Posted on

संसारमा के देखिएको छ भने, जहाँ दीर्घकालीन जनयुद्धको आधारमा युद्ध भइरहेको छ त्यहाँ त्यहाँ आधारइलाकाको निर्माणको प्रश्न एउटा चुनौतीको विषय हुन गएको देखिन्छ । यस्तो हुनु स्वाभाविक पनि हो । किनभने जनयुद्धको दौरानको * यस्तो अवस्था हो जनबला सिद्धान्तलाई व्यवहारमा उतार्ने यो अभ्यास हो । इससे एकातिर दुश्मनको सत्तालाई क्रमशः कमजोर पार्दै बाहिरी रूपमा दुश्मनसित चल्ने वर्गसंघर्षलाई तीव्र पारिदिन्छ भने अर्कोतिर जनयुद्ध हाँक्ने टीभित्र क्रमशः पाटीभित्रको शक्तिलाई समष्टीकरणको माग गर्दै भित्री रूपमा बल्ने अन्तर-संघर्षलाई अझ उचाइमा पुऱ्याइदिन्छ । बाहिरी रूपमा वर्ग-संघर्षको दौरानमा दुश्मनले आफ्‌नो प्लिसले मात्र नपुगेर उसको अन्तिम हतियार सेनालाई समेत मैदानमा उतार्छ । भित्री रूपमा यसले जनयुद्ध हाँकिराखेको पार्टीभित्र आफ्ना एजेन्टहरू पठाएर त्यहाँ चल्ने अन्तर-संघर्षलाई प्रदुषित गर्न खोज्दछ । यसको विपरीत जनयुद्ध हाँक्ने पाटीले नयाँ जनवादी सत्ताको अभ्यास गर्ने क्रममा आउने विविध खालको अवसरवाद, सारसंग्रहवाद, अराजकतावाद आदि विरुद्ध निर्मम लड्नको लागि पार्टीको नेतृत्वपक्तिदेखि तलसम्म अझ सुदृढ गर्ने कार्य शैली अपनाउन खोज्दछ यहींनिर पार्टीभित्र नेतृत्वको भूमिका, त्यसभित्र चल्ने अन्तर-संघर्षको महत्त्व बुझ्नु अति जरुरी हुन्छ । यस परिप्रेक्ष्यमा हालै सम्पन्न भएको ने.क.पा. (माओवादी) को केन्द्रीय समितिको पूर्ण बैठकले लिएका निर्णयहरू सान्दर्भिक छन् ।

आधारइलाकाको प्रश्न

दीर्घकालीन जनयुद्धका रणनैतिक लक्ष्यहरूमध्ये एउटा अत्यन्त महत्त्वपूर्ण लक्ष्य हो आधारइलाकाको निर्माण । वास्तवमा आधारइलाकामा हुने स्थानीय सत्ताका अभ्यासहरू पार्टीको लागि भविष्यमा सम्पूर्ण देशमा अभ्यास गर्ने नौलो जनवाद सत्ताको एउटा छोटो-पूर्वाभ्यास (minirehearsal) जस्तो हो । तसर्थ आधारइलाकामा अपनाएका नयाँ आधारमा नयाँ सत्ताको निर्माण, नयाँ उत्पादन सम्बन्ध, नयाँ उत्पादन प्रणाली आदिले भविष्यमा देशभरि अभ्यास हुने नौलो जनवादी सत्ताको आधार तयार पारिदिन्छ । जसरी दिनको आभास बिहानीबाट थाहा हुन्छ त्यस्तै भोली आउने सत्ताको आभास आधारइलाकामा स्थानीय रूपमा चलेको सत्ताबाट थाहा हुन्छ । त्यसैले त्यस्ता अभ्यासहरू देखेर आम जनतामात्र उत्सुक नभएर प्रतिक्रियावादीहरूले पनि यसलाई ध्यान दिएर हेरिराखेको छ । आधार इलाकाको निर्माणले एकातिर संशोधनवादी पार्टीहरूलाई उनीहरूको बीचमा रहेको सिद्धान्त र व्यवहारको अनमेल, पाखन्डीपनालाई उदांगो पारिदिएको छ भने यसले प्रतिक्रियावादी पार्टीहरूको जगबाट नै इँटाहरू एक एक गरी खसेको अनुभूति गराइदिएको छ । त्यसैले संशोधनवादी पार्टीहरू आज ने.क.पा. (माओवादी) हरूको विरुद्ध कुकुरले भुके जस्तो भुक्दैछन् । कागले कराए जस्तो को कां कराइरहेका छन् । उता प्रतिक्रियावादी पार्टीहरूले त जनता नै मार्न थालेका छन, अपहरण गर्नथालेका  छन्  आफैले बनाएका कलेज, स्कूलहरू जलाउन थालेका  छन्  ।

आधारइलाकाको प्रश्न आज नेपाली कांग्रेस, एमाले जस्तो कुकुर र बिरा लड़ने पार्टीहरूलाई जनयुद्धको विरुद्ध संयुक्त मोर्चा बनाउन बाध्य बनाएको छ। त्यसमा मसाल जस्तो मौका छोप्ने कागलाई समेत समेटन प्रयास भइरहेको छ। देशभित्रको यो संयुक्त मोर्चालाई बलियो बनाउनको लागि अन्तर्राष्ट्रियस्तरमा समेत भारतीय विस्तारवाद र अमेरिकन साम्राज्यवादको बीचमा संयुक्त मा बनेको छ। साँच्चै आधारइलाकाको प्रश्नले कस्तो दरगामी असर पार्दोरहेछ भन्ने आज विस्तावाद र साम्राज्यवादका नांगो हस्ताक्षेपले नेपालको संसद भवन दलान हालै सम्पन्न भएको निर्वाचनले नेपाली जनतालाई राम्ररी शिक्षित गरेको छ। भवन (Stock market) जस्तो भइसकेको छ । जहाँ भारतीय मुद्रा र अमेरिकी मुद्राको बीचमा प्रतिस्पर्धा चल्दैछ, जहाँ नेपाली मुद्रा बहिष्कृत हुँदैछ ।

यहाँ विचार गर्नुपर्ने कुरा केमा छ भने आधारइलाकाको निर्माणले ने.क.पा (माओवादी) पार्टीभित्र पनि नयाँ किसिमको नेतृत्व, नयाँ किसिमको अन्तर-संघर्ष कार्यशैलीको माग गरेको छ ।

नेतृत्वको प्रश्न

हरेक क्रान्तिको प्रश्न भनेको नेतृत्वको प्रश्नसित जोडिएको हुन्छ । नेतृत्वको सवाल आज ने.क.पा. (माओवादी) पार्टीभित्र मुख्यतः AGINE IS A GOOD THING BUT BORING आधारइलाका निर्माण गर्ने सन्दर्भमा उठेको थे। रणनैतिक रूपमा दृढ र कार्यनैतिक रूपमा लचक राख्ने नेतृत्वको माग गरेको छ। विज्ञान र लाई सन्तुलित किसिमले चलाउने नेतृत्वको माग गरेको छ । त्यस्तो नेतृत्वलाई स्थापित गर्ने भनेको सर्वहारा वर्गको विचारधारालाई स्थापित गर्ने हो। किनभने नेतृत्व भनेको विचारको केन्द्रीकरण हो। तसर्थ ठीक विचारले प्रतिनिधित्व गर्ने नेतृत्व भयो भने त्यसले भट्केको मान्छेलाई समेत सजिलैसित ठीक ठाउँमा ल्याउन सकिन्छ, त्यसलाई पुनर्वास गराउन सकिन्छ तर ठीक विचारको प्रतिनिधित्व गर्ने नेतृत्व भएन भने असल मान्छेलाई समेत पाखा लगउने वातावरण सृजना हुन्छ यसले अन्ततः आधारइलाकाको निर्माणमा घाटा पुऱ्याइदिन्छ । माओले ठीक राजनैतिक लाइन र नेतृत्वको कुरा गर्दा भन्नुभएको थियो कि यदि लाइन ठीक भएन भने त्यहाँ एउटा नेताको त कुरै छोडौं, त्यहां संयुक्त नेतृत्वले समेत काम दिदैन । अर्थात् मुख्य कुरा लाइन हो, त्यसपछि नेतृत्व वा नेतृत्वको विधि हो जसको माध्यमबाट त्यो ठीक लाइन केन्द्रित भएर आउनु पर्यो। तसर्थ ने.क.पा. (माओवादी) का महामन्त्री क. प्रचण्डले त्यही ठीक लाईनको केन्द्रीकृत अभिव्यक्त गरिराखेको गर्दा वहाँलाई स्थापित गरेको हो। तर अवसरवादी, प्रतिक्रियावादीले नेतृत्वको प्रश्नलाई समग्र रूपमा नहेरेर व्यक्तिकरण गर्न आजिराखेको छ। अंशमा झार्न खोजिराखेको छ । विचारमा आधारित नेतृत्वलाई प्रतिस्पर्धामा आधारित गैर-वैचारिक नेतृत्व होडबाजीको रूपमा प्रस्तुत गर्न खोजिराखेको छ ।

आधारइलाकाका भ्रूणहरू बनिसकेपछि नेतृत्वको सवाल झन् संवेदनशील बनेको छ। कारण अब त्यहाँ विचारको प्रश्न पनि आएको छ । स्थानीय सत्ता चलाउने कार्यशैली अन्ततः पार्टीभित्र चल्ने अन्तर-संघर्षको कार्यशैलीमा भर पर्दछ । तसर्थ पार्टीभित्र चल्ने अन्तर संघर्षको विधि पनि त्यत्तिकै वैज्ञानिक हुनुपर्दछ जति नीति निर्धारण गर्ने सवालमा हुन्छ ।

अन्तरसंघर्षको प्रश्न

हाम्रो जस्तो सामन्ती संस्कारले कम्युनिस्ट आन्दोलनमा दई लाइन संघर्षको विधि कहिले पनि स्वस्थ रहेन । सधैं त्यसले फटको वातावरण जन्माउँदै गयो । त्र जब दीर्घकालीन जनयुद्धमा आधारित नौलो जनवादी क्रान्तिको अब धारणाले भर्तरूप लिन थाल्यो तबदेखि यो परम्परा क्रान्तिकारी पाटीमा मण्ड हंदै गयो । हालै सम्पन्न भएको ने.क.पा. (माओवादी) को केन्द्रीय समितिको पर्ण बैठक यस मामलामा उच्च रहयो किनकि त्यहाँ अपनाएको अन्तर-संघर्षको कार्यशैली सांचैनै महान् सर्वहारा साँस्कृतिक क्रान्तिको मूल स्पिरिटबाट अभिव्यक्त भयो। त्यो हो, छता, सीधा र स्पष्ट बहसहरूको माध्यमबाट । वास्तवमा करिब ७०० जना सहिदको रगतले सिचेको यो पार्टीले सबैलाई आफनो गल्ती, कमजोरीहरू विरुद्ध निर्मम गराउन बाध्य गरायो । यस्तो बाध्य गराउने अर्को ठूलो शक्तिहरू हुन पार्टी बाहिरका शुभचिन्तकहरू जसले सरकारको अनेकौं दमन बावजुद निस्वार्थ किसिमले जनयुद्धलाई विभिन्न तहबाट, किसिमबाट सहायता गर्दै आएका छन् । वास्तवमा अन्तर-संघर्षले पार्टीलाई जीवन दिन्छ भने यसलाई राम्रोसित चलाएन भने मृत्युलाई पनि जन्माउँछ । जनयुद्ध हाँकेको पार्टीले के बुझेको छ भने यहां व्यक्तिमात्र सहिद नभएर क्रान्ति पनि सहिद हुन बेर छैन। त्यसैले यो पूर्व बैठक ऐतिहासिक रह्यो किनकि त्यहाँभित्र चलेको अन्तर-संघर्षले मृत्यु जन्माएन, जीवन जन्मायो । त्यसले प्रत्येक व्यक्तिभित्र रहेको क्रान्तिकारी पक्षलाई जितायो, तिनीहरूभित्र रहेको अवसरवादी पक्षलाई हरायो। लेनिनले ठीक भन्नुभएको थियो कि संसारमा कति क्रान्तिकारी पार्टीहरू आए र गए किनकि आफूप्रति निर्मम हुनको सट्टा घमण्डी भए र तिनीहरूले आफ्‌ना कमजोरीहरू माथि छलफल चलाउन हिम्मत गरेनन् ।

आधारइलाकाको निर्माणले एकातिर उच्च प्रकारको माग गरेको छ भने अर्कोतिर यसले उच्च प्रकारको केन्द्रीकरणद्वारा सत्ता संचालनको माग गरेको छ । वास्तवमा नयाँ सत्ता निर्माण गर्दा त्यहाँ जनवादको अभ्यासको आधारले नै समाजका विभिन्न तप्काका जनतालाई परिचालन गर्न सक्दछ । यहीनिर के बुझ्नु जरुरी छ भने जनवादबिना त्यहाँ ठीक किसिमले केन्द्रीकरण हुँदैन किनभने मानिस मानिसबीचको विचार फरक फरक हुन्छ। यदि तिनीहरूको विचारमा पर्याप्त मात्रामा जनवादको अभ्यास पुगेन भने विचारको एकीकरणमा कमजोर हुन जानेछ । त्यसले गर्दा केन्द्रीकरण कमजोर हुन पुग्दछ । पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले उच्च जनवादको आधारमा नयाँ, उच्च एकता हासिल गरेकोले यसले स्वतः स्थानीय जनवादी सत्ताहरूमा नयाँ किसिमको लहर ल्याउने छ। यस पूर्ण बैठकले प्राप्त जीतबाट अवसरवादी, प्रतिक्रियावादीहरू पराजित भएका छन् । प्रतिक्रियावादी पत्रपत्रिकाहरूमा तल्लो स्तरमा ओर्लेर माओको भनाइलाई पुनः पुष्टि गरिदिएका छन् । माओले भन्नुभएको थियो कि साम्राज्यवादी र प्रतिक्रियावादीहरूको चरित्र नै यस्तो हुन्छ कि उनीहरूले गडबडी गर्छन्, अनि असफल हुन्छन फेरि गडबडी गर्छन अनि फेरि असफल हुन्छन्- यो क्रम तबसम्म चलिरहन्छ जबसम्म तिनीहरू ध्वस्त हदैनन् । यसको ठीक विपरीत संघर्ष गर्छन फेरि असफल हुन्छन् जबसम्म तिनीहरूले विजय हासिल गर्दैनन् । सर्वहारा वर्गको चरित्र यस्तो हुन्छ कि उनीहरू संघर्ष गर्छन्, असफल हुन्छन्, फेरि चल्ने छलछाम, डिप्लोमेसी चल्दैन । मसाल जस्तो पार्टीभित्र संसदका सिट देखाएर अर्थात् क्रान्तिकारीहरू संघर्षबाट डराउँदैनन् । किनकि त्यहाँ एमाले पार्टीभित्र लोभ्याउने चल्दैन । संशोधनवादी पार्टीहरूले जसरी सारसंग्रहद्वारा विवादलाई हल गर्न पाइँदैन । यहाँ त विचारको आधारमा निर्मम संघर्ष चल्छ । खुल्ला, स्पष्ट र उच्च धरातलमा उभिएर । वास्तवमा युद्ध निर्मम हुन्छ । युद्धले पार्टी बाहिरको मात्र होइन पार्टीभित्रको गलत मान्छेलाई पनि सिध्याइदिन्छ । माओले भन्नुभएको थियो क्रान्तिकारी युद्ध जहर खत्तम गर्ने एउटा यस्तो औषधि हो जसले दुश्मनको जहर मात्र खत्तम गर्दैन बरु यसले हामीभित्रका फोहोरमैला पनि साफ गरिदिन्छ ।

संक्षेपमा भन्नुपर्दा आधारइलाकाको निर्माणको सन्दर्भमा अब जनयुद्ध हाँक्ने पार्टीभित्र नीतिमात्र ठीक भएर पुग्दैन त्यहाँ नियम पनि ठीक हुनुपर्दछ । त्यस्तै नीति र नियमको व्याख्या पनि पूर्ण रूपले जनवादी प्रणालीको आधारमा हुनुपर्दछ । त्यसले स्वतः नेतृत्वको केन्द्रीयकरणलाई स्थापित गराइदिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *