जनयुद्ध थालनी भएको झन्डै दई वर्ष भइसक्यो । जनयुद्धमा आम जनताको सहभागिताले गर्दा सत्ताधारी प्रतिक्रियावादीहरूको निद्रा हराउन थालेको छ । तर जति ग्रामीण महिलाहरू जो प्रायः अशिक्षित, गरिब हुन्छन्, तिनीहरू जन वेगमा जनयुद्धमा सहभागी भइरहेका छन् त्यसको तुलनामा शिक्षित महिलाहरू, विशेषगरी सहरिया महिलाहरू जनयुद्धप्रति आबद्ध कम मात्रामा भएको महसुस भइरहेको छ । जनयुद्धअगाडि अर्थात संसदीय राजनीतिमा जब माओवादी पार्टी जनमोर्चाको माध्यमबाट वैधानिक आन्दोलन गर्दै थियो त्यो बेला खुल्ला राजनीति, संघ, संस्थामा सहरिया शिक्षित महिलाहरू हावी भएको देखिन्थ्यो। त्यतिखेर ती महिलाहरू भाषण, जुलुस विचारगोष्ठी, कविगोष्ठी आदिमा अर्थात सदनदेखि सडकसम्म सक्रिय देखिन्थे। साथसाथै आम महिलाहरूको व्यापक ग्रामीण महिलाहरूले तिनीहरूको अगाडि टाउको उठाउन पाउँदैनथे । तर जनयुद्ध थालनी भएपछि ग्रामीण महिलाहरूले सहरिया शिक्षित महिलाहरूलाई गुणात्मक रूपमा नै उछिनिसकेका छन् । जनयुद्धको झन्डै दुई वर्षभित्र शहादत प्राप्त गर्ने आठ-आठ जना महिलाहरू सबै ग्रामीण क्षेत्रका हुनुले पनि यसलाई पुष्टि गर्दछ। तसर्थ कुन भौतिक परिस्थितिले गर्दा ती शिक्षित महिलाहरू जनयुद्धबाट पलायन र निष्क्रिय हुँदैछन् ? र तिनीहरूलाई कसरी गोलबद्ध गर्न सकिन्छ भन्ने अहिलेको प्रमुख विषय बनेको छ ।
सर्वप्रथम सहरमा उच्च शिक्षा हासिल गर्न आउने महिलाहरू प्रायः उच्च जातका अर्थात् बाहुन-क्षेत्री जातका हुन्छन् । उनीहरू केही हुनेखाने सामन्ती परिवारका हुन्छन् । तसर्थ तिनीहरूले साथमा सामन्ती संस्कार बोकेर आइरहेका हुन्छन् । यसले गर्दा तिनीहरूमा बढी जातीय घमण्ड र अलि देखासिकी गर्ने बानी हुन्छ । तर त्यसको साथै महिला भएको नाताले र पिछडिएको ग्रामीण संस्कृतिबाट आएको हुनाले उनीहरूमा हीनताबोध पनि भइरहको हुन्छ । सामन्ती संरचनाले गर्दा तिनीहरूले आफ्नो अस्मिता स्थापित गर्न पाउँदैनन् । यस्तो अवस्थामा ती महिलाहरूका लागि शिक्षा भनेको यस्तो लोभलाग्दो चीज हुन जान्छ, जसबाट तिनीहरूले एकैसाथ धेरै चीजहरू प्राप्त गर्न सकिने र तल्लो वर्गबाट उच्च वर्गमा जाने भऱ्याडका रूपमा हेर्न पुग्छन् । शिक्षित भएर आर्थिक लाभको साथसाथै पुरुषहरूको हाराहारीमा उभिन पाउनु तिनीहरूसरह सुख सुविधा पाउनु र सामन्ती संरचनाले नदिएको पहिचान, अस्मिता प्राप्त गर्न पाउनु आदि सम्भावनाहरूले गर्दा तिनीहरूमा बढी महत्त्वाकांक्षाको भावना र आफ्नो पेसातिर मात्र पूरै ध्यान केन्द्रित हुने प्रवृत्ति देखा पर्छ। त्यसमाथि सहर क्षेत्रमा पढ्न आउँदा ती महिलाहरूलाई सहरको रमझम, सुविधायुक्त वातावरण र त्यहाँको उपभोक्ता संस्कृक्तिले आकर्षित गरिराराखेको हुन्छ, तसर्थ तिनीहरू सहरमै स्थापित हुन आतुर भएका देखिन्छन् । त्यस्तो अवस्थामा तिनीहरूले हासिल गर्ने डिग्रीले त्यस किसिमको जीवन बिताउन सकिन्छ भन्ने तिनीहरूमा आकांक्षा रहन्छ । शिक्षित भएकै नाताले उनीहरूले सामाजिक क्षेत्रमा आफ्नो भाउ बढेको पाउँछन्। जस्तै विवाहको बजारमा उनीहरूको डिग्रीले योग्य बर पाउन सजिलो बनाइदिन्छ ।
आफ्ना माइत र घरमा आफ्ना अनपढ दिदी, बहिनी, देउरानी, जेठानीअगाडि बढी मान पाएका आभास गछन् । अझ गाउँका आफन्तहरूकहाँ जाँदा त्यहाँका महिलाहरूको अगाडि आफू निकै जाने-बुझेको र सभ्य भएको भनेर चिनाउँन पाउछन् । यसले गदर्दा पनि तिनीहरू ‘हामी तपाईहरू जस्ता होइनौं’ भनेर अन्य साधारण महिलाहरूको अगाडि आफू विशिष्ट ठानेर हिंडेको देखिन्छ । अन्ततः तिनीहरू आम महिलाहरूको अगाडि आफूलाई ‘पुरुष’ सरह भएको अर्थात् बढी सुविधाभागा र गमक्क फुलेका महिलाको रूपमा चिनाउन खोज्छन् । त्यस्ता महिलाहरू प्रायः जनयुद्धका वैधानिक, अवैधानिक संघर्षतिर लाग्नुभन्दा संसदीय राजनीतिमा लाग्नु बढी उचित र सुरक्षित ठान्छन् । संसदीय व्यवस्थाअन्तर्गतको राजनीतिमा खुल्ला भाषण गर्न पाउन्, निर्भीक भएर जुलुसमा भाग लिन पाउनु, राष्ट्रिय अन्तर्राष्ट्रिय विचारगोष्ठीमा भाग लिन पाउनु, एन.जी.ओ., आई.एन.जी.ओ. मा काम गर्न पाउनु आदिले तिनीहरूको महत्त्वाकांक्षा अझ झन् बढेको हुन्छ । यसरी राजनीतिमा भाग लिन पाउँदा अब ती शिक्षित महिलाहरूको अगाडि मात्र नभएर शिक्षित पुरुषहरूभन्दा माथि भएको महसुस गर्छन् । त्यसैले हिजो खुल्ला अवस्थामा स्थापित भएका धेरै शिक्षित महिलाहरू आज जनयुद्धपछि मुसाझै दुलोमा लुकेका देखिन्छन् । कारण, जनयुद्धमा लागेर सर्वहारा दृष्टिकोणलाई व्यवहारतः पालन गर्नुपर्दा तिनीहरूका धेरै सपनाहरू, आकांक्षाहरू भताभुंग हुने तिनीहरू देख्न पुग्छन् । साथै तिनीहरूले बोक्दै आएका सामन्ती पुंजीवादी प्रवृत्तिहरू जस्तै घमण्डीपना, छाडा स्वतन्त्रता सबै छोडेर आम जनताको जीवनशैली अपनाउनुपर्ने हुन्छ । यसरी विभिन्न कारणवश तिनीहरूले प्रगतिशील विचारधारा, सर्वहारा दृष्टिकोण बोके तापनि व्यवहारमा तिनीहरूलाई पुँजीवादी सुख सुविधाले तानिराखेको हुन्छ । यसले गर्दा तिनीहरूमा बढी अवसरवाद हावी भएको देखिन्छ ।
यसको तुलनामा ग्रामीण क्षेत्रका अनपढ अर्थात् निम्न शिक्षित महिलाहरू जनयुद्धमा श्रावणको भेलजस्तै आबद्ध हुँदै गइरहेका छन् । अति संकटमय जीवनबाट थिचिएका, सामन्ती संरचनाले दासी बनाएका यी महिलाहरूको लागि जनयुद्धले एउटा ठूलो विकल्प दिएको छ । साँच्चै भन्ने हो भने कार्ल मार्क्सले भन्नुभएको ‘संसारका मजदुर एक हौ, तिमीहरूले गुमाउने केही छैनौं सिर्फ तिम्रा जंजीरहरू’ भन्ने भनाइ ती महिलाहरूलाई अझ बढी सान्दर्भिक हुनजान्छ । कारण ती महिलाहरूले चुँडाल्ने जंजीरहरू त पुरुषहरूले भन्दा बढी छन् जसबाट मुक्ति पाउन तिनीहरू अति आतुर हुन्छन् । तिनीहरू निपुण नहोलान् तर तिनीहरूमा सवहारा दृष्टिकोणको कमी हुँदैन । तर शिक्षित महिलाहरूमा निपुणताका गुण भए पनि तिनीहरू लाल कम हुन्छन् । बरु लाल भएका ती ग्रामीण महिलाहरू निपुण हुन त्यति कठिन नहोला तर निपुण भएका शिक्षित महिलाहरूलाई लाल बनाउन धेरै कठिन हुन्छ । कारण लाल महिलाहरूले शिक्षा, दीक्षा र सीप क्रमशः काम गर्दै जाँदा हासिल गर्न सक्छन् । तर निपुण शिक्षित महिलाहरूलाई लाल बनाउनका बढी गाह्रो हुन्छ । तसर्थ तिनीहरूलाई कसरी माओवादी जनयुद्धतिर आकर्षित लागि तिनीहरूले ठूलो र गुणात्मक फड्को मार्नुपर्ने हुन्छ जो तुलनात्मकरूपमा तुल्याउने भनेर माओवादीहरूले सोच्नुपर्ने हुन्छ । किनभने तिनीहरु यस्ता बुद्धिजीवी हुन् जो निपुण भएर लाल पनि भइदिए भने जनयुद्धको लागि तिनीहरू सर्वहारा वर्गका सिद्धान्तकार मार्गदर्शकहरू पनि प्रायः यही शिक्षित मध्यमवगबाट सुनमाथि सुगन्धसरह भइदिन्छन् । आखिरमा यसरी नै विश्व कम्युनिस्ट आन्दोलन आएका छन् र आउँछन् पनि ।
तसर्थ यी शिक्षित महिलाहरूलाई साम्यवादी विचारधारातिर कसरी तान्ने भन्ने विषयमा लेनिनले भन्नुभएको उक्ति उद्धृत गर्नु उपयुक्त होला: ‘बुद्धिजीवीहरूले क्रान्तिको लागि औला दिन खोज्छन् त्यसबेला हामीले उनीहरूलाई पूरै अंगालो हालेर समाउनु पर्दछ र क्रान्तिको पक्षमा ल्याउनुपर्दछ । तसर्थ ती महिलाहरूलाई माओवादी जनयुद्धतिर तान्नका लागि सर्वप्रथम ती महिलाहरूलाई लिंगीय शोषणलाई वर्गीय शोषणभित्र राखेर हेर्ने दृष्टिकोणको विकास गराउनुपर्दछ । संसदीय व्यवस्थाको द्वैध चरित्र नङ्गाइदिनुपर्दछ र त्यसबाट महिलाहरूले कहिले पनि पूर्ण मुक्ति पाउँदैनन् भनेर तिनीहरूलाई सडक आन्दोलनबाट पाठ सिकाउनेतिर लाग्नुपर्दछ । त्यस्तैगरी कसरी महिला शोषण निजी सम्पत्तिसित जोडिएको छ र यसको पूर्ण समाधान साम्यवादमा मात्र हुन्छ भनेर स्पष्ट गराउनुपर्दछ । साथै कसले सामन्ती नियम कानुनलाई कायम गरिराखेको हुन्छ र कसले साम्राज्यवादी विक्तिलाई सरक्षण दिएको हुन्छ भनेर तिनीहरूलाई व्यवहारतः बुझाइदिनुपर्दछ । जस्तै सौन्दर्य प्रतियोगिताको विरोध गर्दा, रक्सी, जुवा-तासको विरोध गर्दा, अश्लिल साहित्यको विरोध गर्दा, पुलिसले कसको संरक्षण गर्न जान्छ कसलाई दमन र गिरफ्तारी गर्छ, र साथै राज्यसत्ताले कसलाई संरक्षण दिन्छ ? ती सबै सडक आन्दोलनबाट नै स्पष्ट हुन्छन् । त्यस्तै बेलाबखतमा एन. जी. ओहरूका सक्कली अनुहारहरू चिनाइराख्नुपर्दछ । विशेषगरी कसरी तिनीहरूको काम साम्राज्यवादी शक्तिहरूसित जोडिएको हुन्छ भनेर पर्दाफास गर्नुपर्दछ र तिनीहरूको सुधारात्मक कामले अन्ततः कुन वर्गलाई फाइदा दिन्छ भनेर आम जनतालाई अवगत गराइराख्नुपर्दछ । अन्ततः जनयुद्धप्रति सहानुभूति राख्ने ती शिक्षित महिलाहरूलाई माओवादी प्रभाव भएको क्षेत्रमा लगेर त्यहाँका महिलाहरूलाई शिक्षा, दीक्षा, सिद्धान्त आदि दिलाउने अर्थात् त्यहाँको आन्दोलनलाई सघाउन पठाउनुपर्दछ । त्यस्तै तिनीहरूले त्यहाँ ग्रामीण महिला-पुरुषले अँगाल्दै आएको सर्वहारा दृष्टिकोण व्यवहारतः सिक्न पाउँछन् । यसले गर्दा लाल भएका महिलाहरूले जब जनयुद्ध हांक्न थाल्छन् तब त्यसले संसारलाई सक्कल अर्कालाई निपुणको साथसाथै लाल बन्न सिकाउँछ । यसरी निपुण? हल्लाउन्न र ?
– जनादेश २०५४, मंसिर २०