विषय प्रवेश
जबदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले नौलो जनवादी क्रान्तिको निमित्त दीर्घकालीन जनयुद्धको थालनी गर्यो तबदेखि नेपालमा राज्यसत्ताको प्रश्न इलाकाबाट छापामार इलाका हृदै आधारइलाकासम्म पुग्यो यस विषयले भन् केन्द्रीय प्रश्न हुँदै आएको छ । जनयुद्धको विकासको क्रममा छापामार कार्वाहीका मतरूप लिन थालेको छ किनभने आधारइलाका भनेको नै नौलो जनवादी स्थानीय सत्ता हो । यसको मर्त अभिव्यक्ति क्रान्तिका तीन जादगरी हतियार क्रान्तिकारी मार्टी जनसेना र संयुक्त मोर्चाको माध्यमबाट हुन्छ ।
युद्धरत अवस्थामा आधारइलाका भनेको मूलतः जनसेनाको शक्ति संचय, रक्षा र विस्तार गर्ने सैनिक अखाडा हो । जसको मूल काम प्रतिक्रियावादी संरचना र त्यसको फौजलाई ध्वस्त गर्ने हो । साथै यो सामन्तवाद, साम्राज्यवाद विरोधी नौलो जनवादी सत्ताको राजनैतिक अखाडा पनि हो यसको काम समाजवादउन्मुख नयाँ अन्तरिम राज्यसत्ता र संस्कतिको निर्माण गर्ने हो । तसर्थ आधारइलाकालाई एकातिर फौजी र अर्कोतिर राजनैतिक अखडाको रूपमा बुझनुपर्ने हुन्छ जसलाई संचालन र निर्देशन गर्ने वैचारिक अखाडा मालेमावादले लैस कम्युनिस्ट पार्टी हुन्छ ।
त्यसैले यहाँ आधारइलाकामा मलिाहरूको सहभागिताको प्रश्नबारे कुरा गर्दा हामीले यी तीनवटै क्षेत्र अर्थात् पार्टी, सेना र मोर्चामा महिलाहरूको सहभागिताको चर्चा गर्नु उपयुक्त हुनेछ ।
पार्टीमा महिलाहरूको भूमिका
आधारइलाका निर्माणको सन्दर्भमा कम्युनिष्ट पार्टीको नेतृत्वदायी भूमिका निर्णायक हुन्छ । किनकि पार्टी भनेको नीतिनिर्माण गर्ने थलो हो। नीति ठीक भएमा मात्र नेतृत्वले सेना र मोर्चालाई ठीकसंग हाँक्न सक्छ। पार्टी सैद्धान्तिक, संगठनात्मक रूपमा चुस्त, बलियो र एकीकृत भएपछि बन्दूक विचारको मातहतमा चल्छ । जनसत्ता मालेमावादको योजना अनुसार चल्छ। यो कुरा पार्टीभित्र कार्यरत महिलाहरूले राम्ररी आत्मसात् गर्नुपर्दछ । उनीहरूले कुन प्रधान, कुन गौण पक्ष भनेर चिन्न सक्नुपर्दछ । बन्दूक पहिले कहिल्यै नदेखेकाले अहिले बन्दूक बोक्दैमा जनसेना नै सबथोक हो भन्ने प्रवृत्ति आउन सक्दछ । बन्दूक शक्तिशाली हतियार हो भन्दैमा युद्धमा छिटै जीत हुन्छ भन्ने सोचले दीर्घकालीन जनयुद्धको मर्मलाई आझेलमा पार्न सक्दछ । यी सबले गर्दा वैचारिक नेतृत्व गर्ने पार्टी र यसका पद्धतिलाई अपहेलना गर्ने वातावरण सिर्जना हुन सक्दछ । परिणामस्वरूप महिलाहरूमा फौजीवादी चिन्तन हावी हुन सक्दछ । अर्कोतिर यगौंदेखि चलोचौकोको घेराभित्र बसेका महिलाहरू अहिले संयुक्त मोर्चामा बस्दा महिला मोर्चा नै सबथोक हो भनेर बस्न थालियो भने त्यहाँ पृथकतावादी, दक्षिणपन्थी भडकाव आउन सक्दछ । नौलो जनवादी क्रान्ति भनेको अन्ततः समाजवाद हुँदै वर्गविहीन र राज्यविहीन साम्यवादसम्म पुग्ने अभियानको चालनी हो। तसर्थ नौलो जनवादी सत्ता पनि पाटीको नेतृत्वमा चल्नुपर्दछ । यस विसर्जनवादबाट मुक्त गराउँछ । त्यसैले सबभन्दा पहिले महिलाहरूको वणीय जोगाउँछ भने अर्कोतिर महिला आन्दोलनलाई नै निषेध गर्ने उग्रवामप महिला आन्दोलनलाई पनि एकातिर दक्षिणपन्थी महिलावादी आन्दोलनबाट चेतना भरिनुपर्दछ ।
पाटीमा कार्यरत विभिन्न तहका महिलाहरूले आ-आफ्ना तहमा चल्ने लाइन संघर्षमा भाग लिनुपर्दछ । मैत्रीपूर्ण अन्तरसंघर्षमा चल्ने एकता, संघर्ष रूपान्तरणको विधि सिक्नुपर्दछ । एकताको नाममा सधै निरपेक्ष एकतामा जोड त्यस्तै पाटीभित्र बहसको क्रममा त्यहाँ जनवादी केन्द्रीयताको अभ्यास कसरी गर्ने दिने, संघर्षको नाममा सधै निरपेक्ष संघर्ष गर्ने जस्तो एकोहोरो बानी छाड्नुपर्दछ। भन्ने सिक्नुपर्दछ । जनवादको नाममा जहाँ पायो त्यहीँ आफ्ना मत राख्दै हिड्ने वा नोकरशाही प्रवृत्तिले राज गर्दछ । दून्द्वात्मक भौतिकवादी सोचाइले राज गर्नुपर्ने वा केन्द्रीयताको नाममा फरक विचार नै नसुन्न भयो भने त्यहाँ अराजकतावाद सैद्धान्तिक ज्ञान बढाउँदैनन् तिनीहरू पार्टीको नीति निर्धारणगर्ने ठाउँमा पुग्न ठाउँमा यान्त्रिकता, दव्व्पनाले राज गर्न थाल्दछ । जबसम्म महिलाहरूले आफनो सक्दैनन्, नेतृत्वको पक्तिमा विकास गर्न सक्दैनन् । यसले गर्दा पार्टीभित्र महिर सम्बन्धी नीति निर्माण गर्नेकाम ओझेलमा पर्न जान्छ । अनि पार्टीभित्र अनेकौ महिला रूपका सामन्तवादी, रुढीवादी, संकीर्णतावादी, छाडावादी चिन्तन र लिंगीय भेदभावहरूले राज गर्न थाल्दछन् । परिणामस्वरूप त्यहाँ सिद्धान्त र व्यहारबीच चिनियाँ पर्खाल खडा हुनछ। अनि पार्टी जनतावाट अलग्गिन थाल्दछ। यस्तो अवस्थामा जनदिशा ओझेलमा पर्न जान्छ। त्यहाँ फौजी सोचाईले राज गर्न थाल्दछ । तसर्थ पार्टीले महिलाहरूलाई सैद्धान्तिक र संगठनात्मक कामहरूमा सचेत रूपमा विकास गर्ने वातावरण बनाई दिनु पर्दछ । सधै तिनीहरूलाई जनवर्गीय मोर्चामा मात्र अथवा पार्टीका तल्ला तहहरूमा मात्र सीमित गराएर उपयोग मात्र गरेको आभास दिनु हुन्न । महिला समुदाय भनेको कम्युष्टि आन्दोलनलाई साम्यवादसम्म पुऱ्याउने भरपर्दो आधारभूत समुदाय हो । किनकि महिला मुक्तिको जरो सम्पत्तिविहीन, वर्गविहीन र राज्यविहीन संरचनासित जोडिएको छ जो साम्यवाद आएपछि मात्र सम्भव छ र अहिले बन्ने आधारइलाका साम्यवाद प्राप्तिको पहिलो खुड्किलो हो। त्यसैले आधारइलाकाहरूको जग राम्रोसँग बसाल्न आधा आकाश र आधा धर्ती ओगटेका महिलाहरूको पार्टीकरणमा विशेष ध्यान दिनुपर्दछ ।
जनसेनामा महिलाहरूको भूमिका
‘सत्ता बन्दुकको नालवाट जन्मिन्छ’ भन्ने माओको भनाइको मर्म आधारइलाका निर्माणको प्रक्रियामा बढी मूर्त रूपमा देखा पर्दछ । किनकि प्रतिक्रियावादी सत्ता चाहे त्यो विकट इलाकाको कुनै सानो इकाई किन नहोस् त्यसलाई जनसेनाले परास्त गरिसकेपछि मात्र त्यहाँ आधारइलाका निर्माण गर्ने जग बस्छ । वास्तवमा सेनालाई जनसेनाको रूप दिने तत्वहरूमध्येमा एक सशक्त तत्व हो त्यहाँ महिलाहरूको सहभागिता । प्रतिक्रियावादी सेना र जनताको जनसेनामा आधारभूत भिन्नता नै यसमा छ र प्रतिक्रियावादी सत्ताले न महिला शक्तिलाई विश्वास गर्दछ न त्यसलाई निर्णायक युद्धमा उतार्न हिम्मत गर्दछ । पनि शाही सेनामा महिलाहरूलाई भर्ती गर्न निषेध गरेको कराले यसको हालसम्म पनि राम्ररी पुष्टि गर्दछ ।
यहाँ जनसेना भन्नाले एकातिर आधार शक्तिको रूपमा सुरक्षा दस्ता अथवा जनमिलिसिया हुन्छ भने आर्कोतिर ‘मुख्यशक्ति’ को रूपमा सेना हुन्छ जसको स्वरूप स्थानीयदेखि राष्टिय स्तरसम्मको हन्छ । जनमिलिसिया वास्तवमा त्यस्तो आधारभूत शक्ति हो जसको कार्यस्थल गाउँ गाउँसम्म हुन्छ । यसले आम जनतालाई सुरक्षा दिने तिनीहरूको प्रतिरोध शक्ति बढाउने जनताको बीचमा उत्पादन र निर्माण सम्बन्धी काम गर्ने जनयुद्धको प्रचार प्रसार गर्ने आदि काम गर्छ। यो जनतासित प्रत्यक्ष जोडिएर काम गर्ने अर्धफौजी हो, जसले स्थानीय स्तरका प्रतिक्रियावादी शक्तिमाथि अधिनायकत्व कायम गर्न मद्दत गर्छ र जनतालाई जनवादी तरिकाले सत्ता संचालन गर्न मद्दत पुऱ्याउँछ । यहाँ महिला मिलिसियाहरूको तुलनात्मकरूपमा बढी भूमिका हुन्छ । पसम्परागत रूपमा महिलाहरू नयाँ घर, नयाँ ठाउँमा आम जनतासित सजिलै सहज ढंगले घुलमिल गर्न सक्छन् । यसले संगठन विस्तार र सेल्टरको व्यवस्था गर्ने जस्ता काममा विशेष मद्दत पुऱ्याउँछ । साथै जनयुद्धको संदेश जनतामा पुऱ्याउन र भ्रमको खेती गर्ने प्रतिक्रियावादी शक्तिलाई तल्लो तहदेखि व्यवहारवाट नै नंग्याउले काम गर्नसक्छन् । अन्त्यमा आवश्यक पर्दा जनअदालत मार्फत दण्ड समेत दिन सम्छन् ।
मुख्य जनसेनालाई संरक्षण दिने र विस्तार गर्ने काम आखिर त्यहीका जनताले गर्ने भएकाले जनतालाई फौजीकरण गर्ने, तिनीहरूको प्रतिरोध शक्ति बढाउने काम मूलतः जनमिलिसियाको हुन्छ । तसर्थ महिला मिलिसियाले जनताका व्यापक तप्काका बालबालिका र महिलाहरूलाई समर्थक तथा सुरक्षा दलमा सलग्न गर्ने वातावरण सिर्जना गर्नुपर्दछ । सक्षम र साहसी महिलाहरूलाई पूर्णकालीन जनसेनामा भर्ती गर्ने वातावरण बनाउनु पर्दछ। गाउँको सुरक्षा सम्बन्धमा त्यहाँका स्थानीय महिलाहरूलाई विशेष रूपमा परिचालन गर्नु पर्दछ। परम्परागत रूपले आम जनतामा बालबच्चा स्याहार्ने, हुर्काउने र सुरक्षा दिने काममा आमा दिदी बहिनीहरू नै बढी संलग्न हुने गरेकोले उनीहरूमा बढी चनाखोपना र सतर्कता रहेको हुन्छ । प्रश्न यति मात्र हो कि त्यो प्रतिरोध क्षमतालाई अब घर भन्दा फराकिलो ठाउँमा कसरी प्रयोग गर्ने ? त्यसमाथि महिलाहरूको उत्पीडित र सामान्य जीवनले गर्दा प्रतिक्रियावादी राज्यसत्ताले उनीहरूलाई त्यति गम्भीर रूपले बहुरूप लिएर दुश्मनलाई छक्याउने, छापामारहरूलाई सुरक्षा दिने, दुश्मन विरुद्ध सुराकी गर्ने काम बढी राम्ररी गर्न सक्छन् । त्यसमाथि महिलाहरू तुलनात्मक रूपमा बढी इमान्दार, मेहनती, सरल सहज स्वभावका हुन्छन् । फौजी काममा त्यस्ता गुणहरू बढी परिचालन गर्नुपर्दछ । तिनीहरू परिचालित भए भने घरपरिवारका अन्य सदस्यहरू पनि परिचालित हुन्छन् । यसले गर्दा जनसेना जनतामा अझ घनिभूत हुन्छ ।
जनसेनाको अर्को निर्णायक शक्ति भनेको पेशेवर सेना हो जसको मूल काम दुश्मनको फौजी शक्तिलाई नष्ट गर्ने हो। यो प्राविधिक रूपमा बढी उच्च सिप हासिल गर्ने शक्ति भएकोले यसमा पूर्णकालीन रूपमा लाग्ने, एकाग्र भएर लाग्ने पाएमा यस शक्ति उत्पादन र संगठनसम्बन्धी पनि काम गर्दछ । सेनामा मानमात्र लिइन्छ । यसमा पेशेवर योद्धाहरू मात्र समावेश हुन्छन् । यद्यपि समय महिलाहरूलाई समावेश गर्न कान्तिकारी पाटीले विशेष जोड दिन्छ । महिलाहरूको गीदेखि थिचिएको शक्तिलाई प्रस्फुटन गरेर फौजी शक्तिमा रूपान्तरण गर्ने जोड दिन्द्र। सत्रास्त्र बनाएर पुरुषहरूको हारहारीमा काँधमा काँध मिलाएर कारबाहीमा निणायक युद्ध लडाउँछ। कतिपय अवस्थामा महिलाहरूको मात्र छुट्टाछुट्ट दस्ता पठाउँछ र तिनीहरूको हिम्मत बढाउनका लागि युद्धको अग्रपंक्तिमा लगेर बनाएर खुखार यौन पिपासु सामन्ती, साम्राज्यवादीका एजेन्टहरूमाथि भौतिक कार्वाही गर्न पठाइएका छन् । कतिपय स्थानीय महिलासम्बन्धी अपराधीहरूला महिला सेनाको निरीक्षणमा, महिला मिलिसियाको र महिला संगठनको सलग्नतामा जनताको अगाडि जनताकै सुझाव अनुसार सजाय दिलाएको छ ।
वास्तवमा वाँवर्षसम्म अर्धदासी, अर्धमानिसका रूपमा बाचिरहेक बनेकोछ । समाजमा सामन्ती, क्रीति, साम्राज्यवादी छाडा सस्कृतिबाट पीडित महिलाहरूका लागि जनसेना एउटा आशाको केन्द्रविन्दु, मुक्तिको केन्द्रविन दल्ने हीनतावोधलाई राज्यबाट बलात्कृत महिलाहरूको लागि शोकलाई शक्तिमा बदल्ने प्रतिशोधमा बदल्ने माध्यम बनेको छ । फौजी क्षेत्रमा तिनीहरूले देखाएको त्याग, स्थानमा पुर्याइदिएको छ । महिलाहरूका यी गुणहरूल पुरुष योद्धाहरू समेतमा त्यहाँ अनुशासनको पालना, दीर्घरूपमा टिक्ने जस्ता गुणहरू विकास भएका छन्। थप ऊर्जा प्रदान गरेको पाइन्छ । महिलाहरूको जनसेनामा सहभागिताले गर्दा तुलनात्मक रूपमा महिला योद्धाहरू युद्ध मैदानवाट कम भागेका उदाहरण पाइन्छ र पुलिस हिरासतमा पटक्कै गोपनीयता भंग नगरेको उदाहरण पनि पाएन्छ। यौन नैतिकताको मामलामा पनि महिलाहरू बढी सजग र अनुशासित भएको पाइन्छ। यसले अन्ततः पूरै जनसेनालाई गुणात्मक ऊर्जा दिएको हुन्छ ।
वस्तुतः जनसेनाका सशस्त्र महिलाहरूले एकातिर प्रतिक्रियावादी वर्गको उपरिसंरचना राज्यसत्तालाई चुनौती दिदैछन् भने आर्कोतिर तिनीहरूले प्रतिक्रियावादीवर्गको आधारभूत संरचना भएको पारिवारिक सत्तामाथि धावा वोल्दैछन् । महिला पुरानोको ध्वंस गर्ने लडाकु शक्ति मात्र नभएर आफ्नै वर्गका नयाँ दस्तालाई जन्माउने प्रजनन शक्ति पनि हुन् । अतः तनिीहरू प्रतिक्रियावादी हरूको लागि दुई धार भएको हतियार बनेका छन् । त्यसैले आधारइलाकामा दुई जनमिलिसिया र पेशेवर जनसेनामा महिलाहरूको सहभागिता बढाउन ध्यान दिनुपर्दछ ।
संयुक्त मोर्चामा महिलाहरूको भूमिका
आधारइलाकाको अर्को मुख्य अंग भनेको संघर्ष र सत्ताको साधनको रूपमा रहेको क्रान्तिकारी संयुक्त मोर्चा हो। यो पार्टीको सेना र जनसमुदाय संतान रहेको एकीकृत अंग हो। यसैको मार्फत नै क्रान्तिकारी पार्टीले आम जनतामा राजनैतिक, आर्थिक र सामाजिक सांस्कृतिक क्षेत्रका कार्यहरूद्वारा जनवदी नीतिलाई व्यवहारमा उतार्दछ । यहींनेर महिलासमुदायलाई कसरी यी तीनैवटा क्षेत्रहरूमा परिचालन गर्ने भन्ने प्रश्न आउँछ।
राजनैतिक क्षेत्र
प्रकारका राजनैतिक आधारइलाकामा कायम हने जनसत्ता अन्तर्गत दुई प्रकारका कामहरू आउँछन् । पहिलो, जनविरोधी शक्तिहरूमाथि अधिनायकत्व कायम गर्नु र दोस्रो जनतामा जनवादको प्रत्याभूति गर्न ।
न्याय नपाए गोर्खा जान’ भन्ने उहिलेको भनाइ आज विशेषगरी महिलाहरूको निम्ति ‘न्याय नपाए रोल्पा जान’ मा परिणत हुदै गएको देखिन्छ। त्यहाँ वर्षावर्षसम्म थन्किराखेका मुद्दा मामिलाहरूमा आज जनताले न्याय निसाफ पाएका छन् । गाउँहरूमा प्रायः न्याय निसाफका मामलाहरू परिवारसँग सम्बन्धित हुने भएकाले यसले महिला समुदायलाई झन् प्रभावित र परिचालन गरेको छ । त्यहाँ हुने कानुनी कार्यबाहीहरू यद्यपि प्रारम्भिक रूपमा खारिएका नभए ताजान तिनीहरू सरल, सहज, छोटो र सस्तो भएकाले जनतामा साङ्गै नै प्रभावकारी भएका छन् । यसले सबभन्दा पीडित महिलाहरू लाभान्वित भएका छन् । आर्थिक र यौनबाट शोषित ती महिलाहरूले अब आफ्नै महिला संगठनमार्फत जनसेनाको बलमा, जनताको सहभागितामा, आफ्नै घरआँगनमा ती यौन पिपासु सामन्तहरूलाई दण्ड दिन पाइरहेका छन् । तिनीहरूले हडपेका जग्गा जमिन, लुटेका धनसपत्ति अब फिर्ता पाउन थालेका छन् । सामन्ती र साम्राज्यवादी एजेण्टहरूले हडपेका सार्वजनिक स्थल, वनजंगल, कुलो, अन्य प्राकृतिक स्रोत र सम्पदा फिर्ता पाएका छन् । त्यस्तै हिजो बहिष्कृत दलित जातिले, त्यसमा पनि अपहेलित पानी नचलेका दलित महिलाहरूले सार्वजनिक स्थल र सुविधाहरू उपयोग गर्न पाइरहेका छन् यसले गर्दा आम जनता, विशेषतः महिलाहरू स्थानीय जनसत्तामा सहभागी बन्नमा उत्सुक देखिन्छन् ।
जहाँसम्म स.युक्त मोर्चा वा जनसत्तामा महिलाहरूलाई परिचालन गर्ने कुरा छ, यहाँ महिलाहरू संख्याको अनुपातमा वर्गीय, जातीय, क्षेत्रीय आधारमा र साथै विभिन्न जनवर्गीय संगठनहरूमार्फत निर्वाचित भएर आउँछन् । तर व्यवहारमा प्रारम्भको अवस्थामा तिनीहरू मूलतः महिला मोर्चामार्फत आएका हुन्छन् । तसचं यहाँ पुँजीवादी संसदमा झै आरक्षित सिटमा महिलाहरूलाई दया-माया गर्ने आधारमा सांकेतिक सहभागिता मात्र नदेखाएर तिनीहरूलाई साँच्चै जनसत्ताको अंगको रूपमा परिचालित गरिन्छ। त्यो पनि एकले अर्कालाई निषेध गर्ने प्रतिस्पर्धाको माध्यमवाट नभएर साझा, समझदारी र सहकारिताको आधारमा । चुनिएर गएका न्याय निसाफ दिने, नयाँ महत्वपूर्ण कुरा के छ भने आधारभूत वर्ग त्यसमा पनि महिला, दलित र पिछडिएको समुदायलाई परिचालन गर्ने र जनसत्तामा तिनीहरूको सहभागिता बढाउने क्रालाई आधारइलाकामा विशेष ध्यान दिनुपर्दछ ।
आर्थिक क्षेत्र
नयाँ जनवादी क्रान्ति भनेको समाजवाद उन्मुख पूँजीवादी क्रान्ति है यसको बार्षिक आधार भनेको भूमिमाथि सामन्त वर्ग र पुरुषवर्गको समाप्त गर्ने कति हो। यहींनेर क्रान्तिकारी भूमिसुधारको कुरा आउँद त्यसमाथि भूमिको स्वामित्वमा लिंगीय समानता कायम गर्ने वा सम्पतिमा महिलाहरूको समान अधिकारको प्रश्न आउँछ । यो बुझन जरुरी कि महिलाहरुको उत्पीडनको मुख्य आधार उत्पादनका साधन, त्यसको वित र त्यसको उपयोग गर्नमा महिलाहरूको नियन्त्रण नहन्नु हो र साथै उत्पादन गाँठोहरू फर्केपछि मात्र महिलाहरू स्वतः उतपादन प्रणालीमा सक्रिय म क्षेत्रमा एकाग्र भएर लाग्नका लागि उचित वातावरण नपाउन हो। यी गो उत्पादन सम्बन्धको ठाउँमा समाजवाद उन्मुख नयाँ जनवादी उत्पादन सम्बन समावेस हने वातावरण बन्छ। यसको मतलव हो परानो पितसत्तात्मक सामी बार्जेको सम्पत्तिलाई लगानी गर्ने विस्तार गर्ने, सरक्षित गर्ने वातावरणहरू तय कायम गर्न, जो लिंगीय समानतामा आधारित होस । साथै महिलाहरूलाई आफ आईपर्ने अन्य परम्परागत व्यवहारिक काममा पुरुषहरूको सहभागिता बढाउने गर्नपर्दछ । महिलाहरूको उत्पादनमा सहभागिता बढाउनको निम्ति तिनीहरूमा नियम कानुन्, मूल्य मान्यता स्थापित गर्नुपर्दछ ।
परम्परागत रूपमा रहँदै आएको पर्म आदि सहकारी व्यवस्था जो सामदिर श्रममा आधारित छन तिनलाई अझ प्रोत्साहन र विस्तार गरी दाउरा घाँस कार्य पशुपालन गर्ने आदिमा पनि सहकारी प्रणाली लाग गर्न राम्रो हुन्छ । साथै व्यापार घरेलु उद्योग, वित्त आदिमा सहकारी प्रणाली विकास गर्नपर्दछ । आम उत्पादन शक्ति बढाउने निर्माणका कार्यहरू जस्तै खानेपानीको व्यवस्था, कला, पानी घट्ट व्यवस्था, वाटो चौतारी. पाटी पौवाको व्यवस्था पनि सामहिक रूपमा गर सकिन्छ। यस्ता आधारभूत कामहरू उनीहरूको जीवनसित प्रत्यक्ष रूप गाँसिएका हुन्छन् । यी निर्माण कार्यवाट लाभान्वित हुनेहरू पनि धेरैभन्दा है। गाउँका आधारभूत जनता देखिनुपर्दछ। अनि मात्र तिनीहरूको सहभागिता । उत्पादकत्व बढ्छ । आर्थिक क्षेत्रको अर्को पक्ष भनेको जनतालाई आत्मनिर्भर्मा बनाउनु र सम्भावित आर्थिक नाकावन्दीलाई ध्यानमा राखेर स्थानीय सीप, साधन र स्रोतलाई अधिकतम रूपले परिचालन गर्नु हो । यहींनेर महिला समुदायका दविएका सीप, क्षमता र उत्पादन ‘शक्तिलाई’ प्रस्फुटन गर्ने महत्वपूर्ण काम बन्न सक्छ । गरीबीले गर्दा र मूलतः आफ्नो लोग्ने मुग्लान गई पैसा कमाउने प्रक्रियाले गर्दा महिलाहरूमा आफ्ना सीमित साधन र स्रोतलाई अत्यन्तै व्यवस्थित रूपमा संचालन गर्ने र अभावको अवस्थामा पनि विभिन्न तरिकाले जीविकोपार्जन गर्ने क्षमता हुन्छ । त्यसलाई आधारइलाकाको संक्रमणकालीन आर्थिक अवस्थामा सामाजिक हितको लागि धेरैभन्दा धेरै परिचालन गर्नुपर्दछ । तिनीहरूलाई आर्थिक नीति बनाउने प्रक्रियामा समावेश गर्नुपर्दछ । यहाँनिर के बुझ्नु पर्दछ भने धनको स्रोत नै श्रम हो र मानिस नै धनको मुख्य स्रोत हो । त्यसमाथि महिलाहरू धनको आधारभूत स्रोत हुन किनकि तिनीहरू आधारभूत उत्पादन कार्यमा कार्यरत हुन्छन् । तसर्थ त्यो आधारभूत उत्पादनबाट आर्जित धन आफ्नो हातमा गयो भने महिलाहरू झन् उत्साहित भएर उत्पादन क्षेत्रमा लीव गतिमा लाग्छन्। यसरी आधारइलाकाको आर्थिक निर्माणमा महिलाहरूको भूमिका ज्यादै महत्वपूर्ण ह कुरा स्पष्ट छ।
सामाजिक/सांस्कृतिक क्षेत्र
आधारइलाका भनेको यथार्थमा नयाँ मूल्य मान्यता, नयाँ समाज नयाँ संस्कृति निर्माण गर्ने थलो हो । त्यसैले आधारइलाकामा महिलाको अवस्था नेपाल कपले महिलाहरू रूढ़िवादी सामन्ती संस्कृतिका बाहकको रूपमा प्रस्तुत हद संसारकै लागि नमुना बन्नुपर्दछ । तर हामी के बुझनपर्दछ भने परम्परागत आएका छन् । त्यसकारण यसको विरुद्ध सर्वप्रथम महिलालाई सचेत पार्नपर्दछ । उनीहरूलाई कहिल्यै पनि त्यसमा न उनीहरूको सामुहिक महत्व हन्थ्यो न त्यसले उनीहरूलाई आत्मनिर्भर नै बनायो । तसर्थ आधारइलाकामा महिलाहरूलाई साक्षरता कार्यक्रम चलाउनुपर्दछ । महिला समुदायलाई प्रतिकूल असर पार्ने नारी पण दाइजोप्रथा, बहविवाह, अनमेल विवाह, दनामुना, तान्त्रिक गतिविधिहरू राब्ते अभियान चलाउन पर्दछ । त्यसको विरुद्ध र विकल्पमा प्रगतिशील वैज्ञानिक सामुहिक पद्धतिहरू अघि सार्न पर्दछ । नयाँ मूल्य मान्यता अनुसारको महिला पुरुष सम्बन्ध, विधवाको पनर्विवाह, पारपाचुके आदिलाई स्थापित गर्नपर्दछ । छुवाछूत, पर सर्ने, आसौच बार्ने जस्ता अवान्छनीय रीतिरिवाजलाई परिवारभित्रवाट नै निर्मल पार्नुपर्दछ । यहींनेर माओले सर्वहारा साँस्कृतिक क्रान्तिको दौरानमा अधि सानु भएको ‘विद्रोह गर्नु उचित हो’ भन्ने नारा सम्झनुपर्दछ र गलत परम्पराको विरुद्ध विद्रोह गर्न तयार हुनुपर्दछ ।
यहाँ ध्यान दिनुपर्ने कुरा यसमा छ कि युगौयुगदेखि बसेका कुरीतिहरूलाई एकैचोटी निर्मूल पार्न गाह्रो पर्दछ । तसर्थ यस्ता क्रियाकलापमा सकभर आम जनताको स्वीकृति लिएर उनीहरूले दिएको सुझावलाई उनीहरूले पचाउन सक्ने गरिकन परिमार्जित गरेर नयाँ मूल्य मान्यता स्थापित गर्नुपर्दछ । यस्ता कुरीतिसित लड्दा कुन प्रधान पक्षलाई पहिले हान्ने, कुनलाई पछि हान्ने, कोसित कार्यगत एकता गर्ने, कोसित संघर्ष गर्ने आदिमा ध्यान दिनु जरुरी हुन्छ ।
प्रतिक्रियावादी शक्तिले महिलाहरूलाई रुढिवादी संस्कृतिको वाहकको रूपमा सीमित गर्न चाहन्छ तर क्रान्तिकारी शक्तिले महिलाहरूलाई परिवर्तनका वाहक बनाउनुपर्छ, आध्यारोलाई उज्यालो बनाउने हिरा जस्तो अटूट बनाउनु पर्दछ ।
उपसंहार
आधारइलाकाको सबभन्दा ठूलो आधारभूत र भरपर्दो समुदाय शोषित-पीडित महिला नै हुन् । तसर्थ आधारइलाकाको निर्माणमा महिलाहरूको सहभागिताले त्यसको विकास र निरन्तरताको निम्ति धेरै ठूलो महत्व राख्दछ । आधारइलाका निर्माणका तीन मुख्य साधन पार्टी, जनसेना र संयुक्त मोर्चा प्रतिक्रियावादी सत्ताको लागि दईधारे हतियारसरह हुन्छन् । किनकि एउटा धारले प्रानो प्रतिक्रियावादी संरचनालाई ध्वस्त गर्दै जान्छ भने अर्को धारले नयाँ प्रगतिशील सरचना निर्माण गर्दा जान्छ । यसमा शोषित-पीडित महिलाहरूको संलग्नताले यी ध्वंस र निर्माणका दई धारलाई अझ तेज र स्पातिलो बनाउछन् । त्यस अर्थमा महिलाहरूको भूमिका झनै निर्णायक महत्वको हुन्छ ।
आज नेपालमा जनयुद्धको तीव्र विकासले देशका विशाल रणनीतिक रूपमा संयुक्त मोर्चामार्फत सरकार चलाउँदैछन, जनसेनामार्फत दुश्मनलाई ध्वस्त इलाकाहरूमा आधारइलाका निर्माण भइरहेछन । त्यहाँ महिलाहरूले व्यावहारिक निभाइरहेछन् । त्यसैले महान् लेनिनले केही फरक सन्दर्भमा भन्नु भएझै ती सबै पार्दै छन् र पार्टीमा बढदो संलग्नताद्वारा समग्र क्रान्तिमा नेतत्वदायी भूमिका क्षेत्रमा हामीले महिलाहरूको सहभागिता कति कायम गर्न सक्छौं भन्ने कुराले नै मुख्य रूपमा नेपालमा आधारइलाका बन्न र टिक्न सक्ने छ कि छैन भन्ने टुंगो लाग्नेछ ।