एक्काइसौं शताब्दीको पहिलो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदा गएको बीसौं शताब्दीमा महिलाहरूको स्थिति कस्तो थियो र यसको गर्भबाट कसरी अथम दिवसको जन्म भयो र आज यसको के कस्तो औचित्य र आवश्यकता छ भनेर सोच्नु र मन्थन गर्नु स्वाभाविक भएको छ ।
उल्लेखनीय के छ भने सन् १९०१ सम्म संसारमा कुनै महिलाहरूले मताधिकार पाएका थिएनन् । सायद त्यसैले होला, गएको बीसौ शताब्दीको युगलाई महिला हकहितको लागि सबभन्दा उथल-पुथलको युग थियो भनिन्छ । किनभने सामन्तवादको गर्भबाट पंजीवादको भूण विगतको शताब्दीमा नै स्थितिबाट निस्केर सामाजिक काममा पुरुषहरूसरह स्वतन्त्र ज्यालादारी मजदर उम्रिसकेको थियो । यसले गर्दा महिलाहरू आफनो घरभित्रको दासी अर्ध-दासीको भएर काम गर्न सुरु गरे। यसले महिलाहरूमा सामाजिक अधिकारहरूको बारेमा भ्राता कामाइरहेको थियो। यसरी एकातिर पुँजीबादले ल्याएको उत्पादन शक्ति त बढायो, तर पुरानो सामन्ती उत्पादन सम्बन्धले गर्दा महिलाहरूलाई अल्माइरह्यो। यही अन्तरद्वन्द्वको अभिव्यक्ति समाजमा पहिलोपल्ट महिला मुक्ति आन्दोलनको रूपमा विकास भयो । स्वतन्त्रता, समानता र जनवादका अधिकारहरू, जो पूँजीवादले उठाएका नाराहरू हुन्, ती महिलावर्गले पनि पाउनुपर्दछ भन्दै स-साना महिला क्लबदेखि ठूल्ठूला उद्योगमा काम गर्ने महिलाहरू आन्दोलित हुँदै गए। विशेषगरी उन्नाइसौं शताब्दीमा बढ्दै गएका सर्वहारा मजदुर आन्दोलनहरू, तिनमा पनि मुख्यतः १८७१ को पेरिस कम्युन विद्रोह, जसमा श्रमिकले श्रमिक महिलाहरूमा जुझारूपना बढाउँदै लगे । यसले गर्दा महिला मुक्ति आन्दोलन, जसको नेतृत्व बुजुर्वावर्गका महिलाहरूले गर्दै आएका थिए, को नेतृत्त्व विस्तारै सर्वहारा वर्गको मातहतमा जान थाल्यो । महान् महिला नेतृ क्लारा जेटकिन त्यही बढ्दै गएको सर्वहारा वर्गको आन्दोलनको भौतिक उपज हुन् । क्लारा जेटकिन जर्मन कम्युनिस्ट आन्दोलनकी एउटी अग्रज नेतृ मात्र नभएर श्रमिक महिला आन्दोलनको एक सशक्त व्यक्तित्व पनि थिइन् । उनले पुँजीवादमा अल्झिराखेका सीमित महिला आन्दोलनलाई आम सर्वहारावर्गको आन्दोलनमा रूपान्तरण गरिदिइन् । यस अभियानमा क्लारा जेटकिनलाई साथ दिने अन्य कम्युनिस्ट महिला नेतृहरू अलेक्जेन्डर कोलोन्ताई, क्रुप्सकाया, अर्नेसा आरमा आदि थिए ।
अन्तर्राष्ट्रिय रूपमा बढ्दै गएको कम्युनिस्ट आन्दोलनले समाजवादी महिला मुक्ति आन्दोलनलाई पनि अन्तर्राष्ट्रियकरण गर्ने भौतिक आधार बनाइदियो । फलस्वरूप सन् १९०७ मा स्टुटगार्डमा महिला समाजवादीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भयो, जसमा कनै लिंगभेद नगरिकन सबै ठाउँमा समान मताधिकारको प्रस्ताव पारित गरियो। दोस्रो अन्तर्राष्टिय सम्मेलन १९१० मा कोपन हेगनमा भयो । यही सम्मेलनले प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने ऐतिहासिक निर्णय गर्यो । ६ मार्च धनिन्का पछाडि एउटा ठूला सशक्त महिला मजदुर आन्दोलनको भूमिका थियो । उसो त युराप, अमेरिकामा पुजीवादको निर्मम शोषण प्रणालीको विरुद्ध स-साना मजदूरहरूका आन्दालन एउटा सशक्त र जुझारु मात्र नभएर त्यसले लामो आन्दोलनहरू भइरहेका थिए । तर अमेरिकाको न्यूयोर्क शहरमा भएको महिला समयसम्म आफ्ना आन्दालनलाइ कायम राख्न सफल भयो। त्यहाँका गार्मेन्ट र कपडा उद्योगमा कार्यरत महिलाहरूले १८ घन्टा काम गर्ने आफ्नो कामको अवधिलाइ १० घन्टामा झान्पने माग र साथै फ्याक्ट्री उद्योगभित्र अमानवीय काम गर्ने वातावरणमा सुधार ल्याउने आदि माग राखेर सन् १९०८ देखि १९०९ सम्म सशक्त रूपमा निरन्तरता दिदै गए र यसमा १९०९ ८ मार्च को दिनको आन्दोलन जुझारु र शक्तिशाली भएकोले यही दिनको संस्मरणमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय लिइयो। यही आन्दोलनले गर्दा महिला मताधिकार पाउनुपर्ने माग लिएर आम महिलाहरू आन्दोलित भए। फलस्वरूप अमेरिकामा पहिलोपटक सन् १९२० मा त्यहाँका महिलाहरूले रताधिकार पाए । आज विश्वभरिका मुक्तिकामी जनताको लागि ८ मार्च सघर्ष, सकल्प र संस्मरणको रूपमा मनाउने उत्सव भएको छ। यो यस्तो ऐतिहासिक मौका बन्दै आएको छ, जसले संसारभरिका निरंकुश देशहरूका फासीवाद विरुद्धको जागोमा घिउ थप्ने काम गरिराखेको छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र महिला मुक्ति आन्दोलन
रुसमा पहिलोपटक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सन् १९१३ मा अत्यन्त भूमिगत अवस्थामा मनाइयो । जारशाहको अत्यन्त कठोर फासीवादको विरुद्ध रक्षित त्यो महिला दिवस आखिरमा जारपुलिसको हस्तक्षेपले गर्दा समापन गर्न नदिइकन तितर-वितर पारियो। यसले आम श्रमिक महिला-पुरुषहरूमा झन् विद्रोहको ज्वाला दन्काइदियो । त्यसपछि लगातार यही दिनको उपलक्ष्यमा यस्तै विरोध कार्यक्रमहरू लुकिछुपी मनाइँदै गए । तर सन् १९१७ को ८ मार्चको इश्र.म. दिवसले एउटा निर्णायक मोड लियो । जारको निर्मम शासन, त्यसमाथि साम्राज्यवादी लडाइँमा जारले त्यहाँका जनतालाई अर्काको देशको स्वार्थमा लड्न पठाइरहेको अवस्थामा लडाइँले गर्दा देशभरि भोकमरीको अवस्था सृजना गरेको यो दिन मौका पारेर हजारौं संख्यामा महिला-बालबच्चाहरू रुसको प्रेटोग्राडका आदि-इत्यादि कारणले गर्दा महिलाहरूको धैर्यको बाँध टुटिसकेको थियो । तसर्थ लागि रोटी- अन्न दे ! हाम्रा लोग्नेहरूलाई युद्धबाट फर्काई दे। यो जुलुस यस्तो रुडकहरूमा आएर जारको विरोधमा उत्रे र नारा लगाउन थाले बालबच्चाहरूको विशाल, सशक्त र जायज थियो कि निरंकुश जार प्लिस-सेनाले त्यहाँ हस्तक्षेप गर्ने हिम्मत गर्न सकेन । यही सशक्त आन्दोलनले जारलाई अपदस्थ गर्ने नवम्बर वारविरोधी आन्दोलनलाई ठूलो सहयोग पुर्याइदियो । यसरी अ.श्र.म. दिवसले रुसको जरिबिरोधी आन्दोलनलाई विकसित गर्ने काम गर्यो ।
नेपालमा पनि अ.श्र.म. दिवसको लामो संघर्षमय इतिहास छ । ३० वर्ष एकतन्त्रीय पंचायती व्यवस्थाको विरुद्ध त्यहाँका मुक्तिकामी महिलाहरू, विशेषतः वामपन्थी महिलाहरूले अनेकौं जेल-नेल झेल्दै अ.न.म. दिवस मनाउँदै आएका थिए । ती आन्दोलनहरूमध्ये सन् १९६० को ८ मार्च दिवसले विशेष महत्त्व राख्दछ किनकि त्यतिखेर पंचायत विरुद्धको संघर्ष तेज रूपमा बढ्दै थियो। एकातिर पंचायती व्यवस्थाको निरंकश शासन अर्कातिर त्यतिबेला नेपालमाथि भारतको आर्थिक नाकाबन्दीले गर्दा महिलाहरूलाई त्यसले सृजना गरेको महंगी भौतिक कठिनाइहरूले सताउनसम्म सताएका थिए । तसर्थ त्यस दिनमा विरोधमा कार्यक्रम गरे। कार्यक्रमलाई बीचैमा प्लिसहरूले बिथोले र आयोजक महिलाहरूले ठूलो संख्यामा प्लिसहरूको उपस्थितिको कनै वास्ता नगरीकन काठमाडौंको पद्मकन्या क्याम्पसको प्रांगणमा निर्दलीय पंचायती व्यवस्थाको वक्ता, श्रोताहरू सबैजसोलाई पिप्लस हिरासतमा लगे। यसले आम जनतालाई अन्ततः पंचायतविरुद्ध परिचालित गरिदियो । फलस्वरूप त्यहाँ बत्ती निभाउने थाल ठटाउने, चुरा-पोते पठाउने जस्ता सृजनात्मक विद्रोहस्वरूप यौ आन्दोलनहरूमा बालबच्चाहरूलाई अघि सारेर महिलाहरू यस आन्दोलनमा होमिए । परिणाम यो भयो कि केही दिनपछि निरंकुश पंचायती व्यवस्था ढल्यो। त्यसको ठाउँमा त्योभन्दा सीमित प्रजातान्त्रिक हक अधिकार पाइने बहुदलीय व्यवस्था आयो ।
आज त्यही अ.श्र.म. दिवसले नेपालमा जनयुद्ध संचालन भइसकेपछि गुणात्मक फड्को मारेको छ । अब यो दिवसले नेपालको व्यवस्था विरुद्ध मात्र संघर्ष नगरेर सीधै राज्यसत्तालाई नै चुनौती दिदैछ । हिजो यसको स्वरूप धेरै हदसम्म लिंगीय शोषणको विरुद्ध र कममात्रामा राज्यसत्ताको निरंकुशताको विरुद्ध लक्षित थियो भने आज यसले वर्गीय रूप लिदैछ, आमूल परिवर्तनको रूप लिदैछ।
आज अफगानिस्तानमा समेत त्यहाँका महिलाहरूले यही दिवसको मौका छोपेर त्यहाँको तालिवान शासनको विरोध गर्दैछन् । सन् १९९० को ८ मार्चको दिन पाकिस्तानको क्वेटा भन्ने सहरमा पहिलोपटक त्यहाँका हजारौं अफगानी महिला शरणार्थीहरूले तालिवानको मध्ययुगीन सामन्ती प्रथाको विरोधमा आवाज उठाए। आज त्यहाँका महिलाहरू सम्पूर्ण शरीरलाई ढाकेर घरभित्र बस्न बाध्य भएका छन् । सामाजिक उत्पादनशील कामबाट तिनीहरू पूर्ण वञ्चित छन्। स्वइच्छाले विवाह गर्ने सम्बन्ध विच्छेद गर्नेहरूलाई फाँसीवादी सरकारले ढुंगा, कोर्राले प्रहार गरेर दण्ड दिदैछ । त्यसमाथि संसारले त्यस देशमाथि कायम गरेको आर्थिक नाकाबन्दीले गर्दा महिलाहरूको जीवन झन् जटिल बन्दै गइरहेको छ। यसले गर्दा त्यहाँका महिलाहरू विस्फोटक अवस्थामा रहेका छन् । तसर्थ गएको १९९९ को ८ मार्चको श्रमिक महिला दिवस त्यो विद्रोहको एउटा झिल्को बन्न गएको छ ।
वर्तमान परिस्थितिमा ८ मार्चको महत्त्व
उन्नाइसौं र बीसौं शताब्दीमा उठेका महिला मुक्ति आन्दोलनहरू आज किनकि त्यहाँको मजदुर आन्दोलनलाई त्यहाँको साम्राज्यवादी अर्थतन्त्रले कमाएको ग्रोप, अमेरिकाबाट तेस्रो विश्वका मुलुकहरूमा सर्दैछन । यो हुन् स्वाभाविक हो अतिरिक्त धनबाट केही सुख-सुविधा दिएर त्यसलाई मत्थर गर्ने काम गरिराखेको छ । त्यहाँको मजदुर आन्दोलनमा आएको संशोधनवादले त्यहाँको महिला-मुक्ति आन्दोलनलाई पनि वर्गीय मुक्ति आन्दोलनभन्दा पृथक् आन्दोलनमा परिणत गरिकन त्यसको गतिशीलतामा ह्रास ल्याइसकेको छ ।
आज तेस्रो विश्वका देशहरू क्रान्तिको केन्द्रविन्द बन्दै छन् । यसले गर्दा त्यहाँको महिला मुक्ति आन्दोलनलाई झक्झकाउने काम भइराखेको छ । यहाँ क मार्चको संघर्षमय इतिहास अझ सान्दर्भिक भएर आएको छ । किनकि, साम्राज्यवादले ल्याएको तीव्र भूमण्डलीकरण र उदारवादी अर्थतन्त्रले यहाँका जनतालाई सबभन्दा धेरै चेपेको छ । अतिरिक्त नाफा कमाउने नाममा तिनीहरूले यी गरिब देशहरूको पूरा सामाजिक, आर्थिक संरचनालाई नष्ट गर्दै छन् । सरकारले दिइरहेको सीमित सामाजिक सुरक्षा जस्तै स्वास्थ्य, शिक्षामा लगानी गर्दै आएको पैसा-स्विधामा कटौती गर्दैआएको छ । उता बहुराष्ट्रिय कम्पनीको इसारामा राष्ट्रिय उद्योग, कलकारखानाहरू निजीकरण गरेर आम बेरोजगारीको सख्या बढाउँदै छ । हिजोको संघर्षबाट प्राप्त मजदुरहरूको श्रम संरक्षणसम्बन्धी कानुनहरू क्रमशः निष्क्रिय भइरहेका छन् । हिजोको उद्योग केन्द्रित केन्द्रीकृत उत्पादन प्रणालीलाई खण्ड-खण्डमा विभाजन गरेर हरेक स-साना कामलाई ठेकेदारी र उपठेकेदारीको माध्यमबाट श्रमिक मजदुरहरूलाई अझ शोषण गर्ने, अझ खण्डित गर्ने, अझ सुविधाविहीन बनाउने काम भइरहेको छ। यस्तो खालको श्रम नीतिले आम जनतालाई बेरोजगार, अर्ध-बेरोजगार बनाएको छ भने जसले पूर्ण रोजगारी पाएको छ, त्यसलाई अतिरिक्त शोषण गर्दैछ । यसको विशेष मार श्रमिक महिलाहरूमा पर्न गइरहेको छ। आफ्नो लोग्नेको कमाइ नहुँदा अर्थात् उसको न्यून ज्यालाले गर्दा उनीहरू आफ्नो घरको कामको साथसाथै घरबाहिरको काममा अझ बढी अल्झन बाध्य भइरहेका छन् । त्यसले पनि परिवार धानेन भने अझ अरू काम खोजेर घरमा ल्याएर आफ्ना बाल-बच्चाहरूलाई समेत त्यो कामा लगाउन विवश भएका छन् । यसरी साम्राज्यवादी अतिरिक्त शोषणको जालमा सम्पूर्ण परिवारलाई फसाउने काम भइरहेको छ। त्यसमाथि त्यही बेरोजगारी र न्यून आयको फाइदा उठाएर धनी-पूँजीपति र साम्राज्यवादका एजेन्टहरूले ती श्रमिक महिलाहरूमाथि थप यौनको शोषण गर्दैछन् । यसरी दास युगमा महिला दासीले भोग्दै आएको बर्बर शोषण आज कम्प्युटर युगमा पैसाको माध्यमबाट झन् तीव्र भइरहेको छ। यसले गर्दा तेस्रो विश्वका देशहरूमा बढ्दै गएको महिला मुक्ति आन्दोलनले दिन प्रतिदिन वर्गीय रूप लिदैछ । तसर्थ आजको सडक र सशस्त्र आन्दोलनमा पुरुषहरूको हाराहारीमा महिलाहरू पनि पाखुरा कस्दै बन्दुक भिर्दै अगाडि बढ्दै छन् । आजको युगमा तिनीहरूको विद्रोह गर्नु बाहेक अरू केही उपाय छैन । महिलाहरूले विद्रोह गर्न भनेको परै परिवारको विद्रोह हो । तसर्थ त्यो एउटा गम्भीर आर्थिक संकटको संकेत हो । यही विद्रोहको सन्देश आज प्रत्येक देशमा अ.श्र.म. दिवसको माध्यमबाट गुज्रिरहेको छ । त्यसैले आमूल परिवर्तनमा विश्वास राख्ने प्रत्येक देशका पार्टीहरूले यस दिवसको महत्त्व बुझेर यसलाई शोषणयुक्त समाजलाई खरानी पार्ने झिल्कोको रूपमा प्रयोग गर्नेतिर लाग्नै पर्दछ । यही नै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन्को सार्थकता हो ।
– नेपाली एकता मञ्च, फरवरी सन् २०००