिरमा त्यस्त जड्याहा लफंगा लोग्नेहरूसित बसेर के पो फाइदा छ र ?

जनयुद्धको दौरानमा नैतिक आचरणमा कमीकमजोरी देखाउनेहरूलाई की सजाय दिएकाले पनि महिलाहरूलाई संगठनप्रति थप विश्वास बढ्दै गएको छ । पहिले जस्तो पार्टीमा बहविवाह गर्ने लोग्नेलाई कारबाही गर्दा खास असर पर्दैन ने थियो भने आजभोलि त्यस्तो आचरण देखायो भने कारबाहीको परिणाम गम्भीर बाहुन थालेको छ ।

जनयुद्धले विशेषगरी युवायुवतीहरूलाई आकर्षण गर्दैछ । मध्यमाञ्चलमा ष एउटी महिला विद्यार्थी माओवादी कार्यक्रममा परेर जेलमा परिछिन । केही दिन जेलमा राखी उनलाई छोडिदिएछ । उनको बाबु खुसी भएर छोरीलाई घर फर्काउन लिन गएका थिए । तर छोरीले आफ्ना लगाहरू बाबुको हातमा सम्पर आफू माओवादी संगठनमा लागिन । घर पुनः पस्न भनेको विवाहको बन्धनमा बाधिन हो भन्ने का उनले बनेकी थिइन । आखिरमा घरमा उनको लागि के नै विकल्प थियो र ? माओवादी संगठनमा लागेका युवायुवतीहरूको लागि के के कोबीचमा प्रेमको सम्बन्ध पनि बढेको छ । आखिरमा एउटै उद्देश्य, लक्ष्य र काममा लाग्नेबीचमा निकटता हुनु स्वाभाविक हो । त्यसमाथि पनि पुरुष र महिलाबीच त वैचारिक सम्बन्धसँगसँगै भावनात्मक सम्बन्ध पनि विकास हुन्छ । त्यस्तो अवस्थामा दाम्पत्य सक्बन्ध कायम गर्नका लागि अब तिनीहरूले बाबु-आमाको रमुख ताकिराख्नु पर्दैन । सम्बन्धित पार्टी कमिटीलाई जानकारी दियो भने पार्टीले दुवै जनाको राय स्वीकृति लिएर विवाह गरिदिन्छ । यसरी अबका विवाह सम्बन्ध व्यक्तिगत सम्पत्तिको आधारमा नभएर सर्वहारा दृष्टिकोणको आधारमा निर्देशित भइरहेका छन् ।

यस्तो एउटा उदाहरण पनि देखा परेको छ। पूर्व क्षेत्रमा कार्यरत एउटा मानोवादी कामरेडको पहिलेदेखि नै दुईवटी श्रीमतीहरू थिए । जनयुद्ध सुरु हुनु स्गाडि तिनीहरूमा झगडा भइरहन्थ्यो। जब जनयुद्ध सुरुवात भयो लोग्ने भूमिगत । भएका छन् । अब ती सौताहरू मिल्न थालेका छन् र संगठनको कममा पनि दुवै बना लागिरहेका छन् ।

जनयुद्धको दौरानमा दिदी-बहिनी, स्वास्नी-बुहारी मात्र नभएर आमाहरू पनि उत्साहित भएका छन् । पश्चिम क्षेत्रमा एउटा साहसी वीर योद्धाले पुलिसबाट शहादत प्राप्त गर्छन् । छोराको लास बुझ्न जाँदा उनकी आमाले ती पुलिसहरूलाई औंला ठड्याएर चेतावनी दिन्छिन् मेरा एउटा छोरालाई मार्दैमा चाहदैन र ? कान्ति रोकिने छैन । मेरा हजारौं छोराहरू छन् यो खेलमा कहिले कसको र अहिले कसको पालो आउँछ, हाम्रो पनि पालो आउनेछ, अरू छोराहरूले यसको बदला लिएरै छाड्‌ने छन् । धन्य छन् ती आमा जसको कोखबाट को जन्मन यसरी जनयुद्धले प्रत्येक घरमा भइँचालो ल्याइदिएको छ । यसले ती व्यक्तिहरू जसले ‘यो जनयुद्ध नै होइन यो त तीन महिना पनि टिक्दैन’ भन्ने गर्छन् तिनीहरूलाई मुखभरि जवाफ दिएन र ?

– जनादेश २०५४, मंसिर १०

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *